Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नून अभाव हल्ला मात्रै, हल्लाको पछि नलागम‌् है !

Posted on November 16, 2013November 16, 2013 by mysansar

Noon शुक्रबार बिहानैदेखि काठमाडौँमा ‘नून आतंक’ नै मच्चियो। हामी नेपालीलाई फेरि हल्ला फैलिएपछि त्यो साँचो हो कि झुटो हो थाहा पाइराख्नु पनि परेन। मौका पर्खिरहेका कालो बजारियाहरुलाई त झन् के चाहियो- बढाइदिए नूनको भाउ र थपिदिए अझै हल्लामा मरमसला। दैनिक उपभोग्य वस्तु, तरकारकीको भाउ आकाशिँदा वास्ता नगर्नेहरुले हल्लाको भरमा सामाजिक सञ्जालहरुका स्टायटस नूनलाई डेडिकेट गर्न भ्याए। यो हल्लालाई चिर्न केही आर्थिक पत्रकारहरु मात्रै अघि बढे। आर्थिक पत्रकार समाजका अध्यक्ष विज्ञान अधिकारीले लेखे- “नेपाली समाजको जग यति कमजोर छ की सानो हल्लाले पनि मुलुकनै हल्लिन्छ । अहिले नून अभाव त्यसैको नमूना हो । नून अभाव भनेर अहिले बजारबाट एकैचोटी चार पाँच प्याकेट किनेर लगेको मैले आफ्नै आँखाले भेटे । जवकी नूनको एकाधिकार पाएको साल्ट ट्रेडिङले छ महिनालाई पुग्ने मौंज्दात राखेको छ । तर हामी उपभोक्ता पनि एक वर्षलाई पुग्ने नून किन्न बजार दौडिरहेका छौ।” अर्का आर्थिक पत्रकार विष्णु पोखरेल लेख्छन्- “सबै उपभोक्ताले बुझ्न के जरुरी छ भने, यो हल्ला मात्र हो, यथार्थ होइन, यसका पछि लागेर अनावश्यक तनाव लिनुको कुनै तुक छैन। भातजस्तो ग्वाम–ग्वाम खान नमिल्ने नुन घरमा थुपार्नुको अर्थ छैन।” आखिर किन फैलियो त यस्तो हल्ला ?

पोखरेलले आफ्नो ब्लग