-धरम के.सी.-
साउदी अरबको आममाफीको समाप्तीसंगै श्रमिक जांच (Labor Raid) हुनेभएपछि एक खालको त्रासदी फैलियो, अब के होला ?! भन्ने। यसरी त्रसित हुनेहरूमा खल्तीमा सक्कलै इकामा (यहांको आवासीय अनुमति पत्र) हुनेहरू पनि थिए। कारण के थियो भने अबको बिशेष श्रमिक जांचमा साउदी सरकारले यी ३ कागजातको जांच गर्ने भनियोः (१) इकामा भए नभएको, (२) इकामामा उल्लेखित पेशा र कामदारको काम (पेशा) मिले नमिलेको र (३) कम्पनीले निताकत (साउदिकरण)को शर्त पूरा गरी प्रमाणपत्र लिए नलिएको।
आममाफीलाई अधिकांश नेपालीहरूले भगौडाहरूले स्वदेश फर्किने अवसरका रूपमा नै बुझे र अधिकांशले त्यही गरे पनि, अति थोरै मात्र नेपालीहरू आफ्नो कानूनी स्थिती सच्याउनेमा लागे। जबकि यो अवसर बस्तुतः अबैधबाट बैध बन्नका लागि पनि थियो। अरू मुलुकहरूको बढी ध्यान स्वदेश फर्किन भन्दा यतै बैध भएर बस्नेमै गयो र त्यसै गरे पनि।
उदाहरणका लागि भारतिय दूतावासले जति भारतियहरूलाई स्वदेश फर्कायो त्यसको १२ गुणा बढी संख्यामा यतै बैध बनाइ राख्यो। अर्थात एउटा अबैध भारतिय भारत फर्किदा अरू १२ जना अबैध भारतियहरू चैं यतै बैध बनेर रहे। ती मध्ये ४ लाख भन्दा बढी भारतियहरूले आममाफीको अवधिमा निशुल्क आफ्नो पेशा सच्याए। यस अघि पेशा सच्याउंदा १ हजार रियाल सरकारी दस्तुर लाग्थ्यो। पाकिस्तान, फिलिपिन्स, इन्डोनेशिया जस्ता केही मुलुकका दूतावासहरूले साउदी सरकारलाई आममाफी अझै थप्नका लागि माग गरेका थिए – मुलतः आफ्ना नागरिकहरूको रोजगारीलाई बैध र ब्यवस्थित बनाउनकै लागि।
त्यसो त अबैध (Un Documented) आप्रबासी कामदारहरूको संख्या साउदीमा अझैपनि उलेख्य रहेकाले सरकारको कार्बाही तथा सजायले यथार्थमा के कस्तो रूप लिन्छ, ठ्याक्कै भन्न गाह्रो छ तर साउदी अरबको श्रम बजारबाट अबैध कामदारहरूको “पूर्ण सफाई” गर्नेमा सरकार दृढ देखिएको छ। सम्भवतः इकामा नभएकाहरूको सफाई सम्पन्न भैसकेपछि इकामामा पेशा नमिलेकाहरू तर्फ सरकारी कार्बाही केन्द्रित हुनसक्ने छ। साउदीकरण त केही बर्ष यता निरन्तर उच्च प्राथमिकतामा रहंदै आएकै छ।
धेरै नेपालीहरूको इकामामा लेखिएको पेशा र आंफूले गर्ने, गर्दै आएको काम (पेशा) नमिलेका पाइन्छन। कतिलाई अब त्यो पेशाका लागि चाहिने योग्यता र दक्षता आंफूसंग नभएकोमा रोजगारै गुमाउनुपर्ने होला कि भन्ने चिन्ता छ भने कतिलाई आफ्नो पेशा तल्लो श्रेणीको रहेकाले अब तलब सुविधा पनि घट्ने पो होला कि भन्ने चिन्ता पनि छ। किनकि अब पेशा सच्याउने सुवर्ण अवसर (समयसिमा) गुमिसकेको छ र सरकारको रबैया हेर्दा अब सरकारी दस्तुर त के जरिमाना तिरेर पनि त्यसो गर्न गराउन पाइने सम्भावना कमै देखिन्छ।
नेपाली कामदारहरूको पेशा यसरी फरक पर्नुमा मुख्यतः म्यानपावर कम्पनीहरूकै दोष देखिन्छ। उनीहरूले चाहेमा यो बिसंगतिलाई बिगतमा नै रोक्न सक्थे, बर्तमानमा पनि रोक्नसक्छन। भिषा (डिमाण्ड) मा जुन पेशा उल्लेख छ, त्यो देख्दा बुझ्दा बुझ्दै पनि फरक शीप र योग्यताका कामदारहरूलाई पठाउने क्रम अझै जारी छ। यसमा रोजगारदाताहरूले पनि म्यानपावर एजेन्सीहरूलाई दबाव दिने गरेको र स्वयम कामदारहरूले पनि आफ्नो भिषा (डिमाण्ड)मा के पेशा उल्लेख छ भनी त्यती महत्व दिएर चेकजांच गर्ने गरेको पाइदैन। यसरी रोजगारदाताहरू र स्वयम कामदारहरूकै पनि यसमा उत्तिकै दोष देखिन्छ।
यसैबिच हालै नेपालको मन्त्रिपरिषदको बैठकले नै पेशा नमिलेका अवस्थामा पनि श्रम स्वीकृति दिने जुन ऐन बिपरितको निर्णय गरेको छ यसले बैदेशिक रोजगारमा ठगी र यो खाले बिकृति र बिसंगति अरू मौलाउने निश्चित छ। अब म्यानपावर कम्पनीहरूले अरू खेल्नेछन र कामदारहरूलाई थप जोखिम र असुविधामा धकेल्नेछन। बास्तवमा म्यानपावरहरूलाई हाल परेको समस्या खाडीका दूतावासहरूले सरकारी र ब्यवसायिक स्तरमा कुनै छलफल र सम्झौता (समझदारी) नै नगरी लाद्न खोजेको नयां तलब स्केल हो तर यसका बिरूद्धमा उत्रिदा अलोकप्रिय र आम श्रमिकहरूबाट आलोचित भइने सोंचेर होला, उनीहरू पेशामा आफ्नो तजबिज गर्नेगरी मौजुदा समस्याको निकास निकाल्न खोजे। यो भनेको अब कामदारहरूलाई उनीहरूको पेशा बमोजिमको (दूतावासले तोकेबमोजिमको) तलब सुबिधा दिलाउन नसके तल्लोस्तरको पेशामा ल्याइ सोही बमोजिमको तलब सुविधा दिलाउने हो। यो भनेको ठगी र अन्यायकै अर्को स्वरूप हुनेछ। साथै पछि पेशा नमिलेकै कारण कुनैपनि बेला रोजगारै गुमाउनुपर्ने ठूलो जोखिम पनि हुनेछ, फरक पेशाकै कारण तलब, सुविधा र हक अधिकार पनि फरक परी समस्यामा पिरोलिनुपर्ने हुनसक्दछ।
साउदी अरबमा कतिपय पेशाहरू साउदी (नागरिक)हरूका लागि आरक्षित गरिएका हुनाले ती आरक्षित पेशाहरूमा आप्रबासी कामदारहरू जतिसुकै सुयोग्य भएपनि (पछि) यी आरक्षित पेशाहरूमा पेशा परिवर्तन गर्नसक्ने (पाउने) छैनन। यी पदहरूमा प्रशासन, मानव संशाधन, ब्यवस्थापन, लेखा, रिसेप्सन, जनसम्पर्क तथा सुरक्षासंग सम्बन्धित पद (पेशा)हरू छन। त्यसैगरी साउदीमा फेमिली (परिवारजन) ल्याउन पाउने पदहरू पनि तोकिएका छन। बिगतमा नै प्रशस्तै कमाइ गर्ने, उच्च पदस्थ प्रोफेशनलहरूले समेत इकामामा तल्लोस्तरको (फरक) पेशा उल्लेख भएकैले फेमिली स्टाटस पाउन नसकेका र पछि पेशा सच्याए पछिमात्र त्यो सम्भव भएका दृष्टान्तहरू छन।
त्यसो त साउदी अरबमा उच्च पद (पेशा)मा आउने नेपालीहरूको संख्या अत्यन्तै न्यून छ। ८-१० जना लेबरहरूको कमाई भन्दा एउटा उच्च पदस्थ प्रोफेशनलले नै बढी कमाउने मात्रै होइन, त्यो उच्च पदस्थ नेपालीकै कारण निम्न तहमा काम गर्ने अरू नेपालीहरूले समेत एक खालको सुरक्षा, पहुंच र सुविधाको मनोबैज्ञानिक अनुभूति गरेका हुन्छन, नेपालकै छबी र प्रतिष्ठा बढेको, बढाएका हुन्छन भन्ने सत्य र यथार्थको बोध हुंदा हुंदै पनि म्यानपावर कम्पनीहरूबाट साउदीमा त्यो तहको नेपाली जनशक्ति ल्याउने खासै प्रयत्न भएको पाइदैन। नेपाली दूतावासले त झन त्यस्ता कतिपय पेशाहरूमा ताल्चा नै लगाइदिएको छ भन्दा अतिशयोक्ति नहोला, ताल्चा दूतावासले तोकेको तलबमै झुण्डिएको छ। परिणामतः त्यो उच्च तहका प्रोफेसनलहरू सिंगो साउदी अरबमा कतिजना होलान त भनेर सहजै गणना गर्न सकिन्छ, ६-७ लाख नेपालीहरू रहेको साउदी अरबमा त्यो तहका नेपालीहरूको संख्या ट्रिपल डिजिटमा पुगेकै छैन।
साउदी अरब कतिपय नेपाली कामदारहरूले छोड्नै चाहंदैनन, यसमा उनीहरूको रहर होइन कि बाद्यता नै रहेको पाइन्छ। ६ महिनाको बिस्तारित आममाफीको अभियानमा पनि त्यस्ता कतिपय अबैध कामदारहरू न त स्वदेश फिर्न चाहे न त बैधताको प्रकृयामा नै लागे। कतिलाई दलालहरूले बैध बनाउने आश्वासन (प्रलोभन)मा उल्टै (प्रकारान्तरले) ‘बन्धक’ बनाए। अहिले उनीहरू घरको न घाटको बनेका छन, न त अब कम्पनीको कामलाई निरन्तरता दिनसक्छन, कम्पनीले “अब जाउ” भनिसक्यो, न त बाहिर कतै जानसक्छन। साउदी अरबका बिभिन्न स्थानहरूबाट त्यसरी आसा र बिश्वासमा परी हाल धोकामा परेका पीडित नेपालीहरूले मलाई पनि फोन सम्पर्क गरिरहेका छन। यसरी अबैध कामदारहरूले नै बाद्यताबस साउदी रहन खोजिरहेको बेला बैध कामदारहरू त झन शायदै कसैले आफ्नो रोजगारको असामयिक अन्त्यष्टी चाहन्छन होला। तर अब “पेशा” समस्या बन्न सक्छ, यसर्थ सबै नेपाली कामदारहरूले आ आफ्नो इकामामा एकचोटी फेरी हेरेर पेशा यदि मिलेको छैन भने कम्पनी मार्फत अझैपनि यदी कुनै उपाय (प्रकृया) छ भने अबिलम्ब सच्याउनु नै बुद्धीमानी हुनेछ, रोजगारको सुरक्षाको लागि बैध बनौं, बैध बाटोमै हिंडौं।
साउदीमा ‘रेड’ हान्न सुरु, के होला नेपालीको?
–> डराउनु पर्दैन साथीहरु…नेपाली जहाँ गएपनि दुख त पाउछन नि सायद सुख का दिन त हिजोनै सकिएको जस्ता हरु…
होइन हो नेपाली दाजुभाई हरु सधै गल्ति जति अर्काको टाउकोमा थोपरेर आफु पानी मुनिको ओभानो किन बन्न खोज्छन मैले बुझ्न सकिन… बिदेशमा दु:ख पायो भने सधै नेपाल सरकार र दलाल लाइ मात्र दोष दिन्छन ..के विदेश जाने सम्बन्धित व्यक्तिले राम्रो संग बुझेर जान सक्दैनन् !!! कहिले काहीं त आफु पनि केहि गरु न कति अर्कालाई मात्र दोष लगाईरहनु !!!
आरोप लगाउनुको पनि एउटा सिमा र आधार हुनुपर्छ, म धरम के.सी. साउदी प्रबेश गरेकै दिनदेखि वहांसंगैछु, मलाई पनि वहांका कतिपय स्वभाव र शैली मन पर्दैनन तर वहांलाई डा. चमन गुप्ताको नामबाट युनिटीको दलाल, हुण्डीको दलाल र म्यानपावरको दलाल भएको भन्ने जुन आरोप लगाइयो, यो आरोप लगाउने ब्यक्ति स्वयम पक्कै ती सबको प्रत्यक्ष अप्रत्यक्ष दलाल हुनुपर्दछ किनकी धरम के.सी.ले बिगत ६−८ बर्षदेखि निरन्तर यिनै दलालहरूको खोइरो खन्दै, बिरोध र प्रहार गर्दै आउनुभएको छ, यो दुनियाले देखेको कुरा हो । यस्तो जानकारीमुलक लेख आममाफीकै बेला आएको भए नेपाली कामदारहरू केही सचेत हुन्थ्ये र आफ्नो पेशा निशुल्क सच्याउने प्रयास गर्थे, ढिला आयो ।
यो पनी हो की चाहदा चाहदै पनी रोजगार दिने रोजगारदाता कै लापरबाही को कारण धेरैजना आफु बैधानिक कामदार नै छु भनेर सोच्दा सोच्दै पनी सुरक्षा कडाई गरिदै जादा अबैध बन्ने पक्का छ ! अकमा मा रोजगारदाता को नाम एउटा कामगर्ने ठाउँ अर्कै अर्थात् फरक भएपछी स्वत: त्यो अबैध नै ठहर्छ ! निताकत नै लागु हुदा पनी रोजगार दाताहरु आफ्नु काम पुरा गर्न जोखिम मोलेरनै बिदेशी नागरिकलाई तल्लो स्तरमै राख्न पछी नपर्लान अर्थात् हात्ती को देखाउने दात र चपाउने दात झैँ ! अनी बाध्यता पनी छ की स्वदेशमा बसेर नोकरी गर्ने मन , तन , धन नहोला र सबै साधन हुदा पनी माहोल पनी छैन ! अनी बाध्यता र बिबसताको जागिर खान बाध्य नेपाली को यो भित्री विचार संग सहमत ! लेख मा रेमिट्यान्स र त्यस्ले पार्ने असर , अनुमान गरिदै आएको बैंकिंग प्रणाली मा पनी कडाई गर्ने संकेत जस्ले गर्दा रेमिट्यान्स देश मा भित्र्याउन पर्ने समस्याको लक्षण , स्थानीय स्तर मा बढ्दो महंगी को बारेमा कतै कतै लेखेको भए हुन्थ्यो जस्तो लाग्यो !
अनि धरमजी ले यो कुरा म्याद गुज्रिसकेपछी मात्रै किन गरेको त? थाहा भएको मान्छेले समय हुदै येसो भनेको भए धेरै नेपालीहरुले सच्याउनुपर्ने कुरो सच्याउथे होलान नि? अरु देशको दुतावाशले सहयोग जानकारी दिए र त्यो कुरा उनीहरुलाई थाहा भयो, सहयोग पाए अनि गर्नुपर्ने कुरा गरे / नेपालीहरुलाई थाहा नभएर नगरेका होलान, नेपाली दुतावासले कुनै जानकारी दिएन वा पहल गरेन होला अनि नेपालीहरुलाई थाहा भएन (तपाइको जानकारीको लागी: म साउदीमा बस्दिन) /
नेपाली मंपवोर को गलती को कारण साउदी
लगाएत अरु मुलुकमा दुख पाएका नेपाली
हरु धेरै छन् / दलालहरु असली एगरिमेंट लुकाएर
नक्कली एगरिमेंट दिएर / सरम, एन्सोरेन्स ,मा
समेत नक्कली कामको पेपर बनाई एरपोतमा
देखाएर पठाएञ्छा / त्यो पेपर बाट स्रामिक्ले कसरि
छेतीपूर्ति पौनेता आफुले भनेको कम न पाएमा ??
यो काम येति चलाखीतरिका बाट गरिन्छा कि हामीले
एसको जानकारी पैसा बुझाएर /भोलिको फलेट टिकटको साथमा
एस्ता नक्कली पेपर्हरु हातमा दिन्छन / अब भन्नुस कि तेस्को
बिरोध गर्नु कि फलैत समाउनु / यो कुरामा सम्बधित निकाय ले
ध्यान दिनु होला / ध्न्येबाद