Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्दिरा जोशीले चोलीको हैन राष्ट्रिय गीत गाउँदा..

Posted on October 26, 2013October 26, 2013 by Salokya

indiraइन्दिरा जोशी भन्ने बित्तिकै धेरैको दिमागमा आउँछ चोलीका गीतहरु- चौबन्दी चोली अनि रातो घाँघर.. र उध्रेको चोली..।

तर काठमाडौँमा शुक्रबारदेखि सुरु भएको साहित्य महोत्सवमा इन्दिरा फरक अवतारमा पेश भइन्। रातो सारीमा प्रस्तुत भएकी उनी कार्यक्रम सञ्चालिका पनि थिइन्। उनले राष्ट्रकवि माधव घिमिरेको रचना रहेको एउटा राष्ट्रिय गीत पनि गाइन्- नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे…

र, यही कार्यक्रमबाट उनी चाँडै साहित्यकारका रुपमा पनि देखा पर्ने जानकारी दिइयो।

आयोजक फाइन प्रिन्टले निकालेको रिड म्यागेजिनमा पनि इन्दिरा जोशीको प्रोफाइललाई महत्त्वपूर्ण स्थान दिइएको छ। फोटोः किशोर कायस्थ/रिड म्यागेजिन
आयोजक फाइन प्रिन्टले निकालेको रिड म्यागेजिनमा पनि इन्दिरा जोशीको प्रोफाइललाई महत्त्वपूर्ण स्थान दिइएको छ। फोटोः किशोर कायस्थ/रिड म्यागेजिन

12 thoughts on “इन्दिरा जोशीले चोलीको हैन राष्ट्रिय गीत गाउँदा..”

  1. samir says:
    November 1, 2013 at 5:40 pm

    धेरै सिक्न बाँकी छ … स्वर कामको स्पष्ट देखिन्छ , माथिको नोट लागेकै छैन .. सुर धेरै हिलेको छ .. यिन लाइ आइटम गित अनि ठिक छ .. अरु गाउन निकै मिहेनेत को खाँचो देखियो

    Reply
  2. monica says:
    October 29, 2013 at 10:15 pm

    Very good Indira Joshi. It proves you can sing any song. I love your songs a lot.

    Reply
  3. gobinda says:
    October 26, 2013 at 10:05 pm

    अरु प्रयास गर्नु जरुरी देखिन्छ है ….|

    Reply
  4. Sagar (Sydney) says:
    October 26, 2013 at 5:44 pm

    राम्रो नराम्रो भनेर बहस गर्नु भन्दा उनको प्रतिभाको कदर गर्नु ठीक होला. हामि नेपालीले ढुङ्गे युग बादी विचार त्यागेर आधुनीकता तिर लम्कन जरुरि छ. के नराम्रो छ र उनले गाएको “उधेरेको चोली” भन्ने गीतमा? त्यो भन्दा नराम्रो सब्द प्रोयोग गरेका हिन्दि गीत हेर्न हजारौ खर्च गरेर सिनेमा हल धाउने, रमाउने, तालि बजाउदै उफरने, नेपालीले गायो भने चै आलोचना मात्र गर्ने!? हरे भगवान! नेपाली समाज!

    Reply
  5. Priyanka Gurung says:
    October 26, 2013 at 1:53 pm

    सधै नराम्रो मात्र भन्नु भन्दा पनि मलाई लाग्छ कोशिश गरेमा राम्रो होला.

    सुभकामना.

    Reply
  6. अनोज शाक्य says:
    October 26, 2013 at 8:36 am

    इन्दिरा जोशीको स्वर राष्ट्रिय गीत गाउन नसुहाएको जस्तो लाग्यो ।

    Reply
    1. bibek dhakal says:
      October 31, 2013 at 7:48 am

      राष्ट्रिय गीत गाउन नाति काजि वा तारा देवी को जस्तो स्वर हुनैपर्ने हो त मित्र?

      Reply
  7. jiten says:
    October 26, 2013 at 8:20 am

    यिनको वास्तविक स्वर कस्तो छ थाहा भाइ हाल्यो नि खासमा मोडेल तिर लागे राम्रो हुन्छ

    Reply
  8. xyz says:
    October 26, 2013 at 6:51 am

    My reading: She attempted to give her best performance but male voice could have done better justice to the lyric.

    Reply
  9. shree basanta says:
    October 26, 2013 at 5:53 am

    चोलीको बोलि फेरिएकोमा बधाई | शुभकामना छ अब सबै चेली चोली, घाँघर, कुर्ताबाट उठेर देश, सीमा,सार्बभौमिकता, राष्ट्रिय स्वाभिमान तर्फ जागरुक हुन् | उनले गाएको राष्ट्रिय गीत पनि मन पर्यो |

    Reply
  10. jitu says:
    October 26, 2013 at 2:44 am

    इन्दिरा जी, समाज लाई राम्रो कामको योगदान दिंदै जानुस, शुभकामना

    Reply
  11. Deepak says:
    October 26, 2013 at 12:38 am

    इन्दिरा जोशीलाइ रातो साडीमा देख्दा त मन भित्र काउकुति लग्यो, समुन्द्री किनारमा खालिखुट्टा हिंडेजस्तो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme