Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैद्य, बहिष्कार र बम

Posted on November 14, 2013 by mysansar

-दीपक खरेल-
कमरेड किरणको जीवन कम्युनिष्ट आन्दोलन, सिद्धान्त निर्माण र चिन्तन मै बित्यौ। किरण कमरेड देशको एउटा प्रखर कम्युनिष्ट कार्यकर्ता, नेता र चिन्तक हुनुहुन्छ। वर्गरहित समाज, जनगणतन्त्र, विकास कमरेड किरणको मात्र होइन, मतदाताको संख्याले नै ६५ प्रतिशत कम्युनिष्ट रहेका सबैको हो। अघिल्लो संविधानसभाले जे गर्न सकेन, अब बन्ने संविधानसभाले त्यो गर्न सक्दैन भन्ने कमरेड किरणको ठहर, नगर्दासम्म मान्न सकिन्छ। देशी विदेशी शक्तिको चलखेल, इसारा र दलाल भन्ने कमरेड किरणको मात्र होइन सत्ता बाहिर रहेका सबै कम्युनिष्टको ‘कमन वर्ड’ नै भइसक्यो, यसमा नयाँ केही छैन। कमरेड किरणले गोलमेच सम्मेलनका लागि भन्नुभयो। उहाँको माग रहयो, न्यायपालिका र कार्यपालिकामा एउटै ब्यक्ति बस्नुहुन्न, जायज थियो। तर खै ठूला भनेका दल नै गोलमेच सम्मेलनको बहसमा बस्न डराए। माग सम्बोधन नभए पछि आन्दोलन लोकतान्त्रिक अधिकार थियो। सुरुवातमा आमहडताल र पछि यातायात बन्द भन्नु भो ठिकै हो। कमरेड किरणले शान्तिपूर्ण आन्दोलन भन्नु भा थियो। तर कमरेड त्यो बिचरा चार वर्षे बच्चालाई बमको शिकार बनाउने, गुडिरहेका गाडी जलाउने र ठाँउ ठाँउमा बम पडकाउने कस्तो शान्तिपूर्ण बन्द हो, बुझ्न कठिन भो।

देशको कानुनले विध्वंस हुने सबै प्रकारका बमको प्रयोग गर्ने र गर्न लगाउनेलाई आंतककारी भनेको छ, कमरेड किरण तपाई पनि त यहि देशको नागरिक होइन र?

आगजनी, तोडफोड त देशले पचाएका आन्दोलनका स्वरुप भै सके तर बहिष्कारका लागि बमको प्रयोग? जंगली राजनीति भएन र कमरेड किरण?

१० बर्ष लामो जंगल बसाई, सर्घष, लडाईमा तपाई कै अनन्य मित्र समेत कुन बेला तपाई कै बमको शिकार हुने हुन ठेगान छैन। शान्तिपूर्ण राजनीतिका पछिल्ला ५ बर्ष कमरेड किरणसँगै हुनुहुन्थ्यो। बिमती थिए होलान त्यो त कम्युनिष्ट पार्टीले बन्द कोठामै समाधान गर्ने परम्परा थियो। तर एकाएक अलग्गीएर यसरी निर्दोश सर्वसाधारणलाई बमको शिकार बनाउने तपाईको कम्युनिष्ट सिद्धान्त अति अपाच्य भो। कमरेड किरण तपाईसँग जनमत रहेनछ, त्यो त तपाईले पूर्व घोषित आन्दोलनलाई मध्यरातमा परिवर्तन गर्दा नै देखियो। कमरेड किरण तपाईसँग त मर्कामा परेका केही थान पूर्व लडाकु रहेछन जसलाई अझै युद्ध कै धङधङी छ। उनीहरुलाई तपाईहरुले जे सिकाउनु भो उनीहरु त्यही गर्छन। र कमरेड किरण तपाईहरुले ती लडाकुलाई युद्ध बाहेक केही सिकाउनु नै भएन।

यतिबेला तपाईलाई छातीमा टेकेर टाउकोमा हान्ने उच्च महत्वकाक्षा सहितको युद्ध रणनीति बनाउन सहयोग गरेको सानो उपत्यकामा सुर्खेतमा बसेर लेख्दै छु। युद्धमा तपाई कै केही थान लडाकुको सहारामा तपाईहरुकै निमन्त्रणमा मैले पाइला टेकेको यो उपत्यका आज तपाईहरुकै कृयाकलापले अक्रान्त बनेर अरु नै कसैलाई पछयाउदै रहेछ। रामघाटमा निर्दोस लडाकुलाई क्रुरता पूर्वक स्तन नै काटेर मार्ने सुरक्षा बल आज तपाई कै शहरमा तपाई नहुनुको अभासमा मस्त निदाएको छ। सोध्न मन लाग्यो कमरेड किरण आखिर तपाईले युद्ध बाहेक के दिनुभयो र यो उपत्यकालाई ? किन अझै तपाईका सिद्धान्तका भारी बोकेर यो उपत्यका पछलग्गु बनिरहोस।

कमरेड किरण अघिल्लो संविधानसभा चुकेको छ, त्यस्को जवाफ त आम मतदाताले पार्टीका जात भुलेर उम्मेदवारलाई सोध्दै छन, जवाफ बिहिन बनेका उम्मेदवार किच्च दाँत देखाएर हास्छन कुनै जवाफ छैन। कमरेड किरण आन्दोलन छाडेर तपाईले त यो दन्तहसाईलाई आफ्नो शक्ति बनाउन सक्नु पथ्र्यो। तर तपाई जनताको अभिमत माग्न जान डराउनु भयो।

कमरेड किरण तपाई निर्वाचन, मतदान र त्यो जीतलाई कहिल्यै मान्नु हुन्न, मलाई राम्ररी थाह छ। तर अब त्यसलाई नमान्नुको विकल्प नरहेको पनि तपाईलाई थाह छ। फेरी किन त कमरेड किरण बहिष्कारका नाममा कातर बनेर अवोध अभिषेक लामाहरुलाई तपाई बमको शिकार बनाउदै हुनुहुन्छ।

गोलमेच बाहेकका विकल्पमा बहस चल्न सक्थ्यो। तपाईले त त्यो भन्दा जनमत नै नभएका ३३ थान भाई वन्धुलाई बाकेर लोकतान्त्रीक प्रकृयाकै घाटि निमोठन उद्धत्त हुनु भो। अहिले तपाई कै कृयाकलापले तपाईले नै दलाल र सम्राज्यवादी भनेका केही थान देश निर्वाचन सार्ने प्रपञ्च रच्न सघाउदै छ। उनका केही थान पर्यवेक्षकको पोषाकमा गाँउ गाँउमा पुगेका जासुसहरु दिनभर डुलेर राती बन्द कोठामा रिर्पोट लेख्दै छन। कमरेड किरण तपाईको सर्मथन बिना बन्ने संविधान हामीलाई समेत अमान्य हुने छ। तपाई त संविधानसभामै बसेर जनता र जनजिविकाका सवालमा बहस गर्दिएको भए हुन्थ्यो। हामी कहिल्यै तपाईको सिद्धान्तका विरोधी थिएनौ र हौइनो पनि। तर कमरेड किरण २५० बर्षमा तानाशाह र कथित प्रजातान्त्रिक शक्तिले जनतालाई होइन आफुलाई शक्तिशाली बनाए। त्यो त यहाँको कमानमा चलेको १० बर्षे बिद्धोहमा देखिएको जनमतले नै स्पष्ट हुन्छ। कमरेड किरण युद्ध भौगोलीक र क्षेत्रिय शक्ति सन्तुलनका हिसाबले सधै लडिरहने वा जीत हारको निस्कर्षमा पुग्न नसकिने देशको यर्थात त यहाँलाई थाह छदै छ। हामी भयवित छौ कमरेड किरण यहाँका पछिल्ला कृयाकलापले अर्को उचित विकल्प नभएर निर्वाचनको रट लगाउने दलहरुका लागि जनपरिक्षाबाट भाग्ने मौका पो दिने हो की ?

कमरेड किरण तपाई खुलेरै निर्वाचनको बिपक्षमा हुनुहुन्छ, तर निर्वाचनमै होमिएका दल पनि आफुले गुमाएको जनमतबाट तर्सिएका छन। हिजो मतदाताको घरदैलोमा जादाँ फुलमाला पाउने उम्मेदवारले आज मतदाताको कर्कस बाणी सुन्नु परेको छ। अस्थिरतामा आफु शक्तिशाली भइन्छ भन्ने उनिहरुको बुझाइले गर्दा निर्वाचन उनीहरुका लागि फलामे चिउरा सावित भै रहेको छ।कमरेड किरण निर्वाचनबाट कुनै नयाँ शक्ति उदय हुने सम्भावना छैन, उही केही थान पुराना भनेका दल नै केही थान सभाषद लिएर संविधानसभामा पस्ने छन, र देखिने छ पुरानै गतिविधी। कमरेड किरण तपाईले धर्य गर्नुहोस अनि देखिनेछ चर्तिकला। एक, दुई होइन तीनपटकमा त अन्धो गोरु पनि गैरीखेत पुग्छ रे। त्यसबेला हामीले सोधौला कमरेड किरणले भनेको त ठिकै रहेछ। तर त्यसअघि कमरेड किरण कृपया बहिष्कारका निहुँमा निर्दोशलाई बमको शिकार बनाउने कार्य बन्द होस।

25 thoughts on “वैद्य, बहिष्कार र बम”

  1. Abhyankar says:
    November 16, 2013 at 2:11 am

    ‘बा’ रे त्यो बैध्य लै?? “बा” अर्थको अपमान नगरौ | बा अर्थात “बुवा”, यस्तो – अटेरी , हठी , जिद्दी ,मुर्ख लाइ सुहौदैना

    Reply
  2. neerose says:
    November 16, 2013 at 1:05 am

    के हिस्टेरिया भा झ्यै,
    ‘कामरेड किरड, कामरेड किरण’ भानिराको होला!
    यो विकिरण बैसक्यो.
    देशको लागि विकिरण भैसक्यो!
    बैध्य किरण को इध्य उडॆर B बाकिरह्यो अनि किरण संग जोडियर विकिरण भयो!
    प्रचण्ड र बाबुराम संग संगै हुदामात्र यो किरण थियो
    अब त विकिरण भयो!
    विकिरण ले देश र जनतालाई प्राणि र प्रकृतिलाई सांघातिक हानि गर्दछ तेसैले तेस्को सफाई उपचार हुनुपर्दछ चाडै!
    यो चुनाब नै यसको उपचार हो!
    चुनाब पछि!
    यी सब सकियो!

    Reply
  3. murari says:
    November 16, 2013 at 1:02 am

    भूपीले अहिलेको समयमा कविता लेखे यस्तो लेख्थे होला
    हुंदैन बिहान मिर्मिरे तारा झरेर नगए
    बन्दैन नेपाल दुइ चार हजार कपूत ( राजनीति मा लागेका कपूतहरु) मरेर नगए

    Reply
  4. Bikash Tamang says:
    November 15, 2013 at 4:41 pm

    बन्द,आंतक र हिंसा फैलनुमा बैध्य मात्र दोसी नभएर ४दल र सरकार पनि जिम्मेवार छन्।आखिर किन बैध्यसंग सम्वाद चाहदैन यिनिहरु?

    Reply
  5. Ravi says:
    November 15, 2013 at 12:52 pm

    यदि बन्द जबर्जस्ति, करकाप मा परेर, आतंक को सहारामा गराइन्छ भने त्यो जति निकरिस्ट अरु केहि पनि हुँदैन. तर सरकार का जनता बिरोधि क्रियाकलाप बिरुद्ध कुनै दल को घोसणा मा वा दल को घोसना बिना नै यदि बन्द हुन्छ भने त्यो सारै सुन्दर हुन्छ. यो दोस्रो प्रकार को बन्द नेपाल मा कहिले पनि भएको छैन होला.

    यहाँ बैद्ध्य बा ले बन्द को घोसणा गरे अनि जनता ले बन्द नगर्दा तोडफोड गरे आतंक मचाए भनेर हामी मद्ध्ये धेरै ले बिरोध गर्नु को पनि कुनै तुक देख्दिन म. यहाँ लगभग सबै नेता हरु ले नेपाली जनता लाई आफ्नो बधुवा मजदुर भन्ने ठान्छन भने धेरै जसो हामी अलि अलि पढे लेखेका जनता पनि नेताको बधुवा मजदुर हुनु मा नै गर्व गर्छौं. किन भने यहाँ लगभग सबै कुनै न कुनै राजनीतिक दल प्रति झुकाब राख्छौं अनि आफ्नो झुकाव भएको दल ले बन्द गर्दा तेस प्रति सहमति वा सहानुभूति राख्छौं भने अरु दल ले बन्द घोसणा गर्दा उग्र बिरोध गर्छौं, बन्द को बिसयबस्तु जे सुकै होस् .

    Reply
  6. बिपिन says:
    November 15, 2013 at 10:47 am

    Baidya song
    बम मारो बम…..
    मिट जाय हम…..
    बोलो सुबह शाम………
    थुक्क प्रचण्ड और बाबुराम…..।।

    Reply
  7. Kamala Neupane says:
    November 15, 2013 at 10:39 am

    बम पड्काउने ,सबारी साधन मा आगजनी गर्ने तोडफोड आदि ईत्यादी सबै आपराधिक गतिबिधि अन्तर्गत पर्दछन, जहाँ बालबालिका निर्दोष मान्छे हरुको ज्यान समेत खतरामा देखियको छ, उक्त कार्य जहाँ जसले गरे पनि खुल्ला रुपमा दोषी बै ध्या नै भयकाले नेपाल को कानून बमोजिम सरकारले हदै सम्मको कारबाही गर्छ भन्ने हामीलाई लाइरछ /

    Reply
  8. Deepak Parajuli says:
    November 15, 2013 at 9:35 am

    नेपाल को समस्या नै कम्युनिष्ट हुन् / यी जस्ता खोक्रा क्रान्तिकारी कोहि भएनन् र यी जस्ता रास्ट्रघति कोहि पनि भएनन् / यिनी हरु गरिब हरुका नेता हौ भन्छन र आफु महल मा बस्छन / यानी हरुलाई राजनीति गर्न गरिब चाहिन्छ आफ्नो पछि हिडौन बेरोजगार युवा चाहिन्छ / यिनीहरु भनेका घर का बाघ र बाहिर का कुकुर हुन् / त्यसैले यिनी हरु बाट देश विकास हुन्छ गरिबी निवारण हुन्छ रोजगार सिर्जना हुन्छ र देश विकास हुन्छ भन्नु भनेको दिवा स्वप्न मात्र हो /

    Reply
  9. Sudip Sharma says:
    November 15, 2013 at 6:06 am

    कम्युनिज्म दर्शन हो व्यवहार हैन..यसले समाजको आर्थिक सम्बन्ध लाइ राम्रो संग काल्पनिक आदर्शात्मक ढंगले बिस्लेषण गर्छ तर जब यो राजनीतिको व्यवहार बन्छ, यसले आतंक बाहेक केहि देखिदैन !!

    एमाले २८ साल तिर कम्युनिस्ट थियो र आतंक मच्चाउदै थियो..पछि नाममा कम्युनिस्ट झुण्डाए पनि चरम पुन्जिबादी पार्टी बन्यो र अहिले सम्म सुदुर साम्यवाद को ‘गाजर’ देखाएर गरिब नेपालि जनता माझ ‘भ्रम’ को खेति गर्दै छ !! ‘जनताको बहुदलीय जनबाद’ बदलिदो समय परिस्थितिमा टिकिरहने ‘कम्युनिज्म’ र क्यापिटलिज्म’ को हिजडा बच्चा मात्रै हो!!

    माओबादि ले २०५२ सालदेखि ‘कम्युनिज्म’ को सपना बाँड्यो, तर विश्व परिवेश कुनै प्रकारको अधिनायकबाद (चाहे सर्बहाराको होस् चाहे सामन्तहरुको होस् ) स्वीकार्ने पक्ष्य मा थिएन..अनि सन् १९९० पछि पुंजिबाद विकल्प रहित साशन व्यबस्थाको रुपमा अघि बढिसकेको थियो !! त्यसैले तिनीहरु पनि ‘छेपारो’ बन्दै ‘पुन्जिबादी क्रान्ति’ को नारा लगाउन थाले..Political Spectrum मा ‘कम्युनिज्म’ Far Left मा पर्छ भने Capitalism Far Right मा पर्छ !! पूर्व हिडेर पश्चिम कहिल्यै पुगिन्छ ? अब तपाई आफै भन्नुस एमाओबादीको ‘पुन्जिबादी क्रान्ति’ भ्रम को पोको बाहेक केहि हैन !

    बैद्य हरु अझै पनि ‘रातो किताब’ को सैद्धान्तिक आदर्शबाट मुक्त हुन सकेका छैनन..त्यसैले उनीहरु अझै पनि ‘कम्युनिज्म’ को सपना देख्दै/बाड्दै छन्..

    आखिर किन नेपालमा ‘कम्युनिज्म’ को नाममा भ्रम को खेति फस्ताउदै छ त ?
    १. नेपालि जनता ७० % गरिब छन् (बिस्व बैंक ले जे सुकै ‘बिथ्यांक’ दियोस )
    २. नेपाली ६०% असाक्ष्यर छन् त्यसमा पनि राजनैतिक ‘बाद’ को बारेमा जानकार ५% मात्रै होलान..
    ३. नेपाली जनता बेरोजगार छन्..उनीहरुलाई कम्युनिस्ट नेताको ‘दिवास्वप्न’ भासन चुनाबको बेला ‘मुत को न्यानो’ बनिदिन्छ !
    ४. नेपाली कांग्रेशको बुढो र एकोहोरो नेतृत्वले ‘मुलधार’ को अपनवत्व लिने औकात नराख्नु !!

    त्यसैले यो देशमा ‘कम्युनिस्ट’ को नाममा अझै अस्थिरता रहन सक्छ..चुनाब भैहाले पनि देश स्थिर बाटो मा जादैन..अहिले त बैद्य एकातिर..अरु पार्टी र प्रचण्ड को खेताला सरकार अर्को तिर छन्, चुनाब पछि सरकार बनाउने र भत्काउने खेल मा द्वन्दरत पक्ष्य हरु अरु बढ्ने छन् !! त्यसबेला बैद्य अझै बढ्ने निश्चित छ..!! कम्युनिस्ट नामको आतंक र भ्रम को खेति अझै फस्टाउने देखिन्छ!!

    Reply
  10. xyz says:
    November 15, 2013 at 5:45 am

    मान्छे हरु को सोचाई किन एस्तो संकुचित ? किन बैद्य माथि दोस देख्दैछ ? किन मात्र बैद्य लाई दोस दिंदै छ ? एउटा एफ एम रेडियो सुन्दै थिय आन्दोलनकारी हरुले पेट्रोल बोम नहानेरा गाडी को तायर को हावा खुस्कौनु पर्ने र! होइन नेपाली हरु किन येस्तरी मुर्ख हुनु परेको?

    Reply
    1. Shiva says:
      November 15, 2013 at 11:21 am

      तपाइँको फराकिलो सोचाई रहेछ, अरुको संकुचित !

      पहिला संबिधान सभा नभई भएन माओबादीलाइ, अहिले संबिधान सभाको निर्वाचन चहिएन | अरु प्रमुख दललाइ चित्त बुझेको कुरा फराकिलो सोचाई भएको माओबादीलाइ पुगेन | खिलाराजको सट्टा मिल्खाराज भए पनि कुरा उही हो, फरक यत्ति हो कि कुन कुरालाइ लिएर भाजो हाल्न सकिन्छ र रवाफ देखाउन सकिन्छ | बार्ताको लागि नबोलाएको हो र ? नचाहिएको अड्को थापेर निर्वाचन बहिष्कारको बाटो रोजेको कसलाई थाह छैन ? माओबादीले रोकेर चुनाव रोकिन्न, जनता तर्सिएर भोट हाल्न गएनन् भने X ले जित्ने ठाउमा Y ले जित्छ | आधालाइ मात्र भोट हाल्न दियोउ भनेर गर्व गर्ने? सोझा साझा जनतालाइ पेट्रोल बम हानेर खुंखार राष्ट्रबादी र प्रजातन्त्रबादी बन्न खोजेको संकुचित दिमागले बुझ्न गार्हो भयो |

      Reply
  11. दीप says:
    November 15, 2013 at 1:26 am

    ढिलो चाडो नेपाली जनता ले बैध्य, प्रचण्ड, बाबुराम, बादल, गजुरेल आदि लाइ अन्तरास्ट्रिय क्रिमिनल अदालत Netherlands को हेग मा पठाउने छन् ! यिन ले बिगत मा जे मानाबहिकर बिरुध्हा j गरे र अहिले गुडिरहेको गाडी मा जथाबाबी बम हान्ने काम निर्दोष मानिश लाइ गर्दै आएका छन् एसको पाप त यिनले एकदिन भोग्नु पर्ने हुन्छ र तो पनि भोग्ने छन् !! यिनी हरु आफ्नो घर मा परिवार संग , छोरा, छोरि , नाति नातिनी संग आराम दाइ बस्ने तर निर्दोष जनता लाइ बम हानि अंग भंग , मार्ने गरि हान्दा आफ्नो छोरा छोरि जस्तो अर्का को छोरा छोरि पनि हो भन्ने पनि एक रत्ति पनि तिमीहरु लाइ भावाना छैन ? बैध र एसका गुट हरु तिमीहरु सक्छौ भने जुलुस निकाल, रत्न पार्क मा बाटो छेकेर भासन गर अनि मन लागेका नेपाली तिम्रा भासन सुन्न आउलान तर जिउदै मानिश लाइ क्रुद्ध तरिका मर्ने , अंग भंग गर्ने काम बन्द गर , सार्बजनिक सम्पति, ब्यक्ति को सम्पति गाडी मा , घर मा आगो लगाउने काम बन्द गर !! तिमीहरु सक्छौ भने टेलिभिजन, रेडियो, एफएम , बाटो बन्द गरि २-४ घण्टा जोड दार भासन गर यो चुनाब बिरुद्ध तर तिमीहरु लाइ येसरी जनता लाइ काट मार , बम हानेर , मारेर, कुटेर आफ्नो नियन्त्रण मा लिने अधिकार छैन !! येस्तै हो भने विदेश मा जस्तै तिमीहरु लाइ पुलिश ले हत्कडी लगाई नेपाल को अदालत मा उभ्याउने छ एडी सकेन भने अन्तरास्ट्रिय अदालत मा पनि पुर्याउने छन् नेपाली जनता ले !!

    Reply
    1. Rajan Thapa says:
      November 15, 2013 at 10:28 am

      हिजो यहि बाटो लिएर १५००० मान्छे मर्ने प्रचण्ड राष्ट्र को महान नेता हुन सक्छ. यस्तै बन्द हरु बाट आर्जेको सक्ति ले उसले सबैलाई पच्ची लगुना सक्छ भने अहिले बैद्य लाई गालि गर्ने हरु बैद्य अलिक शक्तिशाली देखिने बित्तिकै उसको प्रसंसा मा गीत गाउन थाल्नेछन. नेपाल शक्ति क पुजारी जनताले भरिएको देश हो. प्रचण्ड लाई गालि गर्ने हरु उ सार्बजनिक हुनेबित्तिकै उसको प्रसंसको गीत गाएको बिर्सेको छैन. त्यसैले अहिले बैद्य लाई गल्लि गर्नु बेकार हो. भोलि एमोबदी कम्जोर हुनासाथ, जुन यो चुनाब मा देखिदैछ, बैद्य ले उसका धेरै कार्यकर्ता तानेर बुको बिहे देखौन सक्छ.

      Reply
      1. neerose says:
        November 16, 2013 at 1:12 am

        ए सब समय समय कि बात है!
        प्रचण्डले गरेको घोषित युद्द थियो!
        एउटा एजेण्डा सहितको सघर्ष थियो!

        तेस्तो केहि छ भने गर्दा हुन्छ! युद्द को घोषणा गरेर गरोस बन्द अनि एउटा एजेण्डा अगाडि दियर गरोस युद्द!
        छ हिम्मत ?

        अर्थन बर्थ संग जनता लाइ दुख दिने तर्साउने नियत र कार्यलाई आतंककारी भनिन्छ !
        तेही गरितेतई उन्मुख छ बैद्य!

        Reply
  12. Shankar says:
    November 14, 2013 at 11:50 pm

    बिबादित मुद्दामा मा गोलमेच सम्मेलन गरेर टुंग्याउनु पर्थ्यो , न कि फेरी उस्तै चुनाब गरेर र उही बाटो हिडेर किनकि एउटा भुल को औसधि आर्को भुल हैन | बैद्द्य को कुरा त्याहा सम्म ठिक हो , गुडिरहेको माइक्रो मा पेट्रोल बम हान्ने , र अरु अपराधिक गतिबिधि स्वयं क्याश ले गराएर ड्यास लाइ फसाउन खोजेको पनि हुन् सक्ला ( स्मरण रहोस बाघ को मुख मा रगत लागिसकेको हो , येस्ता घटना हिजो पन्चेको पालामा पनि मन्चन न गरिएका थिएनन् ) तर प्रचण्ड ले जसरि नया अबतार देखाएर आजकाल मदेस सग लब मा छ उ , तेस्तै बैद्य्य ले बिरोध को तौर तरिका अलि बदल्नु पर्थ्यो , किनकि हिजो भेडिये भनेर जनता ड राउथे जो सग आज यी त् स्याल रहेछ भनेर लखेट ने क्रम मा छ जनता |
    जनता भनेको जनार्दन हुन् |

    Reply
  13. Subhaash Siddhi Udaas says:
    November 14, 2013 at 11:48 pm

    यो वैद्य काका त अजीब तरह को हुनु हुँदो रहेछ बा !
    अरु मामुली वैद्यहरू चाहिं घाइतेको घाउमा मल्हम लगाउने ;
    यो ‘किरण’ सहित भनेको त उल्टै सद्देलाइ घाइते पो बनाउने !!
    यिनिलाई यिनका आसेपासेहरुले समय मै सद्बुद्धि देउन !!!

    Reply
  14. ranjana says:
    November 14, 2013 at 10:54 pm

    यो बुढो त चोर , डाँका र बलात्कारी जस्तो अपराधिक चरित्रको रहेछ / क्रान्तिकारी हरुले त आफुले गरेको जुन सुकै कार्यको पनि जिम्मेवारी लिन्छन भलै त्यो सारै निन्दनीय नै किन नहोस / उदाहरण को लागि बादरमुढे घटना लाइ लिन सकिन्छ /यदि त्यस बेलामा यो पाचाकी बैध्य बुढो हुदो हो त सायद जिम्मेवारी लिदैनथ्यो होला / अहिले लुकी चोरी आगजनी गर्ने र बम पड्काउने हरु चोर, डाँका र बलात्कारी जस्तै अपराधी हरु हुन् / यिनी हरुको शिर पुछार एकै ठाउमा जम्मा परेर खतम पर्नु पर्छ / न रहे बाँस न बजे बासुरी !
    रन्जना

    Reply
    1. sandesh says:
      November 15, 2013 at 8:56 am

      ओहो रन्जना कमरेड ,
      तेसो भयो ‘बादरमुदे नर-हत्या मैले/हामीले गराएको हो ‘ भने पछि चै क्रान्तिकारी हुने रैछ | हतियारधारी संग लड्ने भिड्ने अर्कै कुरो भयो , तर निसस्त्र जनतालाई लुकेर बमले उडाउने काम कुनै हालतमा पनि क्रान्तिकारी हुदैन \ सच्चा क्रान्तिकारीले त निसस्त्र मान्छेलाइ मार्नु भन्दा पहिला आफै मर्न तयार हुनु पर्ने होइन र ? तर यिनीहरु त कहाँ मर्न तयार थिए र , यिनीहरु त निसस्त्र जनतालाई ढालको रुप प्रयोग गर्दै , तिनको काधमा बन्दुक अड्याएर पछाडीबाट लुकी लुकी युद्ध गरेको नाटक गर्दै थिए नि |

      येसरी मारा-मारी को उद्योग गर्नेले भन्ने गरेको एउटा कुरा के हो भने “आफै मर्यो भने त क्रान्ति कसले सफल गर्छ नि , तेसैले आफु बच्न खोज्दा २/४ जना निसस्त्र मान्छे मरे पनि त्यो क्रान्तिको लागि सहयोग नै मान्नु पर्छ ” | तेस्ता कथित क्रान्तिकारीलाइ के भन्न मन लाग्छ भने ” येदि तिमि सच्चा क्रान्तिकारी हौ भने, तिमि सरकारी पुलिस/सेनाको गोलीले मारिए पनि तेस्ले आगोको झिल्काको काम गर्छ “, तेसैले क्रान्ति सफल पार्न निहथा जनताको बलिदान नमाग |

      Reply
  15. dilip gurung says:
    November 14, 2013 at 9:41 pm

    चुनाब लड्ने आट नभए पनि निहथा जनतालाई बम हान्ने आट बाकी नै रैछ| ल बधाई छ बैद्य बा लाइ|

    Reply
    1. Abhi, Belgium says:
      November 15, 2013 at 12:42 am

      फेरी त्यो बैध्य बा-दर लै बा भन्ने को हो, ओह दिलिप जी तपाई त्यो बैध्य को छोरो हो र बा भनेर सम्बोधन गरेको .

      Reply
  16. पुष्प says:
    November 14, 2013 at 9:15 pm

    चुनावको परिणाम पहिलेको तुलनामा घटिबढी भएपनि वा कसैको बहुमतै आएपनि नयाँ संविधान बनाउने काम सजिलो पक्कै हुनेछैन । तर, एकचोटि गल्ती गर्यो भन्दैमा फेरि पनि गल्ती गर्छन् भनेर धारेहात लाउनु बुद्धिमानी हुँदै होइन । हिजोका कमिकमजोरीलाई मनन गरी अघि बढ्नु आजको आवश्यकता र बुद्धिमानी हो, न कि हिजोको गल्ती दोहोरोयोस् भन्ने कामना गर्नु !

    जे होस् दीपकजीले पनि वैदेबालाई ‘साम्राज्यवादी’ ललिपप खुवाउनुभएछ; शायद वैदेबाको नियति नै यही हुनुपर्छ ।

    Reply
  17. sunny says:
    November 14, 2013 at 9:10 pm

    माओवादी लै आबा इतिहासका पानामा पदनु पर्छ. प्रचण्ड र बैद्य लाई जनता ले तिरस्कार गरेर प्रजन्तंत्र र individual freedom माने पार्टी जस्तै नेपाली कांग्रेस र एमाले हरुलाई समर्थन गर्नु पर्छ. माओबादीले देश लाई टुक्रा टुक्रा पर्न खोजे , संगीयता को नाम मा आफ्नो स्वार्थ लाई आघि बढाए. रगत को खोला बगाए , सम्पथी को नास गरॆए. आज देश मा ग्रीय युध नभएको भए सायद नेपाली को आवस्था धेरै राम्रो हुन्थियो होला. बिगत १५ वर्ष मा भाको धरै नराम्रो कुरा को दोष मावोबादी लाई जान्छा. बल्ल जनता ले प्रचण्ड को आसले आनुहर देक्दैचन. मलाई एउटा quote याद आयो. ” i don’t want to die for my belief because I may be wrong”. के १७ हजार युवा आबा चिहान बाट फर्कन सक्छन. के थिनी हरु को बलिदान को नतिजा प्रचण्ड को आलिसान बंगला र YCL लाई मनपरी हो. आज निर्वाचन को संघर मा म विदेशमा भएर मत दिन सक्दिन तर म पदम कुवर को त्यो थपड जस्तै नेपाली जनता को ऎक थपड यो निरचन म देउन भने चाहन्छु. देश म आराजकता वादी को हाली मुहाली बन्द होस्.

    Reply
    1. Abhyankar says:
      November 16, 2013 at 2:22 am

      तपाइको विचार तल लागेका like र dislike को ताल हेर्दाता बहुमत ( mysansar भित्तोमा ) माओबादी कै औला जस्तोछत ( सबै green त माओबादी बाहेकको बाकी पार्टीहरु मा छारिन्छां होला )

      Reply
  18. suzee says:
    November 14, 2013 at 8:20 pm

    जनता हरु भरिएको माइक्रो मा गरिएको आतंक को जिम्मा किन अज्ञात समुह लै दिइयो ,
    किन मानवाधिकार अनि amnesty ले den Haag मा मुद्दा जाहेर गर्दैन ,

    आतंक को पनि सिमा हुन्छ नि ,

    Reply
  19. dor prasad says:
    November 14, 2013 at 7:42 pm

    नेपाल मा बम पडकायर बन्द गरेर के हुन्छ ? बन्द त सोवास्नी पोयिल गइ भनेर पनि सफल संग भएकै हो क्यारे | आखिर साता परिबर्तन को लागि जनता को साथ चाहिन्छ | चुपलागेर बिरोध मात्र गरे र भोलि संबिधान न बन्दा फेरि कमरेड कै मौका औथ्योकी – जनता को साथ बाट ? सर्ब साधारण को बस मा आक्रमण गर्दा बदर्मुधे घटना को याद दिलयुछ | कमरेड को पार्टीमा बिद्धि पलायन भएर मुढे बल मात्र बाकी रहे जस्तो छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme