Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब आतंकको सहारा

Posted on November 14, 2013November 14, 2013 by Salokya

वैद्य माओवादीले मंसिर ४ गतेसम्मका लागि आह्वान गरेको दिनरात २४ सै घण्टा यातायात बन्दको अवज्ञा हुन थालेपछि तर्साउनका लागि आतंकको सहारा लिन थालेको छ। आजै सर्वोच्च अदालतले बन्द हड्ताल नगर्न नेकपा-माओवादीलाई अन्तरिम आदेश जारी गरेको छ। थप भित्र।


इमेज च्यानलको भिडियो-

28 thoughts on “अब आतंकको सहारा”

  1. madan bajracharya says:
    November 16, 2013 at 1:08 am

    बैद्यले भुल गर्दै छन्/ जनतालाई चोट पुग्ने बन्द हड्ताल गरेर बैद्यले जनताको समर्थन पाउने सक्दैन/ बैद्यको अहिले सम्मको कुरा सुन्दा बैद्यको बिरोध सदन बाहिरको सदन “४ दलीय राजनैतिक तानाशाही संयन्त्र चलाउने” नेताहरुको कुनितिको भयको देखिन्छ/ उहिलेको श्री ३को श्री ५को जस्तै सिंह दरवार बाहिरको दरवारहरु बात सरकार नचाउने ४ दलीय संयन्त्रको नौटंकीकारहरु सिट सहमति खोजेर बैद्यले आफैले बिरोध गरेको त्यो संयन्त्रलाई बैधानिकता नै दियको छ/ बैद्यले सहमति जनता सिट खोज्नु पर्ने थियो चुनावमा भाग लियर आफ्ना मागमा जनताको मत अत्याधिक बटुलेर ४ दलीय संयन्त्र नामको सदन बाहिरको सदनले सरकार नचाउने नेताहरु लाइ गलत साबित गर्नु पर्ने थियो/ तर उल्टो गर्दै छन् बैद्यले/ बैद्यको बन्दको निसाना जनता र जनता हिड्ने बाटो होइन मनपरी तन्त्र चलाउने राजनैतिक संयन्त्रको अदृस्य दरवारको सेरो फेरो र तेस्तो दरवारमा बस्ने दरवारियाहरु हिड्ने गुड्ने बाटो हुनु पर्ने थियो/

    Reply
  2. nimesh, BKK says:
    November 15, 2013 at 11:09 am

    नेपाली बिन्लादीन बैद्य किरण मुर्दाबाद .
    जनताको नाममा आतंक फैलाउन पाईदैन
    निहत्था जनता मार्न पईदैन
    नेपाली बिन्लादीन बैद्य किरण मुर्दाबाद

    Reply
  3. Upaman says:
    November 15, 2013 at 7:31 am

    चुनाबको बेलामा जथाभाबी निर्दोष मान्छे माथि आतंक फैलाउने अनि तेस्को नैतिक जिम्मेबारी पनि लिन नसक्ने साले कायर नालायक आतंककारी बैद्य अनि तेसका पाल्तु कुकुरहरु चाहे जो सुकै हुन् सिधै ‘सर्च एंड किल’ गरिदिनु पर्छ अनि कुरा येतिले मात्र तुङ्गिदैन येस्तै पृष्ठभूमि भएको वा भित्र भित्र खेलिरहेको अर्को क्यास अनि तेसका मतियार हरुलाई पनि ठेगान लगाउनु पर्छ नत्र देशको पारा सधै येस्तै मात्रै होइन छिट्टै पुरै ध्वस्त हुने छ | भन्दा सारै नराम्रो अनि उग्र सुनिञ्छ तर तितो यथार्थ येही हो |

    Reply
  4. cRIS says:
    November 15, 2013 at 5:32 am

    मैले गर्दा चै ठीक अरुले गर्दा बेठिक भन्ने पक्षमा चाही म छुइन| सबै बन्द कष्टकर हुन्!

    action को reaction हो बन्द| बिरालोले कुना परे पछि, कुना पराउनेलाई नै आक्रमण गर्दछ| त्यस्तै हो| कुना कसले किन पार्दैछ, भन्ने पनि बिचार गर्नु पर्छ| majority जनता सधै सहि नहुन सक्छन| अल्पमतकाले गर्ने नै यस्तै हो: war मा गुरिल्ला वार गर्ने, बाहिर आन्दोलन गर्ने| under-dogs लाई सधै हेपाहा ब्यबहार गरिए यी यस्ता बन्द गर्नेमा भोलि, अहिले बन्दको बिरोध गर्नेहरु पनि पर्नेछन| शंकै छैन| यो एक प्रवृति हो, अनि यसको श्रेया एमालेलाई जान्छ| धन्यबाद एमाले, बिकृति देश भित्राउने पार्टीमा तिमि अब्बल नै ठहरियौ!

    Reply
  5. ekraj says:
    November 15, 2013 at 5:26 am

    आतंक कारी भनेर थाहा पाए पछि त तेस्तालै के कारबाई गर्नु पर्छ भनेर सरकार भनौदो लाई थाहा हुनु पर्ने होइनर? नेपाल का आर्मीहरु जनताले तिरेको कर खाएर मात्र बस्ने हुन् कि इन को पनि केहि काम छ? नेपाल का आर्मीलाई अरु राष्ट्र संग लडाई लड्न र पालेको होइन होला ? यदी हो भने को संग लड्न सक्दछ?

    Reply
  6. dor prasad says:
    November 14, 2013 at 9:30 pm

    हामीले होइन ! तेसो भए देश र जनता को खातिर कि त संघर्ष स्थगित गरौ कि त जसले गर्यो तेस्लाई जेल हाल्न सहयोग गरौ …. उल्टो अझ चर्काउने भनेको के …. बम बढी पड्काउने भनेको …. जनता को साथ त देस्खियो !!

    Reply
  7. xyz says:
    November 14, 2013 at 6:33 pm

    I don’t know why everyone is blaming Baidya faction. Baidya definitely called for the strike and all these condemn able activities like planting bombs and setting vehicles on fire did happened during the time bandha. If Baidya is responsible for these incidents why don’t the government take a straight action against Baidya? Just look at the double standard of Prachanda – earlier he praised Baiday for clearing roads, he even praised him for giving a gun salute. Now he is accusing him planning to kill him. If he is really worried about Baidya he can simply report the matter to the local police and send Baidya behind the bars. But no one has a gut to touch Baidya. Therefore, what could possibly be happening is someone is trying to fish in the dirty waters. Putting a blame on Baidya, someone is trying to come clean. I suppose in the coming days things will be cleared. Nepali people will know who is the real culprit and who is pulling the strings behind the scene. Take a case of FNCCI thugs – watch out they have CC (bottle) inside their name tag. Why they always choose the statue of King Mahendra at Durbar as their place of gathering? What is the love affair with that place? Did anybody ever watched how this stupid guy called Bhaskar Raj Karnikar posted more than life size picture of King Gyanendra welcoming his moves during Gyane’s active rule right at this spot? Nepali people have a short memory.

    Reply
    1. kishor says:
      November 14, 2013 at 8:28 pm

      so what do you mean baidya is only the who is good out here. who knows who is planting bombs and setting vehicles on fire. There might b anyone behind this actions. But the fact is every leaders are culprit. Ofcourse nepali people do not have short memory…..they cant just speak. they dont have good leader to speak on their behalf….baki sab bakwas ho xyz ji….dherai nasochu….we people can only speak with each other we cant have unity between us…this is why these idiots are on politics.

      Reply
      1. xyz says:
        November 15, 2013 at 5:51 am

        Just tell me why that particular spot at the King’s Way has become a favorable gathering place for FNCCI thugs? Do you think this is accidental or a symbol of class war?

        Reply
  8. दीप says:
    November 14, 2013 at 6:04 pm

    ढिलो चाडो नेपाली जनता ले बैध्य, प्रचण्ड, बाबुराम, बादल, गजुरेल आदि लाइ अन्तरास्ट्रिय क्रिमिनल अदालत Netherlands को हेग मा पठाउने छन् ! यिन ले बिगत मा जे मानाबहिकर बिरुध्हा j गरे र अहिले गुडिरहेको गाडी मा जथाबाबी बम हान्ने काम निर्दोष मानिश लाइ गर्दै आएका छन् एसको पाप त यिनले एकदिन भोग्नु पर्ने हुन्छ र तो पनि भोग्ने छन् !! यिनी हरु आफ्नो घर मा परिवार संग , छोरा, छोरि , नाति नातिनी संग आराम दाइ बस्ने तर निर्दोष जनता लाइ बम हानि अंग भंग , मार्ने गरि हान्दा आफ्नो छोरा छोरि जस्तो अर्का को छोरा छोरि पनि हो भन्ने पनि एक रत्ति पनि तिमीहरु लाइ भावाना छैन ? बैध र एसका गुट हरु तिमीहरु सक्छौ भने जुलुस निकाल, रत्न पार्क मा बाटो छेकेर भासन गर अनि मन लागेका नेपाली तिम्रा भासन सुन्न आउलान तर जिउदै मानिश लाइ क्रुद्ध तरिका मर्ने , अंग भंग गर्ने काम बन्द गर , सार्बजनिक सम्पति, ब्यक्ति को सम्पति गाडी मा , घर मा आगो लगाउने काम बन्द गर !! तिमीहरु सक्छौ भने टेलिभिजन, रेडियो, एफएम , बाटो बन्द गरि २-४ घण्टा जोड दार भासन गर यो चुनाब बिरुद्ध तर तिमीहरु लाइ येसरी जनता लाइ काट मार , बम हानेर , मारेर, कुटेर आफ्नो नियन्त्रण मा लिने अधिकार छैन !! येस्तै हो भने विदेश मा जस्तै तिमीहरु लाइ पुलिश ले हत्कडी लगाई नेपाल को अदालत मा उभ्याउने छ एडी सकेन भने अन्तरास्ट्रिय अदालत मा पनि पुर्याउने छन् नेपाली जनता ले !!

    Reply
    1. suzee says:
      November 14, 2013 at 8:22 pm

      ####अन्तरास्ट्रिय क्रिमिनल अदालत Netherlands को हेग###### को लागि online जुट्ने हो कि???

      Reply
    2. bijay says:
      November 14, 2013 at 9:16 pm

      कहिले पठाउने हो ? अलि सारै ढिलो भएन र? नेपाली जनता त नेपाली नेतासंग वाक्क दिक्क भैसके / चुनाब त आयो, तर भोट हाल्नलाई अनुहार सबै उही पुराना बरिस्ठ नेता भानौदाका छन् /

      Reply
  9. Nabin Adhikari says:
    November 14, 2013 at 4:04 pm

    बन्द, हर्ताल, डर, धम्कि देखाएर ड्यासले क्याशलाइ चुनाब जित्ने बाताबरण तयार गरे जस्तो छ..

    Reply
  10. kiran says:
    November 14, 2013 at 3:49 pm

    मर्ने बेलाको मधुरो बत्ती हो बैद्यको बन्द. . अब सबैलिए उनीहरुका घर घर मा गएर पड्काउनु पर्छ . एउटा मान्छेको राजिनामा माग्दै चुनाबमा भाग नलिने राजनीतिक पार्टी नै हैन .
    त्यो त गुन्डाहरुको ग्यांग हो .

    Reply
  11. अनोज शाक्य says:
    November 14, 2013 at 3:44 pm

    देशमा अहिले धमिलो पानीमा माछा मार्न खोज्ने अबसरवादीहरुको आक्रमण भएको छ । किन सबैजना बैद्य पार्टीलाई मात्र सरापेर बसेको होला । जस्ले जहाँ जे गरे पनि बैद्य पार्टीलाई दोष दिने ? प्रमाण हुनु पर्‍यो नि ? नेपालमा कुन गतिलो राजनैतीक पार्टी छ र ?

    नेता : हजूर, म उमेदवार ! हजूरसित भोट माग्छु ।
    भोटर : जितेमा, के गर्नुहुन्छ ?
    नेता : राम्रो संविधान बनाउछौं र देशको विकास गर्छौं ।
    भोटर : कति पढ्नुभएको छ ? कामको के-के भनुभव छ ?
    नेता : म राजनीति गर्ने ! पढाईको कुरा कसरी जोडिएला ?
    भोटर : सवारी चलाउने अनुमतिपत्र लिन पनि, पढी, जाँच दी, पासै गर्नुपर्ने ! तपाईले चैं, संविधान लेख्‍न र देश चलाउन पनि पढ्न नपर्ने ! कुनै योग्यता नचाहिने ! गाडी हाक्नेको जति पनि योग्यता नहुनेको हातमा देशको र आफ्नै भविष्य कसरी सुम्पिनु !
    नेता : संविधानको त, हामीले सैद्धान्तिक आधार बनाउने हो । विस्तृत कुरा त विशेषज्ञले लेखिहाल्छन् ।
    भोटर : सैद्धान्तिक आधार बनाउने रे ! Basic feature doctrine भनेको के हो ?
    नेता : थाहा छैन ।
    भोटर : त्यति पनि थाहा छैन भने, कस्तो संविधान बनाउनु होला ! बरू, लेख् भनेर विशेषज्ञहरूलाई नै किन नदिने ? अनि, देशको विकास चैं कसरी गर्नुहुन्छ ?
    नेता : हामी नीति बनाउछौं, कर्मचारी/विशेषज्ञहरूले कार्यान्वयन गर्छन्, गराउछन् ।
    भोटर : के आधारमा नीति बनाउनु हुन्छ ? देशको वार्षिक जनसंख्या-वृद्धिदर कति छ ? खास-खास क्षेत्रमा, खास-खास समूहको वालिगहरूको जनसंख्यामा झण्डै असम्भव दरले वृद्धि किन भैरहेको छ ?
    नेता : ती कुरा त, अध्ययन गरेर मात्र भन्न सकिन्छ ।
    भोटर : तपाईलाई ती कुराको जानकारी नै छैन भने, जितेमा पनि, काम कसरी गर्नुहोला ? जानुस् ! पहिले, ती सबै कुरामा गहन जानकारी लिनुस् ! अनि मात्र, भोट माग्न आउनुहोला; है !

    Reply
  12. kedar says:
    November 14, 2013 at 3:39 pm

    जिन्दगी बाच्नै कठिन हुने गरि तिनै पेट्रोल बमका बोतल जब सम्म सार्बजनिकरुपमा आतंक फैलाउँछौं भन्नेहरु तिर फर्किंदैन तब सम्म हामी सर्बसाधारणलाइ येसरीनै बाच्न गारो बनाइ रहन्छन /

    Reply
    1. Aanushreya says:
      November 16, 2013 at 1:58 am

      मास्टर्स डिग्री र ph d minimum qualification राख्नु पर्छ leader हुनु को लागि अनि संसद हुन को लागि

      Reply
  13. रबिन्द्र राज गिरी says:
    November 14, 2013 at 3:32 pm

    नेपाली तालिवानको जतिसुकै भर्त्सना गरे पनि पुग्दैन |

    Reply
  14. govind prasad subedi says:
    November 14, 2013 at 3:19 pm

    सब चुपचाप भोग्न बाध्य छौ, हामी गर्न केहि पनि सकिदैन… यो सबै नाटक मात्र हो… त येसो गर हामी येसो भन्छोउ……..हामी येसो गर्छोउ त उसो गर …….भएर पहिलेनै कुरा मिलाएको हुन्छ.

    बरु सडक मा बन्द अर्ना आउने भरुलाई …..भ-ट-ट-ट-ट-ट-ट-ट भुट्न सक्नु पर्छ…… अनि चै केहि हुञ्छ कि नत्र त……..

    Reply
    1. इश्वर चन्द्र आर. says:
      November 14, 2013 at 4:25 pm

      फरक विचार :
      बैद्य को बन्ध लाइ कुन नैतिकता ले बिरोध गर्ने ?

      देश का प्रमुख कलाकार (कुनै खास), गन्य मान्य र उधोगी, डाक्टर, पेसा कर्मी लगाएत हरु ले बन्ध को बिरोध गरे रे ! लु उनीहरु जस्ता ले बिरोध गरे हाम्ले किन नगर्ने ? सामान्य व्यक्ति को दिमाग मा यहि कुरो आउछ !

      ब्यबस्था मन नपर्दा उनीहरु पनि कम्ति थिएनन् ! बन्ध र बिरोध गर्न र सरकारी काम को अबज्ञा गर्न सिकाउने उनै हुन् ! पंचायत काल मा सरकारी काम को बिरोध, बन्ध र आन्दोलन गर्न उनीहरु ले नै प्रसिक्षित गरे ! हो अब फरक यहि नेर के आयो भने उनीहरु ले चाहेको ब्यबस्था २०४६ मा आयो ! र पनि उनीहरु ले सिकाएको ने क पा ए मा ले ले २०४६ साल देखि माओबादि को उदय नहुदा सम्म यो कार्य गरि नै रह्यो ! जसलाई हामि ले साथ् दिई नै रह्योउ ! जब माओबादी को उदय भयो ! त्यो एमाले बाट सरेर माओबादी को जिम्मा मा गयो ! त्येश पक्षि का दिन हरु सौभाग्य ले खुल्ने मात्रै भए ! एमाले ले सहर र सदरमुकाम का रेलिङ्ग – बिजुली का बल्ब देखि सरकारी गाडी जलाउने सम्म को कार्य गर्यो भने माओबादी त्यो भन्दा १० कदम अगाडी बढेर – पुल, कार्यालय देखि सरकारी संरचना ध्वस्त बनाउने कार्य गर्यो, सेना ले आफ्ना कार्यकर्ता मरेको प्रतिसोध मा ४००० सेना पुलिश देखि राजनैतिक कार्यकर्ता र साधारण जनता मार्यो ! जसलाई हामि जनता ले नै साथ् दियोउ ! अझ नेपाली कांग्रेस त्यो भन्दा १० कदम अगाडी बढेर – पंचायत ले बनाएका र नाफा मा चलाएका सरकारी सस्था हरु धमाधम बेच्ने – कार्यकर्ता भर्ति गर्ने र डुबाउने खेल मा सम्लिप्त भैरह्यो, १३००० लाइ घर थुनेर आगो लाउने देखि पुलिश, सेना लाएर चरा मारे जस्तै निमुखा जनता मार्ने खेल खेल खेल्यो – त्येश मा नि हामीले नै साथ् दियोउ ! त्यो पनि हामीले नै साथ् दियोउ ! अति भएर ज्ञानेन्द्र ले लात्ती हानेर खेदाए पक्षि – फेरी अहिले बन्ध को बिरोध गर्ने एउटा तप्का नेपाल बन्ध र आम हड्ताल लाइ जायेज ठहराउदै आन्दोलन मा एका कार भए ! त्येश मा नि हामि जनता ले साथ दियोउ ! ६२ – ६३ को आन्दोलन भयो महिनोउ सम्म बन्ध र हड्ताल का खेल भए त्यो मा नि हामि ले नै साथ् दियोउ ! आन्दोलन पश्चात राजा फालियो – गणतन्त्र को घोसना भयो शान्ति बार्ता भयो – गणतान्त्रिक सरकार आयो – बन्ध हड्ताल रोकिएन ! त्येश मा नि हामि जनता ले नै साथ् दियोउ ! हुदा हुदा संबिधान सभाको निर्बाचन भयो – सभासद हरु ले ४-५ वर्ष सम्म पद पैसा र सुबिधा खाए पचाए – संबिधान आएन ! निर्बाचन मा नि हामि जनता ले साथ् दियोउ – संबिधान नबनाइकनै संबिधान सभाको बिघटन मा नि हामि जनता ले साथ् दियोउ ! फेरी संबिधान सभाको चुनाब हुदै छ त्येश मा नि हामि ले साथ दिदै छोउ ! र फरक विचार राखेर बन्ध को आयोजना पनि गरिदै छ ! त्येश मा नि जनता ले साथ दिदै छन् ! संख्यात्मक फरक होला – तात्विक कुरो त उही पंचायत देखि सिकाएकै बैचारिक धरातल मै बन्ध हुदैछ ! सिकाउने हरु आज बिरोध गरिरहेका पनि देखिन्छन – हिजो बन्ध गर्ने हरु – आज बिरोध गर्ने भाका छन् ! जनता को साथ् दुवै तिर छ ! एउटा ले आर्को लाइ माइनस गर्ने खेल को सुत्रपात आज हामीले जसलाई सतही महान भनेर सम्झिञ्छोउ – उनीहरु कै प्रतिपादन हो ! जसले अहिले मात्र होइन नेपाल लाइ कालान्तर सम्म पिरोलिरहने छन् !
      गद्दाफी पक्षि को लिबिया जस्तो किसिम को भएको छ ! ढिलो नै सहि नेपाल को गन्तब्य नि त्येही हो ! त्येसैले हिजो आफै एमाले को बन्ध सफल पार्न रेलिङ्ग भत्काउने देखि गाडी को सिसा फुटाउने यो दुखि लाइ अहिले को बन्ध गलत हो भन्ने आँट कम्ति मा आउदैन ! बन्ध पंचायत मा गरिएको नि गलत थियो – ४६ साल मा गरिएको नि गलत थियो – हरेक बन्ध हरु गलत थिए र त्यो माने मा मात्रै अहिलेको बन्ध गलत हो ! होइन भने आफु लाइ अनुकुल हुदा को बन्ध सहि र प्रतिकुल को बन्ध गलत भन्ने “नैतिकता” यो दुखि ले राख्दैन ! आगे हजुर हरु को मर्जी :

      Reply
      1. neeraj says:
        November 14, 2013 at 10:55 pm

        जति लामो ब्याख्या गरेर औचित्य पुस्टि गर्न खोजे पनि , कुरो घाम जस्तै छर्लंग छ. ४६ साल होस् वा ६४ , ती आन्दोलन हरु मा धेरै भन्दा धेरै जनता को सहभागिता थियो. अहिले तेस्तो केहि छैन. दिन दिनै पेट्रोल बम ले गाडी मा नहान्ने हो भने र ठाउँ ठाउँ मा प्रेसर कुकर राखेर जनता नतर्सौने हो भने यो बैद्य बा को बन्द कसैले टेर्ने वाला छैन – र यत्रो बितण्ड मच्चौन्दा पनि धेरै मान्छे सबारी साधन सहित नै निस्केका छन्, जो ननिस्केका छन्, ती डर ले हो, समर्थन गरेर होइन. यस्तो भुँई फूट्टा आन्दोलन लाइ ४६ र ६४ संग तुलना गरि ती आन्दोलन को अपमान नगर्नुस. जे सुकै कुतर्क गर्नुस, जनतालाई तर्साएर बन्धक बनाउनु भनेको राजनैतिक कार्य होइन, अपराध हो. तपाईहरु जस्तो बैद्य को बन्द समर्थक हरुको राजनैतिक सुझबुझ देखेर सारै दिक्क लाग्यो.

        Reply
  15. achut says:
    November 14, 2013 at 3:16 pm

    चुनाब नि भयो बन्द पनि गयो अब ३३से ले घर घर जानी पाडी को पुच्छर निमोठ्ने कुकुर जिस्काउने,गोरु खोलेर धपैदिने,बाच्छी खोलेर दुध ख्वैदिने जस्ता कम गर्छन…..

    Reply
  16. yubaraj says:
    November 14, 2013 at 3:08 pm

    सबै मिलि अब बैद्य लाई चिथोर्ने दिन आउदैछ

    Reply
  17. भोला कोइराला says:
    November 14, 2013 at 2:53 pm

    जब आतंककारीको शक्ती कम हुदै जान्छ र समाजमा उस्को डर सकिन थाल्छ, तब आतंककारी हरु यस्तै निहथ्या नागरिक माथि जाई लाग्न थाल्छन…..के बैद्य ले आफ्नी छोरी चडेको बसमा बम हान्न सक्छ ? सक्छौ भने आफ्नै छोराछोरी चडेको गाडीमा बम हानेर देखा आतकंकारी तालिवानका नेपाली संस्कलण हरु हो ! किन गरिखाने जनताका छोराछोरी चडेको गाडीमा बम हान्छौ ? बिचार पुरया आतकंकारी हरु, कुनै दिन जनता आफै जागेर तिमीहरुलाई घर बाट थुतेर सडकमा तिमीहरुका टाउकामा पेट्रोल छर्केर आगो लगाउने दिन आउदैछ । अब जनताले नै केहि नगरी हुदैन जस्तो छ…सरकार बाट त के आशा गर्नु र खै ? नेपाली जनताको सहनशिलतालाई ज्ञानेन्द्रले नजरअन्दाज गर्दा राजसंस्था नै गुमाए…तिमीहरु जस्ता आतकंकारी कुन खेतका मुला हौ र । बेरोजगार युवाको ब्रेन वास गरेर जसरी आतकं फैलाई रहेका छौ..एकदिन जनताले तिमीहरुलाई सखाप पार्ने छन निर्दयी आततायी हरु, बिचार पुरयाएस । हिम्मत भए बन्दुक बोकेका सेना सँग भिड्न जाओ न किन हामी जनतालाई दुख दिने गर्छौ..।

    Reply
  18. Rachana says:
    November 14, 2013 at 2:42 pm

    यो बैद्य को परिवार छाडेको गाडीमा चाही अज्ञात समुहले बम हान्दैन साधारण जनता मात्रै किन तारो मा ??? अझ लाज छैन बैद्य समूह लाई ..त्यो पम्फा भुसाल लाई भुत्लाई भुत्लाई भएको कपाल नि सबै उखाली दिनु पर्ने ..

    Reply
  19. Kamal says:
    November 14, 2013 at 2:38 pm

    पापी वैद्य !! यो देशको लागि तिमी श्राप नै भयौ ..धिक्कार छ तिमी जस्तो कपुतलाई…

    Reply
  20. kusan sharma says:
    November 14, 2013 at 2:32 pm

    राजनीति गर्नेहरुले त जनताको काम गरेर,नागरिकलाई रिझाएर पो राजनीति गर्ने हो l

    यसरी जनता बिच्काएर पनि राजनीति हुन्छ,यो त सिधै गुन्डागर्दी हो l

    के गृहले यस्तो आदेश दिने नेतालाई समाएर कारबाही गर्न सक्तैन ?

    कस्तो लाचार सरकार, हामी यी सब चुपचाप भोग्न बाध्य छौ l

    हामी “नागरिक” हौ कि “अनागरिक” हौ – पत्तो पाउन गार्हो भो l

    Reply
  21. Manu Chhetri says:
    November 14, 2013 at 1:25 pm

    जनताको लागि गरेको आन्दोलन भन्दै निरिह जनता माथि नै बम बर्साउने बैध्य र तिनका ३३ दलिय पिछलागु नपुंशक हरुले जनता माथिको अत्याचारले पराकास्ट नागी सकेको छ, बैध्य आफु भने घरमा गार्ड राखेर बस्ने अनि अझै आन्दोलन चर्काउचौ भन्न लाज नमान्ने निरोद्श जनताले आफ्नु बाटो हिड्न र गरेर खान समेत न पाउने के नेपालि जनता बैध्यका नोकर हुन् र जे जे भने पनि चुप छाप सहनको लागि??? हरेक कुराको सिमा हुन्छ, बैद्यले आफ्नु दुनो सोज्याउनको लागि जुन घिर्नित र अतिनै निच किसिमको बर्बरता जनता माथि गर्दै आयको छन् तेस्को सबय्ले बिरोध र कडा सब्दमा निन्दा गर्ने पर्छ, अब जनता बाध्य भयर बैध्य बिरुद्ध सडकमा मात्रै होइन बैद्यको घर घेर्न जानु जरुरि छ, बैध्य र तिनका पिछ लगिले गर्दै आयको बर्बरता पूर्ण हिंसात्मक क्रियाकलाप बन्द गर बन्द गर, शान्ति संग बाच्न देउ, गरेर खान देउ, नेपालि जनता तिम्री आमाले माइती बाट ल्याको दाइजो होइनौ तिम्ले मनलागी गर्नलाइ, नेपाल देश तिम्रा बाबुको बिर्ता होइन तिम्ले मन लागि गर्न लाइ, जय देश जय जनता,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme