Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालकृष्ण ढुंगेलसहित सात उम्मेदवारविरुद्ध उजुरी

Posted on October 31, 2013October 31, 2013 by Salokya

CA सर्वोच्च अदालतले हत्याको अभियोग प्रमाणित भएको भन्दै जन्मकैदको फैसला सुनाए पनि खुलेआम हिँडिरहेका बालकृष्ण ढुंगेलसहित सात जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। एमाओवादीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा २६५ नम्बरमा ढुंगेलको नाम राखेको थियो। स‌ंविधान सभा निर्वाचन अध्यादेशको दफा १९ अनुसार उनी उम्मेदवार बन्न पाउँदैनन्। यससम्बन्धी विस्तृत ब्लग यहाँ क्लिक गरी पढ्नुस्। ढुंगेलविरुद्ध एमाले नेतृ रामकुमारी झाँक्रीले उजुरी दर्ता गराएकी हुन्। सात उम्मेदवारविरुद्ध उजुरी परेको छ। पाँच वटा उजुरी एमाओवादी उम्मेदवारविरुद्ध नै परेको छ भने एउटा समाजवादी पार्टी र लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवारविरुद्ध परेको छ।

उजुरी परेका एमाओवादीका अन्य उम्मेदवारहरुमा अनिता कुमारी परियार, धनमाया विक खनाल, हरिराम श्रीपाइली र उषा शाह फकि