Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावमा सिरुपाते खुकुरी?

Posted on November 7, 2013 by Salokya

निर्वाचन आयोगको आचार संहिताले भन्छ- चुनावमा हतियार बोक्न र प्रदर्शन गर्न हुँदैन। गृह मन्त्रालयले पनि हतियार बोके कारबाही गर्ने सूचना निकालेको छ।

तर निर्वाचन आयोगकै चुनाव प्रचार सम्बन्धी विज्ञापनले बारम्बार जनतालाई सोधिरहन्छ- सिरुपाते खुकुरीमा लाहा छ कि छैन ?

भन्न खोजेको त चुनावमा भोट हाल्न जान लाहा हालेको सिरुपाते खुकुरी बोकेर जानु पर्छ है जस्तो सुनिन्छ। भन्ने मात्र हो र, विज्ञापनमा कम्मरमा भिरेको खुकुरी देखाइन्छ पनि। नेपालका सबैजसो टेलिभिजन च्यानलहरुमा बारम्बार बजिरहेको विज्ञापन हो यो।

हे, सिरुपाते खुकुरीमा लाहा छ कि छैन ?
देउसी रे !
हे, मतपत्र दुइटा हुन्छ थाहा छ कि छैन ?
देउसी रे !

हेर्नुस् विज्ञापनको झलक-

यसपालि तिहारपछि चुनाव हुने भएर निर्वाचन आयोगलाई प्रचार गर्न खुबै सजिलो भा’को छ। देउसीको तालमा प्रचार सामाग्री बनायो, बजाउन दियो। घोडा बाँध्ने तबेला, हाम्लाई भयो अबेला…छानामाथि घिरौँला, के के दिन्छ हेरौँला… जस्तो भट्याइन्छ यतिबेला। तबेलाको सम्बन्धै हुन्न अबेलासित। घिरौँला बिचरालाई के के दिन्छ किन हेरिरहनु पर्थ्यो! त्यसो भन्दैमा