असार ९ गतेको अङ्कमा काठमाडौँबाट छापिने ‘सेयर बजार’ साप्ताहिकले ‘निर्वाण चौधरी यौनकान्डमा’ शीर्षकमा एउटा समाचार मुखपृष्ठमा छाप्यो। लौ न त्यो न्युज पढ्नै पाइएन, फेसबुकमा सेयर गर न भनेर एक जना साथीले त्यसका सम्पादक दिनेश आचार्यलाई भने। ल त नि भनी उनले समाचार फेसबुकमा सेयर गरिदिए।
फेसबुकमा राखिएको यही समाचारले विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै ५५ करोड क्षतिपूर्ति दावी गर्दै फोर्ब्सले डलर अर्बपति घोषणा गरेका विनोद चौधरीका छोरा निर्वाणले प्रहरीमा उजुरी गरे। फेसबुकमा त्यो समाचारलाई लाइक र सेयर गरी कमेन्ट लेख्नेविरुद्ध पनि उनले उजुरी गरेका थिए। तर पछि लाइक गर्नेविरुद्धको उजुरी फिर्ता लिइयो। प्रहरीले दिनेशलाई सोमबार पक्राउ गरी हनुमानढोका पुर्याएर हत्कडीसहित अपराह्न ३ बजेपछि काठमाडौँ जिल्ला अदालतमा पेश गर्यो, तर समय नभ्याएकोले मंगलबार बिहान थुनछेकको बहस हुने भएको छ।
दोहोरो मापदण्ड
कुनै पनि समाचारविरुद्ध कुनै उजुरी भए सबैभन्दा पहिला प्रेस काउन्सिलमा उजुरी गर्नुपर्छ। काउन्सिल अर्ध न्यायिक संस्था हो। त्यहाँको निर्णयबाट चित्त नबुझे अदालत जान पाइन्छ। मानहानी र गालीबेइज्जतीको मुद्दा लगाउन पाइन्छ।
तर विगत केही वर्षदेखि अचानक एउटा मनचिन्ते व्याख्या गर्न मिल्ने ऐनको दफा समातेर तर्साउने काम भइरहेको छ। इकमर्सलाई व्यवस्थित बनाउने मुख्य उद्देश्य रहेको विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यममा जे गरे पनि एक लाख जरिवाना र पाँच वर्ष कैदको कठोर सजायको व्यवस्था गरेको छ।
यो दफाको यतिसम्म दुरुपयोग भएको छ कि कुनै अनलाइनले केही गरेमा पनि त्यही, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालबाट केही गरेका पनि त्यही, मोबाइल एसएमएसबाट अपराध भएमा पनि त्यही। हुँदाहुँदा सर्वोच्च अदालतमा एक वकीलसँग टेप रेकर्डर भेटियो भनेर कारबाही गर्न अरु केही कानुन नपाएपछि इलेक्ट्रोनिक सामान हो भन्दै यही विद्युतीय कारोबार ऐन लगाइएको प्रेस काउन्सिलको आयोजनामा भएको एउटा कार्यक्रममा एक सहभागीले बताएका थिए।
यो ऐन अन्तर्गतका मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने भएकोले देशभरका मुद्दा यतै ल्याउनु पर्छ। अनि अहिलेसम्म कुनै पनि मुद्दा सर्वोच्चमा पुगेर अन्तिम टुङ्गो लागिसकेको छैन त्यही भएर जे व्याख्या गरे पनि हुने भएको छ।
यस्तै खालको राजेश अहिराजविरुद्धको अर्को मुद्दामा मधेशवाणी पत्रिकामा छापिसकेको सामाग्री अनलाइनमा राखेकोले कारबाही हुन नपर्ने भनी प्रहरीले फर्काएको थियो। त्यस्तै साझाखबर डट कमको समाचारविरुद्धको उजुरीमा प्रहरीले यो प्रेस काउन्सिलको क्षेत्राधिकार भएको भन्दै उतै पठाएको थियो।
अदालत परिसरमा भेटिएका दिनेश आचार्यले आफूले पत्रिकामा त्यो समाचार हाम्राकुरा अनलाइनबाट साभार गरेको प्रष्टसँग उल्लेख गरेको बताए। अलि अनौठो देखियो त्यसोभए एउटा अनलाइनले छापेको समाचार पत्रिकामा छाप्दासम्म केही भएन। फेसबुकमा सेयर भएपछि मुद्दा पर्यो। सरकार वादी हुने यो मुद्दा अब मन्त्रिपरिषद्ले निर्णय गरी फिर्ता नलिएसम्म यत्तिकै फिर्ता हुने छैन।
पत्रिकामा छापिएको समाचारमा सीधै त्यसरी थुनाउन नमिल्ने भएकोले त्यही गज्जबको हतियार विद्युतीय कारोबार ऐनले डाम्न पाउने फेसबुक सेयरलाई आधार बनाइएको हो। फेसबुकमा नेताविरुद्ध अभद्र टिप्पणी गरेको स्टायटस सेयर गर्नेविरुद्ध पनि मुद्दा जारी छ।
यो दफाले पत्रिकामा त्यही समाचार छापिँदा एउटा सजाय तर फेसबुकमा त्यसैलाई सेयर गर्दा भने अर्को सजाय हुने देखिन्छ।
कसले घुसायो यस्तो प्रावधान ऐनमा ?
विद्युतीय कारोबार ऐनको दफा ४७ ले ५ वर्षसम्मको जेल र एक लाखसम्म जरिवानासहितको कठोर सजायको व्यवस्था गरेको छ। ठूलो फौजदारी (Criminal) अपराधका रुपमा यसलाई लिइएको छ।
तपाईँलाई अचम्म लाग्ला, ज्ञानेन्द्रको शासनकालमा यो सम्बन्धी विधेयक मस्यौदा हुँदा यति कडा प्रावधान थिएन। हेर्नुस् त्यतिबेलाको व्यवस्था-
विद्युतीय कारोबार सम्बन्धमा ऐन बनाउन सरकारले एउटा आयोग गठन गरेको थियो। त्यो आयोगले सरकारसमक्ष २०६० सालमा पेश गरेको मस्यौदामा माथिको व्यवस्था थियो। मस्यौदामा व्याख्या सरल थियो- कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्री राख्न र देखाउन नहुने। अनि सजाय पनि दश हजार जरिवाना र एक महिना कैद मात्रै थियो। यो मस्यौदा ज्ञानेन्द्रले सन् २००४ को सेप्टेम्बर १५ मा अध्यादेश जारी गरेपछि कानुन बनेको थियो।
ज्ञानेन्द्रको प्रत्यक्ष शासन काल लादियो, जनआन्दोलन भयो र जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनर्स्थापना भयो। त्यही पुनर्स्थापित संसदले संशोधनसहित यो विधेयकलाई पास गरी ऐन बनाउँदा त्यो दफा यस्तो भएर आयो-
मस्यौदाको सरल व्याख्यामा संविधानको प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रताकै मुनि राखिने प्रतिबन्धात्मक वाक्यांशको शैलिमा यहाँ पनि सारा घुसाइएछ। अनि सजाय पनि निकै बढाइएछ। खासमा यो दफा एउटा अलग्गै ऐन हैन। यसले अरु कानुनको सहारामात्रै लिनुपर्ने हो। तर यहाँ दफालाई नै अलग्गै ऐन सरह बनाइएको छ र त्यही शैलिमा यसको उपयोग गरिँदैछ। साइबर कानुन भन्दै यही दफा समात्दै भकाभक जाकिँदैछ। यसले समानताको अधिकार हनन् गर्छ। अर्थात् कसैले कम्प्युटर वा इन्टरनेटबाट कानुनले गर्न नहुने भनी काम गरे त्यसको अर्कै सजाय र पत्रिका, लेखेर, बोलेर वा कम्प्युटर वा इन्टरनेट बिना गरे अर्कै सजाय।
के भन्छन् निर्वाण ?
कान्तिपुर प्रकाशनको साप्ताहिकमा केही महिना अघि प्रकाशित चौधरी ग्रुपका निर्वाण चौधरीसितको कुराकानी यस्तो थियो-
तपाईंको चरित्रका विषयमा सोसल मिडियामा जुन प्रकारको समाचार आयो, यथार्थ के हो ?
कुनै तथ्य आधारमा नभई गलत नियतले मेरो क्यारेक्टरलाई डाउन गर्न एउटा पत्रिकाले समाचार लेखेर त्यसलाई फेसबुकमा पोष्ट गरिदियो। शतप्रतिशत गलत समाचार लेखेर फेसबुकमा राखिदिँदा म तनावमा आएँ। यदि मेरा बारेमा समाचार लेखिन्थ्यो भने मसँग एकपटक सोधिन्थ्यो होला। उक्त समाचारमा कुनै सत्यता छैन। यो नियोजित ढंगले मविरुद्ध लाग्नेहरूको काम हो।केही न केही त सत्यता छ कि ?
एउटै पनि तथ्य कुरा थिएन। बिना आधार, बिना प्रमाण अफिसमै बसेर ‘कुप’ गरिएको न्युज थियो त्यो। कसैलाई व्यक्तिगत रूपमै सिध्याउने नियतले काम गर्नेहरूविरुद्ध कारबाही गर्नुपर्छ भनेर मैले उजुरी गरेको हो। यस्ता कुरालाई खासै महत्व दिनु हुँदैन भन्ने बुझ्दा-बुझ्दै पनि फटाहालाई किन छोड्ने भन्ने मात्र हो।सेलिब्रेटी भएपछि यस्ता टिका-टिप्पणी हुनु स्वाभाविक होइन र ?
म उद्योग व्यवसायमा व्यस्त भएको मानिस, कामलाई बढी महत्व दिँदै आएको छु। चौधरी ग्रुपको प्रबन्ध निर्देशकका रूपमा मेरो आफ्नै किसिमको रेपुटेसन र क्रेडिबिलिटी छ। कसैले मेरो इज्जत प्रतिष्ठालाई गिराउन खोज्ने काम गर्छु भने किन चुप लागेर बस्नु ? यो त इथिक्सको कुरा होइन होला नि ? मेरा बारेमा लेख्नै नपाइने होइन तर कोठाभित्र बसेर मनगडन्ते समाचार लेख्ने र फेसबुकमा अपलोड गर्ने घटनाले म दुखी भएँ। सोसल मिडिया अहिलेको सबैभन्दा ससक्त माध्यम हो त्यसकारण पनि मलाई अफ्ठयारो परेको हो।तपाईंको सम्बन्धी पोस्ट लाइक वा सेयर गर्नेहरूलाई पनि मुद्दा हाल्नुभयो रे ?
मैले एउटा व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी हालेको हो। अरू कसैलाई उजुरी गरेको छैन्, मैले दिएको उजुरी हेर्न सक्नुहुन्छ। जसले मेराविरुद्ध त्यस्तो काम गर्यो उसको यथार्थ छर्लंग पार्ने प्रयास यो हो। अहिले उ भूमिगत छ। प्रहरी प्रशासनले उसलाई खोजिरहेको छ। (पूरा पढ्न क्लिक गर्नुस्)के भन्छन् दिनेश?
कहिले कहाँबाट पक्राउ गरियो ?
केही घण्टा अगाडि। अफिसबाटै पक्रेर हनुमानढोका लगे अनि यहाँ (काठमाडौँ जिल्ला अदालत) ल्याएका हुन्।के कारणले ल्याएका?
निर्वाण चौधरीसम्बन्धी एउटा न्युज मैले आफ्नो पत्रिका सेयर बजार साप्ताहिकमा छापेको थिएँ। त्यो समाचार हाम्राकुरा डट कम अनलाइनबाट साभार गरेको थिएँ। साभार भनेर मैले त्यो समाचारमा उल्लेख गरेको थिएँ। एक जना साथीले त्यो न्युज हेर्नै पाइएन हाल न भनेकोले उसैका लागि फेसबुकमा राखिदिएको थिएँ। त्यसैमा म र ऊविरुद्ध उजुरी परेको थियो।
हिजोको अङ्कमा सतुङ्गलको एलजी फ्याक्ट्रीमा नबिकेको उत्पादन जलाएर आफ्नै बीमा कम्पनीबाट बीमा रकम भुक्तान लिएको बारे समाचार छापेको थिएँ। त्यसैको रिस पनि हुनसक्छ।तपाईँलाई त फरार भनिएको रहेछ नि।
कसरी फरार हुनु। म कार्यालयमै काम गरिरहेको थिएँ, नियमित पत्रिका निस्किरहेको थियो। अदालतमा मुद्दा दर्ता भएको बारे मलाई कुनै जानकारी नै थिएन। बरु चौधरी ग्रुपका म्यानेजरले त्यो समाचार हाम्रै मान्छेबाट चुहिएको हो, तपाईँ त्यो स्रोतको नाममात्रै बताइदिनुस्, हामी केही गर्दैनौँ भन्न आएका थिए अफिसमै। एउटा साप्ताहिक पत्रिकाका सम्पादक पनि साक्षी हुनुहुन्छ त्यसको।काठमाडौँ जिल्ला अदालत परिसरमा माइसंसारसँग कुरा गर्दै
यो बिधुतिय कानुन येस्तै फटाहरुको कर्तुत ढाक्न कै लागि जस्तो छ , दैनिक बिस घण्टा सम्म लोडसेडिंग हुने देश मा के को बिधुतिय कानुन / पहिले बिधुत दे अनि लगा बिधुतिय कानुन पाजी नेता हरु …
केशलाई हेर्दा “सिधा नजर” लगाउन जरुरि छ| unbiased हुन जरुरि हुन्छ| उनको कारोबारको कुरो र उनको बाबुको उद्ध्योग ईत्यादी बीचमा लाउन हुन्न| कुरो:
१) निर्वाण चौधरीको व्यक्तिगत जीवनका कुराहरुको बेलिबिस्तार गरि एउटाले लेख्यो अनि पत्रिकामा छाप्यो
२) त्यो लेखलाई सामाजिक संजालमा छरिदियो
३) यसको बिरोधमा निर्वाण चौधरीले मानहानिको मुद्दा हाल्यो, ५५ करोडको
कुरा यति नै हो| यसलाई अतिरन्जित गर्दै कोहि आफै निर्णय सुनाउदै हिद्दैछन| पत्रकारहरु मुर्मुरिन्दै हिद्दैछ्न; चौधरी ग्रुपलाई देखिनसक्नेहरु पनि यो केशलाई उछाली रहेका छन्!
भिन्न भिन्नै मुद्दाहरुलाई छुट्टाएर हेरौ| पत्रकारितालाई जिम्मावाल बनाउने मौका यो पनि हो| यो मुद्दाले सारा कभर पाएको छ, यसलाई एक नजिर बसाउन उपयोग गर्नु पर्छ| समाजलाई सकारात्मक दिशा तिर निर्देश गरोस, यो मुद्दाको परिणामले| शुभकामना|
*वाह! हामी त्यसै पछाडी परेका होइनौ नि| सबैले आफ्नो कर्तुतको जिम्मा लिएर जिम्मावाल हुनु सिक्नु पर्दछ|
चौधरी समूहले आफ्नो बिरुद्ध लेख्ने हरुलाई दिएको “धम्कि” हो यो ! तेत्रो ठुलो ५५ करोड को रकम माग गरे पछि अब कसले उनीहरु बिरुद्ध लेख्ने हिम्मत गर्छ ? ५५ हजार वा ५५ लाख हो र साथि हरु ? तेत्रो विश्व मै अरबपति कहलिएका मान्छे को छोरा को “इज्जत” नै जाने समाचार लेख्ने संग के ५५ करोड मात्र माग्या होला ? उनको इज्जत को मूल्य त “५५ अरब” हुनु पर्ने हैन र “अरबपति” को इज्जतको मूल्य “करोड” मा मात्र, भूलसुधार गर्नु पर्ने देखे मैले त !!! अब त अरबपति मात्र हो र “हुनेवाला” सांसद पनि !!!!!! “आकाशमा थुके अनुहार मा खस्छ है” !!!!!!
देउवा सरकारले तोकेको हाम्रा नेताहरु सबैको टाउकोको मोल भन्दा महँगो परेछ ……..
यौन काण्ड को केशमा निर्वान लाइ पो समातेर छानीबिन गर्नु पर्नेमा बिचार बबुरो पत्रकारलाई समातेर केको नाटक गरेको हो यो खिले सरकारले ..” .गांठ के आगे भुत भागे भनेको यहि होला “..power of money .
कुनै पनि बिषय सग सम्बन्धित (अलि प्रस्ट सग किटानी नगरिएका ) कानुन को दुरुपयोग गरि जनताका लागि लोकप्रिय समाजसेवी ब्यक्ति हरुलाई बल र धन प्रयोग गरि निज को सामाजिक समान को ख्याल नगरी उसलाई बल पुर्बक , ‘कानुनि कठघार ‘ मा उभ्याई उल्टो अर्ब पति हुन् खोज्ने ‘निमार्ण चौधरी (बिनोद चौधरी का छोरा )’ को तिन पुस्ते देखि को सम्पूर्ण कार्य – व्यभहार को हिसाब किताब उतार्ने हो र उनीहरुले कति बितीय सस्था लाई डुबाएका छन् ? उनीहरुको उत्पादन मा कति मिसावट गरेर देशका करोडौ जनताको स्व्स्थमा कति हानि पुर्याएको छ ? आदि कुरा हरुको खोज खबर गर्ने हो भने, निमार्ण चौधरीले करिब अर्बौ रुपया भन्दा भादी क्षति पूर्ति त् देशलाई तिनु पर्छ यसको लागि देश को कानुन र सम्बन्धित निकायहरु काहा गए ?
उल्टै एउटा निर्दोष पत्रकार जसले कसैको बनावटी कुरा त् जनमानसमा पकै आएन होला …सत्यतामा आधारित सुचना जनता सामु ल्याउनु नै कुनै पनि पत्रकारको गुण / नीति / लक्ष्य / कर्तब्य हो / पेसा हो ; यदी झुट्टो सुचना ल्याएमा कारबाही हुनुपर्छ भने यदी सत्य सुचना ल्याएमा सम्मान हुनुपर्छ
हिन्दु वैदिक शास्त्र अनुसार पनि “नारद मुनि” देवता र राक्षस दुबैका सम्बाददाता (पत्रकार ) हुन् उनले देवताको कुनै पनि गोप्य सुचना राक्षस कहा पुर्याई दिन्थे भने राक्षस हरुको कुनैपनि गोप्य सुचना देवता हरु का पुर्याई दिन्थे तर हामी मानिस भएर बुझ्नु पर्ने कुरा के भने ‘नारद मुनिलाई ‘ कारबाही को सट्टा ; देवताहरु होउन अर्थात राक्षस हरु , दुवै तर्फ बाट बडो सम्मान र इज्जत हुन्थ्यो …यसको मतलब पनि आधुनिक समयमा सरकार होस् ; कुनैपनि राज नितिक दल होस् ; ब्यापारी ; उद्योगपति ; जनमानस जो भएपनि हामि सबैले सत्य तथ्य सुचना प्रभाह गर्ने जो कोहि पनि पत्रकारको समान गर्नु पर्छ पत्रकार त् जनता लाई सुचना दिने जनताको सबक हो उसको ईजज्त हुनुपर्छ
यदी सभ्य मानबिय गुण भएमा , निर्माण चौधरी, ले मुद्दा फिर्ता लीइएर देनेश आचार्य लाइ स्वोतन्त्र गरिदिनु नै उत्तम मार्ग हो
कानुनमै नभएको ५५ करोड क्षतिपुर्तिको मागले,दुख नगरी बिनासित्ति नेपालीको पैसा हजम गर्न पल्केका निर्बाण चौधरीहरुको सक्कलीरुप उजागर भएको छ।
यथार्थ कुरै गर्ने हो भने कानुन मिच्ने पत्रकार मात्रै नभएर निर्बाण चौधरी आफै पनि हुन।एकलाख जरिवाना भएको कानुनलाई उनले कसरी ५५ करोडसम्म पुर्याएर अदालत गए?यसरी हावादारी र आफूखुशी मनगढन्तेरुपमा अरुलाई मुद्दा दिदा कानुन अवमुल्यन भएको ठहरिदैन र?त्यसैको आधारमा निर्बाण चौधरी उसैलाई मुद्दा ठोकी दिनु पर्छ।
अति भो, सारै अन्याय गर्नु हुदैन है….
His dad became a billionaire simply because the family had “bhagyodaya Chittha” after royal palace massacre.
“bhagyodaya Chittha” after royal palace massacre. can u elaborate this?? i wonder how is royal massacre related wid Chaudhary Group??
तपाई लै कसैले १ करोड दियो , ब्यापार {business गर्न अथवा अरु केहि को लागि. अनि त्यो मान्छे को परिवार नै सखाप भो. अनि परेन त तपाई लै चिट्ठा ???
कुन दिनदेखि यो देशमा बोल्न पनि पाइदैन कुरा बुझे हुन्छ यहाँ यस्तै हुन्छ
वा ..वा.. वा .. मतबल अब बाट नेता र धनिहरुलाइ केहि भन्नै भएन गरिबहरुले …. ठुली गरे बा ठुली गरे !!! ऎन र कानून जति नेता र धनीहरुले भाच्ने … ढाध चाहि गरिब र निमुखाका भाच्ने !!! ओइ शेरे जवाफ दे यसको >>>>>
देशको लागि VAT मारा र कर्मचारीको भात मारा यो राजस्थानी साहुको अति भयो. अब झन् झन् यसको बेबसैक र सामाजिक पोल खोल्दै जान्छन.
चौधरी जस्ता १००० जना ले कार तिर्ने हो भने नेपाली अर्थतन्त्र त्यसै राम्रो हुन्थ्यो . माइ संसार लाइ चै यो चौधरी ग्रुप ले मुद्दा हाल्ने आट गर्न सक्दैन जस्तो छ . होइन भने यिनको पोल त बढी एती खोलिएको छ त
छेतिपुर्ती पनि कति धेरै हो फेरी कुन आधार मा तोकेको ५५ करोड भनेर खोइ के हो KE मा त केहि बुझ्दिन|
बिमा दावीको ६० करोड + पत्रकारबाट ५५ करोड + भ्याट छलीबाट (???) करोड. यिनले आफ्नो बाउ लाई चाडै फोर्ब्सको सुचीको १ नम्बरमै पार्छन कि क्या हो गाठे !!!
यो केस को technicality के हो थाहा छैन. नेपालको कानून पनि दैबले नै जानुन तर विदेश तिर निवेदकले police र press council मा नगई सिधै अदालत मा मुद्दा हाल्न चाहेमा त्यो उसको अधिकार भित्र पर्छ भन्छन. यो केसमा नेपाली कानून को व्यवस्था छलेर वा बन्गायेरा क्षेतिपूर्ति पाउ र आरोपीलाई सजाय पाउ भनेर police मा रिपोर्ट गरिनु चाही अलि अनौठो लाग्यो. ठुलो रकम (५५ करोड) क्षेतिपूर्ति माग्नु मलाइ चाही अनौठो लागेन किनकि अरु देशमा ठुलो रकम क्षेतिपूर्ति माग्नु र कैयौ केसमा पाउनु पनि सामान्य हो | नेपाल मा यस्ता केस हरु नभएको र भएको मा पनि अदालात ले ४००/५०० रुपिया जरिवाना गर्ने भएकोले हामीलाई अनौठो लागेको हो |
यो केस लाइ नितान्त side मा राखेर हेर्दा विदेश तिर libel/defamation केस हरुमा अदालत हरुले अपत्यारिलो रुपमा ठुलो सजाय र क्षेतिपूर्ति का फैसला गरेका नजिर छन्. नेपाल मा पनि defemation केस हरु पर्नु, तिनमा छलफल हुनु, जहाँ गल्ति भेटिन्छ तेहा अदालतले कडा सजाय र क्षेतिपूर्ति को फैसलाहरु हुनु जरुरि छ | तेस्ले कमसेकम पत्रकार र अरुलाई पनि के लेखन र छाप्न हुने, के लेखन र छाप्न नहुने, के चाही maas मा share गर्ने हुने र के नहुने भन्ने मा बढी जिम्मेबार बनाउने छ र तेस्ता कुरा लेख्नु/छाप्नु/share गर्नु भन्दा पहिला १० पटक सोच्न, सूचना verify गर्न र तेस्ले समाजमा पर्ने सकारात्मक र नकारात्मक असरको लेखाजोखा गर्न बाध्य बनाउनेछ | तेस्को सम्पूर्ण फाइदा पत्रकारिता, समाज र देश लाइ नै हुनेछ |
जहाँ सम्म अरु पत्रिका/online बाट साभार गरेर facebook वा twitter मा पोस्ट गर्दा स्रोत लाइ समाउनु नि मलाई किन समाउने भन्न पाइन्न. विदेश तिर “मैले सुरु गरेको होइन” भनेर कानून ले छुट दिदैन. कसैले defamatory समाचार लेख्यो, र मैले facebook मा पोस्ट गरें भने अदालत ले मलाइ छुट दिदैन | google गरे यस्ता सयौ केस भेटिन्छन | भलै तेस्ता केसमा अदालत ले मैले पोस्ट गरेको information को सत्यता, मेरो intent, मेरा साथी को संख्या, मेरो कारण ले अर्को पक्षलाई हुने क्षेती लगायत अरु धेरै पक्ष मा अनुसन्धान गरेर मात्र फैसला गर्छ |
मान्छेहरु अरुको बद्नाम गर्न किन खोज्छ पोस्ट भनेको राम्रो कुराको लागि हो .
अरुलाई बदनाम गरेर के पाहुन खोजेको हो .
अत्यधिक चिन्ता बढेर आउछ, जब आफ्नो देश को अनुहार पढ्न थाल्छु अहिले को अक्काइसौ सताब्दी मा पनि उस्तैछ मेरो देश को अनुहार, भाइ भाइ नै शत्रु, समाज मा एकले अर्काको प्रगति देख्न नसक्ने अझ भन्नेहो भने यहाँ यौटा ब्यवासाई भएर त बच्नुनै ब्यर्थ छ, अलि उचाई मा पुग्न थाल्यो खुट्टा तानेर लडाउन पत्रकार सम्बाददाता सबै लागि पर्छन आफ्ना न्युज लाइ हट बनाउनको लागि उनीहरुलाई यो जस्तो राम्रो मौका कुनै होइन जस्तो लाग्छ चाहे त्यो संग सम्बन्धित व्यक्ति को जिन्दगीमा असर परोस या नपरोस बाल मतलब, र यो क्रम दिनानु दिन बढ्दै छ, धन्यवाद छ निर्माण लाइ जसले अन्यायको विरुद्ध आवाज उठाउनु भयो र सजाय दिलाउन सफल हुनुभयो यसले यस्ता कुकार्य गर्ने पत्रकार सम्बाददाता या त्यो जो कोहि नै किन नहोस तेस्ताको मुखमा झापड परेको छ | आशा गरौ अब कसैको बारेको नराम्रो लेख्नु भन्दा अगाडी पक्का सबुत प्रमाण बिना हचुवा को भरमा लेख्ने यिनीहरुको बानिमा सुधार आउला कि ??????????????
सालक्य ब्रो पनि डराएर थुर थुर भएछन, यो साइटमा फोटो राख्न डराइरा छन ।
यस्तो संबेदनशील समाचार त कान्तिपुर जस्तो बहुचर्चित पत्रिका ले छाप्नुपर्ने हो l नाम नै नसुनेको पत्रिकाले छापेको समाचारको authenticity के होला र?यो त पक्कै पनि पत्रकार र news portal कै बदमासी हो l
अर्काको पेर्सोनल जिन्दगि को बारेमा जे पाए तेइ लेख्ने यस्ता लै त धेरै पहिलेनै सजाय दिलाउन पर्ने थियो तर केहि छैन सुरुवात निर्माण चौधरी ले गर्यो जे भयो ढिलो भयो तर राम्रै भयो |
अर्काको व्यक्तिगत जीवनमा हस्तछेप गर्ने अधिकार यो पत्रकारलाई कसले दियो l कि पत्रकारिता को परिचय नै यहि हो l जे भयो सहि भयो, यो यस्ता अरु पत्रकारहरुलाई सिक्षा हुनेछ l
उनको मुद्धा आर्चाय जी प्रति मात्र लक्षित छैन । यो आम पत्रकारलाई सेल्फ सेन्सरसिप लगाउने योजनाले लगाईएको नियोजित सडयन्त्र हो । मुलुकका सवै पत्रकार उठन परयो । किन मौन छ महासँघ ?
अर्बौंपति हुने Idea त बल्ल बुझियो | ५५ करोड मा ५ करोड ले बिबिध खर्चहरु पुगीहल्ला | ५० करोड सोझै नाफा मा | ए साच्ची वाईवाई को १० करोड जनता ले जम्मा गर्न दिएको भ्याट झ्याम पर्ने पनि इनि होइनन ? अहिले फेरी खराब तेल मा चाउ चाउ भुटीराछन् रे | ठुलो मान्छे करोड भन्दा कम का हिसाब त क्या गर्नु | बिचार पत्रकार ५५ करोड को सपना त देखेको छैन होला .. कसरि तिर्नु |
हैन क्षतिपूर्ति ५५ करोड नै भनेर कसरी हिसाब लगयेछ यी ब्यापारी महोदय ले ? उनि हरु पो त अरबपति एउटा साधारण नेपाली (त्यो पनि पत्रकार ) ले कहाँ बाट तिर्नु तेत्रो पैसो !
चौदरी ग्रुप ले नक्कली Vat Bill बनाएर करोडौ छल्ल्दा चै कारबाई नहुने अनि निर्वाण चौधरीको यौनकान्ड को समाचार छाप्दा चै कारबाई हुने, हाबा नचली त पात हल्लिदैन नि l सायद चौदरी ग्रुप ले आफ्नो घाटा यो मुद्दा बाट उठाउन लागेको जस्तो छ l नत्र भने यति जाबो कुरा मा ५५ करोड को छेतिपुर्ती हुन्छ त ?
हावा नचली पनि पात हल्लिन्छ कहिलेकाही, फू गरेर जबर्दस्ती पनि हल्लाउन सकिन्छ. just saying 😉 and not defending this spoilt rich brat है !
सेलीब्राटी भए पछि, एस्तो समाचार आउनु त खासै ठुलो कुरा भएन, हावा नचली त पात आवस्य हल्लिन्दैन,
निर्वाण चौधरी ले यो समाचार ले भन्दा सतुङ्गल वाला समाचार ले यो कदम चाले जस्तो लग्यो मलाई त ….
त्यो समाचार हेर्न सकिन्छ mysansar मा???
पत्रकार को खोल ओढेर अर्को राजा हुनू कोहि खोज्छ र कानुन भन्दा माथि हुने चेस्टा गर्छ भने तेस्को हरेक बिरोध र कारबाही गर्न पछि पर्न हुदैन | माथिको बिसाए कुनै रिस या दोयेस फेर्नको लागि थियो भने तेस्को सत्य तथ्य छानबिन हुनू पर्छ | निर्दोष बेक्ती लै अनाबसेक दुख दिनु पनि हुदैन भन्ने कुरामा पनि ध्यान जावुस |
“पहिला भ्याट छली को केस अघि बढाउँ अनि मानहानीको कुरा गरौंला !”
गुणस्तरहीन सामग्री बेचेर र जनताको रगत पसिना चुसेर गन्हाएकाहरु बडा इज्जतको कुरा गर्न थाले बा…..
निर्बाण चौधरीलाइ आफ्नो बाउ-हजुरबाउले ट्याक्स छलेर कमाएको सम्पति मा धेरै घमण्ड छ जस्तो छ ! झन् यसपाली त् अरबपति बाउ कम्युनिस्ट पार्टी बाट सभासद मा उठ्दैछन् क्यारे, भुइँमा खुट्टा छैन ! सबै करोडपति-अरबपति हरु कम्युनिस्ट पार्टी मा जादै छन्, तिनीहरुले गरिबमुखी कानुन बनाउलान भनेर कसरि विश्वास गर्नु ?
पक्राउ काण्डमा खर्वपतिजिको “द्व्य” उपज जस्तो देखिन्छ । यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तर्साउने नियतले आए जस्तो लाग्छ आचार्यजी लक्षित भन्दा पनि । खवर छाप्ने पत्रिका बिरुद्ध लक्षित नगरी सामाजिक सञ्जालमा प्रेशित समाचारमा जोड दिनु भनेकै दुरासाय युक्त देखिन्छ । माग पनि ५५ करोडको विगो ? चौधरीजिले कसरी खर्वौँ कमाए भन्ने तिर पनि सोच्नु पर्ने बेला भए जस्तो छ । जावो फेसबुकमा न्युज अपलोड गरेको बिगो त ५५ करोड हो भने वाइवाइ डढेको वा कुहिएको तेलमा पकाउँछन् भन्यो भने त ५५ खर्व नै माग्दा हुन् कि कुन्नी ?
केहि लेखौं कि भनेको.. फेरि अर्को मुद्धा खेप्नु पर्ने होकि भन्ने डरले लेख्ने आँट नै आएन !
कस्तो कस्तो कानून सक्रिय भएछ गाँठे नेपालमा !!
साथी बरू नलेख … डरपोक को यहाँ केइ काम छैन .
Hello Hello,
Nirman ji lae pheri kae garnu bhyo…
I think Writer is right because we know his character apart from his Entrepreneur one.
Kura kae ho…..!!! Kulastoo honu paryo ho
गल्ति कसैको पनि हुन सक्छ, हामी अहिलेइ निस्कर्ष मा नपुगौ. हुदै नभाको कुरा उठाएर कसैको इज्जत उचाल्ने काम प्रेस बाट पैला नभाको हैन. एउटी नायिका को चरित्र माथि प्रस्न उठाउदा उनले आत्मा हत्या गरेको समाचार अस्ति भर्खर को जस्तो लाग्छ. hamrokura.com रे? कुन चै website हो यो? येस्ता onlinekhabar, hamrokhabar के के जाति अर्थ न बिर्त्था का website धेरै छन्. येस्ता बकम्फुसे लाइ source मानेर समाचार लेखेर पनि हुन्छ?
तर अब निर्वाण चौधरी को पनि गल्ति हुन सक्छ. म वहा को बारेमा चै केहि बोल्दिन. आफु पनि जेल परियो भने टेन्सन.
पहिले एकजना महाराज, एकजना युवराज हुने गर्दथे। उनीहरूको विरुद्धमा केही पनि लेख्न, बोल्न पाइँदैनथ्यो। तर धेरै महाराजहरु आए, उनीहरूका पदेन युवराजहरु सँगसँगै आए। वैश्य युगमा एकै मुद्दाको दोहोरो मापदण्ड हुनु कुनै अचम्मको कुरै होइन। कसलाई बिश्वास होला र यदि गरीबको छोरोले उजुरी दिएको भए प्रहरीले त्यसरी नै तदारुकता देखाउँथ्यो। अर्बपतिको छोराले कमिलाले नटोकाई प्रहरीलाई सत्य, सेवा, सुरक्षणम्को ज्ञान आकाशवाणीबाट आए होला त?
Nirma Chaudhari is good enterprenuer; but in context of ladies and stuff there are hips of story behind him. Miss using his money and power.!!!!
So I think our Patrakar might be right.
Can you please let us know what was the issue ???
कस्तो हावादारी कानुन, पत्रिकामा प्रकाशित गर्दा अपराध नहुने, इन्टरनेटमा राखेमा चाहिं अपराध | नेपालको कानुन भ्रटाचारिले जानुन |
गलत सूचना प्रेसित गरेर कसैको चरित्रहत्या गर्ने नियत राख्दा यस्तै हो .गल्ति नभए न जरिवाना न जेल !!!!! न बिराउनु न डराउनु !! “मेरो संसार”ले किन व्यर्थमा चिन्ता गर्नु ????
हचुवाको भरमा अर्कालाई गम्भीर तरिकाले बदनाम गर्ने नियेतले छापेको पुस्टि भएमा सक्दो र जाहेज सजाए हुनु पर्छ ! अब benefit of doubt दिन मिल्ने अनि अलि सामान्य gossip प्रकृतिका खबरलाई चै ठुला ठुला सेलेब्रिटी ले आफ्नै पेज मा इस्पस्टिकरण छाप्नु उचित होला , अब कुकुरले टोक्न खोज्यो भनेर कुकुरलाई पनि टोक्न खोजेर कहाँ साध्य हुन्छ !
कस्तो अचम्म! सार्वजनिक रुपमा समाचार माध्यममा प्रकाशित/प्रसारित भएको कुरालाई सामाजिक सन्जालमा सेयर गर्न किन र कसरि नपाउने?
बिश्वका कतिपय ठूला समाचार माध्यमहरुले सामाजिक सन्जालमा सेयर गर्न आफ्ना समाचारहरुमा लिन्क नै राखिदिएको हुन्छ; यो मात्रै कुन बिशेष प्रावधान भित्र पर्ने रहेछ?
चरित्र हत्या हुने समाचार हो भने प्रेस-काउन्सिल मार्फत उजुरी गर्न पर्ने होइन र?
यस्ता कुरामा पानि पत्रकारहरुको सँघ सँस्थाले बोल्दैन भने यस्ता/त्यस्ता सँस्थाको उद्देश्य पनि के बाँकि रहला खै!
Have a read at these articles and you will have some idea about how and why online sharing of news published/broadcast elsewhere can be a libelous action.
http://www.journalismfestival.com/news/notebook-tweets-retweets-and-defamation/
http://www.slate.com/articles/technology/explainer/2012/11/libel_on_twitter_you_can_be_sued_for_libel_for_what_you_write_on_facebook.html
http://www.bbc.co.uk/news/technology-20299551
तपाइले राखेको bbc को लिंकमा मैले त यस्तो पो भेट्टाएँ :
When individuals post material online, they act as publishers and their publications are subject to the same laws as those of professional publishers, such as newspapers.
That’s my point…
माथिको लिन्क कै कुरो गर्ने हो भने त सबै कुरोमा अन्तर्राष्ट्रिय नीति नीयम लागु गर्न सक्नु पर्यो;त्यसको लागि देश भित्र कानून किन बनाउनु पर्यो र?
कसैको चरीत्र हत्या गरेर समाचार छाप्नेलाई पत्रकार महासँघ, प्रेस काउन्सिल लगायतका सबै लागेर नीरुत्साहित गर्ने, कारबाही गर्ने सबै गर्नुपर्छ| तर सामाजिक सन्जालमा सेयर गरेकै आधारमा थुन्न पाईन्न भन्ने मेरो भनाई हो; म त्यसमा अडिग छू|
यसै पनि नेपालमा कालाकोटधारी, भ्रष्टाचारी नेताहरु, उच्च पदमा बसेका ब्यक्तिहरु कसैको पनि कुरा लेक्न नपाइने अद्दृश्य, अघोषित ब्यबस्था छँदैछ| जसलाई आ-आफ्नो पक्षले मानेकै छ| यो कुनै ठूलो कुरै होइन!
के को तिम्रो पोइन्ट भयो ? त्यसो भए पत्रिकामा प्रकाशित हुँदा किन कारबाही भएन ? किन फसबुक मा राख्दा कारबाही ? यो double standard भएन ? तिमीले बुझ न सुझ लिंक राखेको ?