महँगो फोनका रुपमा आइफोनको विश्वव्यापी क्रेज छ। फोटो खिच्न र फोन गर्नमात्र उपयोग गरे पनि धाक देखाउन आइफोन चलाउने नेपालीहरुको पनि कमि छैन। आधा लाखभन्दा बढी पर्ने यो फोन हेर्दा जति आकर्षक देखिन्छ, त्यो बनाउन लाग्ने श्रमिकहरुको पसिना र उनीहरुको व्यथा झन् भयावह छ। केही अघि बजारमा आएको आइफोन फाइभ बनाउने क्रममा एक नेपाली श्रमिक कसरी यसका निर्माता एप्पलको जालमा फँसे, त्यसबारे एउटा खोजमूलक समाचार तयार पारेको छ ब्लुमबर्गको बिजनेस विकले। आउनुस्, त्यो समाचारको केही सारसंक्षेप पढौँ।
अमेरिकाको एप्पल कम्पनी आइफोनको डिजाइनर हो, निर्माता हैन। हरेक आइफोनको पछाडिपट्टी स्पष्ट रुपमा उसले यो लेखेको हुन्छ। अनि यो बनाउने काम चाहिँ विभिन्न कम्पनीहरुको आउटसोर्सिङबाट हुन्छ। एउटा त्यस्तै कम्पनी हो, फक्सकन। फक्सकनले विभिन्न आपूर्तिकर्ताबाट आइफोनका पार्टहरु पाउँछ। एप्पलको एउटा ठूलो आपूर्तिकर्ता सिंगापुरमा मुख्य कार्यालय भएको फ्लेक्सट्रोनिक्स इन्टरन्यासनल हो। यो कम्पनीको एउटा प्लान्ट मलेसियाको राजधानी क्वालालम्पुरको दक्षिणी औद्योगिक क्षेत्रमा पनि छ। हो, त्यहीँ पुगेका नेपालीको व्यथा हो यो।
त्यहाँ काम गर्ने श्रमिकहरुलाई रोजगारी दिने हैन, साँचो अर्थमा उनीहरुलाई बेचिने हो। दलालहरुले श्रमिकका परिवारसित चर्को शुल्क लिन्छन्, त्यसलाई तिर्न लिएको ऋण चुक्ता गर्न उनीहरुलाई वर्षौँ लाग्छ।
आइफोन फाइभ बनाउन फ्लेक्सट्रोनिक्सले काठमाडौँका चार दलाललाई ताकेता गर्यो, अगस्तको अन्त्य र सेप्टेम्बरको सुरुतिर। कम्पनीलाई आइफोनको क्यामेरा बनाउन १५ सय पुरुष अति आवश्यक भएको थियो। अति जरुरी। छिट्टै चाहियो। सार्प ह्युमन रिसोर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठका अनुसार उनीहरुले हामीलाई यी कामदारहरु अहिल्यै तुरुन्तै चाहिन्छ, आजै पठाउनु पर्छ भनेका थिए।
ट्रान्सवर्ल्ड म्यानपावरका प्रबन्ध निर्देशक आलोक थपलिया अर्का चार ब्रोकरमध्येका एक हुन् जसलाई यो काम गर्न लगाइएको थियो। उनी भन्छन् मलाई स्पष्ट निर्देशन थियो- श्रमिकहरुलाई शुल्क नलगाउनुस्, फ्लेक्सट्रोनिक्सले दलालहरुलाई भुक्तान गर्नेछ। तर थपलिया र अरु ब्रोकरहरुका अनुसार फ्लेक्सट्रोनिक्सले यति छिटो कामदार मगाए कि सबएजेन्टहरु बिना यो काम असंभव थियो। पैदलमात्र पुग्न सकिने गाउँबाट कामदार जो ल्याउनु थियो।
सरकारी अधिकारीलाई पनि दबाब !
म्यानपावरहरुलाई मात्र हैन, सरकारी अधिकारीहरुलाई पनि दबाब आएको थियो छिटो कामदार पठाउन। वैदेशिक रोजगार अनुमति प्रदान गर्ने विभागका सूर्य भण्डारी अनुमति छिटो प्रदान गर्न र सात दिनको अनिवार्य प्रतीक्षा अवधि हटाउन उनलाई दबाब आएको सम्झन्छन्। अहिले अवकाश पाइसकेका भण्डारी भन्छन्- उनीहरुले मलाई दबाब दिए। आइफोनका लागि ती श्रमिकहरु जरुरीरहेको र एप्पलका लागि ती श्रमिकहरु पठाउँदा नेपाललाई फाइदै हुने कुरा उनीहरुले बताएका थिए।
श्रमिकको खोजी अभियान २७ वर्षका विवेक दोङको मोबाइलमा ठोक्कियो। विवेक काठमाडौँको एउटा डेरीमा दूध प्याक गर्ने काम गर्थे। भर्खर जन्मिएकी छोरी हुर्काउने खर्च पनि उनको काँधमा थपिएको थियो। उनलाई लाग्यो, यो फोनले उनको जीवन बदलिदिनेछ।
अविरल वर्षाले पुर्ख्यौली घर भत्काएपछि दोङ काठमाडौँमा बाँच्नका लागि लभ म्यारिज गरेकी पत्नी सलोमीसँग संघर्षरत थिए। विदेशमा राम्रो काम मिलाइदिन्छु भन्ने दलाललाई उनले २५० डलर तिरेका थिए। त्यो दलालले सरकारमा दर्ता भएको ब्रोकरसँग सम्पर्क गराइदियो। दोङले त्यहीँ आफ्नो पासपोर्ट छाडे र पर्खाइमा बसे। अक्टोबर १४, २०१२ का दिन उनको मोबाइलमा फोन आयो। उनलाई तीन घण्टामा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न र ५०० डलर बराबरको रकम बोकेर आउन भनियो। ५०० डलर भनेको उनले डेरीमा काम गरेवापत् पाउने छ महिना बराबरको तलब थियो। यति छिट्टै त्यति धेरै रकम बोकेर, सामान प्याक गरेर हिँड्न सजिलो थिएन। त्यसैले ब्रोकरले दोङलाई जति छ त्यति पैसा बोकी कार्यालय आउन भन्यो। भोलिपल्ट उनी एयरपोर्टतिर लागे। दोङ र उनकी पत्नीले स्थानीय साहूबाट ३५० डलर जति ऋण लिए। सबै दलाललाई बुझाए र भने, यत्ति हो मसित भएको पैसा। दलालले सबै पैसा लियो र दोङलाई अर्को एजेन्टसित भेट्न भन्यो। यो तेस्रो दलाल थियो उनको लागि।
दाह्री काट्ने मेसिन, एक जोडी फेर्ने लुगा, भर्खरै इसाई धर्ममा परिवर्तन भएकाले नेपाली र अङ्ग्रेजी भाषाका दुई बाइबल र परिवारको तीन वटा फोटो ब्यागमा राखेर उनले विदा माग्दै गर्दा श्रीमती रुँदै थिइन्। नवजात छोरी र मायालु श्रीमतिलाई छाडेर माइक्रो बस चढेर उनी पुगे एयरपोर्ट जहाँ उनको पासपोर्ट बोकेर बसेका थिए तेस्रो दलाल। उसले पनि पैसा माग्यो। अब कहाँ पाएर दिनु! जेनतेन ऋण लिएको पैसा त्यो दोस्रो दलाललाई बुझाइसकेका थिए। त्यसो भए कागज गर त- ४०० डलर बराबरको रकम तिर्छु भनी। उनले सहीछाप ठोके। त्यसो नगरेको भए जागिर पाइँदैन थियो नि त।
काम नपाउँदै हजार डलरको ऋण
र, यसरी मलेसिया नपुग्दै, काम पनि सुरु नहुँदै उनी हजार डलर अर्थात् एक लाख रुपियाँ ऋणमा परिसकेका थिए। अनि तपाईँहरुले याद गर्नुभयो नि, नेपाली लुट्ने अरु कोही नभएर नेपाली नै थिए। तीतो सत्य !
दोङले सहीछाप ठोकेपछि पासपोर्ट र अरु कागजात पाए। उनीसित पैसा असुल्ने सबै दलालहरुले पैसा तिरेको कुरा अरुलाई कहिल्यै नबताउन भनेका थिए। कसैलाई भन्यौ भने तुरुन्त नेपाल फर्काइनेछ अनि जरिवाना असुली सजाय पनि दिइने भन्दै तर्साइएको थियो।
त्यही दिउँसो उनी जीवनमै पहिलो पल्ट प्लेन चढे। त्यही विमानमा फ्लेक्सट्रोनिक्सका लागि थप ४१ जना उडिरहेका थिए। अक्टोबर १५ मा उनीहरु क्वालालम्पुरमा अवतरण हुँदा फ्लेक्सट्रोनिक्सका प्रतिनिधिहरुले एयरपोर्टमै लिन आए। उनीहरुको पासपोर्ट बटुले र एउटा बसमा राखेर सहरको दक्षिणी भागमा लगे। गगनचुम्बी भवनमा उनीहरुको आवासको व्यवस्था मिलाइएको थियो।
अक्टोबरको अन्त्यसम्ममा क्यामेरा बनाउने काम पूर्णस्तरमा सुरु भयो। दोङ र अरु श्रमिकहरु डे सिफ्टमा काम गर्न एकाबिहानै पाँचै बजे उठेर तयार हुन्थे र फ्याक्ट्री लैजाने बसहरु चढ्न लाम लाग्थे। सात बजे फ्याक्ट्री पुग्न ट्राफिक जामका कारण एक घण्टाभन्दा बढी समय लाग्थ्यो। प्लान्टमा पुगेपछि प्रत्येक बिहान दोङले टाउकोदेखि खुट्टासम्म ढाकिने सेतो लुगा लगाउनु पर्थ्यो। कपासको मुकुन्डोले उनको अधिकांश अनुहार छोपिन्थ्यो। ब्रेकको बेला बाहेक दोङ र अन्य श्रमिकहरु १२ घण्टे सिफ्टमा त्यो कृत्रिम प्रकाशको उज्यालोमा एकोहोरो काममा दलिनु पर्थ्यो।
भियतनाम र इन्डोनेसियाका पनि करिब ३ हजार महिला त्यहाँ काम गर्थे। तर नेपालका म्यानपावर एजेन्टहरुका अनुसार नेपाली श्रमिकहरुसित उनीहरुको सम्पर्क हुँदैन थियो। दोङ र अरु नेपाली श्रमिकहरुका लागि १२ घण्टे सिफ्टका लागि तलब प्रति महिना जम्मा १७८ डलर हुन्थ्यो। यो नेपाल सरकारले मलेसियामा काम गर्ने नेपाली श्रमिकहरुका लागि तोकेको न्युनतम ज्याला हो।
क्यामेरा बनाउने काम अर्कैले गर्थे। दोङको काम त्यसलाई टेस्ट गर्ने थियो। लेन्स ट्रेहरुमा आउँथ्यो उनले त्यसलाई एउटा मेसिनमा राखेर अलाइनमेन्ट, फोकस र अरु कुरा चेक गर्थे। एउटा कम्प्युटरले उनलाई प्रत्येक लेन्स स्वीकार गर्ने कि अस्वीकार गर्ने बताउँथ्यो। अस्वीकार गरेको भए स्क्रिनमा एक दर्जनभन्दा बढी फेल कोडहरु स्क्रिनमा देखाइन्थ्यो। व्यस्त दिनमा उनले प्रति मिनेट करिब चार वटासम्म लेन्स टेस्ट गरे।
नोभेम्बरमा दोङ र अरु श्रमिकहरुले अस्वीकार हुनेको संख्या बढ्दै गएको देखे। महिनाको अन्त्यसम्ममा उत्पादन एकदमै कम भयो। नेपालका म्यानपावर कम्पनीका एजेन्टहरुका अनुसार उनीहरुलाई डिसेम्बर १९ मा क्वालालम्पुरमा बैठकका लागि बोलाइयो। उनीहरु फ्लेक्सट्रोनिक्सका लागि काम गर्ने मलेसियन स्टाफिङ एजेन्सीका कार्यालयहरुमा गए। त्यहाँका अधिकारीहरुले भने कि एप्पलले प्रत्येक १० वटामा ७ वटा क्यामेरा अस्वीकार गरिरहेको छ। त्यसैले उत्पादन बन्द गरिँदैछ। दोङ र अरु नेपाली श्रमिकहरुलाई भने किन आफूहरुको काम बन्द भयो भन्ने बारे केही पत्तै थिएन। उनीहरुलाई आवास क्वार्टरमा पठाइएको थियो। २० दिनभन्दा बढी भइसकेको थियो उनीहरुले केही पनि थाहा नपाएको।
जागिर खुस्कियो
जनवरी १० मा फ्लेक्सट्रोनिक्सका अधिकारीसहित दर्जनौँ प्रहरी यी कामदारहरुको आवास रहेको ठाउँमा आए। उनीहरु सबैलाई त्यो गगनचुम्बी भवनको आँगनमा भेला पारे। अनि माइकमा फुकेर उनीहरुलाई भनियो कि तिमीहरुको जागिर सकियो, अब तिमीहरुलाई घर फर्काइनेछ। सबैले एउटा एउटा पत्र पाए जसमा भनिएको थियो- अहिले चलिरहेको आर्थिक मन्दीका कारण कम्पनी बन्द गर्न बाध्य भएका छौँ। जबकि कम्पनीको उत्पादन प्रक्रिया र एप्पलले उत्पादन अस्वीकार गरेका कारण कम्पनी बन्द हुँदै थियो। ती तीन हजार महिला श्रमिकलाई पनि बर्खास्त गरियो।
अर्को चिठीमा उनीहरुलाई जनवरीको बाँकी दिनहरुका लागि पनि तलब दिइने र थप एक महिनाको पनि तलब दिइने लेखिएको थियो। अर्थात् प्रत्येकलाई कूल ६ सय डलर। कम्पनीका अनुसार यो मलेसियाली कानुनले दिनुपर्ने भनी तोकेको रकमभन्दा बढी हो। बिचरा दोङ, यही कामका लागि लिएको ऋण तिर्दैमा उनको रकम सकिसकेको थियो। र त्यही काम पनि आज गुमेको थियो।
अनिश्चितताका दिनहरु लम्बिएर हप्तामा परिणत भए। दोङ र अरुहरुको भिसाको म्याद सकियो तर उनीहरु घर फर्कन पाएका थिएनन्। अब उनीहरु गैरकानुनी भएका थिए। होस्टलबाट बाहिरिए उनीहरुलाई कुनै पनि बेला गिरफ्तार गर्न सकिन्थ्यो। दोङले भने हामी अब इलिगल भएका छौँ त्यसैले कतै नजाने निर्णय गरेका छौँ। त्यसै पनि मलेसियाली पुलिसको आप्रवासीहरुप्रतिको व्यवहार ठीक हुन्न, लिगलै भए पनि। बाहिर जाने हिम्मत गर्नेहरुका अनुसार प्रहरीले उनीहरुसित घुस लिएर छाडिदिए।
हरेक दिन उनीहरु घर जाने फ्लाइट वा नयाँ कामको आशामा हुन्थे। केही भने फुटबल खेलेर समय बिताउँथे। केही पाइरेटेड डिभिडी चक्काबाट हिन्दी फिल्महरु दोहोर्याइ तेहेर्याइ हेर्थे। स्थानीय टेलिभिजन सँधै अन हुन्थे तर अधिकांशले त्यहाँको भाषा बुझ्ने कुरै थिएन।
पैसा सकियो, खानेकुरा सकियो
अब उनीहरुको पैसा सकिन थाल्यो, खानेकुरा सकिन थाल्यो। नजिकैको रेस्टुरेन्टबाट उधारोमा खान थाले। तर जब मालिकले उनीहरु त जागिर खोसुवामा परेका भनेर थाहा पाए, बन्द गरिदिए। अब भोकको राज चल्यो। दोङका अनुसार गगनचुम्बी भवनका झ्यालहरुबाट आफ्ना साथीहरु कराएको र चिच्याएको आवाज उनी राति सुन्थे। जनवरीको अन्त्यसम्ममा राइस फ्लेक मात्रै खानेकुरा थियो उनीहरुको कोठामा।
फेब्रुअरीको सुरुसम्ममा सबै आशा निराशामा परिणत भए। सबैसँग पैसा र खानेकुरा सकिसकेको थियो। २७ वर्षका हिक्मतप्रसाद काफ्ले भन्छन्, हामी डरायौँ। हामीलाई लाग्यो कि हामी सबै यहाँ सँगै मर्दैछौँ। अरु धेरैले पनि सुनाए कि कयौँ दिनसम्म उनीहरुले खान पाएनन् र च्यारिटीको भरमा बाँच्नु पर्यो।
कुकुरसरह व्यवहार
पूर्वी नेपालमा श्रीमति र दुई छोरा छाडेर आएका ३० वर्षीय रमेश कुमार पराजुली रिसाउँदै भन्छन्, उनीहरुले हामीलाई कुकुर सरह व्यवहार गरे। भोकै मर्नु थियो त हामी आफ्नै देशमा मर्थ्यौँ नि। दोङले फोनमा ब्यालेन्स जोगाउँदै श्रीमतीसित कम कम कुरा गर्दै रहे।
फेब्रुअरीको पहिलो साता सकिँदासम्म डर र भोक आक्रोशमा बदलियो। केही केटाहरुले झ्याल फुटाइदिए। केहीले दोङभन्दा माथि छैटौँ र सातौँ तल्लाबाट टेलिभिजन तल फ्याँकिदिए। पुलिस आउने नै भयो। पुलिसले उनीहरुलाई समातेर लानुको साटो कम्पनीलाई खाना पठाउन आदेश दियो। आवासका म्यानेजर रघनाथु राव अप्पलानाइडु एक मलेसियाली थिए। उनका अनुसार उनले पुलिससँग कुरा गरेर उनीहरुलाई स्वदेश फर्काउने प्रक्रिया द्रुत बनाए।
कम्पनीले रेडिमेड खानेकुरा त्यहाँ पठाउन थाल्यो तर धेरैजसो पोखिएर खेर गइसकेका हुन्थे र कहिल्यै सबैलाई पुग्दैन थियो। फ्लाइट पनि सुरु भयो। दोङ मलेसिया छाड्ने अन्तिम मध्येका थिए। यो समाचारका लागि अन्तर्वार्ता लिइएका सबै श्रमिकहरु जस्तै उनले पनि आफ्नो पासपोर्ट एयरपोर्ट जाने बेला मात्रै पाए। त्यसमा एक दिने विशेष पासको स्टायम्प लगाइएको थियो।
नेपाल त फर्किए। तर धेरै श्रमिकहरुको ऋण तिर्नै बाँकी थियो। कसैले ऋण त चुकाए तर महँगो मूल्यमा। दोङकै फ्लाइटमा मलेसिया उडेका ३१ वर्षीय किसान कृष्णप्रसाद पौडेलले ऋण र ब्याज तिर्न आफ्नो जग्गा बेचेको बताए। अब जीविका कसरी चलाउने थाहा छैन। कम्तिमा अरु चार जनाले पनि त्यसै गरेको बताए।
दोङले काठमाडौँको जुत्ता फ्याक्ट्रीमा काम पाएका छन्। उनी दिनको ३ डलर कमाउँछन्। त्यसका लागि १२ घण्टा काम गर्नुपर्छ। मलेसियामा पाउने भन्दा आधा कम रकम हो यो। महिनामा ९० डलरभन्दा कम कमाउँछन् उनी तर वार्षिक ३०० डलर ब्याज तिर्नुपर्छ। यसको मतलब वार्षिक आम्दानीको एक तिहाइ रकम ब्याज तिर्दैमा जान्छ। यो ब्याज त्यस्तो कामका लागि थियो, जुन कामबाट उनलाई निकालिसकिएको छ।
उनी मात्र हैन, फ्लेक्सट्रोनिक्सका लागि काम गर्न गएका ४० भन्दा बढी नेपालीहरुले एप्पलको सप्लाइ चेनमा काम गर्न जानुभन्दा अहिलेको अवस्था झन् खराब भएको अन्तर्वार्तामा बताए।
बच्ने उपाय के त ? दोङ र उनकी श्रीमतीका अनुसार एउटै उपाय छ। थप ऋण लिने र विदेशमा अर्को काम गर्ने। मलेसियाबाट फर्किएका अरुले पनि त्यस्तै गर्ने बताए। तर दोङ डराएका छन्। उनी पहिल्यै ऋणमा छन्। अहिलेसम्म त्यसको ब्याज तिरिरहेका छन्। –ब्लुमबर्ग एडम सटारियानोका साथमा क्याम सिम्पसनको रिपोर्टिङको सारसंक्षेप
सरकारलाई मात्रै के दोष दिने ? ठाउँ पिछे पैसा लिने दलालहरुलाइ कारबाही गर्नु पर्छ | अनि दिने मान्छेको पनि दोष छ | पैसा माग्दैमा दिनै पर्छ र ! लुट्नेले पायो भने त लुट्ने प्रयास गरिहाल्छ नि !
मैले माइ संसारको प्रत्येक चोटिको बैदेशिक रोजगारमा दुख पाएको नेपालीहरुको लेखमा सदैव नेता र सरकारलाई दोष दिएकोछु आज पनि दोहराउन चाहन्छु यी सबै कारण दैत्य नेताहरुले गर्दा हो ,, यी सालाहरुले देश नबिगारेको भए आज ति बैदेशिक रोजगारमा जान नि पर्ने थिएन र जानेहरुले यी दुख पाउने नै थिएन र माइ संसारले दुखभरि लेख लेख्नु नि पर्ने थिएन !!!
हिजो एउटा राजाले देशमा मनपरीतन्त्र गरेको थियो भने आज सात जना बाहुनले नेतृत्व गरेको बाहुनबादी राजनीतिक दल कांग्रेस,एमाले,माओबादिहरुको प्रजातान्त्रिक समाजबाद,बहुदलिय जनबाद र सर्वहाराको नेतृत्व गर्छु भन्ने खाओबाद्हरुको मनपरीतन्त्रको उपज र उपलब्धि हो !चोर डाँका फटाहा दलालहरुले आफ्नै देशको सिधा साधा सोझा,गरीव दाज्युभाई दिदि बहिनीहरुलाई ठगेर जिन्दगि नै बर्बाद गरेको छ !
हे हे बाहुन चाही नभनी हालुम. यो देश ६०% बाहुन छेत्री ले भरिएको छ . र विदेश गएर दुख पाउने मा पनि बाहुन छेत्री र अरु समुदाय विच त्यहि अनुपात लागु हुन्छ. बाहुन छेत्री चाही गर्भ मै सुख पाउन लेखेर आउने होइनन . माथिको समाचार मा दुख पाउने मूल पात्र दोङ्ग थर का पक्कै पनि होलान तर त्यहि समाचार मा दुख पाउने मा पराजुली र पौडेल थर का पनि छन् . दुख भन्न चिज ले कुनै जाती विशेष हेर्दैन . दुख जसलाई पनि पर्छ . तर सरकार को पनि कुनै जात हुदैन. सरकार को नेत्रित्वो मा कुनै बाहुन समुदाय को मानिस छ भन्दैमा बाहुन हरु लाइ आछेप नालागाउँ. विदेश मा काम दिने कम्पनी ले हाम्रो जात हेर्दैन . बाहुन छेत्री को जिम्मा लिनु पर्छ बाकि सबै जात बाल मतलब भन्दैन . बाहिर दुख पाउने नेपाली ले नेपाली को रुप मा दुख पाउने हुन् बाहुन अथवा राई को रुप मा होइन. र rahyo मनपरीतन्त्रको कुरा खान पाएपछि यहा सबैले खान्चन मिलेमतो मा. येसरी हेर्दा कुनै पनि जाति अछुतो छैन . तेसैले कुनै पनि जाति विशेष लाई आछेप नलगौम.
Who are to be blamed to this kind of crisis? According to above story its better off being in the country rather than with all those hustle and flow in the foreign land. Our oppurtunity cost is far better being in our own country . And if we can borrow all those money for nothing ;obviously the money can be used to do something . Government beurocrats lawyers agencies have to cooperate so the money is well spend in our own land .
साथी हरु ले बुज्न जरुरि छ, राम्रो कम्पनी ले कहिले पनि visa / Air Ticket को पैसा लिदैन /माग्दैन पनि, manpower लाई उल्टै पैसा दिए को हुन्छ १ जना बराबर $२५०.
नेपालीहरु बिदेस जाने भनेपछि जति पैसा तिर्न पनि पछि पर्दैन/
अझ जति धेरै पैसा तिर्छ काम तेती नै राम्रो हुन्छ, कम पैसा पर्ने काम र कम्पनी राम्रो हुदैन भने सोच गर्छ/ विचराहरुलाइ यो थाहा छैन कि राम्रो कम्पनी मा फ्री भिसा फ्री टिकट हुन्छ भनेर/
हुनत प्रत्यक्ष रूपमा एप्पल यसमा सामेल नभए पनि, अप्रत्यक्ष रूपमा मुल कारक एप्पल नैं हो । मजदुर श्रोषण र शून्य रिस्क सायद एप्पल धनी हुनुको एउटा कारण हो कि ! प्रोसेस वा सिस्टम फेलको प्रभाव त एप्पललाइ परेन नि ! मजदुरलाइ पो पर्यो त । तर विजनेश जहाँ रिक्स हुन्छ, त्यो त एप्पलले पो गरेको हो त, मजदुरलाइ त्यो रिक्सको भागिदार बनाइनु हुन्न नि !
त्यसैले अप्रत्यक्ष रूपमा मजदुर श्रोषण भएको कुरामा एप्पलको ध्यानाकर्षण गराइनु पर्दछ । उच्च स्तरका उपभोक्ताहरू प्राय यस्ता कुरामा सम्वेदनशील हुन्छन्, यी कुरा उपभोक्तासम्म पुग्यो भने एप्पलले प्रयोगकर्ता गुमाउन सक्छ । त्यसैले यो कुरा एप्पलसम्म पुग्यो भने पक्कै पनि एप्पल सचेत, सम्वेदनशिल अनि उत्तरदायी वन्ने थियो कि !
मलाई एउटा Kura चै थाहा छ Ki हामी Nepali हरुले बिदेशमा गएर गर्ने जति दुख नेपालमा गर्नेभए, त्यो मलेसियामा गएर १२ घण्टा लाबोर काम गरेर कमाउने भन्दा बढी कमाउन सक्छन /
नेपालको राजनितिक अवस्था घिन लाग्दो त छ Tara त्यो भन्दैमा aafnai पाखो बारीमा घास लगाएर १० वोटा बाख्रा पालना चै कुनै राजनीतिले रोक्दैन / दलालहरुले थग्छन , मलेसिया , अरबमा कमाइ हुदैन भन्ने सबैलाई थाहा छ फेरी किन तेही कुराको पछि लागि रहन्छौ hami? K हाम्रो आत्मा सम्मान छैन? के हामीलाई आफ्नो ठाउमा दुख गर्न लाज lagchha? जबकी हामि बिदेशमा जस्तो सुकै पनि काम गरेर दललाई धनि बनाउछौ ! मलाई गालि नगर्नुहोला तर नेपालमा केहि पनि नभएको सडक छाप विदेश Jana सक्दैन , न त उसलाई कसैले ऋण नै दिन्छा / Jo बिदेशमा गएर ठगिएको छ , उसको नेपालमै पनि केहि गर्नेक्षमता थियो / हामीले सपना देख्दा आफु संग भएको खुबी अनुशारको सपना देखौ, आगो भन्ने थाहा भैसके पछि फेरी बहादुर बनेर त्येसमा हामफालेर नामोरौ / नेपालीको जय होस्, भगवान्ले सद बुद्दि देऊन !!!
यसमा हाम्रो सरकारको भूमिका के?
एप्पलले आफुलाई बीमा गरेर अनि वकिल लाएर आफुलाई कानुनी तरिकाले श्रम शोषण बाट बच्न दुनियाभरिका क्लज लगाएका होलान| तर फाइनल प्रोडक्ट का मालिक र बिक्रि गर्ने एप्पलले हो|
केही बर्ष अघि इन्डोनेसियामा बनाईने NIKE जुत्तामा बाल श्रम प्रयोग गरेको र श्रम शोषण गर्दा मेडियाको सहायताले विश्वभरी हंगामा मचिएको थियो| यसरि गैर कानुनी तरिकाबाट रोजगारमा उद्यत गराएका र छुटाएका बारे पनि मेडियामा आउँन आवश्यक छ| कारखाना बन्द भए पनि तलब भत्ता निश्चित समय सम्मका लागि दिन पर्ने हो|
आईफ़ोनमा श्रम शोषणको दुर्गन्ध भन्ने शीर्षक भए उचित हुने थियो होला|
हाम्रो नेपालमा कोई माई का लाल यस्ता वकिल होलान जसले आई एल ओ मार्फत कानुनी पेशकस गर्न सक्लान? कि सबै “खाते पिते आफ्नै भाई लुटे” वकिलहरु मात्र छन्?
बार एसोसिएसनलाई के ले बार लाएको छ?
मेडिया र कानुनी दुवै फ्रन्टमा यो युद्ध लड्न पर्छ|
देशको अर्थ व्यवस्थालाई बचाई राख्ने रेमिट्यान्स ल्याउने बिदेशी रोजगारमा भएका मेहनती दाजु भाई दिदि बैनी हरुको पीडा कहिले सम्म सुनेर पनि निवारण प्रति नलाग्ने| खालि दुर्भाग्य भन्दै खोपडीलाई दोष दिएर मात्रै पुग्दैन| केही गर्नपरो तब पो समाधान तिर गईन्छ|
हाम्रो देशमा सबै मानिस नराम्रा पक्कै होइनन, निक्कै राम्रा-असल मानिस हरु छन् हाम्रो देशमा तर उनीहरु मध्ये अधिकांश कुनै न कुनै कारणले केहि पर अथवा हरेक आम नागरिकको चासो-दैनिक सम्पर्कको कार्यसंग नजिक छैनन ! हरेक दैनिक सम्पर्कका सरकारी देखि अन्य व्यवसायिक क्षेत्रका कर्मचारी र व्यवसायीले आफु पानी माथिको ओभानो बन्ने पुर्व चतुरांइ गरेर आफु मातहतमा हुने कामहरु दलाललाइ अघोषित रुपमा मौन समर्थन गरेर दलाल मार्फत नै चलाएका छन् ! सरकारी कार्यालयका हरेक क्षेत्रका काम त लगभग दलालको संजालमा मात्र सम्भव छ भन्दा फरक नपर्ला ! हामीलाई अब असल नेतृत्व दिन सक्ने राष्ट्र प्रमुख चाहिएको छ, उ संलग्न दल कुन र के भन्ने हाम्रो प्राथमिकता हुने छैन ! जसले अहिलेको यो चरम अराजक स्थितिलाई नियन्त्रण गर्न केहि तानाशाह नै बन्नु परे पनि बन्ने शाहस गरोस, राज्यको अधिकांश बजेट शिक्षा र स्वास्थ्यमा पूर्ण अनुगमन पुर्वक लगानी गरोस र पहिले प्रशासन,व्यवसाय अनि राजनीतिका दलाल लाइ कठोर सजायको व्यवस्था र कार्वान्वयन गरोस !!!
खल्ती को पैसा निकालेर बिल गेट्स ले नि लु बाबु तिर भन्दैन – आफ्नै छोरो लाइ नि !
दोङ्ग जी ले आफ्नै रिस्क मा लिएको हो ! आफ्नै रिस्क मा गएको हो ! ऋण लिनु भन्दा अगाडी र विदेश जानु भन्दा अगाडी धेरै कम नेपाली ले त्येश को फाइदा र बेफाइदा केलाउछन ! यो रोग र प्रबिर्ती हो ! मेरो विचार मा केहि गर्न सकिन्न !पहिल्लयेयि सजग नभएर जब बाघ होइन हरिण बनिन्छ भने – म येस्ता कुरा लाइ कसरि लिन्छु भने हरिण को बथान मा बाघ ले आक्रमण गर्दा – कुनै एक वा दुइ पर्छ ! हो जिन्दगि हरिण हो – नियति बाघ हो ! खायो सकियो – खाएन र बचियो भने भोलिको आहारा हो !
यो समाचार नेपाल क अरबपति भनौदा हरु को इमेल मा पठादेउ न केहि सहयोग त गर्दैनन् देश र गरिब वर्ग का लागि तर आफुलाई फोर्ब्स लिस्ट मा राख्न भने खुब मन पराउञ्छन I
सिधा सोझा नेपालीहरुलाई पहिले पहिले साहुले १०० रुपिया ऋण लिंदा सुन्न थपेर ब्याज को स्याज थपेर कहिल्यै उठ्न नसक्ने बनौन्थ्यो/ अहिले मानब दलाले उन्स्तई बनाउदै छ / औफ्ने passport लिन लाइ ४०० dollar दिनु पर्ने, अनि कसैलाई भने धम्कि दिने / ये बाबा चुनाब आउंदै छ, कोहि छैन यसको सुनुवाई गर्ने ( मुख ले मात्रा होइन). त्यो दलाल लाइ उजुरी गरेर सबैको पैसा फिर्ता गराउने, अनि त्यति नै पैसा जरिमाना गरेर जेल ठोक्न सकिन्दैन /
अनि, अर्को कुरा नेपाली कामदार को कथा विश्व का पत्रकार हरुको लागि ” special topic ” बनेको छ/ के यसले पीडकको समस्या मा सुधार आएको छ? नेपाली लै सोषण गर्न सजिलो छ भनेर अन्य देशमा संदेश मात्र गएको त छैन?
दुर्भाग्य!
अरुलाई दोष दिनु भन्दा आफ्नै दुर्भाग्य मानिलिनु उचित ठान्छु म त!
जब मान्छेलाई दुर्भाग्यले घेर्न थाल्दछ अनि यस्तै नानाथरि संयोग आफै मिल्दै र मिलाउदै जान्छन! ठग्निले ठग्छन पनि र नठगेपनि हानिमा भाशिन्छन!
आशा र कामना गरौ यी दुर्भाग्यले छिटै छाडेर शान्ति र शम्ब्रिद्दि दिनेछन समयले छिटै सबैलाई!
जिवनमा केहि पाउन केहि गुमाउनु पर्छ जोखिम लिनु सक्नु पनि पर्छ अनि हरेस खानु हुन्न !
जे जति गुमेको छ तेसलाई दशा कटायको मानि लियर कसैलाई दोष दिनु भन्दा यस्तै यस्तै साथि हरु मिलेर सामुहिक कोशिस गर्दा राम्रो होला!
मेरो शुभ-कामना छ सबै लाइ!
दले हरु लाई सजाए दिन हाम्रो सरकारले सक्दैन …. नत नेपाल मा रोजगार दिन नै सक्छ ,,,,,, बिकम्बा सरकार कै कारणले सबै नेपालीले दुख पाई रहेको छ , कहिले होला परिबर्तन ?
नेपाली – अभागी खप्पर जता पनि ठक्कर
अभागी नेपाली होइनन साथि नेपाली हरु को सोच चै हो
This is the hidden and true part of the modern globalized world. We talk about the modern and developed society but how we can say without treating other human beings as like us. This is not only the case of apple, there are many giant companies who has the same supply chain and they don’t care or pretend to be unknown nor we do as a buyer. There are few hundreds money holder who holds the world economy consequently there are billions of Dhong in this world. I have another video linked here about the same case.
http://www.youtube.com/watch?v=v3WbztsqScw