Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बानेश्वरमा किन भागाभाग?

Posted on October 31, 2013October 31, 2013 by Salokya

bhagabhag
नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटो। स‍ंविधान सभा भवनको गेटबाट अलि अगाडि गइसकेपछि बाटो बन्द थियो। सवारी साधन रोके पनि मान्छेको आवतजावत त भइ नै हाल्छ। अलि अगाडि गएपछि मान्छेहरु दौडादौड गर्दै थिए। धुलोको मुस्लो पनि देखियो। अगाडि केही पनि नदेखिने, धुलो अलिकति हट्दा मान्छेहरु दौडादौड गरिरहेको पो देखिने। आखिर किन रहेछ त यस्तो ? भित्र भिडियो हेर्नुस्-

भिडियो हेर्नुस्

1234273_10151976330981063_458101921_n

1383506_10151976330971063_79526698_n

1451352_10151976317836063_103460284_n

1394231_10151976317811063_1261722515_n

खासमा यो सडक पिच गर्नुअघि बाटोमा धुलो सफा गरेको रहेछ। तर व्यस्त समय नै रोजेर बिहान अफिस टाइममा नै किन यस्तो गरियो कुन्नि, राति गरे पनि हुने थियो। जे होस् छेउछाउका घर भत्काएर सडक विस्तार गरेको धेरै समय बितिसक्दा बल्ल त्यो सडक कालो पत्रे हुने भएछ।
1393849_10151976330991063_500296282_n

561603_10151976330986063_639747230_n

577466_10151976330976063_384206672_n

1390669_10151976317801063_820692211_n

644466_10151976317816063_399993308_n

1441476_10151976317821063_1723090256_n

30 thoughts on “बानेश्वरमा किन भागाभाग?”

  1. Aakash says:
    November 5, 2013 at 8:24 am

    भिडिओ पोस्ट गर्नु भएकोमा धन्यबाद ! भिडिओ हेर्दा मलाई सेप्तेम्बेर ११ मा न्युयोर्कमा भएको आक्रमणको याद आयो | बिकसित समाजमा यस्तो घटना भएको भए कत्रो बबाल हुन्थ्यो, कठै हामी …

    Reply
  2. ekraj says:
    November 1, 2013 at 11:44 am

    यो पीच को काम गर्ने हरु पहिला राम्रो गुणस्तर र बजेट काम गरेको आधार भन्दा राज नितिक फटाहा हरुले पहिलेइ पैसा खाएर अनि प्रेसर लगाएर पार्टीको लागि चन्दा दिने लाई अथवा पार्टी को लागि काम गर्ने लाई काम दिएका होलान|
    तेस्ता बज्रस्वान्थ हरुलाई जन स्वास्थ र जनतालाई अप्ठ्यारो भन्ने कुराको सरोकारै नराख्ने को झुण्ड लाई जे भने पनि केहि लाग्दैन | जनताले कारबाई गरे मात्र हो|

    Reply
  3. Sanu Nepali says:
    November 1, 2013 at 10:23 am

    बाटो बनाउदा अलकत्रा बिछाउद जमिन मा भएको धुलो हताएन भने राम्रो संग अलकत्रा जमिन मा तासना सक्दैन तेसै ले हावा को प्रेस्सोर दिएर हावा उदाउछ . मलाई लाग्छ बेकार मा धुलो उदाएको होइन होला . माथि बसन्त जी ले ३ इन्च भन्नु भएको मलाई त लाग्छ १.५ हुनु पर्छ . ३ इन्छ भए त अलि राम्रो नै होला. ठेकेदार ले ३ इन्छ को पैसा लिएर १.५ इन्छ बाक्लो अलकत्रा बिछाउछ . सरकार चूप .

    Reply
  4. Asha says:
    October 31, 2013 at 10:47 pm

    पिच गर्न को लागि त्यो धुलो उडाउनुको कुनै फाइदा नै छैन किनभने धुलो उडायपछि पनि सतह मा धुलो/माटो नै रहेको देखिन्छ | त्यो काम ले खाली औपचारिकता मात्र पुरा गरेको देखिन्छ |

    Reply
    1. Niraj says:
      October 31, 2013 at 11:36 pm

      compacted सतहको माथि हावाले उडाएर ल्याएको धुलो अथवा फोहोर हटाएर कालो पिच गर्दा,कालो पिच र compacted सतह को सिधा connection हुन्छ जसले गर्दा पिच केहि हद सम्म मजबुत हुनु सक्छ/

      Reply
  5. Basant says:
    October 31, 2013 at 10:39 pm

    ३ इन्च को कालो पत्र एक बर्ष पनि टिक्दैन यो चाही येही माइ संसार लेखेरै दिन्छु

    Reply
    1. Sanu Nepali says:
      November 1, 2013 at 10:14 am

      ३ इन्च भनेको त बाक्लो नै छ. यहाँ त १.५ ( डेढ ) इन्च मात्रै बनाउछ ठेकेदार ले . .

      Reply
  6. kapil says:
    October 31, 2013 at 9:23 pm

    पिच भएको सडक हेर्दा १ बर्ष भित्र बिग्रने पक्का जस्तो देखिन्छ किन कि यो पिच गर्दा फ़्लॊर dpc गरेको छैन साबधान गाउले हरुले पहिले ठेग्दर लै सम्झौनुस कि पिच को मप दण्ड अनुसार कम गर्न लागुनु होला dhanyabad

    Reply
  7. Alikhit says:
    October 31, 2013 at 8:54 pm

    अस्ति मानभवनमा पनि त्यस्तै पार्यो | बेलुका ४ बजे बाइक चलाउदै त्यो बाटो आउदै थिए, सडकको बिचमा पुग्नासाथ ठेकेदारले हावाले धुलो सफा गर्न थालिहाल्यो, बाइक साइक छोडेर भाग्नु पर्यो | क्या आपत पर्यो भने |

    Reply
    1. kailash says:
      November 2, 2013 at 7:40 pm

      bike छोडेर भागेको चै अलि होइन होला
      धुलो सम्म उड्यो चै होला

      Reply
  8. neerose says:
    October 31, 2013 at 8:51 pm

    ए, म त बैद्यले पड्कायछकि क्याहो भनिरा हेत्तेरी!
    मास्क बेच्ने र औसधि पसले हरुसंग घुस खायको जस्तो छ यो सडक विभागको ठेकेदार हरुले!
    तरिका भयन यो बज्याहरुको ल!

    Reply
  9. Sandesh says:
    October 31, 2013 at 8:42 pm

    त्यो सडकको मार्जिनलाइ सेमेंट नगरे दुइचारचोटि पानी पर्ने बित्तिकै त्यहि ठाउबाट कालो पत्र उक्केर जान्छ.
    कुरो आयो धूलोको, त्यो त जे गरेनी भैहाल्यो नि, नेपाल हो, कसले भन्ने ए दाजु धूलो नउडाउनु न भनेर ! बिडम्बनै बिडम्बना !

    Reply
  10. jhalak says:
    October 31, 2013 at 7:27 pm

    हजुर, यो construction norms बिपिरित काम भएको छ. हाम्रो नेपाल मा कहिले SHE (Safety -Health -Environment ) को concept बस्ने हो कुनी. कमसे सी कम Minimum requirement त पुरागर्नुस ठेकेय्दर जिउ.

    तेस्को लागि कोस्ट include गर्नुस बरु, हैन.

    Reply
  11. neerman says:
    October 31, 2013 at 7:11 pm

    It’s good to see but we can see that quality is not maintained at all. I doubt if it last for another 6 months. Lets keep a record from today Oct 31, 2013 for another 6 months.

    Reply
  12. bisas Australia says:
    October 31, 2013 at 6:20 pm

    पानि हालेर धुलो कम गर्ने बुद्धि किन आएन?

    Reply
  13. kedar says:
    October 31, 2013 at 5:14 pm

    एस्लाई भन्छन काम गरेको भन्दा देखाको धेर ………….

    Reply
  14. पुष्प says:
    October 31, 2013 at 4:54 pm

    यो त सरासर हेपाहा प्रवृत्ति भो ! यस्तो अपजसी काम पनि गर्ने हो ? धुलाम्य पार्नुको साटो भ्याकुम लाए हुने नि ! तोइत् !!!

    Reply
  15. ekraj says:
    October 31, 2013 at 4:07 pm

    प्लान्निंग र योजनाबद्ध तरिकाले काम कसरि गर्ने भन्ने सोच सम्म पनि छैन जस्तो छ काम गरेको तरिका हेर्दा| यो देशमा कुम समएमा के काम गर्न हुन्छा, हुन्न र एस्ताकाम्ले पर्ने स्वास्थ र काम को सम्पन्न र उपुक्त समय सम्म सेदुल गर्न नसक्ने केका इन्जिनिएर, ठेकेदार र योजनाकार| यी सब भुष को दिमाग र घुष को तल मेल मा काम गर्ने हरुलाई काम लै सपार्न भन्दा लतार पत्र परेर पैसा ठग्ने प्रबिर्ती ले गर्दा एस्तो दश देख्नु परेको हो|

    Reply
  16. युवराज says:
    October 31, 2013 at 3:56 pm

    बानेश्वरको बाटोमा धुलो उडाउदै, लोडर गुडाउदै, बिकासको नाममा जनताको पैसा उडाउदै भने कसो होला ?

    Reply
    1. bibek dhakal says:
      October 31, 2013 at 7:18 pm

      हिरण्य भोजपुरे दाइले कपीराइट क्लेम नगरे ठिकै होला !!!

      Reply
  17. Chiran says:
    October 31, 2013 at 3:16 pm

    बाटो पीच हुनु नै ठुलो कुरो हो | केहि जिम्मेबारी पूर्ण तरिकाले गरेको भए ठिक हुने थियो तर बिकाश निर्माण को काम मा येति जाबो कस्ट त केहि होइन हाम्रा लागि | यहाँ बिकाश को काम नै नहुदा पो बढी दुख हुन्छ |

    Reply
  18. puru says:
    October 31, 2013 at 3:07 pm

    यो चाहि अतिनै भो , कुन्ताको प्रदुसण काठमान्डू त्याही माथि यस्तो काम , हैन कस्तो नियम कानुन भन्या ?? जसले जे पायो तेही गर्ने ?? दुइ रुपिया बचाउन करडौमा पनि नपाइने स्वास्थ्य को हानि , काम गर्नु पर्छ तर यत्रो प्रबिधि भएको युगमा यस्तो लापर्बाहित गर्नु भएननी , यस्तो ठेकेदार्लैता जेलै हाल्नु पर्ने , कस्तो चुतिया रहेछ ……..

    Reply
  19. Dr. Ram Raj Adhikari says:
    October 31, 2013 at 2:04 pm

    यो देसको दुर्भाग्य भन्न पर्यो किनकि International एरपोर्ट को नजिकको मुख्य सडक मा road busy को समएमा DUST एंड Sound pollution को पर्वाह नगरिकन येसरी खुलेआम धुलोको मुस्लो फैलाएर सडकमै काम भै राखेको छ १ एसको बिरुद्धमा बोल्ने र कारबाही गर्ने हिम्मत वाला कोहि मईकालाल यो देशमा निस्केन 1

    Reply
  20. Subhash Neupane says:
    October 31, 2013 at 2:02 pm

    हावाले हानेर धुलो उडाको हो कि, पानि को फोहोरले हानेको हो?

    Reply
  21. Dipendra says:
    October 31, 2013 at 1:57 pm

    Freaking ridiculous. No respect to public at all. Anyone can do anything no matter what.

    Reply
  22. krishna prasad kuinkel says:
    October 31, 2013 at 1:41 pm

    धुलो उडे पछि त भाग्नु परिहाल्यो नि

    Reply
  23. Pradip - Dubai says:
    October 31, 2013 at 1:21 pm

    बाउराम को बिकास पो आएको रहेछ त धुलो उडाउदै ??

    Reply
  24. मदनमणि says:
    October 31, 2013 at 12:42 pm

    धुलो बाट जोगिन परयो होला नि ! ते के गर्ने नेपालको हावा नै प्रदुशित छ।

    Reply
  25. saroj says:
    October 31, 2013 at 12:31 pm

    सडक पिच गर्न लागेको जस्तो छ | बाटो फराकिलो पार्न दमा धमा धम बत्कायो अनि पछि बाटो बनाउदा ढिलो भए पछि अख्तयारले चासो दिन थाले पछि, फेरी सुरु बाको हुन पर्छ | जे होश राम्रो संग पिच गरुन, बानेश्वर जादा बाईक र गाडी धेरै उफर्नु नपरोश |

    Reply
  26. Nayan Malla says:
    October 30, 2013 at 10:29 pm

    धुलो उडाएर वाहेक अरु कुनै उपाए पाएन हाम्रा इन्जीनिएर, ठेकेदार महाशयहरूले ?
    Vacoum cleaner लगाएर सफा गर्न सक्थ्यो,
    Social cost समेत Calculate गर्ने हो भने Vacoum cleaner सफा गर्ने विधि अझ सस्तो पर्न अाउछ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme