Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन उम्मेदवार कस्तो गाडीमा हिँड्छन्?

Posted on October 24, 2013 by Salokya

देशमा चुनाव लागेको छ। उम्मेदवारहरुलाई भोट माग्न भ्याइनभ्याइ छ। उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेकै बेला काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरुबीच अन्नपूर्ण पोस्टको आयोजनामा बहस कार्यक्रम भयो। यसलाई हिमालय टिभीले पनि प्रसारण गर्छ। क्षेत्र नम्बर ४ एउटा रोचक प्रतिस्पर्धाको अपेक्षा गरिएको स्थान हो। यहाँ कांग्रेसबाट गगन थापा, माओवादीबाट नन्दकिशोर पुन ‘पासाङ’ र एमालेबाट निर्मल कुइँकेल प्रतिस्पर्धी छन्। कांग्रेसबाटै अघिल्लो संविधान सभाका सभासद् सुप्रभा घिमिरे बागी उम्मेदवार बनेकी छिन्। राप्रपा नेपालका उद्धव पौडेलसहित चार उम्मेदवारलाई बहसका लागि निम्त्याइए पनि माओवादी उम्मेदवार पासाङ सहभागी भएनन्। तीन उम्मेदवारबीच मात्र बहस भयो। बहसमा उही त हुने हो कुरा। बरु तपाईँलाई रोचक लाग्ला भनेर कुन उम्मेदवार कस्तो गाडी चढेर आएका थिए र कार्यक्रम सकिएपछि कसरी फर्किए त्यसको भिडियो राखेको छु।

23 thoughts on “कुन उम्मेदवार कस्तो गाडीमा हिँड्छन्?”

  1. Basantraj says:
    October 27, 2013 at 9:12 am

    ऑल द पोलिशन leader हरु सबै लै मेरो के छ भने तिनीहरु अबसरबादी तथा मौकबदी को आधार मा मौका लिए चुनाव मा पैसा र शक्ति को प्रयोग गरेर जिते पछि सत्ता मा पुगेर जीवन बिताउने प्रलोभन गएका दिन हरु मा धेरै देखियो र उधाहरण पनि अखबारमा छापियो.

    Reply
  2. Shakya says:
    October 25, 2013 at 9:53 pm

    होईन यतिका पेशा कहाबाट आए ह म त ब्यापरो यस्तो गाडी किन्न सकेको छैन पक्कै गगनलाई ईण्डियन एम्बेसीले दिएको होला पेशा खर्च गरेसी सभासद हुने अनि मन्त्रि हुने पेशा कमाउने होला अर्को खुम बहादुर जन्मिने होला अनि देश र जनता चाही बर्बाद.

    Reply
  3. nawaraj pokharel says:
    October 25, 2013 at 4:50 pm

    आज गाडी चढेर आए भोलि सवासाद भए भने प्लेने चढेर आउने bhaye

    Reply
  4. shree basanta says:
    October 25, 2013 at 2:23 pm

    अहिले थरि थरिका गाडी चढेर टेस्ट गरेको मात्र हो पछि संसद भएपछी कुन किन्ने भनेर बुझ्नु पर्यो नि !

    Reply
  5. Ravi says:
    October 25, 2013 at 12:39 pm

    मलाई धेरै समय अगाडी देखि एउटा खुल्दुली लागि रहेको थियो आज त्यो ब्यक्त गर्दै छु. हामी कमेन्ट गर्दा भ्रस्टचारी हरु भनेर नेता, कर्मचारी हरु लै धेरै गाली गर्छौं. यहाँ कमेन्ट लेख्ने भनेको आफ्नो कम्प्युटर भएको तुलनात्मक रुप मा औसत नेपाली भन्दा हुने खाने का छोरा छोरी नै छौं. तपाईं हरु मद्ध्ये कति जना लाई आ आफ्नो बा अथवा आमा ( घर को कमाउने ) ले भ्रस्टाचार, घुष खोरी वा काला बजारी नगरी कमाएको पैसा बाट आफ्नो पालन अनि पढाई गरे होलान जस्तो लाग्छ . जवाफ सोच्दा इमान्दारी पुर्बक सोच्नु होला.

    Reply
    1. SANTOSH says:
      October 25, 2013 at 9:04 pm

      रवि जी तपाई को जस्तो सोचले देश परिबर्तन होला कि नहोला म भन्न त सक्दिन तर एक कम्प्युटर किन्नको लागि पनि भ्रस्टाचार, घुषखोरी गर्नुपर्छ जस्तो त लाग्दैन / नेपाल को सबैले कम्प्युटर किन्न नसक्लान , एक छाक खान को लागि पनि धौ धौ छ तर तपाई ले त कम्प्युटर हुने जति भ्रस्टचारी झैँ गर्नुभयो / एक गरिबपनि dubai, quatar गएर laptop, mobile, TV घरमा राखेकाछन् त्यो पनि दूरदराज दुर्गम गाउघरमा / के त्यो सब भ्रस्टाचारको पैसा हो त ??
      तपाईलाई computer मनोरंजनको साधन होला तर कतिलाई computer दैनिक अत्ताबसेयक सामान हुनसक्छ ,कति मेहेनत गरेर कम्प्युटर किने होलान ? के सबै कम्प्युटर हुनेवाला भ्रस्टचारी वा तिनका सन्तान ??????????????????????????????????

      Reply
      1. कमल शर्मा यु ए ई says:
        October 27, 2013 at 12:11 am

        सन्तोष जी तपाई त चोरको खुट्टा काट भन्दा खुट्टा उठाउने जस्तो कुरा गर्नु भयो है यहाँ त कम्पुटरको मात्र कुरा नभई सम्पूर्ण घर व्यवहारको कुरा भएको छैन र? १ पटक राम्ररी पढ्नुस त | (आफ्नो बा अथवा आमा ( घर को कमाउने ) ले भ्रस्टाचार, घुष खोरी वा काला बजारी नगरी कमाएको पैसा बाट आफ्नो पालन अनि पढाई गरे होलान जस्तो लाग्छ ?)

        Reply
  6. ekraj says:
    October 25, 2013 at 12:24 pm

    यी चोर फटाहाहरु कसरि हाम्रानेता भए? इनिहरुले देश को लागि र जनताको लागि के गरेका छन् यी भातमाiरा हरुले? aबडी महँगो मोटर छ तेस्ले तेतिनै बडी घुस खाएको पैसा मोटर किन्न हाल्यो भन्न छैन मिल्दछ|
    यी कुयेका लाई बहिस्कार गर्नु हाम्रो सबभन्दा ठुलो जिम्मेबारी र धर्म पनि हो|

    Reply
  7. raju says:
    October 25, 2013 at 12:09 am

    आमाको धोति बेचेर चढेको गाडी भन्दा, आफ्नो लगौटी बेचेर बचाएको आमाको ईज़तलाइ हरएक नेपालीले भोट दिनेछन यो मेरो विश्वास हो

    Reply
  8. Kopila Sharma says:
    October 24, 2013 at 8:12 pm

    १ जना राम्रो हुँदा पनि देश ले काचुली फ़ेर्छ, खोइत १ जना? सब दलाल र दलाल बाट पाउने हुण्डी खाने हुन् नेपाली नेता. त्यसैले नेपालमा कोइ माइका लाल ले कोइ नेता राम्रो भन्नु भने को त्यो आफै दलाल हो .
    कोपिला शर्मा
    बाल टिमोर , अमेरिका

    Reply
  9. khagendra Kandel says:
    October 24, 2013 at 7:36 pm

    हिजो आज नेपाल मा एउटा ठुलै हल्ला छ / कुकुर ले पुच्छर हल्लाउनु पर्ने मा पुच्छर ले कुकुर हल्ला छ (?) / सन्दर्भ एन आर एन को एतिहासिक उपलब्धि नेपाल सरकार मा दर्ता र संबिधान सभा भाग -२ चुनाब /
    पहिलो सन्दर्भ मा कुरा गर्दा एन आर एन लाई नेपाल सरकार ले के दिने वा के दियो भने यो देश को बिकाश द्रुत गति मा हुने छ वा एन आर एन ले के गरे मा देश को बिकाश को लागि उनीहरुको पहल ले साक्षात रुप लिने हो / सरकार ले दिने वा एन आर एन ले माग्दै वा उठाउदै आएको मुद्दा “एकपटक को नेपाली सधै भरिको नेपाली ” र सरल लगानी र मुनाफा सजिलै उनीहरुले आफ्नो दोश्रो देसमा फिर्ता लैजान पाउनुपर्ने बेबस्था को ग्यारेन्टी /
    “एकपटक को नेपाली सधै भरिको नेपाली ” लाई गलत तरिका ले ब्याख्या गर्यो भने एक पटक को चॊर सधै को चॊर भन्ने उखान त हामी मान्न छोड्यौ भने कसोरी दोस्रोदेसको सौगौरव नागरिकता लिएका लाई त्यो देसको नगरिकता नत्यागेसम्म हाम्रै देसको नागरिक सरह सेवा सुबिधा र ब्यबहार गर्न सकिञ्छ ? नागरिक हुन त मुलभूत कुरा त्यो देसको को कानुन ले चाहेको बेला मा देशकै कानुन अनुसार सबै खालको जिम्मेवारी लिन सक्ने र त्याग र तपस्या गर्न सक्ने पनि हुनुपर्छ / देसले रगत मागे कुखुरा बलि चढाउनु रुदिनन मेरी आमा नेपाल कि छोरी भने जस्तै घर मा संकट परेको बेला घर को स्वार्थ र महता मा आघात पुग्ने गरि त्यागेर हिंड्ने र आफ्नो पहिचान मेटाउदै परदेशी भुमि को रक्षा र मातृत्व लाई आत्मसात गर्ने ति महान एन आर एन हरुलाई नेपाल मा नेपाली भन्दा अझै बढी सुबिधा र सहयोग निरिह नेपाली जनता ले गर्नुपर्ने रे / यो कस्तो अनौठो माग हो / त्यसको माग जायज हुन सक्छ जसले सार्बभौम रुपमा हरेक नागरिकले त्यो देसको नागरिक हुँदा लिनुपर्ने दाइत्व र जिम्मेवारी सिरोपर गरेर प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा देश म उसको श्रम र पशिना बगेको हुञ्छ र नैतिक रुपमा देश प्रति बफादार रही नागरिकता त्यागेको हुँदैन / तर दशकौं पछि आएर म यो देसको पूर्व नागरिक हुँ तेसैले म लगायत मेरा सम्पूर्ण सन्तान तथा सम्बन्धि हरुले नेपाली नागरिकता का साथै अझै बिशेष सुबिधा पनी पाउनु पर्छ भन्ने यो कंहा सम्म को नैतिक कुरा हो / हो जन्मले नेपाली नागरिक तिमि थियौ हौला / तिमि ले तिम्रा दाजु भाई, इस्ट मित्र लाई सर सहयोग गर्यौ होला तर तिमीले यो देसको नागरिकता लाई पनि त्याग्यौ भने हामी तिमि लाई जन्मले नेपाली भन्छौ , नेपाली संस्कृति को सन्तान को रुपमा एक भावनात्मक सम्बन्ध र सम्बोधन पनि गरोंला तर जबसम्म नागरिकता त्याग्दैनौ तबसम्म तिमीले पनि हरेक नेपाली ले पौने सुबिधा र पहुँच बाट अलग रहने कुरा लाई गलत रुपमा बुझ्नु गलत हुने छ / हामी नेपाली हरु मानबता को सवालमा र सम्बन्ध को सवालमा उदार मन र बिशाल हिर्दय का छौं तेही संस्कृति र परिवेश मा जन्मेर हुर्कॆ को अर्को नेपाली ले किन महानता नदेखाउने ? किन उनीहरुलाई नेपाली भन्दा बिशेस सुबिधा वा सुरक्ष्या को आबस्यकता पर्यो / साँच्चै यो देशकै माया लागे कै हो भने साँच्चै देशकै माटो प्रति लगाब छ भने किन अझै बढी जिम्मेवारी बोध गरेर थप सर्त र सुबिधा राज्य लाई दिएर देसको बिकाश मा योगदान नगर्ने / बहुरास्ट्रिय कम्पनि हरु जस्तै मुनाफाको लागि मात्रै हो लगानी गर्ने भन्ने हो भने के फरक रह्यो र जन्मजात नेपाली हुनु को /
    लगानी भित्र्याउने कुरा लाई भन्दा लगानी गरिसके पछि त्यसको मुनाफा लाई सुरक्षित रुपमा फिर्ता लान पाउनुपर्ने मुद्दा रणनैतिक रुपमा उथैएको कुरा गम्भीर रुपम बाहिर आएको छ / एस्तो खालको लूप होल को प्रयोग गरे र बिदेशी मुनफा खोर हरुले नेपाली मार्फत फेरी नेपाल लाई नै कंगाल बनाउने खेल खेल्नसक्छन / तेता तिर हाम्रो ध्यान किन नगए को हो ? हामी भावनात्मक रुपमा बढी नै सोच्छौं र पछि त्यसले निम्त्यउने गम्भीर दिर्घकालिन परिणाम लाई नजर अन्दाज गर्दछौं / परिणाम येति भयाबह हुञ्छ कि न न स्वीकार्न सक्छौ न अस्विर्कार्न / तसर्थ जबसम्म नागरिक माथि सम्बन्धित देसको सरकार को पूर्ण नियन्त्रण र नागरिक को प्रस्ट जिम्मेवारी बहन गर्दैन तब सम्म त्यो नागरिक गैर नागरिक नै हुने छ चाहे त्यो एन आर एन होस् वा अन्य बिदेशी कोहि / तसर्थ यो देश नेपाली को हात मा छ / नेपाली को हो / नेपाली नै सबथोक हुन / चाहे गरिब हुन या धनि , चाहे शिक्षित हुन या अशिक्षित , चाहे गोजी मा नागरिकता मात्रै किन नबोके का हुन / यी साच्चै नेपाली हुन / नेपाल आमाका सपुत हुन /
    आर्को कुरा संबिधान सभा चुनाब भाग २ जसले नेपाली लाई धेरै नै प्रताडित गरेको छ / जनता ले दुइ बर्ष भित्र संबिधान पाउने कुरा मा ढुक्क थिए तर चार चार बर्ष सम्म कुर्दा पनि संबिधान सभा बाट जन संबिधान बन्न दिइएन / देश जनता को नाम मा कसम खायर चुनाब जिते(?) का हरु ले हरेक पटक बिदेशी को दलाली चाहना लाई नै आफ्नो अभिस्ट बनाए / जसको कारण यो वा त्यो नाममा देश र जनता लाई बिखन्डन र बिद्द्वेष को आगो मा धकेल्ने दुस्प्रयास प्रसस्तै भए / समय यति बलवान छ कि जसले जति बल र तागत लगाए पनि जनताले जहिले पनि बिद्द्वेष र घृणा को राजनीति भन्दा उन्नति र प्रगति तथा सहमति र सद्भाव को राजनीति लाई नै चाहेको कुरा आहिले आएर सबै राजनीतिक पार्टी को घैटो मा घाम लागेको प्रतित हुँदै छ / तर पनि अझै नेपाल र नेपाली दुस्मन हरुले हिम्मत नहारेको परिस्थिति छ / परिस्थिति धमिल्याएर नेपाली जनता को भाग्य को माछा सधै मरेर खान पल्केका हरु लाई चोटिलो जवाफ दिनै पर्छ / अर्थात पुच्छर ले कुकुर हल्लाउने दुस्प्रयास लाई वा भ्रम लाई चिर्ने पर्छ / नेपाल नेपाली कै हो / यो देसको भाग्य र भबिष्य को फैसला नेपाली कै हात मा हुनुपर्छ / सबै लाई चेतना भया /

    Reply
  10. jitendra bikram singh says:
    October 24, 2013 at 7:13 pm

    हाम्रा नेता हरु को को सँग ग्रीन कार्ड छ त्यो पनि जान्न पायहुन्थ्यो ।

    Reply
    1. Prakash says:
      October 25, 2013 at 2:06 pm

      सबै चोर-फटाहा नेताहरुको छोरा छोरी US, UK, Canada, Australia आदि मा Green Card लिएर बस्दै आएका छन् | यी डाँकाहरु घर घरमा भोट माग्न आउँदा यी खातेहरुलाई सचेत जनताको तर्फबाट पहिलो प्रस्न यस्तो हुनु पर्छ – तेरा छोरा छोरी कहाँ छन् ? यदि ग्रीन कार्ड लिएर बसेका भए यस्ता उमेद्वारलाई त जनताले चुनाबमा उठ्नै दिन नहुने हो – भोट हाल्ने कुरा त् परै जाओस |यदि नेपालमै बसे भने आम जनताले जे जे दुक्ख भोगिरहेका छ तिनीहरुका छोरा छोरी पनि धेरै हद सम्म बाध्य भएर केहि याँहाको दुख त भोग्थे – जस्तै १८ घन्टाको load shedding, पानीको हाहाकार, चक्का जाम, बन्द, हड्ताल, बेरोजगार , मुसाको लिंड मिसिएको खाना/मिठाई, एक लिटर पेट्रोल डिजेल को लागि १० घण्टा लाइन, बसमा संधैं गुन्द्रुक कोचेको जस्तो गरेर बस्नु पर्ने ,महिलाले सार्वजनिक बसमा यात्रा गर्दा पाउने यातना, एउटा कामको लागि दस वटा कोठा र झ्याल चार्नु पर्ने इत्यादी इत्यादी |

      ग्रीन कार्ड लिएर बस्न नपाएने भनेको पनि होइन तर त्यसो गर्ने भए त्यस्ता का बाबु आमाले नेपालको कुनै पनि चुनाब लड्न नपाउने र साथै political appointment पनि नियुक्ति नपाउने व्यवस्था गर्नु पर्छ | के यी भ्रस्टचारीहरु संबिधान सभामा यस बिषयमा कुरा उठाउन आंट छ ?

      Reply
  11. ekraj says:
    October 24, 2013 at 6:35 pm

    यी फटाहा स्वाँठहरु जस्तो सुकै गाडी चढे पनि यो सबै चोरीको अथवा भास्त्रचार्को पैसा हो|
    तेस्माथी पनि अझै नाचईँदो घमण्ड गर्छन भने, जनता हरुले इनिहरुमथी के न्याय गर्नु पर्दछ भन्ने मौका आएकोले तेश्मा चुक्नु हुन्न|

    Reply
  12. कृष्ण भारद्वाज says:
    October 24, 2013 at 5:40 pm

    कुरा बडी गर्छन,काम गर्नु परेन ! बाहिरको आवरण मात्र फरक हो भित्र सबै दलका नेताको सोचाई एउतै छ !!

    Reply
  13. xyz says:
    October 24, 2013 at 12:44 pm

    सालोक्य जी उमेद्वार को गाडी को फोटो राख्नु को सत्ता तपाई एक पटक थापाथली स्थित Trade Tower मा गयेर EU ko election observer haru ko gadi ko foto khichnus.

    Reply
  14. सन्तोष मकाउ says:
    October 24, 2013 at 11:26 am

    बाख्ा पालेर नेपालमा गाडी चड्न सक्ने भए हरेक नेपालीले गाडी चड्ने िथए। यो गगने मात्र कुन ड्यान काे मुला हाेर ।।।

    Reply
    1. dipesh says:
      October 24, 2013 at 8:00 pm

      सबै गाडि भ्रष्टाचार बाट मात्रै आउदैन हो सर। मैले हजुरबाउको काँठको अलिकति जग्गा बेचेर गाडि चडे भने के म पनि भ्रष्ट? कुनै समय थियो जागिर बाट पेश्कि झिक्दै, अरु महिना तलब हो को हैन भने जस्तो बुझेर शेयर खरिदबिक्रि र अन्य काम मा लगानि गरेको थीए, तर सबैले शेयर र मेरो अन्य पेशामा ब्यस्तता देखे त