Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावको दिन झन् खतराको बन्द

Posted on November 12, 2013November 12, 2013 by Salokya

Untitled-1 मंसिर ४ गते पनि वैद्य बाजेको ड्यास माओवादीले गाडी चल्न नदिने गरी यातायात बन्दको घोषणा गरेको छ। त्यो दिनको बन्द भने भव्य सफल हुने निश्चित छ।

किनभने त्यो दिन वैद्य बाजेका कार्यकर्ता सडकमा उत्रनै पर्दैन, सरकार आफैले बन्द गराउनेछ। मंसिर ४ गते गाडी त के, मोटरसाइकल पनि चलाउँछु भन्ने कल्पना नगर्नुस्। त्यो दिन गाडी चलाउनु भयो भने वा मोटरसाइकल चलाउनु भयो भने सुरक्षाकर्मीले तपाईँलाई रोक्नेछ।

त्यो दिन गाडी चलाउन तपाईँले छेउको फोटोमा जस्तो पास लिनु पर्नेछ। पास लिए पनि त्यो गाडी वा मोटरसाइकलले मतदातालाई ओसार्न पाइने छैन।

कसले भन्या ? निर्वाचन आयोगले भन्या। निर्वाचन आयोगले निकालेको सूचनामा यस्तो व्यवस्था गरिएको छ। यसरी सरकारी संयन्त्र नै लागेपछि हुने भएन त बन्द भव्य सफल ?

लु हेरम् निर्वाचन आयोगको सूचना-
election1

election2

वैद्य बाजेले त बरु प्रेसलाई चल्न दिने भनेका थिए। तर यो दिन त सरकारले मिडियालाई पनि कडिकडाउ गर्नेछ। टिभीले त क्यामेरा अनुसार जति नि पास पाउने रे तर बिजोग त दैनिक, साप्ताहिक र रेडियोलाई पो हुने भएछ। उनीहरुले एउटा मात्र पास गाडी वा मोटरसाइकल चलाउन पाउने रे। हरे त्यो एउटा पासमा सम्पादक हिँड्ने कि फोटोग्राफर ! अझ अनलाइनलाई त मिडिया नै नगन्ने रहेछन्। यसको विरोध नहुने निश्चित छ किनभने ठूला पत्रिकाका निर्वाचन आयोग बिट हेर्ने रिपोर्टरहरु नै लाख लाख रुपियाँ तलब खाने गरी कन्सल्ट्यान्ट छन्। “नरेन्द्र साउद, अनिता बिन्दु, राजेन्द्र फुँयाल, नारद गौतम ठूला पत्रिका र टिभीका निर्वाचनका समाचार लेख्ने ठूला मिडियाआवद्ध संवाददाताहरु हुन्। साथमा उनीहरु निर्वाचन आयोगमा कन्सलट्यान्सी पनि गर्छन्”, आयोग निकट स्रोतले माइसंसारलाई बतायो। उनको जिकिर छ- ‘आयोग सम्बन्धी कुनै पनि क्रिटिकल न्युजहरु आउँदैनन् त्यही भएर।’ मतदाता परिचयपत्र समयमा पुर्‍याउन नसक्नेदेखि लिएर तयारी अपुगसम्मका अनेक थरि समाचारहरु यसै कारण दबिएको उनको भनाई छ।

16 thoughts on “चुनावको दिन झन् खतराको बन्द”

  1. kale krishna says:
    November 13, 2013 at 4:38 pm

    बन्द गर्छु भनेर भुक्ने ठुलो नेता र तोड फोड गर्ने जनाबार सबैलाई जेल मा कोचेर क्षेति भएको जति तिनीहरुको सम्पति जफत गरेर तिराउनु पर्छ, अनि बन्द त सधैको लागि बन्द हुन्छ! यो कुरा अहिले मात्रै नभई अब उप्रान्त पनि कसैले बन्द गर्छ भने पनि लागु हुनु जरुरि छ!
    कति रुनु जनता मात्रै अत्ति नै भयो!!!!

    Reply
  2. माधव मोरङे् says:
    November 13, 2013 at 11:40 am

    बास्तवमा यो ड्यास माओवादी र क्यास माओवादीको नाटक हो कि जस्तो लाग्छ । हेरम मङ्सीर ४ गते पछि बिस्तारै पर्दा खुल्दै जाला ।

    Reply
  3. laxman rai says:
    November 13, 2013 at 10:50 am

    धन्य बाद साइकललाइ चाइ पास नपर्ने रहेछ ….

    Reply
  4. बेखालाल नेपाल says:
    November 13, 2013 at 9:02 am

    यो देस बन्द क्यास तथा ड्यास माओवादीको रासलिला हो| चर्को घाम तथा खराब मौसम भए निर्वाचन केन्द्रमा लाम नबस्ने कांग्रेसी भोटर बढी प्रभावित हुने देखिन्छ! निर्वाचन आयोग के गर्दै छ कुन्नि ?

    Reply
  5. madan bajracharya says:
    November 13, 2013 at 1:16 am

    निर्वाचन आयोगले नागरिकता भयको नेपालीको फोटो सहितको मतदाता परिचय पत्र जारि गर्ने निर्णयको कामको मधेशबादीहरुले बिरोध गरे/ मतदाता बन्न नागरिकता देखाउने पर्ने ब्यबस्था तुहियो/ तैपनि मधेश्बादिहरुले फोटो सहितको मतदाता परिचय पत्र को बिरोध गर्दै गरे/ अन्तमा आयर शक्तिशाली राजनैतिक दलका नेताहरुको दवावमा फोटो सहितको मतदाता परिचय पत्र बनाउने ठेक्का भारतको लगानीमा स्थापना भयकोलाइ दिनु पर्ने दवाव दियको कारणले अलमलियर फोटो भयको मतदाता परिचय पत्र बनाउने प्रक्रियाको निमित समय कम भयको भनेर निर्वाचन आयोगले फोटो भयको मतदाता परिचय पत्र नै जारि नगरिने भयो र अहिले आयर मधेश्बादिहरुले माग गरे बमोजिम नै नागरिकता नभयकाले पनि कुनै पनि परिचय पत्र बा गाडी चालाउने लाईसेन्स देखायर भयपनी मतदान गर्न सकिने भयो/ त् के अब मतदाता नेपाली नै हुने कुरामा बिस्वास गर्न सकिन्छ? यसो हेर्दा बैद्य समुहको माग बमोजिम चुनावको मिति नसार्ने निर्णय मधेश्बादिको फोटो सहितको मतदाता परिचय पत्र जारि गर्ने कुरामा गरेको बिरोध र मधेश्बादिकै माग अनुशार नागरिकता नभयकोलाइ पनि कुनै पनि परिचय पत्र देखायर मतदान गराउन दिनु पर्ने माग पुरा गर्न गरेको देखिन्छ/

    अस्ति भर्खरै “त्सम्पूर्ण तराइलाइ आत्म निर्णय गर्न सक्ने यक मधेश बनाउनु पर्ने माग गर्दै आयको उपेन्द्र यादवले अब बन्ने संबिधानमा स्पस्ट सिट गम्भीर कुरामा जनमत गराउन सकिने ब्यबस्था हुनु पर्ने भनेको थियो/ आत्म निरन्य गर्न सकिने कुरामा सिक्किममा यहि प्रावधान अन्तर्गत जनमत गरेर सिक्किम लाइ भारतमा मिलायको थियो भन्ने सम्झनु उपयुक्त हुन्छ/ स्वायत प्रदेशले आत्म निर्णय गर्न सकिने भन्ने कुरा देस बात अलग्गिने होइन भन्ने कुरामा आस्वस्त हुन् सकिंदैन/ मधेश्बादिहरुले नागरिकता नभयकालाइ पनि मतदाता लिस्टमा सामेल गर्दै पछि मतदाता लिस्टमा नाम भयको भनेर नेपाल पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिलाउन्दै आयकोछ/ यसरि नेपाल पसे जत्तिको भारतीय बिहारिहरुलाई नेपालको नागरिकता दिंदै जाने हो भने तराइमा यक दिन नेपाली स्पस्ट सिट अल्प मतमा हुनेछ/ यसो गर्नुको तात्पर्य मधेशबादीहरुले सार्वभौमसत्ताको मालिक नागरिक हुने लोकतन्त्रको बिशेसताको गलत फाइदा उठायर जनमत गरायर तराइ नेपाल बात अलग्याउन कै निमित गरेको देखिन्छ/

    Reply
    1. Shankar says:
      November 13, 2013 at 10:01 am

      मदन जी
      नेपाल येत्रो बहुभाषिक , येत्रो बिबिधता ( धार्मिक ,सामाजिक , राजनीतिक ) हुदा हुदै पनि एक भएर ( सेनाको आडमा नै भनौ ) राजतन्त्र ले राखेको थियो | तेसैले राजा सग देश को अस्त्तित्त्व जोडेको छ भनेर हिजो को पन्चे र आज को रा प्रा पा ले र मोर्ने बेलाको कृष्ण प्रसद्द ले भनेका हुन् |
      ले हेर्नुस एक आपस मा बिबाह न हुने तराइ , हिमाल र पहाड, काठमान्डू को जनता , तराइको जनता पहाडिया लाइ भन्दा इन्डियन लाइ आफ्नो ठान्छ ( रोटि र बेटीको नाता ), हिमाली , राइ लिम्बु , र बाहुन क्षेत्री को भिन्नता , नेवार को आफ्नै साक्स्कृतिक चाल चलन रिति रिवाज एस्तो मा नेपाल एकै भएर सेनाको आडमा र राजतन्त्रको राजनीतिले राखेको कटु सत्य हो |
      अब जातीय बिबाद , र संघर्स यत्ति चुलिएको छ कि यो जबर्जस्तीको चुनाब पछि तराइ सग लब परेको प्रचण्ड कहा पुग्ने हुन् बा आर्को कुन अबतार देखाउने हो अहिले अनुमान लगाउन सकिन्न्|
      हिमाल ,तराइ ,पहाड एक न भै सिंगो नेपाल को परिकल्पना गर्न सकिन्न |
      तराइको परिबर्तन आफै सुष्म अध्यान गरिरहनु भएको छ , के यो नक्कली क्रान्तिकारी ले प्रक्षेपण गरेको चुनाब को केहि काल पछि सिंगो देस रहला ?

      किन क्यास मावोबादी लाइ नक्कली क्रान्तिकारी भनेको ?

      ड्यास मावोबादी भनिरहेछ संबिधान सभा को बिबादास्पद मुद्दा मा गोल मेच सम्मेलन गरेर संघियता र अरु न मिलेको कुराको टुंगो लगाउ र संबिधान जारि गरौ भनेकै हो |
      प्रदिप गिरि आदि ले पनि त्यहि ठिक भनेको नै हो येत्रो खर्च मा उस्तै भुल देश ले किन गर्दैछ ?
      सहमति न भै कसरि संबिधान लेखिन्छ ?
      कुरा त् फेरी तेही बिन्दुमा आएर रोकिन्छ त् तगारो हटाउने कि टाउको को असौधि नाइतो मा लाउने ?
      मैले न बुझेको हो कि यो चुनाब नेपालि जनतालाई अल्मल्याएर अरु केहि समय राख्ने , बिस्तारै तराइको मुद्दा लाइ दह्रो बनाउने हुन् सक्छ भबिस्यमा यहा अमेरिकी उपस्थिति चीन र भारत लाइ चाक को पिलो हुने भएकोले तराइ लाइ भारत मा बिलय र चीन लाइ पहाडी इलाका सम्म को ग्रयाण्ड डिजाइन ?
      तपाइँ तर्क राम्रो गर्नु हुन्छ के छ तपाइको बिचार ?

      Reply
      1. madan bajracharya says:
        November 14, 2013 at 12:51 am

        क्यास मावोबादिलाई नक्कली क्रान्तिकारी किन भनियो? तपाइंको यो प्रश्न उठ्नु पर्ने स्थिति आउनु नै आजको राजनैतिक बिकृति को मूल कारण हो र यो परिस्थितिको निमित के को लागि जनयुद्ध लडेका थिय भन्ने कुरामा नै प्रश्न चिन्ह लगाउने तेही क्यास मावोबादिनै जिम्मेवार छन्/ मावोबादिहरुको प्रबिती र बदलिंदै गयको नीतिलाई बिश्लेसन गर्ने हो भने ई मावोबादिहरु र तिनीहरुको हरायक गतिबिधि मात्र नेपालको सबै जातिको तराइलाइ आफुलाई नेपाली भनौं समेत नचाहने नेपाली सिट होइन बिहारी सिट रोटि बेटीको मात्रै होइन रगतकै नाता पर्ने बिहारीको मात्रै मधेश बनाउंदै कालान्तरमा जनमत गरेर Nepal बात अलग्याउने ग्रान्ड डिजाइन अन्तर्गत नै भयको अनुभूति हुन्छ/ मधेशबाद र मधेसीको पछाडी भारतको स्वार्थ र आशिर्वादछ/ तर मुलत भारतकै बिरोध गर्दै जनयुद्ध समेत गरेको मावोबादिहरु आज भारत र भारतकै आशिर्वादमा तराइ बात पहाडी हटाउ भन्ने तराइ नेपालको होइन भनेर संयुक्त रास्ट्र संघमा उजुरी गर्ने दिल्लीको तराइ नेपाल बात अलग्याउन भारतको समर्थन र सहयोग पाउन आत्मदाहको प्रयत्न समेत गर्ने रघुनाथ ठाकुरलाई महान नेता तथा प्रथम सहिद मान्ने मधेशबादी सिट लहसियकोछ/ बाबुरामको सरकारमा संलग्न मधेशबादी नेताहरुले खुलेरै रघुनाथ ठाकुरको सहाद जयन्ति मनायो/ यसरि भारत सिटको खुला सिमानाको बिरोध गर्ने मावोबादिहरु आज भारत सिटको सिमाना बन्द गर्ने कुराको बिरोधि मात्रै होइन सकेमा तराइ र बिहार बिचको सिमानानै मिताउने मनशाय भयका मधेशबादी सिट जसरि आजको मावोबादिहरु लहसिन्दै मधेश्बादिले जस्तै तराइमा स्वायत मधेश बनाउने समेत भने बात आजको क्यास मावोबादिहरु पनि मधेश्बादिकै अर्को रुप भयको स्पस्ट देखिन्छ/ आज पनि मधेश्बाद्का जय कृष्ण गोइत ज्वाला सिंह आदि नेताहरु बिहारमा बसेर तराइ नेपाल बात अलग्याउन अनेकौं बकवास गर्दै आयकै छ हतियार समेत उठाउँदै आयकै छ/

        मित्र शंकरज्यु मावोबादीको जनयुद्धकालमा इने गोइतहरु मावोबादीको केन्द्रिय स्तरको नेताहरु हुनु मावोबादिहरु दिल्ली सम्झौता गरेर फर्केको लगतै तीसौं लाख बिहारिहरुलाई बिना प्रमाण मान्त्र दलका नेताहरुको सिफारिसमा नेपालको नागरिकता दिनु; मावोबादिकै पालामा ति बिहारिहरुको भारतमा बसेका सन्तानहरुलाई पनि नागरिकता दिलाउनु फेरी पनि नागरिकता नभयका (मधेसीलाई) लाइ मतदाता लिस्टमा सामेल गराउनु; नेपालको नागरिकहरुले दोश्रो र तेश्रो ठुलो जनमत दियको कांग्रेस यमाले सिट भयको सम्झौता समेत तोडेर नेपालको कुल मतदाताको मात्र ६% र तराइको जनताको मात्र १५% मत पायको मधेशबादी सिट गठबन्धन गर्नु बात आज आफुलाई मावोबादी भन्नेहरु मावोबादी हुन् बा मधेशबादी हुन् भनेर प्रश्न गर्नु पर्ने स्थिति मात्रै आयको छैन कतै मावोबादीको कथित मावोबाद र जनयुद्ध समेत मधेश्बाद्लाई बलियो बनाउने ग्रान्ड डिजाइन होकी जस्तो लाग्न थालेको छ/

        यो कुरामा हामीले यो पनि सम्झनु उपयुक्त हुन्छ कि प्रथम संबिधान सभा असफल हुनुको मूल कारण मधेशबाद कै मुद्दाले हो/ प्रथम संबिधान सभाको हत्या बा मृत्यु पछि तरामावोबादीको नेतृत्वको सरकार बने पस्चाद तराइको जनसंख्याको मात्र १५% मत पायको मधेशबादी आज देसको चौथो राजनैतिक शक्ति समेत बने/ मावोबादीको जनयुद्ध र शासन कालको उपलब्धि मात्र मधेस्बादिलाई भयको देखिन्छ/ मावोबादिकै पच्छिल्लो अरु जातिको कुनै छुट्टै सेना बनेनन् मधेसीको बने/ मावोबादिका नेताले जातीय राज्य माग्दै गरेका नेवार लिम्बु छेत्री मैथिली थारुको माझ गयर नेवार लिम्बु मैथिली थारुको स्वायत राज्य बनाउने उद्घोसन गरेनन मात्र मधेशीको माझ गयर स्वायत मधेश बनाउने उद्घोसन गरे/

        जनयुद्ध मावोबादिले बिहारिहरुलाई नागरिकता दिलाउने भारतको दवाव नमान्ने राजालाइ महान रास्त्र्वादी भयको भनेको थियो र उनीहरुको ४० बुंदे मागहरुमा संबैधानिक राजालाई हटाउनु पर्छ भन्ने कुनै माग पनि थियन/ नेपालको राजतन्त्र भारतको स्वार्थमा प्रमुख बाधक थिय/ तर आज तिनै मावोबादिहरु भारतको निमित असैह्य भयको नेपालको संबैधानिक राजतन्त्र उन्मुलन गरिनुनै जनयुद्धको उपलब्धि भन्दै आयको छ/भारतको बिरोध गर्ने मावोबादी राजनीतिको यो चुलीमा पुगे पस्चाद नेपालको राजनीतिमा भारतको हस्त्छ्य्प बिगतको कुनै कालमा भन्दा बढीनै भयो/ जनयुद्ध कालमा मावोबादिले नेपालको नागरिकहरुलाई नेपालको राजनीतिको जुन रुपको बनाउने भनेको थियो तेस्को बिपरित बनायको छ मावोबादिले/ सायद यसैले इनिहरुलाई नक्कली मावोबादी भनियको होला/

        अरु दलका नेताहरु माथि लाख करोडको भ्रस्टाचारको आरोप लागेको छ/ इनिहरुलाई इनिहरुकै नेता र कार्यकर्ताहरुले अरवौंको भ्रस्टाचार गरेको आरोप समेत लगायको छ/ हिजो मागी लुटी खाने मावोबदिहरु आज धनाढ्य बनेको छ/ अरुले आफ्नो सम्पतिको श्रोत देखाउन नसके तिनीहरुको सम्पति जफत हुन्छ र जेल समेत जानु परेको छ/ तर इनिहरु……!!!??/ सायद यसैले इनिहरुलाई क्यास मावोबादी भनेको होला/

        संकरज्यु दिन कस्तो हुन्छ भनेर बिहानीको झुल्कोले बताउँछ/ मावोबादीको लोकतन्त्र लाठि तन्त्र हुन्छ बा लोकतन्त्र हुन्छ भनेर जनयुद्धकालमा अन्यायमा परेकाले आमरण अनसनमा बस्दा समेत मावोबादीको शासन कालमा न्याय नपाय बात स्पस्ट देखायको छ/ युद्ध नियम तोडेर सैनिक लाइ लडाकुले र लडाकुलाई सैनिकले मारेकोमा मिलापत्र हुन् सक्छ तर आम नागरिकको हत्या तथा अन्याय गर्नेलाई त् संसारको कुनै पनि देसले युद्ध अपराधि नै मान्छ तर इनिहरु मान्न तयार छैन/

        मावोबादीको नीति र प्रविती आम नेपालीले सोचे भन्दा बिपरित मात्रै होइन विकृत नै भयको आम नेपालीले मात्रै होइन मावोबादिहरुले नै लगायको छ/ तर इनिहरु त् जनतालाई जवाफ दिनु पर्छ भनेर समेत सोच्दैनन्/

        Reply
        1. Shankar says:
          November 14, 2013 at 2:44 am

          अनि यो सर्बसाधारण जनता चढिरहेको सार्बजनिक गाडीमा बम प्रहार गर्ने अधिकार ड्यास मावोबादिलाई कसले दियो ?
          यो त् सिधै अपराधिक गतिबिधि भएँन ?
          विश्व मा कहा हुन्छ तेस्तो ? हिजो त् राजाको तानासाही सासन बिरुद्द भनेर चोखिन्थे
          अब आज त् यिनलाई सिधै टुडिखेल मा झुन्ड्याउनु पर्दैन भन्या ?
          एस्तो लाइ राजनीतिक पार्टी मान्ने हो भने त् चरी दादा , चक्रेमिलन , दिपक मनांगी , गणेस लामा लाइ साधु सन्त भने भएँन |

          Reply
  6. बिक्रम नेपालीस्ट says:
    November 12, 2013 at 10:08 pm

    बढो काइदा हुने भयो ! बैध बाहरु समाजका विकार हुन्, जहिले तहिले वेमौसमी खेति गर्न खोज्ने अहंकारी तत्व जसको सत्व रत्तिभर रहेन | ठुलो आधिबेहरी, बाड़ी बहिरोमा पानीका फोका उठ्नु स्वाभाविक हो – यी उठछन, फुटछन् हिसाब साध्ये हुँदैन |

    यो “बैधे बिकार” हटे पछि भने एमाओबादी सुद्धिएको छ | देशलाइ अगाडी बढाउने जुन विजन र मिसनका साथ् प्रचण्ड लगायतका विश्व स्तरका दुरदर्शी र इतिहास रच्ने नेताहरुको विजयले मात्रै नेपालीहरुको मुहार फेरिन सक्छ | यो ऐतिहासिक अवसर हो, साथीहरु एक पटक एमाओबादीलाइ बहुमत दिएर हेरौं | जसले नेपालको इतिहासमा उथल पुथल ल्याए तिनीहरुलाई एक पटक सम्याउन दिउँ भन्ने लागेको छ, आगे तपाईंको मर्जी !

    Reply
  7. chatur rai says:
    November 12, 2013 at 8:38 pm

    सबैभन्दा देशलाई यो हबिगत बनाउने यिनीहरुको नै हात छ, | चुनाबमा भाग नै नलिई केही कुर्सी बैध्यबाको लागि खाली राख्ने कुरा सुन्दा ,क्यास र ,ड्यासमा शंका गर्ने ठाउं छ |

    Reply
  8. Sam Sharma says:
    November 12, 2013 at 8:17 pm

    मेरो चासोका केन्द्रबिन्दु खिल राज रेग्मी हुन् / मैले बुझेअनुसार, उनले चाहेको भए सबै दलहरु (बिशेष गरी ड्यास माओबादी) लाइ चुनाबमा ल्याउन सक्थे, तर आफ्नो निहित ब्यक्तिगत स्वार्थले गर्दा (प्रधान न्यायधिस बाट राजिनामा वा चुनाव सार्ने) राष्ट्रको एकताको लागी बलिदान गर्न सकेनन / यसको पछुतो पक्कैपनि भबिस्यमा उनले गर्नुपर्नेछ/गर्नेछन / बृहद दृस्टीकोणले हेर्ने हो भने भारतले पार्टीहरु बिचको (सम्बन्धको) दुरी बढाएर र नेपाली जनता बीचको आन्तरिक सम्बन्ध बिगारेर नेपाललाई अप्रत्यक्ष्य उपनिवेस बनाएर बर्षौ बर्ष यसरीनै राज गर्न चाहन्छ / नेताहरुको भिजन रहीत बुद्दि-बिबेकले गर्दा र ब्यतिगत स्वार्थ, गरिबी (भौतिक तथा मानसिक) तथा कुर्सी मोहले देशलाई बर्बादै पार्यो / चुनाव भएर पनि राष्ट्र र राष्ट्रीय सुरक्षाको हीतमा संबिधान बन्न सकेन भने खिलाराजले आफ्नो कामको जस मात्रै नपाउने होइनन उनले आफ्नो कार्यको असफलताको आफै पछुताउनु पर्नेछ / साथै, सबै नेताहरु, जो कुर्सि हत्याउनको लागि दिल्लीको चाकडी गर्न जान्छन, ले पनि आफ्नो कुकर्म लाइ धिक्कार्दै पछुताउने दिन पनि त्यति टाढा छ जस्तो लाग्दैन / जय राष्ट्र /

    Reply
  9. Dinesh says:
    November 12, 2013 at 7:57 pm

    अनि शब बाहन, एम्बुलेन्स, रेडक्रस का गाडी, हस्पिटलका अत्याबस्यक बस्तु जस्तै अक्सिजन ग्यास बोकेका गाडी अनि हस्पिटलका कर्मचारीहरु चाही नपर्ने ?

    Reply
  10. Shankar says:
    November 12, 2013 at 7:47 pm

    कहिले काइ लाग्छ क्याश मावोबादी र ड्यास मावोबादी नै मिलेर यो नाटक गरिरहेको त् छैन ?
    किनकी राजनीति धर्म , इमान्दारिता भन्ने न भएपछी देश प्रतिको जिम्बेबारी त् पर को कुरा भो |
    दुवै एक आर्कालाई २ अङ्गुल छोट्टाउना लागि परेको पनि देखिन्छ के को के खै ?

    Reply
    1. Tenzing Gaba says:
      November 12, 2013 at 9:31 pm

      प्रचण्ड सरकारले चुनाबै नलडी ड्यास माओबादीलाई २६ सीट दिने कुरो अस्ति भर्खरै गरिबक्सेको छ, मौसुफ वाट त्येस्तो हुकुम जथाभाबी मर्जी भएको त होइन होला …..चेतना भया!!!

      Reply
      1. Tenzing Gaba says:
        November 13, 2013 at 11:05 am

        अब २६ सिट पाए पछि “ड्यास माओबादी” ले १३ सिट त “झ्यास माओबादी” लाइ पनि दिनु पर्छ भन्ने होला /
        ————————————————-
        नोट:
        क्यास माओबादी =
        ड्यास माओबादी =
        झ्यास माओबादी = मात्रिका यादब समुह

        Reply
      2. neeraj says:
        November 13, 2013 at 1:30 pm

        ड्यासले चुनावै नलडी २६ सिट ल्याउने, क्यासले कति ल्याउँछ त देख्न बाँकी छ, अनि चुनाव पछि क्यास र ड्यास बिचमा एकता गर्दिने, बाफ रे बाफ, अनि क्यासको चुनावमा आएको सिट + २६ सिट हुने। क्याबात। अरु पार्टी हेर्‍या हेर्‍यै। मान्नुपर्छ खुराफातलाई।

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme