Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक नम्बर बन्न एनसेलको चलाखी

Posted on October 25, 2013October 25, 2013 by Salokya

हिजो मात्रै एउटा समाचार आयो- राजस्व बुझाउनेमा एनसेल पहिलो नम्बरको टेलिकम कम्पनी बन्यो। आधार मानिएको थियो टेलिकमको नियामक संस्था दूरसञ्चार प्राधिकरणको प्रतिवेदन। तर एनसेलले कति रकम बुझायो भन्नेमा चाहिँ समाचार बनाउनेहरु नै अन्यौलमा थिए। अनलाइनखबरलाई पत्याउने हो भने एनसेलले २५ अर्ब ७६ करोड रुपैयाँ राजस्व बुझाएको थियो, अरुलाई पत्याउने हो भने २० अर्ब ७६ करोड २६ लाख मात्रै। यसका अनुसार दोस्रो स्थानमा रहेको भनिएको नेपाल टेलिकमले बुझाएको राजस्व रकम पनि फरक फरक छ। अनलाइनखबर १५ अर्ब ४४ करोड रुपैयाँ राजस्व बुझाएको बताउँछ भने अर्को १३ अर्ब ३९ करोड ६४ लाख। किन भयो यस्तो फरक? यसैबीच टेलिकमले विज्ञप्ति नै जारी गरी आफूले २१ अर्ब ९२ करोड राजस्व भुक्तानी गरेको दावी गरेको छ। अघिल्लो वर्ष कम्पनीले सेवा बिक्री र अन्य स्रोतबाट ३८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकमले यो आम्दानीबाट ११ अर्ब रुपैयाँ खुद मुनाफा गरेको बताउँछ।

टेलिकमको विज्ञप्तिमा सो रकममा लाइसेन्स नवीकरण शुल्क, कर्मचारी