-रामबहादुर घिमिरे-
किन नेपालमा जहाँ पनि आजभोलि खुल्ला दिसामुक्तको नारा देखिन्छ र सुनिन्छ?
के तपाईंको घरमा चर्पी छ ? के तपाईंको गाउँटोल खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो? के तपाइँको घरमा खानेपानीको सुविधा छ? के तपाईं नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पानी पिउनु हुन्छ? के तपाईं साबुन पानीले हात धुनु हुन्छ ? के तपाईं घरमा सरसफाई सम्बन्धी कुरा गर्नु हुन्छ?
सुन्दा हाँस उठे र लाज लागे पनि घर-घरमा चर्पी नभएर हाम्रा दाजुभाइ दिदिबहिनीहरु अझै पनि हैजा, झाडा-बान्ता, पखाला लागेर मर्छन्। आउनुहोस् आज सरसफाई को बारेमा चर्चा गरौँ।
के हो खुल्ला दिसामुक्त भनेको?
मान्छे या गाइवस्तुको फोहर र पिउने पानी सदैव अलग-अलग राख्ने हो भने देश विकासको जग नै यति साधारण कुराबाट सुरु हुन्छ ।
सरसफाई गुरु योजना २०११ का अनुसार “खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछI तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछI” खुल्ला दिसामुक्त अवस्थाले पानी सिर्जित रोगहरु (जस्तै: जटिल श्वासप्रश्वास संक्रमण (ए. आर. आइ.), झाडा पखाला, हैजा, टाइफाइड, हेपटाइटिस र परजीवीको थुप्रो लाग्ने जस्ता समस्या – जुन हाम्रा गाउँघरमा सबैले भोगेका छन् – बाट छुटकारा पाइन्छ । यी समस्याबाट, जाबो एउटा चर्पी नहुँदा, हरेक वर्ष नेपालमा पाँच वर्षभन्दा मुनिका १० हजार ५ सय बालबालिकाको औसतमा हरेक दिन २९ जना बालबालिकाको मृत्यु भइरहेको छ।
हालसम्म नेपालमा खुल्ला दिसामुक्त (ODF) घोषणा भएका क्षेत्रहरु
हालसम्म नेपालमा ७५ जिल्ला मध्ये ९ जिल्ला (कास्की, चितवन, तनहुँ, म्याग्दी, प्युठान, पर्वत, अछाम, कालिकोट र मकवानपुर) मात्र घोषणा भएका छन्I कास्की जिल्ला पहिलो खुल्ला दिसामुक्त क्षेत्र घोषणा २०६८ साल असार १० गते भएको हो भने भक्तपुर १० ओं जिल्लाको रुपमा यही कात्तिक ५ गते पाँचौ मन्त्रिस्तरीय South Asia Conference on Sanitation (SACOSAN-V) को उद्घाटन समारोह बीच हुँदैछ।
पछिल्लो भदौ महिनाको तथ्यांक अनुसार नेपालका हालसम्म खुला दिसामुक्त अभियानको ८ वर्षको अवधिमा ३ हजार ९ सय १५ गाविसमध्ये हालसम्म १,०३२ गा.वि.स र ५८ नगरपालिका मध्ये १२ नगरपालिका (पोखरा उप–महानगर, धरान, रत्ननगर, भरतपुर, लेखनाथ, व्यास, हेटौंडा, बागलुङ, वालिंग, पुतलीबजार, मध्यपुर र भक्तपुर नगरपालिकाहरु रहेका छन्) मात्र खुल्ला दिसामुक्त क्षत्र घोषणा भएका छन्I तपाईंहरुले बिस्तृत हेर्न यहाँ क्लिक गर्न सक्नु हुन्छ- (पछिल्लो खुल्ला दिशा मुक्त घोषणा भयका गा.बि.स., नगपालिका र जि.बि.स. को सुची
).
सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अझै पनि चुनौतिपूर्ण देखिन्छI खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न र यसमा संलग्न हुनेहरुमा स्थानीय सबै निकायहरु, सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु प्रत्यक्ष रुपमा सहयोग गर्ने अनि विभिन्न सामाजिक संघ संस्थाहरु, राजनैतिकदलहरु, विद्यालयहरु तथा स्थानीय ब्यक्तिहरुको भूमिका महत्वपूर्ण रहेको छ।
SACOSAN-V सम्मेलन
दक्षिणी एशियाली आठ राष्ट्रहरुको (अफगानिस्तान, पाकिस्तान, भारत, भुटान, बाँग्लादेश, माल्दिभ्स, नेपाल र श्रीलंका) खानेपानी तथा सरसफाई संजालको रुपमा सन् २००३ मा सरकारी, गैह्र सरकारी र नागरिक स्तरमा स्थापना भाएको एक महत्वपूर्ण मंन्च होI यसको हाल सम्म प्रथम बंगलादेशको ढाकामा सन् २००३ को अक्टुबर २१-२३ सम्म, दोस्रो पाकिस्तानको इस्लामावादमा सन् २००६ को सेप्टेम्बर २०-२२ सम्म, तेश्रो भारत को दिल्लीमा सन् २००८ को नोवेम्बेर १६ – २१ सम्म, चौथो श्रीलंकाको कोलम्बोमा सन् २०११ अप्रिल ०४ – ०७ सम्म सम्पन्न भैसकेको छ भने हाल पाँचौ काठमान्डौ अक्टुबर 0२ – 0४ सम्म हुन् गईरहेको छI यो सम्मलेनमा सार्क स्तरको सरसफाइ र खानेपानी क्षेत्रका बिज्ञ, कार्यकारी निकायका प्रतिनिधि, नीति निर्माताहरु र जनस्तरको कुम्भमेला होI जम्मा आठ देशका ४०० प्रतिनिधि सहभागी हुने यस सम्मेलनमा सरसफाई क्षत्रमा भए गरेका उपलब्धि, प्रबिधि, लगानी, चुनौती र आगामी कार्यदिशाको बारेमा छलफल, रणनीति तय गर्ने र कार्यन्वयनको बारेमा निर्णय हुनेछ भने नेपालले उपलब्धि हाँसिल गरेका र योजाना सम्पन्न गरेको क्षेत्रमा अबलोकन भर्मन पनि हुनेछ तथा आगामी SACOSAN सम्मेलनको बारेमा निर्णय हुनेछा (http://sacosanv.gov.np/sacosan)
खुल्ला दिशा मुक्त क्षेत्र घोषणा (Open Defecation Free or ODF) कसरी हुन्छ?
शहरी वा ग्रामीण इलाकामा रहेका सबै घरमा अनिवार्य रूपमा शौचालयको सुविधा भएको हुनुपर्छ भन्ने कुरालाई बिशेस सरसफाइ गुरुयोजना २०११ मा समेत उल्लेख गरिएको छ । राष्ट्रिय सरसफाइ गुरुयोजना २०११ अनुसार केन्द्र देखि जिल्ला हुदै गा.बि.स. स्तरसम्म विभिन्न तहमा सरसंफाई समन्वय समिति गठन भएका हुन्छन I गा.बि.स. स्तरमा गा.बि.स. अध्यक्ष (हाललाइ सचिव) को अध्यक्षतामा गा.बि.स. स्तरीय खानेपानी तथा सरसंफाई समन्वय समिती गठन भएको हुन्छा यस समितिले आफ्नो गा.बि.स. भित्र संचालन हुने खानेपानी तथा सरसंफाईको समन्वय गरि कार्यक्रम सन्चालन गर्दछI हरेक घरमा Hygienic (ढकन भएको) चर्पि निर्माण गरिसकेपछि सम्बन्धित टोल, वार्ड र गा.बि.स लाइ खुल्ला दिशा मुक्त घोषणा गरिन्छ I
सम्पूर्ण चर्पि निर्माण गरिसकेपछि टोल र वार्डको भएमा गा.बि.स स्तरीय खानेपानी तथा सरसंफाई समन्वय समितीले र गा.बि.स. को भए जिल्ला स्तरीय खानेपानी तथा सरसंफाई समन्वय समितीले निरीक्षण पश्चात खुल्ला दिशा मुक्त क्षत्र घोषणा (ODF) गर्न अनुमति प्रदान गर्दछ I सरसफाइ गुरुयोजना अनुसार हाल यस्ता चर्पि घरपरिवार आफैले कसैको अनुदान र सहयोग बिना निर्माण गर्नु पर्ने हुन्छ । तर प्राबिधिक सहयोग र अन्य जनचेतनामुलक कार्यक्रम गा.बि.स. समन्वय समितीको समन्वयमा विभिन्न संघ संस्थाले गर्दै आएका छन्I
(घिमिरे वाटर एड नेपालका प्रोग्राम अफिसर हुन्)
दिसा मुक्त ठाउ भनेर हल्ला मात्रै किन गर्ने ????घर घर मा मात्रै सौचालय बनाएर दिसा मुक्त हुने भयो त???गत वर्ष म मनकामना गयेको थिए त्याता तिर पनि त्येस्तै लेखेको थियो हामी देश को पर्यटक कोलागी सौचालय खै त?????खुल्ला दिशा मुक्त जिल्ला रे सौचालय छैन बाहिर नगर्न को लागि अरु को घर भित्र चिरेर गरम भन्न न मिल्ने ,आज बाहिर गर्यो भने ५०० रुपया जरिवाना रे क्या फषाद/एस्तो पारा ले क हुन्छ र ???????????????आशा गरम दिशा मुक्त भनेर सार्बजनिक सौचालय पनि बनायियोस
चर्पी मात्र बनाएर पुगेन, जादा मान्छे नै ढल्ने जस्तो केहि नसोची बनाएर के गर्ने
अलि धेरै पैसा खर्च गरेर भए पनि राम्रो चर्पी बनाउनु पर्यो.
सार्बजनिक ठाउमा पानि हाल्नै नपर्ने आफै FLUSH हुने खाले भए राम्रो हुने थियो !!!
एकातिर खुला दिसा मुक्त छेत्र घोसना गरिएको छ भने अर्को तिर पानीको अभाबमा न त चर्पी फलस हुन्छ न चाक धुने पानी नै छ को पिडा उदेक लाग्दो छ ! पानी बिनाको दिसा मुक्त छेत्र र माओबादीले बनाउने सिंगापूर एक अर्काको परि पुरक हुन् भनेर भन्दा हुन्छ !
खुला दिसा मुक्त क्षेत्र चाही भन्ने तर तेस्को उपहास उडाउने काम काठमाडौँ मै गरिएको छ ,कुनै ठाउँ मा मुख्य बस्ति कै अगाडी बडा ठुला अक्षर ले “खुला दिसा मुक्त क्षेत्र” लेखेर गर्ब का साथ् बोर्ड राखिएको हुन्छ ठ्यक्कै तेस्कै पछाडी दुनिया भरको दिसा मिसिएको ढल फुटेर-बगेर सडक भरि बगेको हुन्छ .सुकेधारा मा हेर्नुहोस अगाडी “खुला दिसा मुक्त क्षेत्र” लेखिएको बोर्ड ठुलै उपलब्धि प्राप्त गरिएको जस्तो गरि राखिएको छ ,पछाडी पट्टि निलो पुल जाने सडक मै ताल हुने गरेर ढल जमेको बर्षौ भै सक्यो ,अरु धेरै ठाउको पारा तेस्तै छ .
एस्को मतलब यो हुन् सक्छ ,दिसा सिधै खुला ठाउमा ठोस रुप मा चाही देखाउन पाइने छैन ,तर ढल को रुप मा दुनिया भर को दिसा खुला ठाउमा जति पनि बगाई दिय हुन्छ.
काठमाडौँ को सडक मा कुन चाही मान्छे आएर खुला ठाउमा दसा गर्छ ???? बरु खुला रुप मा तरल मा बगी रहेको “दिसा ” बाट चाही काठमाडौँ लाइ मुक्त गराउनु पर्यो .
प्रशस्त सार्बजनिक शौचालयहरू नबनाई खुल्ला दिसामुक्त घोषणा गर्दा कतिपय स्थान मा लाजमर्दो अबस्था छ यस तर्फ ध्यान दिन जरुरी छ जस्तो लाग्छ मलाई त !
this is very important thin to do for well being of kids. Nepal is one of the countries where kids die with Diahorrhea, which is very much preventable by taking simple measures.
Also the cost needing to treat can be utilised in a betterment of family
It’s such a great, “Open defection free campaign”.Development can’t happen at overnight which takes a while. Lets do ourselves for us.
Shyam Giri
USA
खुल्ला िदसामुक्त भन्दा “चर्पी अभियान” भनेको भनेर सम्विधान सभा जस्तो अनुत्पादक क्षेत्रमा लगाएको खर्बैं रुपैया चर्पी अभियानमा लगाएको भए सबै नेपालीको घरमा चर्पी हुन्थ्यो ।
मैले पनि यो खुल्ला दिसा पिसाब मुक्त क्षेत्र भनेको बुझेको छैन है . काठमाण्डौका अधिकांस घर हरुका ढल हरु सोझै स्थानिय खोला नदीमा मिसाइन्छ . सायद यो पनि अब छिट्टै खुल्ला दिसा पिसाब मुक्त क्षेत्र घोषणा हुने होला . त्यस्तै पोखरा मा सेती नदि र फेवा तालमा सोझै ढल मिसाइन्छ (फेवा तालमा अब कसरि नमिसाउने भनेर काम हुदै छ क्यार) . होइन यो खुल्ला दिसा पिसाब मुक्त क्षेत्र भनेको अरु सबैका अगाडी दिसा पिसाब नगरी चर्पीमा गर्ने र त्यो खुल्ला ठाउमा बगाइदिने अथवा मिसाइदिने भन्ने बुझ्ने हो कि कसो हो . त्यसो हो भने त सबै जनाले लाज पचाएर सेतीको पुल बाट सोझै सेती नदीमा पुग्ने गरि अथवा बागमतीको पुल बाट सोझै बागमतीमा पर्ने गरि दिसा पिसाब गरिदिए त भैहाल्यो नि . बिचरा हाम्रा घोषणा अनि हाम्रा योजना विद हरु .
नेपालका धेरै युवा खाडी गयका छन् / तिनीहरुले पठाएको पैसा बाट जुन जुन घरमा चर्पी छैन तिनले सर्बप्रथम घरमा चर्पी बनाउने हो कि ? अर्को भनेको सुर्यउर्जामा लगानी गरि जहाँ जहाँ बिजुलीबत्ति छैन त्यहा सोलार प्य्नल राख्ने हो कि ? अर्को भनेको परदेश बाट गाऊ फर्के पछि गाउमै गोबरग्गास ( भैसी र गाई पालन) साथमा मानब चर्पी जोड्ने हो कि? अर्को भनेको नेपालमा धरै बत्ति गैरहन्छ त्यो रेमीटेन्स सुर्य उर्जामा घर घरमा लगानी गर्ने हो कि? “के गाउ के सहर, सबको घरको छानोमा सोलार प्यानल को लहर” नारा बनाउने हो कि? सोलार प्यानल मर्मत सम्भार गर्ने प्रबिथिक तालीम दीने स्कुल खोल्ने हो कि ? आज जता ततै सफा उर्जाको खोजि भै राखेको छ / एस तर्फ पनि हामीले ध्यान दीने हो की?
नेपाल त दिशामुक्त त भएको छ नि / जताततै नेपालीहरुको बिजोग छ / दिसामुक्त नभए पनि दिशामुक्त भने छ /
देश नै खुला चर्पी बनिसकेको अवस्थामा जे जे घोसना गरे नि कति नै इज्जत बाकी छ र!!!
पहिला highway मा जता ततै चर्पी बनाउनु पर्चा . highway मा मान्छे हरु ले जता ततै पिसाब र दिसा गर्छन त्यो चै कसले हेरेको छ
राम्रो कुरा हो मन परेको पनि छ / सफा हुनु रोग बाट बच्ने प्रमुख तरिका हो / तपाई हरु को यो काम राम्रो मात्रै हैन ज्यादै उत्तम हो/ तर / भक्तपुर , काठमाडौँ, पोखरा, चितवन जस्ता ठाउँ मा भन्दा अल्लिक अरु ठाउँ मा गरेको भए साच्चै राम्रो हुन्थ्यो/ नेपाल को संदर्व मा हेर्ने हो भन्ने तराई का जिल्ला हरु मा रोग को महामारी बढी छ जस्तो लाग्छ अनि तपाई ले भने जस्ता रोगहरु बढी त तराई मा देखिएको जस्तो लाग्छ/ र तराई को बाताबाराड ले पनि तेस्ता रोगहरु फेलौना मद्दत गर्छ जस्तो लाग्छ/ तेसै ले तेता तिर पैसो खर्च गर्दा राम्रो होला जस्तो लाग्छ/ नत्र ठुला ठुला सस्था का नाम राखेर झुक्कौने काम गरे जस्तो गर्दा जनता लाई चित्त दुख्छ होला/
साथी हरु लाई कस्तो लाग्छ कुन्नि मलाई चाही यो नारा पटक्कै मन पर्दैन / शिक्षा ,स्वास्थ्य , सरसफाई भन्ने कुरा हरु आर्थिक रुपमा सबल हुँदै आएपछि मानिस आँफैले व्यवस्था गर्दो रहेछ / म सानो छँदा मेरो गाउँ मा पनि खासै कसैको घरमा पनि शौचालय थिएन,बिहान उठेर सबै टाढा खेत,बारी अथवा खोल्सा तिर जान्थे तर जब बिस्तारै सबैको आर्थिक अवस्था र आम्दानी सुध्रदै आयो,सबैले चिटिक्क परेको घर अनि शौचालय सहित को गोबर ग्यास बनाए, छोराछोरी हरु लाई राम्रा कलेज र स्कुल हरुमा पठाउन थाले / त्यसकारण मलाई के लाग्छ भने डलरको खेति गर्ने हरुलाई यस्ता बिना कामका नाटक गर्न दिन भन्दा पनि बैदेशिक सहयोग लाई सरकार स्वयम् ले इमान्दारी र न्याय पूर्वक खर्च गर्नु पर्दछ /
हामि कहिले हुर्कने भयनौ!!
सिटीतिर टोइलेट लाग्दा बिजोक छ, अनि अहिले सम्म पनि हग्ने मुत्ने कुरोमा नेत्रित्वधारी नेताहरुले समेत छलफल गरेको देख्दा Third World को छाप खेपिनु पर्या छ|
खुल्ला दिसामुक्त क्षेत्र बनाउनु आफैँमा धेरै राम्रो र सह्रानीय कार्य हो । घोषणा गर्दैमा मुक्त भैहाल्ने अवस्था आउला या न आउला मनन गर्नु राम्रै होला ? के यो हाम्रो जस्तो न्युन सुविधा भएको स्थानमा सम्भव छ ? घोषणा गर्नु अघि दाताले दिएको लक्ष कलम कागजको लेखाइ र गफले पूरा हुन्छ वा हुदैन ? घरसङ्ख्या मुताबिक र टाउका गनेर आएको सौचालय सङ्ख्याले खुल्ला दिसामुक्त बन्ला र ? हालसम्मको अवस्था हेर्ने हो भने कुनै पनि गाउँ त के सहरमा समेत पर्याप्तमात्रामा सौचालय छैन । अझ सार्वजनिक स्थानका सौचालयको त के कुरा गराइ भो र ! राजधानीको रत्नपार्क वरिपरी र वीर अस्पताल वरिपरीको भागमा त खुल्ला सौच गरिरहेका मानिस भेटिन्छन् । ती चाहीँ खुल्ला दिसापिसाब हैनन् र ? सार्वजनिक सौचालयमा ढोका भित्र छिर्नु अघि पैसा उठाउन बसेको मुस्दण्डे भेटिन्छन् । भित्रको दुर्गन्धको कुरै नगरौँ ।
अक्सर नेपालीको आयलाई हिसाव गर्दा समेत सार्वजनिक सौचालयको शुल्क तिरिनसक्नुको हुनजान्छ । विश्व बैँकको सन २०११को प्रतिवेदन अनुसार सरदर प्रतिव्यक्ति आय ५४० अमेरिकी डलर वा १ डलरलाई हालको बढेको मुल्यमा हिसाव गर्दा पनि ५४००० हुनजान्छ । सार्वजनिक सौचालयमा मात्रै भर पर्नु पर्ने अवस्थाका मानिसकालागि उक्त आयको हिसाव केवल कागजका पानामा देखिने बुट्टामात्र हुन् । मानिसले दिनमा कम्तिमा १ पटक दिसा र ५ पटक पिसाव फेर्दा सौचालयलाई बुझाउनु पर्ने शुल्क कम्तिमा पनि ५*१+५*३ अर्थात २० रुपैयाँ प्रतिदिन हुन आउँछ । उक्त शुल्कका दरले वार्षिक सौच शुल्कमात्र पनि ७३०० पर्न आउँछ । झाडा पखाला र अन्य खाइ विसन्चो हुँदाका बखतलाई त शुल्कले डाडो काट्छ ।
खुल्ला दिसामुक्त घोषणा सभामा गरिने खर्च र त्यस्ता कुम्भमेलामा गरिने खर्च यसो २-४ वटा सार्बजनिक सौचालय बनाउन र निशुल्क सौच सुबिधा दिने हो भने सहर पनि खुल्ला दिसामुक्त हुने थियो कि ? खुल्ला दिसामुक्त क्षेत्रको सडकमा हिड्दा आची कुल्चिदै हिड्नु नपर्ने अवस्थाको सृजना खुल्ला दिसामुक्त भित्रको योजनमा थप्दा कसो होला ?
१.कास्की २०६८/०३/१०
२.चितवन २०६८/०६/०६
३.तनहु २०६९/०४/०३
४.म्याग्दी २०६९/०६/२३
५.प्युठान २०६९/१२/१६
६.पर्बत २०६९/१२/३१
७.अछाम २०७०/०१/१२
८.कालिकोट २०७०/०२/२६
९.मकवानपुर २०७०/०४/०४ र
१०. भक्तपुर २०७०/०७/०४
मा खुल्ला दिसा मुक्त क्षेत्र घोषना भएका छन् .
# नेपाललाइ “खुला दिसामुक्त” बनाउछौ-बनाऔ भनेको सुन्दा राम्रै लाग्छ /
# नेपाललाइ “सिंगापुर-स्विज़रल्याण्ड” बनाउछौ भनेको सुन्दा खोट्टा हानौ-हानौ लाग्छ /
सबै हचुवामा घोषणा गरे जस्तो लाग्छ । मकवानपुर जिल्लामा पनि पुरा चर्पी बनेको छैन ।
के तपाईंको घरमा चर्पी छ ?
छ . साधारण अनि एकदमै सफा ।
के तपाईंको गाउँटोल खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो?
छैन र खुल्ला दिशा मुक्त क्षेत्र घोषना गर्नै नपर्ने गरि, हामी स्वयंले आज भन्दा १० वर्ष अगाडी नै सबै ले प्रत्यक घर घरले व्यवस्था गरि सकेका छौं ।
के तपाइँको घरमा खानेपानीको सुविधा छ?
शहरको भन्दा हजारौं गुणा सुद्घ र स्वच्छ छ .
के तपाईं नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पानी पिउनु हुन्छ?
पिउन्छौं । तर नेपाल सरकारद्घारा बितरित होईन । हाम्रो आफ्नै श्रम र पसिना बगाएर खनिएको कुवा र ईनारको, जुन शहरको भन्दा हजारौं गुणा सुद्घ र स्वच्छ छ ।
के तपाईं साबुन पानीले हात धुनु हुन्छ ?
धिन्छौं . साबुन पानी नभए खरानीले भए पनि धुन्छौं ।
के तपाईं घरमा सरसफाई सम्बन्धी कुरा गर्नु हुन्छ?
गर्छौं । गरिन्छ र सरसफाई सम्बन्धि कुरा गर्न सबैलाई हामी प्रोत्साहन दिन्छौं ।
नालायक सरकारको हामी केहि अपेक्षा गर्दैनौ र गर्ने वाला पनि छैनौं । बस् नेपाल बन्द नगरिदिए पुग्छ । हामी हाम्रो गाउँ आफै बनाऔंछौं र बनाई रहेका नै छौं ।
“…….नालायक सरकारको हामी केहि अपेक्षा गर्दैनौ र गर्ने वाला पनि छैनौं …..”
ठिक भन्नु भो दिलिप जी
सरकार कै भरोसामा नै बसियो भने पनि देश दिसामुक्त हुन् चाही हुन्छ
तर
देशै भरि सर्बत्र शौचालय बनाएर होइन, जनताको पेटमा माड़ नलागेर चाही जनता पनि दिसामुक्त अनि देश पनि दिसामुक्त हुन्छ होला …………..चेतना भया !!!
काम भन्दा कुरा धेरै भनेको यहि हो। आखिर सबैले सबैले चर्पी बनाए भने त किन घोषणा गरिराख्नु पर्यो र? मेरो गाविस मा मेरो आफ्नै घर ९ जनाको परिवार मध्य ३ जनालाई क ख रा समेत चिन्न नआएपनि अस्ति भर्खरै पूर्ण साक्षरता गाविस भनेर घोषणा गरिएछ।