Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैद्यले रिसाउँदै के भने ?

Posted on November 16, 2013November 16, 2013 by Salokya

चुनाव बहिस्कारको आन्दोलन चलाइरहेको ड्यास माओवादीका अध्यक्ष मोहन वैद्यले बन्द हड्ताल रोक्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आक्रोश व्यक्त गरेका छन्। आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतलाई नमान्ने र आन्दोलन पनि नरोकिने बताए। चुनाव हुन्छ भन्ने निश्चित अझै नभएको भन्दै उनले भइहाले पनि अर्को आन्दोलन गर्ने बताए। गुडिरहेको गाडीमा पेट्रोल बम हानेर निर्दोष यात्रुहरुलाई घाइते बनाएर जनताको आक्रोशको तारो बने पनि वैद्यले सिधै त्यसको जिम्मा लिन अस्वीकार गरे। उल्टो दोष लगाए ‘जनतालाई नै’। “जनता आक्रोशित छ, त्यो आक्रोश यस ढङ्गबाट अभिव्यक्त भएको छ”, उनले भने। वाह, गरिब जनतालाई घाइते बनाएर दोष जनतालाई नै। गज्जबको काइदा ! शान्तिपूर्ण ढंगबाट विरोध गर्ने जनताको अधिकार खोसेकोले त्यसो भएको भन्ने पनि उनको भनाई थियो। “यो सबको जिम्मेवारी एक नम्बरमा सरकार हो। हामीले बहिस्कार गर्ने भनी राखेका छौँ, सुरक्षाकर्मी राखेर जनतालाई झुक्याए सरकारले” वैद्य वाणी। मतलब, उनले बहिस्कार गर्ने, बन्द गर्ने भनेपछि हामी जनताले खुरुखुरु मान्नुपर्थ्यो। नमानेपछि पेट्रोल बमले हानेर जलाउन पाइने रैछ? अझ पत्रकार सम्मेलनमा मच्चीमच्ची रिसाएर यसको दोष जनतालाई नै दिने? यो चालाले जनतासँग नजिक भइन्छ कि टाढा हजुर? जनताको लागि आन्दोलन भनेर जनतालाई नै दुःख दिने? अझ उनी भन्दै थिए, “विशिष्ट अवस्थामा यस्ता घटना हुन्छन्, यसलाई स्वभाविक रुपमा ग्रहण गर्नुपर्छ भन्ने हामीलाई लाग्छ भन्नुस्”।

जनता आक्रोशित छ, त्यो आक्रोश यस ढङ्गबाट अभिव्यक्त भएको छ भने वैद्यले। बन्दकर्ताले गराएको विस्फोटमा घाइते भएर उपचार गराइरहेका विनोदबहादुर चन्द र ध्वजसिंह विष्ट जनता हैनन्? के दोष उनीहरुको ? फोटो साभारः कान्तिपुर
जनता आक्रोशित छ, त्यो आक्रोश यस ढङ्गबाट अभिव्यक्त भएको छ भने वैद्यले। बन्दकर्ताले गराएको विस्फोटमा घाइते भएर उपचार गराइरहेका विनोदबहादुर चन्द र ध्वजसिंह विष्ट जनता हैनन्? के दोष उनीहरुको ? फोटो साभारः कान्तिपुर

हामीलाई चाहिँ यस्तो लाग्दैन, जनतालाई दुःख दिने र जनतालाई पीडित बनाउने यो काम राजनीति हैन, अपराध हो भन्ने हामीलाई लाग्छ भन्ने तपाईँ पनि बुझ्नुस् भनेर हामी सबैले भनौँ।

आफूले गराएर जनताले गरेको भन्ने यो बोली उनैले बोलेका हुन्, पछि मैले त्यसो भनेकै थिइनँ भन्न पाइन्न। रेकर्डमा बसेको छ उनको बोली। उनको भनाईको असम्पादित अंश सुनौँ तल।

सर्वोच्च अदालतको म्याद आफूहरुले नबुझ्ने पनि उनले बताए। ‘हामी यो अदालतलाई मान्दा पनि मान्दैनौँ,’ उनको भनाई थियो, ‘अदालत अदालतको तरिकाले जाओस्, हामी हाम्रो तरिकाले जान्छौँ, यो कुरा त्यही हो भनेर भन्नुस्।’

उनको भनाईको अडियो सुन्नुस्-

यो पनि पढ्नुस्
बन्दकर्ताको विस्फोटले घाइतेको बिलौना (इकान्तिपुर)
बम आक्रमणका घाइते भन्छन् : गरिबले के बिगारे र बम हान्यौ ? (नागरिक)

बिहीबारको अर्को पेट्रोल बम

फेरि मकवानपुरमा यात्रुसहित बस जलाइयो, १० घाइते, चालकसहित केही गम्भीर : ATV pic.twitter.com/DS9v6xf83w

— salokya (@salokya) November 14, 2013

55 thoughts on “वैद्यले रिसाउँदै के भने ?”

  1. bhim says:
    November 19, 2013 at 10:22 am

    विनाश काले विपरित वुद्धि भनेको यही हो,,मुलाहरु!!!!त्यत्रो सिट जितेको उमेद्वारहरु अघिल्लो निर्वाचनमा, आधि भन्दा बढी यही बैद्य भन्ने ब्वाँसो को
    पोल्टामा हुदा हुदै एस्तो लाछी भएर चुनाव बहिस्कार को बिगुल फुक्दै हिन्ने अनि विफल हुने डरले आम जनताको जिउ धन माथि आक्रमण गर्ने…अब आफु पतन हुने बाटो तिर आफै लम्की सकेउ बाजे तिमि अब झोली तुम्बा बोकेर बिदेशी प्रभुको सरणमा लागेहुन्छ !

    Reply
  2. जीवन नेपाली says:
    November 18, 2013 at 7:44 am

    ए बैद्य बुडा. बन्द गराउनु नै छ भने पनि गाडी को tyre को हावा खोलिदेउ न. मान्छे को जिन्दगी किन बर्बाद पर्छु…
    नया नेपाल मा नया तरिका ले बन्द गर न. मान्छे लाई घाइते बनाएर अनि सम्पत्ति को नोक्सानी गरेर देश लाई किन पछि धकेल्छौ

    Reply
    1. mitra says:
      November 19, 2013 at 4:04 pm

      साथी, त्यसो गर्न त रचनात्मक बुद्धि हुनु पर्यो ध्वंसात्मक बुद्धि भए पछि यस्तै हो.

      Reply
  3. dipak says:
    November 17, 2013 at 3:03 pm

    जसले जति ठूलो आतंक मचाउछ उसलाई उति ठुलो पाटिको नेताको पगरि गुथाउने राजनैतिक सस्कार जो बसालेका छौ हामि नेपाली जनताले ।
    किन नउम्लिनु यिनि ।।

    Reply
  4. saroj says:
    November 17, 2013 at 2:35 pm

    गर बैध्ये बा जे जे गर्नु छ गर.. अब नेपाली जनता ले त केहि पर्नी गर्दिनन क्यारे जे गर्छन भगवान ले गर्छन .. ६२/६३ को जनता मार कमल थापा आज हिरो हुन थाली सक्यो .. जति जनता लै दुख दिए पनि तिमीहरु क दिन ३/४ वर्ष मा त फर्की हाल्दो रहेछ .

    Reply
  5. क्षीर धोज says:
    November 17, 2013 at 10:36 am

    बिचारा भर्खरको सानो बाल बालिकाहरु ले पनि यस्तो पिडा भोग्नु पर्यो ……. त्यो पाखण्डी बैद्य राजनीतिज्ञ होइन राक्षसमा परिणत भैसकेको छ ..त्यसलाई जनताले जिउदै जलाउनु पर्छ |

    Reply
  6. Pingback: गाडी जलाएपछि जनताको आक्रोश (भिडियो) « Mysansar
  7. Lokesh says:
    November 16, 2013 at 11:04 pm

    हात मा नेपाली झन्डा बोकेर हामी सबै नेपाली जनता एक भई मोहन बैध जस्ता पिसाच नेता को घर खोजि खोजि जलाउनु पर्यो साथी हरु. तिनीहरुले जनता माथि आक्रमण गर्छन भने हामीले पनि प्रतिकार मा उठ्नु पर्यो!

    Reply
  8. रामेश says:
    November 16, 2013 at 10:58 pm

    हिजो प्रचण्ड ले यस्तै गर्दा हाम्ले रोल मोडेल मान्यौ रा आज महान नेता बनायौं | बैध्ध ले आज यसो गर्दा के भन्नु र खै ??
    प्रचण्ड ले शिकार गरे जस्तै उसले नि गर्दैछ | अर्को शिकारी आएन भने उ पनि ५- १० वर्ष मा देश खाने बन्छ |

    Reply
  9. ram prasad says:
    November 16, 2013 at 9:52 pm

    हिजो सत्त्तामा पुग्न लाई जे जे गरिएको थियो आज बैध ले तेही तेही गरे कुरा के फरक भो|

    Reply
  10. suzee says:
    November 16, 2013 at 8:56 pm

    भूलसुधार :
    आठौ हरफ मा ####मेरो ### भन्ने सब्द अनावस्यक रुपमा लेखियेछ,

    Reply
  11. suzee says:
    November 16, 2013 at 8:54 pm

    १)प्राय जस्तो पेशा गर्न अनुमतिपत्र लिनुपर्छ अनि समय समय मा नवीकरण गरिन्छ ,
    तेस्तै राजनीति गर्ने लै पनि केहि सो अनुरुप बेबस्था हुनुपर्यो ,
    २) राजनीति मा पनि अवकास को बेबस्था हुनु पर्यो , अनि बिसेष अवस्था मा उपदान दिएर जनता बाट अवकास दिने चलन गर्नु पर्यो

    ३)खै तथ्यांक को आधार मा १०० मा कुनी कति हो , धेरै नै मानिस मानसिक रोगि हुन्छन रे , सिर्फ़ कोहि अलि ( न-हानिकारक ) कोहि धेरै नैरोगि (हानिकारक – उपचार को तुरुन्त आवस्यकता नत्र रोगि अनि समाज दुबैलाई खतरा —–###चस्मे, किचिने बैध भनौदो जस्तो ####) ,
    येसैको आधार मा म के भन्छु भने हाम्रो नेपाल मा चाही कोहि राजनीति गर्छन मेरो तेसले मानसिक रोग बिसेसज्ञ बाट अनुमति पत्र पाउनु पर्यो , त्यो पनि एक मात्र हैन विभिन्न चरण को परिक्षा पास गरे पछि मात्र, अनि समय समय मा नवीकरण जाच पास गर्ने पर्ने बेस्बस्था लागु हुनुपर्यो

    येसरी मानवता बिहिन, गरिने राजनीति का अग्रधर हरु १०० मध्ये को कुनी कति हो प्रतिसत भित्र पर्छन भन्ने कुरामा कसैको दुइमत नहोला , (त्यो पनि chronic अलि खतरा को दायेरा भित्र ) उदाहरण को रुपमा : यी चसमे बुढो (जो चोर उसैको ठुलो स्वर , ……………, ………………, …………., ………………, …………..,लिस्ट मा तालिका पुरा गर्ने काम सबै को

    जय होस् !!!!!!!!!!!!!!!!!

    Reply
  12. Biswash says:
    November 16, 2013 at 8:39 pm

    बन्द र हिंसाबाहेक अरु केहि छ भने भन्नुस ? यी दुइको भरमा गरेको राजनीती कति दिगो हुने होला , त्यति पनि थाहा नहुने पनि नेता , त्यो पनि एक्कैसौ सताब्दीको !

    Reply
  13. मन says:
    November 16, 2013 at 8:02 pm

    मित्रहरु, मेरो बुझाईमा यो संबिधान सभाको निर्वाचन हो, संसद्को होइन| संबिधान सभामा चुनिएर गएकाहरुको मुख्य काम संबिधान निर्माण गर्नु हो र त्यसैमा केन्द्रित हुनपर्छ| गत संबिधान सभा फेल भयो| दुइ बर्षमा गर्छु भनेर चार बर्ष बसे तर काम नगरी तलब भत्ता र सुबिधा लिएर गए| सभासदहरु विदेश भ्रमण गए टोलीका टोलि बाँधेर, हामीलाई बेला बेलामा गजबकै लेक्चर छाँटने काम गरे तर संबिधान बनेन|

    त्यसमा हामीले समयमै सचेत गराउन र निगरानी गर्न पनि कमी गर्यौ कि?
    के संबिधान सभाका निर्वाचनमा सहभागी उम्मेदवार र दलहरुले तपसिलका प्रतिज्ञा गर्न सक्छन?
    १. संबिधान नबने तलब भत्ता नलिने
    २. सभासदहरु विदेश भ्रमण मा जाने आवश्यक छैन सीमित नगई नहुने बाहेक (यस्तो नगई नहुने केही देख्दिन),सबै श्रब्य दृश्य र आवश्यकीय सुचना लेखादि अनुवाद नेपालमै उपलब्ध छदैछ वा गराईन सकिन्छ| संबिधान निर्माणमा केन्द्रित हुनपर्छ| पहिले कै अनुभवका आलेख प्रशस्त छन्| यसैले देशको ढुकुटी रित्याउन विदेश भ्रमणको सट्टा देशकै गाउँ भ्रमण गर्ने|
    ३. जो प्रधान मन्त्रि, मन्त्रि आदि सरकारको तलब भत्ता खाने ओहदामा रहन्छन,
    आफ्ना नाता गोता सचिव पीए आदिमा नियुक्त गर्न नपाउने
    ४. जो विदेश भ्रमणमा जान्छन, मन्त्रि सचिव सबै सरकारी ओहदाका व्यक्तिहरु र निर्वाचित जनप्रतिनिधिहरु सरकारी वा दात्रि संस्थाको खर्चमा जानेहरु समेत, उनीहरुको भ्रमण खर्च पारदर्शी रुपमा खुला गराईन पर्ने| राजदुतावासमा बसेर खाएर दैनिक भत्ता दावी गर्न नपाईने| (खुम बहादुर भ्रस्ट आय काण्डको बयान हेर्नुस)

    ५. भ्रस्टचार अर्को श्रोत हो सरकारी वाहन उपयोग र दुरुपयोग हो| कुर्सीको पावर प्रदर्शन, आपसमा लुछालुछ, सरकारी कर्मचारीलाई दवाब, विभन्न मनमुटाव, असन्तुष्टि र झगडाको गुँड हो यो| मन्त्रि वा जसलाई वाहन दिनपर्ने हुन्छ तोकिएको पैसा तेल खर्च वा वाहनको लागि दिई दिने, संस्थान वा व्यवसायीको वा उनले दिएको गाडी प्रयोग गर्न नपाईने| त्यस सुचना पनि वेबसाईट मार्फत पारदर्शी गराए जनताले निगरानी राख्नेछन| वेबसाईटमा राखेको सुचना अडिटको लागि पनि मान्य हुनपर्छ, नत्र जनतालाई एउटा सुचना र वास्तविकता अर्कै हुनेछ|
    ६. मासिक, द्वय वा त्रय मासिक रुपमा संबिधान निर्माणमा प्रगति विवरण जनतालाई स. स ले प्रस्तुत गर्नु पर्नेछ|
    ७. जसले संबिधान सभामा पुरा हाजिरी बुझाउदैनन् उस्ता सभासदलाई तलब भत्ता पनि त्यही रुपमा कट्टी गरिनपर्छ| घाम तपुवा, भगौडे, आलसी र कामचोर हरुलाई निरुत्साहित गरिनपर्छ|
    ८. सभासदहरु जनताका प्रतिनिधि भएकोले उनीहरुको जनप्रतिनिधि प्रतिको क्रियाकलाप सार्बजानिक गरिनुमा कुनै आपत्ती कसैमा नहोला| कसले कति हाजिर चडाए, के बहस गरे र कति तलब भत्ता थापे(राज्यले कारणवश गोप्य राख्न पर्ने ठानेको
    बाहेक )आदि सबै जनतालाई राख्न पारदर्शी रुपमा एउटा वेब साईट मार्फत दिनोदीन जानकारी गराईन पर्छ| वेबसाइट खोलेर पुस्तक छापेको जस्तो एकपल्ट शुरु गरे पछि दिनोदीन अपडेट नगरे त्यसको केही महत्व हुँदैन|
    निरन्तर अपडेट गर्दै रहन्पर्छ|
    अन्तमा, आरम्भको महिनामै संबिधान सभाले बिभिन्न समिति गठन गरेर एउटा
    बिज्ञ सहितको टोलीलाई जनप्रतिनिधिका र जनताका भावना र आकांक्षा लक्षित गर्ने गरेर मार्गदर्शन ढांचा सहित निर्देश दिई तोकिएको समय भित्र पहिलो खेस्रा प्रस्तुत गरे त्यसको उपसमिति (हरु) ले अध्ययन, मनन र छलफल गरी संबिधान निर्माणमा अघि तीब्रतर रुपमा बढ्न सकिन्थ्यो भन्ने लाग्छ|
    सभासद विदेश भ्रमणमा जाने, सरकार चलाउने वा पावरको बाँडफाड, नियुक्ति र सरुवा, आदि कार्यमा चाहिदो भन्दा बढी समय लगाए फेरी पनि म्याद गुज्रन लागेको चौबिस घण्टा अघि मात्र वहस हुनेछ र फेरी उही पहिलेकै स्थिति हुनेछ|

    प्रचण्ड, बाबुराम, झलनाथ, सुशील, वैद्य, रामचन्द्र, देउबा, गच्छेदार, माधव नेपाल, नारायणकाजि, रामबहादुर, ओली, उपेन्द्र यादव, महन्त ठाकुर, महतो, प्रकाशमान सिंह, आदि यी चौमुखे चारदलीय नेताहरु मध्ये कसले माथिका बुँदाहरु प्रति कटिबद्धता प्रकट नगर्ला?
    कसले कटिबद्धता प्रकट गरेर पनि पालना र कार्यन्वयन नगर्ला?

    अरु पनि कार्यन्वायन हुनपर्ने र हुनसक्ने व्यवहारिक बुँदाहरु थप्नु होला|

    Reply
  14. Pranita Bhusal says:
    November 16, 2013 at 7:44 pm

    बन्द हडताल अवश्य पनि ठिक होइन, साथै चार गठबन्धनले गरेको तौर तारिक पनि गलत हो

    Reply
  15. shamir says:
    November 16, 2013 at 6:53 pm

    बैध बा तिमि त सारै नर पिसाच नै रहेछोउ किन जनता लाइ यसरि दुख दिएको नि. तिमीले सोचेको छ कि छोइन भोलि तिमीलाई जनता ले नै घर न घाटको बनौछन भन्ने कुरा. तिमीहरु को बन्द को मार मा सिधा सादा जनतानै पर्ने हुन्.अनि जनता नै तिमि हरु बाट खुशी छोइनन भने के को तिमीहरु को पार्टी क को नेता नि, होश गर बैध बा अति भए पछि तिमि हरुलाई जनता ले लखेत्छन त्यो दिन धेरै टाढा छोइन विचार गर बुडा………………….

    Reply
    1. suzee says:
      November 16, 2013 at 10:22 pm

      हैन कति बा , बा गरिरको ……..पहिलो हरफ र चौथो हरफ को बा लै भूलसुधार गरेर बुडा भनेर कमेन्ट पढन सदर अनुरोध !!!!
      बा सब्द कै INSULT हो बैद्य को संदर्व मा
      ####Abhi, Belgium ####को कमेन्ट को अपमान नगरम न हो , यी पागल बुडा लै बा भनेर ,

      Reply
  16. kedar says:
    November 16, 2013 at 6:23 pm

    के फरकछ त ?
    आँखाको बदला आँखा फोड्ने र चोरको हात काट्ने जस्ता हिंसात्मक सरिया कानुन सहितको इस्लामिक राज्य स्थापना गर्छौं भन्दै अमेरिकाको पनी रिस पोख्न स्कुले बच्चा देखि बजार मस्जीद जहां धेरै आफ्नै मुसलमानहरु मार्न सकिन्छ तहीं बम फोड्दै हिड्ने तालिबान र ……….
    एकदलीय साम्यवादी सासन स्थापना गर्न नसकिने देखे पछी जातीय द्वन्द निम्त्याउने गरी जातै पिच्छेको राज्यमा नेपाललाइ विभक्त स्थापना गर्छौं र अदालत सदालत मान्दैनौं भन्दै, चार दलको र सत्ता नपाएको रिष पोख्नका लागी सर्बहाराको पार्टी हौँ भन्दै तिनै निधा निमुखा बच्चा सहितका सर्ब साधारण जन्तालाई बाटो ढुकेर ठाउ न कुठाउँ, रात बिरात् बम्ब हान्ने माओबादी के फरक छ त ?

    Reply
  17. Pramesh says:
    November 16, 2013 at 6:04 pm

    बुढी मरि भन्दा पनि काल पल्क्यो भनेर चाही चिन्ता गर्नु पर्छ रे| जसको पृष्ठभूमि हिसात्मक छ, जो हिसा गरेर “सफल” भएको छ त्यसले हिसालाई त्याग्न सक्दैन| बैध्य होस् या प्रचण्ड, मान्छे मारेर सत्तामा (अथवा देशको राजनीतिक शक्तिको रुपमा) आएका हुन् यिनीहरु| त्यसैले यिनीहरुले आफु पावरमा टिकिरहन जति पनि मान्छे मर्न तयार हुन्छन| त्यसैले त बैद्यले दिन्दहदै जिउदो मान्छे माथि आगो लाउँछ र प्रचण्डले बालकृष्ण ढुंगेललाई उमेद्वार बनौछा अथवा “परिआये ५०००० मान्छे मर्ने (“बलिदान दिने”) धम्कि दिदै हिड्छ| अब सुध्रिन्छा भनेर जब जनता यिनीहरुको पछि लाग्छन त्यहिबाट यिनीहरुको मनोबल अझै उच्च हुन्छ| अबको चुनाबमा जसले बिगतमा निर्दोस मान्छे मरेको (अथवा मर्न आदेश दिएको छ). जसले कुनै बिन्दुमा नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको छ, जसले भ्रस्टाचार गरेर अकुत सम्पत्ति कमाएको छ, त्यस्ता उमेदवारलाई भोट नदिउ| छानी छानी स्वतन्त्र उमेद्वारहरु अथवा जसको पृष्ठभूमिमा कुनै दाग छैन त्यस्तालाई मात्र भोट दिउ त, यिनीहरुको आफै पट्ट साफ हुन्छ नि| न बैध्य रहन्छ, न प्रचण्ड, न शेर बहादुर, न के पी ओली, न गच्छेदार| संबिधान नबने बन्दैन तर देश चाही पक्कै बन्छ| अर्को चोटी कुनै नेताले नेपाल बन्द गर्ने आटपनि गर्दैन| हिम्मत छ?

    Reply
  18. Prabin lama says:
    November 16, 2013 at 6:03 pm

    This is an so annoying bastered who never want that Nepal and Nepalese should live in peace and develop the country at the end what dose he want should put him in case bring human rights in Nepalese politics 90%of these culprits will be on big ins the bars com on Nepalese put these culprit in shit let’s thing what result comes with saddam Husain can we push these culprit to the end! This is the time to react against these if not we will be to let

    Reply
  19. subas says:
    November 16, 2013 at 4:36 pm

    के हो जाबो बन्द को बिकल्प सोच्न नसक्नेले, एक अर्का सँग बार्त गरेर निकस दिना नसक्ने ले देश को बिकास र निकास दिन्छ भनेर कस्ले पत्याउने तापाइ नत कसैसँग मिलेर काम गर्न सक्नु हुन्छ न त कहिलेइ गरेको छ ..youhav a total social psycopathic history any psycologist can help u get help plz
    अहिले ४ दल सँग बार्त गर्न नसक्ने ले भोली १९२ वता देश सँग कसरी बार्त गर्ला UN ma ni बन्द गर्ने ?
    baidhya budho – Rising Pol Pot of nepal

    Reply
  20. Manoj says:
    November 16, 2013 at 2:31 pm

    सरकार को मुख ताकेर बस्नु भन्दा यिनीहरु पत्रकार सम्मलेन गर्ने ठाउमा जनताको परिभाषा यिनीहरुलाई हामीले दिनुपर्ने बेला भयो साथी हो

    Reply
  21. Damodar Kuinkel says:
    November 16, 2013 at 2:21 pm

    यस्तो पनि राजनीतिक दल हुन्छ ? काहि नभएको जात्रा हाडि गाँउमा भने जस्तो । कार्यकर्ता लगाएर पेट्रोल वम प्रहार गर्ने अनि जनता आक्रोशित भएर भन्ने गजव छ वा । वैद्यवाले पनि के के नौटंकी गर्ने हो के के । दोष जति अर्काको थाप्लामा थुपारी आफ्नो गोरुको वाह्रै टक्का गरेर जुन सुकै कुरामा पनि भाँजो हाल्ने कामले देशले निकास कसरी पाउन सक्छ । हजुरवाको पाला २००७ साल देखी कुरा उठेको संविधान सभाको निर्वाचनवाट संविधान निर्माण गर्ने कुरा अहिले नातीको पालामा पनि पुराहुने अत्तोपत्तो छैन । तिम्रो विचार मेरो विचारवाट हाम्रो विचार निस्कन सके पो देशको उन्नती हुन्छ । यिनले राजनितिमा आफ्नो साख र इज्जत दुवै गुमाए । लोकतन्त्रमा राष्ट्रिय सरोकारको विषयमा विरोध गर्न सवैले पाउछन् तर अरुको हक अधिकारको धर्जी उडाउन त भएन नि ।

    Reply
  22. kumar Gotame says:
    November 16, 2013 at 2:21 pm

    Dear Baidhya Comrade,
    We dont understand what is your requirement and what you want to achieve, but its true that you and your comrades are doing for their own benefit. Can u please tell us what we are going to get by supporting you and ur Election Bahiskar. Do u know what is the meaning of “BANDH”, its not affecting you and ur comrades while its very well affecting the common people who is laboring the whole day in his field to feed his family. ur sitting in the capital, can you go and see how our villagers are surviving, only for morning and evening meal. if you have problem with ur partners what is called A-Maoist, or other parties fight in the capital coz, all are their nearby you. In the name of BANDHA your followers are creating common people life miserable. I dont know whether you read all this Blogs or not, but if somebody reads please inform BAIDYA BABA to stop this nonsese, coz he already hurts so many people with their not doings.

    Reply
  23. prabesh says:
    November 16, 2013 at 2:13 pm

    कसले जिन्दगि बर्बाद गर्छ कसले आगोमा जानी जानी हम्फाल्छ तपाई सक्नु हुन्छ ?हुन्छ भने “मोहन वैध्य” बाजेको पार्टीमा जानु होला

    Reply
  24. Harish Shrestha (Tauthale) says:
    November 16, 2013 at 1:19 pm

    चुनाब बहिस्कारको नाममा निर्दोष जनता माथि येसरी भौतिक आकार्मन गर्ने पार्टी कुनै पनि हालतमा सोच्छ राजनैतिक पार्टी हुन सक्दैन ! एस्तो आतंक मचौंदा पनि यो सरकार के हेरी बसेको छ ? यिनी हरुलाई आतंकारी घोसना गरेर तुरुन्तै कारबाही अघि बढाउनु पर्छ ! यो पार्टीलाई निर्दोष नेपाली जनता माथि आकर्मन गर्ने अधिकार कसले दियो ? को बाट संचालित छ यो राजनीतिको नाममा कलंक पार्टी ? एसका नेता भनौदा ज्यानमारा हरुलाई नेपाल सरकारले चांडो भन्दा चांडो कानुनी दायरा भित्र ल्यायर कारबाही गरुस ! येदि येसरी नै सरकार तमासा हेरेर बस्छ भने अब नेपाली जनता चुप लगेर बस्ने छैनन ! हरेक नेपाली जनता हरु आफ्नो ज्यान धनको सुरछ्याको लागि बाद्धे भयर हतियार उठाउने छन् ! होशियार ज्यानमारा बैद्य हरु ! तिमीहरु नेपाली जनता द्वारा मारिने दिन धेरै नजिक आउदै छ ! त्यो दिन तिमीहरुको लागि धेरै महँगो साबित हुनेछ ! जय देश जय नेपाली जनता !!!!!!

    Reply
    1. bibek dhakal says:
      November 16, 2013 at 8:19 pm

      आशा गरम त्यो दिन चाडै नै आवोस हरिश जी जब जनताले इनको घर डेरा पसेर इनको यति बिजोग बनाइदिउन कि यिनाहरुले मचाएको यी आतंक को शृंखला पनि बिर्सिन सजिलो होस्! त्यो एउटा बिडम्बना त हुनेछ पक्कै तर भविष्यमा जनता को नाममा जनतालाई नै दुख दिने कुनेताहरुलाई राम्रो सबक हुनेछ….एउटा झिल्को मात्र चाहिएको छ, मलाइ लाग्छ त्यसलाई आगोको रुप दिन धेरै तैयार छन् – यस्तो आगो कि यसको रापबाट उम्किनबाट इनलाई सरकारको पुरै संयन्त्र ले पनि बचाउन नसकोस!

      Reply
  25. ram bahadur ghale says:
    November 16, 2013 at 1:03 pm

    जसरि जनता का छोरा मर्छन ,तसरी नै तिम्रा छोरा मरे भने तिमि लाइ पिडा हुन६ कि नाई.बैद्य बा ???

    Reply
    1. Abhi, Belgium says:
      November 16, 2013 at 1:42 pm

      फेरी बा भन्यो त्यो बैद्य लै तपाई तेस्को छोरो हो ? भन्न मन लागे बैद्य बा-दर भन्नुस

      Reply
  26. Navaraj Subedi says:
    November 16, 2013 at 12:38 pm

    ठिक छ बैध्य ……………! तिम्रा जनता खुबै रहेछन खुबै ……!!….!!!.त्यो सबै फोहोरको थुप्रोमा जम्मा भएका भुसिया कुकुरहरु मात्र तिम्रा जनता हुन् भन्ने मेरो ठम्याई छ ……! अहिले तिमीहरुले पेट्रोल बम सुतली बम हानेर निमुखा गरिब जनताहरुलाई दिन दहाडै घाइते बनाउने, हातखुट्टा भाच्ने र मार्ने सम्मका काम गरिरा का छौ त्यो काम भुसिया कुकुरहरुले मात्र गर्छ…! बैध्य तिम्रा भावनामा कत्ति पनि दया माया छैन …..???? किनकि तिमि त एउटा भुसिया कुकुरहरुको माऊ न परयेउ ….! खान नपाएको मरान्च्येसे जिउदो मुर्दा न परेऊ किन कि जिउदो मुर्दाले मात्र निमुखा जनताहरुको दिन दहाडै रगत चुस्छ ….!!! रा मार्न थाल्छ …..! बिचार ति कलिला बालबालिकाहरु, अनि रोजगारी नपाएर विदेश भौतारिएका ति सोझा जनताहरु एकछाक टार्न पनि धौ धौ पर्ने ति भरि बोक्ने भरियाहरुले के बिगारेका थिए…..??? ठिक छ बैध्य…………? तिम्रा छोरा, तिम्रा छोरी, अनि तिमि, अनि तिम्रो श्रीमती रा तिम्रा नातागोताको सबैलाई तिमीले जस्तै तेसरी पेट्रोल बम प्रहार गर्दा के हुञ्छ एकचोटी नसम्झिकन तिम्रो मुटुमा कतै दया नआएको किन हो …….>?????????:………….आँखिर किन आउथ्यो त बैध्य तिमि त एउटा भुसिया कुकुरहरुको माऊ न परयेउ ….!

    Reply
    1. Mohan says:
      November 16, 2013 at 2:18 pm

      भुसिया कुकुर ले यस्तो काम गर्दैन……….भुसिया कुकुर को अपमान न गरौ.

      Reply
  27. बशन्त राज says:
    November 16, 2013 at 12:36 pm

    उता छीमेकीले रकेट उडाएर मगल ग्रह पुर्याईसके हाम्रा बैध बुडा भने नेपाल बन्द भन्दै यात्रु बसमा बम हन्छन यहि हो नेपाली नेताको बुद्धि अनि कहाँ बाट नेपाल बन्छ भन्या / नेपालमा एक उखान छ “स्याललाई काल आयो भने सहर पस्छ भन्छन/” यो बैध बुडो स्याल लाई पनि काल आको हो क्या हो ? त्यही भयर उल्टो उल्टो काम गर्छ / “बिनास काले, बिपरित बुद्धि /” बिनास हुने बेला उल्टो बुद्धि आउछ भन्छन हो रछ /

    Reply
  28. Jeevan Thapa says:
    November 16, 2013 at 12:07 pm

    जनता ले गरेको रे ..बैध बा जनताले गरेको भए त चुनि चुनि तिमि जस्ता नेता हरुलाई हान्थे ..तिम्रो उद्देस्य संबिधान बनाउने होइन तिम्रो उद्देस्य पनि कुर्सि नै हो … तिमि नभए तिम्रो साथ दिने हरुको उद्देस्य त १००% कुर्सि नै हो … जनताको आँखामा छारो हाल्न नखोज ..

    Reply
  29. Ramesh says:
    November 16, 2013 at 9:59 am

    जनता जनता जनता । सुरक्षा घेरामा बसेर मन्त्री आदेश दिन्छन् भोट हाल्न जाउँ जनता, हेलिकप्टरमा उडेर नेता कराउँछन् मलाई भोट लेउ जनता । भोट नदे भन्नेका बमले पनि ताक्छन् उही जनता । खाली जनता जनता जनता । कति दिनसम्म उनका लागि अत्याचार सहने हामी जनता ।

    Reply
  30. Bel Bahadur Gurung says:
    November 16, 2013 at 9:42 am

    द्यास्का नेताहरुको घर घरमा पनि जनताले पेट्रोल बम हानी आक्रोश ब्यक्त गर्न बेर छैन /

    Reply
  31. Chandra says:
    November 16, 2013 at 9:39 am

    अब यहाँ जनता भनेको ता आफु हरु नै होलान, बैद्य बा तिम्ले मान्ने जनता त ०.१% मात्र होलान र ति को हुन तिमीलाई थाहा छदै छ| ०.१% जनता ले ९९.९ % लाई मार्न खोजेको त तिमीलाई थाहा नै छ , अब यो पानी थाहा पाई राख ९९.९ % ले तिम्रो टाउको माँ बम पड़कौना लगे भने चै के हुन्छ भनेर । साला मुलाहरु ले त देस लाई इराक जस्तो पो बनाउन लागे यार, जनता कै बस मै बम पड़कौने पनि !! हैन यो बैद्य बाले आदेस दीदा त्यों बम बस माँ फाल्ने जनता भन्ने हरु चै कति दया नभएको हरु होलान, यो फाल्ने हरु ले किन सोचदैनन् त्यों बच्चा पनि आफ्नै बच्चा जस्तो हो भनेर |

    Reply
  32. ekraj says:
    November 16, 2013 at 8:57 am

    यो रिसौदै भन्ने बैद्य बुदो र एसका बिधन्ग्सकारी अपराधी लाई सरकार ले दुखित हुदै कानुनी कारबाई गरेर अपराध बमोजिम को सजाए दिए हुन्छा| सक्छ भने सिधै पार्टी नेता र उनको घरमा घेरा दिए भयो र तेही दुइ पार्टीका अपराधी लडेर मरे भै हाल्यो|
    यिनी हरुबाट जनतालाई बचाउने सरकार को कर्तब्य हो र साधारण जनता राजनीति दाउ पेच को सिकार किन बन्ने? ओइ नेता भनौदा फटाहा अपराधी हरु हो तिमीहरु संग यसको जबाब छ?

    Reply
  33. mahesh says:
    November 16, 2013 at 8:29 am

    दश वर्ष युद्द गरेर पुरा देश मिल्कायिश
    गरिबको नाम जपेर टन्न पैसा सक्कईस

    ज्यान तिम्रो गाको थिएन, नत्र तिम्रो परिवारको
    दुख, यातना, मर्न सबै किन उही गरिबलाई मात्र लगाएको

    तिम्रो क्रान्तिमा जनताले साथ दिएकै थियो त
    तेसैले त तिमीलाई जिताएर पठाएकै थियो त

    कुरा धेरै चिप्लो गर्छस, काम चाही खै गरेको
    तिम्रो के बिगारेको थियो र हामीलाई येत्रो दुख दिएको

    जनताको नाममा बम नै फ्याक, अरु के नै जानेको छौ र
    अब राछस र तेरो बीचमा के नै बिन्नाता बाकि रहयो र

    नाम तेरो वैद्य हैन रावण हुन पर्ने
    जन्म तेरो यता हैन नोर्थ कोरियामा हुन पर्ने

    Reply
  34. bibek dhakal says:
    November 16, 2013 at 8:15 am

    अब चुप लागेर बस्नुको फाइदा छैन नेपाली हो – यसरि दिनदिनै आतंकको शिकार हुनुपर्दा पनि त्यहि आतंककारीहरुको कुटिल शब्दहरुमा रनभुल्ल पर्नु भनेको अबका दिनमा जुनसुकै बन्दकर्ताहरुलाई यस्तो कुकृत्य गर्न लाइसेन्स दिनु बराबर हो | यसको हिसाब प्रशाशन ले गर्ला, पछि हेगमा होला, जनताले बहिष्कार गरेपछि स्वत: होला भन्नु खोक्रो आशा गर्नु मात्र हो – अहिलेसम्म को नेपालको राजनैतिक ट्रेण्ड हेर्दा तेस्तो देखिन्न| मैले हिँसालाइ प्रश्रय दिन खोजेको हैन – मात्र प्रतिकारको आह्वान गरेको हो| हामि माथि धावा बोल्दै उल्टो हाम्लाई दोष लाउने यस्ता पाखण्डीहरुलाइ ठिक पार्न के हामि सक्दैनौं र? १५० २०० जना एकजूट भए पुग्छ – इनिहरु जुन सरकारको बिरुद्द गैरहेको भनेका छन् तिनले पनि बचौना सक्दैनन् इनाहरुलाई…..अत्याचार कति सहने जब कि समाधान हामीसंगै छ!

    Reply
  35. माधब पाण्डेय says:
    November 16, 2013 at 7:44 am

    सरकार बन्द बिरूध्द कडा रूपमा प्रस्तुत हुने भन्दा मानबअधिकारको कुरा उठाउनेहरू सर्बसाधारणहरू चढेको गाडीमा बम हान्दा कुन दुलोमा बसेका छन् ?
    मानब अधिकार भन्दै दानब अधिकारको वकालत गर्ने तिमीहरू नै हौ देश भडुवाहरू !!

    Reply
  36. Birodh says:
    November 16, 2013 at 7:38 am

    १० बर्षसम्म लुटेको सम्पति यो ग्रुपले पाएनछ तेसैले फेरी लुटेर खानको लागि यिनीहरु चुनाबमा नगएका हुन /

    Reply
  37. Kamal Bhandari says:
    November 16, 2013 at 7:19 am

    नेपालमा जसले पनि बन्द र अपराधिक गतिबिधि गर्छ त्यसलाई इन्काउन्टर भनेर सोझै गोलि ठोक्न पर्छ . चाहे त्यो प्रचंडे होस् या बैद्य, झुशील होस् या झल्लु, के पी होस् या जी पी (जय प्रसाद गुप्ता), मधिशे होस् या पहाडे, जनजाति होस् या आदिबासी, जे सुकै बासी होस् जे सुकै पार्टीको होस्, जे सुकै धर्म को होस् . त्यस्ता अपराधी हरुको कुनै जात, धर्म, स्थान, केहि पनि हुदैन त्यसैले गोलि ठोक्नै पर्छ . त्यसपछि सब चुप हुन्छन . सार्है छाडा भए है हुन पनि .

    Reply
  38. Drubha Bhatta says:
    November 16, 2013 at 7:11 am

    होइन हौ वैद्य बा त मर्न लगिसकिस बुद्दि चाहिं कहिले आउछ हो तेरो तैले कति पाप गरेको छस भन्ने त मरेपछि यमराज ले तातो कराई मा डुबाए पछि थाहा पाउछस . एकपल्ट संसार लै हेर उनीहरुले प्रगति कसरि गरेका छन्.

    Reply
  39. Niranjan says:
    November 16, 2013 at 6:47 am

    यो बैध बुढा को दिमाग खुस्की सक्यो ,तेसै भएर कुनै ठेगान को कुरा गरि रहेको छैन ,कुरा त पच्ने पो गर्नु पर्छ ,जनता लाई बम हानेर मार्ने कोशिस गर्ने ,आतंकित गर्ने ,स्वतन्त्र बाच्ने अधिकार को हनन गर्ने ,अनि उल्टै जनता लाइ नै दोष ,जो चोर उसकै ठुलो शोर …..

    यो बुढा को गुलाम हो कि के हो जनता ?? ,जे भन्यो तेही गर्ने ,बल्ल बल्ल केहि शान्त भएको नेपाल लाइ फेरी यो बुढा को कर्तुत ले गर्दा अशान्त हुन् लाग्यो .

    बम हान्ने ताकत नै छ भने ति टाउके नेता हरु को घर मा हान्ने ,हामी कुनै दोष नभएका जनता लाइ होइन ..

    Reply
  40. samip says:
    November 16, 2013 at 5:57 am

    यो त सिधै आतंकबाद हो | समातेर घोक्रेठ्याक लाइदिए भैहाल्यो नि बैद्य बुढालाई

    Reply
  41. Mukesh budhathoki says:
    November 16, 2013 at 5:46 am

    नेपाली पोलिटिक्स भयो नेपाल को रोग !
    जनता भए बिमार ,नेताहरु भाईरस !!
    जनता जनार्दन पंगु भयो !
    बुद्दीजीबी ऑल आउट,कसले बनाउने एन्टी भाईरस !!

    Reply
  42. Nyaya says:
    November 16, 2013 at 5:15 am

    यस्तो अपराध गर्ने लै दण्ड दिनु पर्छ. यसलाई र यो संग का औरु लै र यसो गर्ने जो कोहि लै पनि, सबैले लाठी ले हिर्काएर मारिदिए जनता ले दुख त पौने थियेंन्ना.
    कसै नेताले, राजाले देश र जनता को लागि केहि राम्रो गरेनन.
    तर जनता को नौमा यस्तो अपराध गर्ने हरु लै भूमिगत हुनुबह्न्दा पैला लाधि ले हिर्काएर मारिए, शान्ति हुन्थियो कि.

    Reply
  43. िदवा says:
    November 16, 2013 at 4:41 am

    यी धुर्त ,पाखण्डी तथा लक्ष्य बिहिन राजनिति गर्ने नेताहरुको राजनितिक जीवन सफल पार्न निर्दोशहरु जिउदै बस भित्र जलेर मर्नु पर्ने कस्तो राजनितिक संकारको विकाश भयो हाम्रो देशमा ??के यसको अन्त संभब छैन नेपालमा अब ??

    Reply
  44. Raj says:
    November 16, 2013 at 4:08 am

    नैतिकता नवएको नैतिकहीन बैद्य. मानवता रुपी राक्षस बैद्य

    Reply
  45. satroj says:
    November 16, 2013 at 3:53 am

    हा हा वैद्य बा नौटंगी कोस्ले गरेको छ भन्ने सबै जनता ले देखेको छन् ५ वर्षा को बच्चा लाई पेट्रोल बम हन्नी……….

    Reply
  46. Surendra says:
    November 16, 2013 at 3:41 am

    जसको हातमा डण्डा छ उसले जे गरे पनि हुने कस्तो नियम हो यो? “मोहन वैध्य” भन्ने मान्छेलाई जे ठिक लाग्यो सबैले त्यहीं मान्नुपर्ने ? संसारबाट हराइसकेको कथित कम्निष्टवाद का लागि अझै कतिको जीवन वरवाद हुने हो? रामेलाई “आर्सनल” मनपर्छ, श्यामेलाई “म्याञ्चेस्टर” ; त्यसो भनेर रामेले श्यामेलाई टाउकोमा घनले हान्न मिल्छ? हाम्रो समाजले हिँसा र हिंसकको पुजा गरिरहेकोले यो स्थिति आएको हो; र विचार र तर्क पराजित हुनेहरु नै अपराधको आश्रय लिन्छन; तर अराजकताका पुजारीहरूले यो बिर्सनु हुँदैन कि उनीहरुको हरेक ढुकढुकीले समाजमा पिडा थपिरहेको छ, र शान्ति र सभ्यताको उद्गम यो पवित्र भूमिमा मानवताका कलंकहरुको कुनै स्थान छैन .

    Reply
    1. इश्वर चन्द्र आर. says:
      November 16, 2013 at 9:16 am

      अति निक्रिस्ट राजनीति हो यो ! हरेक बन्ध र हड्ताल आफै मा नराम्रो हुन्छ ! ४६ साल को राम्रो थियो ! ६२ – ६३ को राम्रो थियो ! एमाले ले गरेको राम्रो थियो ! एमोबादी ले गरेको राम्रो थियो ! अहिले माओबादी ले गरेको नराम्रो हो भनेर म भन्दिन ! यी सबै नराम्रै थिए! अगिल्लो ले राम्रो भनेर अहिले को ले गरेको नराम्रो भन्ने पक्ष मा म छैन! मेरो अघिल्लो कमेन्ट मा एक जना साथि ले धेरै को सहभागिता लाइ राम्रो र थोरै को सहभागिता लाइ नराम्रो भन्नु भएछ ! एक्लो भ्रस्टचारी ले डेढ लाख मान्छे (होइनन कि) उतारेर १२१ किलो को माला लाउन सक्ने हैसियत राख्ने देश मा ७ पार्टी का लखोउ मान्छे ? (होइनन कि ) उतार्न के ठुलो कुरो भयो र ! यो देश मा मान्छे भेटिने भएन – सब का सब फलानो पार्टी का कार्यकर्ता – फलानो पार्टीका समर्थक – सरिर बाट दिमाग निकालेर खुइलियेका रित्ता ज्यान मात्रै !!

      Reply
      1. neerose says:
        November 16, 2013 at 6:34 pm

        बन्द हड्ताल स्वोयाम्मा नराम्रो हो! किनकि यसले जनता र मान्छेहरुलाई अफ्ठेरो पारेको हुन्छ वा दुख दियको हुन्छ!
        तर,
        राम्रो र नराम्रो लाइ हामीले उदेश्य र नीति संग जोडेर निर्क्यौल गर्न सक्नु पर्दछ!
        मृत्यु आफैमा अस्वीकार्य र अप्रिय वा नराम्रो हो तर कतिपय अबस्थामा मृत्यु स्वीकार्य र उचित ठानिन्छ,
        कानुनले सजाय स्वोरुप दियको मृत्यु लाइ उचित ठानिन्छ!
        शहिद हरुले ग्रहण गरेको मृत्युलाई सम्मान गरिन्छ!
        आदि!
        तर बैद्यको बन्द र हड्ताल को उदेश्य के?
        संबिधान सभा असफल पार्नु, हुन नदिनु, भाड्नु आदि!
        यो उदेश्य कसरि ठिक भयो?
        यो त जनताको बिरुद्दमा भयो किनकि संबिधान सभा जनता द्वारा जनताको लागि जनताले संबिधान लेख्ने क्रममा गरिने निर्वाचन हो त यसको बिरोध गर्ने र भाड्ने भनेको जनविरोधी हो कि होइन?
        तेसैले बैध्यहरु जनता बिरोधि हो!
        जनता लाइ पेट्रोल छर्केर जलाउने क्रुल आतातायी हुन्!
        यी जनतामारा हुन्, जनतालाई दुखादिने जन्तुहरु हुन्!
        यिनीहरुलाई जहा भेट्यो तेही मारिदिनुनै देश र जनताको भलाइ हुन्छ!
        जनता उठ अब ठोकु यस्ता पाचाके बैध्य हरु लाइ!

        Reply
  47. amar says:
    November 16, 2013 at 3:38 am

    मेरो एउटा प्रस्न छ है बैध बुडा .. तिम्रो कुरा मैले माने ल …. …तर तपाई जस्तो मान्छे ले सबै कुरा जनता ले गरेको हो भन्छ जनता ले गरेको भए त जनता ले जनता लाई नै बम नहान्नु पर्ने हो . तपाई हरुको आन्दोलन चार दल बिरुद्ध हो कि जनता विरुद्ध हो ? जनता लै दुख दिएर बम हान्ने यो कस्तो आन्दोलन हो ? आन्दोलान नै हो भने चार दल को नेता हरु लाई bom haner आन्दोलन गर्नु नि , चार दल को नेता को घर बन्द गरेर गर्नु नि , संबिधान सभा मा जाने पनि तिनै नेता हुन् केरे के को जनता को टाउको माथि बम फाल्नु हुन्छ यार , अस्ति त चार दल विरुद्ध भनेर सानो बच्चा लाई बम ठोक्नु भाको हो कस्तो मुटु नभएको तपाई यार , फेरी जनतालाई बम ठोकेर नेपाली नेताहरु को मन पनि जनता ले दुख पायो भनेर कठै भन्ने खालका छन् ……. तपाई हरु जनता को लागि भनेर नेपाल बन्द गर्नुहुन्छ यार ठुला नेताहरु पुलिस को घेरा मा हिड्चन, हेलिकोप्टर मा हिड्चन यार अनि जनता को लागि भनेर गरेको आन्दोलन मा चै हामी जनता घर मा थुनेर बस्नु पर्ने , काम गरेर खान पर्ने जनता भोक भोकै बस्नु पर्ने रे यार …मलाई त मन परेन है , तपाई हरु को सत्ता को बार्गेनिंग मा हामीलाई बीच मा नपार्नु भए हुन्थ्यो यार ….कठै हामी नेपाली जनता जसले जे गरे पनि सहनु पर्ने यार ……………………….अन्तिम मा एउटा कुरा तपाइको पार्टी अफिश बुद्द नगर मा रैछ कहिले काही बुद भगवान ले सिकाएको कुरा पनि पढ्नु नि , तपाई हरुको बिदेशी महान नेता माओ को देश मा त बुद्द भगवान को कुरा सुनेर प्रगति गर्दै छन् , तपाई भने खाली पड्काउने थर्काउने भन्दा अरु कुरा गर्नु हुन्न यार ,,मलाई दिक्क लाग्यो यार ..ल मैले भने पनि क नै हुन्छ र तिमि हरुलाई जे जे गरे नि गर एक दिन त नेपाली जनता पक्का उठ्चन उठ्चन …

    Reply
  48. amit says:
    November 16, 2013 at 3:03 am

    हरे शिव कस्तो कस्तो नारा पिचास जन्मिए छ नि यो देशमा 🙁

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme