परिवर्तन
चुनाव हुन्छ हुन्न भन्ने निश्चितता नभएपनि चुनाव भएमा त्यसको परिणामले सबैभन्दा फाइदा राप्रपा नेपाल अर्थात् राजतन्त्र (गणतन्त्र विरोधी), संघीयता विरोधी र जनयुद्ध तथा २०६२/०६३ को आन्दोलन नस्वीकार्ने समूहको हुनेछ भन्ने कुरामा कुनै शङ्का छैन। अहिलेको सामान्य आँकलनले राप्रपा नेपालले २० देखि ३० वटा समानुपातिक सिट जित्ने अनुमान गर्न सकिन्छ चुनावसम्म त्यो संख्या बढ्न पनि सक्छ। यदि राप्रपा नेपाल र यस्तै अन्य केही साना दलहरूको सिट संख्या एक तिहाई पुग्यो भने परिवर्तित सन्दर्भमा संविधानका कैयौं धाराहरू पारित गर्नका लागि आवश्यक दुई तिहाई मत पुग्दैन र संविधान बन्दैन। दोस्रो चुनाव मार्फत् पनि संविधान बनेन भने वा बन्यो नै भने पनि जनयुद्ध र जन आन्दोलनका भावना विपरित गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदिमा पक्कै सम्झौता हुनेछ यसरी सम्झौतामा आधारित संविधान बन्यो भने प्रचण्डले नेतृत्व गरेको जनयुद्धले मात्र होइन गगन थापा, नरहरि आचार्य, योगेश भट्टराई, रामकुमारी झाँक्रीको सकृयतामा भएको २०६२-०६३ को परिवर्तनको नारा र गणतन्त्रले पनि हावा खानेछ।
माधव नेपालले संघीयता वाध्यताले स्वीकारेको हो भने पनि वा लक्ष्मण घिमिरे लगायतले राजतन्त्र फाल्नु गल्ति हो भने पनि ४ पार्टी संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरण लगायत कतिपय विषयमा धेर-थोर सहमत थिए र उनीहरू एकै ठाउँ थिए। तर यी पार्टीहरू माझ नै परिवर्तनका एजेण्डा मन नपराउनेहरूको बाहुल्यताले गर्दा एउटाले अर्कोलाई खुइल्याउने प्रयास यति व्यापक भयो कि त्यसले जनतालाई यी परिवर्तनहरू गलत हो भन्ने सन्देश नै दियो। गणतन्त्र, संघीयता, धर्म निरपेक्षता हाम्रो पनि चाहना हो भनेर कांग्रेस, एमालेले भित्रैदेखि नस्वीकार्दा त्यसको सबै जस माओवादीमा गयो। माओवादी नै यी सबै परिवर्तनको कारक र उसले मात्र चाहेको अर्थमा बुझाउन थालेपछि माओवादीले पनि सबै परिवर्तनको जस लिदै गयो र आफूलाई परिवर्तनको ठेकेदार ठान्यो। तर यसको प्रभाव भने उल्टो पर्यो। माओवादीको आफ्नै लोकप्रियता खस्किरहेको अवस्थामा परिवर्तन नचाहने मिडियाका ठालुहरू, कर्पोरेट जगत, कर्मचारीतन्त्र, पार्टीभित्रकै परम्परागत शक्तिहरू, काठमाडौंका Ngoमा हालीमुहाली जमाएका मध्यमवर्गीय चरित्र बोक्ने कथित पठितहरूको चर्को आलोचनासँगै माओवादी आवश्यकता भन्दा धेरै बदनाम भयो र खास क्षेत्र तथा वर्गका लागि अस्वीकार्य बन्यो। यसरी माओवादी बदनाम हुँदै गर्दा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत सबै परिवर्तनका एजेण्डाहरू पनि सँग-सँगै बदनाम हुँदै गए। यहाँ माओवादीका कमी कमजोरीका विरूद्ध जानुहुँदैन भन्ने होइन तर एकातिर राजतन्त्र, संघीयता वा धर्मनिरपेक्षता हामीले चाहेको होइन सबै माओवादीलाई मूलधारमा ल्याउनका लागि मानेको हो र माओवादीको एजेण्डा हो भनेर प्रस्तुत हुने अनि सबैको आक्रमणको तारो पनि माओवादी बन्नुले माओवादी मात्र कमजोर बनेन बरू परिवर्तनका सबै एजेण्डाहरू पनि माओवादीसँगै कमजोर हुँदै गए र ती एजेण्डाले नै समग्र देश बिगारेको र हिजो बरू ठीक थियो भन्ने सन्देश प्रभाहित गरियो।
के २०६२/०६३ को आन्दोलन गलत थियो? के त्यतिखेर उठेका मागहरू वा जनताका परिवर्तनका मुद्दाहरू नाजायज थिए? के गणतन्त्रमा जानु गलत थियो? के संघीयतामा जानु गलत हो? के सबै जात, क्षेत्र, धर्म समुदायका व्यक्तिहरू नेपालको मुलधारमा समाहित हुनु नै वा समाहितको कोशिस गर्नु नै गलत हो? यी गलत होइनन् भने यसलाई संस्थागत गर्ने मामलामा गगन थापा वा नरहरि आचार्यहरू किन चुप बसे? हिजो नागरिक समाजका नाममा सडकमा उर्लिनेहरूले आज किन यस्ता परिवर्तनका पक्षमा आफूलाई उभ्याउन सकेनन्। किन मिडियाले बारम्बार आन्दोलन र जनयुद्ध खराब थियो भन्ने सन्देश दिइरह्यो? किन मिडियाले परिवर्तनका लागि उसले पनि भूमिका खेलेको र परिवर्तन प्रगतिका लागि थियो र ठीक थियो भनेर जनतालाई उत्साहित गर्न सकेनन्। आन्दोलनकै जुठो खाएर हुर्किएकाहरू वा आन्दोलनले दिलाएको स्वतन्त्रता उपभोग गरेकाहरू किन सोसल मिडियामा पार्टीहरूलाई बदनाम गराएर बस्न रूचाए। किन झक्कु सुवेदी, झलनाथ खनाल वा प्रचण्डलाई थप्पड हान्नेहरूलाई हिरो बनाएर हिंजो कमल थापाका विरूद्धमा सडकमा ढुङ्गा हानेको वा राजा, राजतन्त्र र तत्कालिन सत्तालाई सत्तोसराप गर्दै आफ्नो ज्यान उत्सर्ग गरेको बलिदानी विगत बिर्सिए?
काठमाडौं उपत्यका छोडेर घर पुग्दा सम्म अपमानित हुँदै १२-१५ ठाउँ आर्मी र प्रहरीको चेकिङमा परेको विगत बिर्सिएर आज आन्दोलन र जनयुद्धको अपमान गर्नेहरू फेरि उस्तै घटना दोहोरिन सक्ने तर्फ सचेत छन् कि छैनन्। के वैद्य माओवादी फेरि जङ्गल जाने र कमल थापाहरू सत्तामा आउने र पुरानै दिन दोहोरिने तर्फ हामीहरू सचेत छौं? होइन भने परिवर्तन हामीले चाहेको हो, हामीले गरेको हो र परिवर्तन नै ठीक छ भनेर हामीले हामी आफैलाई किन विश्वास गर्न सकिरहेका छैनौं। के हाम्रो हिजोको आन्दोलन गलत थियो? के मुकेश कायस्थ जस्ता जीवित शहिदहरूको बलिदानीपुर्ण जीवन हामीले रहरले खेरा फालेका थियौं? के परिवर्तनका लागि लाखौं जनता सडकमा उर्लिनु एक भद्दा मजाक थियो? होइन यी कुरा मजाक थिएनन् भने हामीले पार्टीहरूलाई वा यसका नेताहरूलाई मात्र किन मजाकका पात्र बनाइरहेका छौं? र परिवर्तनका विरोधीहरूलाई किन हिरो बनाइरहेका छौं? हामीले परिवर्तनलाई किन मजाक बनाइरहेका छौं? र परिवर्तन पुर्वको अत्यास लाग्दो माहोलाई बिर्सिसकेका छौं? पक्कै पनि पार्टी वा नेताहरूलाई उनीहरूको गल्तिको सजाय दिनुपर्छ। त्यसका लागि चुनाव नै एक माध्यम हुन सक्छ तर आजको स्वतन्त्रतालाई प्रयोग नगरेर अस्ति भर्खरको तितो विगतलाई राम्रो देख्न खोज्नु पक्कै पनि मुखले खानु पर्ने खाना अन्य ठाउँबाट खाने कोशिस गर्नु हो। अन्त्यमा विगतको कहालीलाग्दो दिन अहिले शहर-बजारमा बसेर ठूला कुरा गर्नेले मात्र होइन हिजो रूकुम-रोल्पामा लडेर राज्यसत्ता कब्जा गर्ने सपना देख्दा-देख्दै बुढा बनिसकेका क्रान्तिकारीहरूले पनि सम्झन जरूरी छ। विगतबाट पाठ नसिकेर विगतकै मोहमा रमाउने हो भने “राम-राम” भन्न बाहेक केही गर्न सकिँदैन।
प्रचण्ड म तिम्रो फयान र कार्यकर्ता त होइन तर यो पल्ट कुनै न कुनै पार्टी ले बहुमत ल्यानु पर्छ यौटा स्थिर सरकार को लागि र नेपाल को बिकाश को लागि भन्ने मान्यता छ म मा. तिन ठुला पार्टी बारे को लामो लेखा जोखा पछि सबै आस र भोरोसा यो चोटी को लागि माओबादी मा ठोकिन पुगेको छ किनकि बडो ठुलो आन्तरिक कलह र बिग्रह देख्दै छु काँग्रेस र एमाले मा यदि उनि हरु ले जिते भने झन् त्यो बढ्ने छ नेत्रित्तो को लागि अनि त्यो मार मा पर्ने हामि जनता नै हो. तेसै ले कुनै राजनीतिक हिसाब ले देस र भबिस्य संग खेलबाड गर्नु भन्दा माओबादी लाइ एक पल्ट बहुमत दिएर भबिस्य को सुमुन्नत बिकाश मा लाग्नू नै उचित होला.
अनि हेर्नुस त ओ..ओ..ओ. कस्तो सक्ति अनि उत्साह प्रचण्ड को ………….म उच्च सम्मान गर्छु तिम्रो यो अभुत्पुर्ब सक्रिता को लागि. म अरु पार्टी को नेता लाइ केहि पनि भन्दिन किन कि उनि हरु नै लुकी राखे का छन् जनता बाट, न पार्टी मा एक छन् न जनता मा. कोठी राजनीति गर्ने लै के नै भन्नु खै… बैद्य ले सत्तो सराप गरे पनि, जति अबरोध गरे पनि, कोठी नेता बेला बेला बर्बराए पनि तिमो यो उत्साह कत्ति पनि कमि न हुनु ले म मात्र होइन सारा नेपाली अचम्म मा छन् अनि सुन्दै छु माओबादी लाई भोट दिन्न भन्ने ले पनि बिस्तारै मन परिबर्तन गर्दै छन्. मलाई लाग्छ नेपाली जनता ले एक पल्ट माओबादी लै स्पस्ट बहुमत दिन्छन ता कि कसै लाइ बैसाकी बनाउनु नपरोस्. तर यो सधै सम्झनु यो चोटी नेपाली ले संबिधान, बिकाश र सुशासन को लागि माओबादी लाइ भोट दीदैछन्. अर्को अवसर आवस्य पाउने छैनौ यदि निर्बाचन पछि तिम्रो यो सक्रिता मा कमि आयो भने र जनता का मुद्धा लाइ समय मा नै सम्बोधन गरेनौ भने. ….अग्रिम सुभकामना चुनाब को सफलता को लागि……
” सत्ता र पावर” प्राप्ति को लागि अविकसित देश जहाँ पनि यस्ता खेल चलि रहेका छन् र चलि रहनेछन , महत्वपुर्ण कुरा त्यहि हो अरु सबै मिथ्या हुन् ! ब्याख्या हरु अनगिन्ति हुन सक्छन र ति सबै र सधै सहि हुन्छन भन्ने छैन किन कि समयक्रम अनुसार सहि या गलत हुन सक्छन ! जब सम्म हाम्रो जस्तो देश मा एउटा बलियो “व्यक्ति वा शक्ति” टिक्न सक्दैन तब सम्म घटना हरु दोहोरिन्छन किन कि यहाँ सबै को चलखेल छ र सबै लाइ रिझाउन निकै चलाखी चाहिन्छ साथै राष्ट्रिय अखनडता कायम राख्न सक्ने खुबी चाहिन्छ …म के देख्दै छु भन्दा अब ३ बर्ष मा अर्को “व्यक्ति वा शक्ति” को उदय हुन्छ ! यसका बलिया आधार हरु पनि छन् र त्यसको होमवर्क हुदै छ ! यसै त प्रत्येक १० बर्ष आश पास को समय मा परिवर्तन त भै रहेकै छन् !
अहिले जति रास्त्रियाताबदी कमेन्ट गरे नि पछि भोट सबैले हाल्ने भनेको आफ्नो काम गरिदिने कुनै भ्रस्ट नेता नै हुन् क्यारे | खेल नया होला खेलाडी पुरानै औचन जस्तो लाग्छ मलाई त ! निर्बाचन सामग्री सबै भारत बाट औदैचन क्यारे | कल्ले कति पौने पहिल्यै तय already भै सकेको होला | सब औपचारिकता र नाटक हो जस्तो लाग्छ मलाई त |
कसैले जातीय राज्य को माग गरेको छैन. जातीय पहिचान सहित को संगीय ढांचा भनेको हो सयां वर्षा जातिहरु मिलेर बसेको होइन बरुण एउटा दुइटा जाति ले अरु जाति को पुरै पहिचान लै दबायर रकेको हो. यहाँ कोम्म्नेंट्स मा लिके र दिस्लिके गर्ने पुरै जमात लाएर बसेको देखिन्छा.यिनीहरुको मुखे उदेसे भनेको मुलुक लै अग्रगामी दिशा तिर लाने भन्दा पनि पुरानै ढांचा तिर लान अग्रसर देखिन्छ
यहाँ प्रचण्डलाई जति गाली गरेपनि, सायद भोलि चुनाबमा हराएपनि, जे जस्तो भएनी जो राष्ट्र प्रमुख बनेनी तिनी सबैलाई प्रचण्ड नै चाहिन्छ / अहिले सम्मको स्थिति हेर्दा नि तेस्तै छ / प्रचण्डको वरिपरीनै राजनीति घुमे कै छ त्यो सबैलाई थाहा भएको नै हो, अहिलेसम्म हेर्दा जसले नि प्रचण्डकै सिको गरेको नै हो /
प्रचण्ड र बाबुराम बाहेकको मैले कुनै नेता देखेको छैन / एदी छ भने येसो साथी हरु ले नि सुझाब राख्दा जान्ने मौका पाइन्थ्यो कि ?
एकदम सहि कुरा हो! देखियको सत्य पनि यहि हो र लुकेको सत्य पनि यहि हो!
देशको भविष्यको स्पस्ट मार्गचित्र सहित आमुल परिवर्तनको योजना कोर्ने र कोर्न सक्ने मान्छे बाबुराम हुन् र देशलाई द्रिण र सहि नेत्रित्वो गर्न सक्ने खुबी भयको व्यक्ति भने प्रचण्ड नै हुन्!
यिनै दुइ हुन् यो देशलाई अब निर्देशित गरि अघि बढाउने!
अनावस्यक गुणगान को जरुरि छैन हो गोविन्द जी जनता ले देखेकै हुन् , दुवै जना ले प्र.म को कुर्सि म बसेर केहि लछारपाटो लगाए र ??????
खाली जनता को आँखा मा छारो हाल्ने मात्र हुन्
सुजी जी , मैले कसैको गुनगान गएको होइन, म पनि नेपाली नै हो तपाई जस्तै, न त मैले कुनै पार्टीको सदस्यता नै लिएको छु / म न तेस्तो सबल पत्र नै हो जसले आफ्नो देशको लागि केहि गर्न सकेको छ/ म त खाली सुचनाको भरमा र येसो आफ्नो दिमागले भ्याएसम्म केहि कुरा बिस्लेशन गर्दा, मैले बुझेको कुरा के हो भने, ३० वर्ष पंचायत कालको विकास को कुरा गर्दा, विकास नभएको पनि होइन भयो तर गति न्यून थियो, राजपरिवार र तेसका नजिक क मान्छे ले जनता लै रैती नि सोचेको थियो, उनीहरु मानिस नभएर भगवान सरह ठान्थे/ एस्तो अवस्था सधै रहिरदैना, जनतामा धेरै दबाब थियो बिस्फोटन भो, प्रजातन्त्र आयो, काँग्रेस र एमाले को हाली मुहाली भो तर सक्ति अझै राजपरिवार मै थियो/ २० वर्ष काँग्रेस र एमाले ले चलायो, आफ्ना मान्छेलाई काखा अरुलाई पाखा लगाउने काम भो/ ३० सालको पंचायत मा नभाको भ्रस्टाचार भो / २० वर्ष को अबधि मा खासै केहि नया विकास भएन / महेन्द्र को पाच विकास छेत्र जस्ता को तेस्तै, पंचायत कालमा बनेका राजमार्ग हरु मा १०% विकास नि भएन/ बायुसेवा निगम, साझा बस, NCCN, आयल निगम, आदि संस्था को हबिगत क भो अहिले/ देश भनेको काठमाडौँ मात्र होइन, सबै ठाउँ मा हुनु पर्ने नेता हरु को काठमाडौँ मा महल ठडियो, काठमाडौँ बाहिर जस्ता को तेस्तै / युवा बेरोजगार ले गर्दा नै माओबादी को जन्म भो, तेस्लाई बेवास्थित गर्न नसक्दा र बेवास्था गर्दा देशलाई एउटा सहि मार्ग निर्देशन नगर्दा नया शक्ति देख्नु पर्यो / काँग्रेस र एमाले अहिले पनि हामी नै हो र बिना तुक घमण्ड गर्ने राजनीतिक दल र पहिले को गल्ति नि केलौना नसक्ने कुर्सि को राजनीति गर्ने दल को रुप मा मैले देखे को छु / माओबादीको कुरा गर्दा जनयुद्ध बाट आएको शक्ति हो, यो दललाई सिधा रुपमा हेर्दा कसैले राम्रो मान्दैन तर अरुले भनेको जस्तो २ वर्ष मा माओबादी ले केहि गरेको छ है, काठमाडौँ को बाटो विस्तार पहाडी लोकमार्ग बनाउने, कर्मचारीमा भ्रस्टाचार नियन्त्रण, कर वासुलने आदि इत्यादी/ मैले देखेको खस कुरा क हो भने माओबादी ले नै नया कुरा यानी अजेंडा अगि ल्यौछन र अरु दल तेस्मै रुमलिंछां / अब के लाग्छ भने प्रचण्ड र बाबुरामले केहि गरे मात्र अब देश बन्न सक्ला नत्र खोइ अरु पार्टी मा तेस्तो लायकका कोइ देखेको छैन मैले / आफ्नो आफ्नो सोच हो मैले सोचेको लेखे को हो कसैलाई चित्त दुखे माफ गर्नु होला /
त्यो आफ्नो आफ्नो सोचविचार अनि नज़र को कुरो हो , तेहिपानी माथिका कमेन्ट हरु मा अलि आंखा चिम्लेर गरेको गुनगान मात्र देखे मैले ,
चित्त त के दुख्नु नि !!!! गुनगान प्रति चित्त नबुझेको मात्रै हो !!!!!!!!!!!!!
लाटा देशका गाँड़ा तन्नेरी साथीहरु अहिलेसम्म प्राप्त राजनैतिक उपलब्धीहरुलाई नामेट पार्ने दिशा आफ्नो देशमा अधोगति लान मै ब्यस्त भएको देख्दा अचम्म लाग्छ
म मात्रै जान्ने बुझ्ने र अरु सबै गाँडा भन्ने दम्भ छाड्नुस् – के के गल्ति गरिएछ त्यो केलाउनुहोस्, कहाँ सुधार्न सकिन्छ , त्यो बिचार गर्नुहोस्, र अझै समय छ, सच्याएर, माफि मागी , जनचाहना अनुसार आउनुहोस् (हुन त माओबादी नेतृत्व तह – विषेशगरी प्रचण्डले यो गर्छन् अहिले भन्ने त लाग्दैन)।
मुख्य कुरो जनतालाई अपमानित नगर्नुस् – लाटा गाँडा होइनन्, जनता भनेका जनार्दन हुन् – राजनिती गर्नेले यति कुरो बुझ्न जरुरी छ।
धन्यबाद
मित्र निरज, यहाँ दम्भ गरिएको होइन बरु यो लेखमा यति लामो वर्णन गरिए पछि अनि नेपालको राजनीतिक रंगमंचमा अनेकौं नाटकहरु प्रदार्पण भैसकेपछि पनि फेरी पनि देशलाई अग्रगामी दिशामा, गणतन्त्र र संघियताको पथमा अगाडी बढाउनुको साटो घुमिफेरी त्यहि त्यहि ४७ साल कै संविधान ब्युताउने खाले हाम्रा गाँडा तन्नेरीहरुको अभिव्यक्ति पढेर उदेक लागेको मात्रै हो ।
सदियौं देखि हरेक तरिकाले दबाइएका जात जाति समुदायलाई अधिकार सम्पन्न गराउदै यो देश सबैको हो र सबै जात जाति धर्म समुदायले उत्तिकै महत्व पाउनु पर्छ भन्ने विज्ञानिक विश्लेषण सहितको अग्रगामी दिशामा मुलुकलाई अगाडी बढाउने कि अहिलेसम्म प्राप्त अकल्पनीय राजनीतिक उपलब्धिहरुलाई तिलान्जली दिंदै यु टर्न गरेर देश र समाजलाई राजा सहितको अठारौं शताब्दी तिर लैजाने ? आफ्नो भूल यहि खोज्नुहोस ! यो देशको जति तपाईंलाई चिन्ता र माया छ त्यति नै मलाई पनि छ । तर चिन्तासंगै चेतनाको पनि प्रयोग गरौं ।
मित्र बिक्रम जी,
देश २१औं शताब्दिमै हिंड्ने हो र हिंड्छ, किनभने यो २१औं शताब्दि नै हो, १८औं होइन। र सबै जनता- जातजातिले इज्जत पाउनै पर्छ – र पाउँछन् पनि।
कुरो के हो भने, मानिलिऊँ , भोली राजतन्त्र नै उल्टेर आयो भने पनि त्यो ६४ साल अघिको जस्तो राजतन्त्र कुनै हालतमा हुन्न, १८औं शताब्दिको त कुरै नगरौं। तर राजतन्त्र उल्टिने संभावना यसपाला पनि त्यति धेरै छैन, भलै ‘गाई’ चिन्हले निकै Protest Vote पाउने जस्तो देखिन्छ।
र सबै जातजातिले इज्जत पाउने भनेको के त ? एकल जातिय पहिचान सहितको संघियता ? यो त नाममा शब्दजाल र implementation (प्रयोग) गरियो भने भाँडभैलो हुने काम मात्र हुनेछ । कसैलाई इज्जत दिने भनेको त मन बचन र कर्मले हो – देशको अर्थतन्त्रले धान्न नसक्ने र Management को हिसाबले manage नै गर्न नसक्ने प्रदेश बनाएर होइन।
जनतालाई घर दैलो सम्म राज्यको delivery चाहिएको छ – यो त स्थानिय निकाय (गाऊँ, वडा) आदिलाई अधिकारसम्पन्न बनाएर स्थानिय प्रतिनिधी चाँडो भन्दा चाँडो छान्ने काम गर्यो भने हुन्छ।
अन्त्यमा, क. प्रचण्ड र माओबादी पार्टी पनि यहि लाइनमा आउनुहुन्छ भने वहाँलाई मै भोट हाल्छु, मेरो बाचा भयो। लु।
निरज जी, ६४ साल भन्दा अघिको अवस्था चाहिदैन भन्नु हुन्छ तर ६४ साल के का लागि आएको थियो, त्यो चाहिँ विर्सिनु भएछ । स्थानिय निकायलाई नै अधिकार सम्पन्न गराएर राजनीतिक परिवर्तन सम्भव थियो भने ६४ सालको आन्दोलन किन चाहिएको थियो ? ६४ सालको आन्दोलनका उपलब्धीहरु के के हुन् ? ६४ सालको आन्दोलनको त्यत्रो गौरव गर्ने हो भने त्यसबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने कि नगर्ने ?
सबै जात जाति, धर्म सम्प्रदायले उत्तिकै महत्व पाउनु (भारत, अमेरिका अरु सबैजस्तो प्रजातान्त्रिक देशहरुमा छन्) भनेको व्यक्ति विशेष (तपाईं) ले दिएको इज्जतमा भर पर्ने कुरा होइन बल्कि राज्यले सम्मान र अवसर जुटाउन सक्नु पर्यो ! नेपालको एक सुदुर गाउँमा काठमाडौँबाट पुग्न समेत ३-४ हप्ता सम्म लाग्ने ठाउं पनि छन्, यस्तोमा केन्द्रले पठाइएको बिकाशको कार्यक्रम त्यो ठाउँमा पुग्नु भनेको ती ग्रामिण जनताहरुका लागि आकासको फल आँखा तरी मर कै अवस्था हो, त्यस माथि सित्तैमा पाए अलकत्रा समेत खाने कर्मचारी तन्त्रलाई झन् भ्रस्ट्राचार गर्ने “अधिकार सम्पन्न” गरेर चाहिं “राज्यको डेलिवरी” पुग्छ त ?
हो, त्यसैको लागि सघियता चाहिएको हो, संघियता हुँदा खर्च बढने होइन – हरेक राज्यले आ-आफ्नो राज्यमा श्रोत साधनको खोजि गर्दै झन् आम्दानी र रोजगारीका श्रोतहरु जुटाउन सक्छन भन्ने प्रसस्त संम्भावनालाई चाहिं कसरी नकार्न सकिन्छ ?
तपाईंको लाइनमा प्रचण्ड वा माओबादी पार्टी आएमा भोट दिन्छु भन्नु भएछ । हेक्का राख्नुहोस, प्रचण्ड त एक प्रतिनिधि पात्र मात्र हुन् जसले नेपाली समाजमा युगान्तकारी परिवर्तनको नेतृत्व गरे, जडी कुरा तपाईं त्यो ६४ सालको आन्दोलनले दिएको जनादेशलाई मान्नु हुन्छ कि हुन्न ? परिवर्तनलाई आत्मसाथ गर्न चाहनु हुन्छ कि हुन्न ? त्यो मुख्य हो । तपाईं पनि लाटो देश गाँड़ो तन्नेरी होइन भने अन्तरआत्माले सोच्नुहोस अनि कसले ति परिवर्तनका अजेण्डाहरुलाई आत्मसाथ गरेका छन् तिनलाई भोट हाल्नुहोस, आगे तपाईको मर्जी !
बिक्रम नेपालीस्ट जी,,, भो चाहिएन १ ओटा राजा छोडेर ६०१ बरु १ ओटै ठिक थिए ६०१ पाल्नु त धेरै गारो पो भो त् हो गाठे ,…… पारस लै पाल्नु गारो भयो भनेर फालेको त झन् प्रकाशे त चौगुना निस्कियो त नि…. कि .१ ओटा राजा फालेर ६०१ बनाउन अनि प्रकाशेहरुलाइ राजा को छोराको जस्तो सुबिधा दिन लै हो कि जनता को विकास गर्न लै हो??? , आन्दोलन कहाँ बाट कसले उचालेर नेपाली जनता लै बलि को बोको बनाको रहेछ त उदांगो हुदै गको छ नि थाहा होला नि ….
६४ को आन्दोलनको मुख्य एजेण्डा लोकतन्त्र, राजतन्त्रको अन्त्य र शान्ति थियो – शान्ति त्यसबेलाको लडाकु माओबादीलाई राष्ट्रिय मुलधारमा ल्याएर प्राप्त गर्ने भन्ने थियो। आन्दोलनमा भाग लिएका अधिकांस जनताको आवाज यत्ति मात्रै हो – अन्य कुरा आन्दोलन पछि थपिएका हुन्।मैले सुनेको कसैको भनाइ सापटी लिएर भन्नु पर्दा अघिल्लो आन्दोलन देशलाई मुला काटे जस्तो काट्नको लागि वा काँक्रो चिरा पारेको जस्तो चिरा पार्नको लागि भएको थिएन। र संघियताको नाममा देशका कतिपय मान्छे, समुदाय वा भिन्न राजनितिक बिचारधारा राख्ने हरु प्रति जुन ब्यापक असहिष्णुता प्रदर्शन गरियो – त्यसको असर पनि अहिले देखिन थालेको हो। तपाईं नै भन्नुस ‘ बाहुनलाई कासी, क्षेत्रीलाई फाँसी’ भन्ने नारा सहित आएको संघियताले देशमा हिंसा बढ्छ कि बढ्दैन होला ?
देशमा राज्य २२से र २४ से राज्य हरु झैँ राज्य गठन गर्दा चाही देश कति वर्षा आगाडी बद्छ
अनि मात्तिदा मात्तिदै भैसी गोठालो ले प्वाक्क बोल्यो , ”मधेस सग उसको लब परेको छ रे ?”
अब यो बाक्य को बिस्लेसन गरौ | अब कुनै मधेसी उसको प्रेमिका बनेर उसलाई दियो कलस बालेर पर्खि बसेको होला ?
यो मधेसीको उपहास गरेको हो | तेस्तै आफ्नो अनुहार न दनुवार को छोरी लाइ काठमान्डू बाट उठाएको छ के काठमान्डू को जनता को पनि उपहास हैन यो ??
के हेरेर भोट दिने ?
नानि मैया दहाल लाइ दियो अब रेणु दाहाल लाइ पनि देला भन्ने गोठालो सोच होला |
नानि मैया त् फरिया उचाल्दै जता ततै चिच्याउदै हिड थि एस उसले पंचायत को उपहास स्वरुप भोट पाएको थि, इन्दिरा गान्धी बन्ने मौका दिएको थ्यो कबि अभय श्रेष्ठ को साला काठमान्डू ले | अब अपहत्ते !!प्रचंडे ले उठाएको यो भुस को थैलो लाइ काठमान्डू को जनता ले कहा राख्ने ??
सुजाता , यो , त्यो सिडियो लाइ गालामा हान्ने फोरम कि , श्रीमान छोडेर पपु सग ( प्रचण्ड पुत्र ) गएकी आर्को क्यान्डी डेट र अरु एक दर्जन लाइ बन्द सिबिर भित्र राखेर असल गृहिणी , आमा , नागरिक कसरि बन्ने भन्ने प्रशिक्ष्याँन बेलैमा दिए रास्ट्रको केहि भलो हुदो हो |
ह्नुछेरत्न डा’साब !
एन्टिबायोटिकको रुपमा काम गरोस् तिम्रा शब्दले
शब्द भित्रका अर्थले
असाध्यै निको होस्
नेपाल आमाको पिडा ——
आगो र पानी जसरि अत्यावश्यक छन्, मात्रा धेरै भयो भने तिनैले बिनाश निम्त्याउंछन् |
क्रान्ती र आन्दोलन पनी परिबर्तनका लागी अत्याबश्यक हो तर तेही क्रान्ती माहान हुन् थालो र क्रान्तिकारीहरु प्रचण्ड हुन थाले भने (नेता प्रचण्ड होइन है अधिक प्रचण्ड) सबै क्रान्ती पंक्चर भाका छन् र हावा खुस्केका पनी छन् |
धेरै भन्दा धेरै जनतालाई सम्बोधन गर्न नसक्ने र यो युगमा मध्यम बर्गीय समाजलाई बिस्वाशमा लिन नसक्ने क्रान्तिलॆ १००% हावा खान्छन |
घिसारेर मनाउने मत, एजेन्डा र बिचारको यो हबिगत भएकै राम्रो |
प्रचण्ड ज्यूले के नै त्यस्तो गर्नु भयो र उहाँलाई जनआन्दोलन, जनयुद्धलाई एक दम वढाई चडाई गर्नु भएको छ । अझ अहिलेको परिवर्तनले के के नै गरेको झै अन्य पार्टीका परिवर्तन नचाहिने वाहुल्यातेले गर्दा जनमानसमा नकारात्तमक सन्देश गयो भन्नु हुन्छ । जनताहारु के चाहन्छन् कहिलै सोच्नु भएको छ , खाली भुईफुट्टा सिमित स्वार्थी माआोवादी नेताको गुन गाएर परिवर्तन आउदैन मित्र । स्मरण रहोस् मित्र परिवर्तन नेपालको विकासको लागि चाहिएको हो । कठित नयाँ राजाहरु जन्माउनको लागि होईन । वाहुनवादको अन्त्य गर्नु पर्छ यो होईन को उपल्लो जाति सबको ।
नेपाली जनताले त साथ दिएकै हुन् र त देशमा गणतन्त्र आयो | तपाईंका यी सबै प्रश्नहरु जनतालाई होइन कि कमरेड प्रचण्ड र बाबुरामलाई सोध्नुस | के जनताले साथ दिएको कमरेड हरुलाई रातारात अरबपति बनेर विलासी जीवन बिताउन हो कि देश र जनताको पक्षमा परिबर्तनको लागि हो ? अहिले आएर गोहीको आँसु किन झार्ने कोसिस गरिन्छ ? के जनताको आँखामा मोतिबिन्दु भएको छ ?
हिन्दु देश हुदा नेपाल मा अरु लै कत्तिन केकेन गर्दिया जस्तो | सबै आफ्नो तरिकाले गरेकै थए खाएकै थए | खाडी तिर हुने दाजु भाइ लाइ थाहा होला मुसलमान देश मे कस्तो चलन छ भनेर | तेइ भुटान मा पनि घर बाहिर निक्लेर बुद्दिस्ट बाहेक अरु कसैले पुजा गर्न पाउदैनन | त्यो हेरी त हिन्दु नेपालमा मुसलमान पनि मन्त्रि भाकै थिए, ५०० रुपे तिरेर सरकारले हजमा पथाइदियेकैथ्यो | दर्बारकै आगाडी तेत्रो कास्मिरी मस्जिद बनाउन देकै हो | बौधमार्गी हरि आदि काल देखि नै हिन्दु संग मिलि बसेकै थए | हिन्दु राजा हरुले गुम्बा, बिह्हर बनाएकै थिए, सम्रछां गरेकै थिए | मुसलमान हरु ले भाको भए आस्तिन अफघानिस्तान मा बुद्दको मुर्ति खरानी बनाए जस्तो सब खरानी बनौथे | बाकी भो इसाईको कुरो | नेपाली इसाई भनेका तेइ पैसाको लोभमा भर्खरै भर्खरै आफ्ना बाबु बराजे ले येसु भन्दा पनि हजारौ वर्ष पैला देखि गरेका कर्म-काण्ड, संस्कृतिलाइ लात्ताले हान्दै पैसा को पछि दगुर्नेको कुरै नगर्दा बेश |
तेसैले धर्म निरापेक्ष्यता को कुरा निकाल्दा मलाई भित्र देखि नै हासो उठ्छ | जे होस् यसले राजनीति गर्ने लाइ खाने बाटो भाको छ भने तिनका अंधा भरौटे लाई खोक्रो नारा
तेसैले धर्म निरापेक्ष्यता को कुरा निकाल्दा मलाई भित्र देखि नै हासो उठ्छ | जे होस् यसले राजनीति गर्ने लाइ खाने बाटो भाको छ भने तिनका अंधा भरौटे लाई खोक्रो नारा…..
एउटा दलित को घर मा गैर सोध्नुस हिन्दु देश ले के के गर्दिया थिएनन् भनेर. नेपाल र नेपाली लै अरु कुनै मुसलमान को देश संग नदाज्नु होला कृपया गरेर. तपैले औल्याउनु भएको सबै कुरा धर्म निरपेछ्य भएर नि गर्न सकिन्छ. किन १० प्रतिसत बुद्धिस्ट हरु लै हिन्दु देश भनेर मुख मा कोचाइनु पर्यो? हिन्दु देश हुदा तपाइलाई त्येस्तो मेलमिलाप थियो जस्तो लाग्थ्यो भने, अहिले चै के ले छेकेको छ र तपाइलाई मिलेर बस्न?
@ sanjeeb Yadav (USA )
खाडि मुलुक र हाम्रो देशमा फरक के छ भने तेहा समताल्या छ यहा बिबिधता छ!
त्यो खाडि मुलुकमा भन्दा अगाडि देखि मुसलमान हरु बसी आयका रैथाने मुसलमान हरु छन् जो इस्लामिक धर्म मानेर बसेका छन् यहा!
खाडि मुलुकमा सायद बुदिस्ट छैन होला तर यहा हामीकहा बुद्द भन्दा अघि देखि बस्दै आयका बुद्दिस्ट हरु छन्, अझै बुद्दको त सुरुवात नै हाम्रै थलोबाट भयको हो!
अनि यहा तेस्तै हान्गाबिन्गाका थुप्रै धर्म छन् !
हो इसाई चाहि अस्ति भरखर छिरेका छिरायाका हुन्!
अर्कोको देशमा यसो गर्यो उसो गर्यो भन्दा पनि हाम्रो देशमा के गर्ने भन्ने कुरा महत्वो पुर्ण हो!
तेसैले यस्तो बिबिधता रहेको देशमा एउटा धर्मलाई आधिकारिक अनि रास्ट्रको रास्ट्रिय धर्म बनाउनु कति जायज होला त? हामि हिन्दु भयको ले त हामि तेस्मा खुशी हौला र उचित हो भनौला तर ति बुद्दिस्ट र इस्लाम जो नेपालि हुन् (कि नेपालि होइन तिनीहरु आगन्तुक वा काम खोज्न आयका हरु हुन् तिनीहरुको अर्कै आफ्नै देश छ भनेर भन्नु पर्यो) तिनीहरु लाइ कसरि चित्त बुझ्ला त? यो हामि बोलचाल मेल मिलाप छ हामीमा आत्मियता छ धार्मिक सहिष्णुता पनि छ तर एउटा अदृस्य रास्ट्रिय शक्तिले तिनीहरुलाई दबाइयको छ भन्ने कुरा किन मान्न सक्नुहुन्न यदि तपाइँ वा तपाइको परिवार तेस स्थितिमा रहेमा कस्तो महशुश गर्नु हुन्छ होला?
हामीले हाम्रो देशलाई धर्म निरपेक्ष नबनाई यसरि एउटा धर्म लाइ रास्ट्रधर्म मानि अघि बढेमा हामीबाट ति इस्लामिक व्यक्तिहरु टाडिदै जाने र उनीहरुलाई कुनै इस्लामिक आतंककारी समुह वा कुनै देशले यहि कुराले उचालेर भड्काउने अनि बिष रोपण गर्ने सम्भावना दिन प्रतिदिन बढी रहदै गयको अबस्था छ किनकि बिश्वो १९सौ शताब्दि जस्तो छैन कि अफगानिस्तानको कुनै समुहले नेपालमा संगठन बिस्तार गर्न पांच दशक कुर्नु परोस अनि फेरी मुस्लिम रास्ट्रहरु आर्थिक रुपले पनि सम्पन्न छन् भने उनीहरु तेत्तिकै घातक पनि छन्! तेसैले हामि चाहन्छौ यो बिष हाम्रो मुस्लिम भाइ हरुमा नबाढिउन, बुद्दिस्ट त ल मानौ धर्मलेनै शान्ति मनन गर्छन केहि सहलान तर मुस्लिम त्यो अबस्थामा छैन!
तेसैले रास्ट्रलाइ समयमै निरपेक्ष बनाउनुमै बुद्दिमत्ता हुनेछ तेसो त पछि कहिले न कहिले त हुने नै छ र हुनुनै पर्छ क्यारे त किन क्षति र हिंशा कुर्ने?
अनि धर्म निरपेक्षतामा कसैले केहि गुम्ने वा गुमाउनुपर्ने पनि त होइन नि!
होइन मैले बुझ्न नसकेको हो कि लेखक ज्युले बुझाउन नसक्नु भाको हो, आखिर जन आन्दोलन कथित जनयुद्ध के माने मा ठिक थियो ? गणतन्त्रको चर्को नारा र क्रान्तिकारी भाषण गर्दैमा देश सम्पन्न हुन सक्दैन,हामीलाई चाहिएको द्रुत आर्थिक बिकाश हो नकि संघियता र गणतन्त्र, देशलाइ आर्थिक रुपमा सबल बनाउन , आर्थिक बिकाश एवं राष्ट्रियताको सवालमा सबै दलहरु एक हुनु पर्छ , खोइ त त्यो ? हिजो पारस थियो आज उही चरित्रको प्रचण्डपुत्र प्रकाश छ, देश पहिलेको अन्य “तन्त्रहरु” मा पनि गरिब थियो आज गणतन्त्रमा पनि गरिब छ , पहिले २०५ जनाले देश लुटेका थिए आज ६०५ जनाले पालै पालो लुटेका छन् . देश गरिबीको कुचक्रमा फसेर बिकाशको लागि त परै जाओस अब बिस्तारै बिस्तारै देशभरिका सरकारी कर्मचारी लाइ तलब दिन त विदेश बाट अनुदान माग्नु पर्ने अवस्था देखा पर्न लागिसकेको छ, अनि यस्तो अवस्थामा ११ वटा प्रदेशका मुख्यमन्त्री र गवर्नर लाइ के का पैसाले पाल्ने
यादव जी जनआन्दोलनको मुख्य मर्म भनेको सकारात्मक राजनीतिक परिवर्तन हो जसमा समता होस हुने र नहुनेका बिचमा दुरी कम होस भ्रष्टाचारको अन्त्य होस् शुशासन होस् ,बेरोजगारीको अन्त्य होस् | यी आदि ब्यबस्था गर्न राजनैतिक दर्शनको आबस्यकता पर्दछ |दर्शन राम्रो भएपछि त्यसको समय सापेक्ष प्रयोगले देशलाई अग्रगामी दिशा तर्फ उन्मुख गराउछ |ए.मावोबादीको नेतृत्वसंग यी सबै छन तर अल्पमतका कारणले बिगतमा केहि हुनसकेन |बाबुराम अर्थ मंत्री भएका बखतको राजस्व असुली आदि कार्यहरुलाई सम्झंदै एक पटकको लागि ए.ने.क.पा.मावोबादीलाइ विजय गराउन मन बचन र कर्मले लागौ मित्रहरु |
नेपाली जनताले त साथ दिएकै हुन् र त देशमा गणतन्त्र आयो | तपाईंका यी सबै प्रश्नहरु जनतालाई होइन कि कमरेड प्रचण्ड र बाबुरामलाई सोध्नुस | के जनताले साथ दिएको कमरेड हरुलाई रातारात अरबपति बनेर विलासी जीवन बिताउन हो कि देश र जनताको पक्षमा परिबर्तनको लागि हो ? अहिले आएर गोहीको आँसु किन झार्ने कोसिस गरिन्छ ? के जनताको आँखामा मोतिबिन्दु भएको छ
हो भन्या ! जनता को आँखा मा मोतिबिन्दु भएको छ र ??????
धर्म अनि जात पात लै बाहेक गरेर देश विकास सोचेर गरिने राजनीति ले मात्रै देश को भलो हुन्छ /
धर्म र जातपात अत्यन्त नितान्त व्यक्तिगत कुरो हो , जबसम्म धर्म र जातपात को नाम मा राजनीति गरिन्छ , तबसम्म देश खाल्डो मा नै जाकीइरहनेछ/
अब आयो पन्चे र माओ को कुरा , जुन जोगी आए नि कानै चिर्या हुन्
स्मरण रहोस तेही प्रचन्डपथ भनेर डाको छोड्ने हरुले संस्कृत पढाउने गुरु को पासविक हत्या गरेका , दशैँ तिहार जस्तो चाड वाड को बहिस्कार गरेका , राष्ट्रिय चौपाया (माता भनेर पुजा गरिने ) को दानवीय हत्या गरेका थिए …..
अहिले आएर अनेक नाटक गरेर टिका टालो गरेर , भोले बम भन्दै नाटक गर्ने , दसैँ तिहार मा भतेर गरेर हिड्ने
यस्ता हरु को गुनगान गाउनु , नितान्त फाल्तु अनि अति महत्वपुर्ण समय लै ढल मा मिसाउनु बरोबर हो !
जय होस्
संघीयतामा जानु
गलत थीयो।धर्मनिरपेक्षता हाम्रो माग थीएन । अधिकार सबले पाउनुपर्छ तर देशलाई भारत मा बुझाउने सर्त चाहिँदैन। जहाँ कमल थापा को कुरा छ,he is nepali and as a citizen of democratic nation he has write to speak. हामिलाई विकास र सम्रिद्धि चाहिएको हो,नयाँ राजा हॆन। अनि देशको ठेक्का माओवादीले लेको हॆन,चेतना भया।
साथी कुनै पनि कुरा कसै को पनि कर्येकर्ता नभई किन बिस्लेशन गर्ने हो भने कुरा आफै बुझिन् छ नि | अब भुडी हेरेर भ्रस्टाचार गरेको हो भनेर प्रमाणित गर्ने हो भने त भन्नु केहि छैन | तर ठिक छ साथी को कुरा प्रचण्ड लाइ माफी दिन सकिदैन, ठिक हो | तर येसरी यता हामी उफ्रिन भन्दा त कानुनी उपाए के छ त भनेर तेत तिर ध्यान दिन पर्यो नि उफ्रेर कराएर मात्रै त हुन्न नि | फेरि प्रचण्ड ले भनि सकेका छन् नि झुन्दिन्चु भनेर | येति हुदा पनि कोइ पनि मुद्धा लगाएर प्रचण्ड लाइ झुन्डाउने आँट नै गर्दैनन् त | फेरि त्यो बाल कृष्ण को कैसे पनि उफ्रिने बाहेक केहि भएन | येदि तेसो हो भने के केरा हेरेर बसेचन त बिपक्ष्ये हरु | जाक्न सक्न पर्यो नि | अब अरबौ भास्ताचार भन्यो बस्यो गरेर का हुन्छ र | अब UN ले नै प्रमाणित गरेको कुरा हो | यो कैसे मा भ्रस्टाचार गर्यो भनेर भन्नु त खोइ केहि हुन्न होला किन कि यो कुरा UNMIN हुदा देखि नै आउच फेरि महत जी ले चालको हावा हो यो | येस्मा सत्येता नहुन पनि सक्छ |येदि हो भने किन त कोइ तम्सिन कारवाही गर्न को लागि | प्रचण्ड को घर अब महल रे | रातो र सेतो चुन लगाएको घर हल्ला गरेजस्तो bunglow पनि होइन र त्यो प्रचण्ड को घर होइन भन्ने पनि उस्न्ले भनि सके | आफ्नो इस्पथिकरण त दि सके नि होइन भनेर तर खोइ त अख्तियार मा मुद्धा हाल्न पर्यो नि त किन ल्वात्ता परेर बसेका हुन् त | रिसै पोख्न र ego को लागि मात्रै आरोप लगाउने हो भने त के भन्ने हो र | अब प्रचण्ड लै मृतुदंदा दिन पर्छ येहा तेहा भन्ने हो भने त एस्तो कुरा को कुनै तुक हुन्न | फेरि जनता कोइ प्रचण्ड संग आगो छन् कोइ खुम भाहादुर संग, कोइ माकुने संग त कोइ को संग | यो भनेको पार्टी को नेता को कट्टु समाएर हिड्ने हरु को मात्रै हो जो आफ्नो पार्टी लाइ गालि गर्दा आफ्नै बा लाइ गाली गरे जस्तो सोच्चन | र अर्को कुरा मलाई के लाग्छ भने येदि कुनै दिन प्रचण्ड ले साछी तेत्रो पैसा कुम्ला को हो भने ढुक्क होउ कुनै न कुनै कर्येकर्ता ले तेसै छोड्ने वाला छैन | जुन दिन उनको यी आरोप हरु सत्येता मा परिणत हुन्छ त्यो दिन देखि उसको खैरात हुन्न | तेसैले साथी हो तेसै चुनाब आयो पार्टी लाइ जितौना छ भनेर दुनिया कुरा गर्नु भन्दा कसलाई जिताएर देश मा शान्ति र इस्थायित्वो कयेम हुन्छ भन्ने तिर ध्यान दिउ | येदि अहिले नै चमत्कार हुन्छ भन्ने सोच्ने हो भने त्यो भन्दा ठुलो भ्रम केहि होइन | अहिले को मुख्य कुरा भनेको संबिधान र राजनीति इस्थायित्वो हो |
प्रचण्डलाई कस्ले कारबाहि गर्ने आँट गर्न सक्छ?यति प्रचण्ड अपराधि नै भ एपनि कारबाहि हुदैन,उस्का कार्यकर्ता ले भोलिपल्ट देखि गुन्डागर्दि सुरु गर्चन।कानुन नभको देशमा गुन्डाका नाइके हरुलाई कारबाहि कस्ले गर्ने? देशको कानुन नेताभन्दा माथि छ।
अनि अर्को कुरा धर्मनिरापेक्ष्येता भन्दा पनि धर्म सहिस्नुता ठुलो कुरा हो | Secularism को अर्थ धेरै ले misunderstand गरिरहेका छन् तेही भएर पनि हामी आफु आफु मा लडेका छौ | धर्मनिरापेक्ष्येता होइन कि धार्मिक सहिस्नुता चाहिन्छ | अनि संघियेता को कुरा चाही मुख्य कुरा हो जस्तो मलाई लाग्दैन…येही अहिले को बिभाजन पनि ठिकै हो येति नेता हरु मा देश बनाउने इच्छ्या शक्ति भए | खाने मुख लाइ जुँगा ले छेक्दैन |
हिजो एस्तो गर्छु उस्तो गर्छु भन्नेले सिन्को नभाचेपछि जनताले आफ्नो मन फेर्नु उनीहरूको हक हो ! हो कमल थापालाइ म अझै पनि पत्याउदिन, तर कमल थापा पनि नेपाली हो उसका कुरा जनताले हिजो पत्याएनन आज पत्याए भनेर आकासतिर थुक्नु ठिक होइन ! देशमा कुनै तन्त्र होइन इस्थिरता, कानुनको राज्य, एकता र विकास चाइयेको छ, त्यो कसले र कसरी दिन सक्छ त्यो लेखेर देखाउन सके आभारी हुने थिएँ ! धन्यवाद !
माओवादीले जात जातिको हिसाबले देश टुक्राउदै छ भनि हौवा फैलाउनु विल्कुल गलत छ । जुन जातिको बाहुल्यता कुनै प्रदेशमा बढी छ, त्यो प्रदेशको नामकरण त्यहि जति समुदाय नाममा हुँदैमा देश टुक्रिन्छ भन्नु बिल्कुल निराधार हो । त्यसो हो भने, पृथ्वी नारायण शाहले काठमान्डू एकीकरण गरिदा त्यो बेला काठमान्डूलाई नेपाल भन्ने गरिन्थियो जहाँ नेवार समुदायको मात्र बाहुल्यता थियो । पछि, पुरा देश कै नाम नेपाल रहन गयो – के त्यसो हुँदा नेवारहरुको मात्र नेपाल भयो त?
सहिद बनिनु वा बनाईनु कसैको इच्छा होइन, राजनीतिक परिवर्तनका क्रममा हुने विशिष्ट अवस्थाले गर्दा जन्मिएको द्वन्दका कारण सहिद हुनु परेको हो । जुन सबै देशको इतिहासमा कुनै न कुनै बेला हुने गरेका छन, त्यसलाई फर्काउन सकिदैन तर भविष्यमा फेरि पनि कोहि यसरी सहिद हुनु नपरोस भन्न कै लागि आज होस् पुर्याउन सकिन्छ । पछिल्लो निर्वाचनमा माओबादी सबैभन्दा ठुलो पार्टीको रुपमा आएको भएपनि एउटा यथार्त विर्शिनु हुँदैन कि उनीहरुलाई पटक पटक र गाँसै पिछे ढुंगा अडकाइएको थियो, त्यसैले आशातित रुपमा राजनीतिक बाहेकका उपलब्धिहरु हुन सकेनन ।
त्यसैले आज, कुनै एक पार्टीलाई बहुमत दिलाउनै पर्ने जिम्मेबारी हामी जनताको काँधमा आएको छ ।
### नेपाललिस्ट#### भनेर के भन्न खोज्य हो मैले बुझिन !!!! लु
सबै कुरा जातीय संघियता ले बिगारेको हो, हिजो जान आन्दोलन मा भाग लिने म जस्ता लाखौं जनता जातीय संघियता को बिरुद्द म छौ
साइयोउ बर्षदेखि मिलेर बसेका नेपालीहरु माझ जुन यो जातीय विभाजन को रेखा कोरेर अब एक जातिले अर्को जातिलाई हेर्ने दृष्टि नै परिवर्तन भएको छ. अब एक जातिले अर्को जातिलाई सन्काको दृस्टी ले हेर्छन. पहिलेदेखि नेपाल मा भएको धार्मिक सहिस्नुता नै धराप मा परेको छ. यो त अंग्रेजले भारत छोड्दा ताका हिन्दु र मुस्लिम मा विभाजित गरेर जुन धार्मिक दोन्द को बिउ रोपेको थियो त्यो अहिले सम्म न भारतीय यसबाट माथि उठ्न सकेका छन् न त पाकिस्तानी नै. यसैले हरेक वर्ष तेहा हिन्दु मुस्लिम दंगाले त्यो विभाजनको ऋण हजारौ निरदोशले आफ्नो रगत बाट तिरी रहेका छन्. यहि चलन नेपाल मा दोहाराउन केहि पार्टी वा नेताहरु आफ्नो फगत फाइदा को लागि, सोझा जनता लाइ बेकुफ बनाइ रहेका छन्. यो कहिले बुज्ने हुन् नेपालीहरुले?
भारत ले दार्जलिंग्लाई पूर्ण संघियता न दिनु ,अनि राजतन्त्र फालेर नेपाल को राजनीतिमा हाबी हुदै तराइलाइ सकभर एकै राख्न खोज्नु , नेपाल को पहाडी राज्यलाई चै सकेसम्म तुक्रापार्न खोज्नु र उनीहरुको एजेन्डा बोकेर क्यास मावोबादी मोफसल मा देखिनु ले ठुलै ग्रयाण्ड डिजाइन यहा देखिन्छ |
चिकनी चुपडी राजनीतिक नारा मा भुलेर र अमेरिका को संघीय ढाचा हेरेर नेपाल मा पनि त्यो रहर गर्नुहुने मित्रजन हरुले यो लाइन मा सोच्न आग्रह गर्दछु |
संघियता न राम्रो हैन ,आर्थिक पूर्वाधार ,प्रसासनिक ढाचा तयार गरेर अलि राम्ररि सोचेर र त्यो भन्दा बढी येत्रो छालाग मार्दा देश नै कतै बिखन्डन तिर जाने त् हैन राम्ररि बिस्लेसन गरेर मात्र जानु उपयुक्त हुन्छ |
किनकि कसैको लागि औसधि मेरा लागि बिस , बा कसैको बिस मेरा लाइ औसधि भन्ने कहाबत गलत हैन |
सबैभन्दा ठुलो कुरा रास्ट्रीय सार्बभौमिकता र सिंगो नेपाल भन्ने हो |
पृथ्बी नारायण ले ज्यानको बाजी राखेर सिंगो नेपाल खडा गरेकोले र तेस्पछिका सासक ले देश लाइ घोडा र जनतालाई हैकम गरिनुपर्ने बस्तु ठान्दै देश यहासम्म ल्याइपुर्यायेकोले न आज चौटा को बिबाद गर्न पाइएको छ |
राना र शाह ले त् कमसेकम देशलाई घोडा र जनता लाइ रैती ठान्दै देश त् हाकेर यहा सम्म ल्याए अबको ड्राइभर ले कतै लगेर ठोकैदिने बा बेचेरै खाइदिने त्राश बोकेर पो बाच्नु परेको छ |
मावोबादी अब स्वायत मधेशको लागि लड्ने छन्/ यो कुरा प्रचान्द्र्ले भनेको हो/ अहिले बिहारमा बसेर तराइ बात पहाडी हटाउ; तराइ नेपालको होइन भनेर हतियार उठायर आतंक मच्चाउन्दै आयको जय कृष्ण गोइत जनयुद्धकालमा मावोबादीको केन्द्रिय सदस्य थियो/ १२ बुंदे सम्झौता बात फर्के लगतै प्रचंद्र्को सहमतिमै गिरिजाले पनि दिन नसकेको ३०सौ लाख बिहारिहरुलाई संबिधान मिचेर नेपालको नागरिकता दीयो/ बाबुराम प्रधान मन्त्रि पनि मधेशबादिकै समर्थनमा भयो/ नेपालको नागरिक हो भन्ने कुनै प्रमाण देखाउन समेत नसकेका ३०सौ लाख बिहारी आप्रवाशिहरुलाइ मधिसे भन्दै नागरिकता दिंदा पनि मधेशबादी दलहरुले प्रथम संबिधान सभाको चुनावमा तराइको कुल मतदाताको मात्र १५% मत पायो त् संबिधान सभाले बहुमत बात संबिधान बनाउन नहुने मधेश्बादिको मागमा सबै दलहरु सहमत गेर मात्रै संबिधान बनाउनु पर्ने भने भारतले शरण मार्फत नेपालमा सुनायाको उर्दीको लगतै पछि आफ्नी दलको अग्रतामा झलनाथको नेतृत्वमा बनेको २/३ बहुमतको सरकार को बिरोध बाबुरामले गरे/मधेश्बादिकै माग पुरा गर्नमा बाधा पुग्ने भयकोले कांग्रेस यमाले सिट गरेको ७ बुंदे सम्झौता खारेज गरे/ बाबुरामकै सरकार बने पछि तराइको मतदाताको मात्र १५ प्रतिशत र नेपालको कुल मतदाताको ६ प्रतिसत मात्रै मत पायको टुक्रा तुक्रि मधेशबादी दलहरु नेपालको राजनीतिको चौथो शक्ति बने/ अहिले दोश्रो संबिधान सभामा तस्विर भयको मतदाता परिचय पत्र जारि गर्ने कुरामा मधेश बादी दलहरुले बिरोध गरेको थियो/ अब तस्विर भयको मतदाता परिचय पत्र जारि नहुने भयो/ मावोबादी नाम राखेर नेपालको राजनीतिमा कोहि आय पछि अरुको प्रगति होस् नहोस मधेश्बादिको प्रगति चाहि राम्रै भय बात मावोबादी र मधेश बादी बिचमा फरक देखाउन गाह्रो हामीलाई होईन आफुलाई मावोबादी भन्ने हरुलाई नै भयको देखिन्छ/
प्रचण्ड को बारेमा केहि प्रसङ्ग तलको link बाट हेर्नुहोला अनि अस्ति भर्खर Dr तिर्थ श्रेष्ठको नेपाल चिनौ भन्ने पनि अनि सोच्नु होला कसलाई भोट दिने भनेर/ कमल थापाको कुरा छोडी दिउँ, चित्र बहादुर के सी र बिजुक्छे को पनि त कुरा सुन्नु पर्यो नि.
http://www.youtube.com/watch?v=aLNwQZziAjc&feature=player_embedded
http://www.youtube.com/watch?feature=player_embedded&v=8f-PinhKcuI
जनताको आसा बिकाश र शान्ति थियो / राना सासन मा साएद सान्ति थियो तर बिकाश थियन तेसैले जनता ले प्रगति को आसमा प्रजातन्त्र खोजे अनि प्रजातन्त्र आयो तर जनताले खोजेको बिकाशको लहर आएन फेरी जनताले बरु शान्तिमात्र भए नि पुग्छ सोचें अनि राजा को पंचायत सजिलै स्वीकार गरे / तर पंचायत मा स्थायीत्वो थियो तर बिकाश पनि थियन अनि फेरी जनता ले बहुदलिय प्रजातन्त्र खोजे / प्रजातन्त्र त आयो तर आमजनता ले अपेक्षा गरेको बिकाश सहभागिता र समतामुलक समाज बनेन / फेरी पनि खाली सत्ता संग नजिक हुने जो कोहि लै मात्र फाइदा भयो अरु को जीवनमा उलेख्य परिबर्तन आउन सकेन / तेही समयमा अग्रगामी परिवर्तन को नारा समाज को सम्पूर्ण बिवेद हरु को अन्त्य गर्ने नारा ले माओबादी जनयुद्ध उत्सर्घ मा पुग्यो / सत्ता बाट टाडा रहेका, पहुच्वाला बाट हेपिएका जनताले माओबादीलाइ ठुलो समर्थन गरे शान्ति सम्जौता भयो देश मा राजा को पतन भयो माओबादी को सरकार आयो तर जनतालाई देखाएको आसा र दिन सकिने वास्तविकता को बीच को ठुलो फरकले जनता मा निरासा छिट्टै छायो / देश को परिस्तिती झन् जटिल भयो अनि जनताले फेरी पछाडी फर्केर हेर्न थाले बिकाश नभएर के भयो त शान्ति त थियो नि ! अनि कमल थापा हरु फेरी कुर्लने मौका पाए हेर तिमीहरु को परिवर्तन ले क दियो तिमिहरुलाई ?
जनताले क बुज्न जरुरि छ भने रोम भन्ने सहर एक दिन मा बनेको होइन सबै कुरा हुन समय लाग्छ / यो हाम्रो नै सोचेको उपज हो कि देश मा बिकाश भएको छैन / खोइ हाम्रो सहभागिता , खोइ हाम्रो जगरुपता , खोइ हामीले आफ्नो नेता लै भन्न सकेको हामीलाई तेही संस्थान मा जागिर होइन नया उद्योग मा काम चाहियो, हामी येउतै संस्थान मा क्षेमता भन्दा भर्ति भएर तेस्लाई धरासाही बनौदैनौ , जुन हामीले बनैसक्योउ , खोइ हामीले एस्तो सरकार को परिकल्पना गरेको जस्तो लागि सम्पूर्ण नागरिक समान हुन्छ नकि कार्यकर्ता हरु ले आफुलाई अरु भन्दा माथिल्लो दर्जा को जनता सोच्छन / जब सम्म हाम्रो आफ्नो मानसिकता परिबर्तन हुदैन अनि आफ्नो स्वार्थ को लागि परिस्तिथि अनुसार विभिन्न दैलो हरु चाहर्दै हिड्ने बानि मा सुधार गर्न सक्तैनौ अनि तेस्तो दैलो चाहर्दै हिड्ने नेताको भर परिरहनछौ , समय बदलिरहंछा अनि हामीलाई कहिले कमल थापा कहिले प्रचण्ड , कहिले माधबकुमार , कहिले शेरबहादुर , कहिले को कहिले को ले भिभिन्न बहाना मा फरक फरक समय मा झुक्कैरहनेछन अनि हामीले वास्तविक अर्थ मा चाहेको प्रजातन्त्र, सान्ति , अग्रगमन , समानता, समबेशिता , रोजगार, शिक्षा , स्वास्थ्य , सुलभता अनि आत्मसम्मान कहिले पाहुने छैनौ /
परिबर्तन जी, एउटा कुरा के बुझ्नुहोस् भने एक युग मा एक पटक त्यो समय आउछ ! जसलाई समाएर हिड्यो भने सफल र हिडेन भने असफल ! गणतन्त्रबादी हरु यहि निर असफल भएका छन् ! राजनीति एस्तो चिज हो जो एकै पटक को परिक्ष्या मा जिबन मरण को निश्चितता हुन्छ ! राजनीति ले पटक पटक मौका दिदैन ! गणतन्त्रबादी हरु एस माने मा फेल खाएका छन् ! नेपाल को सन्दर्भ मा आफ्नै खाले बिसिस्ट सामाजिक संरचना ले गर्दा गणतन्त्रबादी हरु लाइ यो दोस्रो मौका मात्रै हो !
कमल Thapa is the best in nepali politics .जसले जे जे भनेपनि कमल Thapa जत्तिको आंट र खुबी भयको नेता नेपालमा कोइ छैन .आफ्नो बिचारमा अडिग कमल थापा लाई भन्दा Nepal लाई गृहयुद्दमा धकेल्न खोज्ने जाली,फटाहा हरुलाई गाली गर्नु पर्ला कि लेखक जिउ…..
म राजा बादी बिचार धारा भएको मान्छे हैन र कहिले हुदिन पनि तर कमल थापा अरु नेता हरु जस्तो दुइ जिब्रे चाइ पक्कै पनि हैन है. ज्ञानेन्द्र शाह को पतनै भै सक्दा पनि आट गरेर साथ् दिदै आएको थियो र अहिले यी भातमारा र जातमारा देसद्रोही नेता हरु को कारण ले जान आन्दोलन कमजोड भएर पुर्ब राजा फेरी उदय होला जस्तो स्थिति मा पनि उनको एउटै अडान मा अडिक भएर बसेको मा चाइ दाद दिनु पर्छ पक्कै पनि. हुन् त बुझ्नु पर्ने अर्को कुरो के छ भने अर्ब पति पुर्ब राजा को सम्पति रस्त्रिये प्रजा तन्त्र पार्टी को लागि येति बगेको छ कि यिनको लागि गरि खाने भाडो पनि हो र जागिरे जस्तो पनि हो. तेसैले साथ् पहिले पनि थियो र तेसबेला सम्म हुनेछ जब सम्म ज्ञानेन्द्र को पतनै हुन्छ पूर्ण रुप ले तर…..यो चुनाब येदि भारत को चल खेलमा हुन् लागेको देखावटी चुनाब हैन र स्वछ रुप ले धाधली हिन हुन्छ भने पासा पल्टिन पनि सक्छ.
बिरोधिहरुको जरो उखेल्न नसक्नु नै देशमा फेरि यथास्थितिबादिले मुन्टो उठाउने ठाउँ पाउलान भन्ने डर छ | खबरदार सचेत हुनु पर्ने र देशलाई गतिशील बाटोमा लैजान बाटो चिन्न आबस्यक छ , नेपाली जनताको सामु यहि चुनौती छ |
उल्टो राजनीति मधेशबादीले मात्रै गर्दै छ परिबर्तनज्यु/ संसारले जाति बाद त्यागि सक्यो तर मधेशबादीहरु आफुलाई नेपाली भनौं भन्दा मधेसी भनाउन आतंकको राजनीति मात्रै होइन स्वाङ्ग र झुठको राजनीति समेत गर्दै छन्/ आफुलाई नेपालको अन्य जाति सरह नमान्ने मधेशबादी हरु नेपालका अन्य जातिकालाई पहाडी भन्छन सबै जातिको नेपालीको बसोबास भयको तराइलाइ मात्र मधेसीको मधेश बनाउन मात्रै लोकतन्त्र खोज्ने मधेशबादी नै नेपालको राजनीतिमा उल्टो बग्ने तत्वहरु हुन् र परिबर्तनज्यु तपाईं तिनीहरुको हिमायती हुन्/ परिबर्तन ज्यु शिर भुइंमा तेकायर खुट्टा आकाशमा ठ्द्यौनेले आकाशलाई पाताल देख्छ/
पृथ्बी नारायण शाह र जंग बहादुरले तराइ नेपालको भुमि बनायको कारण आफु नेपाली बान्नु परेकोमा गालि गर्नु हुने परिबर्तनज्यु तथा मधेशबादीहरुले अनेकौ षड्यन्त्रको राजनीति रचेर ३० सौं लाख बिहारी मधिसेहरुलाई नेपालको नागरिकता दिलाउदा पनि प्रथम संबिधान सभाको चुनावमा तराइको कुल मतदाता संख्याको मात्र १५% मात्र मत पाय बात उनीहरुको पहाडी मधिसेको विभेदी राजनीति सफल हुन् सकेन/ तराइको नेपाली जनजाति आदिबाशी थारु मैथिली मुस्लिम समुदाय मारवाडी समुदाय लगायतले मधेश बाद अस्विकार गरे पछि हिजो सम्म तराइ मात्र मधेसीको भुमि हो त्याहा पहाडी लगायत अन्य जातिका नेपालीलाई हटाउन डर त्रास अपहरण हत्याको अपराधिक राजनीति गर्दै आयका मधेशबादी हरु दोश्रो संबिधान सभाको चुनावको संघारमाजाति बादी मधेश बादी नीति त्यागेर ( भोट पाउनको निमित!!!) मधेशबादमा सबै जातिको सम्मान गरिने भन्न थालेको लाइ परिबर्तनज्यु सुल्टो राजनीति गरेको भन्नु हुन्छ कि उल्टो राजनीति गरेको भन्नु हुन्छ?
नेपालको परिबर्तनज्यु; तपाईं तराइ नेपालको भूभाग भयकोमा असन्तुस्ट हुने मधेशबादी हुनु हुन्छ भनेर तपाइंको बिगतको लेखहरुले प्रमाणित गर्छ/बिगतको नेपालमा कुनै शासक र समुदायका कुनै जातिबादी भयको कुरामा बिमति गर्न सकिंदैन/ तर बिगतका कुनै पनि निस्क्रिस्ट भन्दा निस्क्रिस्ट जाति बादी पनि तराइमा पुस्तौ बा दसकौं देखि बस्दै आयका नेपालका अन्य जातिकालाइ “पहाडी” भन्दै तिनीहरुलाई तराइ बात भगाउन खोज्ने; आफुलाई ,मधेसी नमानेकोमा थारु मैथिली माथि बम समेत प्रहार गर्ने गराउने मधेशबादी जत्तिको कुनै पनि जातिवादी छैन/
संयुक्त रास्ट्र संघ र बिस्व समुदायले मात्रै होइन भारतले समेत आफ्नो उतारी सिमाना जोदियको नेपालको भूमिलाई तराइ नै मानेको छ; नेपालको भुमि मानेको छ/ तर आफुलाई मधेसी भन्ने हरु यो कुरा मान्दैन त् उल्टो कुरो को गर्दै छ परिबर्तन ज्यु?
भारतमा यकिकृत गरि सकेको भूमिलाई पुन बिखन्डन गर्न खोज्नेलाइ भारतले देस द्रोही तथा आतंकबादी मान्छन/ नेपालमा यकिकृत गरि सकेको तराइलाइ बिखन्डन गर्न रास्ट्र संघमा बिरोध पत्र दिने; तराइ Nepal बात अलग्याउन दिल्लीको सदनमा गयर hभूमिलाई गाभी सकेको तराइको भूभागलाई लुक को भूमिमा बिखंदंबादिलाई देस द्रोही तथा आतंकबादी मान्छन “मधेसीको मधेश” मानेको छैन/ तर तराइको होइन भनेर रास्ट्र संघमा बिरोध जनाउने तराइ नेपाल अलग्याउन भारतको सहयोग र समर्थन पाउन आफ्नो टाउकोमा मट्टीतेल खान्यायर आगो बाल्ने रघुनाथ ठाकुर तथा रघुनाथ ठाकुरकै मागलाई हतियार उठायर माग्ने जय कृष्ण गोइतलाई परिबर्तनज्युहरु (मधेश्बादिहरु) देस द्रोही तथा आतंकबादी मान्दैनन आफ्ना महान नेता तथा प्रथम सहिद मान्छन/ त् भन्नुस परिबर्तनज्यु उल्टो राजनीति कसले गर्दै छन्?
बेला बेलामा मधेशबादीहरु भारतको सहयोग नपायको गुनासो गर्छन/ किन गर्छ भारतले मधेश्बादिलाई समर्थन? मधेश बादी प्रबितिलाइ भारतले समर्थन गरे यस्तो प्रबिति भारतमा पनि मौलाउने छन् र असंख्य राज्यहरु यकिकृत गरेर बनेको भारत टुक्रिने छन् भनेर बुझेरै मधेश्बादिलाई भारतले स्पस्ट समर्थन नगरेको हो/ मधेश बादिलाई भारतले केहि समर्थन गरेको त् मात्र नेपालको राजनीतिलाई तरंगित तथा अस्थिर बनायर नेपालमा आफ्नो बनियागिरिलाइ टिकाइ नेपाल बात अधिक भन्दा अधिक फाइदा लुत्नको निमित मात्रै हो/
नेपालका अन्य जातिका जातिवादीको कालो हुरी भुमरी चलायर नेपालका थारु मैथिली आदि जनजाति आदिबाशी र पुस्तौ र दसकौ देखि बसोबास गर्दै आयको अन्य जातिका नेपालीको तराइलाइ मात्र मधेसीको बनाउन मात्रै होइन सकेमा त् तराइ नै नेपाल बात अलग्याउन खोज्ने मनशाय भयको मधेश्बादिहरुको औचित्य साबित गर्न तराइ पहाडलाई यकिकृत गरेर नेपालको निर्माण गर्ने कैलाली कंचनपुर नेपालमा पुन फर्काउने जंग बहादुरलाई गालि समर्थनमा नेपालको निर्माता प्रिथ्बिनारायण शाह आलोचना गर्नु नहुने परिबर्तनज्युले नेपालको कुनै दल बा समुदायलाई जातिवादी भनेर आलोचना गर्नु हास्यास्पद कुरो हो/
People like ‘Prachanda’ & ‘ Baburam’ are criminals.They have blood in their hands.
You call me stupid, idiot or whatever you like but Nepal is still not ready for total democracy.
Only a handful of people have benefited from the so called democracy in Nepal. Everyday passing by, the sovergnity of Nepal is getting weaker. The power of ‘remote control’ is getting stronger by the day.
For me, the sovergnity and independance of my country is important than so called ‘current democracy’.
Then, again I am not educated and well informed like ‘Paribartan’.
राजनीति जतासुकै हिडोस, जनता सधैं सुल्टै हिड्छन ! हिजो एस्तो गर्छु उस्तो गर्छु भन्नेले सिन्को नभाचेपछि जनताले आफ्नो मन फेर्नु उनीहरूको हक हो ! हो कमल थापालाइ म अझै पनि पत्याउदिन, तर कमल थापा पनि नेपाली हो उसका कुरा जनताले हिजो पत्याएनन आज पत्याए भनेर आकासतिर थुक्नु ठिक होइन ! देशमा कुनै तन्त्र होइन इस्थिरता, कानुनको राज्य, एकता र विकास चाइयेको छ, त्यो कसले र कसरी दिन सक्छ त्यो लेखेर देखाउन सके आभारी हुने थिएँ ! धन्यवाद !
नेता चुन्ने हैन नेता नचुन्ने अधिकार को पनि बहस चल्नु पर्छ. भ्रस्ट अनि फटाहा हो भन्ने थाहा हुदा हुदै पनि स्वच्छ छबि भएको मान्छे चुन्न पाइदैन हाम्रो देश मा किन कि कुनै ऑप्शन हुदैन तिनै चोर हरुलाई जिताउनु पर्छ .
संघियताले देश बनाउँछ. अब संघियता न्हुनेहो भन्ने देश कति टुक्रामा टुक्रिन्छ भन्न सकिन्न.
संग्यियता दिन नचाहनु सामन्ती सोच हो. नेपालको पछौटेपनको मुख्य कारण केन्द्रीयता हो. दुनियाबाट सिखोउ साथी हो. भारतमा संघियता हतैदिनेहो भने ३० टुक्रामा टुक्रिन्छ.
संघियतामा जाँदैमा देश बिग्रिने होईन, तर जातीयतामा बिभाजन हुनु भएन यदि जात – जातिको हिसाबले देशलाई टुक्रा पारे भोलि देश दल -दल गृहयुद्दमा फस्ने निश्चित छ | स्रोत र साधन हेरेर धेरै राज्य बनाउनु पनि भएन | अर्को कुरा लोकतन्त्रमा या भनौ कुनै नीतिमा धर्म निरपेक्षेता जरुर छ | यसो भन्दैमा म राईको छोरा हुँ, मैले गाई काटेर खानु पाउछु भन्दिन | विभिन्न जात- जाति एकै समुहमा भएपछी एकले अर्को जातिमाथि सम्मान गर्न जान्नु पर्दछ | अनि बिक्रम जी हजारौ मान्छे स्वाइच्छाले सहिद भएका होईनन जबर्जस्त बनाईएका पनि छन् आखिर जे- भएपनि यिनीहरुलाई हामीले सम्मान गर्नु नै पर्छ | माओवादी सत्तामा आएपछि सहिद परिवारप्रति कतिको जिम्मेवार देख्नु भएकोछ ?
मैले धेरैको मुखवाट सुनको र अन्य साथीहरुले पनि सोधखोज गर्दा अनुभव गरको कुरा यहाँ लेख्दा शायद पत्याउने कमै होलान जो राजनीतिमा अन्धभक्त छन विशेष गरि एनेकपा माओवादी त्यसमा पनि प्रचण्ड र बाबुरामलाई आफनो बाबु भन्दा पनि बढी मान्नेहरुका लागि यो कुरा पढदा आँखा र मन दुवै पिरो भएर आउला अनि केही कांग्रस र एमालेका समर्थकलाई पनि केही सहज होला नै । जे भए पनि बास्तविकतालाई कसैले पनि नकार्न सकिदैन नि । कुरा के भने सम्विधान सभाको चुनाव नजिकै आएको सन्दर्भमा यो कुरा धेरैको मुखवाट आएको छ कि यसपालि अधिकांस मतदाताहरु भोट कहाँ कहाँ हाल्नु हुन्छ भनी बुझ्दा भन्ने गरेका छन कि एक भोट दाइलाई अर्को भोट चाहि गाईलाई । उनीहरुले प्रत्यक्ष मतदानमा अप्रत्यक्ष रुपमा कांग्रेस , एमाले वा एमाओबादीलाई दाइको रुपमा भनेका हुन भनेर बुझनु पर्छ भने अर्को भोट भन्नाले समानुपातिक तर्फ गाई भन्नाले सो चिन्ह भएका राप्रपा नेपाल भनेर त स्पष्ट नै बुझिन्छ । यस प्रकारको भनाई धेरै स्थानमा सुनिएको आधारमा त्यस पार्टीलाई समानुपातिक मतले कम्तिमा ३०/४० सिट आउने बलियो सम्भावना छ । त्यस पार्टीले दिएको हिन्दुत्वको नाराले विशेष प्रभाव पारको स्पष्ट छ भने राजनैतिक दलहरुको गैर जिम्मेवारीपूर्ण व्यवहारवाट आजित भएर राजतन्त्र प्रति नै अपेक्षा गर्नेहरु पनि दिनानुदिन बढदो कारणले पनि सो पार्टीैले गतिलो फटको मार्दैछ साथीहरु त्यसैले म भन्छु जिम्मेवार राजनीतिक दल तथा तिनका पिछेलग्गुहरुले विना कुनै घमण्ड एव अतिविश्वास गर्न छाडेर यस परिदृश्यलाई गम्भिर भएर सोच्नु पर्ने वेला आएको छ । यसकुरालाई कदापि नजरअन्दाज गर्न सकिन्न है बेला मै होस गरौ ।
यो कुरा ठिक हो राप्रप्रा भारत को हिन्दु धार्मिक पार्टी VJP जस्तै गरि उदय हुन् बेर लगाउदैन भन्ने कुरा मा म पनि सहमत छु. नेपाल मा हिन्दु हरु को प्रतिसत भारत मा भन्दा बढी नै छ. येसो नियालेर हेर्दा, ज्ञानेन्द्र शाह ले एकदम चलाखी पूर्ण धर्म को कार्ड खेली रहेको छ जसलाई बोर्डर परि वाट VJP को पनि पनि पूर्ण सहयोग छ र अहिले आएर बैद्य बा ले पनि चलाखी का साथ् डाइरेक्ट लि सपोर्ट गरि रहेको छ र उसले बाहिर खुले आम पनि बक्तब्य निकाली सक्यो कि यी पार्टी हरु लाइ तह लगाउन nationalist सोचाइ भएको राजा बाद पार्टी संग मिलेर सह कार्य गर्छु भनेर र उसले आफ्नो काम पनि सुरु गरि सक्यो. जति जति यी चार जना पाजी हरु एक आपस मा लड्छ तेती तेती राजा बादी हरु को भोट सुरक्छित हुदै जानेछ . ३०-४० सम्म को सिट यिनी हरु ले जित्ने छ येस्पाली भन्ने कुरा मा मा पनि सहमत छु जसले गर्दा दुइ तिहाइ को मत हावा खाएर नया सम्भिधान पनि हावा खाने छन् र कृष्ण प्रशाद भट्टराई को पाला को सम्भिदान लाइ ब्युताउने प्रयास हुने छ.
जब सम्म ५ वर्ष कार्यकालको अधिकार सम्पन्न स्थाई सरकार हुन्दैन तब सम्म नेपालमा विकास सम्भब छैन, संसदिय प्रणालीले गर्दा लुट्न पल्केका ब्वाँसाहरु फेरी पनि तेही प्रणालीको सरकार चाहिन्छ भन्छन,
१. शान्ति र प्रजातन्त्र चाहने तर राष्ट्र येथास्थितिमै होस् भन्ने भए रुखमा भोट हाल्नू
२. कम्युनिस्ट मन पर्ने तर माओबादी जस्तो उग्रबामपन्थी हैन भने सुर्यमा हाल्नु
३. माओबादीका नेताका हालसालैका गतिबिधि मन नपर्ने तर देशलाई छलांग नै चाहने भए हसिया हथौडामा हाल्नु,
४. रैती बनेर शान्ति, सार्बभौम सहित र सुरक्षित छत्र छायामा बस्न मन भए कमल थापालाई दिनु चुनाब चिन्ह मलाई थाहा छैन, सोधी लिनू,
४ आफ्नो एरियामा केहि पद खान मन भए वा काम लिन मन भए क्षेत्रीय पार्टीलाई दिनु,
प्रश्न: रह्यो कुरा गणतन्त्रले के दियो?
उत्तर- म या तपाई जसले पनि १०-१५ वर्ष राष्ट्र र जनताको पक्षमा कार्य गरि चुनाब लडे रास्ट्रपति (तपैकै सब्दमा भन्ने भए राजा या बडामहाराज नै भन्दिम न) हुन पाऊछ ,
प्रचण्ड सुशील बाबुराम, नेपाल भ्रस्ट हुन् भने हराई दिमना चुनाबमा कि आफै उठाम अर्को योग्यलाई , मतलब लोकतन्त्रमा गलत बाटोमा जानेलाई चुनाब बाट फेर्न सकिन्छा,
धर्म निरपेक्षता ले के दियो?
हिन्दु मात्र नभई सबै जातिले स्थान पाउन थाले जस्तोकि बिस्तारै अन्य धर्मका चाड बाडमा नि बिदा हुदैछ, बिस्तारै दशैँ बिदा जम्मा ५ दिनमा झर्छ,
संघियेता किन?
शेष घलेले ७ बर्समा १३ रोपनी जग्गाको कर मात्रै ४ करोड तिरेछा, जुन पैसाले मेरो गा. बि. स. को सबैको जग्गा किन्न पुग्छ, संघियेतामा गए पछि येति सारो विभेद हुदैन, हरेक राज्यमा आफ्नै मन्त्रालय, न्यायालय, बिस्वबिध्यालय अनि रोजगारीको मौका हुन्छा र समानुपातिक बिकाश हुञ्छ, काठमाडौँ को भाउ घट्छा भनेको हैन , अन्तको नि निकै बढ्छा भन्न खोजेको,
अनि संघियेताले जातीय सद्भाव बिथोलिन्छारे? हुदै नभाको सद्भाव कसरि बिग्रिनु , लौ पढ्नुस तलको कविता:
खै कहाँ छ जातीय सद्भाव ?
खुबै आफूलाई जान्ने भनि टोपल्ने गाँडोहरु हो !
नयाँ नभएर मात्रै समाजमा जरो गाडिरहन पाएका थोत्रा भाँडोहरु हो!
मध्ये रातमा छानो जलाउदै अहिले दिन हो भन्नेहरु हो!
सदियौं देखि नेपाली समाजमा जातीय सद्भाव छ भन्ने ढटुवाहरु हो!
खै कहाँ छ जातीय सद्भाव ?
जहाँ कोहि जन्मदै अमीर त कोहि बाँच्नकै लागि किरा फट्यांग्रानि खान्छन,
जहाँ एउटा ७ बर्से फुच्चेले भैया भन्दै जुगेमुठे लाई थरकाउंछ,
जहाँ पानी छोएको निहुमा ज्यानै लिइन्छ ,
जहाँ बाटोमा भेटिएका लाई साइत बिगारिस भन्दै धारने हात लाइन्छ ,
जहाँ एउटै घरमा छिर्न वा संगै भतेर खान बन्देज गरिन्छ ,
खै कहाँ छ जातीय सद्भाव?
यो त केवल हठात बनावटी सद्भाव हो,
पिडितहरुले पिडा सहिदिएर देखिएको सद्भाव हो
अन्धाहरुले अन्धकारै ठीक छ भनिदिनाले हो
शोषितहरुलाई शोषणमै बाँच्ने बानी परेकाले हो ,
त्यसैले अब क्रम भंग गरिनु पर्छ,
ति चुचा पहाडका नाकहरु भांचिनु पर्छ ,
पहाड माथिको मन्दिर रुपी दरबार भत्काइनु पर्छ,
अनि हुन्छ सबै समथर,
अनि देखिन्छ सबैको एउटै उचाई
निरन्तरता पछिको क्रम भंगता, अनि छलांग अनि चमत्कार
अनि बन्छ नयाँ नेपाल
अनि हुन्छ जातीय सद्भाव
-नबिन जंग टंगी गुरुङ
(अरुले जे सुकै भनुन म माओबादी चाही हैन )
नवीन जी, धर्म निरपक्ष्यता को मतलब सबै धर्मालम्बी को चाड मा सबैले बिदा पाउने हैन, त्यो त नेपालको मात्र चलन हो | अमेरिका जस्तो देश मा पनि बिदा भनेको इसाइको चाडमा मात्र हो, अरु हरु को चाड मा हैन | कुरा के हो भने एक प्रतिसत को चाड मा बाकि उनान्सय प्रतिसतले पनि बिदा पाउन थाल्यो भने काम चै कल्ले गर्ने भन्ने हुन्छ | अनि उनान्सय प्रतिसतको चाड परेको बेलामा अर्को एक प्रतिसतलाइ काममा बोलाउने कुरा पनि भएन | देश चलाउनेले येसरी सोचेनन नेपालमा | भन्नेले हावा ताल मा ल केटाहो यो दिनमा बिदा भने पछि सिद्दियो, अनि अरुलाई बिदा भएपछि जे को भए पनि बाल मतलब | ७० प्रतिसत जति कृषिमा काम गर्ने नेपालीलाइ हर्स न बिस्मात | अर्को ठुलो हिस्स खाडी तिर छ, तिनलाई पनि हर्स न बिस्मात | बाकि बेरोजगार लै पनि हर्स न बिस्मात | अर्को ठुलो हिस्स सरकारी कर्मचरी लाइ के खोज्छ कानो आखो भन्या जस्तो | अमेरिकामा भए निजि कम्पनी ले कुरा ऊथौथे, नेपालमा निजि कम्पनि (मान्छे लगाएर काम गराउनु पर्ने उत्पादन मुलक खालका ) पनि छैनन् भने पनि भो | राजनीति बेचेर जीवन चलाउने लाइ कति सजिलो , तेती भए पछि आफु लाइ धर्म निरपेक्चा भन्दै राजनीति गर्ने बाटो खुल्ने |
हिन्दु देश हुदा नेपाल मा अरु लै कत्तिन केकेन गर्दिया जस्तो | सबै आफ्नो तरिकाले गरेकै थए खाएकै थए | खाडी तिर हुने दाजु भाइ लाइ थाहा होला मुसलमान देश मे कस्तो चलन छ भनेर | तेइ भुटान मा पनि घर बाहिर निक्लेर बुद्दिस्ट बाहेक अरु कसैले पुजा गर्न पाउदैनन | त्यो हेरी त हिन्दु नेपालमा मुसलमान पनि मन्त्रि भाकै थिए, ५०० रुपे तिरेर सरकारले हजमा पथाइदियेकैथ्यो | दर्बारकै आगाडी तेत्रो कास्मिरी मस्जिद बनाउन देकै हो | बौधमार्गी हरि आदि काल देखि नै हिन्दु संग मिलि बसेकै थए | हिन्दु राजा हरुले गुम्बा, बिह्हर बनाएकै थिए, सम्रछां गरेकै थिए | मुसलमान हरु ले भाको भए आस्तिन अफघानिस्तान मा बुद्दको मुर्ति खरानी बनाए जस्तो सब खरानी बनौथे | बाकी भो इसाईको कुरो | नेपाली इसाई भनेका तेइ पैसाको लोभमा भर्खरै भर्खरै आफ्ना बाबु बराजे ले येसु भन्दा पनि हजारौ वर्ष पैला देखि गरेका कर्म-काण्ड, संस्कृतिलाइ लात्ताले हान्दै पैसा को पछि दगुर्नेको कुरै नगर्दा बेश |
तेसैले धर्म निरापेक्ष्यता को कुरा निकाल्दा मलाई भित्र देखि नै हासो उठ्छ | जे होस् यसले राजनीति गर्ने लाइ खाने बाटो भाको छ भने तिनका अंधा भरौटे लाई खोक्रो नारा |
रमेसजिको पनि कुरा चाहि पुरै सहि होइन| अमेरिकामा सबैलाई राष्ट्रिय बिदा नदिए पनि सबैले आफ्नो चांडमा बिदा लिनु पाउछ, कानुन त| अनि राष्ट्रिय चांडमा काम गर्छु भने पनि पाउछ| चांडको लागी राष्ट्रिय ढुकुटीबाट फुल्मासे खर्च गर्नन| यो बिदा पनि घटाउने कोसिसमा छन|
विश्वास जी, अमेरिका मा पौने छद को बिदा भनेको आफ्नो संचित बिदा मद्ये बाट लिन पर्छ, अतिरिक्त छद को बिदा होइन. तपाइको कुरा त्यसैले गलत छ. बचेको बिदा बाट संसार भरि नै पाइञ्छ, चाड वा अर्थोक.
“अस्ति भर्खरको तितो विगतलाई राम्रो देख्न खोज्नु पक्कै पनि मुखले खानु पर्ने खाना अन्य ठाउँबाट खाने कोशिस गर्नु हो।” यो लेखको निचोड यहि एक वाक्यले दिएको छ |
लेखकले के भन्न खोज्नु भएको खै बुझ्नै गारो भो| ७ वर्ष गुप्त बास जानु भएको थियो कि के हो? लेखकजी, ७ वर्ष मा बागमती मा धेरै पानी बगी सक्यो, जनता आली आली भए नि बुझ्ने भएका छन्| कथित जनयुद्ध माओबादी को रोजाई हो, पौन्ने ३ करोड नेपाली जनता को हैन| सोझा नेपाली लाई सुरुग युद्ध भनेर धुवास दिने प्रचण्ड त डेल्ली मा बिन्तीपत्र चढाई रानु भएको रैछ | यता १७हजार नेपाली दाजु भाई दिदि बहिनिको हत्या गर्ने, ठुलो ठुलो गुफ्फ़ दिने अनि उता खुट्टा मोल्ने? एस्ता लगाएत धेरै कुरा ७ वर्ष आगि थाहा थिएन| बिस्तारै खुल्दैछन| अजै कति होलान होलान तेस्ता किस्सा त| राजतन्त्र माओबादी को आन्दोलन ले फालेको कि कसले फालेको बुझ्न एकचोटी S.D Muni को लेख हरु हेर्नुस| अनि आयो ७ वर्ष को प्रगति — मुक्ति टावर , २ करोड को सगरमाथा (बिना मगर) उपलब्दी, हिसिला यामी को earthworm, YCL को गुन्डा गर्दी, लाजिम्पाट को २५ करोड को महल, २~३ लाख पर्ने rolex घडी, अरु के के लेखूम? यी केहि देख्नु भएन भने, तपाई पक्कै पानी ७ बर्से गुफा बास बाट मेरोसंसार मा टुप्लुक्क आउनु भा रैछ| तपाई को एउटा कुरा चै चित्त बुझ्यो — “विगतबाट पाठ नसिकेर विगतकै मोहमा रमाउने हो भने “राम-राम” भन्न बाहेक केही गर्न सकिँदैन।” — अन्त मा लक्ष्मी माता ले तपाई लागाएत् सम्पूर्ण नेपाली को कल्याण गरुन|
लेख्न त जे लेखेपनि हुन्छ तर प्रचण्ड जी को गालि गरेर मात्रै मन को बह पोख्ने काम गरेर मात्रै केहि हुन्न | कुनै पनि कुरा मा कति सत्येता छ भन्ने कुरा पहिला भुझ्न जरुरि छ | अहिले सम्म एमाओबादी को मात्रै होइन कांग्रेस एमाले सबै उही द्यांग का मुला हरु हुन् | महाकाली बेच्ने दलालीहरु, धमिजा काण्ड, लाउडा काण्ड, पनि ट्यांकी मा पैसा लुकाउने, आफ्नो छोरि लाइ AIIMS मा पढ़ैदिना पर्यो भनेर इंडिया भ्रमण मा जादा तेहा आफ्नो औकात बिर्सेर भिक् माग्ने दलाल यी सबै प्रचण्ड भन्दा कम होइनन बरु बढी नै हुन्…….TI , नेपाल अनि इन्सेक ले माओबादी भन्दा राज्य पक्ष्ये ले बढी मरेको छ भनेर रिपोर्ट नै छ अनि फेरि आफु लै रिसुथ्यो भनेर जे पायो तेही भन्न त मिलेन नि | येदि प्रचंडे ले गरेको कर्तुत हरु थाहा हुदा हुदै फेरि किन होला कानुनी लादै नलड्ने | यो गर्ने तागत छ त तिमि जनता संग | खोइ त सुडान काण्ड मा कसैले चुइक्क गर्न सकेन | खाली महल बस्यो भन्ने कराउने गरेर मात्रै त भएन नि | अब महल, गाडी, घोडा को कुरा गर्ने भने हिजो चप्पल लगाएर राजनीति गरेर देश को मुहार फेर्ने प्रण गरेका नेता हरु सबै झुपडी मा त बस्चन होला नि होइन र | ए माओबादी मात्रै होइन महल त सुजाता, राम्चंद्रे, रावल, माकुने, खनाल, पोख्रेल, देखि सबै को ताल उही त होला नि कि आफ्नै पुर्खा को सम्पति नै काठमाडौँ मै हो | कि घर चमत्कार गरेर बनेको हो र ? फेरि यो प्रश्न गर्दा माओबादी रिचा भनौला नि साथी हो | यो सबै चोर नेता हरु को लागि हो प्रश्न ?
किन प्रचण्ड लाई बडी गाली? — प्रचण्डले २० वर्ष अगि — “२४० वर्ष सत्ता मा बसेकाहरुले गरिब लाई लुटे, देश गरिब भो , सामन्तीहरुले सोषण गरे,.. ” भनेर जनयुद्ध सुरु गरेका हुन्| र आहिले आएर “अरु ले पनि त गरेका छन् नि” भनेर हामी ले प्रचण्ड लाई कसरि छुट दिने? तेही नै गर्नु थियो भने फेरी किन जनयुद्ध त ?
अरुहरु सोझो छन् भन्न मैले खोजेको हैन| तर अरु पार्टी का नेता कानुन को फैसला आनुसार जेल बसेर निस्की सके र कोहि जेल मै छन्| माओबादी ले नेपाली कानुन र आदलत दुवै लाई लात हानी रा छ| येस्मा को ठिक को बेठिक?
बाहिर को कुरा मा सत्यता कति को छ भन्ने नेपालमा बुज्न सजिलो छ| प्रचण्डजी को भुँडी र प्रकाशजी को बुडी हेरे पुग्छ|
तपाई माओबादी भए पनि नभए पनि हामीलाई भन्नु केहि छैन| बेक्तिगत आस्था को कुरा हो| तर प्रचण्डले जसरि दुइ जिब्रे भएर नेपाली को हत्या गरे , तेस्ले गर्दा यिनलाई माफ गर्न मेरो आत्मा ले दिन्दैन| तेत्ति हो|
चुनाव को समय मा आफु बिदेस मा रहे पनि, आफ्नो विचार पोख्ने माध्यम भई दिएको मा मेरोसंसार लाई धन्यवाद|
प्रचण्डलाई नै किन बढी गाली गर्ने भन्ने कुराको उत्तर साह्रै सरल छ मिलन जी। रामचन्द्र, माकुने, सुजाता आदि इत्यादि सबैले भन्दा बढी, र सबैले भन्दा चार हात माथि उफ्रने प्रचण्ड नै हुन् – अझ भन्नु पर्दा वर्षमा हजार रुप्पे हो कि यस्तै कतिको भन्दा बढीको त लुगा नलगाउने भनेर सार्वजनिक रुपमै उदघोस गरेकै हो। कमसे कम सुजाता म्याडमले १००० रुप्पे भन्दा बढीको ब्याग कहिल्यै किन्दिन त भन्नुभाको छैन नि 😉 । त्यसैले जसले बढी हल्ला गर्छ , र हल्ला मात्र हो र, जसले के के न गर्छु भनेर १० बर्ष भिषण गृहयुद्ध चर्काएर देशलाई कम्तिमा ३० वर्ष पछि धकल्छ, उसबाट त्यसको बदलामा मान्छेले धेरै अपेक्षा गरेको हुँदो रैछ। तर के पाईयो त्यस बदलामा ? फेरि झण्डै अर्को गृहयुद्ध सुरु भो – जातियताको नाममा। अनि नेपालको राष्ट्रियता आज जति रसातलमा कहिल्यै झरेको थिएन । अनि चेज एयर, लाउडा र धमिजा मात्र भजाएर सधैं अरुलाई मात्र गाली गरिरहने ? मतलब, आफ्नो आङको भैंसी पनि देख्ने कि नदेखे झैं गर्ने ? लौ , भोट बरु माहुरी, लालटिन वा कुकुर छाप मै हालौंना नि – लु जा।
तपाई ले भनेको कुरा सहि होइन | येह त तपाई ले चोर हरु को बीच मा कुन चोर राम्रो भन्नु भाको छ | कुरा तेसरी गर्नु हुदैन | सुजाता लाइ पनि मा राम्रो भन्दिन र प्रचण्ड लाइ पनि येदि यिनी हरु ले देश को हित बिपरित काम गरेका रहेछन भने | तर तुलना नै गर्दा यो rolex घडी, एक लाख को बिस्तारा आदि कुरा हरु सबै कति सम्म तौल छ आफै विचार गरम | सुजाता ले रुबेल मार्फत गरे का काण्ड के हो त | अब हल्ला कै आधार मा भन्ने हो भने त भनि साध्धे छैन | अनि अर्को कुरा महाकाली बेच्नु भनेको देश बेच्नु सरह हो | देश बेच्ने भनेको अब आफै विचार गर्नु होला के हो भनेर | फेरि धमिजा, लाउडा भनेर मात्रै एमाले वा कांग्रेस लाइ गालि गरेको नै हो | जसले गल्ति गर्छ तेस्लाई देश र जनता ले कहिल्ल्येइ पुरुस्कार दिदैन | येदि साँची भन्ने हो भने केहि गरेर देखौन पर्छ देश को लागि | र तपाई हामी जस्तो जनता ले प्रचण्ड लाइ मात्र होइन माकुने, झाले, पोख्रेल, सुजाता, सुडान प्रसाद, गुण्ड गर्दी प्रसाद, सबै को बिरोध गर्नु पर्छ | येदि कुनै पनि पार्टी को नेता हरु ले गल्ति गर्छ भने तिनी हरु को सबै को खबरदारी गर्ने हिम्मत हुन पर्यो जनता संग | तर के गर्ने जनता नै सबै दलाली छ तपाई मा जस्तै | तेसैले यो चुनाब ले पनि केहि खुल्क्यौन्न | हामी जनता सबै नेता को तल्लु समात्ने बस्ने हो देश को मतलब कसैलाई छैन | हामी सबै एक हिसाब ले देशद्रोही जस्तै भैसक्येउ | केहि वर्ग बाहेक कसैलाई देश को चिन्ता छैन |
अचम को कुरा लेख्नु हुन्छ मिलन जी -”तर के गर्ने जनता नै सबै दलाली छ तपाई मा जस्तै |“
प्रचण्ड को गल्ति देखाऊनै नहुने? हामी सब दलाल हुने? जय होस् प्रभु को लिला|
हस , अब मा दलाल हुन्न| plz मलाई माफ गरिदिनुस| अब देखि प्रचण्ड जी को गुनगान मात्रै गाउँछु|
प्रचण्ड महान हुन् | एस्तो महान नेता नेपाल मा जन्मिनु नै ठुलो कुरो हो |
बुद्ध पछि एस्तो महान बेक्ति को जन्म संसार मै भएको थिएन र हुन्दैन पनि|
अब देखि हरेक nobel peace prize प्रचण्ड जी लाई दिनु पर्छ| यो prize नाम नै अब prachanda peace prize राख्नु पर्छ|
प्रचण्ड जी त einstein भन्दा नि बुद्दिमान, da vinci भन्दा नि creative
Newton लाई रुखमुनी apple कुर्न सपना मा प्रचण्ड जी ले भनेको| law of motion सब प्रचण्ड जी ले बताएको Newton लाई|
नेपाल मा जनयुद्ध गर्दै गर्दा, प्रचण्डजी फुर्सद मा iphone को design गर्दै थिए iphone उनकै देन हो|
प्रकाशजी को माहनता को कुरा गरेर त झन् सकिन्न, सगरमाथा एकै घण्टा मा चढ्न सक्नु हुन्छ, तियो पनि नांगै (राती खोलेको लुगा लगाउनै बिर्सेछन)|
कृष्ण को १६हजार गोपिनी , प्रकाश जी ले ३२हजार गोपिनी बनाएर देखाई दिनु हुन्छ|
—
अब चै मा पक्का दलाल हैन| देशभक्त भए|
के गर्ने जनताको छोरा छोरीलाई गोलि ठोक्न आदेश दिने कमल थापा आज कसरि नायक हुन सक्छ हामी पनि अतीतलाई चाडै भुल्न थाल्छौ के भन्ने
प्रचण्डले गोली ठोक्ने आदेश दिएकाहरु पनि जनता कै छोरा छोरी नै थिए जस्तो लाग्छ – कि उहाँले भुसुना किरा फटेङ्ग्रा मात्र मारेका हुन् ?
संघीयता र धर्म निरपेक्ष यो नेपालीको ऐजेण्डा नै होइन । त्यसैले यो एजेण्डाको बारेमा कसैले सरोकार राख्छ भने त्यस्ले समर्थन पाउँछ ।
होइन मैले बुझ्न नसकेको हो कि लेखक ज्युले बुझाउन नसक्नु भाको हो, आखिर जन आन्दोलन कथित जनयुद्ध के माने मा ठिक थियो ? गणतन्त्रको चर्को नारा र क्रान्तिकारी भाषण गर्दैमा देश सम्पन्न हुन सक्दैन,हामीलाई चाहिएको द्रुत आर्थिक बिकाश हो नकि संघियता र गणतन्त्र, देशलाइ आर्थिक रुपमा सबल बनाउन , आर्थिक बिकाश एवं राष्ट्रियताको सवालमा सबै दलहरु एक हुनु पर्छ , खोइ त त्यो ? हिजो पारस थियो आज उही चरित्रको प्रचण्डपुत्र प्रकाश छ, देश पहिलेको अन्य “तन्त्रहरु” मा पनि गरिब थियो आज गणतन्त्रमा पनि गरिब छ , पहिले २०५ जनाले देश लुटेका थिए आज ६०५ जनाले पालै पालो लुटेका छन् . देश गरिबीको कुचक्रमा फसेर बिकाशको लागि त परै जाओस अब बिस्तारै बिस्तारै देशभरिका सरकारी कर्मचारी लाइ तलब दिन त विदेश बाट अनुदान माग्नु पर्ने अवस्था देखा पर्न लागिसकेको छ, अनि यस्तो अवस्थामा ११ वटा प्रदेशका मुख्यमन्त्री र गवर्नर लाइ के का पैसाले पाल्ने ? कि मुख्यमन्त्री र गवर्नर पनि भारत बाटै आयात गर्ने होर ?
अहिले नेपाली राजनीतिमा भएका अनुहारमा प्रचण्डबाहेक अर्को प्रभावशाली नेता कोही छैन । नेपाली काँग्रेसका शुसील कोइराला र शेरबहादुर देउवाले बोलेको उनकै कार्यकर्ता बुझ्दैनन । यी नेतासँग स्पष्टभिजन छैन । एमालेका झलनाथ खनाल बोली फेरिरहने, अडानमा नरहने नेता कहलिएका छन् । केपी ओली उखान टुक्कामै सिमित छन् ।
मुलधारमा रहेका दलका नेतामा प्रचण्ड नै एक यस्ता नेता भएका छन, जो भाषण गर्न, जनतालाई प्रभाव पार्न र जनताको एजेन्डा उठाउन सक्षम छन् । यी क्रान्तिबाट खारिएर आएका नेता हुन । अहिले राष्ट्रिय रुपमा मात्र हैन, अन्र्तराष्ट्रिय रुपमा पनि प्रचण्डले सबैलाई रिझाएर सन्तुलन कायम गर्न सफल भएका छन् । सेना, प्रहरी, कर्मचारी प्रशासन, न्यायालयदेिख हरेक समुदाय, तह र तप्काका जनतामा प्रचण्डको ‘क्रेज’ उस्तै छ, जुन अहिलेको देशव्यापी भ्रमणले पनि स्पष्ट गरेको छ ।
संघीयतामा जानु
गलत थीयो।धर्मनिरपेक्षता हाम्रो माग थीएन । अधिकार सबले पाउनुपर्छ तर देशलाई भारत मा बुझाउने सर्त चाहिँदैन। जहाँ कमल थापा को कुरा छ,he is nepali and as a citizen of democratic nation he has write to speak. हामिलाई विकास र सम्रिद्धि चाहिएको हो,नयाँ राजा हॆन। अनि देशको ठेक्का माओवादीले लेको हॆन,चेतना भया।
लेखक ज्यु,
नेपाली जनताले त साथ दिएकै हुन् र त देशमा गणतन्त्र आयो | तपाईंका यी सबै प्रश्नहरु जनतालाई होइन कि कमरेड प्रचण्ड र बाबुरामलाई सोध्नुस | के जनताले साथ दिएको कमरेड हरुलाई रातारात अरबपति बनेर विलासी जीवन बिताउन हो कि देश र जनताको पक्षमा परिबर्तनको लागि हो ? अहिले आएर गोहीको आँसु किन झार्ने कोसिस गरिन्छ ? के जनताको आँखामा मोतिबिन्दु भएको छ ?
कमल थापा ले तेस्तो नराम्रो काम गरेको छन् जुन तपैका प्रचण्डले गरेका छैनन्..??? कमल थापा को इमान्दारिता माथि तपाई जस्ताले प्रस्न गरेको अलि सुहाएन..
बजार हल्ला सुन्ने हो भने, भोटरहरु संग कुरा गर्ने हो भने, यसपाला माओबादीको भोट र सिट घट्ने सम्भावना देखिन्छ – साँच्चिकै कति घट्ट (वा बढ्छ) भनेर त चुनावको नतिजा आउन थालेपछि मात्र थाहा हुन्छ – किनभने बजार हल्ला र केहि मानिसहरुसंग गरेको कुराकानीले मात्र पुरै आँकलन गर्न गाह्रो हुन्छ। तैपनि, यसपाला माओबादीको बढ्ने भन्दा घट्ने संभावना निकै बढी देख्छु म, यसो बजार विश्लेषण र कुराकानी गर्दा।
तर जनमत हो – कदर गर्नु पर्छ, भोट घटे पनि बढे पनि। रह्यो कुरो राप्रपा-नेपालको, मलाई लाग्दैन उनीहरुले ३०-४० सिट जित्छन्, मलाई लाग्छ १०-१५ सिट जित्छन्। अरु अखण्ड नेपाल लगायतका दलले बढी जिते ३-४ सिट हो। अब उनीहरुले जति जिते पनि उनीहरुको जितलाई पनि आत्मसात गर्नुपर्छ किनभने त्यो पनि जनमत कै एक पक्ष हो – म्याण्डेट हो।
यसो हेर्दा मलाई दुई-तीन कुराले माओबादीलाई पिर्यो जस्तो लाग्छ।भन्नै पर्दाः
१) पुरा गर्नै नसकिने प्रकृतीका बाचा : नयाँ नेपाल बनाउने र अग्रगामी छलाङ को नाममा नेपालको बस्तुस्थिती, नेपालको अर्थतन्त्र र नेपाली जनताको कार्यक्षमता ले नधान्ने ‘आकाशको फल’ जस्तो नारा लगाइयो – जुन पुरा हुन सक्दैनथ्यो, माओबादी सत्तामा आएपनि पुरा भएन – पहिले जनताले पत्याएर मत दिए, अहिले पत्याउन छोडे।
२) सत्तामा बसिसकेपछि स्वत लाग्ने आरोपः पहिले नया थिए, सत्तामा बसेर केहि नगरेको, भ्रष्टाचार गरेको, नाताबाद लादेको आदि आरोप पनि थिएन। अहिले सत्तामा बसिसके, र ती आरोपहरु टन्नै लागेको छ। (यस्ता आरोप सत्तामा बस्ने लगभग सबैलाई लाग्छ – माओबादीलाई आफूलाई यो आरोप नलाग्ला भन्ने लागेको थियो होला शायद)
३) जातिय नाराः एकलजातिय पहिचान सहितको पूर्ण स्वायत्त्वता सहितको संघियता भन्ने नारा कुनै बेला नेपालको राजनितीको केन्द्रमा थियो, माओबादी जनजाति र मधेसी लगायतको भोट तान्न यो नाराको नेतृत्वमा रह्यो – तर उसले याद नै गरेन यो नारा बिस्तारै मान्छेलाई वाक्क लाग्न थालेको – भनिन्छ चिनी पनि धेरै भयो भने तितो हुन्छ, त्यही भो यो नारा । अति धेरै उचालियो जातियताको नारा, गृहयुद्धनै हुने हो कि जस्तो भैसकेको थियो, अनि मान्छेलाई अति भो – चाहिने भन्दा बढी उछालिएको यो मुद्दाले माओबादीलाई मात्र होइन जातिय संघियतको कट्टर बिरोधी भएर जन्मेका पार्टीहरुलाई पनि नकारात्मक असर पार्ने देखिएको छ । कारण ? जातिय संघियता पहिलो मुद्दा नरहेको अवस्थामा जातिय संघियताको लागि भनी माओबादीलाई भोट हाल्न पनि जरुरी भएन, न त जातिय संघियता रोक्न त्यसका बिरोधीलाई भोट हाल्न जरुरी भयो।
“पक्कै पनि पार्टी वा नेताहरूलाई उनीहरूको गल्तिको सजाय दिनुपर्छ। त्यसका लागि चुनाव नै एक माध्यम हुन सक्छ ”
“माओवादी बदनाम हुँदै गर्दा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत सबै परिवर्तनका एजेण्डाहरू पनि सँग-सँगै बदनाम हुँदै गए”
सबैजसा बिस्लेषणहरु कटु सत्यहरु हुन् |
यो भनाई “जन आन्दोलनका भावना विपरित गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदिमा पक्कै सम्झौता हुनेछ यसरी सम्झौतामा आधारित संविधान बन्यो भने प्रचण्डले नेतृत्व गरेको जनयुद्धले मात्र होइन गगन थापा, नरहरि आचार्य, योगेश भट्टराई, रामकुमारी झाँक्रीको सकृयतामा भएको २०६२-०६३ को परिवर्तनको नारा र गणतन्त्रले पनि हावा खानेछ।” यसको मतलब हो प्रचण्ड लगायत गगन, नरहरी लगाएतकाहरुको गणतन्त्रको बुझाई र जनताको बुझाइमा फरक रहेछ | गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जनताको एजेन्डा होइन रहेछ | नत्र परिबर्तनजीको सामान्य आँकलन “राप्रपा नेपालले २० देखि ३० वटा समानुपातिक सिट जित्ने अनुमान गर्न सकिन्छ” त्यसै प्रकट हुने थिएन | जनआन्दोलन झुठा आधारमा भएको रहेछ, लोकतन्त्रका नाममा आएका गणतन्त्र, संघीयता, धर्म निरपेक्षताका एजेन्डा नेपालीको मौलिक होइन रहेछ, सडकमा बगेको जनताको छोराछोरीहरुको रगत नेताहरुले आफु मन्त्रि प्रधानमन्त्री बन्नका लागि मात्र रहेछ | नत्र नेताहरुले सबै सामु सार्बजनिक रुपमा झापड खाने दिनहरु आउने थिएनन् | चुनाब गर्ने निर्णय गरेर जुत्ता खाने दिनहरु आउन बाट जोगाएका हुन् |
लेखक ज्युले बाहिरको हाल चाल नबुझि कोठा मै मात्र बसेर यो लेख लेख्या जस्तो छ नत्र त जुन आन्दोलन को कुरा गर्नु हुन्छ त्यो कसले रे किन आन्दोलन गराको रहेछः कसको इसारामा आन्दोलन सुरुवात भाको रहेछ भन्ने कुरा त उदांगो हुदाँ नि केहि नदेख्ने कस्तो लेखक पर्नु भएछ .यति को त ज्ञान हुनु पर्ने .बरु नेपाली जनता हरु चाही सोझा रहेछन पार्टी ले जे भन्यो तेही होला होला भनेर पछि पछि लांगें भेडा जस्तै..अन्तमा यो आन्दोलन कसरि किन भाको रहेछ ..यो आन्दोलन साच्चिकै नेपाली जनताको आवश्यकता पुरा गर्न भाको रहेछ कि बिदेशी को इसारामा बिदेशी कि स्वार्थ पुरा गर्न भाको रहेछ त्यो त घाम जत्ति कै छर्लंग भई सक्यो नि..यहा त नेपाली जनतालाइ बलिको बोको मात्र बनाको रहेछ एउटा सपना बाडेर,नेपाली नेपाली बिचमा झगडाको बिउ रोपेर, अशान्त फैलाएर बिदेशीहरूको दाउ र स्वार्थ पुरा गर्न,भन्नुस न,
बिगतका कुनै दिनहरुमा म पनि आफुलाई माओबादी सम्झिन्थे ,पार्टीका माथिबाट ,अझै केन्द्र बाट आएका नेताहरुले प्रसिक्षण दिने क्रममा सुनिएका यी शब्दहरु -जन आन्दोलनका भावना, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता …ईत्यादी ….बास्तबिकताम भन्नु पर्दा ,सुरुमा प्रयोग गर्ने चाहिं माओबादी नै हो , होला यी नाराहरु केवल हामी जस्ताको रगत तताउने मन्त्रहरु मात्र थिए वा अरुनै केहि थिए त्येसले अब खासै महत्वो राखेन किन कि हाम्रो तेती बेलाका क्रान्तिका महानायक ” प्रचण्ड ” नै झाप्पढ़को लाएक बनिसकेछन् / अनि प्रचण्ड जस्तो नालायेकलाई झाप्पद हान्ने मान्छेलाई कसैले “हीरो ” बनाउनु पर्दैन, उ आफै हीरो हो /
कांग्रेस,एमाले ईत्यदिहरुले पनि गल्ति बोलेका चै हैनन्, खासमा उनीहरु संग त्यो बेला बचेको येउतै मात्र उपाय थियो माओबादीको नारा( गणतन्त्र , संघीयता, धर्म निरपेक्षता )मा सहमत हुने / ति नाराहरु बास्तबमा मोबदिकै हुन् , माओबादीसंग हतियार पनि थियो , तेतिबेला सम्म उनीहरुको लागि गोलि थप्न तयार आन्धाहरुको पनि ठुलै जमात थियो ,मिल्नु को बिल्कल्प थिएन कांग्रेस ,एमाले सँग/ संबैधानिक प्रक्रियामा आइसके पछी त बन्दुक संग तेती धेरै डराउनु पनि परेन अनि त घटी निमोठ्न पाइहालिन्छ भन्ने बुझेका थिए कांग्रेस एमालेले /
अनि अर्को कुरा ,अब कसैले आन्दोलनको मर्म बिर्सियो वा आन्दोलनका एजेन्डाहरु कम्जोर भए भनेर चित्त दुखाउनु पर्ने छैन, रा प्रा प ले ३० सिट ल्यौछा भनेर आत्तिनु पर्दैन किन भने, आन्दोलन भएको १ दशक हुन लग्यो, संसारको बिकाशको गतिलाई हेर्ने हो भने ७ बर्समा काया पलट भैसक्नु पर्ने हो, अब एदी रा प्रा प औछा भने त्येस्लाई आन्दोलन कम्जोर भएको रुपमा नलिए हुन्छा, त्येसको बिपरित अब त एस्लाई देशको राजनीतिको नया चरणको रुपमा लिए हुन्छा /
जसले जति स्वोतान्त्रताको नारा लगाए पनि नेपाली जनता कहिलेइ स्वोतन्त्र हुन पाएनन्, जब सम्म सरकार चलाउने हरुले कुर्चीको लागि राजनीति गर्न छोडेर देश र जनाता को हितको लागि राजनीति गर्दैनन्, तब सम्म जनता स्वोतन्त्र हुन सक्दैनन् किन कि त्येस्तो देशमा जनताको मानसिक बिकाश गराउनको लागि शिक्षा पर्याप्त हुदैन, बिमारी पर्दा औषदी पुग्दैन, यातायातको लागि सडक हुदैनन्, कल कारखाना हुदैनन् ,सुद्ध पिउने पानी हुदैन,ब्येक्तिगत शुराक्ष्य हुदैन /अब भन्नुस कसरि कुन पार्टीले जनताको स्वोतान्त्रताको बारेमा सोचेको छ रा??? आखिर सबै पार्टी सरकारमा पुगेकै छन् त /
नेपाली जनतालाई, माओबादी, कांग्रेश,एमाले वा राप्रपा जो जोले जति जति सिट ल्याओस खासै फरक पर्दैन , जो मान्छे आफुले चिनेको हो, जो माथि पुग्दा आफुलाई ब्येक्तिगत फाइदा हुन्छा त्येसैलाई वोते हाल्नुस, कसैको नाराको पछी नलाग्नुस /
साथीहरु पूर्वाग्रहहरु त्यागौं, माओबादीका कारणले दसौं हज्जारले ज्यान गुमाए भनेर संधैभरि सत्तोसराप गर्न छोडौं । हो, ज्यान जानु गलत थियो र इतिहासलाई बदल्न सकिंदैन, त्यो समयको माग थियो तर विश्वको इतिहासमा ठुल ठुला परिवर्तन हुँदाको तुलनामा त्यो नगन्य हो । आज सिरियामा १ लाख भन्दा बढी मानिस मर्दा समेत जनताले राज्य सत्ता परिवर्तन गर्न सकेका छैनन् भने त्यसको तुलनामा कैयौं गुणा कम हताहत भै हाम्रो देशमा अकल्पनीय राजनीतिक व्यवस्था नै परिवर्तन हुनु चानचुने कुरा हुदै होइन । फेरी विचार गरौँ, सेना समायोजन सहितको शान्ति प्रक्रिया सफल नभएको थियो भने अहिलेसम्म कस्तो भयानक अवस्था हुने थियो ।
यदि राष्ट्रलाई निकास दिने हो भने र नया संविधान बनाउने नै हो भने एमाओबादीलाई बहुमतले जिताउनै पर्छ। एमाओबादीसंग मात्र राष्ट्रलाई अग्रगामी दिशामा अगाडी बढाउन सक्ने दुरदर्शिता छ । एमाङ्ग्रेसहरु जुम्राका पुतलीहरु मात्रै हुन्, यिनको ध्येय नै भ्रस्ट्राचार गर्नु हो ।
नेपालको राजनीतिमा कायापलट गर्न सक्ने एक मात्र र परिवर्तनकारी शक्ति एमाओबादी हो । विचार गरौं, अन्तर्मनले सोचौं, तथ्यहरु विश्लेषण गरौँ । नेपाललाई कसरी विकाशको पथमा समावेसी रुपमा अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट अवधारणा सहितको विश्लेषण स्पष्ट रुपमा जनताका सामु प्रस्तुत गर्न सक्ने नेपालको एक मात्र पार्टी एमाओबादी मात्र देखियो । यो पार्टीको बहुमतले मात्र देश दिर्घकालिन रुपमा शान्ति र उन्नति तिर लम्किन सक्छ ।
आफ्नो टाउको कफन बाँधी देश र जनताको लागि मर्न समेत तयार लाखौं सुभेच्छुक र कार्यकर्ताहरुले जन्माएको र यत्रो परिवर्तनकारी भूमिका निभाउन सक्ने पार्टीको अरु भ्रष्टहरुसंग तुलना हुनै सक्दैन । त्यसैले एमाओबादीलाई बहुमत दिनु पर्छ, जबसम्म एमाओबादीले स्पष्ट बहुमत ल्याउदैन – नेपालीहरुको भविष्य अझै अन्धकारमा नै बित्ने छ ।
राजनिती उल्तो हिंडेको होइन कि राजनिती गर्ने नेताहरुको बुद्धी उल्तो भएको हो । नेताहरु देशलाई बिकास गर्ने भन्दा पनि देशलाई कङाल बनाएर कमाउने धन्दागर्न जान्ने मात्र नेताहरु छन । देशलाई बिकास गर्ने उम्मेदवारले करोडौ करोड पैसा तिरेर टिकट किनेर चुनाव लड्छ ?ठुला दलका नेता भनाउदा उल्लुहरु पनि देश प्रतीको जिम्मेवारी भन्दा पनि आफ्नो भागमा टिकट पारेर ब्यापार गर्ने दाउमात्र थियो । म चुनावको बिरोधी होइन । यो मङ्सिर ४ गरेर नयाँ मिती केही बर्षको लागि स्थगित गरेर सबै दलहरुलाई समेतेर नयाँ मितीमा नयाँ उमङका साथ चुनाव गरेमा राम्रो हुन्छ ।
I find this article to be very superficial. The writer is having a simplistic assumption that by criticizing Comrade Prachanda we are weakening the achievements of Jana Andolan II and indirectly supporting regressive elements. This is pure none sense. What Prachanda should realize is that he is the one who brought us to this situation. He is now forcefully asking us to stand in the voting queue – the simple reason is he wanted to be the next president or PM.
It is so stupid on the part of Nepali people to assume that monarchy will make a come back. This is next to impossible. What possibly happen in Nepal is that due to lack of majority we once again go back to hung parliament like situation and we become ever more subservient to foreign pressures. This is what Baidya faction has been predicting.
किन झक्कु सुवेदी, झलनाथ खनाल वा प्रचण्डलाई थप्पड हान्नेहरूलाई हिरो बनाएर हिंजो कमल थापाका विरूद्धमा सडकमा ढुङ्गा हानेको वा राजा, राजतन्त्र र तत्कालिन सत्तालाई सत्तोसराप गर्दै आफ्नो ज्यान उत्सर्ग गरेको बलिदानी विगत बिर्सिए?
लेखक ज्ञ्यू के कारणले नेपालमा जातिय संघीयता चाहिन्छ उत्तर दिनुस् न वेकारमा किन जातियता चाहिन्छ भनेर घुमाउरो पाराले छड्के हान्नु हुन्छ । प्रचण्ड ज्यूले के नै त्यस्तो गर्नु भयो र उहाँलाई जनआन्दोलन, जनयुद्धलाई एक दम वढाई चडाई गर्नु भएको छ । अझ अहिलेको परिवर्तनले के के नै गरेको झै अन्य पार्टीका परिवर्तन नचाहिने वाहुल्यातेले गर्दा जनमानसमा नकारात्तमक सन्देश गयो भन्नु हुन्छ । जनताहारु के चाहन्छन् कहिलै सोच्नु भएको छ , खाली भुईफुट्टा सिमित स्वार्थी माआोवादी नेताको गुन गाएर परिवर्तन आउदैन मित्र । स्मरण रहोस् मित्र परिवर्तन नेपालको विकासको लागि चाहिएको हो । कठित नयाँ राजाहरु जन्माउनको लागि होईन । वाहुनवादको अन्त्य गर्नु पर्छ यो होईन को उपल्लो जाति सबको ।
मित्र,
हिजो (मतलब लोकतन्त्र आउनु अघि) यो देश चलाउने सरकार नेपालि (तपाइँ हामि)को होइन श्री ५ (ज्ञानेन्द्र पारस कोमल, बिरेन्द्र /पृथ्वी नारायण को सन्तानहरु)को थियो आज यो देश चलाउने सरकार नेपालको या भनौ हाम्रो भयको छ!
चस्मा लगाउनु पर्ने हो कि भिटामिन ए खान पर्ने भो यो देख्न?
हिजो (मतलब लोकतन्त्र आउनु अघि) तपाइँ र हामि श्री ५ का प्रजा थियौ आज यो देशको नागरिक भयका छौ!
हिजो यो श्री ५ हरु को देश थियो देशको लालपुर्जा उनीहरुकै खोपीमा थिय, आज हाम्रो भयको छ मतलब नेपालीको!
अहिलेको परिवर्तनले गरेको सबै भन्दा ठुलो मुख्य र मुलभुत कुरा यहि हो! बाकि त तपसिलका हुन् र निरन्तर अनि क्रमबद्दता संगै सुधारिदै जाने हो!
पहिले देशलाई स्थिर राजनैतिक पद्दतिमा जान दिनु तेस्को लागि संबिधान बन्न दिनुस र तेस्को लागि संबिधान सभाको चुनाबमा सहभागिता जनाउनु र तपाइको दिमागले बिचारेको उत्क्रिस्ट पार्टीलाई आफ्नो मत दिनुस र जिताउनुस!
मा त भन्छु मत दिदा सिर्फ दुइटा पार्टि चुन्नुस जसले जितेमा संबिधान बन्ने र देशले स्थाई शाशन शैली पायर आजको स्थिति बाट निकाशा पाउने छन् मेरो बिचारमा त्यो दुइ भनेको प्रथम त् एमाओबादि हुन् तेअपछि अर्को कुनै हुन सक्छ भने नेपालि कांग्रेस हुन्!
तेसैले अरुलाई मत दियर झनै देशलाई भुवारिमा हाल्ने काम नगरौ!
तपाइलाइ देशको अग्रगमन, गणतन्त्रात्मक लोकतान्त्रिक मोडलको शाशन पद्दति अनि स्थिर शाशन ब्यबस्था, धर्म निरपेक्षता, पहिचान सहितको शंघियता, द्रुत र स्पस्ट आर्थिक बिकाश आदि कुरा चाहियको छ भने खुरुक्क एमाओबादिलाइ मत दिनुस!
तपाइँ यथास्थिति वा गनगटे चालमा देश अगाडि बढाउनु छ, राजतन्त्र लाइ मुखुण्डो वा जलप लगाई पुन ल्याउनु छ देशलाई संसदीय बोका ब्यापारी को थलो बनाउने प्रम र मन्त्रीको लछाचुडि बन्ने बनाउने खेल लेनदेन अनि मै एइसा क्यु हु भन्ने खाले व्यबस्थाको पक्षपोषण गर्नु हुन्छ भने खुरुक्क कांग्रेस को रुखमा ल्याप्चे लगाउनुस!
यो भन्दा अन्य ख्याउटे र प्याउटे दल हरुलाई रोज्नु वा दिनु भनेको देशलाई झन् दल दलमा घसिट्नु हो! देशलाई पेण्डुलम बनाउनु हो, यी राजनीति गर्नेहरुलाई मत र पदको ब्यापार गर्ने लाइसेन्स दिनु हो!
तेसैले साथि हरु अनि सम्पूर्ण नेपालि हरु संबिधान सभामा सहभागिता जनाउ र आफ्नो मत प्रदान गरौ यी मात्र दुइ पार्टीलाई!
यदि कसैलाई यी दुबैलाई मत दिन कुनै हालतमा मन छैन भने बिरोध स्वोरुप मत पत्रको पछाडि छाप लगाई दिउ!
तेसो गरे कसो होला ?
परिबर्तन जी
म्याथ मा समीकरण ( इक्वेसन ) हुन्छ | जुन ब्यलेन्स भएको खण्ड मा सहि जबाफ मिल्छ |
यहा मावाबादी आन्दोलन भारत द्वारा नेपालको राजतन्त्र फालेर ,नेपालि राजनीतिलाई दिल्लिकेंद्र बिन्दु बनाउने कारक देख्दा देख्दै येत्रो सब्द लेख्न सक्ने यो सामान्य कुरा नबुझ्ने अन्तिम नेपालि तपाइनै हो कि ?
धेरै नेपालि ले त्यो बुझिसक्यो तेसैले कमलथापा हरुले बढी मत ल्याउने तपाइको प्रेदिक्सन गलत हैन |
अब समीकरण सुरुमै गलत , आधि मावोबादी फुटेर प्रचण्ड ,बाबुराम लाइ भारतीय दलालको आरोप लगाउछ ( सर्प ले सर्प को खुट्टा देख्छ ) , नेपालि रास्त्रियातालाई पोको पारेर दिल्ली पुराएको आरोप उनीहरुनै आफ्ना हिजोको सहकर्मीलाई लगाइरहेछ त् परिबर्तनको सपना कसरि साकार हुन्छ ?
बोको तरुनो भए आफनी मुखमा मुत्छ भने जस्तै नरहरी , गगन ले आफ्नै मुख मा मुतेको कुरा अब को निर्बाचन मा हुने लज्ज्स्पद पराजय ले पुस्टि गर्छ |
उनीहरुले आफ्नो पहिचान लाइ ज्ञानेन्द्र बिरोधि भन्दा माथि उठाउन सकेन |
हो देश मा परिबर्तन को सपना देख्नु पाप हैन २५० बर्स को सामन्ती ब्यबस्था धरासायी निश्चय पनि देश को लागि आवस्यक कुरा हो |
यहा त् दुइतै आखो दिएर स्वतन्त्रता सग सौदा गरिएको छ | देश को सार्बभौमिकता को
सौदा गर्न जनताले उनीहरुलाई बिस्वास गरेको थिएँन ?
जनता झस्केको अबस्था छ यहा , कमसेकम परिबर्तन कारी नेता ले बिलासिता को जिबन त्यागेर , आफ्नो बिचार मा आडिग मात्र रहन सकेको र सिमित आचार संहिता मानेको भए जनता ले बिस्वास गर्ने थ्यो | यहा के भयो ?
हिजो उसले भाटे कारबाही गरेर जनता को छोरा मार्यो , आज उसकै छोराले आर्काको स्वास्नी बोकेर हिड्यो |
रुघा लाग्दा देश को खर्च मा सिंगापुर , जापान पुग्ने काम भयो |
लुटेको धन लुकाएर मात्र राखेको भए अझै जनता झुक्काउन सक्थे होला , काठमान्डू मा अथाह अचल सम्पत्ति जोडे कामरेड हरुले |
तेसैले समीकरण बिग्रेपछि , फेरी हिसाब किताब गर्नुको उपाय हुन्न|
सहि भन्नु भयो, यो आन्दोल जनताको आवश्यकता भन्दा पनि जनतालाइ उचालेर आफु सत्ता कसरि पुग्ने भन्ने खेलको उदांगो भयो तेसैले बरु यो भन्दा त पहिले कै ठिक भन्न थाले ..जनताले विकास हुन्छ कि भनेर आन्दोलन मा साथ देका थिए तर यहाँ त बलि को बोको जनतालाई बनाएर आफु सत्तामा कसरि पुगिन्छ भन्ने नियत राखेर आन्दोलन गरेको रहेछ त्यो अहिले सबै उदांगो हुदै गाको छ…र राजा कसरि फालिए भन्दा जनताले चाएर मात्र होइन..यँहा सबै बिदेशी इशारामा पार्टीहरू चलेको अनि सोझा जनताहरु होला नि त भनेर पार्टी को कुरा मा हिडेको ले आज एस्तो भाको त्यो त सबै उधंगो हुदै गाको छ नि