दुई दशकअघिसम्म पनि ‘पानी बेच्ने’ कुरा असंभव लाग्थ्यो हामीलाई। धत्, पानी पनि बेच्छन्? कसले किन्छ ? यस्तै सोच्थे मानिसहरु। धार्मिक कारणले पनि पानी बेच्न हुन्न, प्यास लागेकालाई सित्तैमा दिनुपर्छ भन्ने मान्यता थियो शायद्। तर यो बीचमा जनसंख्या यति धेरै बढ्यो सहरहरुमा कि पानीको आपूर्ति पर्याप्त हुनै सकेन। अनि सुरु भयो प्लास्टिकका बोतलमा पानी बेच्ने काम। एक बोतलको १५ रुपियाँ भए पनि मानिसले किनेरै खाए। अहिले त जारको पानी झन् सस्तो छ। ५/६ रुपियाँमा पाइने, १५ रुपियाँमा बेच्न पाइने भएपछि बेच्नेहरु पनि दङ।
निजी ब्याङ्कहरुको बढ्दो संख्यासँगै काठमाडौँ उपत्यकामा एटिएमको संख्या बढ्दो छ। तर यहाँ भेन्डिङ मेसिन अर्थात् सिक्का खसालेपछि सामान खस्ने मेसिनहरु भने खासै प्रयोगमा आउन सकेको देखिएको छैन। यस्तै कुनै ‘एटिएम’ मा पैसा तिरेपछि शुद्ध पानी आउने स्थिति बन्यो भने कसो होला त ?
एउटा समूह काठमाडौँ उपत्यकामा त्यही प्रयोग गर्न खोज्दैछ। उनीहरुको योजना छ- काठमाडौँका मुख्य मुख्य स्थानमा यस्तो मेसिन राख्ने। लोडसेडिङको कुरा पनि छ। त्यसैले उनीहरु यसलाई सोलार पावर बनाउने योजनामा छन्।
त्यसमा सिक्का घुसाउनुको साटो मोबाइल पेमेन्ट सिस्टम उपयोग गर्ने उनीहरुको योजना छ। एसएमएस पठाएर पैसा तिर्ने अनि एटिएमबाट पानी लिने। यसका लागि स्मार्टफोन एप्सहरु पनि बनाइनेछ।
स्टार्टअप परियोजनाहरु राखिने F6S मा अहिले यसको परिचय राखिएको छ। एलेन बैलोचन तुलाधर, नैरिशा श्रेष्ठ र सोनिका मानन्धरलाई टिम सदस्यका रुपमा चिनाइएको छ। तुलाधर माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालका कन्ट्री डाइरेक्टर हुन्। यो परियोजनाका लागि माइक्रोसफ्टको समेत सहयोग जुटाउने प्रयास उनीहरुले गरिरहेका छन्।
पानी शुद्ध कसरी पारिन्छ र प्लास्टिकको बोतलको साटो कसरी पानी वितरण गरिन्छ भन्ने चाहिँ परिचयमा खुलाइएको छैन।
तपाईँलाई के लाग्छ, के यो परियोजना काठमाडौँवासीका लागि उपयुक्त होला ?
भिडियो हेर्नुस्-
….हुस्की, बियर, वाइन, लोकल पनि यसरि नै राखे गज्जब हुन्थ्यो होला !!!
हाहा, यी बहिनीले उत्पादन प्रवर्दन गरेको कि पाठ पढेको ? फेरी कति छिटो बोलेको हो बा केहि नबुझ्ने गरि – हतार हतार मा पाठ सकाएर बोइफ़्रेण्ड भेट्न जानुपर्ने जस्तो !
पानी बेचे पनि चिया बेचे पनि यो प्रबिधीको बिकास भएमा अबश्य पनि नेपालको लागी फाईदाजनक नै हुनेछ । मोबाईल SMS बाट पैसा तिर्दा खर्च बढ्छ होला त्यो भन्दा डेविड कार्ड वा मोबाईल चार्ज बाट तिर्ने बनाउदा खर्च कम हुन्थ्यो की ? मोबाईल SMS नया प्रबिधी हुन्छ होला यसको बिकास भए पनि राम्रै हुन्छ होला अन्य देशको बारेमा थाहा भएन जापान मा चाहि देखेको छैन डेबिड कार्ड पनि २,३ बर्ष मात्र भयो मोबाईल चार्ज ( ओसाईफु खेईताई ) स्मार्ट फोनको प्रयोग संगै बिस्तारै बढ्दै छ ।
हाहाहा,गज्जब लाग्यो कुरा,
सुन माने गोल्ड रे अनि सुन्धारा माने गोल्ड वाटर रे क्या,
कसो Sundhara, सन् माने घाम धारा माने ट्याप गरि संधारा माने घामट्यापे पछि पछि गयर घाम्टापे हुन्थ्यो होला यो प्रोजेक्ट सुरु हुँदा सम्मा)
यो नानि कति कक्षा पढ़दी रैछिंन! निकै राम्रो पढिन राम्री निडरसाथ पढ्ने रैछिं राम्रो लाग्यो! तेजिली रैछिंन!
हाम्रो पालामा त हाम्री कहा यसरि पढ्न सक्थ्यौ र हो स्कुलमा कक्षामा भयको बक्तित्वोकला मा नेपालीमा आफुले लेखेको पढ्न त लडाइ नै लड्न पर्या जस्तो हुन्थ्यो अंग्रेजीको त कुरै छाडौ!
जे होस् अहिलेका केटाकेटिहरु अंग्रेजी मा निकै अगाडि अनि बोल्न निडर छन्!
कुरा विषयतिर लाग्दा,
आइडिया Innovative लाग्यो Business thought पनि genuine हो!
कुरा राम्रो हो!
प्रोजेक्ट को नाम पनि निकै राम्रो लाग्यो!
नेपालीहरुलाई सुन्धारा, बिदेशी र अंग्रेजी जान्नेलाई सौर्यधारा (Sundhara)
पानि झर्ने भयासी त एटिएम किन भन्थ्यो नि एटिवा(ATW) भन्छ होलानी.
अल्छी लागेर कमेन्ट धेरै नलेखेको , मेरो मुख कै बाक्य लेखिदिएको मा neerose लै धन्यवाद !!!
यी नानी !!!!!!!!!!बिचरा प्रयास ठिक हो , अंग्रेजी ले नै पो मार्यो त !!!! नेपाली मा समाचार बाचन गरेकी भए कमेन्ट लेखेर हास्ने नपाइने थियो फेरि !!!!!!
समाचार वाचिका हुन् र यी नानि?
मलाइ त,
यो सुन्धारा प्रोजेक्ट को बिषयलाई स्कुलमा वक्तित्वोकला प्रतियोगिता गरि तेस्मा प्रथम भयकि स्कुले नानीको भिडियो यहा सदुपयोग गरेको हो कि जस्तो पो लाग्यो त्!
साच्चिकै समाचार वाचिका त्यो पनि अग्रेजी समाचारको हो भने त् त्यो हरिबंश ले मदनबादुर मा भनेको,
“नेपालमे भी ऐसा ऐसा आदमी होताहै है, भनेर अंग्रेजीमा भने!” भनेको पो याद दिलायो गाठे!
बाबु भएको भए अलि खिल्ली उडाउदै कमेन्ट लेख्ने थिए , यी नानी !!!परिन तेसैले , म सिर्फ के भन्न चाहन्छु भने आफ्नो देशको भाषा को सम्मान गर्न सिकौ , अग्रेजी मा बोल्दैमा केहि हुने वाला छैन ,फेरी पनि हाम्रो भाषा हाम्रो देश ……को सम्मान गरम
प्रसंगबस येही#### घाम्टापे####video नेपाली भाषा मा भएको भए GOLD with perfume भन्नको मतलब ###सुन मा सुगन्ध ###हुन्थ्यो कि
लु नानी लै सुझाब अब नेपाली मा बोल्न सिकौ
अंग्रेजी बोल्न प्रयास भन्दा कविता बाचन गरेको कि समाचार नेपाली मा च्य्ठेकी जस्तो लाग्यो ,
हैन नेपाली मा भनेको भए , आखिर पानी किनेर खाने नेपाली जनताले बुझ्ने थिए , अनि मेरो कान लै पनि शान्त महसुस हुने थियो ,
KTM मा नेपाली जनता को लागि राख्न लागेका मिसिन को बारेमा किन अंग्रेजी मा भट्टयाकि हुन् यिनीले !!!!!!!!
खै कुनी कति लाख उपत्यका बासी छन् , सबैले नेपाली त बुझ्थे नै होलान ,
भनेपछि अनरोइड mobile प्रयोग गर्नु पर्ने रैछ. simple mobile प्रयोग गर्ने ले पानी पिउन नपाउने भयो त.
घोकेर पाठ पढेर सुनाए को जस्तो लाग्यो , मलाई त बुझ्नै गाह्रो भयो, के बुझें भनेर टिप्पणी गर्ने?
Materialize भए त राम्रै हुन्थ्यो/ जाडो मा तातो र गर्मि मा चिसो पानि खान पाइन्थ्यो/ राम्रो concept. Good Luck!!
भिडियोबाट परियोजनाको मूल उद्देश्य अलि प्रष्ट हुन सकेन । यद्यपि अनुमान गर्न सकिन्छ, परियोजनाको मूल उद्देश्य माइक्रोसफ्टको विविध प्रविधि अनि मोवाइल फोनको प्रयोग गरि पानि विक्रिलाइ स्वचालित बनाइनु । भिडियोमा पानिको श्रोत, पानि शुद्ध पार्ने प्रविधि आदिको बारेमा उल्लेख छैन ।
प्रश्न, विक्रि प्रणालीलाइ मात्र व्यवस्थित तथा स्वचालित बनाउन भेन्डिङ्ग मेसिनको प्रयोग हो भने नेपालको परिप्रेक्ष्यमा कतिको उपयुक्त हुन्छ ? विकसित राष्ट्र तथा आधुनिक शहरहरूमा यस्ता मेसिनहरूको प्रयोगको मूल कारण मानवशक्ति को कमि तथा महँगो मानवशक्ति पनि हो । तर नेपालको परिप्रेक्ष्यमा पक्कै पनि यो प्रविधि मानवश्रोत भन्दा महँगो हुन जान्छ । अझ अनियमित विद्युत अनि प्रस्तावनामा भनिएजस्तो सोलार प्रविधिको प्रयोगले खर्च अझै बढ्ने अनुमान गर्न सकिन्छ ।
त्यसैले भेन्डिङ मेसिनको सट्टा ठाउँ ठाउँमा पानी विक्रि केन्द्र बनाएर मानिसद्वारा पानि वेचिने हो भने पक्कै पनि यसबाट केही मात्रामा रोजगारको अवसर पनि बढ्ने थियो । साथै केही मात्रामा भए पनि सफ्टवेयर तथा प्रविधिमा नेपाली रकम विदेशिनुबाट वच्ने थियो ।
प्रविधिको निरन्तर र ज्यादा (उचित) प्रयोग र बिकाशले रोजगारी बधाउदछ नाकी घटाउदछ!
ठाउठाउमा मानिशाद्वारा पानि बेच्ने गर्नु भन्दा यदि उचित प्रयोग र प्रयोजन हुन सकेमा यसले ज्यादा रोजगारिता उत्पादन गर्दछ अनि श्रम (मतलब समय) बचत् गर्नु साथै सुद्दतामा प् अनि मान्छेले बेचेको पानि भन्दा बढी बिश्वाश गर्न सकिन्छ!
मान्छेलाई बेच्न लगाउदा पानि कतै गुदपाक पनि हुन सक्छ क्या!
अनि पनि को श्रोत के हो? तेंकर बाट आउने हो कि पाइप बाट? पैसा तिरेर लिनु भन्दा श्रोत बताई लेला नि, होस् पुर्याउनु होला !!!
i like it but you don’t need to speak in english. Are you tring to sell water to nepali people or English people.
हाहा. हो हो यसरि कनी कनी बोल्नु को आर्थ छैन . नेपाली मै बोलेको भय कति राम्रो सुनिन्थ्यो होला .
भिडियोको गति त यस्तो छ, प्रोजेक्ट कस्तो होला खै?
प्रोजेक्ट को हाल उ तेही १२ बर्से चुनाव हो कि कुनी के जाति संबिधान बनाउने रटान जस्तो होला !!!!!!जय होस् हामी जनताहरुको !!!!!!!!!!!!!
This kind of machine is already available in china with coin/cash payment.
Anyway best of luck to the person who initiate the process but pls take care of quality of water served.
यो योजना विदेश तिर पहिले देखिनै चलि आएको हो. अलि कति फरक mobile बाट sms पठाएर भन्ने छ. मोबिलेको नेत्वोर्क्नै राम्रो नचल्ने देशमा यो प्रविधिले राम्रो कम गर्ला र?
यो bhending machine को अवधारणा हामीले धेरै पहिले सोचेका थियोउ तर सामाजिक सुरक्षा अभावले रोकेका थियौं. जे होस् शुभकामना ..
दिर्घ कालिन पानीको लागि अब खोलो फर्काउनु को उपाय छैन काठमाण्डुमा | येस्ता छिट पुटे ब्यापारी बाट क्यान्सर लागेको मान्छेलाई डाबर को हज्मुला ख्वाए जस्तो मात्र राहत हुन्छ |
यहा मेलाम्चिले कसै लाई मन्त्रि बनायो ,महगो गाडी चढायो , धेरैलाई सपना देखायो , तर पनि मेलाम्ची सिन्धु पाल्चोक मै हरायो | काठमान्डू को भिड देखेर डरायो |
भन्नु पर्दा चै पानि जस्तो आधारभूत चिज लाइ नेपालि छोरा हरुले ब्यापर को बस्तु न बनाएर सित्तै मा ख्वाउन सकेको भए ये छोरो ले गर्यो भन्न पाइन्थ्यो |
नत्र अब त् उत्तानो ताङ्ग लागाएर ”यो देश मा म एउटा मानिस खोजि रहेछु भन्यो , पुइक्क पाद्यो बस्यो ”|
It is a very good initiation. I do not know how they will manage because the city is not well planned ( I mean not planned construction of town), but if they get success, it will be good. I am in Thailand now, and the government has provided ATM water machine, where 1 baht (equivalent to Rs 3) gives 1 L of water. It is treated by UV as well, so it is pure also and we depend upon that for drinking water purpose.
Poor lady, why she is having so much difficulty in speaking English? Why cannot this be made in Nepali language? Ki ramro bolne chownk lai rakha hoina bhane Nepali ma nai gare bhaihalyo.
she is not speaking, she is actually reading.
राम्रो कन्सेप्ट हो यो / मार्केट पनि लिन्छ यस ले अनि उपभोक्ता लाई पनि एकदम सजिलो हुन्छ अनि ठगिनु पनि पर्दैन /
Great thought and the innovation, perhaps its the new concept in our country and this things should be encourage in the coming days. But i have some delima about the security of the vending machine and the resources for the pure drinking water. In the video it has said that the Kathmandu valley needs more than 3 million liter drinking water per day and the supply is around 1.6 million liter per day. That means still 50 percent is the case to solve. and also she said the population is double after 3,4 years, which means they need some huge resources of water to fulfill the demand of the valley. Anyway good job guys nice concept hope it will be inspiration for other innovator.
यो त गजबको कुरा भो काकाकुल काठमाडौँ बासिका लागि | तर एसएमएस बाट पेमेन्ट गर्ने भन्ने बिषय अलि हिड्न नजान्ने दौडन खोज्ने जस्तो लाग्यो | बरु पहिला चरणमा सिक्का घुसाएर बोतल निक्लिने बनाएर तेस्को आधारमा अर्को चरणमा एस्तो अत्याधुनिक सिस्टम बनाउन सजिलो हुन्थ्यो कि ? अर्को कुरा कति शुद्ध, कहाँको पानि हो र कति सम्म लिन पाइने आदि के हुन् ? भारतले मंगल ग्रहमा अन्तरिक्ष्य यान पठाइसकेको अवस्थामा नेपालीले येति गर्न नसक्ने त अबस्यै होइन होला| फेरी यो पनि खुलाइएको छैन यो योजना कति बर्षमा आउने ? निजि स्तरको हुँदा चांडो आउला | आशा गरौँ भारतको यान मंगलको परिधि भित्र पुग्दा सम्म आउछ कि |
अति उत्तम idea . यो मात्र हैन काठमाडौँ र अरु ठुला ठुला सहर मा porta loo ठाउँ ठाउँ मा राख्न सकियो भने दिशा पिसाब को फोहोर हुने थिएन. कसैले एस मा पनि विचार गर्ने कि?
यस्तो मेसिनहरु शाङ्घाइमा टन्न छन. एसले पानि सुद्ध गर्दैन, अन्त बाट लियर राखेको पानि बेच्ने मात्र हो. यहाँ ५ लिटर १ युआन मा पाईञ्छ. जहाँ सम्म माइक्रोसफ्टको कुरा छ त्यो नेपाली ठंगने हावादारी गफ हो.
कुरा सुन्दा मिठो छ / बाकी त प्रयोग पछिको प्रतिफल नै कुर्नु पर्छ / पानी सफा हुनु पर्यो / यहाँ त सील गरियको मिनरल वाटरमा त लेदो हुन्छ / सोलार उर्जा को प्रयोग हुनु एकदम राम्रो कुरा हो /
एक दम सहि छ. नेपाल लाई अहिले यस्तै नया सोच भएका मान्छे चाहिन्छा. असफल वा सफल हुनु भनेको गौण हो, नया नया प्रोडक्ट ल्याएर ग्राहक लाई अप्सन दिनु ठुलो कुरो हो.
यो सिस्टम सायद मैले ७ वर्ष आगाडी देखेको थिए Kathmandu Medical College मा | H2O भन्ने कम्पनी ले राखेको थियो| तर तेती बेला चै coin सिस्टम थियो| तेस्को प्रयोग भन्दा पनि देरै दुरुपयोग भएको थियो| मान्छेहरुले coin हालेर तेतिकै पानी फालिदिन्थे | आशा गरौ आब आउने नया सिस्टम मा तेस्तो नहोस|