Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे

Posted on November 1, 2013October 31, 2013 by Salokya

वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठलाई नेपाल साहित्य महोत्सवको उद्‌‌घाटन समारोहमा प्रमुख मन्तव्य दिन लगाइएको थियो। उनले नेपाल र नेपालीको बारेमा केही मननयोग्य भनाई राखेका थिए। नेपाल चिनौँ शीर्षकमा केही प्रमुख अंश अडियोसहित सुनौँ-

सबै नेपाली नेपालमा छैनन्। कोही प्रवासमा छन्। कोही गैरआवासीय नेपाली भनेर विदेशमा छन्। कोही श्रमिक बनेर गुलामी गर्दैछन्। गुलामी गर्दा पनि ब्रिटिस गोर्खाका गोर्खालीहरू ब्रिटिस साम्राज्यका प्रजा होइन रहेछन् भनेर अचम्म पर्थे तिनका अंग्रेज हाकिमहरू। किनभने नेपाल कसैको गुलाम बनेको छैन। उपनिवेश बनेको छैन। नेपालीहरू भने गुलामी गर्न लाहोरदेखि संसारभर पुगिसकेका छन्। तिनकै रगतपसिनाका कमाइ खाएर नेपालभित्रै बसेर विदेशीको गुलामी गर्ने नेपालीको पनि कमी छैन यो नेपालमा। नेता होस् या कार्यकर्ता, किसान होस् या जवान, कसैले पनि नेपालीको सलामी खाएर विदेशीको गुलामी गर्छन् भने तिनको मलामीमा नेपाली आँसु बग्दैन भन्ने शाश्वत साहित्यकारहरूले बुझेका छन्। साहित्यकारका कलमहरूले त्यो कुरा छोडेका छैनन् र छोड्ने पनि छैनन्।

– फूल फुल्ने वनस्पति प्रजाति संख्याका आधारमा चीन नेपालभन्दा पाँच गुणामात्र ठूलो छ, ६५ गुणा हैन। भारत पनि तीन गुणामात्र ठूलो छ, २२ गुणा हैन। त्यस्तै चरा प्रजातिको अभिलेखले नेपालमा विश्वको १० प्रतिशत चरा प्रजाति पाइन्छ। विश्व मानचित्रमा नेपालले ओगट्ने भूभाग मात्र ०.१ प्रतिशत छ। पन्छीको अनुपातमा लैजाने हो भने नेपालको क्षेत्रफल १०० गुणाले बढ्न जान्छ। चीनभन्दा ठूलो हुन्छ। त्यसैले त महाकवि प्रश्न गर्छन्- के नेपाल सानो छ?

-नेपाललाई चार जात र छत्तीस वर्णको फूलबारी भनेर हाम्रो भौगोलिक, सांस्कृतिक, भाषिक आदि विविधतालाई सम्मान गर्दै आएका छौं। उहिलेका कुरा गर्दा जात, पात, भान्छामात्र हैन; आपसमा हुक्का र पानी पनि बारिन्थ्यो। भाषा पृथक थिए। आपसी संवादमा समस्या थियो। पहिरन बेग्लै थियो। पहिरनले पनि चार जात छत्तीस वर्ण छुट्टिने अवस्था थियो। ती भए उहिलेका कुरा। अहिलेको पुस्तामा त्यो पाइँदैन। सबै नेपाली एकै जात र एकै वर्णमा परिणत हुँदैछन्। त्यसमा कुनै शंका छैन।

-यदि सही मिसन छ भने नेपाली सधैं एकजुट हुन्छन्। फुटाएर फुट्दैनन्। त्यो कोरिया जाने लस्कर होस् वा अस्थायी प्रहरीको जमात। अथवा राष्ट्रिय टिमलाई हौस्याउने रंगशालाका फुटबल दर्शक।

-जातभात मिल्ने बुहारी वा ज्वाइँ खोज्ने वा रोज्ने काम अब असान्दर्भिक बन्दैछ। शान्तिसम्झौतापछि चर्काइएका जातीय नारा र राज्य पुनर्संरचनाको प्रान्तीय रडाको युवापुस्ताले लत्याउँदैछन्। जातीय पहिचानको प्रान्तले गैरआवासीय हुनुको पीडा यत्रतत्र छरिने देखिन्छ।

-यदि ‘रेमिन्ट्यान्स’ अर्थात् श्रमसेवाबाट जति आम्दानी हुन्छ, त्योभन्दा बढी व्यापार र उद्योगधन्दाबाट आम्दानी हुन सक्यो र त्यसभन्दा अझ बढी आम्दानी कृषि खेतीपातीबाट हुन सक्यो भने नेपालको स्थायित्व बढ्छ। दिगो विकासको सूत्र त्यही हो। उर्वरा नेपाललाई मरुभूमि बनाएर मरुभूमिलाई पसिनाले पोस्नु आजको बाध्यता होला तर भोलिको वास्तविकताले त्यसलाई मान्नेछैन।

अडियो सुन्नुस्-

46 thoughts on “नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे”

  1. Samratrana says:
    November 5, 2013 at 12:05 am

    कोइ कोइ बाउ बाजेले कमाको धनको रजाइ गरि दुख केहो सम्म नबुझी देश भक्ती को खोक्रो नारा पलाक्दा भने दिक्दार लाग्छ …

    Reply
  2. Buddhi says:
    November 3, 2013 at 6:57 pm

    No matter who are where, I am sure all Nepalese love Nepal. This article smells jealous of success and positive activities of Nepalese who have been living abroad. It is an excellent outcome of “2046 -Democracy” so from then who can afford, can travel all over the world.
    It would be better if author did research before quoting something wrong in this article. Why wasn’t Nepal Colonized by British Empire? Do you think they were stupid or weak? No, buddy ….we don’t have any gold mine, we don’t have any natural gas and oil, neither plenty of fertile lands. British Empire rather chose those stupid Rana for using Gurkhas. If Nepal were under british empire at least we might have now some better infrastructures.
    A group of people who hallmark themselves patriotic leaders and did exercise in jungle to kill innocent people and ruin economy and infrastructures including cultural moral, these leaders vow that, they are serving and saving country; who don’t let them work for country without bloody corruption? They ruined country from jungle and now doing the same from 5 star hotels. Who did save country from economic collapse during their Barbaric Jungle Exercise? Only the Remittance did, and is still doing it. Most of barking leaders are slaves and puppets of foreign power- not Nepalese who work fairly and help Nepal living outside. “PATRITISM AND LOVE ARE NOT MEASURED BY DISTANCE”

    Reply
    1. CrazyBrtGuy says:
      November 6, 2013 at 1:10 am

      Most of your things are true except for couple of facts
      you should clear out for yourself:

      1) You remained poor doesn’t signify that you should
      adopt slavery or someone’s else rule to fix your problems.
      Don’t be a wimp !!

      2) British India had expansionist mentality not mine digging
      mentality as you have said. They couldn’t win just because
      they didn’t corroborate the loss of lives and property during
      attacking Nepal. They had expected low resistance from
      Nepal which didn’t happen.

      3) You can’t compare a martyr who fought against an expansionist
      regime and lost his life with current political idiots.
      They belong to different class of people.

      4) Remittance is a good source for country’s economic improvement.
      But, if you look at any good Economic theory books, it is
      evident that it can cause uncontrolled
      inflation. So simultaneous development of infrastructure is
      also necessary to sustain the influx of foreign cash.

      Reply
  3. बिमल says:
    November 3, 2013 at 11:05 am

    माया गर्छु मेरो देश नेपाल लाई, गर्भ गर्छु नेपाली हुनुमा,झुकेको छैन मेरो सिर कसैको भुमिमा मजदुर गर्दैमा ! जय नेपाल …..!!!

    Reply
  4. Aakash says:
    November 2, 2013 at 11:25 am

    के सबै नेपाली विदेश गए नेपाल समुन्नत होला त? पक्कै हुन्न | जो जति विदेशिए ति आफ्नै लागि गए | देशलाई हेर्ने यहाँ कोइ भएन | देशमा आर्थिक क्रियाकलाप बढ्यो भने मात्रै देश सबल हुन्छ | तेस्को लागि नेपालीहरु आफ्नो देशमा बसेर आफ्नै देशको बिकाश गर्नुपर्छ, अरु कसैले आएर गरिदिदैन | हामीकहाँ तेस्तो राष्ट्रिय नेताको खाचो छ जसले नेपालको सम्रिद्दीलाई आफ्नो स्वार्थ सम्झिन्छ |

    Reply
  5. Tengri says:
    November 1, 2013 at 9:24 pm

    You can see the dreadful situation of Nepali worker in India. A nepali couple along with their kids were found dead. They all performed family suicide.

    http://www.deccanherald.com/content/366487/couple-end-lives-suicide-pact.html

    Reply
  6. bhakta says:
    November 1, 2013 at 5:16 pm

    मत भन्छु नेपालि विदेश जान अझै ढिलो गरे – राजा राणा ले रोके ! नेपालमा पैसा मात्र भित्रेको छैन शिप पनि भित्रेको छ जसले गर्दा नेपालीको जीवन स्तर सए गुणाले बढेको छ / एक जनाको कमाइले दर्जनौको पेट भरियको छ, शिक्षा पाका छन् / गरीब संसारमा जतै पनि जोतिनै पर्ने रहेछ मात्रै फरक नेपालमा सितैमा धनि ले गरिब लाइ जोतेका थिए भने बिदेसमा जोते पनि परिवारै पाल्ने गरि !
    कोइ कोइ बाउ बाजेले कमाको धनको रजाइ गरि दुख केहो सम्म नबुझी देश भक्ती को खोक्रो नारा पलाक्दा भने दिक्दार लाग्छ …सब भन्दा ठुलो कुरो सन्तुस्टि हो जब जो कोहि जे गर्दा सन्तुस्ट हुन्छन भने कसैको मनलाई दुखाउनु हुन्न – देशको माया, भक्ती त् देश छडेकालाइ मात्र थाहा हुदो रहेछ ! यातिखेरलाई सकिन्छ केहि गर्ने नसके नबिगार्ने नै देश भक्ती हो …

    Reply
  7. पुष्प says:
    November 1, 2013 at 12:10 pm

    पढुञ्ज्याल यस्ता कुराले एकछिन जुरूक-जुरूक उचाले पनि एकछिन मनन गर्ने हो भने अहिलेको भूमण्डलीकरणको युगमा यस्ता कुरा फोस्रा लाग्छन् । आफ्नै देशमा गरिएको जातीय, भाषिक, राजनीतिक, सामाजिक विभेद अनि दमनलाई केही नमान्ने तर विदेशीसँग काँधमा काँध मिलाएर हिँड्नु गुलामी हुने ! अपवादलाई छाडी विचार गर्ने हो भने विरोधाषपूर्ण यस्ता कुरा खोक्रो र सामन्ती राष्ट्रियताबाहेक केही होइन ।

    Reply
    1. kedar says:
      November 3, 2013 at 3:01 am

      फेरी सुरु भो राष्ट्रियेता ? गरिबी र राष्ट्रियेताको मल हालेर नै कम्युनिस्ट फस्टाउने हाम्रै देश नेपाल मात्रै रहेछ | यी मलको आपूर्ति बन्द हुने दिन आयो भने कसरि पो फस्टाउने हुन् कम्युनिस्टहरु, चिन्ताको बिषय भाको छ |

      Reply
  8. Basant says:
    November 1, 2013 at 11:54 am

    नेपालमा बसेर सोच्दा सायद ठिकै होला तर नेपाल बाहिर बसेर हेर्दा संसार ठुलो छ र यहाँ सबै जात वर्ण धर्म रंग अटाउन सक्छ नत्र के ति सबै चाइनिज भारतीय पाकिस्तानी अफ्रिकन काला जाति सबै गुलाम भए त् ? सयौ बर्ष देखि नेपाल मा ब्यापार गर्दै बसेका भारतीय मूल क नेपालीहरु जसले घरमा २/४ जना नेपाली कामदार राखेर बसेका छन् के ति सबै नेपाल र नेपालीका गुलाम भए त् ? यो एउटा आदर्श को कुरा मात्र हो २ हप्ता खान नपाए कागजमा कोरिएको आदर्श सबै देखिन्छ अनि चोर फटाह भ्रस्ट नेताको झोला बोकेर राजनीतिक सपना बाड्न निस्कन्छ …

    Reply
    1. Aakash says:
      November 2, 2013 at 11:32 am

      तिर्थ दाईको भनाइमा पनि दम छ | नेपाललाई तपाई आफ्नो घर सम्झिनुस एकछिन | तपाई आफ्नो घर राम्रो भएको पक्कै पनि देख्न चाहनुहुन्छ होला | अर्को घरमा गएर जति नै काम गरे पनि तपाईको आफ्नो घर आफै राम्रो हुन्छ र ? कि चाही भन्न सक्नु पर्यो म यो घर त्याग गर्छु, अर्कै घरलाई आफ्नो घर ठान्छु (तर सायद त्यो भन्न अलि कठिन नै छ होला) |

      Reply
  9. ajay says:
    November 1, 2013 at 11:14 am

    बिदेस मा काम गरेर परिवार पाल्नु लै गुलामी भन्ने ?? नेपाल मा बसेर नेता हरुको कुरा सुनेर आफ्नै दाजु भै मार्ने चाही राम्रो हा हा हा ! गुलामी को अर्थ त काम गरेर पनि केहि नपाउने होला नि ?? नेपाल राम्रो बनाउने हो भने यी पुरानो कर्मचारी हरु बदलिनु पर्चा नेता हरु भनेको त यी सरकारी कर्मचारी ले नै ल्युने हो!

    Reply
  10. मन says:
    November 1, 2013 at 10:12 am

    “…नेपाल कसैको गुलाम बनेको छैन| नेपाल उपनिवेश बनेको छैन|”
    यस्तो सरासर झुटो दिनरात भट्याएर हामी झुटोलाई पनि सत्य मानेर अहिले सत्य तथ्य भनेको यो हो भन्दा अलमलमा पर्छौ| व्यवहारिक र राजनैतिक दुवै रुपमा अंग्रेजको गुलामी सहन पर्यो| ई. सन् १८५७ को सिपाही बिद्रोहमा राणा शासनको हदै सम्मको शर्मानक गुलामॆपन र चाकडीबाजलाई हेर्नुस| रेसिडेन्टको पावर र राणा शासकको नतमस्तकतालाई अलिकति पनि जसले नियालेर हेर्छ, उसले नेपाल कहिले उपनिवेश बनने भनेर भन्नु तथ्य लाई नकार्नु हुनेछ| जब शासन र शासकले उपनिवेशमा हुनपर्ने (अव)गुण र धर्म सबै अंगालेर मालिकको हुकुम शिरोपर गर्छ अनि उसको प्रक्सी बन्छ तब कसरि अनि कुन प्राबिधिक कारणले नेपाल कहिले उपनिवेश थिएन भनेर नाक ठाडो पार्न सक्नुहुन्छ| दिनमा दसौ चोटी धुरी वाट नेपाल कहिले पनि उपनिवेश थिएन भनेर चिच्याए पनि एतिहासिक यथार्थ बदलिन सकिने होइन|

    राणा शासनले आफै मात्र अंग्रेजको गुलामी बनेनन्, सम्पूर्ण नेपाली जनतालाई समेत दोहोरो र अझ तल्लो दर्जाको गुलामी बनाए| साँचो इतिहास केलाएर हेर्न सक्ने र लेख्न सक्ने हिम्मत हामीमा हुनपर्छ| हामीले अंग्रेज संग बीरता पुर्बक युद्धको सामना गर्यौ तर सुगौली सन्धि इतिहासमा ठुलो कालो धब्बा हो| राणा शासनले निर्लज्ज पूर्ण गुलामी स्वीकार गरेर सही गरेको सन्धि हो|
    हाम्रो नेपालमा साँचो इतिहास लेखिन नै बाँकी छ| चाकडी, चाप्लुसी, पुरस्कारको लागि रचेको जयगान, स्तुतिपुजन र बंगाईएको बीरपुजाले भरिएको लिखित इतिहासले हामीलाई छेकेको छ| १०१ बर्षे राणा शासनको अन्त्य २००७ मा भयो भनेर कसैले भन्छन भने टाउको चेक गराईनपर्छ| २०१७ पछिको पंचायत स्तुतिगानमै लिप्त रह्यो| यस्तो अवस्थामा कसरि साँचो इतिहास लेखिन सकिन्छ?
    अहिलेको पीडींले सही इतिहास खोजेर अनि प्रकाशमा ल्याएर जनतालाई सही इतिहासको बोध गराउन पर्छ र त्यहाबाट सिक्नपर्ने पाठ अघि मनन विचरण गरिन आवश्यक छ| नत्र भने नेपाल कहिले उपनिवेश थिएन भन्ने दोहोरि गाउनु सत्यलाई डोकोले छोप्न खोज्नु सरह हुनेछ|

    Reply
    1. Ram Jha says:
      November 2, 2013 at 2:43 am

      सुगौली सन्धि राणाले गरेका होइनन |
      राणा हरुले इस्ट इंडिया कम्पनि लाई सहयोग गरेका हुन्, राष्ट्रिय स्वार्थ का लागि, गुलामी हैन | अनेक ऐतिहासिक तथ्य ले पुस्टि गरेको कुरा हो त्यो |
      राना साशन १०४ वर्ष चलेको थियो |
      पंचायत भलै सहि राजनैतिक व्यवस्था थिएन होला तर नेपाल को विकास को foundation यहि काल मा तयार भएको थियो |

      Reply
      1. अरुण शम्सेर says:
        November 3, 2013 at 7:23 am

        सही कुरो, राणा शासन १०४ बर्ष लिखितममा रह्यो अनि राणाले सुगौली सन्धि गरेनन (र गर्ने पनि थिएनन होला)\ तर धोतिमा छेरेर हतपतमा राजाकै सल्लाहकार दुईजना बाजेहरु (पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्याय) ले हतार हतार त्यस्तो अपमानजनक सन्धिमा सही खस्काए जसमा नेपालले एक तिहाई भूभाग गुमाउन पर्यो भन्ने पनि सुनिएको छ, यसप्रति के भन्नु हुन्छ, झाजी ?
        बरु राणा शासनले गुमाएको केही भूभाग पछि फिर्ती गरायो|

        Reply
        1. Shankar says:
          November 3, 2013 at 11:19 am

          झा जी ले के भन्न पर्छ ? इतिहासले भन्छ नि ?
          १९४२ मा अंग्रेज ले भारत छोडेर जानेबेला राणाहरुले ल है हिजोको हाम्रो भूभाग फिर्ता दे भन्न गएको भए आजको नेपालको नक्सा आर्कै हुन्थ्यो कि ? त्यो पनि बिचार गरम न |
          बाजे ले धोतीमा पादेको कुरा मात्र किन ? राणा ले सुराल्मा हगेको कुरा पनि गरौ न |
          जनताको राम्री छोरी बुहारी झ्याल मा बसेको देख्ना साथ् जबर्जस्ति रखौटी बनाएको , काठमान्डू को जनता आतंकित बनएको त्यो चै के नि सम्सेर जी ?

          Reply
          1. Ram Jha says:
            November 4, 2013 at 4:03 am

            १९४२ मा अंग्रेज ले भारत छोडेको रे..कुन चै इतिहास पढ्न भयो बन्धु ? Probably an alternative one…LOL!!

            Reply
            1. Shankar says:
              November 4, 2013 at 1:11 pm

              १९४७ हुनुपर्ने , १९ ४२ भएछ

              Reply
        2. Ram Jha says:
          November 4, 2013 at 4:16 am

          मैले पढे र बुझे सम्म, तपाइले भनेको कुरा सहि हो | डर ले सुरुवाल मा छेरेको भन्दा पनि ब्रिटिश को लाखौ रुपिया मा बाजे हरु को इमान बिकेको हो | हैन भने सुगौली सन्धि मा नेपाल ले हारेको मात्र भू-भाग गुमाउनु पर्थ्यो जबकि नेपाल ले युद्ध जितेको भू-भाग पनि गुमेको तथ्य छ|

          म राणाकाल को नकारात्मक पाटो तिर जान चाहन्न | तर एउटा कुरा सत्य हो, राणा हरु रास्त्रियता को सवाल मा इमान्दार थिए | यो कुरा इतिहास को सामान्य अध्ययन गरेको मान्छे ले पनि सजिलै संग बुझ्न सक्छ | सन् १८५५ को नेपाल-तिब्बत युद्ध को सामान्य कारण मात्र खोजे थाहा हुन्छ राणा हरु ब्रिटिश को गुलाम थिए कि सच्चा रास्त्रबादी भनेर |

          Reply
          1. सुमन says:
            November 5, 2013 at 11:52 pm

            धेरै भूभाग गुमाउन परेको कारण बाजेहरुले राणाहरुलाई गलत सल्लाह दिएर हो | पुर्वाग्रहरहित इतिहास केलाए हेरे यो तथ्य उजागर हुनेछ|
            कुरो आयो राणाहरुको राष्ट्रवादीताको| जब राष्ट्रबाद नै के हो भन्ने नै भ्रम भए पछि के को राष्ट्रवादीताको कुरा गर्ने? पंचायतकालमा महेन्द्रवादलाई राष्ट्रवाद भनियो, राजभक्त र देशभक्त पर्यायवाची भए| राजा नरहे देश रहन्न भन्ने मिथक सिद्ध भएको कसले स्वीकार नगर्ला? राणा शासनले गर्दा देश अंग्रेजको उपनिवेश बन्न पाएन भन्नु पनि त्यही सडेको कारखानाबाट निस्केको मिथक र भ्रमात्मक उपज हो|
            अहिले आएर तिर्थबहादुरजीमा पनि गुलामीपन के हो भन्नेमा महाभ्रम मै रहेको बुझियो| खाडीदेशमा गएर श्रम बेच्नु र राणाको चाकडीमा लाग्नु कसरि उस्तै उस्तै हो? हात्ती र हात्ती छाप चप्पल उस्तै हो भन्ने कुरो नगर्नुस है|
            राणाहरु आफ्नो शासन र हालीमुहाली कायम राख्न चाहन्थे, गुलामी गरेर हुन्छ कि लिलामी गरेर हुन्छ| देश भाँडमा जाए|
            पृथ्वीनारायणले नेपाल एकीकरण (कि विभाजनको बीजारोपण?) नगरेको भए आज हामी नेपाली हुने थिएनौ भन्नु र स्टिभ जब्स नजन्मेको भए एप्पल आउने थिएन भन्नु उस्तै उस्तै हो| एप्पल नभए अरु थोक हुने थियो, स्टिभले नभए अरुले सिर्जना गर्ने थिए| के थाहा त्यो भन्दा राम्रो र सस्तो र सबैले किन्न सक्ने हुने थियो होला भनेर कल्पना गर्न सकिन्न र?
            राणाहरु (शासकवर्ग) राष्ट्रवादी थिए भन्ने नसोचौ| उनीहरुले आफ्ना कुर्सी र सिंहासन जोगाउन अंग्रेजको गुलामी गरे, नेपाली जनतालाई आफ्नु गुलामी गर्न लाए, यो शास्वत छ, मानौ या नमानौ|
            अब कल्ले धोतीमा कति छेर्यो र सुराल्मा कति हग्यो भन्ने तिर नजाऊ|
            राष्ट्रवादी भए पछि पनि के को सच्चा राष्ट्रवादीको मापन? तर स्थितिको मुजाय्दा लिंदा बाजेहरुले धोतीमा छेरेर सुगौली सन्धि गर्न राजालाई तम्साएको चै साँचो हो भनेर नभनी ध्रर पाईन्न| अब अहिले तिनैका सन्तान सच्चा र कट्टर राष्ट्रवादी भन्दै हामीलाई पाठ पढाई रहेका छन्| आगामी चुनावमा पनि तिनै पुरेत बाजेहरुको सन्तानको वाहुल्यता हुनेछ र फेरी ट्यांकीमा धन फलाउने भयो| लाजिम्पाटमा दरवार बनाउने भयो| परिवार सम्पन्न हुने भए| श्रम गर्ने नेपाली जनता गुलामीको लान्छना लागेर हेर्या हेर्यै हुने भए| यही सम्झनुस यथास्थिति र आगत|

            Reply
            1. Shankar says:
              November 7, 2013 at 11:39 pm

              दिने ले त् गलत दिए ,लिने ले किन लियो नि ?
              म किन बादुर भैन ? बाजे ले बीरबहादुर नाउ न राखी दिएर भने जस्तो कुरा भएँन र भन्या |
              ग्यानेंद्रा ले किन राजतन्त्र गुमायो ?
              बाजे ले गलत सल्लाह दिएर |

              प्रचण्ड , बाबुराम ले किन १४००० मर्वाये ?

              बाजे ले गलत सल्लाह दिएर |
              ”बाहुनलाई कासी , क्षेत्री लाइ फासी ” नारा किन लाग्यो ?
              बाजे ले गलत सल्लाह दिएर |
              तेसैले तपाइको भनाइ गलत हो | सासक स्वयम् जिम्बेबार हुन्छ , आफ्नो सल्लाह कार को राख्ने , न राख्ने कुरामा उ स्वयम् स्वतन्त्र भएकोले |

              आर्को कुरा पृथ्बी नारायण ले नेपाल एकीकरण न गरेको भए आर्को ले गर्थ्यो भन्नु पनि मुनामदन लक्ष्मीप्रसाद ले न लेखे आर्को ले लेख्थ्यो |
              थ्योरी ओफ लिलेतिभिती आइस्ताइन ले न निकालेको भए आर्को ले निकाल्थ्यो | धरहरा घन्टाघर बिर सम्सेर ले न बनाको भए आर्को ले बनाउथ्यो |
              भन्नु जस्तै हो | गरेको राम्रो काम मा जस दिन कन्जुस्याई किन ? जातीय आक्रोश मात्रै ?

              Reply
              1. हरि says:
                November 9, 2013 at 9:46 pm

                शंकरजीको धुनी चडाएको बेलाको कुरो जस्तै छ| जे होस, बाजेले काम बिगारेको स्वीकार गरेको रहेछ| अहिले आफै शासक र आफ्नै सल्लाहकार हुँदा कसलाई दोष दिने?

                Reply
                1. Shankar says:
                  November 10, 2013 at 2:01 am

                  तपाई पनि उस्तै कुरा गर्नु भयो , जातीय आक्रोश बाट बाहिर आउनुस | दोस सबै पक्ष्य को छ |
                  फर यत्ति हो कोइ धुनी जगाएर सुर छोड्दैन कोइ बिना धुनी बेसुरा भैदिन्छान |

                  Reply
  11. Saga Sigdel says:
    November 1, 2013 at 9:51 am

    भोको पेट लिएर आदर्सका कुरा गर्दै नेपालमै बस्नु ठीक त पक्कै पनि होइन होला! मलाई लाग्छ नेपालमै बस्नु पर्छ भन्दै साहित्य र आदर्स छाट्नेहरुले पनि हरेक वर्ष DV भर्न चै छोडेका छैनन्

    Reply
    1. Krishne says:
      November 1, 2013 at 12:34 pm

      “Bhoko pet” and “Aadharsh” !
      These two words messed my head when I read your comment. So I decided to write a brief review here. (It may sound a little out of topic.)
      Well, according to Abraham Maslow humans want to satisfy their first (basic) need; Physical Need. They wish to have their other needs (specially SECURITY NEED) if only their Physical Needs are fulfilled. Physical needs can be food, air, water, (some include sex too) etc. “Bhoko Pet” directly refers to the lack of Physical Need…means people go to foreign country just for food. No, absolutely not ! why do you lie? Shame on you Mr. Sigdel ! Mother Nepal is highly enriched by the fertile land. We can bring the people from remote and higher region down to lower area for settlement and provide them some lands. We can maximize our lands by implementing hitech agricultural systems and feed well. Trust me ! we have enough lands.
      These days people in villages are fully dependent on remittance. They don’t like to work in the fields anymore. They rather buy Indian rice than growing on their own. Most of the fields are left unused in villages. Those who are now in foreign countries were never died of hunger (except some thousands people from karnali region). I believe people from other regions go to gulf countries than from Karnali Region.
      I have seen men earning Rs.30,000 or more per month by working as a plaster-master in construction sites kathmandu. We don’t have enough people to do these works. Nearly half of them are from India. But how much do you earn in Gulf-hell? hardly Rs.15,000 average? and you do the same work there. Reason why you didn’t select your mother-land for the same job is that You feel uncomfortable working here in front of your friends, family and neighbors.
      It’s clearly seen that “Bhoko Pet” hasn’t forced you to go to foreign country. “Bhoko Rahar” is forcing people to die in foreign-hell.
      Regarding the DV thing; they are also forced by their “Bhoko Rahar”. In order to fulfill our “Bhoko Rahar” we all have to stay in our own country and contribute from our side. We have to quit making gossip at Chautari, Bhatti and Taas Addaa of your house because that costs precious time. And please stop blaming political parties; politics is just a shitty game played by those who are directly getting benefits from that.

      Reply
      1. Deep mahat says:
        November 1, 2013 at 12:58 pm

        Mr Saga को कमेन्ट भोको पेट को अर्थ खानै नपाको भन्ने बुझ्नु भएन नि किशुन जी। तेत्रो खर्च गरेर पडयो, डिग्री हासिल गर्यो तर जागिर छैन, भएका खाली ठाउमा पनि सबै नाताबाद चल्छ, अनि पेट भोको भएन? कृषिमा लगानी गरेर जीविका चलाउन लाई सबैसंग आफ्नो जमिन पनि हुनु परो नि…सबै मान्छे हरु आफ्नै देशमा बसेको थीए भने आज संसार येति बिकसित भएको हुन्थेयेन…so i would like to request nepalese people to travel around the globe looking for better job, education and future. Staying in nepal following stone age customs and traditions not going to take you anywhere…

        Reply
  12. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    November 1, 2013 at 9:38 am

    नेपाललाई ब्रिटिशले गुलाम बनाउन सकेन हामी बिर गोर्खाली भन्नु आँखा चिम्म गरेर लौ रात पर्यो भन्नु जस्तै हो !!
    आधा बिश्व लाई अधिन मा राख्ने एक लाख गोरे ले 30 करोड भारतीलाई गुलाम बनाउनेले जाबो 40/45 लाख नेपाली लाई गुलाम बनाउन सक्थेन र ?
    आधा नेपाल त खाएकै थियो नि !
    जन्हा मुखले बोलेर हुन्छ तेन्हा किन हतियार चलाउनु भनेर हो !
    नेपालको तर्फबाट राणा ले पुरै आत्मा समर्पण गरेकै थिए तेतिबेला देखिने नेपाली दाजु भाई लाई गोरे ले दास बनाई लडाई लड़एकै हो जो अहिले सम्म जारी छ !!
    तेसैले नेपाल न पहिले आत्मा निर्भर थियो न अहिले छ, यसमा अरुको होइन हामी नेपालीको नै कमजोरी छ !
    तेसैले झुट्टा स्वाभिमान नदेखाऊ अझै समय छ देश बनौ ! गरिब हुनु कुनै लाज मर्दो कुरा होइन गुलाम बन्नु पक्कै पनि हो !!

    अब देखि देश बनौ र हामी बनौ – जय नेपाल

    Reply
  13. xyz says:
    November 1, 2013 at 8:50 am

    This is a good example of how Nepali nationalism is oriented towards the past, and excessive self-glorification. This mans sounds like lecturing to school level students.

    Reply
  14. शशांक लामा says:
    November 1, 2013 at 8:46 am

    तिर्थजी ! लिम्बु गाउँमा लाङ्गलात्ती खेलेर हुर्केको बालकृष्ण श्रेष्ठ, लिम्बुवानमा गैर आवासीय हुन्छ भन्ने कुरा राजधानीको सुकिलो कोठामा बसेका बुद्वीजिविले चलाउने गफा मात्र हो|

    Reply
  15. मदनमणि says:
    November 1, 2013 at 8:09 am

    हामिले असली नेपाल चिनेकै छैनौ वास्तवमा। नेपाल विशाल छ, संस्कृती र प्रकृतीले।

    Reply
    1. इश्वर चन्द्र आर. says:
      November 1, 2013 at 9:37 am

      वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठ ज्यु लाइ मेरा २ सब्द !!!
      अरु सबै बुदा मा सहमत भए पनि गुलाम हुन कै लागि नेपाली बाहिरिएको भन्ने हास्यास्पद तर्क लाग्यो ! हाम्रो समाज मा पढे लेखेका हरु समेत श्रम लाइ उदधोग नमान्ने र श्रम लाइ तिरस्कार गर्ने परिपाटी अझै रहेछ यहा को आसय पनि त्येही देखियो ! नेपाली हरु मा राज्य भनोउ या तपाई हरु जस्ता पढेलेखेका र नीति निर्माण मा बसेकाहरु ले आय र सिप मुलक सिक्ष्या पद्दति अहिले सम्म बसाउन सकेका छैनन् ! ब्यबसायिक सोच र मान्यता लाइ मान्ने हो भने कसैले श्रम बेच्न देश बाहिर जान्छ भने त्यो गुलामी हुदैन ! त्यो श्रम ब्यापार अन्तर्गत पर्दछ ! हो तपाई को आसय देश बाहिर भन्दा देश भित्रै मिहनेत गर्नु पर्छ भन्ने हो एस लाइ म पनि सलाम गर्दछु तर लाख मा एक जना सफल को उदाहरण दिएर मात्रै हुदैन त्येश अनुरुप को सर्भसुलभता कुना कन्दरा हरु मा बस्ने अधिकाम्स जनता हरु सम्म पुग्नु पनि जरुरि छ !
      हेर्दा सामान्य लाग्ने तर देश को आर्थिक मेरुदण्ड का काम हरु, वेटर – हाउसकिपिंग – कुक बार टेन्डर-मेसिनरी मर्मत – डिजाइनर – वेल्डिंग – पेन्टर – प्लास्टर – कार्पेन्टर – स्कफ फोल्डिंग, रिगर – इलेक्ट्रीसियन – क्यटरिङ्ग – कन्स्ट्रक्सन मेसिन अपरेटर – जस्ता हज्जरोउ काम हरु जसलाई तपाई जस्ता पढेलेखेका र नीति निर्माता हरु ले सानो र तुक्ष मुल्यांकन गर्दै अहिले सम्म राष्ट्रिय चासो को बिषय नै बनाएका छैनन ! यी काम हरु ले लखोउ नेपाली लाइ रोजगारी को ग्यारेन्टी दिन्छन ! नेपाली यिनै काम सिक्न – श्रम बेच्न बिदेसिएका छन् ! ब्रिटिश आर्मी मा नेपाली गुलामी गर्न नभई उनीहरु को श्रम र क्षमता को कारण ले भर्ति गरिएको हो जुन आज सम्म निरन्तर छ, जबकि पुराना भारतीय सिख रेजिमेन्ट का मान्छे हरु लन्डन मा नेपाली को सान र मान देखेर र्याल काडेर पुराना दिन सम्झदै गफ गरिरहेका हुन्छन र यहा लाइ अगवत के होस् भने नेपाली कै श्रम र मेहनेत ले आज बिस्व का सबै रोजगार प्रदायक सस्था को पहिलो रोजाइ बन्न पुगेका छन् भलै नेपाली सिक्ष्या मा जति सुकै खोट होस् – जति सुकै अदक्ष होस् ! एक नेपाली जुन देश मा गए नि सेक्युरिटी मा अन्य बिदेशी समुदाय भन्दा धेरै तलब र सम्मान पाउक्ष ! त्यो गुलामी ले नभई उस को आफ्नो क्षमता ले भएको हो ! र अहिले को सन्दर्भ मा नेपाली यी काम मा मात्रै छैनन् ! ठुला अन्तर राष्ट्रिय बैंक देखि ठुल्ठुला कर्पोरेट हाउस मा पनि अहिले को नया पुस्ता पुगेको छ ! बिदेशी सेना को अफिसर देखि प्रोफेसर डाक्टर – इन्जिनियर देखि एकाउनटेण्ट हरु धेरै नेपाली छन् ! ब्यापार मा नेपाली ले नाम चम्कायेका छन् ! यी सबै लाइ गुलाम को मानसिकता ले हेर्ने हो भने हामि भन्दा धेरै गुलाम त अमेरिकी – चिनिया र इन्डियन हरु छन् त ! काम लाइ हेर्ने मानसिकता लियिएको सिक्ष्या मा भर पर्दछ सर !!! गरिखाने ठाउ लाइ नहुना को विकल्प मात्रै हो देश छाड्नु यिनै लाइ देश फर्काएर गरिखाने बाताबरण मिलाउने हो भने देश को सम्रिद्दी यिनै (तपाई को सब्द मा गुलाम हरु को ) हात मा लुकेको छ !

      Reply
    2. Rai Kanchha says:
      November 4, 2013 at 8:55 pm

      अव यस बेला असली नेपाल खोज्न कहाँ जाउँ प्रभु ?असली नेपाल खोज्न कि त एक सय एक किलोको माला लगाउन सक्नु पर्यो,कि त पर्खाल चढेर नारीको अस्मिता लुट्न सक्नु पर्यो,कि त लाउडा र धमिजा जस्तो बिकासको फडको मर्न सक्नु पर्यो ,होइन भने लौ तपाइँ आफै भन्नोस् असली नेपल खोज्न कहाँ जाउँ ?

      Reply
  16. vijay says:
    November 1, 2013 at 7:51 am

    बाहिर विदेश मा जान कसलाई रहर छ र सर / मुखले भन्न सजिलो छ तपाई जस्ता अन जी ओ को भत्ता खायेका phd doctor हरुलाई तर एक सरो खान पाउन नपाउने गरिब नेपाली को reality कहिलै सोच्नु भाको छ / कसैलाई रहर छैन विदेश जान sir /अरु बाकी तपाई आफै बुझ्नुस

    Reply
    1. Basant says:
      November 1, 2013 at 9:09 am

      नेपाल मा बसेर एउटा नेपालीको आँखाले हेर्दा तेस्तो देखिएको मात्र हो एक चोटी नेपाल बाहिर आएर हेर्नु पर्छ संसार ठुलो छ यहाँ सबै अटाउन सकिन्छ, नेपाली मात्र बिदेसिएको छैन चाइनिज भारतीय पाकिस्तानी हरु संसारको कुन कुनामा पुगेको छैन र ? एदी नेपालीको सोच नै सर्बोत्क्रिस्ट सोच हो भने अहिले सबै रास्ट्र भन्दा अघि हुन्थ्यो होला …कोहि कसैको देशमा गएर श्रम गर्दै मा गुलामी हुन्छ भने नेपालको अर्थतन्त्र कुन समुदायका ब्यापारीहरुले थामी राखेको छ त् के तिनीहरु नेपाल र नेपालीहरुको गुलाम हुन् त्??? कसैले भन्दैमा हुने भए त् नेपाल कहिले नै Singapore भै सक्थ्यो …

      Reply
  17. Rajendra Adhikari says:
    November 1, 2013 at 7:35 am

    “उर्वरा नेपाललाई मरुभूमि बनाएर मरुभूमिलाई पसिनाले पोस्नु आजको बाध्यता होला तर भोलिको वास्तविकताले त्यसलाई मान्नेछैन।”
    यो चाहिँ सही हो ।

    Reply
  18. Nigam NH USA says:
    November 1, 2013 at 7:05 am

    डाक्टरसाहेबले नेपाली हरुलाई गुलामी गर्न बाध्य पार्ने मुख्य कारण राडासाशन र शाह शासन को बिलाशिता अनि भर्स्टाचार हो भन्ने कुरो पनि उजागर गरिदिनु पर्ला. किन काठमाडौँका नेवारसमुदाय लाहुरे हुन्नन् मात्र गुरुङ मगर जाति का मात्र? विपन्नताले अनि अज्ञानताले पनि लाहुरे बनाउदो रहेछ, रहर ले बिरलै लाहुरे हुँदा रहेछन. सबै लाई चेतना भया!

    Reply
    1. Ram Jha says:
      November 4, 2013 at 4:29 am

      छेत्री पनि हुन्छन र धेरै संख्या मा भएका छन् | कुनै समय मा बाध्यता (पेट पाल्नु पर्ने बाध्यता ) भए पनि ऐले मात्र रहर हो, पौण्ड कमाउने, अरुलाई दोष नलाए हुन्छ | यदि मगर गुरुङ लाई जबर्जस्ति लाहुरे हुन पठाएको हो भने नेवार लाई चै किन पठाएन? Read before writing.

      Reply
  19. Ram C says:
    November 1, 2013 at 6:55 am

    Dr. Tirtha B. Shrestha is the most respected personality of Nepal. I hope our new generation will follow his suggestion. Long live Tirtha sir.

    Reply
  20. harihar sharma says:
    November 1, 2013 at 6:48 am

    नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे
    वा, क्या सत्य कुरा बोले //

    Reply
  21. बेखालाल नेपाल says:
    November 1, 2013 at 6:17 am

    ….सबै नेपाली एकै जात र एकै वर्णमा परिणत हुँदैछन्…

    सुन्दा कर्ण प्रिय …… काव्यात्मक लाग्छ…..रमाइलो मन छुने….शान्तभाब को… सोच्नुस सुन, चादी, फलाम, तामा, सबै मिसाएर एकै धातु परिणत भए… मानौ पानी, पेट्रोल, डिजेल, तोरीको तेल, रक्सी एउतै तरल पदार्थ भए …. कस्तो आनन्द ….. आहा ……

    Reply
  22. abhi says:
    November 1, 2013 at 6:03 am

    इतिहास हेर्ने हो भने साएद नेपाल मात्र तेस्तो देश होला किराती कालिन देखि राजा बिरेन्द्र ४६ साल सम्म एउटा सार्भभौम देश थियो/
    हाल आएर एस्तो लाग्छ यो देश लाई सम्पूर्ण कुरा हरु लाई भारत ले निलिसक्यो/ हामी उल्लु नेपाली नै तेस्लाई प्रोत्साइत गर्चम/ हामी हरु लाई भारतीय गान सुन्ने पर्छ साएद त्यो आफ्नो गाडी मा होश या कोतेश्वोर रत्न पार्क chalne गाडी होश/ भारतीय भारु जता पनि सजिलै चल्छ / अनि हामी बुद्दु नेपाली बाहिर विदेश मा पनि भारतीय संग हिन्दि सजिलै बोल्चम/ नेपाली समाचार कम आजतक र जी चंनेल बादी हेर्चम/
    हामी लाई दोबाटो मा बसेर पनि पुरी र चना चत्पत्ते खन्दै हिन्दि गाना सुन्चम/ तेइ नै हो त हाम्रो नेपाल???

    Reply
  23. डिल्ली says:
    November 1, 2013 at 6:01 am

    तिर्थ सर! सलाम छ तापाईँको सोचलाई । नेपालमा नेपाली बस्नु पर्छ नेपालमा बस्न नेपाली मन हुनु पर्छ । नेपाल पार्टीको वा जातको देश हैन देश भित्रका पार्टी र जाती हुन् भन्ने बुझ्न सक्नु पर्छ । फुटाएर देश बन्दैन । लुटाएर देश बन्दैन । देशले कसैको गधा बनि जाँतो बोकेन ईतिहासमा । तर राजनीतिमा नेताले गधा बनेर विदेशी जाँतो बोके । उनीहरू त्यही जाँतोको भार जनतालाई बोकाउन चाहन्छन् । अहिले त यत्र तत्र सर्वत्र गधै गधाले भरिए जाँतै जाँताले भरिए । वैज्ञानिकले वा विज्ञले समेत विदेशी जाँतो बोकेर हिँडे र हिड्दै पनि छन् । त्यही जाँतोले घोटिएर नेपाली अन्न, बोटबिरुवा र जीव जन्तुका अणुवंष पिसिए विदेशिए । राजनीतिको जाँतोले पिसिएका जनता दूर मरुभूमिमा रगत र पसिना चुहाउँदै कति त उतै अस्ताउँदैछन् । यति उर्भर भूमि सायदै अरु देशमा छ । यति अनुकुल जलवायु सायदै अरु देशमा छ । तराईको सम्थर भूभाग देखि सर्बोच्च शिखर यहीँ छ न त्यो विश्वमा अन्त कहीँ छ ।

    दोस्रो विश्वयु्द्ध ताका युद्धले आक्रान्त अरु देशलाई चामल अनुदान दिने देश नेपाल अहिले चामल अनुदान लिन्छ । हराभरा देखिने धान खेत र बारी बाझो छ । नागरिक मरुभूमिमा गधा जोतेर विदेशिकालागि सुनसरी अन्न फलाइ दिन्छन् । तर तिनै नेपालीलाई गधा नेताले गधा झै जोतिरहेछन् । विदेशिका भरिया नेता नागरिकका बुइचढेर खोला तर्छन् पहाड उक्लिन्छन् । जोत्तै गरेका हल-गोरु काटेर भोज हाल्दै बाँझिएको जमीनमाथी स्वीट्जरल्याण्ड बनाउने सपना बाँढ्छन् ।

    Reply
  24. Laxman says:
    November 1, 2013 at 5:30 am

    तीर्थ सरले दर्हो तर्क िदनु भएछ । स्कुलमा पनि नेपाल सुन्दर शान्त विशाल भनेर धेरै नै पढियो कुरा सुन्दा अझै पनि रौं ठाडो हुन्छन् । तर तीतो कुरो – स्रोत साधन भएरमात्र के गर्ने परिचालन गर्न कुशल मानव संसाधन चाहिने यहाँ त विध्वंसकारी दानवकै बोलवाला छ ।

    Reply
  25. Bibek says:
    November 1, 2013 at 4:05 am

    नेपाल गुलाम नबनेको ले गर्दा आज नेपाली संसारभर गुलामी गर्नु परेको हो. हाम्रा पुर्खाहरुले British लाई नेपाल छिर्न दिएको भए नेपाल अहिलेको India भन्दा बिकसित हुने थियो अनि कामको लागि कुनै देसमा जानु पर्ने नै थिएन

    Reply
    1. avaya says:
      November 2, 2013 at 5:40 am

      बिल्कुल गलत
      यदि, ब्रिटिशले नेपाललाई लिएको भए , अहिले यो भारत को १ भाग हुन्थेओ
      इंडिया भन्ने ठाक्कै यौता देश कहिले पनि थियन

      ब्रिटिश ले , south एशिया मा जति कब्जा गरे , पछि छोडेर जादा रहेको भाग नै इंडिया बन्न पुगेको हो
      जुन सुकै कारण ले भयपनी , direct ब्रिटिश इंडिया मा गाभिन नपुगेकोले गर्दा
      अहिले नेपाल अलग राष्ट्र बन्न पुगेको हो

      ब्रिटिश युनु भन्न्दा अघि, सिख अनि मार्थ को आफ्नै ठुलो स्वतन्त्र राज्य थिओ
      अलग अलग भाषा बोल्ने अनि संस्कृति भएका सङ सङ धेरै राज्य थिया

      कुनै पनि देश बिदेसी ले सासन गरेर , बिकसित हुने होइनन
      यदि तेसो हुन्थियो भने, अफ्रिचन देश हरु सबै भन्दा बादी बिकसित हुन्थेअ

      Reply
  26. Dipendra says:
    November 1, 2013 at 3:09 am

    नेपाल न गुलाम नै हुन सक्यो न स्वोतन्त्र नै हुन सक्यो. धन्न नेपालीहरु गुलाम बनेका छन् र तेस्कै आधार मा देश बचेको छ रेमिटान्स ले.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme