Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत

Posted on September 28, 2013September 28, 2013 by Salokya

‘खुला जेल’ भन्ने राजदूत फिर्ता, भनाउने नारायण श्रेष्ठ कतारको कालो सूचिमा
Capture
गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्‍यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका थिए नि भन्दै उनको प्रशंसा गरिरहेका भेटिए। के सन्दर्भमा शर्माले त्यसो भनेकी थिइन्, त्यहाँ हुँदा केसम्म गरेकी थिइन् भन्ने थाहै थिएन उनीहरुलाई। मजदूरको पक्षमा माइसंसारमै ब्लग लेख्नेलाई उनले डिपोर्ट गराउन खोजेकी थिइन्। ब्लगमा लेखिएका शब्दलाई अर्कै व्याख्या गर्दै उनले राजदूतको पावर देखाएर आफ्नै नागरिकलाई डिपोर्ट गराउन कतार सरकारलाई पत्र लेखेकी थिइन्।

यस्तो थियो उनले लेखेको पत्र-
Maya_Letter

भेटवालले लेखेको ब्लग भने यस्तो थियो। पढ्न यहाँ क्लिक गर्नुस्।

ल यो पढेर तपाईँ आफै भन्नुस् नेपाल सरकारको विरोधमा उनले कहाँ के लेखेका छन् ?

कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’

माथिको ब्लग पढ्नुस् र भन्नुस् कहाँ उनले कम्पनीमा हड्ताल गर्न उकासेका छन् ? नेपालका ठग म्यानपावरलाई कारबाही नगर्ने र म्यानपावरसँगै साँठगाँठ गर्ने राजदूतलाई फिर्ता बोलाउन पो भनिएको छ त। जहाँ भन्दा पनि जे भन्दा पनि नभएकोले केही सिप नलाग्दा विरोध दर्शाउन गर्नुपर्ने कठोर काम अर्थात् आत्मदाह नै गर्नुपर्ने हो त पो भनिएको हो त।

फटाहा पनि !
सरकारले यो विषयमा स्पष्टिकरण सोधेपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। अब दिलभुषण पाठकसँग टफ टकमा उनले गरेको कुराकानी सुनौँ तलको भिडियोमा। भिडियो पूरै पनि हेर्नुपर्दैन, सुरुका केही सेकेन्डमा नै उनले भनेकी छिन्- परराष्ट्रले स्पष्टिकरण सोधेको छैन।

गलत !

जेनेभा भ्रमणको क्रममा परराष्ट्र मन्त्री माधव घिमिरेलाई उनले स्पष्टिकरण बुझाएकी थिइन्। यस्तो थियो उनले आफ्नो बचाउमा दिएको स्पष्टिकरण

Maya_Letter1

Maya_Letter2

Maya_Letter3

Maya_Letter4

photo-(4)

अहिलेसम्म कतै सार्वजनिक नभएको यो स्पष्टिकरण पत्रले केही रोचक पक्ष पनि उजागर गरेका छन्-

• बीबीसी साझा सवालका पत्रकारहरु सञ्चारकर्मीको भिसा बिना कतार प्रवेश गरेका थिए।

• त्यसमा दिएको अन्तर्वार्ताको विषयमा उनले कतारको परराष्ट्र मन्त्रालयमा स्पष्टिकरण दिन जानु परेको थियो।

• खुला जेल त पत्रकारले उनको मुखबाट बोल्न लगाएको रहेछ। खुला जेलपछि पनि उनले बोलेका कुरा मिडियाले काटिदिएको रहेछ। भनेपछि जुन कुराले अहिले उनको वाहवाह गरिरहेका छन् केही मान्छेहरु अन्धाधुन्धमा त्यो त उनले बोलेकै हैन रहेछ।

• अन्तर्वार्तामा व्यक्त विचार बारे राजदूतले कतार सरकारसमक्ष माफी माग्नु परेको रहेछ। के भनेकी थिइन् उनले साझा सवालमा?

• कतार गएर त्यहाँका कामदारहरुको वास्तविक कुरा अगाडि ल्याए वापत् साझा सवालका नारायण श्रेष्ठलगायतको टिम कतार सरकारको कालो सूचिमा पर्ने रहेछन्।

साझा सवालको कुराले नेपालमै मात्र चर्चा पायो। तर अब गार्डियन जस्तो अन्तर्राष्ट्रिय मिडियाले लेखेपछि नेपाली पत्रकारलाई कालो सूचिमा राख्ने धम्की दिने कतार सरकार साँच्चै अप्ठेरोमा परेको छ। विश्वकप राजनीतिसँग पनि जोडिएकोले उसलाई अझ गाह्रो भएको हो।

यही डिपोर्ट कान्ड र साझा सवालमा बोलेको विषय नै उनको पद खोसिने कारण बन्यो। कतार सरकारले कूटनीतिक अज्ञानता र कार्यक्षमताको कुरा उठाएर नेपाल सरकारले नफर्काए आफैले फर्काउन सक्ने आसयसहितको चेतावनी पत्र दिएपछि सरकार अप्ठेरोमा परेको थियो। किनकि उनी एमाओवादी कोटामा बनेकी राजदूत। तर प्रचण्डले पनि उनलाई फर्कन भनेपछि सरकारलाई सजिलो भयो र सरकारले फर्काउने निर्णय गरिदियो।

‘खुला जेल’ भन्नुअघि पनि उनका कान्डैकान्ड थिए। उनको महिमा गान गाउनेहरुलाई त्यो थाहा नहुने भएकोले केही न्युज कटिङ हेर्नुस्। पत्रकार आफू विरोधी रहेको देखाउन यी कटिङ उनी आफैले कतार सरकारसामु पेश गरेकी थिइन्
कूटनीति पत्तो नहुनेहरु राजदूत !
कतारमा राजदूतले नै आश्रयस्थल हटाएपछि..

साझा सवालमा के थियो ? पूरै कार्यक्रम हेर्नुस् भाग १ भाग २

30 thoughts on “अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत”

  1. milan rai says:
    October 1, 2013 at 12:25 am

    आखिर जंगली भनेका साच्चिकै जंगली हुँदा रहेछन| राजदूत भनेको के हो भन्ने महत्वो नबुझेको पार्टी र कार्यकर्ता ले गर्दा माओबादी आँफै नांगियो यसपाली|

    Reply
  2. devendra says:
    September 30, 2013 at 10:05 am

    ….जे भो राम्रै को लागि भो, सम्बन्धित सबैले पाठ सिक्ने मौका मिल्यो, तापनि नेपालीहरुले छाक काटेर तिरेको राजस्व (tax) बाट पालिएका नेपालको सम्पूर्ण सरकारी कर्मचारीहरु (पिउन देखि उच्च तह) सबैले देश र जनता प्रति बढी बफादारी हुनु अति आवश्यक छ .

    Reply
  3. shankar says:
    September 30, 2013 at 6:27 am

    माया कुमारी लै दोष नलगाउनु होस् यिन ले क भनिन क गरिन भनेर, निन्दनीय काम भएकै हो बोलेकै हो एउटा देश को राजदूत ले गर्ने नहुने,
    यहाँ माया कुमारी लै दोष लगाउनु पूर्व यिन लै नियुक्ति गर्ने बाबुराम भट्टराई लाई दूध ले नुहाएको जस्तो गरि कोसैले कुरा गरेनन,
    मायाकुमारी लाई उनि असक्ष्यम छन् भनेर था हुदा हुदा पनि, खरदार तह जागिरे त प्रश्न गर्न लायक को Phd डिग्री बोकेका व्यक्ति लाई मावोबादी भएकै भर मा देश को प्रतिष्ठा संग जोडेको राजदूत पद मा नियुक्तिगर्नु, त्यो पनि आफ्नै पार्टी का उपादक्च्य नारायण काजी श्रेष्ठ ले असहमति जनाउदा जनाउदा नि नियुक्ति गर्नु भनेको बाबुराम को अछयमता को प्रमाण हो, बाबुराम माथी अब प्रश्न गर्ने कि
    फेरी देश को प्रधानमन्त्री भए देश दुबौना बेर छैन यी डाक्टर साहब ले

    Reply
  4. milan rai says:
    September 29, 2013 at 11:02 pm

    मलाई चित्त नबुझेको कुरा त्यो राजदुत माया कुमारी लाई भेट्नु को लागि नेपाल मा आफ्नो नेता हुन जरुरि रहेछ!!
    सभासद या कुनै राजनीति कार्याकर्ता भए उहाले फोन गरे भेट्नु सकिने रहेछ.

    Reply
  5. Buddy says:
    September 29, 2013 at 8:20 pm

    Whatever, she has dared to say the truth. For the first time the world has takne seriously the remarks of a Nepali Ambassador. It was aired in the BBC (English) few days ago and there was no such thing as criticizing her remarks. Rather she was well-referenced by the BBC in portraying Qatar as a country that has the most inhumane treatment towards the foreign labors. I give a damn about Bhetwal’s episode as I have no convincing reasons to refute or support him. As far as Narayan Shrestha is concerned, his interviews are catchy, clever and populist. His motivation lies in the thundering claps in each question he asks. He should have pondered twice or thrice before airing that stuff (interview with Maya K. Sharma). He chose not to edit the interview but to jeopardize the relationship between Nepal and Qatar. This is an example of a journalism without a civic responsibility.

    Reply
  6. Netra Prasad Sharma says:
    September 29, 2013 at 6:15 pm

    मलाई अचम्म लागेको कुरा के भने….आहिले हामी आफु आफु एक अर्कालाई केहि भन्नु भन्दा ब्लग ले यो अत्याचार को बारे मा ल्ख्नु पर्ने छ जस्तो लाग्छ . सधै आफ्नो मात्र डंका बजाउने बनि ले नेपाली लै सबैले हेप्चा…..आहिले हामी सबै मिलाउ त्यो कतार को अत्याचार को बिरोध मा

    Reply
  7. sanu maya says:
    September 29, 2013 at 4:19 pm

    माओबादीले बनाएको राजदुत कस्ता हुन्छन त ? सबै बैंक म्यानेजरलाई राजदुत बनाउदै हिड्नु, राम्रै हुन्छ.

    Reply
  8. Suman bhote says:
    September 29, 2013 at 3:11 pm

    सबै भन्दा सत्य कुरा के हो भने…… म जस्तो मान्छे के सोच्छ भने… “कहिले सरकारी अफिस जानु नपरोस भन्छ”….
    तपैले बुजिहाल्नु भयो, सरकारी अफिसले राहत होइन दुखः दिन्छन….. यो नै हो सबैभन्दा ठुलो Nepal को समस्या……

    Reply
  9. madan bajracharya says:
    September 29, 2013 at 12:21 am

    राजदुत देसको जनताले चुनेको सांसद बात बनेको ससदीय सरकारको प्रतिनिधि हुने भयमा मात्रै देस र नागरिकको दुत बन्ने थियो/ नागरिकले चुनेको सरकारको प्रतिनिधिको रुपमा नियुक्त गरिने व्यक्ति मात्र कुनै दलको प्रतिनिधि बात चुनिने प्रतिनिधिलाई राजदुत बनाउने यो प्रथा नै गलत मात्रै होइन देसमा जनताको सरकार अहिले पनि नबनेको प्रमाण हो/ नेपालमा राजदुत लगायत संबैधानिक अंगहरु दलको कोत्ता बात नियुक्त हुनु जनताको अधिकार माथि हमलानै हो/ यो प्रथा नै उन्मुलन गर्नु पर्छ तव मात्रै नेपालीहरु माया शर्मा जस्ता अयोग्य को नमुना बन्ने व्यक्तिहरु बात नेपाली पिडित भयको र नेपालको बेईज्जत भयको हेर्नु पर्ने अबस्था बात मुक्त हुन्छ/

    Reply
  10. bista jay says:
    September 28, 2013 at 5:16 pm

    कतार को परेपेछामा हेर्ने हो भने धेरै नेपाली दाजु भाईठगिने नेपाली दलाल मार्फत नै हो ! कतार मा त्यस्ता visa को दलाल गर्ने नेपालीहरु धेरै छन ! नेपाली embassy त्यसको छानबिन केहि गर्दैन ! यो नेपाल embassy क़ा क्रमचारिहरु लै केहि थाहा छैन ! जाबो सानो कम गर्न गएको श्रमजीवी लै धुखा दिने मात्र कम हुन्छ ! केहि system नभएको embassy हो हाम्रो ! कम गर्न एकदम easy छ तर तिनीहरु लाई थाहा नभएजस्तो गरेको हो कि थाहा नभएर हो त्यो ambassdor लाई नै सोध्नु पर्छ! यता नि राजनीति नै चलेको छ नेपाल सरकार ले यो बिसय लाई गहिरो तकिका ले गहन गर्न जरुरि छ ! embassy लाई हामी हरु पनि केहि सुझाव दिनसक्छु ! तर हाम्रो सुन्ने कसले ! त्यत्रो ठुलो embassy जाबो एउटा photocopy machine छैन के नेपाल सरकार थाहा छ यो कुरा ! passport renew गर्न लाई १०० दिन रे हेर्नुस त कस्तो embassy ! अरु सानातिना कामहरु को कुरा नगरौ ! यत्रो remittence कतार बाट जान्छ नेपाल मा ! धुखा दिने मात्र गरेको छ यो embassy ले गरिब वर्ग लाई ! तुल हरुको कम एक call मा हुन्छ अनि सर्वसाधारण लाई घन्टौ लाएन मा बस्नु पर्ने ! सरकार ले राम्रो मान्छे पठाउनु पर्यो र त्यसै को साथ साथै अरु staff लाई नि हेरफेर गर्नु पर्छ ! यो मेरो सरकार लाई शुझाव !11

    Reply
  11. Man Limbu says:
    September 28, 2013 at 5:12 pm

    बस्ताब मा भन्नु पर्दा कतार या त गुल्फ़ मै भनौ अधिकांस नेपाली आधुनिक दास भएर कम गरि रहेका छन्. अति सम्म कि उनीहरुलाई पशु सरह व्यवहार गरी रहेका छ . यस्तो अमानविय अवस्थामा राजदुत सम्मले सार्बजनिक रुपमा कुरा उठाउनु भनेको थोरै भए पनि पिडित मजदुर प्रति सहनाभुती दर्साउनु हो . केहि गर्न नसके पनि यो बिषय लाई बिस्वव्यपी त गरायो .

    अब हामी यस्तो अन्याय पूर्ण रुपले दास बनाई रहेको नेपाली को पक्ष मा लगेर कुरा गर्ने कि संग्किर्ना मानसिकता लिएर आफ्नै पिडित दाजुभाई माथि लाटी बजार्ने ?

    यो कान्तिपुरे दलाल पत्रिकारले जे लेख्यो त्यहि कुरालाई बिषय बनाएर एउटा मजदुरको हितको निम्ति दिएको अभिव्यक्ति बिरुद्द हामीले मत जाहेर गर्नु भनेको हामी पनि नब दलाल माथि न्याय गर्दै छौ भन्ने बुझ्नु पर्छ.

    यस्ता राष्ट्रघटी विचार भएको जस्तो सुकै पत्रकार हो यता सर्बसाधारण होस् इनिहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ.

    Reply
  12. Sunil, London says:
    September 28, 2013 at 3:59 pm

    नेपाल सरकारले आफ्नो इज्जत को बारेमा कहिले सोच्ने हो ? कोहि राजदूत किताब चोर्दा रंगेहात समातिने, कसैलाई कतार सरकारले देश निकाला गर्ने निर्णय गर्ने, कोहि Asylum भएर UK मा बस्ने इत्यादी ! हुन त एउटा उखान छ नि “बेइज्जत तेसैको हुन्छ जसको इज्जत होस् ” इज्जत नै नभए पछि के का बेइज्जत ! अब कृषि बिकाश बैंक जस्तो ठाउमा अधिकृत भैसकेको “महत्वपुर्ण” मान्छेलाई राजदूत जस्तो “भारेभुरे” पद मा नियुक्त गर्नु हुन्छ त ? उनि त धेरै ठुलो पद को हकदार हुन्, किन भने “माओबादी पार्टी” संग सम्बन्धित रहिछन , उनलाई त देशको प्रधानमन्त्री बनाइनु पर्छ ! पम्फा भुसाल लाई माओबादीले फ्रान्स को राजदूत नियुक्त गर्न खोज्दा “अग्रिमो” नआएको कुरालाई बिर्से जस्तो छ , अब फेरि कसलाई कताको राजदूत बनाउने हो “माओबादी कोटामा” !!!!!!!

    Reply
  13. Deepak Bhetwal says:
    September 28, 2013 at 1:56 pm

    राजदुत मायाकुमारी शर्माले कतारका एनआरएनए का सभापति लाई समेत मुछेर उनले मलाई डिपोर्ट गर्ने सल्लाह दिएको आसय आफुले पराराष्ट मा पठाएको इस्पष्टिकरण पत्र मा उल्लेख गरेकी रहेछिन। यो उनको अर्को झुट र बेइमानी हो / एनआरएनए सभापति ले उनलाई एस्तो सल्लाह दिएको कुरा म कल्पना समेत गर्न सक्दिन / मलाई डिपोर्ट पत्र लेखिसके पछि राजदुत बाट डिपोर्ट पत्र फिर्ता गराउन यिनले सकारात्मक भूमिका खेलेका थिए। एनआरएनए सभापतिकॊ नाम बेचेर आफु उम्कने यिनको काइते तरिका हो।

    दीपक भेटवाल
    दोहा , कतार

    Reply
  14. RAJ says:
    September 28, 2013 at 12:37 pm

    कुटनीतिक मर्यादा मा नबस्दा कार्यकुशलताको कमि र पार्टी को साधारण कार्यकर्ता लाइ एस्तो महत्वपुर्ण पद कोच्यायेरा खुवादा को परिणाम हो यो सब |
    यो आर्टिकल मा कमेन्ट गर्दा छुटाउन नहुने कुरा चै : अंग्रेजी भाषा को बलात्कार |

    Reply
  15. shree basanta says:
    September 28, 2013 at 11:44 am

    अब खुला जेल बाट वहाँले पनि उन्मुक्ति पाउनु भो | खुसि हुनु पर्नेमा किन फेरी सर्बोच्चमा
    मुद्दा हाल्ने कुरा गर्नु भा होला ? त्यहाका नेपालीले सार्है दुखः दिएकाले एमाओबादिको उपदेश अर्ति बमजिम गर्दा
    गर्दै बिबिसी,पत्रकार लागेर यस्तो दिन देख्नु पर्यो | एमाओबादीका नेताहरुलाई दारु पानी सौगात केही
    ल्याउन पनि अरब देश पर्यो, नपाइने | कतार खुला जेल जस्तो मात्र होइन “पक्कै शत प्रतिशत हो” यो
    कुरा बरु सर्बोच्चले प्रमाणित गरिदिए कति राम्रो हुन्थ्यो ?? शम्भु थापा जस्तो बरिस्ट वकिल लगाएर
    यो कुरा गरिदिनु भो भने खाडीका नेपालीले राहत पाउने थिएकी ?

    Reply
  16. Ramesh says:
    September 28, 2013 at 11:32 am

    इमेल ठेगाना gmail.com मा पो छ त, थुइक्क नेपाली सरकारी कुटनीतिक नियोग लाज मर्नु छ नि हौ पैसा भरि कता हाल्चन र हौ यी चोर हरु का खलक हरु ले ह?

    Reply
  17. बशन्त राज says:
    September 28, 2013 at 9:40 am

    एक कुरा म यहाँ थप्न चाहन्छु / कतार होस् या अरु जुनसुकै खाडी राष्ट्र तिनीहरुले अरु संग काम गर्दा अन्य रास्ट्रको संग काम गर्दा ३ कुरा हेर्छन / ति तिन कुरा हो रास्त्रियता, राजनीतिक अबस्था अनि धर्म / यसो हेर्दा कतिलाई लग्न सक्छ की यो संकुचित सोच हो / तर यो नै तितो यथार्थ हो / केहि समय अगाडी हरिबंस जी को किताब “चिना हरायको मान्छे” मा पनि हरियो पासपोर्ट शिर्षकमा एक लेख छ / जहाँ कोरियामा त्यहाका कर्मचरीले पासपोर्ट हेर्दै गरिब देश को पासपोर्ट हुनेहरु लाई संकुचित आचरण गरेको बारे लेखियको छ / खाडी रास्ट्रमा पनि यहि हुन्छ / यहाँका स्थानीयहरू दछिन पुर्बी एसियाका सबै गरिब हुन् भन्ने सोच पालेका हुन्छन / दुबई मा केही समय अगाडी एक घटनामा त्यहाको स्थानीय पुलिशले सडकको बिच बाटोमा सानो गल्ति गर्ने भरतीय सबारी चालकलाई पिटेको थियो / पछि त्यसको भिडियो युतुबमा आयपाची त्यो पुलिश लाई बर्खास्त गरियो / अरुको देशमा सकेसम्म नजानु जानेभय थेरै सोच विचारगरि मात्र जानु / जानु अगि केही नेपाली उखान याद गर्नु “नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै “/ अरुले फोकट मा खुवाउदैन जहाँ गए पनि हातका दस औला खियाउनु पर्छ अनिमात्र खान पाईन्छ / तर जानेन भने काम गरेको पनि तलब पाईदैन /

    Reply
  18. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    September 28, 2013 at 9:07 am

    माया कुमारी को व्यक्तिव राजदुत बन्ने जस्तो नदेखिए पनि, पत्रकार नारायण श्रेष्ठ र भू. पु. राजदुतले भनेका कुरा सत्यको धेरै नजिक छ, तेसैले पत्रकार ज्युको लाई धेरै इज्जत र माया कुमारी लाई खासै केहि भन्नु छैन.. !!

    Reply
  19. Sara says:
    September 28, 2013 at 9:01 am

    हैन visa नभैकन कतार ले कसरि इन्ट्री गर्न दिन्छ ? कस्तो कुरा गरेको ? पत्रकारहरु बिना visa प्रबेस गरेका थिए रे!

    Reply
    1. अभि says:
      September 28, 2013 at 11:48 am

      बिना भिसा होइन बिना “पत्रकार भिसा” मा गएका होलान, जस्तो कि टुरिस्ट भिसा. बिना भिसा त भारत गए मात्र हो!!!!!

      Reply
  20. Deepak says:
    September 28, 2013 at 6:56 am

    हैन के हो यो ! उच्च स्तर मा काम गर्ने नेपाली हरु सबै को अंग्रेजी किन एस्तो कम्जोर…जाबो deportation type गर्न जान्दैनन् यार.. थुक्क…

    Reply
    1. देवेन्द्र सुर्केली says:
      September 28, 2013 at 4:19 pm

      अंग्रेजीको कुरा उठाउनुभयो । तर तपाईको नेपाली चाही कस्तो छ ? त्यतातिर पनि हेर्ने हो कि ?

      Reply
  21. laxman says:
    September 28, 2013 at 6:46 am

    विश्वको जुनसुकै ठाउमा पनि नेपालीहरु सबैभन्दा ठगिने र हेपिने भनेको इन्डियन अथवा नेपालीहरु बाट नै हो. इन्डियन हरु त बिदेशी नै भए तरआफ्नै दाजुभाई दिदीबहिनीहरु संग के को नेतागिरी गर्नु परेको होला ? सरकारी कर्मचारीको कुरा त गरिनासक्नु छ. संसार मा सबै भन्दा गिरेको bureaucracy नेपालमै छ होला. धेरैजसो इन्डियन सिस्टम बाट दिक्षित Bureaucrats को मनपरी पंचायेत, प्रजातन्त्र, र लोकतन्त्र सबैमा उस्तै छ. यिनीहरुलाई केहि बोल्नै नहुने सधैभरि स्रोत साधनकै अभाब हुने. विदेश भ्रमण र तालिममा कत्ति खर्च गर्छन तर पनि सिक्ने केहि होइन सधैभरि आफ्नै Ego / Pride बताई निर्देशित हुन्छन. कति त येति गिरेका छन् कि अन्न पानी भन्दा बढी घुस खान्छन. कहिँ नभका चोरहरु.

    Reply
  22. xyz says:
    September 28, 2013 at 6:39 am

    Some people are presenting Mr. Narayan Shrestha as a media hero in Nepal. It is totally wrong. I am not a fan of this third grade officer, trade unionist, rajdoot mohadaya. But Mr. Shrestha has his own way of editing the material, to suit his needs, cast doubt on his professionalism. I am sure this is also the starting point of his downfall. Why not someone investigate on the money supplied by DFID to run this program?

    Reply
    1. अभि says:
      September 28, 2013 at 11:53 am

      साझा सवाल bbc को कार्यक्रम हो न कि dfid को, bbc ले बेलाबेलामा बेलायत सरकारकै भण्डाफोर गर्छ, तेसैले मान्छेको थोपडा मन परेन भन्दैमा तथ्यलाई बन्गायेरा कसैको आलोचना गर्नु उचित होइन कि?? आगे तपाइकै मर्जी!!

      Reply
      1. Nitika says:
        September 28, 2013 at 12:50 pm

        तपाईँले अलि तथ्य बुझ्नु भएन, साझा सवाल बीबीसीको हैन, बीबीसीको ngo मेडिया एक्शनको प्रोजेक्ट हो http://www.bbc.co.uk/mediaaction/where_we_work/asia/nepal
        अनि यो एनजीओलाई डीफीडबाट नि पैसा आउँछ। प्रमाण
        http://www.bbc.co.uk/mediaaction/about/finance

        Reply
        1. अभि says:
          September 29, 2013 at 12:20 am

          I remain partially corrected. But BBC Media Action is still a part of BBC and not of DFID. As such, being a public service broadcaster BBC also gets government money but that does not mean it is controlled by the government (or dfid).

          Reply
  23. Suman bhote says:
    September 28, 2013 at 5:30 am

    सजा सवाल हेर्दा एस्तो पनि हुन्छ राजदूत जस्तो लग्यो, एस्तो ले त झन् दुख दिन्छ जस्तो लग्यो….. तर tough talk हेर्दा, ठिक्कै हो कि जस्तो लग्यो…… बोलाई भन्दा काम गराई को evaluation गरेर पाद्चुत गर्नु पर्छ/ ….. तर कतार ले नै हटा भनेपछि, हटाउने पर्यो…. आबेश मा होइन बुद्धि लगाएर काम गर्नु पर्यो…..

    Reply
  24. अभागी कान्छा "गाउले" says:
    September 28, 2013 at 2:26 am

    अबश्य पनि नेपाली नागरिकलाई दुख दिने काम भने, माया “अ” कुमरीले शर्माले दिएको नै थिईन !मैले पनि केही अनुभब गरेको पाए ! पिडितको त कुरै न सुन्ने, पहिलेको जस्तो नेपालको जंगली पारा त्यो यहा पनि देखाउन खोजेको थिईन होला ! त्यो यहा कसरि चल्ने ? यो त नेपाल होइन !

    पद अनुशर कतारलाई खुला जेल भन्न कहिल्यै पनि मिल्दैन ! तर यसो देख्दा भने तेस्तै तेस्तै पनि सबैलाई लाग्छ ! किन कि एक्जिट पेपर बिना कोहि पनि देश छाडेर जान सक्दैनन् ! धेरैले यो कुरा महसुस पनि गर्नु भएको होला ! तर पनि एक उच्च पदमा बसे पछी दुइ देश बिचको समंधमा पनि ध्यान दिनु पर्छ र त्यस्तो अभिव्यक्ति कसैले पनि उचित मान्दैनन् !

    म दुताबासमा पुग्दा, पहिलो दिन मेरो कुनै काम भएन ! कोठा कोठा पुगे यता सोधे उता सोधे आखिर केही भएन ! राजदुत मिटिङ्मा हुनु हुन्छ भन्ने अन्तिममा खबर दिईयो ! यता आफ्नो काम छाडेर दुताबास धाएको थिए !
    एक कर्मचारीले पेपर हेर्दै भन्यो तपाईहरुको त थर मिल्दैन त ??? तेत्रो गा.बि. स. ले सिफारिस गरेर नाता प्रमाणित गरेको छ कि हामी नाताले दाजु भाइ हौ ! म फलानो ठाउमा बस्ने ठुलिमा छोरा र फलानो ठाउमा बस्ने सानिमा को छोरा भाइ, यी दुई नाताले दाजु भाइ हुन् भनि साक्षी बस्नेको पनि पुरै हस्ताक्षर पनि थियो !
    मेरो सानिमा को बिबाह अन्तरजातीय बिबाह हो ! त्यसैले थर फरक पर्यो ! सबै व्यहोरा खुलाएको छ र पनि यस्तो कुरा गर्नु कति सम्मको उचित हो ! एक सोचनीय छ ! नोट :- आफ्नो मान्छे यहाँ आउदा समन्धित कोहि आफन्त यहा हुन जरुरी हुन्छ ! त्यसैले मैले यी सबै काम गर्न २ दिन आफ्नो काम छाडेर दुताबास धाए !
    तर आफन्त कोहि नभएका नया आउने मान्छे ऐले पनि आइ रहेका छन् ! खै तिनीहरुलाई कोहि आफन्त नचाहिदो रहेछ ! कुनै कागजपत्र दुताबासको पनि….. यस्तो भए पछी के राजदुत र नेपालका म्यानपावर दलाली संग र कतारका दलाली संग मिलेमतो छैन भनेर कसले भन्छ ???

    त्यस्तै दोस्रो दिन पनि म बिहानै दुताबास पुगे भर्खर खोलेका थिए ! त्यस्तै आठ बजेको थियो होला ! समय ऐले यकिन भएन ! कोहि कर्मचारीहरु आएका थिएनन ! एउटा भाइ त्यहि काम गर्दो रहेछन ! उसले पहिले आएर खोल्दा रहेछन ! अरु बिस्तारै आउदा रहेछन !
    टोकन लिएर बसेको छु ! सबै कागजात पत्रहरु पनि लिएर ! काम पनि ढिला सुस्ती, कर्मचारी मोबाइलमा धेरै व्यस्त हुने ! केही सोधे कहिल्यै नरम अनि मिठो भाषामा न बोल्ने ! खाली सन्केर बोल्ने ! रिस त धेरै उठ्यो ! तर के गर्नु आफ्नै काम हो सानै भएर गर्नु पर्यो ! कुरी रहे बल्ल बल्ल पालो आयो !
    आबस्यक दस्तुर पनि तिरे, चेकजाच पनि भयो ! स्ट्याम हान्न बाकि छ रे, अनि भन्छ भरै ३ बजे आउनु र पेपर लिएर जानु ! काम आज पनि छाडेर गएको छु ! ४ बजे काममा आउछु भनेर…….. कुर्दा कुर्दा बल्ल बल्ल पाए मेरा सबै कागजात पत्रहरु र काम बन्यो र भाइ पनि यहाँ आयो !

    Reply
  25. अबिन says:
    September 28, 2013 at 2:18 am

    नेपालको संबैधानिक राजदुताबासको इमेल ठेगाना gmail.com मा पो छ त, थुइक्क नेपाली सरकारी कुटनीतिक नियोग

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme