Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैद्यको बन्द

Posted on November 11, 2013November 13, 2013 by Salokya

mao
कस्तो रह्यो त वैद्य माओवादीको पहिलो दिनको आम हड्ताल ? भोलिदेखि के छ कार्यक्रम ? सरकार के भन्छ ? देशभर के भयो ? हेर्नुस्

कलंकीको आकाशे पुलबाट बन्दमा यस्तो दृश्य देखियो।
कलंकीको आकाशे पुलबाट बन्दमा यस्तो दृश्य देखियो।

सरकारको दावी यहाँ भने ठीक देखिन्छ है, कलंकीको आकाशे पुलमा मान्छे हिँड्ने ठाउँमा भने टन्नै पसलहरु सुचारु रहेछन्, भिडियो हेर्नुस्-

यो पटकको बन्दमा सरकारले त्यस्तोसँग अवज्ञा गर्न आह्वान गरेको छ, तु. क्षतिपूर्तिको व्यवस्था गरेको छ, सुरक्षा व्यवस्था मजबुत बनाएको भनेको छ। साझा बसमा चढेर कलंकीबाट तीनकुने पुग्दा केही ठाउँमा हतियारधारी सेना समेत परिचालन भएको देखियो। एक जना पनि बन्दकर्ता भने देखिएनन्। तर पनि गाडी खासै चलेनन्। पसलहरु खासै खुलेनन्।
kalanki3

साझा बसले भने आज निकै सेवा गर्‍यो। यातायात व्यवसायीले बन्दको अवज्ञा गर्ने भन्ने समाचार आए पनि खासै गाडी चलेनन्। केही टेम्पो र माइक्रोमात्रै चले। साझा बसमा त्यही भएर निकै भिड थियो आज र रुट पनि नयाँ बनाएर चलाइएको थियो।
sajha

बसमा अगाडि दुई र पछाडि दुई जना हतियारधारी सुरक्षाकर्मी बसेका थिए।
sajha1

यो त भयो एक दिनको बन्द। अझै मंसिर ४ गतेसम्म २४ सै घण्टा यातायात बन्द गराउने भनेको छ वैद्य माओवादीले। के एक जना पनि सडकमा ननिस्की आजको जस्तै बन्द सफल होला त? के मान्छेले सँधैको यो बन्द सहेर बस्लान् त? मान्छेले धेरै सहँदैनन् भन्ने त वैद्यले प्रचण्डसँग नफुट्दै उ बेला गरेको अनिश्चितकालीन आमहड्तालको नियती देखेर थाहा पाइसकेका छन्। त्यसैले माथि गृह मन्त्रालयले भनेको जस्तो ठाउँठाउँमा विस्फोटक पदार्थ र विस्फोटक जस्तै देखिने झुक्याउने तर आतंक मच्चाउने वस्तु राखिएला। तर त्यसले मान्छेलाई रोकेर राख्ला ? सरकारको सुरक्षा व्यवस्था कस्तो होला ? यो प्रश्नको जवाफ अबका केही घण्टामा भेटिनेछ।
kalanki4

accident
त्यही साझा बसको झ्यालबाट बन्दको खुला सीधा बाटोमा पनि ट्राफिकको एउटा मोटरसाइकल पल्टिएर दुर्घटना भएको दृश्य देखियो। बाटो सीधा र खुला छ भन्दैमा दुर्घटना नहुने हैन रहेछ। देश पनि यसरी दुर्घटनामा नपरोस्, यही कामना !

33 thoughts on “वैद्यको बन्द”

  1. Manoj says:
    November 12, 2013 at 7:42 pm

    बैध ji सबै दलका नेताहरु बिदेशीको इशारामा नाच्छन भन्ने त्यसैलाई मुद्दा बनाएर चुनावमा
    भाग लिएर अरु दललाई भोट नदेउ हामीलाई जिताउ भन्ने हिम्मत
    गर्नुपर्थ्यो नि. किन साधारण जनताको भोट दिने अधिकार खोसेको?

    Reply
  2. Vijaya says:
    November 12, 2013 at 2:28 pm

    बन्दलाई हावा | हावा खायो बन्द ले नेपालगन्जमा |

    Reply
  3. Rachana says:
    November 12, 2013 at 2:24 pm

    बन्द गर्ने हो भने प्रचण्ड को helicopter चदने काम बन्द गर बन्द को नाम मा साधारण जनतालाई मार मा नपार, देश र जनता को लागि भन्ने तर आखिर मा दुख त जनताले पाएको छ नि यो कुरा किन नसोचेको बन्दकर्ता बैद्य बा ले , आफुले आफुलाई राम्रो भन्ने भन्दा पनि अरुलाई राम्रो भन्ने बाताबरण बनाउनु पर्यो, बिरोध को आधार मा साधारण जनतालाई दुख दिने क्रम तुरुन्तै बन्द गरौ ..लौन बैद्य बा केहि त सोचौ…

    Reply
  4. simit gauchan says:
    November 12, 2013 at 1:30 pm

    बन्दको बिषयमा जसले जे भने नि बन्द , बन्द हुने होइन , भोलि तपाइँ हामीलाई केहि पर्यो भने ल चोक सडक बन्द गर्नु पर्छ आफ्नो अधिकार लिन नत्र हेप्छन भने पछि हुरुक्क , सबै बाध्यता हो गाठे ….. व्यक्ति र स्वार्थमा अडिएको मनुष्य खप्पर जे गरे नि हुन्न बा बा हुन्न !!!

    Reply
  5. xyz says:
    November 12, 2013 at 12:01 pm

    “Someone who trades little bit of freedom for security is deserved to have none at the end.” A. Lincoln

    Reply
  6. Shirish Dhungel says:
    November 12, 2013 at 11:21 am

    वैद्य को बन्द को प्रवाब तेती नपरे पनि बेला बेला मा आगजनी को खबर त आइ नै रहेको छ | एस कुरा मा पनि सरकार को ध्यानाकर्सन हुनु पर्यो|

    Reply
  7. Tenzing Gaba says:
    November 12, 2013 at 9:21 am

    यदि
    प्रत्येक बन्दमा मात्र ५० जना बन्दकर्ताहरुलाई पक्रेर
    # उनीहरुले पुराएको क्षति बराबरको जरिवाना तिराएर (जबर्जस्ति उसको चल-अचल सम्पति जफत गरेर)
    # फौजदारी अभियोग अनुरुप काराबासको सजाय दिने हो भने
    ९९% बन्द १ बर्ष भित्रमा हराउछ

    Reply
  8. Jeevan Thapa says:
    November 12, 2013 at 9:01 am

    नेपाली जनता हो बैध्यबा को बन्द संग किन यस्तो डराको..यो बन्द जनताको हितको लागि होइन त्यहि भएर अब जनता उठ..बैध्य बाले नेपाल बन्द गराउछन् भने जनता हरुले बैध्य बाको घरमा आउने पानी बन्द गरिदेउ, बिजुली बन्द गरिदेउ ..बैध बा ले नि देखुन न बन्द को मार कस्तो हुने रहेछ भनेर …

    Reply
  9. neer says:
    November 12, 2013 at 8:48 am

    बन्दको दिन bike मा बाल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर हुदै बानेश्वोर आइपुगियो. यो बन्दलाई सधै को लागि बन्द गरौ…!!

    Reply
    1. neerose says:
      November 13, 2013 at 5:55 pm

      यस्तो बन्दलाई सधैको लागि बन्द गरौ तर बिरोध र ध्वंसको बन्द होइन महिनाको एकदिन चाहि बन्द गर्ने राम्रो होला जस्तो लाग्छ!
      कसैको बिरोधमा होइन संचाती र संरक्षण मा!
      महिनाको एकदिन पुर्ण बन्द गर्न पाय यस्ता उटुङ्ग्या बन्द आफै बन्द हुन्थेहोला अनि तेस्ले इन्धनको बचन बाताबरण मा संरक्षण प्रदुषण घटाउनु साथै थुप्रै सकारात्मक कुरा दिने थियो होला पो त!
      तेसैले अरु निजि स्वार्थ र उदेश्यको लागि होइन बरु देशको सकारात्मक सोचको लागि हामीले प्रत्यक महिनाको अन्तिम सनिबार एक दिन नेपाल बन्द गर्नु पर्ला जस्तो छ पो त्!

      Reply
  10. bibek dhakal says:
    November 12, 2013 at 8:13 am

    काठमाडौँ मात्रै नेपाल हैन; भएभरको विशेष सुरक्षा राजधानी-केन्द्रित गरेर यहाँ बन्द असफल बनाएर खासै फाइदा छैन . यो बन्दले गर्दा अझै पनि कतिजनालाई भोट हाल्न घरतिर लाग्ने कि नलाग्ने दोधार भैरहेकोछ – आफ्नो मताधिकार प्रयोग गर्न त धेरैलाई मन छ तर जिउधन को जोखिम मोलेर कसरि जाने? सरकारले प्रेस विज्ञपति, गोरखापत्र र नेपाल टेलिभिजनमा बन्द असफल भयो, निर्धक्क भएर भोट हाल्नुस भनेर मात्र भएन – यदि निर्वाचन केहि दिन सारेर वार्ता गर्ने र विरोधी पक्षलाई मनाउने मनसाय छ भने त्यसो गर्नु पर्यो नत्र भने हासी हासी टेलिभिजनमा सरकार र जनतालाई चुनौती दिने “अराजक” , ” गैरराजनैतिक” ” आतंककारी” पार्टी भनाउदका नेताहरु र तिनका ७५ई जिल्लामा रहेका भरौटे हरुलाई निर्वाचन हुन्जेल “नजरबन्द”मा रखिएको छ भनि विशेष व्ययास्था गर्नु पर्यो. त्यसो डराउनु पर्दैन गृहमंत्रिज्यु, जनताहरुले ति राजनीतिको खोल ओढेका अपराधीहरुलाई समर्थन अब कदापि गर्नेवाल छैनन् – तपाइले खालि कदम चाल्नुस!!!

    Reply
  11. Chandrasurya says:
    November 12, 2013 at 6:45 am

    राजनीतिलाई अडेष लगाएर दादागिरी चलिरएको छ . भन्नेनै हो भने ५००० जति कार्यकर्ता पालेर , बबाल गरेर , 27.47 million नेपाली जनताको बाटो अध्यारो तिर ………जान बेर छैन … सबै (पार्टी )नेताहरुले देश र जनता लागि गर्न राम्रो गर्न खोजेको नारा सुनिन्छ तर १२ वर्ष देखि आहिले सम्म पुछर सिदा हुन सकेको छैन . अब पुछर काट्ने हो कि क हो नेताहरुको ????

    Reply
  12. डिल्ली says:
    November 12, 2013 at 5:42 am

    यदि विदेशी कै इसारामा चुनाव हुन गैरहेको हो भने र नेता विदेशी कै इसारामा नाचेका हुन् भने,
    * नेपाल बन्द गरेर बम पड्काउँदै हिड्नु भन्दा इसारामा नाच्ने नेता पड्काउ ।
    * जनतालाई घर भित्र भोक भोकै थुन्नु भन्दा नेतालाई चर्पी समेत जान नपाउने गरी थुन । बन्द गरी किसानको तरकारी र फलफूल बारीमै कुहाइ दिनु भन्दा तिम्रो कुहिएको दिमाग चलाउन बन्द गर ।
    * आफू सत्तामा सजिलै पुग्ने भर्याङ जनतालाई लगाउनु भन्दा जनताको मन जितेर दरिलो भर्याङ बुन । सधैँ जनताको लासलाई तिमी सत्ता चड्ने भर्याङको खुड्किला नबनाऊ ।

    नत्र, सिधा भन
    * यो देशमा जनता चाहिँदैन, हामी नेताले मात्र वाँच्न पाउनु पर्छ ।
    * त्यो दलले मात्र किन विदेशीको इसारामा हामीले पनि नाच्न पाउनु पर्छ ।

    नभए,
    * सौताको रिसले पोइको काखमा किन बिस्ट्याउँ छौँ ?
    * विदेशीको बिरोध गर्न किन स्वदेशको सम्पत्ति बमसँगै पड्काउँछौ ? रातारात पार्किङका बस किन लाजिम्पाटको दुतावास पड्काएर हेर । दिल्ली वा वासिङ्टनले मारुनी फरिया नदिएको झोकमा जनताको गाँस र बास नखोस ।

    Reply
  13. बेखालाल नेपाल says:
    November 12, 2013 at 5:34 am

    बुद्धिमा बिर्को लागे पछे देश बन्द हुन्छ सबैलाई चेतना भया

    Reply
  14. Shankar says:
    November 12, 2013 at 4:21 am

    यो बन्द लाइ आल्ली छेउ पन्छाएर कुरा गर्दा गुरु चेला ( बैद्द्य ,प्रचण्ड )युद्द मा गुरु ले गुरु भएको र चेला ले अझै सिक्न बाकि जस्तो देखियो | अन्तत प्रचण्ड ले अपजस को भारि बोक्ने र बैद्द्य लव क्रान्तिकारी छबि कायम राख्ने देखिन्छ |

    Reply
  15. Desh Bandhu Sharma says:
    November 12, 2013 at 4:21 am

    चुनाव हार्ने डरले आफु पनि चुनाव मा भाग नलिने र चुनाव बिथोल्नलाइ बन्द आतंक फैलाएर निर्दोष जनताको जीबन कष्टकर बनाउने यी पशुहरुलाई सरकारले कडा भन्दा कडा कारबाई गर्नु पर्दछ | यी आतंककारीहरु लाइ आबश्यक परे गोलि हान्न समेत सुरक्षाकर्मि हरु पछि पर्न हुन्न ता कि भविष्यमा नेपाल बन्द गर्ने दुष्प्रयास कसैले नगरोस | जनताको पार्टी रे अनि जनतालाई दुख दिने ? – बैद्य बा अझै पनि होस् छ भने बन्द फिर्ता लेउ होइन भने तिम्लाई जनताले नालीमा फ़्यकिदिनेछन |

    Reply
    1. neerose says:
      November 12, 2013 at 9:30 pm

      सरकार ले होइन अब जनतालेनै कारबाही गर्नु पर्ने देखियको छ!

      Reply
  16. Asal says:
    November 12, 2013 at 4:16 am

    खुला रूपमा नेपाल बन्ध को आव्ह्वान गर्ने अनि तोड फोड गरि, बम हरु राख्ने leader लाई किन समात्न नमिल्ने हो?
    सारा नेपालीलाई थाहा छ, सरकारलाई खुला रुपले थाहा छ, बन्धको आव्ह्वान बैद्य बुढाले गर्या हो भने, खुरुक्क समात्न मिल्दैन?

    Reply
  17. A R Shrestha says:
    November 12, 2013 at 3:04 am

    यो खाते नेताहरु र तिनका पार्टीको त अब नेपालमा के कुरा गराई भयोर! तर योपल्ट चाही हामी खुबै राम्रो भनौदा जनता नै सबै भन्दा खत्तम झैँ लाग्यो! निर्भय हिड्डुल गर्न पाउने आफ्नो अधिकार पनि हामी गजबको सबैभन्दा राम्रो आम जनताले यो खातेहरुसंग डराएर एउटा मुसासम्म पनि नहिड्ने गरेर आफ्नो साधन घरैमा लुकाएर नून खाएको कुखुरा झैँ घिस्रिदै घिस्रिदै काम तिर लम्कियौ! अनि पक्कैपनि ढिला पुगेर चाडो निस्कियौ! घरमा गएर आज तेत्रो हिडेर गएको भन्दै तेर्सियौ र आफ्नो तेत्रो ठुलो उपलब्धिको मन मनै गर्ब गर्यौ! मलाई लाग्छ अब इ भ्रस्ट नेताहरुले हामी सबैको मनस्थिति बिगार्दिसके! मनमनै हामी सबै यसरी नै कामै गर्न नपरोस भनेर कामना गर्न लागिसक्यौ! २/४ महिनामा यस्ता भैपरी आउने सितैका बिदा जस्ता ओफ्फिस लाग्ने दिन कुरेर बस्न थालीसक्यौ! अनि दोस जति भ्रस्ट भानौदालाई थोपर्यो अनि आफु मॊज गर्यो! हामी जस्तै त हुन् ति नेताहरुपनि! म ज्यानैको ग्यारन्टी दिएर भन्नसक्छु तपाई हामी जो कोहि नेता भएपनि यस्ता प्रवृतिले कुंनै गतिलो आचरणको संकेत गर्दैन!

    “फ्रीडोम” अनि समाजको विकास सितैमा आउदैन मित्रहो! तेस्कोलागि सर्बसाधारण सबैले योगदान गर्नुपर्छ अनि परेको बेलामा बलिदान पनि गर्नु पर्छ! तर हामी त यस्ता भैसक्यौकि भोलि नेपाल बन्द भनेर एउटा मुसाले मान्छेको आवाजमा बोल्यो भने अचम्म मान्न छाडेर देशनै बन्द गर्न तिर लाग्छौ! आफ्नो अधिकार, तेत्रो सेकुरिटी व्यबस्ता, क्षतिपूर्तिको ग्यारन्टी, अनि यो युगको माग र देशलाइ भाडमा जानुबाट बचाउने जीमेबारी काधमा हुदाहुदै पनि हामी यस्ता पानीमरुवा देखि डराएर आफ्नो निएतिनै बदलिरहेछौ! खोइ क आशा गर्नुर यस्तो समाजबाट! लाग्छ आब मपनि कुनै देशमा गएर सरणार्थीको फाराम भरौ! यस्तो आफ्नै देशमा डरले छेर्ने अनि अर्कालाई दोस दिएर सधै आफु मॊज गर्न पल्किएका माज आफ्नोपन खोज्नु भन्दा REFUGEE भएरै बाच्न ठिक…कमसेकम आउदो पुस्ताले त बद्लिएको अनि आफ्नो अधिकारको लागि लड्ने समाज पाउथ्यो! धिकार छ! सचिनै यो जन्मिदाको GEOGRAPHIC MISTAKE ले जीवन बर्बाद भयो! जीवित समाजको आशामा आफ्नो जीवन जानलाग्यो! 🙁

    Reply
  18. Shreedhar says:
    November 12, 2013 at 2:10 am

    मलाई एस्तो लाग्छ कि चुनाब हर्ने डर ले ये माओबादी हरू पनि बन्द गर्न तिर लागेका हुन सक्छन

    Reply
  19. pradeep says:
    November 12, 2013 at 1:07 am

    बाबु र छोराको बार्तालाप –

    बाबु: छोरा त कति कम्प्युटरमा झुड़ी रहेको ( रीसाउदै ……), पढ्नु पर्दैन ?
    छोरा: बाउ पनि के कुरा गरेको नेपाल बन्दमा पनि कोहि पढ्छ | आज किताप कपि सब बन्द , नत्र बैद्य बा रिसौछन पढे पछि , पढे पनि भोलि गएर नेताको …… मोल्नु पर्छ जागिर पाउन |
    बाबु: तेरो के हुने प्लान छ त ठुलो भए पछि ?????????
    छोरा : सके देश चोर (प्रचण्ड जस्तो ) नसके नेपाली चोर (बैद्य बा जस्तो)
    बाबु : बैद्य बा जस्तोलाई किन चोर भनेको
    छोरा : नेपालीलाई गरि खान नदिनेलाई के भन्ने ? चोर त हुन् नि
    बाबु: त पनि त चोर होस् नि – सदै परिक्षामा चिट चोर्छस?????
    छोरा : अहिले चोर्नेनै उत्कृट छन् नि
    बाबु: त्यो कसरि
    छोरा : मुन्द्रेले एसएलसीमा चिट चोरेर यूके गयो, बाबुरामले भोट चोरेर प्रधानमत्री भए, क्रिस्ट ३ हिन्दि फिल्मले ८ वटा हालीउड फिल्मको कपी पेस्ट गरेर तेत्रो कमायो | यो सब कम छ र
    बाबु : तेसो भए त पक्का नेपालको ठुलो मान्छे हुन्छस , हामीलाई लाई रछ ??
    छोरा: तेसैले त इन्टरनेटमा अन्लैन गम्लिग खेलीराको नि ………. पैसा कमाउन र ठुलो नेता हुन

    Reply
  20. Abhi, Belgium says:
    November 12, 2013 at 12:31 am

    खाते राजनीति ले नेपाल सकिने भयो , बन्द लै सधै को लागि बन्द गरौ ;

    Reply
  21. yogi says:
    November 11, 2013 at 10:44 pm

    बन्द गर्नु त राम्रो होइन…तर यो बन्द चाहि जरुरि छ किन कि बिदेशिको इसारामा नाफा र घाटाको हिसाब गरेर चुनाबमा आउछु भन्दा पनि आउन नदिएर बाहिर निकलेर मुथ्भेद निम्त्याएको चार दल ले नै हो…..
    अनि देश को सिमा दिनहु धोतिले मिच्दा, नेपालि चेलि दिनहु बलात्क्रित हुदा, नेपालि दिनहु लुटिदा अनि नेपालि को घरमा आएर खान्तलासि गर्दा चाहि सेना परिचालन गर्नु नपर्ने अनि आफ़्नै देशको नागरिक तर्शाउन सेना परिचालन गर्ने….यहि हो सेनाको काम…थुक्क हुत्तिहारा हिजडा सरकार अनि नेताहो….धर्तिको बोझ​…..धिक्कार छ तिमिहरुलाइ अनि तिमिहरुलाइ जन्म दिने कोख लाइ…..

    Reply
  22. Vishwa Malla says:
    November 11, 2013 at 10:40 pm

    तपाई को यो प्रस्तुति style गज़ब मन पर्र्यो . राम्रो छ सिलसिला जारी राख्नु होला . फोटो हरु र text हरु को संयोजन मिलेको छ .

    Reply
  23. suzee says:
    November 11, 2013 at 10:04 pm

    मगज बन्द भएछि , के गर्नु , बैद्य बा अलि फ़ुस्केछन क्यारे , १० दिन बन्द भन्ने सुने मैले !!!!!

    हरे राम !!!! हामी जनताहरु !!!! बन्दै बन्दै को देश का ………खै के लेख्नु !!!!!!!!खाली बन्द ,,,,, बन्द गर्ने हरु को कहिल्यै जय न न न होस्

    Reply
    1. बिनोद तिमिल्सिना says:
      November 12, 2013 at 2:19 pm

      आज देखी वैध वालाई ९ दिनका लागि वैधखाना तिर पठाए नेपालीहरुले।

      Reply
      1. suzee says:
        November 12, 2013 at 4:56 pm

        खुशी को खबर !!!!!!!नाम अनुसार को काम गर्दै होलान अब तेसोभए!!!!!!
        एउटा प्रश्न????? बैध्यखाना मा सिन्घदर्बार तिर फर्केको झ्याल छ कि छैन??भाको भए बैद्य बा लै येसो फुर्सद मा झ्यालबाट चियाउने मेसो हुन्थ्यो कि बिचरो !!!!

        Reply
        1. Tenjing Gaba says:
          November 12, 2013 at 8:39 pm

          मित्रहरु बैद्द्य भनेर झुक्किनु भो कि क्या हो ?
          उनि त घाटे बैद्द्य पो हुन् त्
          उनको बैद्द्याखानाको झ्याल आर्य घाट तर्फ खुल्छ क्या

          Reply
          1. suzee says:
            November 12, 2013 at 10:18 pm

            बैद्य त बैद्य ,,,,,,,,घाटे बैद्य रे !!!!!!!! लु परेन त अब फसाद !!!

            Reply
  24. Tenzing Gaba says:
    November 11, 2013 at 9:24 pm

    रुवाउनु त् कपूत ले पनि सक्छ
    हसाउनु पो सपूत चाहिन्छ
    …………………………….
    बन्द त् खातेहरुले पनि गर्न सक्छ
    खोल्नु पो अलिक ह्याउ छाहिन्छ
    साच्चै हिम्मत छ भने अरुले बन्द गरेको खोलेर देखाऊ न
    नत्र भने सबैले भन्नेछन
    गू =.गन्ध
    बैद्य = बन्द

    Reply
  25. neerose says:
    November 11, 2013 at 9:14 pm

    काठ्मनडुको बन्द लाइ हेरी कसैलेपनि आफ्नो शक्ति न-आकडा र मख्ख नपर्दा हुन्छ!
    बैद्यको पार्टिपनि यस्तै सुनसान हुने तरखरमा छ चुनाब पछि!

    Reply
  26. UdhabKc says:
    November 11, 2013 at 8:39 pm

    फोटोहरु आफै बोल्छन नेपालको येथार्थ अवस्था…………. दुखद अवस्था

    Reply
  27. दीप says:
    November 11, 2013 at 5:37 pm

    एस्तो स्थिति मा चुनाब मा भोट खस्ला र ? भोट हाल्न जाने भनेको निर्धक्क साथ् जाने होइन र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme