Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?

Posted on September 29, 2013October 15, 2013 by Salokya

शनिबार बिहान उठ्ने बित्तिकै हेर्दा अधिकांशको मोबाइल चलेको थिएन। कतिले ज्ञानेन्द्रको पालामा मोबाइल काटिएको कुरा सम्झिएर केही अप्रिय घटना पो हुन लाग्यो कि भन्ने शंका गरे। बिहान ६ बजे देखि ९:३० सम्म देशभर नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो।

कसरी त्यसो भयो? यो कसैको बदनियत थियो कि लापरवाही? यो पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेशकुमार पुडासैनीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिलाई बदनियत र लापरवाही भएको भए कारबाहीको सिफारिश गर्न पनि निर्देशन छ।

भएको के थियो ?
टेलिकमको सुन्धारा र बबरमहल बीचको एकदमै महत्त्वपूर्ण ट्रान्समिसन लिङ्कको अप्टिकल फाइबर तार चार पाँच वटा काटिएको थियो। कसरी काटियो त ? टेलिकम प्रवक्ता गुणकेशरी प्रधानका अनुसार “मान्छेले काटेको नि हुनसक्छ, मुसाले काटेको नि हुनसक्छ।” अब छानबिन समितिले नै कसरी काटियो पत्ता लगाउनेछ।

समितिमा पुडासैनीलाई साथ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रतिनिधि र सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव(प्रा) अनुप नेपाल सदस्य छन्। काम सुरु गरेको मितिले एक सातामा यसबारे प्रतिवेदन समितिले प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।

बदनियतको कुरा कहाँबाट आयो?
नेपाल टेलिकमका कर्मचारी नै प्रतिस्पर्धी एनसेलले किनेर राखेको र उनीहरुले जानाजानी आफ्नै संस्थाको गुणस्तर बिगार्न उद्दत रहेको षड्यन्त्र सिद्धान्त बारम्बार सुनिन्छ। यो साँचो हो कि हैन, कहिले पनि प्रष्ट भएन।

तर केही अघि बानेश्वरमा आफ्नो अप्टिकल फाइबर एनसेलले नै काट्न लगाएको प्रमाण नै सञ्चार मन्त्रीलाई देखाएको र पनि केही कारबाही नभएको दुखेसो टेलिकमका महानिर्देशक अमरनाथ सिंहले पत्रकारहरुलाई सुनाएका थिए। तर अहँ, यसबारे समाचार कहीँ पनि आएन।

अब चाहिँ मन्त्रालय आफैले बदनियत हो कि लापरवाही हो पत्ता लगाउन निर्देशन दिएकोले यो षड्यन्त्र सिद्धान्तलाई बल पुगेको छ। बदनियत त्यो पनि आफ्नै संस्थाको हानी पुग्ने गरी किन राखिन्छ ? आफ्नो संस्थाको हानी हुँदा जुन प्रतिस्पर्धीलाई फाइदा हुन्छ, उसका लागि। प्राधिकरणका पूर्व अध्यक्षकै नेतृत्वमा छानबिन समिति गठन भएबाट यसलाई सरकारले गम्भीर रुपमा लिएको देखिएको छ। तर विज्ञापनका कारण फिटिक्क केही नकारात्मक लेख्न नसक्ने मिडिया, सोसल मिडियामा खित्तिक्क केही नकारात्मक कुरा कसैले लेखे आक्रमण गर्न तम्तयार रहने भाडाका टट्टुहरु परिचालन गर्न सक्ने क्षमता भएको एनसेल चुप लागेर बस्छ भनेर सोच्नु मूर्खता मात्रै हुनेछ।

धेरै हैन, एक सातामा छानबिन समितिले प्रतिवेदन बनाएपछि बदनियत हो कि लापरवाही हो थाहा हुनेछ। यो प्रतिवेदन गोप्य राखे सूचनाको हक अन्तर्गत सार्वजनिक गराउने संघर्षका लागि साथीहरु तम्तयार भएर बसे हुन्छ।

press_bigyapti

[Summary: Nepal government has formed a probe committee that will investigate the disruption of GSM mobile service of Nepal Telecom (NT) in the early hours on Saturday morning. The three-member committee led by Suresh Kumar Budhathoki to look into the matter whether it was by ‘ill intention’ or ‘negligence’.

Few months ago, NT’s GM Amar Nath Singh claimed that cutting of fiber at Baneshwor was investigated and they found proof that Ncell was behing this. Singh told journalists that they have presented proof to communication minister but no action was taken.

The mobile services of both postpaid and prepaid had gone out of order for four hours on early Saturday morning. Dhruba Sharma, Scretary at communication ministry said to Republica, “A probe committee has been formed to find out the actual reasons behind the disruption of mobile service as millions of its subscribers were affected due to service disruption.” Earlier, the NT had said that the mobile service was disrupted due to technical glitches.]

10 thoughts on “टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?”

  1. Pingback: आखिर मुसालाई नै दोष — Doorsanchar
  2. Pingback: माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार « Mysansar
  3. Prabin says:
    October 1, 2013 at 5:56 pm

    अस्ति भर्खर ५१२ को ADSL को इन्टरनेट लागि पैसा तिरेको दुइ दिन ठिक भो
    तेश्पछी १२६ पनि जति पनि स्पीड छैना फोन गर्यो फोन उत्थ्दैना !office मा गयो ठिक छ भन्छन !staff पठाएर मर्मत गर्नु पर्यो भनेको तेत्रो ५,००० स्ताफ्फ़ भए नि मान्छे छैन भन्छः येस्तै हो सरकारी को ताल

    Reply
  4. Sisir says:
    October 1, 2013 at 1:57 pm

    नेपाल टेलिकमका कर्मचारीले मात्र होइन संचार मन्त्रालय , नियमक निकाय नेपाल दुरसंचार प्राधिकरण देखि लियर नेपालका पत्रकार सम्मले NCell बाट बकस थाप्छन, तेसै भूपू संचार मन्त्रि राजकिशोर यादव लगाएत दुरसंचार प्राधिकरणका बरिस्ट अधिकृत (NTA’s deputy director) दिपेश आचार्य अख्तियारको फन्दामा परेका होइनन .. यो पैसा लिने खेल त ओपेन सेक्रेट हो .. नियमक निकाय नेपाल दुरसंचार प्राधिकरणका कर्मचारीले त नियमनको बहानामा सबै कम्पनीबाट पैसा खान्छन ..
    तेसैले रास्ट्रको लगानी जोगाउने हो भने नेपाल टेलिकममा सरकारी हस्तछेप बन्द गर्दै येस्मा निजि लगानी कर्ता पनि भित्र्याउनु जरुरि छ ताकी एसको निर्णय गर्ने क्षमता र कार्य सम्पादन पनि चुस्त होश , साथै १-२ हजार कर्मचारीबाट चल्न सक्ने यो कम्पनीमा ५ हजार जति कर्मचारीको आवसेकता पनि छैन ..

    Reply
  5. Binod says:
    September 30, 2013 at 9:14 pm

    नेपाल सरकारले अब आउने मंगल चतुर्थी पारेर गणेशजी को बाहन मुसा को पूजा लगाउने रे ..किन होला भनेर सोधेको नेपाली संस्थान मा मुसाको बिगबिगी बढ्यो रे .. कैले बायुसेवा निगमको जहाज मा त कैले दूरसंचार को अप्टिकल केबलमा रे !!!

    Reply
  6. Anil says:
    September 30, 2013 at 12:02 pm

    हो, अरु त थाहा भएन तर सोसल मिडियामा Ncell को N मात्रै उचारण गरे पनि तिन हात उफ्रेर डिफेन्स गर्नेहरु प्रसस्तै भेटिन्छन ! लाग्छ ब्रान्ड प्रोमोशन र ब्लगिङ्गको नाममा Ncell को अफर छाप्नु उनीहरुको धर्म हो ! नराम्रा पक्ष्यको बारेमा लेख्नु त परैको कुरो, महँगो भो भन्दा पनि चलाउन नजान्नेमा परिन्छ ! उल्टै अर्ति दिन्छन !

    Reply
  7. ramu says:
    September 30, 2013 at 9:23 am

    त्यो दोस्रो कुरा हो
    पहिले कुरा यसको लागि ntc ले क्षतिपुर्ति दिनु पर्देन।केहि दावित्व छैन।खाली आफ्नै जनतासँग नाफा मात्र कमाउने।मानिसहरुलाई कति घाटा लाग्यो।
    हाम्रो देशको नेटबर्क कति बलियो रैछ त ।यसले आपत बेला काम गर्न सक्छ कि सक्दैन थाहा भै हाल्यो।
    जनता सँगै नाफा कमाउदै अरु सस्थालाई पैसा दिने बिदेशबाट एउटा कल गर्न पय्यो भने सय रुपया भन्दा बढी तिराउने,3g भन्ने एउटा भिडियो हेरे १० रुपया जति पर्ने रेट बनाउने, एक किसिमको moonpoly भएर नि price घटाउन केहि नगर्ने,ईन्टरनेट र फोनको घट्न सक्ने रेट पनि नघटाएर जनताबाट नाफा कमाउने र शायद अरु कम्पनीलाई फाईदा पुग्ने मात्र काम
    research and development मा खै त पैसा लगाएको
    खै कुरा गर्यो कुरैकै दुख

    Reply
  8. harihar sharma says:
    September 30, 2013 at 7:43 am

    लापरवाही होइन, सुनियोजि हो/
    NTC गुनास्तार राम्रो भो, अनि Ncell को टाउको दुख्या हो यो /
    त्यो बिकेका कर्मचारीलाई त नांगै शहर घुमायर सिस्नु पानी लाउनु पर्छ /

    Reply
  9. shree basanta says:
    September 30, 2013 at 12:45 am

    यदि बदनियत हो भन्ने पत्ता लागेको खण्डमा त धेरै गम्भीरता संग लिनु पर्छ | नेपाल टेलिकमका कर्मचारी नै प्रतिस्पर्धी एनसेलले किनेर राखेको भन्ने कुराको एकदम राम्रो संग छानबिन हुनु पर्छ | किनकि यस्तै एउटा केश थियो नेपाल बायु सेबाको प्लेन बाट समान चोर्ने अर्को प्रतिस्पर्धी प्राइवेट बिमान सेवाका कर्मचारी थियो | त्यो त समान थियो यो त टेलेकमको ईमेज बिगार्ने ठुलो चाल हुन सक्छ | टेलिकमले पनि निगरानी राखेर कारबाही गर्नु पर्दैन ? यदि एन्सेल्को एस्तो काम हो भने त ध्वंसात्मक गतिबिधि भैहाल्यो | हो भने तेस्ता स्टाफलाई ..क मा लात हानेर तु कारबाही गर्नुको साथै एन्सेललाई धपाउनुको बिकल्प छैन |

    Reply
  10. jawknock says:
    September 30, 2013 at 12:22 am

    बदनियत ! हरेक डिसिजन माइन्युट नभै फर्वर्ड हुन्छन् रे ! यो प्लान आउँदैछ, यो डिसिजन भाछ भनेर ! अख्तियारले ल्याङ ल्याङ नगरेको भए 3G पनि सुध्रिने थिएन यति पनि ! राम्रै झेला छ टेलिकमभित्र, क-कस्ले मिलेर गराउछन् खोज्नै पर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme