Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जनताको आँखामा यसरी छारो हालेको थियो चौधरी ग्रुपले

Posted on October 1, 2013October 3, 2013 by Salokya

waiwai11 चौधरी ग्रुपको वाइवाइ चाउचाउ निकै लोकप्रिय छ। तर उसलाई त्यो लोकप्रियताले पनि नपुग्दो रहेछ। त्यही भएर जनताको आँखामा छारो हालेर चाउचाउबारे गैरकानुनी गलत दावी गरेको प्रमाण माइसंसारले फेला पारेको छ। यो त्यस्तो कसुर थियो, जसमा कारबाही भएको भए सञ्चालक बढीमा छ महिनाका लागि जेलमा जाकिन सक्थे। तर धन हुनेलाई चइन, चइन; गरिबलाई चमेली लाग्दछ अइन। केही पनि भएन। धनीको धनको प्रभावले कसैले पनि यसबारे समाचार छाप्ने आँट गर्न सकेनन्। आखिर भएको के थियो त?

वाइवाइ चाउचाउ खाइरहने बानी भएकाहरुले पक्कै पनि प्याकेट हेर्नुभएको होला। प्याकेटमा नेपाल गुणस्तर (एनएस) चिह्नको छाप पनि हुन्छ। मापदण्ड अनुसारको गुणस्तर छ भन्ने प्रमाणित भएपछि मात्रै यो छाप राख्न अनुमति दिइन्छ। नेपाल गुणस्तर विभागले गएको वर्ष बजारमा आकस्मिक छानबिन गर्दा चौधरी ग्रुपको फटाइँ फेला पार्‍यो। सिजी फुड्स अन्तर्गत सैँबुको कारखानाबाट उत्पादन भएको वाइवाइ भेजमा पनि नेपाल गुणस्तर चिह्न राखेर बेचबिखन गरिएको रहेछ।

लौ अचम्म। वाइवाइले भेज चाउचाउमा नेपाल गुणस्तर चिह्न राख्ने अनुमति नै पाएको थिएन। २०५१ चैत ५ देखि लागू हुने गरी वाइवाइ चिकेन सुप बेस चाउचाउमा मात्रै गुणस्तर चिह्न राख्ने अनुमति दिएको थियो। तर चौधरी ग्रुपले भने कानुन र जनताको आँखामा छारो हाल्दै राख्ने अनुमति नै नपाएको उत्पादनमा गुणस्तर चिह्न राखिरहेको रहेछ।

कानुनमा के व्यवस्था रहेछ त यस्तो गरे ?

गुणस्तर निर्धारण र प्रमाण चिह्नबारे व्यवस्था गर्न बनेको ऐन नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ ले यस्तो व्यवस्था गरेको छ-

ऐनको दफा ८ ले इजाजत नलिई गुणस्तर चिह्न प्रयोग नगर्ने मात्र हैन, गुणस्तर चिह्न जस्तो देखिने चिह्न पनि प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ-
dafa8

चौधरी ग्रुपले त बकाइदा गुणस्तर चिह्न नै अनुमति नलिएको उत्पादनमा उपयोग गरेको थियो। यस्तो गरेमा कानुनमा के सजाय छ त ?

dafa13
बढीमा छ महिनासम्म सजायको व्यवस्था छ। जरिवना भने ३ हजारसम्म मात्रै गर्न सकिन्छ। अनुमति नलिई गुणस्तर चिह्न लगाएका त्यस्ता सबै भेज वाइवाइ कानुन अनुसार जफत गर्न सकिन्थ्यो।

के कारबाही भयो त ?
अनुमति नै नलिई किन नेपाल गुणस्तर चिह्न प्रयोग गरेको भनेर तत्काल स्पष्टिकरण सोधियो विभागबाट। जवाफ चित्तबुझ्दो आएन। त्यसैले गएको वर्षको जेठ ३२ गते गुणस्तर विभागले वाइवाइ चिकेन सुप बेसमा समेत गुणस्तर चिह्न रोक्का गर्ने निर्णय गर्‍यो। नपाएको उत्पादनमा गुणस्तर चिह्न राख्दा उसले पाएको उत्पादनमा समेत गुणस्तर चिह्न राख्ने अधिकार गुमायो।

तर पनि बजारमा गुणस्तर चिह्नसहितका उत्पादन भेटिएका थिए कि थिएनन्, त्यो तपाईँहरुलाई जानकारी भएकै कुरा हो। खासमा त्यसपछि बजारमा गुणस्तर चिह्न सहित भेटिएका चिकेन हुन् कि भेज दुवै वाइवाइ कानुनतः जफत गर्न सकिन्थ्यो।

२०६९ साउन १४ गते चौधरी ग्रुपले वाइवाइको भेज र चिकेन सुप बेस दुवै उत्पादनको प्याकेजिङ एउटै कम्पनीबाट हुने भएकोले
भूलवश भेजमा पनि गुणस्तर चिह्न लाग्न गएको भन्ने हास्यास्पद जवाफ दियो। जबकि भेज र चिकेन दुवैको प्याकेटका डिजाइनै फरक हुन्छन्।

त्यही वर्ष माघ २ गते बल्ल वाइवाइले चिकेन बेस सुपसहितको चाउचाउलाई ल्याब टेस्टका लागि स्याम्पल पठायो। टेस्टमा गुणस्तर चिह्न मापदण्ड अनुरुपको नतिजा देखिएकोले यही वर्षको जेठ २ मा बल्ल वाइवाइ चिकेन सुप बेसमा लगाइएको नेपाल गुणस्तर चिह्नमाथिको प्रतिबन्ध फुकुवा भयो। २०७० जेठ ६ मा विभागले ल अब वाइवाइ चिकेन सुप बेसमा एनएस चिह्न राखे हुन्छ भनेर पत्र पठायो। वाइवाइ भेजका लागि भने उसले अहिलेसम्म गुणस्तर चिह्न प्रयोग गर्ने अधिकार पाएको छैन।

तपाईँसँग वाइवाइका पुराना खोल छन् ? अहिले तपाईँसँग भएका वाइवाइ चाउचाउको खोल हेर्नुभएको छ ? यदि त्यो काठमाडौँको सैँबुस्थित कारखानामा उत्पादन भएको वाइवाइ चाउचाउ भेज हो र नेपाल गुणस्तर चिह्न (एनएस) प्रयोग गरिएको छ भने गैरकानुनी हो। चिकेन वाइवाइ हो भने चाहिँ उत्पादन मिति २०६९ जेठ ३२ देखि २०७० जेठ १ को बीचमा छ र गुणस्तर चिह्न राखिएको छ भने त्यो गैरकानुनी हो। त्यस्ता वाइवाइको खोल छन् भने फेसबुक वा ट्विटरबाट सेयर गरी यहाँ लिङ्क बाँड्न सक्नुहुन्छ।

अपडेटः एक पाठकले पठाएको फेब्रुअरी २०१३ मा उत्पादित वाइवाइमा एनएस चिह्न
अपडेटः एक पाठकले पठाएको फेब्रुअरी २०१३ मा उत्पादित वाइवाइमा एनएस चिह्न

स्मरण रहोस्, चाउचाउमा सिमेन्टमा जस्तो गुणस्तर चिह्न लिनै पर्ने बाध्यता छैन। यो ऐच्छिक हो। ऐच्छिक उत्पादनमा पनि अनुमति नै नभएको गुणस्तर चिह्न प्रयोग गरी जनताको आँखामा छारो हाल्न खोजिँदो रैछ।

31 thoughts on “जनताको आँखामा यसरी छारो हालेको थियो चौधरी ग्रुपले”

  1. डिल्ली says:
    October 2, 2013 at 4:28 pm

    उमेशजी माथीको जानकारी अनुसार जुन १४, २०१२ देखि मे १५, २०१३ सम्म उत्पादित वाइवाइ चिकन फ्लेवर चाउचाउमा नेपाल गुणस्तर प्रमाण चिन्ह नहुनु पर्ने हो । मसँग फेबुवरी २०१३ मा ((L ) सैबु, र (N ) चौधरी उदयोग ग्राम गरी २ स्थान उल्लेखित) उत्पादित ७२ ग्राम तौल लेखिएको एनएस १३८ नेपाल गुणस्तर चिन्ह सहितको चौधरी ग्रुप द्वारा उत्पादित वाइवाइ चिकन फ्लेवर चाउचाउ सुरक्षित छ । सायद व्याच नम्बर लेखिएको होला N / FYB- २१ लेखिएको छ यसको खोलमा । माथीको जानकारी सही हो भने त चौधरी ग्रुपले सरासर अपराध गरेको देखिन्छ ।

    Reply
  2. sanjay says:
    October 2, 2013 at 10:42 am

    ऊनी खर्ब पति होइनन खराब पति हुन् जस्तो लग्यो WAIWAI मालिक

    Reply
  3. shisirkc says:
    October 2, 2013 at 9:08 am

    यो ट्रान्स फ्याट fatty acid हो , यसको सेबन ले मुटु रोग को खतरा बडाउछ | यस्ता junk फूड फिटिक्कै प्रयोग नगरू साथीहरु हो |

    Reply
  4. sam sundar says:
    October 2, 2013 at 8:40 am

    भ्याट छली काण्ड क़ा नाइके ले राज्य र जनता लै ठगेर अरबपति भएका छन् ! अजिनो मोटो र ट्रान्स फाट को प्रयोग जनता को स्वास्थ्य सित खेलबाड हो – वाई वाई लगायत सम्पूर्ण अस्वस्थ्य चौ चौ को सामुहिक बहिस्कार गरौ !

    Reply
  5. Ujwal says:
    October 2, 2013 at 8:32 am

    एस्तो कुरा हरु को पर्दा फस गर्दै जावोस Mysansar ले सुभकामना

    Reply
  6. Deep says:
    October 2, 2013 at 7:16 am

    चौधरीले tax तिरेर कि छलेर billionaire भयो भनेर जाच्ने चाही कसले र कहिले ? देश र जनता को लागि contribution के हो?

    Reply
  7. Tenzing Gaba says:
    October 2, 2013 at 6:47 am

    जनसंख्या नियन्त्रण गर्ने काममा अनाधिकृत हस्तक्षेप भएकोमा
    नेपाल परिवार नियोजन संघ + सी.आर.एस. कम्पनीले मुद्दा ठोक्नु पर्यो
    होइन भने
    गुणस्तर तथा नाप तौल बिभागले मुसा-जुम्रा-किरा-फट्यांग्रा मार्नको लागि उपयुक्त भनेर गूणस्तर चिन्ह प्रदान गर्नु पर्यो /

    अहिले यति नै फेरी ५५,००,००,००० (अक्षेरुपी पचपन्न करोड) जरिवानामा परिएला …………………… जदौ !!!

    Reply
  8. Ashish raj says:
    October 2, 2013 at 6:22 am

    आमा बाबु लाई खाजा दिन सजिलो,
    बुझदैनैनन छ कि छैन पोसिलो,

    Reply
  9. डिल्ली says:
    October 2, 2013 at 5:44 am

    पहिलो कुरा नेपाल गुणस्तर चिन्ह दिने गुणस्तर तथा नाप तौल कार्यालयको गुणस्तरको स्तर नै खै कै खै के खाल्को छ । अन्तरराष्ट्रिय चिन्ह आइ एस ओ प्रमाण पत्र समेत आलु प्याज जस्तो बजार मै किन्न पाइन्छ । व्यापारिक घरानाले चिन्हको दुरुपयोग गरेको नौलो होइन उसमाथी पनि उनी त परे “सर्वहारा” खर्वपति कमरेड चौधरी जी । त्यसैले उसले,

    उसले बुर्जुवा सरकारको गुणस्तर चिन्न
    बुर्जुवाहरूलाई फसाउन हालेको भन्दा भै हाल्छ ।
    बुझ्नेले नखाएर के भो सर्वहाराले खाइ हाल्छ
    वाइवाइ केचनाको फेदि त के सगरमाथाको टुप्पोसम्म पाइहाल्छ ।
    कहिले डढेको मोबिल त कहिले कुहिएको तेल
    नियमित खाए जनताको किड्नी र हर्ट फेल ।
    जे गरे नि व्यापारीले उन्मुक्ति पाइहाल्छ

    छिँड परेको पोको वेचोस कि लिँड परेको चाउचाउ ।
    व्यापारीले गुणस्तर चिन्ह पाइहाल्छ ।

    Reply
  10. basu says:
    October 2, 2013 at 5:27 am

    वाई वाई chauchau गुणस्तरहिन भएकोले अस्ट्रेलियामा इम्पोर्ट गर्न नपाउने गरेको थियो.

    Reply
  11. Bikash tamang says:
    October 2, 2013 at 4:51 am

    पैसा हुनेको गोजीमा कानुन छ ।यो सत्यसंग जोडिएको छ नेपालमा ।गुणस्तर बिभाग र सरकारको यसमा ध्यान जान जरुरी थियो तर यसो भएन,हुदैन पनि ।किन भने यी पैसावाला हरुले कानुनलाई रखेल बनाएको छ ।यो स्पष्ट छ ।
    सत्यतथ्य बाहिर ल्याऊन खोज्ने पत्रकारलाई जेल पुर्याएको छ । यो दुःखद छ ।

    Reply
  12. krishna says:
    October 2, 2013 at 12:42 am

    बिकसित मुलुकमा पैसा कमाउन सजिलो छ – गुणस्तरहीन समान उत्पादन र बिक्रि, कर छली , श्रम सोषण आदी आदी वाट छिटै मिलिनिओर बन्न सकिन्छ… झन नेपालमा !
    यूरोप अम्रिका तिर हुन्थ्यो भने यस्ता उध्योमी हरुको तिन पुस्ता माथि नउठ्ने गरी राज्यले कारबाही गर्थ्यो ! बिजनेस माइण्ड वाला भाडाको घरमा बसेर उद्योग गर्छन भने सेवीहरु जीन्दगी भरको कमाइले घर बनाउछन …अनि उद्ध्यमिले कमाको हिसाब किताब राख्दै बस्छन /

    Reply
  13. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    October 1, 2013 at 10:15 pm

    Wai Wai चाउचाउ मा Trans Fat हुन्छ , चाहे त्यो चिकेन flavor होस् वा veggie. Trans Fat राखिएका कत्ति खानेकुरा धेरै देशमा प्रतिबन्ध लगाइन्छ, तेसैले Nutrition Facts हेरेर खानेकुरा खाउँ , आफ्नो स्वास्थ्य राम्रो बनाउँ ! धन्यवाद !

    Reply
    1. bibek dhakal says:
      October 2, 2013 at 8:37 am

      हाहाहा सन्तोष जी, नेपालीहरुले तेती बुझ्न सक्ने भए त भैहाल्थ्यो नि !!
      रियल जुसको तेत्रो काण्ड भैसकेपछि त त्यै रियल जुस बोकेर बिरामी भेट्न जाने र आफ्नो बच्चाहरुलाई फलफूलको सट्टा त्यहि जुस किन्दिने “किरा परेको” बुद्दि भाका नेपालीहरुले तपाइले भने जस्तो ट्रान्स फ्याट/ अन्स्याचुरेटेड फ्याट हुन्छ भनेर वाई वाई खान छोडे पोषणयुक्त आहार एडभोकेसी गर्ने अरुणा डा. साब हरुको आधा समस्या समाधान हुन्थ्यो ( sigh ! )

      Reply
  14. kajigodar Godar says:
    October 1, 2013 at 9:48 pm

    पैसा टन्नन कमाई हाल्ल्यो अब किन गुणस्तर हुनुपर्यो ?? जता बाट पनि हामी जस्तै जनता मर्नि त होनी……..

    Reply
  15. Abhi, Belgium says:
    October 1, 2013 at 8:14 pm

    नेपाल को सामान यहाँ बेल्जियम मा किनेर खाने भनेको नै वाई वाई चाउचाउ हो , नत्र छोरा छोरी लै नेपाली के सामान लग्दिने त ;

    त्यसो भए राम्रो गुणस्तर को चाउचाउ कुन हो त्यो पनि जान्न पाए तेही किन्न हुन्थ्यो नभय भएका मध्य बाट छान्ने त हो नि ;

    अहिले आयर Mysansar ले नि Mission पत्रकारिता गर्दैछ कि जस्तो लाग्न थाल्यो है मलाई त चौधरी ग्रुप को बिरुद्ध मा ;

    Reply
    1. Nitika says:
      October 1, 2013 at 9:10 pm

      गल्ती र अन्यायको विरोधमा मिसन पत्रकारिता नै गर्नुपर्छ । शुभकामना माइसंसारलाई । गल्ती देखाउँदा पनि नचेत्ने बेल्जियन रेफ्ुजीलाई समवेदना

      Reply
      1. shreesh thapa says:
        October 1, 2013 at 10:18 pm

        हाहा रेफ्युजी रे निकिताले यस्तो तितो सत्य लेख्दा अभि पुक्लुक्क ढल्ला है त्यसैलाई गुणस्तर बनाउनु पर्यो भन्ने कुरा पो निस्किएको बन्द गर्नलाई माइसंसार पछि लागेको त होइननि ब्रो अलि राम्ररी पढेर बुझ्दा कसो होला नत्र उतै चुर्लुम्मै डुबिएला …

        Reply
      2. Sunil Shrestha(belgium) says:
        October 2, 2013 at 9:04 am

        Nitikaji ले सरासर १०१ % सही भन्नु भएको छ, देश मा बसेर केही गर्नु सक्दैन अज बिदेशमा ruefugee बसेर राजनीतिक गर्छ, बेल्जियम मा नेपाली भन्ने भाइचारा छैन, Abhiji संग मेरो के लेनदेन पनी छैन, म वहालाई चिन्न पनी चिन्दैनौ, मैले चिन्ने भनेको चार जाना नेपाली हो जस्ले आफ्नो देश को प्रति र नेपाली भाइचारा बुजछ, अज विरोधमा मिसन पत्रकारिता न लेखे को भए तपाईले कमेन्ट कहाँ लेख्नु हुन्थियो, यो पत्रिकाले ले Nepal सरकार गुणस्तरीय ले दिए को रिपोर्ट लाई हाम्रो samachye अगाडी ल्याइदिए मात्र हो, wai wai खानु नखानु तपाईको इच्छा हो Abhiji

        Reply
    2. kedar says:
      October 1, 2013 at 9:27 pm

      स-प्रमाण यो यो कारणले वाई वाईले ठगी गरेको थियो है भन्दा तपाइको चित्त बेल्जियममा होइन येतै कतै सानेपा तिरै दुखेको त् होइन ? यो खराब छ र उ चैं राम्रो छ तेसैले उ चैं खानुस भन्नु चैं तपाइंले भने जस्तो Mission पत्रकारिता भित्र पर्छ होला मित्र / उ त आफैले खोज्नु पर्छ ब्रो / तेसै पनि वाई वाई लाइ बिर्साउने बच्चाहरुले मन पराउने हजारौं किसिमका स्वस्थ खानेकुरा पाइन्छन युरोपमा / युरोपमा बस्ने मान्छेले नेपाली उत्पादनको नाममा अस्वस्थ वाई वाई खुवाएर ति बच्चाको स्वस्थ माथि कस्तो खेलबाड गर्न खोज्नु भएको ?

      “वाई वाई न खुवाउँ, बच्चा जोगाउँ” भन्न सक्नु हुन्न ?

      Reply
    3. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
      October 2, 2013 at 2:16 am

      होइन अभि बाबु, के हो एस्तो? कुरा बुझ्नु न सुझ्नु प्वाक्क बोल्ने? चौधरी सेठ ले पैसा पठाउछ कि क्या हो तिम्लाई बेल्जियम मा? सालोक्य ब्रो ले चौधरी ग्रुप ले अनुमति बिना गुणस्तर को लोगो युज गर्यो भनेको हो नि. सत्य बोल्नु धर्म हो.

      तिम्रो भुरा भुरी ले चाउ चाउ खाउन कि मकैको लिटो, हाम्लाई केको तन तन?

      Reply
    4. bibek dhakal says:
      October 2, 2013 at 8:45 am

      हो, त्यो वाई वाई संगै यस्तै मगज बोकेकाहरु सब बेल्जियम, फ्रान्स वा अन्ततिर एक्सपोर्ट भैदिए त भोली याहाँ भाका नेपालीहरु पनि “बुद्दिमान”मा दारिन्थे कि ?

      Reply
    5. Abhi, Belgium says:
      October 2, 2013 at 1:00 pm

      को रेफुजी हो, को रेफुजी ले पठायको रेमिटान्स मा मोज गर्ने हो त्यो त बिस्तारै छुट्यउला; त्यो खासै ठुलो कुरो भयान किनकी संसार भरि को दरिद्र देश मा जन्मेको हाम्रो दिमाग पनि दरिद्र हुनु खासै ठुलो कुरो भयन नत्र अर्कालाई झ्याप्प रेफुजी नै नभन्नु पर्ने ; आफु रेफुजी भयको भय त रिस उठ्यो होला , अहिले सम्म रेफुजी भाको छैन भय फेरी लेख्न पर्ला ;

      मात्र मेरो कन्सर्न के मा थियो भने नेपाल को कुन चाही कुरा गुणस्तर को छ त , वाइवाइ चाउचाउ , नेबिको बिस्कुट , रिअल जुस , न्यु रोड को गुदपाक, काभ्रे को बिसादी हालेको काक्रो , लालबन्दी को होर्मोन हालेको टमाटर , चितवन को एन्टी बायोटिक हालेको ब्रोइलेर, इंडिया बाट ल्याएको थाकेको बुदो भैसी ……………………………………………..

      तेस मध्ये वाइवाइ सारै खराब छाही नलागेको मात्र हो , चौबिस घण्टा वाइवाइ खायर कोहि बस्दैन , ताजा र पोस्तिक खाने कुरा के के छन् त्यो पनि थाहा छ ; त्यो पनि खैन्छा अहिले लै येति परेमा फेरी रेडी ;

      Reply
      1. kedar says:
        October 2, 2013 at 10:19 pm

        बेल्जियम मै बस्ने तर रेफुजी चैं होइन भन्नु र “बच्चाको लागि एक मात्र पौष्टिक आहार वाई वाई” भन्नु उस्तै उस्तै भै हालो नि मित्र /

        Reply
      2. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
        October 3, 2013 at 1:11 am

        अम्मामा, अभि बाबु, धेरै चित्त दुङ्खाउन पर्दैन क्या. म पनि झन्डै झन्डै रेफ्युजी नै भइ सक्या थिए. धादिंगमा चन्दा दिएनम भनेर याइस्याल ले झन्डै सखाप पार्या मलाई र तपाईं को दाजु लाइ. अनि नेपाल बाट भाग्या नि. रेफ्युजी भा भए म रेफ्युजी हुम भनेर छाती ठोकेर सप्पै लाइ भन्थें, बुझ्नु भा हो?

        अब रह्यो गुणस्तर को कुरो. सालोक्य ब्रो ले वाई वाई को गुणस्तर राम्रो छ छैन भन्या हो र? उहाँ ले त चौधरी ग्रुप ले गैर कानुनी काम गर्यो, अनुमति नभई गुणस्तरको चिन्ह प्रयोग गर्यो भन्या पो त. चौधरी सेठ ले जनताको आँखा म छारो हाल्ने तेस्तो काम त गर्न भएननी. कुरा बुझ्नु पर्च क्या.

        बरु मलाई एउटा कुरो खुसुक्क भन्दिनु न. विदेश लाने नेपाल को चिनो के वाई वाई नै हो त भन्या? बेल्जियम मा रामेन नुडल पाइन्न क्या?

        Reply
  16. Pushpendra says:
    October 1, 2013 at 7:16 pm

    अभागी खप्पर जता गए पनि ठक्करै ठक्कर , सोझा नेपालीलाई ठगेरै waiwai धनि भको

    Reply
  17. Nab says:
    October 1, 2013 at 6:57 pm

    चोर फटाह,ठगी नभइकन त्यतीकै खरबपती कहा भइन्छ त नी ।

    Reply
    1. Deepen says:
      October 2, 2013 at 4:53 am

      मेहेनत ले पनि खरबपति हुन्छन साथी | मैले चौधरीको बचाऊ गर्न खोजेको होइन | तर तपाइको भनाइको अर्थ सबै खरबपति चोर, फटाहा हुन्छन भन्न गयो | मेहेनेती को कदर गर्नुस साथी अनि हजुर पनि अरबपति हुन सक्नु हुन्छ |

      Reply
      1. पारंगत राई says:
        October 2, 2013 at 3:18 pm

        मेहनतले पनि खर्बपति त हुन्छन्, तर नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा आफ्नो जीवनकालमै कुनै प्रश्नवाचक काम नगरी खर्बपति बन्न निकै कठिन छ।

        Reply
  18. पारंगत राई says:
    October 1, 2013 at 6:57 pm

    चौधरीको विरुद्ध नेपाली मिडीयाको कलम बन्द। घोर वैश्य युग।

    Reply
  19. ashok says:
    October 1, 2013 at 5:21 pm

    हामी नेपालीहरु बिरोध गर्न मात्र जान्दछौ, तर समस्याको समाधान गर्ने कार्यमा हामीले कहिल्यै पनि ध्यान दिन्नौ ! यसको फाइदा- चौधरीजस्ता देशका गत्धारहरुले मजाले फाइदा लुटिरहेका छन् ! हाम्रा नेताहरु नै काम लगेनन ! धिक्कार छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme