Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनाव प्रचारमा युट्युब : पहिलो भिडियो प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको

Posted on September 29, 2013September 30, 2013 by Salokya

padam यस पटकको चुनाव छ वर्षअघिको जस्तो हुने छैन भन्ने त सबैलाई थाहा भएकै हो। गाउँतिर उस्तै होला तर सहरमा यस पटक सूचनाप्रविधिको निकै प्रयोग हुनेछ। चुनावी प्रोपागान्डाका लागि विभिन्न रङ्गमा वेबसाइटहरु देखिएका छन्। त्यस्तै सोसल मिडियाको धेरै नै उपयोग/दुरुपयोग हुने निश्चित छ। दुरुपयोगको कुरा गर्दा सोसल मिडियामा हुँदै नभएका हल्लालाई पनि भाइरल बनाएर फैलाउन सजिलो हुन्छ। सोसल मिडियाको महत्त्वलाई दलहरुले पनि नबुझेका हैनन्। उनीहरुले यसको भरपुर उपयोग गर्ने नीति आधिकारिक रुपमा पासै गरेका छन्। तर उनीहरुको यसमा दरिलो उपस्थिति खासै देखिएको छैन। बरु युट्युबमा पहिलो चुनावी प्रचार भिडियो उम्मेदवारी दर्तासमेत सुरु नहुँदै प्रचण्डविरोधीले बनाएर राखिसकेका छन्। पात्र पनि गज्जबको छानेका छन्- प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर।

पदम कुँवरको चुनावी प्रचार भिडियो हेर्नुस्-


जति प्रोफेसनल तरिकाले यो भिडियो खिचेर बनाइएको छ, यो हेर्दा अब हुने चुनावको सोसल मिडिया भिडन्त रोचक हुने देखिन्छ। अघिल्लो चुनावमा माओवादीले माधव नेपाललाई हराउन राजाको पाउमा दाम चढाएको पोस्टरलाई खुबै उपयोग गरेको थियो। भित्ताभित्तामा त्यस्तो टाँसिएको थियो। यसपालि त्यस्तै खालका अनेक प्रोपागान्डा सोसल मिडियाका भित्तामा देख्न पाइने छ।

निर्वाचन आयोगको आचार संहितामा मतदान हुनुअघिको निश्चित अवधिमा मौन रहनु पर्ने हुन्छ, चुनावी प्रचार प्रसार गर्न पाइन्न। तर सोसल मिडियालाई त्यसले छुने छैन। मतदान भइरहेकै बेलामा पनि सोसल मिडियामा प्रचार जारी रहनेछ।

थप्पड हान्ने पदम कुँवरलाई प्रचण्डविरोधीले उपयोग गरेर यस्तो भिडियो गोप्य रुपमा बनाएका हुन्। भिडियो कसले बनायो, कसले अपलोड गर्‍यो, गोप्य छ। भरे झलनाथलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई पनि उपयोग गरेर एमाओवादीले यस्तै भिडियो बनाउला त? हेर्न बाँकी छ। रेग्मी एमाओवादीमा प्रवेश गरेको समाचार आइसकेको छ।

एमाले, काङ्ग्रेस, राप्रपा नेपाल, संघीयतावादी नयाँ दल, स‍ंघीयताविरोधी दल- यिनीहरुले कस्ता भिडियो बनाउलान् त? अनि त्यो सोसल मिडियाको उपयोग गरी कसरी फैलिएला त ? यो पनि हेर्न रोचक हुनेछ।

के फेसबुकमा धेरै जनासम्म पुग्न दलहरुले डलरसमेत खर्च गर्लान् त ? (उद्योग वाणिज्य महासंघको उत्कृष्ट ब्रान्ड अवार्डका लागि भएको लाइक कम्पिटिसनमा वाइवाइले गरे जस्तै)

facebook_ad
कङ्ग्रेस नेता अर्जुननरसिंह केसीले फेसबुकमा डलरतिरेर गरेको विज्ञापन।

जे होस्, पदम कुँवरको यो प्रोपागान्डा भिडियोले अरु पनि यस्तै भिडियोका लागि बाटो खुला गरेको छ। हेर्न बाँकी छ अब उनीहरु कसरी अगाडि आउने हुन् ?

गएको चुनावमा एफएम, टिभी र पत्रपत्रिकामा दलहरुले विज्ञापन गरेका थिए। नेकपा एमालेको एउटा त्यस्तै विज्ञापन तलको अडियोमा सुन्नुस्। साथमा बहिस्कारवादी वैद्य माओवादीले जीपीको यो र्‍याप बजाइदिएर बहिस्कार आह्वान गरे भने ?

33 thoughts on “चुनाव प्रचारमा युट्युब : पहिलो भिडियो प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको”

  1. suvash thap magar says:
    October 6, 2013 at 3:14 pm

    खास गरि हामि नेपालिको चेतनाको स्तर देखेर अरु हरु छक्क पर्नु अगाडी हामि आफै सचेत हुनेपो होकि ? कुरा गराै पोलिटिक्सको-पदमको उमेदवारिले अन्तत फाईदा प्रचन्डलाई नै हो यथार्थमा । प्रचन्डलाई हराउन लागि त्यस छेत्रका मतदाताले ठुलो रिस्क लिनु सक्नु पर्दछ ।

    Reply
  2. भोला कोइराला says:
    October 1, 2013 at 10:22 pm

    भिडियो हेर्दा पदमको लागी कमसेकम १ लाख डलर खर्च गर्न दाता हारु तयार देखिन्छन…………

    Reply
  3. Badri says:
    October 1, 2013 at 3:48 pm

    १० बर्षे युद्द गराउने प्रचण्ड ले सबै पाउने:य( पद, प्रतिष्ठा,प्राडो, प्यालेस )तर जुन सपना जनताको लागि भनेर प्रचण्ड ले देखाए तेही पत्याएर युद्द लड्ने पदम कुँवर लाई भने सामान्य जिबन बिताउन पनि मुस्किल /पदम कुँवर का लागि भनियको युद्द मा पदम को टाउकोमा कफन थियो तेही उमेर का प्रचण्ड का छोरा छोरी सुरछित ठाउँ (भारत) मा लुटेको धन मा मस्त थिय तर युद्द सकियो प्रचण्ड का छोरा छोरीले सबै पाय पदम ले के पाय ? तेसैको बिद्रोह स्वरूप पदम कुँवर को काठमाडौँ १० को उम्मेदवारी हो /प्रचण्ड र पदम बीच तुलना हुनै सक्दैन १ जना आदेश दिने आर्को मान्छे काट्न हिंड्ने आदेश दिने र मान्ने बीच के फरक हुन्छा भनिरहनु परेन /रह्यो कुरा कसले जिते के हुन्छ भन्ने प्रचण्ड ले जिते जति धेरै बिगार्ने तागत राख्छन पदम ले कम /

    Reply
  4. ranjana says:
    September 30, 2013 at 11:38 pm

    निराशा र कुण्ठाग्रस्त मानसिकता ! कताको राजाराम कताको गणे भंडारी !!! प्रचण्डको अगाडी यो मुसोको के को टन टन हो?

    Reply
    1. Bhumi Bhandari says:
      October 1, 2013 at 5:34 pm

      भण्डारी लाई गाली चाहि किन नी ?

      Reply
  5. sujan says:
    September 30, 2013 at 8:26 pm

    बिरालोले जतिनै गर्यै पनि बाघ हुने होइन, तातो न छारो.

    Reply
  6. Hari says:
    September 30, 2013 at 7:23 am

    आफ्नो कार्य कालमा प्रचण्डले देश र जनताका लागि के कस्ता काम गरे र कसरि जनता लाई घाटी नै सम्म आउने गरि वाक्क बनाए भन्ने कुरा त सबै लाई था भएकै हो/ तर एस निर्बाचन बाट प्रचण्ड त हैन नै………. आर्कै, बुद्दिमान, बफादार आफ्नो स्वार्थ भन्दा देश र जनताका लागि सच्चा मन ले काम गर्ने कर्मठ नेता आउला कि भन्ने थियो तर पदम ले जितिहाले नि गुरु ले पाठ सिकाएकै छ केरे जितेची चिल्ला गाडी, बंगलो र ३,४ लाख को पलंग मित्र राष्ट्र चिन बाट मगौनलाई तेसैले उत्साहित हुन पर्ने नि छैन/ तेत्रो पढेलेखे को डाक्टर बाबुराम ले त सबै लाई लोप्पा खुवाए भने उनीहरुका आगाडी नाथे कहलिने पदम ले के नै खालो सार्छ त / यो कुरा भावनात्मक रूपमा मात्र ठिक्क होला/ ब्यबाहरीक रुपले हेर्दा सब बेकार छ / नेता हुन भन्दा पहिले उसमा के के गुण हरु हुन आबस्यक छ हेर्न अत्यन्त जरुरि हुन्छ तर यहाँ त कसैले नेतालाई झापड हान्यो कि तुरुन्त झापादे प्रधानमन्त्री को पद पाइहाल्ने चाटकाट देखिन्छ बा …………../ I dont think he is capable and meets our need coz he was the follower of the same daam prachanda ………

    Reply
    1. Badal says:
      October 1, 2013 at 2:44 pm

      हे भगवान जो पनि नेता? नेता बन्न पढाईको त बालनै छैन| कमसेकम संबिधानसवाको उमेद्वारदिन bachelor त सकोस ! प्रचण्डले जितोसकि कुबर , तातो न छारो , पाउने केहि हैन जनताले ! केटा केटि आए गुलेली खेलाए जस्तै हो . बरु नामर्द नेपालका नेताहरुलाई हैजा लागेर परमधाम गए कसो होला ?

      Reply
  7. Jeevan Thapa says:
    September 30, 2013 at 6:56 am

    आउने चुनाब मा पदम बहादुरले प्रचण्ड लाइ हराएर देखाओस म १० बर्ष नेपाल नै टेक्दीन !!!

    Reply
    1. sunil shrestha says:
      September 30, 2013 at 9:24 pm

      Jeevan Thapa जी होइन तपाई प्रचण्डजी को निकट मान्छे हुनुहुन्छ की के हो!!!
      १० बर्ष नेपाल नै टेक्दीन !!! भन्नुहुन्छ, एस्तो घमण्ड त गर्नु भएननी!
      नेपाल देखी अरु देशमा हुनुहुन्छ होला अनि एस्तो भानु भएको होकी !!!
      प्रचण्डजी को आसिर्बादले पहिलेनै visa पाउनु भईसकेको होला!!!!
      सक्छ भने हेरौन त तपाई ठेगाना र number र फोटो सहीत कमेन्ट संगै राख्नु पर्नेनी , अब हामी साथी भाइले तपाइलाई र तपाइले बोले को कुरा सबैले कसरी पत्याउनु र विश्वास गर्नु ?
      तेतिकै नाम लेखेर गर्जेर हुन्छ र? राम्रो मान्छेलाई vote दिनुहोश तर येती घमण्ड चै राम्रो होइन जस्तो लाग्छ की कसो !!!

      Reply
  8. Jeevan Thapa says:
    September 30, 2013 at 6:50 am

    कहिले कहीं केहि नेपाली को सोचाई देख्दा मलाई हास्न मन लाग्छ… होइन नेपाल मा लोकप्रिय बन्न को लागि कि डन बन्न पर्ने रहेछ कि नेता ( झलनाथ, प्रचण्ड, सुशील) कुट्नु पर्ने रहेछ…
    संचार माध्यम ले ताल न बेताल संग कसैलाई हिरो बनाइनु गलत छ…

    Reply
  9. suman p says:
    September 30, 2013 at 6:23 am

    जस ले जे भने पनि प्रचण्ड लाई भोट हाल्ने ले अरु कसै लाई कुनै हालतमा प्रचण्ड बाहेक कसैलाई भोट हाल्दै हाल्दैन, भोट यसै खेर उसै खेर जाने( एमाले/ कोंग्रेस्सी ) ले मात्रै पदम लाई हाल्छ, जसको केहि मतलब नै हुदैन .

    Reply
  10. razen says:
    September 30, 2013 at 4:21 am

    चुनाबको रिजल्टले प्रचंडेलाइ झापड लाग्ला या नलाग्ला तर अहिले चाही फेरी अर्को झापड लागेकै हुनुपर्छ |

    Reply
  11. prem sharma says:
    September 30, 2013 at 3:39 am

    Nothing much to add on this topic however I have felt I should add some on it. Firstly, in our country we people are tired of getting mirage like hope from political leaders from various political parties. I personally do not take this matter to seriously whoever wins the coming election from Kirtipur but one thing I should mention here, if we say honestly, we not honest to oneself which means people with corrupted mind use our dishonesty for their personal benefit. There is one saying in our society ” people only go near to the burning fire not the extinguished one” Prachanda I would call him “SAKUNI” he has been sucking us and will continue to do so for a long time. Because we all now know that maoists party is the richest party in our nation. Besides I have read somewhere its one the richest party in south Asia. “Money attracts money” we have studied this in our secondary school life in English book. So I would be very much surprised if Padam Kuwar will defeat his guru Prachanda from Kirtipur.

    Guys my best solution if we are true citizens of our nation we all have to unite and dare to support the truth/honesty. Once this is achieved by all our parents, brothers, sisters, then only we could get rid of this type of dirty politics from our society otherwise its going to be as it has been for a long.

    For me, if I had to vote I would certainly not waste my time because its not worth. They, political leaders, already swallowed our four to five years time in the name of “SAMBIDHAN SHABHA” nothing has happened so from the same group of culprits what to expect.

    Love all serve all!

    Reply
  12. sam sundar says:
    September 30, 2013 at 3:04 am

    पदमहरु भनेका प्रचण्डलाई आजको स्थानमा पु-याएर धोका पाएकाहरुका प्रतिनिधि पात्र हुन । हजारौं पूर्व लडाकु, सपना साँचेका लाखौं परिवारका एक सदस्य हुन । उनको सिङ्गो परिवारले प्रचण्डको नेतृत्वमा भएको सशस्त्र संघर्षमा ज्यान गुमायो , दुःख पायो । आफू र आफूजस्तै लाखौं परिवार र करोडौं जनता र नेपाल राष्ट्रलाई धोका दिएको भनेर गत साल पदमले प्रचण्डलाई थप्पड हानेका हुन । जनयुद्धपछि प्रचण्ड, उनको परिवार र उनको आसेपासे नेताहरु कृष्णबहादुर महरा, अग्नि सापकोटा, वर्षमान पुन, दीनानाथ शर्मा, शक्ति वस्नेत लगायतको जीवनशैली र पदम कुँवरहरुको जीवन सैली मा फरक – जनयुद्धको दौरानमा पदम कुँवरहरुले आफ्नो धेरै पारिवारिक सदस्य गुमाएकाछन धोका को पिडा र आसु संग सिमान्तकृत जीवन यापन गर्छन भने प्रचन्ड र अन्य नेता रिसोर्ट मा रक्सीपान , राड़ो घडी प्राडो गाडी , १५ करोड को सुमार्गी को नाम मा किनेको बंगला र अर्काकी श्वास्निमा भागौनामा (सुपुत्र- प्रकाश ) समय गुमाएकाछ्न । त्यसैले – पदम को पक्छ मा खसेको एक एक मत एस्तो कु प्रवृति भएका नेताहरु लै अझ ठुलो झापड हुने निश्चित छ |

    Reply
  13. Laut says:
    September 29, 2013 at 11:39 pm

    यसबाट झन् प्रचण्डको बढी लोकप्रियता बढ्ने भयो, किनकि अब सारा संसारकर्मी हरुको ध्यान उतै किर्तिपुरतिर जान्छ/ अर्को कुरा नानी मैयाँ को पालाको जस्तो प्रणाली अहिले हैन, अहिले समानुपातिक बाट पनि छान्नु पर्ने भएकोले पदमलाई भोट दिएर भोट खेर फाल्ने कसले?
    जति पनि मित्रहरु like गर्नेमा हुनुहुन्छ किर्तिपुरबासी हुनुहुन्न भने मनको लड्डु घिउ संग खानु भएन र !

    Reply
  14. Sabin says:
    September 29, 2013 at 11:08 pm

    बोल्ने तरिका त प्रचण्ड कोइ जस्तो छ नि ………. तर कुनै सिधान्त नभई प्रचण्ड लै हराउने मात्र भनेर चुनाबमा लड्नु गलत होइन र

    Reply
    1. Jeevan Thapa says:
      September 30, 2013 at 7:23 am

      नेपाल मा चुनाब लड्नलाई किन सिद्दान्त चाहिने रहेछ र … तपाइको कमेन्ट मा रातो लगाउने हरुलाई देख्दा नै थाहा हुन्छ नि नेपाली हरु देशमा कस्ता नेता चाहन्छन भनेर त …नेपालीलाई देश चलाउने नेता चाहेको हो कोहि ऐरे गैरे थप्पड हान्दैमा लोकप्रिय हुने नेता चाहेको होइन सबैलाई चेतना भया !!!

      Reply
      1. Sabin says:
        September 30, 2013 at 10:22 am

        तेही त सायद पदम जी नै रेफ्रेश गर्दै dislike गर्दै छन् जस्तो छ….:
        म पनि कुनै प्रचण्ड को fan होइन …. तर देश को लागि, संबिधानको लागि के गर्ने केहि कुरा नै नगरी खाली prachanda लै झापड हानी, प्रचण्ड लै हरौचु भनेर चुनाब लड्ने लै कसरि सहि भन्न सकिन्छ …

        Reply
  15. dpack says:
    September 29, 2013 at 10:28 pm

    खितितिती अब हे भगवान कस्तो दिन आयो नेपाल मा ??? त्यो प्रचंडे लाई थप्पड हान्ने त्यसैको चेला होइन? गुरु बाट एस्तो हाल भयो देश को… अब चेला बाट कस्तो हाल होला देश को ?? अनि के चुनाब जितिहल्यो भने थप्पड मन्त्रि हुनेहोला होइन??

    Reply
  16. Laut says:
    September 29, 2013 at 10:24 pm

    रिस साँध्नको लागि यो एउटा राम्रो साधन त बन्ला जस्तै कति मित्रहरुले like गरेझैं/

    मानौं पदम बहादुरले नै जितेरे ल ! अब एकछिन सोचौं यिनले गर्ने चाहिं के त ? यिनले आफै सरकार बनाऊन सक्छन? यिनले संबिधान सभामा गर्ने चाहिं के त ? अरु सभासदहरु एउटा network मा बाँधिएका हुन्छन कुनै न कुनै पार्टीको agenda , पार्टीगत नियम र अचारसंहिताबाट, अनि यिनी चाहिं फुकेको साँढे जस्तै अरुको बालीनाली मात्रै धोस्त गर्ने र अरुको गोठमा छिरेर नोक्सान मात्र गर्ने/ मदेशका धेरै जस्ताले स्वतन्त्र भएर जितेर देशलाई लुट्न सम्म लुटेको देखेकै हो , कति साँढे बने तिनले र कति बालीनाली नोक्शान गरे तिनले तिनको लेखाजोखा कसले गर्ने ? अनि त्यहि तरिकाले यिनी पदमलाई पनि corrupt बनाउने विचार छ हाम्रो?

    हामीले पुहातु चौधरी र नानीमैंया को समयको अर्को रुप हेर्न खोजेको हो फेरी पनि ? कल्पना गरौँ यिनै व्यक्तिहरु फेरी बिजयी थिए भने गर्थे के त संबिधानसभा को लागि/ अब जनता त्यो बेलाको जस्तो छैनन् र जनता आफै बेकुप बन्नेवाला छैनन्/ अहिले सद्धे भनेकाले त जनतालाई बेकुप बनाई सके फेरी यो दिवा सपना फेरी जनतालाई देख्ने इच्छा होला त ? यिनको जनता को लागि convincing vision चाहिं के त ? के यिनको योग्यता मुक्का हान्नमा तगडा भएकै कारणले संबिधान सभामा अर्को मुक्का अर्को लाई हान्न लाने हो? के संबिधान सभा boxing वा wrestling को मैदान हो र यिनी त्यसैका लागि लड्दै छन् र किर्तिपुरबासीहरु आफै मुर्गा बन्दैछन् ?

    प्रचण्डका लागि रिस साँध्न बिरोधिहरु खुबै कुर्लि राखेका छन् , फेरी तिनै बिरोधिहरु कुनै न कुनै पार्टीका समर्थनमा छँदै छन् अनि यिनले जित्नेचाहीं कसको भोटले होला ! तटस्थ १०% को भोटले ? तपाईं कति मित्रहरुले यहाँ like गरेतापनि यिनलाई भोट दिनु हुन्न किनकि तपाईंहरुको आफ्नै पार्टी छ वा समर्थन गर्नुहुन्छ वा तपाईंहरु चुनाबमा नेपालमा जानै सक्नुहुन्न/ अनि…?

    Reply
  17. Milan says:
    September 29, 2013 at 9:26 pm

    I don’t think use of social or electronic media as a negative route like this one survive. Because most of the users like to see progress in Nepal and know that is better. However, this can be a Fast way of disseminating messages from leaders too.

    Reply
  18. kumar Gotame says:
    September 29, 2013 at 9:00 pm

    The main purpose of the election is to complete the so called “SAMBIDHAN” but apart from that everthing is happening in the country, as per my understanding the lawmakers are already jobless, while there is no “SAMBIDHAN SABHA”, and its difficult for them to digest the “VATTA” without any reason. Even big Hunchoes Prachanda, Susil, Khanal dont have the right reason to receive the VATTA so they are playing another game to undergo election, so that atleast the way for them to receive the “VATTA” will be safe. Canvasing how much money it will cost, who cares, if they dont have money, they will threaten the common business man and collect the money, do they ever realized how many people dead in Qatar in the last three month. Still peoples are Talking about agenda. Can somebody explain in detail what agenda mean and how they fulfill the same. They are only making people fool for their own benefit. Forget NETAS, Jago common people then only new nepal will be created.

    Reply
  19. परदेशी कृष्ण says:
    September 29, 2013 at 8:37 pm

    प्रचण्डलाइ झापड जनताको नेता प्रती बितृष्णाको संकेत मात्रै हो, यसलाई बढाई चढाई गर्दै लगेर थप्पड सस्कृति लाइ प्रोत्साहन दिनु त कदापि राम्रो होइन!! पदमको उमेद्वारीले पनि प्रचंडे लगायतका असफल नेता हरु प्रती को बिरोध को प्रतिनिधित्व गरेको छ!! ठुला भनाउदा असफल नेताहरुलाई बेलैमा चेतना भया!!!

    Reply
  20. Man Limbu says:
    September 29, 2013 at 7:23 pm

    नेपाल नै उट्पट्याङहरुको देश हो
    यस्तै बुद्धि बिग्रिएका ले भरिएको देश कहिले उभो लाग्छ र?

    जनताको भाबिस्यलाई खेलाउन बनाउने केहि गणतन्त्र बिरोधि राजाबादीहरुको
    असली पाखण्ड नियत को परकास्ट हो.

    यो देशको परिवर्तनको नेतृत्व माथि जति प्रहर गरे पनि प्रचण्ड जनताको ढुक ढुकी मा बसी सकेको छ

    र यसता फटाहाहरु संग प्रचन्डलाई जोडेर लेख लेख्नु नै गणतन्त्र माथि को प्रहर हो भन्ने हाम्रो बुझाई छ

    Reply
    1. Sunil Shrestha(belgium) says:
      October 2, 2013 at 8:28 am

      Man Limbuji ! प्रचण्ड जनताको ढुक ढुकी मा बसी सकेको छ की छैन तपाईको कमेन्ट voting ले थाहा भयो होलानी , मैले र मेरो घर को परिवार ले प्रचण्डजी लै र तेती बेला माओबादील लाई vote दिएको थिए देशमा परिबर्तन गर्छ भनेर आखिर जनताले के पायो ? प्रचण्डजीले आफ्नो थात बात को जिन्दगी र आफ्नो छोरा को जिन्दगी चै अमुल परिवातन गर्नु भयो

      “यसता फटाहाहरु संग प्रचन्डलाई जोडेर लेख लेख्नु नै गणतन्त्र माथि को प्रहर हो भन्ने हाम्रो बुझाई छ” यहाँ “हाम्रो बुजाई” मेरो बुझाई” लेख्नु भएको भए राम्रो हुन्थियो होला कसो Man Limbuji
      तपाई ले प्रचण्डजीलाई vote दिनुहोश मलाई केहि आपति छैन, तर आफ्नो कमेन्टमा हाम्रो भनेर अरुलाई घिसार्न मिल्दैन , अनीअरुलाई तपाईले तेतिकै फटाहा भन्नु चै गणतन्त्र माथि को प्रहर हो भन्ने मेरो पकै बुझाई छ

      Reply
  21. dharmendra says:
    September 29, 2013 at 6:48 pm

    पदमको झापड पर्चन्द लाई (भाग -२)

    Reply
  22. Niran says:
    September 29, 2013 at 5:58 pm

    This is just silly propaganda. There is no chances at all to do any thing by Padam Kuwar. The Kirtipurians are not so arrogant as Padam Kuwar thinks. Political angenda is more important to us. As the Kirtipuresse, We vote for the party who has agenda with Identity Based Federalism. We believe in Identity based Federal democracy in Nepal in order to save the country through saving every ethnic’s identity, language and culture, not as present situation where there is Khas monopoly in every field as English occupied India.

    Reply
  23. Anil Pathak says:
    September 29, 2013 at 2:59 pm

    आखिर यिनले पनि चुनाब जित्दैनन, प्रचण्ड बिरोधिहरुको अलि अलि भोट काट्लान आखिर बलियो प्रतिद्वन्दी कोइ नहुने भए! हत्या हिम्साको बिरोद गर्ने अनि त्यसैलाई प्रोत्साहन गरेको भएन र यो ? नेता कुट्दैमा आज हामि पदमलाइ भोट दिन्छौ भने के भोलि कसैले गोलि हानेर आयो भने सिधै मन्त्रि दिने ? वाइयात !!

    Reply
    1. Ashok says:
      September 29, 2013 at 10:08 pm

      गोली हानेर आएका हरु सिधै मन्त्रि भै सकेनन र?

      Reply
  24. Suman bhote says:
    September 29, 2013 at 2:57 pm

    पहिलो त मङ्सिरमा चुनाब गर्न गार्हो छ, मत हरु बाजिन थालिसकेका छन्….
    इंडिया को against मा खुब प्रचार पनि भएको छ, किताब नै छापिएकोछ, र मिडिया ले पनि एसको खुब प्रचार भएको छ….. मिति इंडिया ले तोकेको कुरा र खिलराज ले भारतको pm भेटेको नेपाली लाई मान परेको छैन…..
    चुनाब प्रचार सोसिअल मिडिया मा आउनु ठुलो कुरा लाग्दैन, मेरो बुझाईमा १०% नेपाली इन्टरनेट चलाउछन् र तेस्को ५०% ले पनि भोट हाल्दैनन……. यो भन्दा अगाडी को संबिधान सभा फेल हुनुको कारण शिर्ष नेता हार्नु पनि एक हो…..
    तेसैले उमेदबार हरु घरदैलो मा पुग्न जरुरि छ…… न कि सट-कट बाट जान…..

    Reply
  25. Laxman says:
    September 29, 2013 at 1:33 pm

    Using modern technology and social media is far better than dirty wall painting and poster sticking. But big fear is propaganda and fake information. Such deliberately spread rumours will affect candidates if not cause to defeat. The funny thing is how could those primitive minded S** leaders will update their views and react because I heard many of them still don’t even know how to operate computers. Technology and social media will favour new generation and that’s what I want. Jay hos

    Reply
  26. अनोज शाक्य says:
    September 29, 2013 at 1:24 pm

    हेत्तेरी नेपालमा त ३६५ दिनै गाईजात्रा जस्तो भईसक्यो । अबस्य पनि प्रचण्डले हार्यो वा जित्यो भन्दा पनि ल पदमले जितियो भने पनि समाजमा कस्तो सन्देश जाने हो । मेरो अनुरोध रेडियो, टि.भीले बिज्ञापन बजाउदा पैसा लिएर मात्र बजाउदा हुन्छ । देशको यो लामो सुरुङ यात्रा कस्तो नतिजा आउने हो । तर सरकारी कर्मचारीहरु जब सम्म इमान्दार हुँदैन तब सम्म अप्थ्यारो नै छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme