Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल सुन्नुस्, नेपाली कसरी फँसेका छन् कतारमा !

Posted on September 27, 2013September 27, 2013 by mysansar

-अमृत सुवेदी-

श्रमिक नेपालको नियमदेखि नै ठगिन थालेका हुन्छन्। नेपाल सरकारले कतारसँग श्रम सम्झौता गर्दा न्यूनतम १२०० कतारी रियल दिनुपर्ने भनेर गरेको छ। तर कतारी कम्पनीले दिने भनेको लेबरको हकमा मात्र ८०० हो। कुनै कम्पनीमा ८०० बेसिकमा काम गर्नको लागि आउने कामदार हुँदाहुँदै उसले १२०० तिर्ने कुरा हुँदैन। ऊ पनि समाज सेवा गर्न हैन नाफा खानका लागि खोलेको कम्पनी हो। तपाईँ भन्नुहोला, नेपाल सरकारले ८०० मा जान नदिनु नि। अब के गर्छ मेनपावरले, दुई वटा लेबर सम्झौता झिकाउँछ। एउटा १२०० को (जुन नेपालमा श्रम स्वीकृतिको लागि देखाउन र मागिहाले एयरपोर्टमा समेत देखाउनको लागि), अर्को ओरिजिनल जुन साँच्चिकै कम्पनीले दिएको ८०० वाला।

त्यतिमात्र हैन, श्रमिकलाई फेरि अर्को जालमा फ़साउँछ मेनपावरले। श्रमिकसँग डेढ लाख लिन्छ। अनि बिल दिन्छ ७० हजारको। म ग्यारेन्टी गर्छु ९० प्रतिशत नेपाली श्रमिकले कतार काममा जानको लागि एक लाख भन्दा बढी तिरेको हुन्छ। तर एक जना पनि लेबरसँग त्यो डेढ लाख तिरेको भर्पाइ हुँदैन। किन दिँदैन त मेनपावरले भरपाई ?

१- कुनै पनि मेनपावर कम्पनीले कतार पठाउन त्यत्रो रकम लिन पाउँदैन।
२- त्यो उठाएको पैसाबाट दलाल सब-दलाल को हातमा पनि पुगेको हुन्छ।
३- कुनै कारणवश कामदार फर्क्यो वा विदेशमा कुनै घटना भयो र उसको परिवारले त्यो भर्पाइ देखाएर रकम क्लेम गर्‍यो भने सजिलैसँग मेनपावरको लाइसेन्ससमेत खारेज हुन सक्छ।

यहाँ नेपालमा के हुन्छ ?

म कतारको राम्रो एयरवेजमा क्याबिन क्रिउ छु। मेरो स्यालेरी तुलनात्मक रुपमा केही राम्रो छ। मैले अनलाइनबाट अप्लाइ गरेर यहाँ आएको हुँ। यदि कम्पनी ले मेरो सुविधामा अलिकति पनि तलमाथि गर्‍यो भने म लेगल्ली क्लेम गर्न सक्षम छु। तर मैले नेपालमा मेरो श्रम स्वीकृतिको लागि पाएको दुःख यहाँ व्यक्त गर्न सक्दिनँ। मैले कति दुःख गरेर जागिर पाएको, तर त्यो श्रम कार्यालयले मलाई के भन्छ- तपाईँ इराक जानको लागि यो चाल रचेको। मैले उसलाई मेरो ओरिजिनल अफर लेटर देखाएँ, जुन मेरो कम्पनी को वेबसाइटमा चेक गर्न सकिन्छ। अथवा कतारको Ministry of Interior को official site moi.gov.qa मा मेरो भिसाको status check गर्न सकिन्छ। त्यसो भन्दा पनि उसले कुनै मेन पावरको सहायता लिएर आउनुहोस् भन्छ बा। यसको मतलब मेरो फ्रि भिसाको ठाउँमा मैले कुनै मेनपावरलाई पैसा तिरेर जानु पर्‍यो रे। सम्झिदाँ पनि रुन मन लाग्यो। अन्तिममा म तल झरेर होटेलमा बसेको मात्र थिएँ, आयो एउटा टट्टू। मैले तीन दिनमा नसकेको काम उसले मैले दुई बोतल बियर खाएर नसक्दै मात्र पाँच हजारमा ल्याइदियो। अनुमान गर्नुहोस्, एउटा राम्रो कम्पनीमा मध्यम जागिरको लागि एउटा ब्याचलर सकेको, जो भोलि आफूलाई कम्पनीले कुनै अप्ठेरामा पार्‍यो भने पनि लेगल्ली क्लेम गर्न सक्ने, लाई त यस्तो दुःख दिन्छ भने एउटा construction company मा लेबरको लागि आउनेलाई केसम्म गर्छ होला ?

समाधान के त ?
नेपाल सरकारले एउटा मात्र काम गर्‍यो भने सेलेरीको समस्या (८०० दिने तर १२०० मा सम्झौता गर्ने) समस्याको अन्त्य हुन्छ। कुनै पनी कम्पनीले, मेनपावरले नेपाल सरकारको आँखा छले भन्दैमा कतार सरकारको आँखा छलेको हुँदैन, सक्दैन। नेपालले श्रम स्वीकृतिको लागि सम्बन्धित कम्पनीले दोहाको नेपाली एम्बेसीलाई पेस गरेको डकुमेन्टका आधारमा चेक गर्छ जुन फेक बनाउन कुनै समस्या हुँदैन कम्पनीलाई। नेपाल सरकारले सम्बन्धित कम्पनीलाई भिसा इस्सुको लागि कतारको ministry of interior मा पेश गरेको document सँग tally गर्न सक्नुपर्छ, जसको Correspondence कुटनीतिक आधारमा हुनुपर्छ।

बाँकी रह्यो कम्पनीले दिने सेवा र सुविधा। हो, कतारका सबै कम्पनीले सबै कामदारलाई मापदण्डका आधारमा सुविधा दिएका छैनन्। कतारको नियम अनुसार कुनै पनि आउटडोर काम दिउँसो ११ बजेदेखि ३ बजेसम्म काम गर्न गराउन पाउँदैनन्। यो ९५ प्रतिशत लागू भाको छ। किनकि कुनै श्रमिकले त्यो अवधिमा काम गरेको देखियो भने सिधै पुलिसले समातेर लान्छ र सम्बन्धित कम्पनीलाई कारबाही गर्छ, जुन कारबाही एकदमै महँगो पर्न जान्छ कम्पनीको लागि।

त्यस्तै accommodation को हकमा, कुनै पनि कामदारलाई एसी नभएको रूममा राख्न पाउँदैन। त्यस्तै रूम पनि ३ देखि ५ जनासम्म वर्ग स्क्वायर अनुसार (मलाई exact figure थाहा भएन ) भन्दा बढी राख्न पाउँदैन। यदि सेलेरी तथा सुविधाको हकमा कुनै कम भएमा स्वयं पीडित कामदारले तलको एड्रेसमा कम्प्लेन गर्न सक्छन्। सामान्य केसहरुको जानकारी फोनबाट पनि गर्न सक्छन्, म स्योर छु ९० % केसमा कतार सरकारले छानबिन गर्छ।

National Human Rights Committee
Souq al Rawdah, Salwa Road
Tel: 44444 012 Fax: 44444 013
Email: [email protected]

Human Rights Department
Ministry of the Interior
Al Markhiya Street
Tel: 44866 322 Fax: 44866 311

Labour Department
C Ring Road
Tel: 44406 554, 44406 406
(Building and Construction)
Fax: 44406 556
Email: [email protected]

33 thoughts on “ल सुन्नुस्, नेपाली कसरी फँसेका छन् कतारमा !”

  1. Arun Bhattarai says:
    October 2, 2013 at 1:12 pm

    मैले पनि यौटा पत्रिकाको सूचना देखी येहिको म्यनपोवेर बाट CV पठाए, Quatar बाट interview पनि लियो अनि सेलेक्ट भैस भनेरे salayrma बर्गैनिंग गर्यो ८०० QR कममा पो कम गर्न पर्चा भन्यो बा. मैले जान्न भने अनि फेरि भोलि पल्ट फोन गरेर 300 QR तप्चु भन्यो . येस्तै ६ येह.

    Reply
  2. Hari says:
    September 29, 2013 at 1:23 pm

    Gulf Country जहाँ पनि तेस्तै हो सोचे जस्तो केहि छैन न नेपाल को दादाल हरु ले भने जस्तो जो आए उसैले भोगो.

    Reply
  3. ramesh says:
    September 28, 2013 at 2:38 pm

    एक महिना अगाडिको कुरा हो मेरो साथी रबिन्द्र दुइ वर्ष पछि पाएको छुट्टिमा नेपाल जानु भाको थियो जब वहा फर्कने क्रममा नेपालको एअरपोर्टमा समस्या वहाले श्रम स्विकृति लगाएत सबै कागज पत्र देखाउनु भयो तर पनि भएन जहाज उड्न केहि समय मात्र बाकी थियो अन्तमा वहाको पासपोर्टमा रहेको भिस्षाको विवरण नेपाली अनुबादमा चाहिने भनेर एक क्रमचारीले भन्नु भयो,अब यो अनुबाद कहाँ बाट गर्ने भनेर सोद्धा घण्टाघर निर एक उर्दु,अरबी translate भन्ने ठाउँ बाट गर्नु पर्ने रे जब कि यो काम गर्न आधा दिन नै लाग्छ यो कामले गर्दा वहाको फर्कने हवाई टिकट नै cancel भयो टिकट थियो ऐरअरेबिया छुट्यो त नया टिकटमा आउनु पर्ने के नेपाल एअरपोर्ट इन्टर नेट को सुबिधा छैन र ? र अर्को कुरा छुट्टीमा नेपाल जानेले पनि फेरी सबै विवरण दिनु पर्छ र ?

    Reply
  4. Netra Karki says:
    September 28, 2013 at 11:24 am

    यो visa प्रमारिकरण को बेबस्थामा केहि सुधार भए सबैलाई राम्रो हुनेथियो. याहा नेपालीहरु पनि राम्रो काममा आउन सक्ने थिए. तर के गर्नु, तपैले जतिसुकै ठुलो पोस्ट को offer पाए पनि यहाँ बाट प्रमाणीकरण गर्न नै सकिन्न जब सम्म आफ्नो family को मान्छे यहाँ हुन्न. एसको लागि इंडिया को जस्तो सिस्टम गरे राम्रो हुने थियो. जस्तो इंडिया को लेबर यहाँ आउनु परे ECNR भन्ने बनाउनु पर्छ भिसा पाए पछि. तर त्यो मान्छे graduate पास भए पछि बनेको पस्स्पोर्ट छ भने केहि नगरी सिधै ticket काटेर आउन सक्छ. के एस्तो बेबस्था गर्न सकिन्न र?

    Reply
  5. Sukubhatu, Doha says:
    September 28, 2013 at 11:22 am

    नेपाली राजदुतले कतारमा नेपाली लेबरको तलबमान ९००+२०० तोक्दैमा कुनै कम्पनीले दिनु पर्छ र ? यो त उल्टो काम पो भयो त, अरुको देसमा आफुले तलब तोक्ने / कम्पनीले त ५००+२०० को पो खोज्छ त/ अब नेपालीलाइ चाहियको काम, अनि कम्पनीलाइ कामदार, जसको सेटिंग गर्ने काम नेपालका म्यानपवारले नकली कागजात मार्फत पुरा गर्दछ/

    नेपाली राजदुत र नेपाल सरकारले त कतारको सरकार मार्फत पहल पो गर्न पर्छ / कतारको सरकारले लेबरको तलब ९००+२०० गरोस त यहाँ कुनै कम्पनीले चुइक नि गर्न सक्दैन/ अनि नेपाली मात्र होइन इन्डियन बंगाली श्रीलंकन फिलिपिनी पाकिस्तानी, सब लेबरको तलब ९००+२०० हुन्छ नकि नेपाली को मात्र / राजदुतले ९००+२०० गरोस या १५०० गरोस विदेश जानैपर्ने नेपालीले कसरि पाउछ यो तलब, / अनि प्लेनमा पुगेपछि contract च्यात्न लगाउछ र कतार मा पुगेपछि ७००+२०० contact बनाउछ/

    Reply
    1. Sam Sharma says:
      September 29, 2013 at 5:26 pm

      मैले बुझे अनुसार, अमृत जी को लेख (जुन मलाइ राम्रो लाग्यो र यसले सबै कतार जान खोज्नेहरुलाई फाइदाजनक हुनेछ) को आसय नेपाल सरकारले कतारको “इण्टेरिअर मिनिस्ट्री” मा पेस गरेको डकुमेण्ट अनुसार छ कि छैन छान-बिन गरी कुटनितिक रुपमा पत्राचार गर्ने भन्ने हो / यो राम्रो सुझाव हो / मैले देखेको एउटा मात्रै समस्या कतारमा करिब चार लाख नेपाली कामदारहरु भएकोले यो काम गर्न सबै डकुमेन्ट सिस्टम “डिजिटलाइज्ड” नगरेसम्म धेरै कठिन हुन्छ / डकुमेन्ट सिस्टम “डिजिटलाइज्ड” भएपछी सबै कम्पुटर प्रोग्रामिङ्ग ले काम गर्छ र भेरीफाई गर्न सजिलो हुन्छ / तर मलाइ लाग्छ नेपालका सरकारी (लेखकको भाषामा “टट्टूहरु”) कर्मचारीहरु धमिलो पानीमा माछा मार्न पाउने दाउले यो गर्न चाहान्नन् /

      Reply
  6. dinkar sigdel says:
    September 28, 2013 at 7:09 am

    तितो सत्य : नेपाली भएर जन्मिनु नै दुखः रहेछ | न देश मा सुख: छ न विदेश मा ..१६ बर्ष को गणेश काम गरेर गरिब परिवारलाई सहयोग गर्न विदेश जान पुग्छ | तेस्को लगत्तै २ महिना पछि एउटा एम्बुलेन्स गणेश को घरको दैलो अगाडी रोक्छ र गणेश को लाश परिवार लाई जिम्मा दिन्छ अनि परिवार भक्कानो फुटाएर रुन्छ | जो २ महिना अगाडी एउटा ससक्त युवा थियो ,परिवार को सहारा थियो अनि राष्ट्रको भावी जनसक्ति थियो तर उ आज लास बन्न पुगेको छ | अनि तेस्ता गणेशहरु धेरै छन् जो मेडिया र समाचारमा आएका छैनन् |
    मेरो विचारमा नेपालले आफ्नो युवा जनसक्ति लाई देश मा उपयोग गर्न नसक्नु को परिणाम भोग्नु पर्या हो यो | त्यसैले गर्दा बिस्वबजारमा हाम्रो जनसक्ति सस्तो पनि छ र श्रम सोषित भएर अरु को देश बिकाश गर्न बाध्य पनि छ | यो नेपाल को यितिहाँस कै दुखः को कुरा हुनुपर्छ |
    काठमाडौँ पोस्टका अनुसार २० देखि ४४ बर्ष भित्र का २१ लाख युवाहरु ( the most productive workforce group) विदेश मा काम गर्छौं |

    Reply
  7. hari bahadur says:
    September 28, 2013 at 5:02 am

    यो पनि हेर्ने हो कि? कतार मात्र हैन middle east मा सबै ठाउँ त्यस्तै हो जस्तो छ
    http://www.youtube.com/watch?v=gMh-vlQwrmU

    Reply
  8. बशन्त राज says:
    September 28, 2013 at 1:06 am

    यसै मा जति पनि नेपाली हरु जो विदेश आउनु भयको छ / उहाहरुले पायको समस्या नेपाल को दलाल देखि मेनपावोरले लीयाको रकम अनि तिनले एरपोर्ट मा के के गर्न भनेका छन् अनि ऐरपोर्टमा हुने श्रमको काम देखि काम गर्ने गन्तब्य मुलुक सम्म को घटना बारे यहाँ लेखौ / ताकी नया आउनेहरुलाई विदेश आउनु अगि को पूर्व तयारी बारे ज्ञान होस् / यसका साथै सरकार लाई पनि कमजोरी सुधार गर्न सजिलो होस् / अरुलाई आरोप लगाउनु अगि आफु कति सहि छु भन्ने मुल्याकन गर्न जरुरीछ /
    यदि कसैले दाग लागेको लुगालाको छ अर्कोले त्यो लुगाको दाग देखाऊछ भने अब दाग लागेको लुगा धुने काम हाम्रो हो / यदि दाग लागेको थाहा हुदा हुदै नथोई लुगा लागौछा भने मुर्ख त्यही हुन्छ जो दाग लागेको लुगा लागौछा / हामी नेपाली त्यही मुर्ख हौ / नागरिकता बनाउने सिफारिश गर्ने गा बि स सचिप, त्यो सिफारिश मा नागरिता बनाउने जिल्ला विकास को प्रमुख, त्यही नागरिकता को आधार मा पासपोर्ट बनाउने पररास्ट्र, बिदेश पडाउन खसी बोका खोजे जेस्तो मान्छे खोज्ने दलाल, त्यो दलाल लाई सहयोग गर्ने म्यानपावोर, अनि विदेश मान्छे पाडाउन स्व्रीक्रीती दीने श्रम मत्रालय, अनि एरपोर्ट को सेटीङ्ग, यी सबै नेपाल को दाग हो / अब सफा कसले गर्ने ????????

    Reply
  9. Dnesscarkey says:
    September 27, 2013 at 11:49 pm

    प्रसङ्ग मा गामका नेपाल (मेडिकल checkup garne ठाउँ) को कुरा उठाउन चाहन्छु | मेडिकल गर्न आउदा खेरि हरेक कुरा मा ठगेको देख्दा मन नै पोलेर आउछ | दलाल सम्म त पुग्नै पर्दैन, सानो ब्यापारी देखि लिएर taxi driver ले सम्म ठग्ने गर्छन उनि हरुलाई | एउटा taxi मा ६ – ७ जना कोचेर हरेक बाट १०० देखि २५० सम्म लिने गरेका छन्, taxi लाई bus जसरी चलाएक छन् | तेती मात्र होइन यहाँ त bike पनि taxi जसरी नै चल्ने गर्छ र तेही माथि भएको एरपोर्ट को traffic पोस्ट ko traffic le चै देख्दैन तर पनि रति तेही office आगाडी चै मापसे check गर्न बस्छ. |

    कोई पत्रकार महोदय हुनु हुन्छ भने यसलाई cover गर्नु हुन्छ कि ? गामका को लोकेशन को लागि चै http://gamcanepal.org/gamcanewlocation.jpg

    Reply
  10. Kapil says:
    September 27, 2013 at 11:02 pm

    अमृत जी, एकदमै राम्रो लेख! धेरै धेरै धन्यवाद हजुर को लेख को लागि. म माइ संसार को नियमित पाठक हूँ, कार्यालय आउने बितिक्कै हेर्ने गर्छु/ हिजो को लेख ले एकदमै मन छोयो र हामी नेपाली हरु देश को परिस्थिति ले गर्दा बाहिर जानु पर्ने बाद्यता भएको पनि थाहा छ तर १५०००० ३६% को ब्याज मा लीएर जानु भन्दा के त्यहि पैसा ले नेपाल मा सानो काम गर्दा धेरै नै राम्रो हुने कुरा सोचेको छु/ गारो छ तर त्यति धेरै गारो पनि छैन जति कतार मा हेरियो र देखियो पनि त्यसैले सबै नेपाली हरु केहि गरौ आफ्नै देश मा र आफ्नो देश परिबर्तन गरौ त्यसले हाम्रो भाबी पिडि लाई नै सहयोग गर्ने हो कतार को लागि आफ्नो रगत नबेचौ/ केहि गलत र सब्द हरु को चयन मिलेको छैन भने मिलाएर पद्नु होला

    जय नेपाल जय देश

    Reply
  11. raj says:
    September 27, 2013 at 10:30 pm

    अमृत जी ले दिनु भएको जानकारी सराहनीय छ | तर जुन देशमा (नेपाल) एस्तो चरम भष्टाचार छ त्यो देश मा यस्तो आस कसरि गर्न सकिन्छ | नियत नै ठिक नभए पछि के गर्न सकिन्छ | नेपालका मेन पावर र कर्मचारी हरु ले कहिले एस्तो गर्नेवाला छैनन् , नत्र आज को युग मा येति जाबो कुरा थाहा पाउन कति गारो कुरो हो र ? येसो गरेर मुहान बन्द किन गर्थे ? राष्ट्र को प्रत्येक अंग भष्टाचार ले ग्रषित छ | समाधान सबैलाई थाहा छ तर गर्ने इक्चासक्ति कसै मा छैन | हुने खाने ले २-४ हजार दिन्छन नहुने ले दुख पौछन |

    Reply
  12. Mahesh S says:
    September 27, 2013 at 10:29 pm

    कतार मा हाल अमानबिये अवस्था भोगी रहनु भएका नेपाली काम्दार हरु लाई तुरुन्त उक्त अवस्था बाट मुक्त गर्नु पर्छ। ५० दिग्री मा काम गराउने , पानी नदिने , तलब नदिने , उचित खान र बसो बास को बेबस्था नगरने कुरा मा चाँही कतार लाई दोश दिन सकिन्छ। भबिश्ये मा एस्तो घटना नदोहरियोस भन्न को लागि हामीले आफ्नै कम्जोरी हरु पनि सुधारनु पर्छ । जस्ताइ

    १। १६ बर्ष को नाबालक कतार मा पुग्नु कतार को दोश हैन, यो त यता कै कम्जोरी हो। प्रशासन मा एस्ता गलत नागरिकता बन्ने प्रकृया लाई निरुत्साहित बनाउनु पर्‍यो। एस्तो दलाली धन्दा मा लागेका हरु लाई कारबाही गर्नु पर्‍यो। हाल प्रसारित guardian को समाचार ले नेपाल मै सरकारी स्तर मै गलत नागरिकता र तेस्बाट फर्जी पास्पोर्ट बन्ने कुरा पनि फैलिएको छ, जस्बाट नेपाली पास्पोर्ट को बिशोस्नियता मा अझ बढी प्रश्न उथ्ने छ।

    २। श्वस्थ मान्छे को heart fail भो भने कुरा उठौन सकिन्छ , तर एही बाट श्वस्थ भनेर मुटु रोगी गयो भने त्यता का लाई मात्र के दोश दिने? तेसैले श्वस्थ पारीक्षण मा कडाइ गर्नु पर्छ।

    ३। नेपाल मा केही नजान्ने लाई नि बिभिन्न सीप हरु छ भनेर फरर्जी work experience हरु देखाइन्छ तेही अनुसार त्यता को कम्पनी ले गराउन खोज्छ, अनी नआए पछी दुक्ख पाईन्छ। तेसैले सरकार उता जे काम को लागि जाने हो त्यो अनुसार को सीप मुलक ट्रेनिङ लिएको छ कि छैन पक्का गर्नु पर्छ ।

    हुन त माथि उल्लेखित कुरा हरु कागजी रुप नभएका त होइनन , अब चाँही यो बैदेशिक रोज्गार लाई यहाँ का सम्भन्धित निकाएले कमाउ धन्दा मात्र नगरि बेबस्थित गर्न सके धेरै नेपाली काम्दार हरुको भलो हुन्थ्यो र समग्र देश लाई नि राम्रो हुन्थ्यो।

    Reply
  13. Arjun Sharma says:
    September 27, 2013 at 9:14 pm

    यो लेखको एक ठाउँमा “वर्ग स्क्वायर” लेखिएको रहेछ, लेखकले कोठाको क्षेत्रफलको कुरा गर्न खोज्नु भएको छ, त्यसैले कि वहाँले बर्ग मिटर, बर्ग फिट लेख्नुपर्थ्यो, कि स्क्वायर मिटर वा स्क्वायर फिट! यसलाई सच्याउने हो कि?

    Reply
  14. Krishna says:
    September 27, 2013 at 8:56 pm

    मलाई पनि त्यस्तै गर्यो. नेपालको श्रम बिभाग ले.
    फ्री visa लाइ मैले ७० हजार पे गर्नु पर्यो मेन पोवेर कम्पनी लाई.

    Reply
  15. Tika gurung says:
    September 27, 2013 at 8:51 pm

    Qatar र world cup आयोजक लै दोष दिनु भनेको आफ्नो अंग को भैसी नदेख्नु अरुको जुम्रा देख्नु सरह हो , नेपाली ले नै गर्दा मर्छन नेपाली विदेश मा

    Reply
  16. dambar dhakal says:
    September 27, 2013 at 8:16 pm

    अमृतजी ले राम्रोसंग कतारको परिस्थिति, त्यहाको , नियम र नेपालको श्रम विभागमा भएका वा हुने खालका गलत गतिबिधि को बिबेचन गर्नु भएको छ/ समाधान वा कामदारले गर्न सक्ने र गर्नु पर्ने उजुर, निबेदनका लागि पनि janakari दिनु भएको छ/ अरुलाई मात्र दोष दिनु भन्दा, येसरी नियम सम्मत ढंगले काम खोज्ने,, जाने अनि समस्या परे उजुर गर्न सकेमा अहिले देखिएको समस्या धेरै कम् हुने थियो./ अरुले पनि येसरी सकारात्मक सूचना प्रबाह गरि दिए गरिब नेपालीका छोरा-छोरीलाइ गुण लगाएको मानिने छ/

    Reply
  17. nabin says:
    September 27, 2013 at 8:10 pm

    बिदेशमा ठगिने १००% केश मध्ये ९९% नेपालका कथित manpower हरूको बदमासीले गर्दा हुन्छ l मलाइ त् भन्न मन लाग्छ, नेपालीहरूले बिदेशमा गएर दुख पाउनुको कारण यहि हाम्रा मानब तस्करी गर्न खप्पिस पैसाको लागि जे पनि गर्न तयार manpower company र श्रम विभागका कर्मचारीहरुको हात छ l श्रम स्वीकृतिको लागि बाटो देखि नै हुने दलाली , तानातान त् कति हो कति, २-४ हजार पैसा दियो भने संसारमै हुँदै नभएको देशको स्वीकृति दिन पनि बेर लगाउदैनन हाम्रा मान्छे तस्कर गर्ने हरू l तलबमान, जाँदा लाग्ने लागतको लागि कुन चाही इमान्दार manpower होला र अरूको त कुरा नै छोडौ, आफ्नै देशमा आफ्नै मामाले भान्जा, दाजुले भाई र काकाले भतिजोलाइ त पैसाको लागि बेच्न तयार हुन्छन, कमिशन र घुसखोरीको लागि कर्मचारी त माहिर नै छन् l यदि स्वन्त्रपूर्बक कसैले भिसा निकाल्यो भने कमिशन नआउने हुनाले त्यसरी नानाथरी प्रश्न गरेका नि l
    के पैसाको कारोबार बैंक मार्फत गराउन सकिदैन र ? अनि निगरानीको लागि office मा cctv जडान गरेर होस् वा दलाललाइ श्रम कार्यालय भित्र त के बाटो बताई भित्र आउन नदिन सकिदैन l नेपाल त दलाल दलाल भएको देश भाई सक्यो l मैले आजसम्म यस्तो सरकारी अफिस देखेको छैन नि जहान बिना झन्झट काम होस् l मालपोत, सी. डी, यो. कार्यालय, अड्डा अदालत, नगरपालिका, लाइसेन्स बिभाग, भन्सार, कुन यस्तो ठाउँ होला जहाँ जनताले सहजरूपमा सेवा लिन पाउँछन् ?????

    Reply
  18. Siyan says:
    September 27, 2013 at 7:37 pm

    माथि अमृतजी ले उल्लेख गर्नु भएका कुराहरु सतप्रतिशत सत्य हुन्. कतारमा आएर दुख पाउने मुख्य कारण भनेको अज्ञानता, नेपाल सरकारको कार्यालयमा बस्ने खुंखार ब्वाँसोहरु, मानव तस्कर र यहाको हदै सम्मको कम्जोर राजदुतावास हो.
    म पनी कतारमा एउटा प्रतिष्ठित कंपनिमा काम गर्न थालेको १६ वर्ष भयो र धेरै सन्तुस्ट र खुशी छु, धेरै पटक मैले नेपालीहरुलाई (पुरुष तथा महिला दुवै) यहाँ मेरो कम्पनीमा काम गर्नलाई मौका दिए र गर्दै छन्, सबैजनाले दुख कस्ट गरेर, थुप्रै पैसा खर्चेर बल्ल बल्ल आइ पुगे र काम थाले, जबकि हवाई टिकेट सम्म कम्पनीले निशुल्क उपलब्ध गराउछ. हालैको कुरा गर्ने हो भने मैले एक जनालाइ भिसा उपलब्ध गराएको १०-१५ दिन बिति सक्यो तर उसको लागि हवाई टिकेट काट्न पाएको छैन कारण दुतावासले आवस्यक कागजात दिन यो त्यो दुनियाभारको झमेला, जबकि हुनु पर्ने के भने यहाको दुतावास ले कुन कम्पनी कस्तो भनेर सजिलै थाहा गर्न सक्छन र सोहि अनुसार आवस्यक स्विकृती दिने प्रचल हुनु पर्दथ्यो जसले सर्वसाधारणले सुबिस्ता पाउने थिए. तर के गर्नु मेरो कम्पनीको मंदुकले त (इमिग्रेशन सम्बन्धि काम गर्ने व्यक्ति) नेपाली दुतावासलाइ संधै सरापी रहेको हुन्छ, हैन तिमीहरुको दुतावासमा किन हरेक दिन नियम परिवर्तन हुन्छ भनेर, खोइ यो सुधार कसले र कहिले गर्ने हो??? निशुल्क भिसा पाएर पनि लाखौ खर्चनु पर्ने स्थिति कहिले अन्त्य हुने हो???

    Reply
  19. Shankar says:
    September 27, 2013 at 7:15 pm

    अमृत ज्यु, तपाइले भानुभएको कुरा एकदम सत्य हो तर त्यो विस को छानबिन चाही कसले गर्ने नेपालमा त सरकारी कर्मचारी को भाग हुन्छ सबै कुरामा (नागरिकता बनाउनु देखि सबै काममा) आफ्नो पेटमा त पकै कसैले लात मर्दैन नि, त्यो पनि नेपालको फटाहा, भ्रस्त, चोर, डाका जस्तो सरकार नेपाली राजनीति जति गरे नि केहि हुने वाला छैन चोर नेता र भ्रस्त कर्मचारी लाई त आफ्नो तलब छदै छ यदि बाहिरी आम्दानी आइरहेको छ भने किन फोकटको रुचि लिने, तयही भएर नेपाली सरकार बाट केहि आशा नराखे हुन्छ

    Reply
  20. पुष्प says:
    September 27, 2013 at 6:54 pm

    हेप्न पायो भन्दैमा मानवाधिकारसमेत हनन हुने गरी हेपाहा नियम बनाउनेहरू कतिको गतिला छन् भन्ने कुरालाई जतिसुकै ढाकछोप गरेपनि काम छैन अमृतजी ।

    Reply
  21. dambar says:
    September 27, 2013 at 6:31 pm

    i agree with the article our manpower consultency and airport immegration officers are to be blame for this lure. this issues are same status like BOMBAY brothel gang. if manpoer cannot think now about own people . only the the GOD knows if people were fire. enough is enough. dambar basnet
    ABUDHAVI UAE

    Reply
  22. Sara says:
    September 27, 2013 at 6:29 pm

    नेपाल सरकार का मान्छे र मेनपावर को मान्छे सेत्तिंग मिलेको हुन्छा नत्र तेत्रो पैसा लिएर भरपाई ५०००० वा ७०००० को बनौछा के तिनीहरुलाई थाहा हुदैन ? नत्र कारवाही गरेको खोइ? कारबाही गर्ने ठाउको मानिसहरु नै खन्चुवा भएसी कहाँ बाट हुनु कारबाही? मतो गाउको भाइले भन्दैथियो सेकुरिटी गार्डमा जान ३५०००० लिगिराछा मेन पवारले दलाल नसमात्दा पनि ,भरपाइमा ५०००० देखौछा .हामीसंग लिने येति भरपाइमा किन एति भन्दा जाने भए येतिनै हो (३५००००)नत्र त्यो भन्दा धेरै नि लिन सक्छम अरुलाई भन्छ रे ! आबो आफ्फै विचार गरम नेपाल सरकार र मेनपावर कसरि मिलेर खाको छ |

    Reply
  23. Haribol Dhital says:
    September 27, 2013 at 6:07 pm

    मेरो कथा पनि करिब करिब येस्तै छ. मैले २००८ मा Dubai का लागि Manager Position मा फ्री Visa पाए र यता आउनका लागि श्रममा गए, ३ दिन घुम्दा पनि श्रम बनाउन नसकेर आखिरीमा Rs ५००० खुवाएर आए, जुन पेपर मैले एरपोर्ट मै फ्याक्नु पर्यो.
    २०११ मा मैले मेरी श्रीमती र छोरीलाई मेरो आफ्नो स्पोंसोर म resident Visa मा Dubai ल्याउदा, ५०० डलर देखौनुस भनेर एरपोर्ट म १ घण्टा सम्म हैरान बनाए, हामी संग पैसा निकाल्न सक्दो प्रयास भो, जब पैसा नदिने भए भन्ने भो अनि ल भो बच्चा साथम रहेछ जानुस भनेर छोडे. कानुनले नदिने भए किन छोड्थए, तर पैसा खानको लागि सक्दो प्रयास भो.
    अब चाडै नेपाल जानु छ, तर यो सबै सम्झंदा र दुख सम्झना जनै मन लागेको छैन, तर देश र माटो को माया लाग्छ, हामी के गरु होला.

    Reply
  24. Min Bahadur says:
    September 27, 2013 at 5:19 pm

    कतार एर्वेज दैनिक तिन पटक काठमाडौँ दोहा उडान सत प्र्तसत नेपाली ग्राहक बात उडी राखेको छ !कतारले नेपाल नेपाली माथि दृषित अद्रिषित तरिकाले फाइदा नाफा कमाई राखेको छ !यो सबै हम्र्रै कुलंघार नेताहरुको कारण हो! नेताहरुको फाँसी होस् !

    Reply
  25. अनोज शाक्य says:
    September 27, 2013 at 5:08 pm

    जब सम्म सरकारले डिमाण्ड पत्रीकामा छापेर मान्छे जम्मा गराउने नियम राखेको हुन्छ तब सम्म यो ठगी र अनियमिताको समाधान हुँदैन । बिदेश जान म्यानपावर होइन । बिदेश जाने उम्मेदवार स्वयमले सम्झौता पत्र लिएर बैदेशिक रोजगार बिभागमा गएर सिफारिस लिने नियम हुँदैन तब सम्म,म्यानपावरको बिज्ञापनको पछी एजेन्त,गुण्डाहरु को झुण्डले बिदेश जाने कामदारलाई ठगिने रोकिने छैन । सरकारले म्यानपावरहरुसँग लिएको धरौती रकम फिर्ता दिने,उनीहरुले काम नलाग्ने जग्गा, झुठो कागजहरु जमानी राखेको सबै फिर्ता गरेर ब्यबसायीहरुलाई कडा निगरानीका साथ ब्यबसाय गराए मर्यादित हुने थियो । म्यानपावरको इजाजत लिने प्राय ब्यबसायीहरु झुठो बोल्ने ,ठग मानसिकताका मान्छेहरु धेरै छन ।

    Reply
  26. Ram Lal Shrestha,London says:
    September 27, 2013 at 2:52 pm

    अमृत जी ,
    तपाइको लेख ज्यादै महत्वपुर्ण छ ,लाखौं नेपालीले श्रम गरि आर्थिक अवस्था सुधार्न, लागि परेको ठाउँ कतारमा जान र गइ सकेपछि भोग्नुपरेको समस्या दर्दनाक छ तेस्मा पनि आफ्नै देश भित्र सुरुमानै बेईमानाहरुको सिकार बन्न पर्नु हामी नेपालीकै कम्जोरिहो आफ्नो काम बने जे पनि गर्ने र तेस्ले कसैलाई असर पर्लाकी ,परम्परा बिग्रंछ्की ,जस्ता मानवीय मूल्यलाई बिर्सेर, पशुवत कार्य सम्पादन गर्ने केहि नेपालीहरुको गैह्र सामाजिक कर्तुत का कारण एक नेपालीको दुखमा समवेदना .सहयोग,र सद्भाव प्रकट गरि राखेका हुदैनौ ! जसलाई पर्यो उसैलाई थाहा हुञ्छ कठै भन्ने को विदेशमा हो भने बरु विदेशीबाट सहानुभूति राखेको पाउछौ ! सबै नेपालीलाई चेतना भया !

    Reply
  27. raj kumar says:
    September 27, 2013 at 2:32 pm

    नेपाल सरकारले कतारसँग श्रम सम्झौता गर्दा न्यूनतम १२०० कतारी रियल दिनुपर्ने भनेर गरेको छ………..भन्ने कुरा मा म तपाइलाई स्पस्ट पार्न चाहन्छु नेपाल सरकारले एकलौटी नियम लगायको हो १२०० चाही कतार को कम्पनी ले लेबर को सेलरी ७००+२०० दिन्छ पहिले नेपाल सरकार ले श्रम सम्झौता गरेको सेलरी ६००+२०० हो ……………..

    Reply
  28. थम गिरी says:
    September 27, 2013 at 2:20 pm

    कतारमा नेपालि कामदारले दासको रुपमा काम गर्न पर्यो र सारै धुखा पाए भनेर केहि दिनदेखि समाचार साइट र सामाजिक संजालका भित्ताहरु खुब रंगिएका छन्……कुरा ठिकै हो औशत अधिकतम श्रमिकहरु थोरै तलबमा गारो काम गर्न बाध्य छन् तर तेस्को दोष किन कतार सरकार र यहाका कम्पनिहरुलाई मात्र….सोझा साझा निमुखाहरु कहा ठगिएका छैनन् र? के नेपालमा चाहि सोझा साझा निमुखाहरुलाई दोषल्ला ओढाएर सम्मान गरेर पालेको छ र सरकारले? नेपालमा पनि जान्ने सुन्ने र हुनेखानेहरूले एयाशी जिन्दगि बिताइरहेकै छन् ज्यामी मजदुरहरुको हालत कुन चाही माथिल्लो स्तरको छ र? अर्कालाई दोष दिनुभन्दा पनि पहिला सक्षम हुन पर्यो, काम केहि जानेको छैन, पढाइलेखाइ पनि लगभग लगभग काल अक्षर भैसी बराबर वा अलि अलि पढेलेखेका भनौदाहरु पनि घोकन्ते बिध्या चोरीको धन भने जस्तो कुनै काम लाग्ने शिक्षा नै छैन….अनि विदेशीले नहेपेर के गर्छ त? जसलाई आफ्नै देशका दुइ कौडी कर्मचारीहरुले त हेपे अनि विदेशीले पुञ्ज गरेर राखेर पैसा र सुबिधा दिन्छ त?कतारमा शिप शिक्षा र अनुभब भएका नेपालीहरुले पनि राम्रो अबशर र तलबमान नपाएका छैनन्….तर एउटा कुरा के चाही सत्य हो भने जुन कम्पनीमा इन्डियनहरुको बोलबाला छ तेस्तो कम्पनीमा नेपालीलाई हेर्ने द्रिस्टिकोण अलि तल्लो स्तरको नभएको होइन जुन नेपालका नेताहरुदेखी नै शुरु भएको हो…..तर जुन कम्पनिमा उरोपियन वा अमेरिकन हरुको बोलबाला छ तेस्तो कम्पनीमा नेपालीले पनि उसको योग्यता दक्षता र शिप अनुसारको काम तलब नपाएको कमै होला…..ज्यामी मजदुर र अशिक्षित, अर्धशिक्षित, अदक्ष कामदारहरुको हाल नेपालमा उस्तै हो अनि कतारमा पनि उस्तै हो….फरक के हो भने यहाँ आउदा रुखमा नै पैसा टिप्न पाइञ्छ झैँ गरेर लाखौ लाख खर्च गरेर आउछन अनि यहाँ आउदा सो अनुसार नपाउदा मानशिक रुपमा विक्षिप्त हुदै ४०/५० डिग्री को गर्मीमा बाहिर काम गर्नु पर्दा शारीरिक रुपमा पनि कम्जोर र शिथिल हुदै जान्छन तेसमाथि घरमा पनि छोरो/श्रीमान विदेश गए पछि अब त सुखका दिन आए भन्ने सोचेर पाखो बारी कमाउने काम पनि छाड्छन,छोराछोरीहरु पनि सरकारी स्कुलमा पढाउन छाडेर महंगा निजि स्कूल हरुमा भर्ना गर्छन…..यता विदेश आएको बिचरो मजदुर यहा बिदेशीको अरनखटन, तिखा बाण बचन, आउदाको रिण, घरमा बढेको महत्वाकांक्षा, खर्च सबैलाई थेग्न नसकेर कि त हृदयघात हुन्छ कि त पागल हुन पुग्छ अनि दोष कतारलाई दिएर सबै उम्कनछन…युरोप, अमेरिका, कोरिया, जापानमा गएर कमाउनेले भन्दा राम्रो कमाइ गर्ने र राम्रो काम गर्ने नेपालिहरु पनि यहा नभएका होइनन….पढेलेखेका शिप भएका नेपालीहरु पनि बरु युरोप तिर गएर भाडा माझेर बस्छन तर कतार मा आएर राम्रो अवशर पाउन तिर ध्यान नै दिदैनन कुन्नि किन हो? आत्मा बिश्वाश नभएर हो कि योग्यता नै नभएर हो कुन्नि? नेपाल भनेको तल्लो दर्जाको अनपढ अदक्ष लेबोर मात्र उत्पादन गर्ने देश हो भनेर जुन छाप परेको छ तेस्लाई मेटाउन नेपाल सरकार र जनस्तर बाट पहल गरिनु पर्छ अर्कालाई दोष दिएर समस्या समाधान हुनेवाल छैन…..राजनीति र जातिय उचानिचाताको कुरा बाहेक अर्को के जान्यो र नेपालि ले? येत्रो रिण काढेर विदेशमा मजदुरी गर्न आएको छ, यहि पनि नेपालका सबै राजनीतिक दलका भात्री संगठन जातीय संगठन हरु आइपुगेका छन्…..नेपालमा हुदा त तिनको पछि लागे लागे कमसेकम यहाँ त कम कमाइ अनि बरु शिप शिक्षा बढाउने तिर लागे पनि त हुन्थ्यो नि….उही नेपालि पारा छ….कोहि दलाल बनेर आफ्नै साथिभैलाई ठग्दै हिडेको छ कोहि नेता बनेर एक अर्कोलाई गालि गर्दै हिडेको छ, कोहि कम्पनिमा भएका इन्डियन हाकिमलाइ चाप्लुसी गरेर अर्को नेपालीलाई लात मारेर आफु महान भएको आत्मा रति गरेको छ अनि कसरि हुन्छ त नेपालिको हित यो खाडीमा ? पढ्ने बेलामा पढाईमा भन्दा अरु नै कुरामा ध्यान बढी दियो अनि अहिले विदेश मा आएर नक्कली प्रमाण पत्र पेश गर्यो ठुलै डिग्रीको तर जानेको केहि छैन अनि विदेशीलाई छाप के पर्यो भने नेपालि त पढेका ठुलै डिग्री होल्डर हरु पनि केहि नजान्ने हुदा रैछन पो त्यहाको शिक्षा साच्चै नै काम नलाग्ने रैछ पो भन्ने गलत छाप पर्नु पनि नेपालिहरु हेपिनाको अर्को थप कारण हुन् सक्छ….शिक्षित र अशिक्षित भन्ने कुरा नेपालमा मात्र होइन सबै देशमा हुन्छन तर नेपालि हरु किन ठुलै डिग्री होल्डरहरु पनि अरु बिदेशीको तुलनामा अशिक्षित जस्ता देखिन्छन त? के तिनको डिग्री साच्चिकै हो कि त्यो पनि दलाल हरुले नै तयार परेको हो? यो लगायत अरु थुप्रै बिषयमा शुक्ष्म अध्यन गरेर समस्या समाधानको उपाय खोजिनु पर्छ न कि अरुलाई गालि गरेर दोष लगाएर….जात ठुला गफ गरे पनि अर्को ५०/१०० बर्ष सम्म नेपालीहरु रोजगारीको लागि विदेश नगई कुनै अर्को विकल्प छैन तेसैले बरु शिक्षित, दक्ष,योग्य र आत्मविश्वासी नागरिक उत्पादन गर्न तिर पो ध्यान दिने हो कि बरु ?

    Reply
  29. jhinak mahato says:
    September 27, 2013 at 2:20 pm

    यो सबै शिक्षा,आर्थिक र जनचेतनाको अभाबले भएको हो इमेल Fax: र फोन नम्बर दिएकोमा धनेबाद यसरीनै कामदारहरुको चेतना जगाउ

    Reply
  30. kanchha says:
    September 27, 2013 at 2:14 pm

    कुनै संका छैन नेपालीलाई ठग्ने नेपालीनै हो १ नम्बरमा , अहिले म काम गर्ने कम्पनि मै एउटा काठमान्डौ का नाम नभनौ .. ले यहाँ को म्यानेजमेन्ट लाइ एउटा आइडिया दिएर
    ५०० + ३०० = ८०० मा १०० जना नेपाली कामदारहरुलाई मगाएका छन् , अहिले तिनीहरुको डिउटी १२ घण्टा छ सुक्रवार वा अन्य सरकारी बिदाका दिनहरुमा छुट्टी छैन !तिनीहरु अहिले यहाँ आएर रोएका छन् ,नेपालमा तिनीहरुलाई भनिएको थियो ८०० प्लस ओभरटाईम मिलाएर १२०० हुन्छ भनि साबुन तेल खान बस्न ट्रान्सफर सबै तेसैमा खान बस्न त् दिएकै छ तर टाउको मा लगाउने तेल शरीर मा घस्ने साबुन चाहिं ति दलाल ले धेरै नै लोभ देखायेछन के गर्नु ८०,००० देखि १ लाख सम्म मेनपावर लाइ बुझाएर आएका छन् ! मेनपावर हुन् (अल मून) अनि (गल्फ ओभर्सेस) यहाँ बाट २ वटा एग्रिमेन्ट पठाए यहाँ झिकाए र यहाँ को सक्कली एग्रिमेन्ट मा हस्ताक्षर गराए ! यहाँ का कतारी हरु पहिला तेस्ता घूसखोरी थिएनन् तिनीहरुलाई घुस खान भ्रष्टाचार गर्ने र कामदार हरुलाई गधा पेलाई पेल्न तिनै नेपालि , भारतीय पाकिस्तानी बंगाली हरुले नै सिकाएका हुन् .. यहाँ को नेपाली कामदारहरुको लागि सेवा गर्न बसेकी मुइया को त् कुरै नगरौं नारायण श्रेष्ट ज्यु को अन्तर्वार्ता मा देखि सकेका छम .

    Reply
  31. Ujwal says:
    September 27, 2013 at 1:22 pm

    धन्यवाद अमृत जी तपाई को लेख को लागि मा तपाई को लेख मा एकदम सहमत छु कतार मा मात्र हैन UAE मा पनि यहि को दोष कतार सरकार को हैन दलाल हरु को हो

    Reply
  32. lilanath says:
    September 27, 2013 at 1:18 pm

    कतार सरकारले बैंक मा गएको सेलरी बाट पनि थाहा pau6 तर. ब्यापारी को जमाना भकोले कसैले लेबरको लागि केहि नै गर्दैनन्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme