Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जासुस जति सबै सय किलो माला लगाउनेका

Posted on October 27, 2013October 27, 2013 by Salokya

kharel हामी विदेशका जासुसी संस्थाबारे खुबै कुरा सुन्छौँ। भारतको ‘र’, पाकिस्तानको ‘आइएसआइ’ बारम्बार समाचारमा आइरहेको हुन्छ। फिल्महरुमा पनि ‘र’ र ‘आइएसआइ’ देखाइएको हुन्छ। अमेरिकाको सिआइए, बेलायतको एमआई फाइभको त झन् के कुरा गराइ भो र। हाम्रो नेपालको राष्ट्रिय अनुसन्धान विभागको हालखबर चाहिँ के छ त ?

अहिले भइरहेको नेपाल साहित्य महोत्सवको अपराध लेखन सत्रमा एक दर्शकले यही प्रश्न एसएसपी रमेश खरेलसँग राख्दा उनले भने- यो त अहिले निस्क्रिय जस्तै अवस्थामा छ। ‘२०४६ सालपछि यसमा चरम राजनीतिकरण छिर्‍यो, नेताहरु, इलिटहरुले आफ्ना मान्छे भर्ना गर्ने भाँडो बनाए’, उनले भने।

crime
‘हेर्नुस् न अब दाङका मान्छे मात्रै धेरै राष्ट्रिय अनुसन्धान विभागमा। अनि कसरी यो निस्क्रिय हुँदैन ? ऊ कोप्रति वफादार हुन्छ ? दाङकै मान्छेप्रति वफादार हुन्छ, सय किलो फूलको माला लगाउनेप्रति वफादार हुन्छ’, एसएसपी खरेलले नामै नलिई खुमबहादुर खड्काको यसरी आलोचना गरे।

सुन्नुस् उनको भनाईका अंश भिडियोमा-

यसमा कान्तिपुर संवाददाता सरोजराज अधिकारी र नागरिक संवाददाता केपी ढुंगानाको पनि प्रतिक्रिया सुन्न सकिन्छ।

6 thoughts on “जासुस जति सबै सय किलो माला लगाउनेका”

  1. B.K. says:
    October 28, 2013 at 12:40 pm

    राष्ट्रिय अनुसन्धान बिभाग का कर्मचारी हरु त पार्टी कार्यकर्ता को रुपमा नै कम गरेको देखिन्छ / त्यसैले यो विभागलाई बिघटन गरेको नै राम्रो /

    Reply
  2. roshan shrestha says:
    October 28, 2013 at 3:59 am

    बेइमान नै बेइमान ले भरिएको मिलुक मा रमेश खरेल जस्तो सच्चा र महान बेक्ती अरु पनि कोहि भैदिए यो देश मा केहि हुनेथियो कि

    Reply
  3. shree basanta says:
    October 28, 2013 at 1:11 am

    नेपालमा जताततै चरम राजनीतिकरण भएको कुरा बिदितै छ | शुरुआत कांग्रेसले गर्यो त्यसपछि एमाले पनि पछि लाग्यो | एमाओबादि आएपछि छिमेकि मुलुकको शरणमा गएको प्रत्यक्ष्य देखियो र भेटियो पनि | सबै नेताहरु दिल्ली दरबारको नियुक्ति कुर्न थाले | येसरी राजनीति पार्टीहरु प्रति नै घृणा र बितृष्णा भएको छ जनतालाई | पुलिस, प्रशासन, संस्थान जताततै आफ्ना मान्छे भर्ना गर्ने होड चल्यो | जो रही रहेका थिए उनीहरु पनि टिक्नका लागि बिक्न थाले |नत्र जेल जाने खुम बहादुरको चुरीफुरी लडाई जितेको सेनानीको जस्तो हास्यास्पद दृश्य देख्नु पर्ने थिएन | त्यसकारण भोट जति यसपाली एसएसपी खरेलले भने जस्तो स्वच्छ छबि भएका नया स्वतन्त्र उमेदबारलाई गयो भने केहि परिबर्तन आउला कि | ठुला भनाउदा पार्टीहरु नेपालमा बिखन्डन ल्याउने, जनता भाँड्ने, विभाजन ल्याउने बिदेशी एजेन्ट मात्र हुन् |

    Reply
  4. sujan neupane says:
    October 27, 2013 at 7:43 pm

    हो मैले पनि हिजो कार्यक्रम हेर्ने मौका पाएको थिए/ ssp रमेश खरेल बाट निडर,सरल र सटिक जवाफ पाएको थिए / उहासंग कुरा गर्ने र फोटो खिच्ने अवसर पनि पाएको थिए,धेरै नै भलाद्मी मान्छे / यो देशमा २-४ जना रमेश खरेल भैदिए मात्र देशको मुहार फेरिन धेरै कुर्नु पर्दैन /

    Reply
  5. kedar says:
    October 27, 2013 at 3:35 pm

    — सरकारी तलब खाने अस्थाई वा स्थाई सबैखाले कर्मचारीको नियुक्ती लोकसेवा आयोग वा आबस्यकता अनुसारको तेस्तै कुनै तठस्थ निकाय मार्फत मात्रै गर्ने परिपाटी बिकास नगरे सम्म आ-आफ्नै हल्दार र लठैतहरु पाल्ने बाहेक सरकारी सेवा , अर्ध सरकारी र सरकारी स्वामित्वका संस्थानहरुले अरु केहि राम्रो काम गर्ने छैनन् अझै कति बर्ष /
    — बोनस खाँदै घाटामा चल्ने सरकारी ब्यबसायिक संस्थान त ठुलै भर्ति केन्द्र भाका छन्, ति सबैलाई सुपथ मुल्यमा निजीकरण नगरिए सम्म नेपाली जनताको कर चुस्ने जुका भएर बसी रहने छन् /

    Reply
  6. परदेशी कृष्ण (द. कोरिया ) says:
    October 27, 2013 at 10:35 am

    एकदम सहि कुरा खरेल सरको, बास्तबिकता यहि नै हो जस्तो लाग्छ !! देश बर्बाद पार्ने नेताहरुको प्रभाव जब सम्म कानुनमा पर्छ , सहि न्याय दिन निक्कै गारो होला!! हरेक क्षेत्रमा राजनीति घुस्न दिनु नै अभिसाप हो!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme