Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाले उम्मेदवारलाई गोली हानी हत्या गर्ने को? एमालेकै नेता, सिभिल इन्जिनियर र पत्रकार पो !

Posted on October 27, 2013October 27, 2013 by Salokya

आलमलाई गोली हान्नेको स्केच।
आलमलाई गोली हान्नेको स्केच।
असोज १८ गते। बिहान साढे ११ बजेको थियो। बाराको पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा भारतीय नम्बर प्लेट भएको एउटा मोटरसाइकल हुँइकिएर आयो। त्यसमा चढेका मान्छेले ताकेर गोली हान्यो- ड्याङ्ग ड्याङ्ग। टाउकोमा गोली लागेका मान्छे त्यहीँ ढले। एकैछिनपछि उनलाई उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज लगियो। एफएम, टिभी र अनलाइनहरुमा ठूलो समाचार आयो- नेपाल कम्युनिष्‍ट पार्टी (एमाले) बारा क्षेत्र नं. ४ का प्रत्यक्ष तर्फका उम्मेदवार तथा नेपाल मुस्लिम इतेहाद संगठनका केन्द्रीय अध्यक्ष महमुद आलममाथि अज्ञात समूहद्वारा गोली प्रहार। स्थिति सुधार भएन। नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याइयो। महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा भर्ना गरियो। तर असोज २४ गते उनको निधन भयो।

कसले गरेको थियो त हत्या? विभिन्न मान्छेले विभिन्न थरिका अनुमान गरिरहे। अनुसन्धानको जिम्मा थियो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को। अनुसन्धान नतिजाले सबैलाई अचम्म बनाइदियो। हत्याको योजना त एमाले कै नेताले पो बनाएका रहेछन् !

pakrau1
सिआइबीले हत्याको योजनाकारको अभियोगमा पक्राउ परेका नेता हुन्- रामचन्द्र प्यासी कुसवाहा। उनी विघटित संविधान सभामा एमालेका तर्फबाट सभासद् थिए।

त्यसैगरी हत्यामा सहयोग गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्- एक जना सिभिल इन्जिनियर अतिक खान र एक जना भारतीय पत्रकार राजु श्रीवास्तव। गोली हान्नेहरु चाहिँ पक्राउ परेका छैनन्।

pakrau2

कसरी हत्या योजना बनाइयो त ? सिआइबीको अनुसन्धानले यस्तो भन्छ-

 घटनाको अन्दाजी ६ महिना अगाडिदेखि महमुद आलमको हत्या गर्ने योजना बनेको र त्यसको लागि रामचन्द्र प्यासी कुसवाहाले भारत रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग छलफल गरेको।
 विभिन्न समयमा मृतकको घर र अन्य स्थानहरुको सम्बन्धमा सूचना संकलन कार्य भएको।
 हत्याको मुख्य योजनाकार दुबईमा बसी आवश्यक समन्वय र निर्देशन दिने काम भएको।
 30 August 2013 मा नै आलमको हत्याको लागि भारतबाट ३ जना सुटरहरु रक्सौल हुँदै वीरगंज आएको र वीरगंजको होटल रानीपोखरीको कोठा नं. १०३ मा बसेको।
 उपयुक्त समयको अभाव र निज आलम 5-6 September 2013 तिर काठमाडौँ गएको कारण यस ठाउँमा हत्या गर्न सम्भव नभएकोले तत्कालको लागि यहाँको योजना स्थगित गरी 6 September 2013 मा नै २ जना सुटरहरु काठमाडौँतर्फ गएको।
 काठमाडौँको जोरपाटीतर्फ बस्ने एक व्यक्ति र आलमको समेत काठमाडौँ मै हत्या गर्ने उद्देश्यले अतिक खान लगायत अन्य ४ जना व्यक्तिहरु काठमाडौँतर्फ गएको।
 काठमाडौँमा पनि आलमलाई हत्या गर्ने उपयुक्त वातावरण नभएकोले जोरपाटी घटनापश्चात् भागेर India गएका व्यक्तिहरु आलम बारा आएको जानकारीपश्चात् पक्राउ अतिक खानसँग समेत सम्पर्क गरी पुन: 2 October 2013 मा रक्सौल हुँदै वीरगंज आई घण्टाघर नजिकैको एक गेष्टहाउसमा बसेको।
 उम्मेदवारी दर्ताको दिन आलम चढेको बा ५ च ३३२९ नंवरको कालो टाटा सुमो गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहाले सुटरहरुलाई गराएको।
 घटनाको दिन बिहानैदेखि २ जना व्यक्तिहरु मोटरसाइकलमा आलमको घर नजिकै बसी पिछा गर्दै गएर बिहान अन्दाजी ११:३० बजेको समयमा जिल्ला बारा लिपनिमाल गा.बि.स. वडा नं. १ स्थित पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा आलमलाई गोली प्रहार गरी मोटरसाईकल चढी वीरगंजतर्फ भागेको।
 वीरगंजको होटल एभरेष्ट अगाडि पुगेपछि चढेर गएको मोटरसाइकल त्यत्तिकै छाडी मध्यान्ह अं.१२:३० बजेतिर रक्सौल भारत तर्फ गएको।

20 thoughts on “एमाले उम्मेदवारलाई गोली हानी हत्या गर्ने को? एमालेकै नेता, सिभिल इन्जिनियर र पत्रकार पो !”

  1. योगेश आदी says:
    October 30, 2013 at 8:47 am

    राजनीतिमा रक्तपात मिसाउनु कम्युनिस्टहरूको बिश्वब्यापी आधारभूत सिद्धान्त नै हो /
    झापा-काण्डदेखि मदन भण्डारी… हुँदै आलमसम्म आउँदा एमाले भित्र अरु सानातिना कति गुपचुप रहे होलान…?
    आज अक्टोबर ३०, २०१३ को दिनसम्म आइपुग्दा; यो धर्तीमा अझै म कम्युनिस्ट हुँ भनेर अप्रजातन्त्रको भ्रममा बाच्नेहरूदेखि कठै भन्न मनलाग्छ !!

    Reply
  2. शिवानि पन्त says:
    October 28, 2013 at 7:31 pm

    ‘ हत्याको मुख्य योजनाकार दुबईमा बसी आवश्यक समन्वय र निर्देशन दिने काम भएको।’ यो भनाइले के जुझाउँछ ? योजनाकार भनिएका रामचन्द्र प्यासी कुसवाहनै दुबई गएर योजना बनाएको कि योजना वनाउने अरुनै कोही दुबइमा रहेछन् । समाचारमा प्रष्टता नभएकोले कसैले प्रष्टपारे अनुग्रहित हुने थिएँ !

    Reply
  3. Sheela says:
    October 28, 2013 at 3:39 pm

    एमाले भित्र लुकेर बसेका येस्ता हत्यारा हरु धेरै छन्/ तेस्मथी अब झन् डनहरु टन्न छिराइएको छ…अब हेर्दै जानु होला/

    Reply
  4. Shakya says:
    October 28, 2013 at 1:09 pm

    एमाले सबैले छाडिसके भएका पनि गोली हानाहान छ मारामार छ महेश बस्नेत, परशुराम , चरी जस्ता भएपछि एमाले कुन रासतालमा पुग्लान ? यो सोचनीय बिषय छ दुल्मुले एमालेको केहि भर छैन . भबिष्य छैन

    Reply
  5. डेञ्जर दीपेन्द्र says:
    October 28, 2013 at 10:56 am

    खै एमालेको नियति भनौं कि प्रवृत्ति । अघिल्लो पालीको चुनावमा सुर्खेत क्षेत्र नं‌ १ का एमाले उम्मेदवार क‌ ऋषिप्रसाद शर्माको मृत्यु (हत्या) पछि दुई दुई ठाउँबाट चुनाव जित्न सफल भएका थिए । यसपाली सुर्खेतको रोग बारा क्षेत्र नं. ४ तिर सरे छ कि झैं लाग्यो ।

    Reply
  6. chandra says:
    October 28, 2013 at 10:49 am

    पहिले, झाला नाथ खनाल आफै सी. पी. मैनाली लाइ पेस्तोल कन्चट मा राखेर महासचिब भएका मान्छे रे ! उनि अध्यक्ष्य भएको पार्टी को के कुरा गराई भयो र? कुरा मात्रै राम्रा, चिप्ला, शान्ति, विकास, परिबर्तन, त्याग र बलिदानी, सहमति र अर्जुन दृस्टी को गर्ने हो – काम त खुराफाती, खुट्टा तान्ने, उल्टी-सुलती, छक्का-पन्जा, लोभ-पाप, पायो को बितायो हो! देख्नु भएन (?) समानुपातिक को बन्द सुची को अन्तिम मा फेरबदल – ओली लाइ कसरि छक्याए खनाल, नेपाल र इश्वर पोख्रेलले!!! अरुले हैन आफ्नै ले सिद्याउछन यो पार्टी मा – मदन भण्डारी र जिबराज आश्रित लाइ जसरि!

    Reply
  7. Kumar says:
    October 28, 2013 at 10:49 am

    न पोथी न वाले नेकपा यमाले भंथियो सचैनै हो रहेछ/ मदन भण्डारी जस्तो ठुलो नेता देखि लियर भुसुना नेता लाई पनि आफ्नै ले नछोडने रहेछ/

    Reply
  8. Kamal Bhandari says:
    October 28, 2013 at 9:33 am

    मलाई भने यो घटनालाई मदन भण्डारी संग जोड्न मन लागेन . मदन भण्डारीको हत्या राजनैतिक थियो यो हत्या तस्करी, गुण्डागर्दी, कालोबजारी र जाली नोट को कारोबार सम्म जोडिएको रहेछ . मर्ने र मार्ने दुवै जना प्रहरीको लिस्ट मा रहेछन फरक यत्ति हो कुसवाह ले मार्यो अर्को मर्यो, यहाँ कुसवाहलाइ आलम ले मारेको भए पनि अनौठो मान्न पर्थेन . आखिर जति पनि ठुला भ्रस्टाचार, हत्या हिंसा र कालोबजारी भएका छन् ति या त पार्टी या संगठनका नेताले गरेका छन् या त तिनकै संरक्षणमा भएका छन् . त्यसैले यो हत्या राजनीतिक वा धार्मिक भन्दा पनि बढी व्यक्तिगत र आपराधिक गतिविधिमा आफ्नो पकड राख्न गरेको जस्तो देखिन्छ . चुनाव को टिकट मात्रै इस्यु हुन्थ्यो भने ६ महिना पहिले देखि नै मार्ने योजना बनाउदैनथे .

    Reply
  9. कपिल says:
    October 28, 2013 at 9:21 am

    Diploma in Civil Engineering भनेको सिभिल ओवर्सीयर हो, सिभिल इन्जिनियर होइन है, सबैलाई चेतना भया I

    Reply
    1. Ramsharan says:
      October 31, 2013 at 12:46 pm

      सिभिल ओवर्सीयर पहिला भानिन्थियो अहिले सिभिल सब इन्जिनियर भनिञ्छ ! यो पनि चेतना भया!!

      Reply
  10. Dinesh says:
    October 28, 2013 at 8:45 am

    कस्तो छ त देशी बिदेशी कुलान्गार पत्रकारहरु ? तिमीहरु खाली एमाओबादि र माओबादि जस्ता देश भक्त र जनताको सेवा गर्ने पार्टीहरुलाई जहिले पनि नराम्रो गरि चित्रण गर्छौ नि त. बास्तबमा तिमीहरुनै देशको सच्चा दुश्मन हो. तिमीहरुले बिदेशी राजदुताबाशबाट बर्षमा कति हुण्डी खान्छौ भन त?

    देश को माया गर्ने एक व्यक्ति

    Reply
  11. Tenzing Gaba says:
    October 28, 2013 at 7:55 am

    अर्जुनदृष्टि खनाल कामरेडले चुनाबको बेलाँ यस्तो खबर सुन्नु भन्दा त् भूमिगत हुनु नि पाए हाइसन्चो हुन्थ्यो भनेर सोच्दै होलान भन्ने अड्कल काटे !!!

    Reply
  12. shree basanta says:
    October 28, 2013 at 3:41 am

    अब एमालेले हत्याको आरोपितलाई बचाउन कोशिश गर्छ कि पार्टी बाट पनि हटाउंछ हत्याराको पार्टीको नियत हेर्नु जरुरि छ | नेपालको राजनीतिमा हत्या हिंसा बढ्दो छ |
    पार्टीहरुद्वारा सम्रछित भएर नै एस्तो भएको हो | यसमा अग्रणी त एमाओबादी नै हो |
    हत्या हिंसा भ्रस्टाचारमा लिप्त यी पार्टीबाट जनताले राहत कहिले पाउने हुन् खोइ ? यो चुनाबमा योङ्ग र नया स्वतन्त्रलाई नै ल्याएर राजनीतिलाई भट्टी पसलबाट बाहिर ल्याउन मदत गर्नु पर्ने हो कि ?

    Reply
  13. naran says:
    October 28, 2013 at 2:55 am

    बाहिर जति सुकै हल्ला आए पनि भित्रि हात भने भारतीय गुप्तचर agency RAW को संलग्नता मा कुनै दुइ मत छैन .किन कि जहिले पनि भारत ले नेपाल मा मुस्लिम अगाडी आएको भारत को सुरक्ष्कामा खतरा महसुस गर्दछ .यो भन्दा पहिला को घटना ले पनि यो कुरा लै पुस्टि गर्दछ .

    Reply
  14. ranjana says:
    October 28, 2013 at 12:27 am

    मदन भण्डारी लाइ मार्ने पार्टी भित्र छुसी आलम लाइ मर्नु के ठुलो कुरो भयो र?बरु यहि अनुसन्धान टोलि लाइ दाशढुंगा घटनाको छानबिन गर्न दिन पाए मदन आश्रित को हत्यारा हरु पत्ता लाग्थे कि ? खड्के ओली ले हत्यारा हरु रेशमी पर्दा भित्र छर्लंगै देखिएका छन् भन्थ्यो,तेही फटाहा लाइ २-४ झापट लगाए हत्यारा बारे सबै कुरा भन्थ्यो कि !
    रन्जना

    Reply
  15. samrat says:
    October 28, 2013 at 12:16 am

    ए मा ले मा येस्ता घटना पहिलो हैन. एदी मदन भण्डारी को हत्या को छान बिन राम्रो संग गरेको भए अहिले का दुइ चार जना ए मा ले को सृस्य नेता भनाउदा हरु डन्डी पछाडी हुने थियो. नेपाल को नेता हरु मान्छे न मारी, भ्रस्टाचार न गरि, देशद्रोही काम भारत को गुला मि न गरि काँ हा को नेता हुन पाइन्छ. यी सबै माथि उल्लेख गरेको कुरा हरु नेपाल को नेता हुन् को लागि बनाउन पर्ने अनिवार्य resume नै हो.

    Reply
  16. Mahesh says:
    October 27, 2013 at 10:39 pm

    अहिले सम्म नेपाल मा जति पनि राज नीति मा संग्लग्न मुस्लिम बयेक्ति हरुको हत्या भयो, त्यो मुश्लिम अपराधि र आफ्नै वर पर का मुस्लिम आफन्त बाट भएको देखिन्छ. एस माने मा नेपाल प्रहरी लाई एस्तो हत्या को अनुसन्धान गर्न सजिलो नै भएको हुनु पर्छ. फेरि अर्को पाटो मा के देखिन्छ भने मुश्लिम अपराधी हरु कुनै एउटा राजनैतिक दल र एउटा मुश्लिम संघ मा आबध हुने गरेको रहेछ.

    Reply
  17. purna says:
    October 27, 2013 at 10:08 pm

    जसरि मदन भण्डारी को हत्या भयो त्यो त येहासबैलाई थाहा छदैछ नि बाघ को खोल ओढेर बलि खाने गधा हरु त हुन् नि सबै जनता लाई चेतनाभया !!

    Reply
  18. nisha says:
    October 27, 2013 at 9:42 pm

    थुक्क साला नेता को मति .अब जेल को चिशो हावा खाएपछि चेतना हुन्छ कि नेता जी लै .

    Reply
  19. Pralhad Timalsina says:
    October 27, 2013 at 9:38 pm

    बिचरा आलम र मदन भण्डारीको हत्या मिल्ने रहेछ आफ्नै ले अफ्नैको घटी निमोठे
    हत्यारा त यो पाटी मा पो रहेछन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme