Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जब मह जोडी टुक्रिने संघारमा पुगेको थियो..

Posted on October 28, 2013October 28, 2013 by Salokya

jodi
मदनकृष्ण र हरिवंशलाई हामी मह जोडीका रुपमा वर्षौँदेखि हेर्दै आइरहेका छौँ। हामी उनीहरुलाई अलग बनाएर हेर्न सक्दैनौँ। मदनकृष्ण भन्ने बित्तिकै हरिवंश जोडिहालिन्छ, हरिवंश भन्ने बित्तिकै मदनकृष्ण। उनीहरु आफैले पनि आफ्नो जोडीलाई मित्रताको प्रतीकका रुपमा सबैले हेरुन् भन्ने चाहना रहेको बताए। तर दिनपछि रात आउँछ, उज्यालोपछि अँध्यारो आउँछ। सँगै राखिएका भाँडा पनि बज्छन्। के यो जोडीमा कुनै त्यस्तो उतारचढाव आएन होला त ? किन नआउनु ! पक्कै आएको रहेछ। अझ एक पटक त मह जोडी टुक्रिने संघारमा पुगेको रहेछ। हरिवंशदेखि विरक्तिएर मदनकृष्णले गीतै लेखेका रहेछन्- सबै पर पर भए बह पोखुँ कोसँग, देउता पनि शायद अचेल खुसी छैन मसँग। नेपाल साहित्य मेलामा आइतबार मह जोडीले यो रहस्य खोलेका हुन्। दर्शकले खचाखच भरिएको कार्यक्रम स्थलमा आउन नसक्नुभएकाहरुका लागि यो रोचक र रमाइलो कार्यक्रमको अडियो लिएर आएको छु।

jodi2
कार्यक्रम सञ्चालन गरेका थिए विजयकुमारले। ज्वरोले उठ्नै नसक्ने भएर कार्यक्रम रद्द गर्न अनुरोध गरौँ कि भइसक्दा पनि कार्यक्रमकै लागि औषधि खाएर आएको उनले बताए। मह जोडीसित जमेपछि उनले मह जोडीभन्दा बढी बोले पनि। कार्यक्रमको सुरुवात जोकहरुबाट भयो। हरिवंश र मदनकृष्णले आफ्ना कमजोरीहरु सुनाए। हरिवंशले मदनकृष्णलाई आफ्नो प्रतिस्पर्धीको रुपमा लिने गरेका रहेछन्। आफ्नो रोल अलि राम्रो भए हुन्थ्यो भन्ने उनलाई लाग्दो रहेछ। दर्शकका अगाडि उनले त्यसलाई स्वीकारे।

jodi1
जोडीले आ-आफ्नो समर्पण भाव व्यक्त गरे। जोडी कसरी टिकेको छ त्यो पनि सुनाए। यस्तो जोडीमा बीचमा कसरी तनाव आयो त ? के कारणले मदनकृष्ण हरिवंशदेखि विरक्तिए ? कसरी फेरि दुवैको जोडी जम्यो ? यो सब रहस्य तल क्लिक गरी सुन्न सक्नुहुन्छ।

40 thoughts on “जब मह जोडी टुक्रिने संघारमा पुगेको थियो..”

  1. Nkhanal says:
    October 30, 2013 at 11:48 am

    We respect MAHA Jodi as they contributed the nation in many ways, but I request them not to bring their personal sorrow to public because there are lots of Nepalese who have never felt what is happiness.

    Reply
    1. Rai Kanchha says:
      November 5, 2013 at 5:36 am

      वाहियात लोकतन्त्रको कुरा गर्ने फेरी नेपाली भेटिएन भनेर भन्ने,मिश्रित समाज भएको देशमा
      के आफ्नो पहिचान बताउन र भन्न मिल्दैन ?उपाघ्याय.पौड्याल.अधिकारि, शर्मा,आचार्य,कोइराला,बाँस्कोट,वस्ताकोटी,आदि इत्यादि भन्दा नेपाली हुने,गुरुङ,मगर,राइ,नेवार,तामांग,लिम्बु भन्दा नेपाली नहुने,

      Reply
  2. Narayan khanal says:
    October 30, 2013 at 11:36 am

    program is interesting, if vijay let MAHA speak freely it would take one day or more, he has already caped the time i.e.1 hour, that’s why we ve a nature to complain someone ,we better think positively.

    Reply
  3. कृश्णकुमार केसी says:
    October 30, 2013 at 10:09 am

    मदनकृष्ण र हरिबंस (मह) धेरै नेपालीहरुको हृदयमा बस्न सफल जोडीकलाकार हुन्न वलिउडमा यस्ता कलाकार भएको भए विश्वलाई हल्लउन (चिनाउन) सक्थे यस्ता महान कलाकार हामी धेरै नेपालीहरूको मनभित्र सधै वसिरहनेछन् ।

    Reply
  4. prakash pm says:
    October 30, 2013 at 12:06 am

    होइन यार,,, यो विजय भन्ने मान्छेलाई अरुलाई सम्मान र आदर गर्न आउदैन कि के हो ?? जमाना मा इन्डियन अभिनेता ले धुलो चटाएर गएको बिर्सियो कि के हो ??? कम से कम मह प्रति अलि भए नि सम्मान पूर्वक प्रश्न सोध्ने प्रयास गरे हुन्थ्यो नि …!!!!

    Reply
  5. saroj says:
    October 29, 2013 at 9:35 am

    Tragedy ले मान्छेलाई कि एकदम मजबुत बनाउछ, कि द्वस्त परिदिन्छ बन्छन नि, मलाई लाग्छ हरिबंस सरलाई पनि येही बाको हुन पर्छ | उहाको श्रीमती बिते पछि, उहाको जिबनिको बारेमा, उहाको विचार र विश्वासका धेरै कुरा हरु सुन्न पाएको छु | उहा अलि मजबुत हुन भए जस्तो लाग्छ | आगामी दिनमा उहालाई टेलीबिजनमा अजै ससक्त रुपमा देख्न पाउन भन्ने आसा गर्छु |

    Reply
  6. सुमन says:
    October 29, 2013 at 8:30 am

    विजय कुमारजी अलि बढी नै बोल्नुहुन्छ| आफ्ना इन्टरभ्यु लिने व्यक्तिलाई अलि नजरअन्दाज जस्तो गरेर प्रश्न र कमेन्ट राख्नुहुन्छ| अमिताभ बच्चनसंगको इन्टरभ्यु बाट उनले कहिले पाठ सिकेनन| अलिक humble र जिज्ञासु भएर प्रश्न गर्ने र लेक्चर कम छाँट्ने गरे राम्रो हुनेछ| जरो आउँदा त् यस्तो छ अरु बेला क्लास नै चलाउनुहुन्छ| झन् बौद्ध दर्शनको अध्ययन गर्न थालेपछि संसारै खाएको जस्तो….

    मह जोडी मेरा फेभरेट कलाकार द्वय हुन्| दिर्घायु र सुस्वास्थ्यको कामना गर्दछु|

    Reply
    1. bibek dhakal says:
      October 31, 2013 at 8:02 pm

      खास भाको के रहेछ त्यो चर्चित “अमिताभ – विजय ” इण्टर्भिउ मा? कहीं पनि यस अन्तर्वार्ताको बारे प्रष्ट लेखिएको छैन – कृपया तपाइलाइ ( वा त्यो इण्टर्भ्यु हेरेको भए सम्झिनेलाई) थाहा भए प्रकास पारिदिनु हुन्छ कि?

      Reply
  7. razen says:
    October 29, 2013 at 8:18 am

    विजयको बोल्ने स्टाइल किन हो केहिलेइ पटक्कै मन पर्दैन यार | रोकी रोकी ब्रेक लगाई लगाई बोल्छ वाक्कै लाग्ने गरि |

    Reply
  8. raz says:
    October 29, 2013 at 7:45 am

    Very good show. Haribansh is funny as usual. And Madan Dai is deep. But vijaya Kumar was irritating and tried to make the show all about himself while preaching about humility. I liked vijayakumar’s question about the jodi, especially the analogy. But he could not really make them speak about what is it that took them to the brink of separation and how they survived . vijaya Kumar should stop vomiting everything he learns from his guru, now that would indicate some sort of sanyas.
    Overall, too much of vijaya Kumar served with a side dish of maha.

    Reply
  9. Tenzing Gaba says:
    October 29, 2013 at 7:42 am

    हरिवंशदेखि विरक्तिएर मदनकृष्णले गीतै लेखेका रहेछन्
    बिरक्त लाग्दा पनि राम्रो काम गर्न सकिन्छ नि,
    नेताहरुले भए नेपाल बन्द गर्थे /
    ………हे नेताहरु हो !!!! सिक हो सिक
    …….. हुनत सिकेर जान्ने खुबी भएको भए किन पो नेता हुन्थे होलान र,
    —————————————————————-
    जति बुझाए पनि नबुझ्ने बरु “उल्टो बुझ्ने” प्राणिहरुलाई नै नेता भनिन्छ रे (हाम्रो नेताहरुको सन्दर्भमा मात्र है ) जस्तै:
    १ पटक एउटा जड्याहा नेता रक्सिको लत छुटाउन डाक्टरकोमा गएछन
    (डाक्टरले १ ग्लास खोयाबिर्केमा एउटा किरा हालेर देखाउदै भनेछन)
    डाक्टर : देख्नु भो नि किरा कसरी ठहरै मर्यो
    नेता: देखे डाक्टर साब
    डाक्टर : के शिक्ष्या पाउनु भो त् ?
    नेता : रक्सी खायो भने पेटको किरा ठहरै हुने रहेछ

    Reply
  10. Suman Gurung(UK) says:
    October 29, 2013 at 7:07 am

    बिहान काम मा जादा अलि कति सुन्ने मौका पाए सांझा घर मा आएर सबै भन्दा पहिले यो कार्यकर्म नै सुने, अहो कति राम्रो लाग्छ मलाई यो जोडी यो जोडी को काम मह जस्तै मिठो.. धन्य नेपाल आमा तिम्रो जीवन धन्य छ एस्तो लायक छोराहरु जन्माकोमा.

    Reply
  11. shree basanta says:
    October 29, 2013 at 7:02 am

    हरिबंस मदनकृष्ण आ आफ्नै ठाउमा छन तर विजय कुमार चाहि लाटो देशमा …..डो तन्नेरी हो | फुर्ति फार्तीनै बढी र विद्वता देखाउन खोझने | नचाहेर पनि बिकल्प नभएकोले मात्र सुन्नु पर्ने बाध्यता हो | नेपालमा येस्तै मान्छेको बोलवाला हुन्छ | बोल्दा बोल्दै अभद्र तरिकाले रोक्नु ठिक होइन नि, होइन | सबै जसो अन्तरबार्तामा तेस्तै हुन्छ |

    Reply
    1. Santosh says:
      October 29, 2013 at 7:53 pm

      वाह | बिजय कुमार क्या पत्रकार छ यार | कस्ता कस्ता मै हु भन्ने हस्तीलाई पनि बोल्दा बोल्दै रोक्न सक्छ | तपाई धेरै बोल्नु भो, अब चुप लाग्नुस्, म बोल्छु भन्न सक्छ | आफ्नो बौद्धिक क्षमता उनीहरुको अगाडी प्रदर्शन गर्न सक्छ | दर्शक र अन्तर्वार्ता दिने अतिथिलाई आफ्नो बौद्धिक स्तर प्रस्तुत गरेर नतमस्तक पार्न सक्छ | हैन प्रवचन नै दिने हो भने बिहान बिहान एउटा बिशेष कार्यक्रम नै चलाउनु नि टेलिभिजनमा “बिजय कुमारको बकबक” शीर्षक मा | एक्लै एक घण्टा बोल्नु, बरु ५ बजे नै उठेर हेरी दिउला भनेको | कहिले बुझ्ने हो यार यिनले |

      ऋषि धमलालाई टिभीमा अनुहार देखाउने पर्ने, यिनलाई जो सुकैको अन्तर्वार्तामा आफ्नो झुर बकबक सुनाउनै पर्ने |

      Reply
  12. धौलबीर राई says:
    October 29, 2013 at 6:32 am

    म आफ्नो अन्तर मनदेखि मान्छुकी विजय कुमार क्षेत्री पत्रकारीता जगतका महारथी हुन् / अत: उहाले बिभिन्न व्यक्तिहरुसंग सवाल जवाफ गर्दा भूमिकाको पहाड जत्रो कथा वाचन गरी रहन आबश्यक छ र भन्य ?

    Reply
  13. SKS says:
    October 29, 2013 at 6:26 am

    very very inspiring…god bless these icons forever….
    Only a very few people born with this sort of destiny and i wish government look after them in all ways especially in terms of their respect towards Nepali society, and of course towards their acting skills for today and tomorrow.
    MAHA is the great example for those who betray their friends, family, actors and even for the potilical leaders. Their contribution to Nepal is more than what we all can see. Let’s be united so that they can tell or show us more inspiring stories. Thank you very much for uploading this interview in mysansar. ……….

    Reply
  14. Alikhit says:
    October 29, 2013 at 12:37 am

    बिजय कुमार बोल्न थाल्यो कि फास्ट फरवार्ड गरे हौ मैले त | कहाँ महको रमाइलो बोलि कहाँ बिजय कुमारको बाबा टाइपको प्रवचन | यो अन्तर्वार्ता हो कि आध्यात्मिक प्रवचन ? बिजय कुमारले किन लामो लामो बोलेको हो, दिक्क लाग्दो भो यार |

    Reply
  15. prince says:
    October 28, 2013 at 9:17 pm

    मेरा तिन मन पर्ने मान्छे हरु जस्को कुनै कार्यक्रम नछुटोस भन्छु म, राम्रो बार्तालाप | मदन दाई is the best , क्या आवाज छ, क्या लेखाई छ |

    Reply
  16. thapa says:
    October 28, 2013 at 8:28 pm

    उहा हरुको उच्च विचार सुन्ने मौका दिनु भयकोमा धन्येबाद उहा हरुको विचार सुन्दा मा आत्मविभोर भए

    Reply
  17. Jeewan Rai says:
    October 28, 2013 at 8:26 pm

    एउटा असल उधारन तर अब त उनीहरुले पाद्यो भने पनि बास्ना आयो भन्ने भै सक्यो / झन् हरि दाइ ले सधै संचारमा आएर पहिलो श्रीमती को बीयोग सुनाउदा एक चोटी सोच्न बाध्य बनाउछ / आफ्नो दुख र पिडा बजारमा बारम्बार पस्कन नहुने भन्ने म सोच्छु / अहिलेको भाउजु लाइ कस्तो लाग्दी होलि (सधै तुलनात्मक दृस्टी कोन मा बिस्लेशन हुदा) ? येदि हरिदाइले नया जीवन सुरुनै गर्नु भएकोहो भने पहिलो भाउजु को माया मुटुमै बाधेर राखे अनि बरु नया भाउजुलाई नया संग प्रस्तुत गरे सुनमा सुगन्ध हुनेछ / (Let the skeletons inside the closet remain there. Give the living space to be alive.)

    Reply
    1. सिर्जने says:
      October 28, 2013 at 10:03 pm

      जीवन जी,
      खाजा खादै माइसंसार पढ्दैछु / तपाइको कमेन्ट अलि गनायो क्या ……
      मह साच्चिकै मिठो जोडी हो /

      Reply
  18. AryaN says:
    October 28, 2013 at 8:05 pm

    कस्तो संयोग,३ दिन बाट हरिबम्श जी को किताब पढ्दै थिए, आज फेरी मह जोडीलाई Kathmandu आउने क्रममा बाटोमा देखे अनि फेरी अहिले फेरी नेट मा उनैको बारेमा कुरा, बेलुकी औसधि खादा पनि मह खानुपर्यो , दिन नै महमय भयो मेरो त 😉

    Reply
  19. A sherpa says:
    October 28, 2013 at 7:53 pm

    मह जोडीले आफनो कलाकारिताको माद्यमबाट नेपाली समाजलाई दिएको योगदान अमुल्य छ/ राज्यले उचित सम्मान र कदर दिन नसकेकोमा दुख लाग्छ/

    Reply
    1. Hari Prasad Lamichhane-Saudi says:
      October 29, 2013 at 11:51 pm

      सम्पूर्ण दर्शकले माया गरेकै छन् नि , राज्यले के गरे पछि उचित सम्मान गरेको हुन्थ्यो अलिक प्रस्ट पारौ न |

      Reply
  20. रबिन्द्र राज गिरी says:
    October 28, 2013 at 6:23 pm

    मदनकृष्ण र हरिबंस (मह) को मित्रता र उहाँहरुको योगदान हामी सबै नेपालीको लागि एउटा अनुसरणीय ज्वलन्त उदाहरण हो |

    Reply
  21. Subhash Neupane says:
    October 28, 2013 at 4:40 pm

    मह जोडी राम्रो हो तर अब यो जोडी लाइ पनि उछिन्ने गरि आएको अर्को जोडी सिताराम कट्टेल र केदार घिमिरे (धुर्मुस-माग्ने बुढो) को हो!

    Reply
    1. Pradip Shrestha says:
      October 28, 2013 at 7:57 pm

      I am sure you don’t know the meaning of the word ‘LEGEND’. The most stupid comment I ever saw. There are lot of popular songs available but they are temporarily popular and they can never reach to the level of Narayan Gopal’s song. I hope one day you will understand. Keep learning.
      No offence to Dhurmus and Magne Buda.

      Reply
    2. Robbinhood Pandey says:
      October 28, 2013 at 8:10 pm

      कुनै कुनै महापुरुषहरू संसारमा एक चोटि मात्र जन्मन्छ । तेही महापुरुषहरूहरू हो हाम्रो मदनकृष्ण हरिबंस (मह) र उहाँहरुको मित्रता । तर यहि संसारमा सुभाश न्यौपाने उल्लु पनि जन्मन्छन, कस्लाई के भन्ने र । तपाईं सुभाश न्यौपाने पक्कै सिताराम कट्टेल या केदार घिमिरे को आफन्त हुनु पर्छ ।

      Reply
    3. Tulasi Ram Wosti says:
      October 28, 2013 at 10:33 pm

      अर्थ न बर्थको सो छ, मेरी बास्सै, हसायर मात्र हुन्छ, अलिकति संदेश र चेतना भन्ने कुरा नै केहि पनि छैन, कोइ पनि सम्धी र सम्धीनि हरु तिनी हरुले गर्ने जस्तो बेवाहर गर्छन त, वाहियात !!!!

      Reply
    4. vijay says:
      October 28, 2013 at 10:52 pm

      सीताराम र केदार छुटेको जुग बितिसक्यो हौ ! ३ बर्ष पनि कम्प्रोमाइज गर्नु नसक्ने जोडी र ‘मह’ को तुलना हुन सक्दैन…

      Reply
    5. ramesh says:
      October 28, 2013 at 10:59 pm

      It is because of people like you, aliens don’t talk to us. So you’ve thought of the humor factor only? yeah those cheap vulgar jokes? Good lord your parent should have pulled out. 😛

      Reply
    6. suzee says:
      October 28, 2013 at 11:34 pm

      विजय कुमार ..pane ….अनि सन्तोष नेउ …pane , दुबैले अलि दिमाग लगाउन अनि politeness को कक्ष्या लिए हुन्थ्यो मेरो बिचारमा !!!!!!!!!!!!!!!
      जय होस्

      Reply
    7. amrit says:
      November 1, 2013 at 2:01 am

      के दुवा तिर्की मान्छे रैछ … कहाँ को मह जोडी a.k.a. “महान जोडी” को संदेस्मुलक , चेतनामुलक , भाबवानामुलक, अर्थपूर्ण ,.. हस्यकला … कहाँ को सिताराम कट्टेल र के के जत्ति हो बुदो …
      बाबु को ‘हस्यकरिता” बुझ्ने बेला भा को छैन जस्तो छ … तिमि अजै बालक नै छौ जस्तो छ …

      Reply
  22. Gaurav says:
    October 28, 2013 at 4:25 pm

    What a refreshing conversation….made my day 🙂

    Reply
  23. ekraj says:
    October 28, 2013 at 3:57 pm

    धेरै रोचक र धेरै सिक्न पर्ने कुरा ( पारिबारिक, राजनीतिक, सामाजिक र दैनिकी गुजार्न पनि)|

    Reply
  24. yubaraj says:
    October 28, 2013 at 2:02 pm

    विजय कुमार को प्रश्न सोध्ने तरिका मन परेन. नेताहरुलाई प्रश्न सोधेको जस्तै अभद्र व्यवहार देखियो.

    Reply
    1. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
      October 28, 2013 at 9:14 pm

      मलाई पनि तेस्तै लाग्यो ! विजय कुमार is highly overrated journalist. He needs to learn some politeness.

      Reply
    2. xyz says:
      October 29, 2013 at 6:56 am

      A stupid character always think himself to be a philosopher. Just look at the way he plays with his words; for no reasons he goes English, half of the time he spent translating Nepali into English and vice versa assuming himself to be learned fellow.
      Bijaya Kumar is cheap version of Larry King
      Rishi Dhama is cheap version of Bijaya Kumar
      A guy called Baniya (News 24) is further cheap version of Rishi Dhamala

      Reply
  25. Kamal Prasad Regmi says:
    October 28, 2013 at 1:37 pm

    It’s a great inspiration for all

    Reply
  26. Vishwa Malla says:
    October 28, 2013 at 1:07 pm

    हाम्रा यो आदरणीय जोडी हाम्रो देस को उधारनिया जोडी हुन् , हामी गर्ब गर्दछौ तपैहरु माथि . कला मार्फत नेपाली मात्र को लागि तपाई हरुले खेल्नु भएको अहम भूमिका हामी मात्रको लागि सदा स्मरणीय रहने छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme