Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी ‘दास’ बनाइँदैछ नेपालीलाई खाडीमा

Posted on September 26, 2013September 26, 2013 by mysansar

बेलायतको गार्जियन पत्रिकाले कतारमा नेपाली कामदारहरुको पीडालाई विश्वसामु उजागर गरिदिएको छ। ‘विश्वकप दास’ को उपमा दिइएको छ उनीहरुलाई। पश्चिमा राष्ट्रहरुले कतारमा विश्वकप गर्न नदिने अभियानका रुपमा यस्तो समाचार आएको शंका गर्नेहरु पनि छन्। जे भए पनि यसले विश्वको गरिबतम मुलुकका नागरिकलाई धनी देशहरुले गरेको चरम शोषणलाई उजागर गरेको छ। कतारमात्र हैन खाडीका अन्य देशहरुमा पनि काम गर्न जानेहरुलाई एक किसिमले दास कै व्यवहार गरिएको छ। कफाला सिस्टम अनुसार ती देशमा छिरेपछि रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म अर्थात् एक्जिट भिसा नदिएसम्म लाश समेत स्वदेश फर्कन पाउँदैन भने जिउँदो मान्छेको कुरै नगरौँ। के हो त कफाला सिस्टम ?

कफाला System त्यस्तो Sponsor system हो जसले आप्रवासी कामदारको
विदेशमा बसाई, रोजगारीलाई नियमित एवम् निर्देशित गर्छ। यो पद्धति खाडीका राष्ट्रहरु
बहराइन, कुवेत, कतार, साउदी अरब, यु.ए.ई. र ओमानमा लागू गरिएको छ। यो पद्धतिमा
आप्रवासी कामदार सम्वन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार तथा दायित्व रोजगारदातामा रहेको हुन्छ। कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ। कामदारको काम, बसाई र आवत जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गर्छ।

कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट Exit visa नपाएसम्म मुलुक छाड्न पाउँदैनन्।
• रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
• रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, काम,
• रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
• रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य वीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा कामदार रोजगारदाताको कानूनीरुपमै पूर्ण नियन्त्रणमा हुन्छ। यसैले कामदारले निम्न कुरा गर्न मिल्दैन :
• काम मन परेन, गार्‍हो भयो, शारीरिकरुपमै काम गर्न सकिन भनी काम छाड्न पांइदैन।
• रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा Sponsor परिवर्तन गर्न पाइँदैन।
• रोजगारदाताले Exit visa नलगाएसम्म मुलुक छाड्न पाइँदैन
• मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले Exit visa नलगाएसम्म शव स्वदेश जाँदैन। (स्रोतः साउदी अरबस्थित नेपाली दूतावासद्वारा प्रकाशित पुस्तिका)

48 thoughts on “यसरी ‘दास’ बनाइँदैछ नेपालीलाई खाडीमा”

  1. Milan K Shahi, New York says:
    September 28, 2013 at 6:33 am

    धनी र गरिब को असमान खाडल भएका देशको कारुणिक कथा हो यो ! यसमा पनि नक्कल गर्ने प्रब्रिद्धि हाम्रो जस्तो गरिब देशको अभिशाप नै मान्नु पर्छ ! पढाई लाइ वास्ता नगरी समय बर्बाद गर्ने र जिम्मेवारी को बोध भएपछी विदेश जानु नै उत्तम विकल्प सम्झने हरु को कमि पनि छैन हाम्रो समाज मा ! अनि पढाइ पुरा गरे पछि पनि पढाइ लाइ सदुपयोग गर्न का लागि पनि नेता हरु को आशिर्बाद चाहिने अनि प्रब्रिद्धि को बिकाश गर्न नसक्नु ले देश को ठुलो युवा शक्ति बाहिर जानु आर्को पाटो हो ! चन्द पैसाको लागि अर्काको दुख र परिवार को पनि खयाल नराख्ने ब्वासा रुपी दलाल को पनि छान बिन गर्न नसक्ने नपुंसक सरकार को कति मुख ताक्ने ? अब हामि सबै को प्रयास ले जान चेतना जगाउनु पर्छ ! धन्यबाद माइ संसार लाइ

    Reply
  2. Roshan,Tokyo says:
    September 27, 2013 at 12:50 pm

    माया कुमारीले के बोलिन् भन्दा पनि किन बोलिन भन्ने कुरा प्रमुख हो l भलै त्यो कुटनीतिक मयार्दा भन्दा बाहिरको कुरा होला तर एउटा कुरा चाही सत्य हो l नेपालीको ज्यान भन्दा ठुलो कुटनीतिक मयार्दा हुन कदापी सक्दैन l कान्तिपुर दैनिकले पनि माया कुमारीको समाचार भन्दा गार्जियनले जस्तै समाचार छापी दिएको भए , धेरै नेपालीले अन्याय मा बस्नु पर्ने , अकाल मा ज्यान गुमाउनु पर्ने थिएन कि ? नेपालीलाई नेपाली ले नै साथ् दिदैनन भने दूर दारजका मालिकहरुले के नै साथ देलान र ?

    Reply
  3. shree basanta says:
    September 27, 2013 at 12:15 pm

    “कतार एउटा खुला जेल हो! ” भन्ने माया कुमारीको भनाइ ठिक हो भन्ने पनि विचार आयो | कतिपय कुराहरु ठिक हुन् भने पनि उपुक्त ठाउमा र ठिक समयमा बोलेको राम्रो हुन्छ | कुटनीतिज्ञले त झन् बढी विचार पुर्याउनु पर्छ | ठिक कुरो गलत ठाउँमा र गलत समयमा भन्यो भने त्यसले बिषको काम गर्छ भन्ने उदाहरण हो यो | यहि कुरो उनले नेपालका पररास्ट्र मन्त्रालय, श्रम मन्त्रालय, बैदेशिक रोजगार व्यवस्था बिभाग आदिमा आफ्नो रिपोर्टमा कतारमा नेपाली लगायत सबै कामदारहरुलाई दास जस्तो ब्यबहार गरिन्छ, त्यहाको नियम कानून र कामको बाताबरण हाम्रा लागि यति प्रतिकुल छन, नेपालीको दुखः यस्ता यस्ता छन त्यसकारण नेपाल सरकारको नीति एस्तो हुनुर्छ भनेर रिपोर्ट गर्नु पर्ने होइन ? अनि भन्नै मन लागेको भए कतार नेपालीको लागि खुला जेल जस्तो छ भने पनि नराम्रो हुँदैन | यति भन्दा यसले नेपालको बैदेशिक रोजगार नीतिमा राम्रो भूमिका खेल्न सक्छ खासगरि कतार र खाडी मुलुकमा जाने नेपाली कामदारका लागि | तर कुटनीतिज्ञले बोल्न पाए भन्दैमा जहापायो त्यहि र जे पनि बोल्दा यस्ता परिणाम हुन्छन, यो नौलो होइन | शर्मा नया उदाहरण मात्र बनेकी हुन् |

    Reply
  4. द्रोण says:
    September 27, 2013 at 11:49 am

    सास छउन्जेल दास ,
    सास फेर्न बिर्से लाश
    कतार ,साउदीको बसाइ ,
    नरक को बास |

    Reply
  5. Sukubhatu says:
    September 27, 2013 at 11:29 am

    १० बर्षको युद्दले देशका भएभरका उधोगहरु बन्द भए/ हरेक साल ३-४ लाखको दरले १० सालमा नेपालमा उत्पादन भएका ३०-४० लाख जनसक्तिले नेपालमा बेरोजगार हुनुपर्यो, तेसबेला युद्धको कारण ले राम्रो पढ्न नि सकेनन, अनि यी नेपालीहरु खाडी र मलेशिया नगई के गर्छन त ? अमेरिका जान त सक्दैनन् नि/
    अब राम्रो हिन्दि अंग्रेजी अरबी बोल्न नसक्ने ले समस्या त पाउछ नै तेसमाथि इन्डियन कम्पनीहरुले श्रम शोसन त गर्ने नै भए/ तेसको लागि नेपाल सरकारको कतार प्रतिनिधि राजदुताबासले नै पहल गर्न सक्नु पर्छ/
    ४-५०० कामदार भएको हाम्रो कम्पनीमा ४-५ जनाले तेस्को पपेरवर्क गर्न त समय पुग्दैन,पसल थपे जस्तो ४-५ जना भएको दुताबासले ३-४ लाख नेपालीको रेखदेख गर्न त पकै गारो हुन्छ/ तर तेस्को पहल गर्ने नि दुताबासले नै हो, मान्छे थपेर हुन्छ कि, ठाउँ ठाउँमा दुताबासका प्रतिनिधि राखेर हुन्छ, गर्ने दुताबासले नै हो, राजाको काम कहिले जाला घाम भने जस्तो ८-२ बजेको काम गराईले कतारमा बस्ने नेपालीको समस्या समाधान हुदैन/ ३-४ पटक फोन गर्दा उठाउछ अनि झर्केर भन्छ अफिस बन्द भैसक्यो कति फोन गरेको? यसरि नेपालीको समस्या समाधान हुन्छ? नेपालीलाइ समस्या अफिसको समयमा मात्र पर्छ? २४ सै घण्टा कमसेकम फोनको त सेवा दिन सक्दैन र ?

    कुनै कम्पनीले भनेजस्तो सुबिधा दिएन,समयमा तलब दिएन भने दुताबासले गएर पहल गर्ने कि, शरणमा आउनेलाइ मात्र कुरेर बस्ने? कतारी पोलिस मार्फत दुताबासले पहल गर्न पर्छ कि पर्दैन? कुनै कामदार मरेमा बीमा बापत पाउने रकममा दुताबासले पहल गर्ने कि नगर्ने?

    अब रह्यो खाडीका नियम कानुन- कतारको कानुन नेपालीको लागि मात्र होइन, गोराहरु , नेपाली, इन्डियन, बंगाली,श्रीलंकन, फिलिपिनी सबका लागि हो/ तर अरु देसका दुताबास नेपालीको जस्तो कमजोर छैन, न त MRP बनाउन फोटो खिच्न नेपाली दुताबासले जस्तो स्टुडियो तोकेर फोटो लिन पठाउछ /
    Exit परमिट लागु नगर्ने हो भने कम्पनिको कारोबार हेर्ने मानिसहरुले लाखौ करोडौ कुम्ल्याएर भाग्छन, हाम्रै अगाडी तेस्तो गर्नेहरु नि छन्/ रोजगारदाताले आफ्नु लागि नियम बनाउनु नराम्रो त होइन तर, कामदारलाई हुने समस्यामा नेपाल सरकार र दुताबासले पो हेर्नु, पहल गर्नु पर्छ/ यो समस्या अहिले मात्र को होइन दशौ बर्ष देखिको हो/

    लेबरको प्राय फ्री भिषा फ्री टिकट हुन्छ, तर गणेशसंग लाखौ किन र कसरि लिइयो ? लिनेलाई सरकारले कस्तो सजायको व्यवस्था गरेको छ ? एस्तो दलाली रोक्न के कानुन छ नेपालमा? विदेश जानेले बैंक मार्फत निश्चित रकम मात्र म्यानपावरलाई दिनु भनेर नियम बनाउन सक्दैन र? यसमा सरकारले नियम बनाएर जनतालाई सुसुचित गर्नु जरुरि छ/

    अर्को कुरा हामी नेपालीहरुले नि के विचार गर्नु पर्छ भने डेढ लाख ऋण लियर, ७-८०० तलबमा खाडी गएर उसले परिवारलाई सुख होइन ऋणको भारि मात्र बोकाउदै छ / महिनामा घटीमा ३०० रियाल त खर्च हुन्छ हुन्छ , ५०० रियाल बचाएर उसले डेढ लाख को ऋण कहिले तिर्छ? लेबरमा त २०-२५ हजार भन्दा बढी तिरेर बिदेस जादै नजानु/ ५०-६० हजार भन्दा बढी त कुनै मा नि तिर्दै नतिर्नु / होइन जोखिम मोलेर जुवा खेल्ने हो भने, नेपालतिरै केहि गर्नु, कमसेकम घर परिवार त साथमा हुन्छ/

    Reply
  6. aryan says:
    September 27, 2013 at 10:23 am

    माया कुमारीले कतार खुला जेलहो भनेर कसरी भनेको छ त्यो पनि हेरउ न। उसले यो खुला जेल हो यहा हडताल गर्न पाइदैन इत्यादी भनेर नेपाली कै गल्ती देखाउने गरी भनेको छ न कि कतार खुला जेल हो भनेर बिरोध गरेको छ । माया कुमारीले कतार खुला जेल हो भनेर कुनै बहादुरी गरेको छैन ।

    Reply
  7. Deepak Parajuli says:
    September 27, 2013 at 8:55 am

    के गर्नु नेपाली ले स्वदेश मा बसौ भने उधोग धन्दा छैन र भयेको पनि
    महान क्रान्तिकारी माओबादी ले चल्न दिदैन /अनि के गर्नु त ? माओबादी को लुटेरा समूह मा लाग्नू पारो कि त बिदशाई जानु पारो / सबै समस्या को जड नै माओबादी हो /

    Reply
  8. Jeevan Thapa says:
    September 27, 2013 at 8:03 am

    हमी नेपाली ले जति अर्काको टाउकोमा दोष थोपर्न जान्ने सायद संसारमा अरु कोहि छैनन् होला..समस्याको समाधान गर्नु भन्दा पनि झन् नया समस्या निम्त्याउनु तिर लाग्ने हामी हरुको ब्यबहार ले नै सधै पछि परिरहेको त होइन?

    Reply
  9. Chandrasurya says:
    September 27, 2013 at 8:01 am

    धरै नेपाली बेदेसः जानुमा माओबादी युदकाल समयमा माओबादीको जबर्जस्ति सेना बन्न पर्ने नीतिको ठुलो भूमिका छ . जसले गर्दा ज्यान नै जोगौनको लागि भए पनि विदेश गएका थिए देशको युवा सक्ति. आहिले कति गाउमा बुडा बुडी मात्र छन्. दोसी :–तत्कालिन माओबादी नीति.

    आहिले सम्म पनि विस्सा हातमा पाए नेपाल फर्कन ईच्या भएका नेपाली तर कतारमा काम गरेर बस्न पर्ने बादेतामा हुनुमा , हाल देश चलेइ रहेका स्वदेशी तथा बेदेशी नेताहरु जसको यस्तो कुरामा आलिकती पनि धयान छैन . थाहा नै पाए पनि त्यो भन्दा प्राथमिकता पार्टीगत स्वार्थ को काममा दिने गर्छन .

    कतारमा भएको यस्तो खुल्ला जेल सजाए जतो हुदा पनि आन्तरास्ट्रिए मानब आदिकारी को हात चाही किन नपुगेको होला थाहा ????

    Reply
  10. shree basanta says:
    September 27, 2013 at 1:35 am

    पहिला शक्ति र पैसाको आधारमा मानिसहरुलाई पक्रेर थुनेर दास बनाईन्थ्यो | आज एक्काइसौ शताब्दीमा पनि अरब मुलुकमा यो नया तबरको दास प्रथा नै हो | अब नेपालले ती मुलुकमा कामदार पठाउन सरकारले पनि निरुत्साहित गर्नु अत्यन्तै आबस्यक देखियो र जानेले पनि आउँदा बाकसमा बन्द भएर आउन मन भए मात्र जान तयार हुनु पर्यो | अर्को कुरा पुष्पजीको “जाबो आफ्नै आँखाले देखेको कुरा भन्न किन कूटनीतिक मर्यादा चाहियो” भनाइमा आँखा पर्यो | दूतलाई कुटनीतिक मर्यादा नचाहिने भए कुटनीतिक पासपोर्ट होइन कामदार विसामा किन नगएको ? उनको भनाई चाहि ठिक हो “प्रचण्डले भन्दैमा छोड्दिन” भन्ने | सरकारले पठाएको सरकारी निर्णय पो हुनुपर्यो फिर्ता गर्ने, जुन बल्ल भयो | पार्टी भित्र आफ्नो निर्णय गरेर सरकारलाई फिर्ता बोलाउन दबाब दिनु कता हो एकै चोटी फिर्ता बोलाउन फोन गर्ने प्रचण्ड कस्ता नेता हुन् ? के नेपाल उनले जितेको ब्यतिगत साम्राज्य हो ?

    Reply
  11. Suyesh Amatya says:
    September 27, 2013 at 1:07 am

    जुन देशको जनता हरु केहि हजार कमौना निम्न स्तरको, ज्यान जोखिमयुक्त मजदुरी गर्न दैनिक हजारौको संख्या ले पलायन हुन्छ, त्यो देश को सिस्टम पूर्ण रुप मा फेल भैसकेको छ भनेर बुझे हुन्छ. रेमिटान्सले क्षनिक रुपमा अर्थतन्त्र चलायमान राखे पनि दिर्घकालिन रुपमा यो धेरैनै घातक हुन्छ| अब दशकौ देखि देशलै केहि भिजनको साथ प्रगतिको मार्गमा डोर्याउन नसक्ने तर…सत्ता चाही सम दम दण्ड भेट लगाएर सदियौ देखि ओगटेर त्यहि घिसे पिटेको राजनीतिक आस्वासन र गफ चुटेर बसेका राजनीतिक गद्दारहरुलाई निमिट्यान्न नपारे सम्म यो चलिनै रहने छ| यी incompetent सत्ता राज गरेर बसेका politician हरुले गर्दा देश करिब करिब failed state हुन आंटीसक्यो|

    Fifa is a dire, corrupt to the core institution that serve and work for the vested interest of few people. IF there is to be some serious investigation on how fifa president is chosen, how countries are awarded world cup organizing rights, then it can reveal far reaching and wide spread telling corruptions systemic throughout the governing body as well as its associate nations’ football federations. So it would be naive to think that they are not aware of the blatant slavery conditions of the immigrants involved in the world cup construction sites.

    Also these UN, WTO, ILO are also good for nothing pseudo organizations which contribute very little for the poor but serve more to the elites and powerful nations. Of course they will not do anything but they will release statements like…”We are deeply concerned by the plights of the immigrant workers blah blah..bullshit”. People should not forget just decades ago Dubai and other, now bustling, cities were constructed and built the same way how Qatar is going with the construction now. That is through slavery and exploitation of the poor people of third world countries that can put even the old age slavery system to the shame.

    Qatar is a tiny nation of 2 million citizens, sitting on the vast oil reserves. Every businessman is a Qatari and every laborer/worker is an immigrant. It will not hurt them and dent their economy if they provide the suffering workers with decent working and living conditions and the promised salary rates. Oil is the single leverage they have and again until the world relies on oil, they will hold the world to ransom by it. So the countries need to explore the alternative means of clean energy and depend less on oil, only then we can give f*&k to them.

    Reports suggest that such alarming death rate will result in thousands of dead migrant workers even before the ball is kicked by 2022. It is completely unacceptable to sacrifice so many lives for a few hundred players to be able to be kicking a ball and running around a rectangular field. If the condition does not improve any time soon, every sane human being should think about boycotting such blood stained world cup being realized on rampant violations of basic human rights.

    On a lighter note: हाम्रो देशमा guardian लाइ गार्जियन भनिन्छ तर खासमा गार्डीयन हो|

    Reply
  12. Mk says:
    September 26, 2013 at 11:17 pm

    आफ्नो थैलीको मुख बन्द गर्नु, अरुलाई दोष न दिनु भन्छन; स्वोदेश मै रोजगारीको बेबस्था राम्रो भए येसरी मुग्लान मा दुख भोग्नु पदैन थ्यो/ अब नेपाल सरकर ले रोजगारमूलक कार्येक्रम लेरावस, विदेश पलाएन रोकोस / येसो गर्दा , नेपाली ले तेस्तो दुख पनि भोग्नु परेन , अनि देश पनि उन्नति हुन्छ/

    Reply
  13. dhiraj says:
    September 26, 2013 at 11:12 pm

    माया कुमारी लाइ गालि गर्नु अघि के कुरा ले उसलाई फिर्ता बोलाको भन्ने कुरा जान्नु जरूरी छ ! जे मुख मा आयो र जे अरु ले बोल्यॊ त्यै बोल्नु हुदैन साथीहरु !! “कतार एउटा खुला जेल हो! ” येही भनाइ थियो यी सबै घटना को जड !! बास्तबमा अहिले आएर यो भनाइ सारै सत्य हो भन्ने कुरा सबै ले बुझ्नु जरूरी छ !

    Reply
  14. बिनोद तिमिल्सिना says:
    September 26, 2013 at 10:28 pm

    कसैले बोले पनि नबोले पनि कतार वास्तवमै खुला जेल हो जुन जेलको हावा मैले पनि केहि बर्ष खाएको अनुभव छ,माया कुमारि शर्मा जे सुकै जस्तो सुकै हुन,ऊनले त्यो कुरा बोल्न हुन्थ्यो कि हुन्नथ्यो मलाई थाहा भएन तर उनको कुरा सत्य हो,रह्यो नेपालीहरुको श्रम शोषणको कुरा,स्थानिय त अर्कै भै हाले तर स्वयम् नेपाली(आफुलाई एन.आर.एन.भन्न रुचाउनेहरु)हरु नै नेपालीको शोषण गर्छन्। १००। २०० जनालाई पाउने तलब सुबिधा दिदैनन् अनी दुतावासमा शरण लिएकाहरुका लागि १।२ बटा टिकट काटी दिन्छन्,राजदुतको भित्रिया भै हाले,अनि तिनिहरु विरुद्दको ऊजुरि किन लिन्थ्यो दुतावासले।उल्लेखित नियम नेपालीका लागि मात्र हैन सबै विदेशी कामदारमा लागु हुन्छ जो वर्कपरमिटमा खाडी मुलुक जान्छ,समस्या भाषाको हो,जो अँग्रेजी र अरबि बोल्न जान्दछ त्यस्ता मानिस कमै ठगिन्छन,जसले ति दुवै बोल्न जान्दैन र बोलिदिने मान्छै हुन्न तिनिहरु ठगिन्छन।

    Reply
  15. Sudip Adhikari says:
    September 26, 2013 at 10:23 pm

    माया कुमारी ले हतार मा सत्य बोलेको हो!!त्यो पत्रिकाले नेपाली को मात्रै दुख किन लेख्यो त? अरु देश को पनि थुप्रै छन् यहाँ कामदार किन कुरा बाहिर आउदैन!! अरु देश ले आफ्नो देशको कामदार पठाय पछि त्याँहा गयर दुख सुख सब बुझेर कतार को सरकार संग निकै राम्रो कुटनीति राखेको हुन्छ! एक जना लाइ समस्या पर्दा पुरा देश नै उर्लेर आउछ! कठै हाम्रा नेपाली पहिला दलाल ले लुट्छा!अनि सरकार ले !!अनि विदेश मा!! पासपोर्ट त नेपाली नै हो! तर हाम्रो बोल्दिने न कोहि छ ! न कोहि सुन्दिने! embessy नाम मात्र को हो मर्का पर्दा राहत कहिले मिल्दैन!चार लाख नेपाली भय पनि न सरकार ले चासो लिन्छ! न embessy भगवान भरोसा नै हो !! रगत उम्लनछ!! दिन को एकजना नेपाली मर्छन यहा आज !यो सत्य हो ! किन भने देश गरिब छ ! न त सुन्ने कोहि न त बोल्ने केहि ! खुल्ला जेल नै हो ! तर जेल प्यारो मान्नु पर्ने बाध्यता छ! अरु त अरु प्राण गय पछि पनि आफ्नो मृत सरिर हालेको बाकस घर चाडो पुग्न पनि भाग्य चाहिन्छ! नत्र यहि कतै अस्पताल मा सडेर रहन्छ !! थाहा छैन यो सबै समस्या को समाधान कसले कसरि गर्न सक्छ!!

    Reply
  16. Sam says:
    September 26, 2013 at 9:32 pm

    BBC ले पनि आफ्नो स्पोर्ट्स पेजको हेडलाईन बनाएर खबर छापेकोमा खुसि लग्यो. FIFA ले केहि नया कदम चाले त केहि हद सम्म यो शोसन रोकिन्थ्यो कि.

    BBC LINK:
    http://www.bbc.co.uk/sport/0/football/24282713
    (Qatar 2022 World Cup organisers appalled by work conditions)

    Reply
    1. rajesh says:
      September 26, 2013 at 11:03 pm

      समस्या छ कुनै नौलो र अहिलेको मात्र हैन पहिले देखिको हो त्यो समस्या,यो बुझ्नु जरुरि छ l कतार खुल्ला जेल हो भन्ने राजदूत अनि आफ्नो गाउँ आफै बनाउँ भनेर खोक्ने खोकन्ते नेता हरु संग यो समस्याको के-कस्तो समाधान थियो अनि छ? हिजो राजदूत शर्मा को अभिब्येक्ति प्रति तिक्तता पोख्ने हामि आज उनको भनाइलाई समर्थन गर्नु अगाडी बुझ्न जरुरि छ कि हाम्रो रोष,समबेदना, चिन्तन,आक्रोश या हाम्रो उपदेशले भोलि सस्ता श्रम बेच्न जाने हिजो राता बाकस मा फर्केर आउने गणेश बिश्वोकर्मा जस्ता हरुलाई केहि फरक पर्दैन l भोको पेटले न चिन्तन गर्छ न त कसैको उपदेश नै सुन्छ l संसारमा सस्तो चिज नै सल्लाह हो एक संग लिनुस हजारौं को लाइन लाग्छ दिन लाइ अनि महँगो-सहयोग, एक संग माग्नोस पछाडिका सबै गाएब!! माथिको रोजगारदाता कम्पनिले बनाएको नियेम कामदारको मजबुरी हो, जसमा हाम्रै सरकारको लालमोहर लगाइएको हुन्छ अनि कफिलाको कानुन कामदार हरुको खुट्टामा लगाइएको साङ्ग्ला!,जसको चाबी हाम्रै देश चलाउने खाते हरु संग छ l विदेश भ्रमण मा जाँदा टन्न धोकेर मुस्कान साटा-साट गर्दै जथाभावी सहि धस्काए पछि दुख त हामीनै एक छाके हरुले पाउने न हो !! देशमा रोजगार छैन,नौलो कुरो रहेन तर ति देश चलाउने अनि हामीलाई सस्तो श्रममा बेच्ने हाम्रै श्री दलालहरुले आफ्नै लंगडो खुट्टो लाइ ठडाउने बैसाखी को राम्रो संग मरम्मत गर्नु पर्छ l आफ्नै अनुहारमा दागै-दाग छ हामि आफ्नो अनुहार हैन त्यो ऐना लाइ पुछ्दै छौं मरि-मरि——कस्तो बिडम्बना l

      Reply
  17. Ratna Thapa says:
    September 26, 2013 at 9:07 pm

    बेलायतको गार्जियन दैनिक अखबारको रिपोर्ट र माइसंसारको टिपोट सबै पढेर मलाई के लाग्यो भने नेपालीहरु युगौंसम्म यसरी जानी जानी र नजानी नजानी दलालहरुको फन्दामा परेर अमूल्य जीवन गुमाई रहेका छन् परदेशमा | आज भन्दा करीब ४० वर्ष अगाडी श्री गोविन्द राज भट्टराइ (हाल त्रि.वि. किर्तिपुरमा अंग्रेजी विभागका टाउके) द्वारा लिखित मौलिक उपन्यास “मुग्लान” मा यस्तै सत्यकथाको विवरण छ | भुटानमा जे जति राजमार्गहरु शुरुमा निर्मित भए, त्यसमा नेपालीहरुको धेरै खून पसीना र ज्यान गएको छ ; तर तेतिबेला कुनै मिडिया थिएन जसले त्यस्तो दारुण र भयावह स्तिथिको उजागर गरेको होस् | त्यहाँ पनि लाहुरे भर्ती भनेर सिलिगुडी हुदै भुटान पुर्याउने दलालहरु नेपालीहरु नै थिए | जे जति कमाए पनि उल्टो यति उति बाँकी छ भनेर तिराउने र कुनै सुविधा नदिने गरेर सयौं नेपालीहरुले आत्म-हत्या गरे भने अन्य ज्यान जोगाएर जंगल, पहाड, नदी नालाहरु पार गर्दै भारतभित्र छिरेर बाँचेको मर्मस्पर्शी वर्णन छ मुग्लानमा | कतार पनि मुग्लान नै हो एक प्रकारले | आशा गरौँ डा. गोविन्द राज भट्टराइ जस्ता अर्को लेखक वा पत्रकारले कतार, मलेसिया र कोरियामा दुर्दान्त जीवन भोगी रहेका वा जीवन गुमाएका नेपालीहरुको सत्य कथा लेख्ने नै छन् |

    Reply
  18. कमल says:
    September 26, 2013 at 8:05 pm

    यो सबै जिम्मा देश चलाउने हरु ले लिनु पर्दछ हामी गरिब हैनौ हामीलाई गरिब बनाइयको हो

    Reply
  19. resham says:
    September 26, 2013 at 7:59 pm

    कतार खुला जेल हो भनेर माया कुमारी शर्माले दिएको अभिव्यक्तिले उनलाई कतारबाट नै फिर्ता बोलाईयो । उनका भनाई त सत्य जस्तै देखिए । खाली यति हो कि नेपालीहरुको पक्षमा काम गर्नु पर्ने तर उनीहरुप्रति आक्रमक भएर प्रस्तुत भएकोले पनि कति नेपालीहरु उनीप्रति त्यति सकारात्मक सोंच राखेनन् । यद्यपि उनले भनेका कुराचाहिं सत्य रहेछन् । अब कतारको राजदूतले यता माया कुमारी शर्मालाई जसरी त्यताबाट फिर्ता बोलाउन दवाव दिए, त्यसरी नै त्यहाँ कतारमा नेपालीहरुले भोगेका चरम पिंडा र अमानवीय कुरामा पनि ध्यान दिएर सुधार गर्न सके राम्रो हुनेथियो कि भन्ने पनि मलाई लागीरहेको छ ।

    Reply
  20. Pradip says:
    September 26, 2013 at 7:49 pm

    हरेक देशको आफ्नो आफ्नो नियम हुन्छ आफ्नो देसको प्रगती गर्न लाई ? के कतार नेपाल जस्तै बिमान्स्थल बाट हात्ती छिराउने जस्तो अपराधी हरुको क्रिडा स्थल बनोस भन्ने हो त ? हामी गरीब छौ जुन देश मा काम गर्न जान्छौ त्यहाको कानुन त मान्नै परो नि चाहे खुल्ला जेल होस् या बन्द ?? नढाँटी भन्ने हो भने कतार ले विसा नदिएको भए मेरो परिवार पालिने थिएन ? मर्न त नेपाल बसे पनि मरिन्न र ? भोको पेट लाई खान चाहिन्छ मित्र हरु गफ हैन माओवादीका नेता ले दिने जस्तो ??

    Reply
  21. santosh says:
    September 26, 2013 at 7:44 pm

    कृपया तल को लिन्क बाट आवाज उठाउने कि
    http://www.change.org/petitions/fifa-governing-body-government-of-qatar-government-of-nepal-the-united-nations-human-rights-commission-nepal-embassy-in-qatar-end-slavery-of-nepalese-migrant-workers-in-qatar

    Reply
  22. Binod Lamsal (Sydney) says:
    September 26, 2013 at 6:53 pm

    human right organizations हरुका फेसबुक पेज मा गएर हामीले एक मेसेज पठाउने कि ?

    Anti-Slavery International
    https://www.facebook.com/pages/Anti-Slavery-International/46852258376

    United Nations Human Rights
    https://www.facebook.com/unitednationshumanrights

    Amnesty International
    https://www.facebook.com/amnestyglobal

    Reply
  23. Radheshyam Bogati says:
    September 26, 2013 at 6:51 pm

    कथाको पात्र ! नेपाली ठिटो

    नेपाली ठिटो बल्ल १७औ बसन्त पार गरेर १८ मा पाइला टेक्दै छ ! उसमा नंया जोस नंया जागर अनि नंया उमङ्ग को उजागर हुदैछ, ऊ केहि गर्न चाहन्छ , केहि नौलो गर्न चाहन्छ तर कसरी ? भर्खर १८ औ बसन्त पार गरेको भनेर के गर्नु ? धेरै जाने बुझे जस्तो पनि देखिन्छ, कहिले कहिँ मन मनै सोच्छ पनि अनि आफैलाई प्रश्न गर्छ मैले के जानेको छु र ? मैले के बुझेको छु र ? तर होइन फेरी ऊ टाठो हुन्छ र भन्छ मैले धेरै जानी सके बुझी सके अब पैसा कमाउन तिर लाग्नु पर्छ ! तर कसरी ? गुण्ड गर्दी गर्ने ? अपहरण गर्ने ? फिरौती माग्ने ? होइन होइन त्यसो गर्यो भने त जिन्दगी नै बर्बाद हुन्छ ! त्यसो भए के गर्ने त ? उसले फेरी दिमाख लगायो सोच्यो, म अझै पढ्छु , धेरै पढ्छु, लोक सेवा लड्छु हाकिम बन्छु अनि पल्लो गाउँको सुबेदार बा जस्तै नाम कमाउँछु, नाम पनि दाम पनि यो त हो तर सुबेदार बाले पनि कहिले गाडी चढ्न सकेनन ! सरकारी जागिर त भो खान्न म ! बरु त्यो पल्ला घरे शेरे हेर, नाम पनि शेरे काम पनि शेरे, खोइ कुन पार्टी को कार्यकर्ता भन्या छ, जग्गाको दलाली पनि गर्छ , बरु उसले पो नाम पनि कमायो दाम पनि कमायो ! १महिना अगाडी मात्र १ करोड जाने गाडी किन्यो रे लौन त्यो पो जिन्दगी ! न धेरै पढेको छ? उसकै घरमा मान्छेको लर्को छ ! ऊ पो ठुलो मान्छे ! म पनि त्यसै गर्छु ! तर मैले त पढेको छु नि त्यो भन्दा राम्रो पनि त गर्न सक्छु, उसले फेरी सोच्यो ! त्यसो भए के गर्ने त ? हरि काका जस्तै पुलिश मा जागिर खाऊ भने न कमै न धमाई अकालमा ज्यान जाला भन्ने पिर (दश बर्षे जनयुद्ध )! आर्मीमा जाऊ भने पनि ठुलो पद मलाई के देलान ? न मेरो सोर्स छ न फोर्स ? सानो पदमा त गधालाई जस्तै गर्छन रे ! हे भगवान के गर्ने होला ? सधै देशको भत्केको चाला नदेखेको पनि होइन ! बन्द हड्ताल आमसभा जुलुश राम राम ! यो पनि देश हो ? विदेश पढ्न जाऊ भने आफु त सरकारी स्कुल मा पढेको मान्छे बल्ल बल्ल एस.अल. सी पास, १२ क्लास त पास हुने होकी होइन ? खोइ के भिसा देला र मलाई ? राम्रो संग पढ्ने बेलामा घरमा काम नै काम गर्नु पर्यो ! राम्रो संग पढ्न मात्र पाएको भए एस .अल. सीको त के कुरा १२ पनि फस्ट डिभिजन मै पास गर्थे नि ? तर के गर्नु आफु त गरिब परिवार को मान्छे सधै घरको काम मात्र गर्नु पर्यो ! बालाई रक्सि नभई नहुने आमाको सधै मेला पात बहिनिहरु सानै छन् , मैले नगरे कसले गर्छ त ? आ यो सबै चटक्क छोडेर हिड्न पाए नि हुने थियो !

    यस्तै शिल शिला चल्दै गयो, उसका दिन हरु बिते, बिचार १२ क्लासमा पनि फेल भयो ! एक दिन खोइ कताको म्यानपावर कहाँ पुगेछ कुन्नि ! ऋणपान गरेर खाडी मुलुक छिरेको जम्मा जम्मी ५ महिना मात्र भएको थियो , उसको त हत्या भयो रे भन्ने समाचार आयो ! आज पो एरपोर्टमा लास आउंदै छ रे ! हे भगवान ! मेरो देश

    Reply
  24. sushil says:
    September 26, 2013 at 6:40 pm

    please sign this petition and share as much in social media. let’s get 100000 signature

    http://www.change.org/en-GB/petitions/fifa-to-revoke-qatar-s-world-cup-2022-rights

    Reply
  25. ramesh babu says:
    September 26, 2013 at 6:32 pm

    विविन्न अध्यन र जानकारी अनुसार माया कुमारी अलि सन्काहा र घमण्डी मान्छे नैहो, उसको उठबस पनि श्रमिक भन्दा ज्यादा मानब तस्कर र हामी ठुला ब्यापारी हौ भन्ने मुठीभर का आडम्बरी हरु संग बेस्सी हिमचिम थियोरे, बेक्तिगत रिस्यीबी साधन दिपक भेटवाल लाइ जे गर्यो त्यो नै निचता को परकास्थाहो ! तर उसले भनेजस्तै कतार खुल्ला जेल नै हो यो मेरोपनि २ बर्से कतार बसाइ को अनुभब हो र योकुरा यो दुनिया वेब साइड मा कतारको गतिबिधि लेख्नु हुने साथीभाई हरुलाई पनिराम्रो थाहा छ र वहा हरु सोयम पनि येही नियेम अनुसार नै बाध्येताबास बुझपचाएर बसीरहनु भएको छ,

    Reply
  26. avaya says:
    September 26, 2013 at 6:30 pm

    नेपालीहरु कतार जानु हुन्थ्यो वा हुन्नथ्यो, बहस आफ्नै ठाउँ मा छ तर पैसा छ भन्दै मा काम लगाउने ले जे पनि गर्न हुन्छ? The Guardian ले त “modern-day slavery ” जस्तो छ हालत नेपालीहरु को भनेर लेखको छ! कस्तो बिडम्बना!

    Reply
  27. himali thaila says:
    September 26, 2013 at 6:21 pm

    यो सबै नेपाल सरकार को कमिकमजोरी का कारण नै नेपाली जनता का छोरा छरी हरु बिदेस मा तड्पी तड्पी मर्नु परि राखेको छ.येस्को सबै जिम्मा नेपाल सरकार ले लिएर पिडित हरु हरुलाइ नेपाल फर्काई उचित छ्यतिपूर्ति दिनु पर्छ र मानब तस्कर हरुलाई कारबाही गर्नु पर्छ, अब आउने दिनहरुमा एस्तो बिकृति दोहोरिन नदिनकोलगि कडा अनुगमन गर्नु पर्छ! येति पनि गर्न सक्तैनन् भने ? अबयो सम्बन्धित निकाय मा बस्ने सरकारी ओहोदा का व्यक्ति हरुलाइ नेपाली जनता ले घोक्रयेरा कुर्सि बाट झर्नु पर्छ. अब पनि अझै सहने हो भने ? यिनीहरुले सधैभरि निरिहबनाई रखछन हामीलाई.

    Reply
  28. suzen says:
    September 26, 2013 at 6:18 pm

    हामी सबै ले कतार सरकार लाई इमेल गरौँ ….
    Useful Contacts
    Minister’s OfficePublic Relations and CommunicationsLegal AffairsUndersecretary OfficeEmployment AdministrationDepartment of Labor RelationsDepartment of National Labor ForceAdministration of Labor InspectionPermanent Recruitment CommitteeMinister’s Office 44841919,44841818, 44841616
    Minister’[email protected]
    Public Relations and Communications 44841222
    Public_Relations_&[email protected]
    Legal Affairs 44841888
    [email protected]
    Undersecretary Office 44841333
    [email protected]
    Employment Administration 44406566
    [email protected]/
    Department of Labor Relations 44406546
    [email protected]
    Department of National Labor Force 44841777
    [email protected]
    Administration of Labor Inspection 44026211
    [email protected]
    Career Qualification Center 44628126
    [email protected]
    Permanent Recruitment Committee 44406577
    Permanent_Recruitment_Committee

    Reply
  29. kiran says:
    September 26, 2013 at 5:09 pm

    कतार खुला जेल नै हो ,तर राजदूत ले problem मा परेको हरुलाई हेल्प नगरेकोले आफै problem मा परेको हो

    Reply
  30. Prashant says:
    September 26, 2013 at 4:47 pm

    माया कुमारी लाइ गालि गर्नु अघि के कुरा ले उसलाई फिर्ता बोलाको भन्ने कुरा जान्नु जरूरी छ ! जे मुख मा आयो र जे अरु ले बोल्यॊ त्यै बोल्नु हुदैन साथीहरु !! “कतार एउटा खुला जेल हो! ” येही भनाइ थियो यी सबै घटना को जड !! बास्तबमा अहिले आएर यो भनाइ सारै सत्य हो भन्ने कुरा सबै ले बुझ्नु जरूरी छ !!

    http://www.theguardian.com/global-development/video/2013/sep/25/qatar-migrant-workers-world-cup-host-video

    Reply
  31. Umesh situala says:
    September 26, 2013 at 4:22 pm

    नेपाल मा ओर को सिन्को पर नसार्ने भुस्तिग्रे हरु विदेश मा गएर जिन्दगि नै दाउ मा राखेर जस्तो काम गर्न पनि तयार हुन्छन अनि के गर्ने र . आफ्ना खेत बारी हरु बाँझो राखेर मासिक दस हजार रुपया को लागि विदेश जाने हरु पनि प्रसस्त भेटिन्छन अनि कस लै दोस दिने र . नेपाल मा बाख्रा पालन गरेर मात्र बसे पनि मासिक बिस पछिस हजार कमाउने थिए ति युवा हरु ले अब कसले सम्जाउने तिनी हरुलाई. आफ्नो घर को दल भात भन्दा अर्का को घर को छाद प्यारो हुने लाई राम राम त भन्न सकिन्छ नि अरु त के नै पो गर्न सकिन्छ र.

    Reply
    1. dhan says:
      September 26, 2013 at 6:06 pm

      उमेश जी ,
      तेती सरो पनि होइन होला | हो विदेश जाने भनेसी नेपालीहरु मारी हत्ते गर्छन | अमेरिका जान लाखौ रुपिया डुबाउचन | तर अरब तथा खाडी जानेहरु केहि उपाए नचलेर नै गका हुन् धेरै जसो | बाख्रा पाल्ने कुखुरा पाल्ने कुरा जति सजिलो भन्न छ उति गाह्रो गर्न | कुखुरा पालेर बर्ड फ्लु आए कसले तिर्छ नोक्सानी ? आफ्नो गाउको बारीको अन्नले बर्सको आधा पनि नपुग्नेहरु नै गका छन् दुवै अरब | बाध्यता र रहर फरक कुरा हो | केहि भन्नु अघि गम खाने कि ?

      Reply
    2. rajesh says:
      September 26, 2013 at 11:19 pm

      उमेश जी बोल्न अघि बिचार पुर्याउनोस!!
      तपाई हाम्रो धर्तिको बोझ अलिकति ति भुस-तिघ्रे हरुले पनि धानेका छन l सबै जना तंपाई जस्तै सबल र सक्ष्येम अनि लक्ष्मी माता बात अनुग्रहित भएको भए हिजो न राता बाकसमा कतार बात गणेश जस्ता गरिबहरु आउंथे न कोस्टारिका बात अमेरिका छिर्न लाग्दा नेपालि हरु पक्रन्थे l सबै जनाको सपना अमेरिका-बेलायेत अनि यूरोप हुँदा हुँदै पनि उसको ठुलो सपना लाई गरिबीले संकुचित बनाउँछ अनि छिर्ने हो खाडी l गिरीबी रहर हैन उमेश जी बाध्येता हो बुझ्नोस, भोलि तंपाई कै काँध मा आउन सक्छ देशको भार अनि के तंपाई गरिबीलाई मार्नु हुन्छ कि गरिबलाई? तंपाई जस्तै कुखुरा पालन सम्बन्धि सबैलाई ज्ञान अनि लगानी गर्न सक्ने क्षेमता भाको भए आज कतार अनि अरु खाडी मुलुक मा देशको ठुलो प्रतिसत गरिब नेपाली हरु अरुको लात र बात सहेर बस्दैन थिए,मर्दैन थिए ll

      Reply
  32. jhinak mahato says:
    September 26, 2013 at 4:04 pm

    रोजगारदाताले Exit visa नलगाएसम्म मुलुक छाड्न पाइँदैन भनेको कतारको नेपाली राजदूतले कतारलाई खुला जेलको अभिब्क्ति दिनु उस्तै मलाई लग्यो

    Reply
  33. Kanchha Lal Bholan says:
    September 26, 2013 at 3:43 pm

    काठमाडौ, असोज १० – सरकारले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विवादास्पद काम गरेकी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको हो । एकीकृत नेकपा माओवादीको तर्फबाट सिफारिस शर्मा करिब डेढ वर्षअघि राजदूतको रुपमा कतार जानुभएको थियो ।
    नेपाली समुदायको पक्षमा राम्रो काम गर्न नसकेको आलोचना र बिभिन्न विषयमा विवादमा आएपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि उहाँलाई फिर्ता आउन आग्रह गर्नुभएको थियो ।
    मन्त्रीपरिषद्को बिहीबारको बैठकले सार्कको महासचिवमा परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापाको नाम प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आयल निगमलाई सञ्चय कोष र नागरिक लगानी कोषबाट एक एक अर्ब रुपैया ऋण दिने निर्णय गरेको छ ।

    Reply
  34. shiva says:
    September 26, 2013 at 2:50 pm

    अभि तपाईं माओबादि भयो भनेर अरुलाई मानव तस्कर भन्न पाउदैन!!!कुटनीतिक स्तर मा बसेपछि तेस्को मर्यादामा बस्नु पर्छ!! लाखोउ नेपालि को आवाज लाइ मिच्ने मायाकुमारी शर्मा मानव तस्कर हो कि, जनताको हक मा बोल्ने ब्यक्ति???? घर मा लोग्ने स्वास्नी झगडा गरे जसरि देश को मर्यादा को ख्याल गर्नु पर्ने कुटनीति भनेको क हो त्यो बुझेर बोल्न जरुरि छ

    Reply
    1. Abhi, Belgium says:
      September 26, 2013 at 6:10 pm

      मलाई माओबादी भन्ने कि येह हेर्ने , शिव को तेस्रो नेत्र खोल्न पर्ला जस्तो छ
      Qatar 2022 World Cup organisers appalled by work condition
      http://www.bbc.co.uk/sport/0/football/24282713

      Reply
  35. Abhi, Belgium says:
    September 26, 2013 at 2:23 pm

    खुल्ला जेल भन्ने राजदूत ठिक रहिछन जस्तो लाग्यो; मानब तस्कर हरु ले खेदेरै छाडे उनलाई आजको समाचार अनुसार ;

    Reply
    1. Vijay says:
      September 26, 2013 at 9:56 pm

      राजदूत ले भन्नु अगाडी त कतार को वास्तविकता हामीलाई थाहा थिएन र? कतार जेल जस्तै नै हो…तर, माया कुमारी को आलोचना हुनुको कारण त्यो बक्तब्य मात्र होइन, उनको गैह्रजिम्मेवारीपन पनि हो !!

      Reply
  36. पुष्प says:
    September 26, 2013 at 1:19 pm

    कतारलाई खुला जेलको संज्ञा दिने नेपाली राजदूतले भनेको सत्य नै रहेछ त आखिर ? कतै हामी यथार्थबाट भाग्न खोजिरहेका त छैनौं ?

    Reply
    1. Ramesh babu says:
      September 26, 2013 at 8:50 pm

      मेरो विचारमा मायाकुमारी ठिक र सहि बेक्ती चाही हुदै हैन . तर नेपाली श्रमिकको लागि कतार खुल्ला जेल चाही पकै हो , बेबहार मा श्रमिक समस्या सुल्झ्याउन सक्रिय नहुने तर सस्तो लोक्प्रियेताको लागि औठा छाप महारानी ले कुटनीतिक मर्यादा को सन्तुलन नमिलाई प्वाक्क के दिएको थियो ठाउ को ठाउ खुत्रुकै ………

      Reply
      1. पुष्प says:
        September 26, 2013 at 11:32 pm

        त्यही कूटनीतिक मर्यादाको कुरा गरेरै त सबैले हेप्या हुन् । शक्तिशाली भनाउँदाले अनुमान र अनेक दाउपेचमा निरीहमाथि बमगोला बर्साउन कूटनीति नचाहिने; अरूले हाम्रै देशमा कूटनीतिलाई लात मारिरहँला चुइँक्क बोल्न नसक्ने, जाबो आफ्नै आँखाले देखेको कुरा भन्न किन कूटनीतिक मर्यादा चाहियो ?

        Reply
        1. Tenzing Gaba says:
          September 27, 2013 at 8:08 am

          पुष्प जी
          बलियोले निर्धोलाई त् त्यसै पनि हेप्छ नि
          UN / सयुक्त रास्ट्र संघले नै बलियाहरुलाई जबर्ज़स्ती पनि गर्न पाउने त् अधिकार नै दिएको छ नि जसलाई हामी ” VITO ” भनेर भन्छौ अन्यथा नलिए हुन्छ यो सामान्य प्रकृति को नियम नै हो /
          त्येसैले ……………
          निर्धोले पनि बलियोलाई तह लगाउनुलाई “कुटनीति” नाम गरेको अश्त्र प्रयोग गर्नु पर्छ/
          ****************************************************
          ” लूटनितीज्ञा” लाई ” कुटनितीज्ञा ” बनाएर पठाए पछि “बाम” पछारेको जस्तो पछारछन् भन्ने कुरो नबिर्सौ ……….. जदौ !!!

          Reply
          1. पुष्प says:
            September 27, 2013 at 1:46 pm

            “निर्धोले पनि बलियोलाई तह लगाउनुलाई “कुटनीति” नाम गरेको अश्त्र प्रयोग गर्नुपर्छ” – त्यस्तो अस्त्रले काम गर्ने भए त भैहाल्थ्यो नि गाबजी !

            Reply
    2. Deepak luintel says:
      September 26, 2013 at 8:51 pm

      माओबादीले गरेको सबै ठिक हो सोचाई अझै परिवर्तन आको रैनछ !

      Reply
      1. पुष्प says:
        September 26, 2013 at 11:24 pm

        मैले कसैलाई ठीक वा बेठीक भनेको हो कि तपाईंले बेठीकमात्र देख्नुहुन्छ, आफैं खुट्याउनुस् ।

        Reply
        1. ramesh babu says:
          September 27, 2013 at 7:19 am

          पुष्प जी खाडीको तुलनामा तपाई भाग्यमानि देसमा हुनुहुन्छ र कतारको बस्तुस्थिति को बारेमा एकदम अनबिग्ये हुनुहुन्छ! मेरोर तपाईको विचार चिन्तन येउत्तै जस्तो लाग्छ. जुनसुकै पार्टी ले सिफारिस गरेको भएनी कर्येकाल मा गल्ति गरेकैहुन र प्रचण्ड लाई पनि म पार्टी कर्येकर्ता हैन भनि वोठे जबाफ लाएकै थिई ! यो प्रकरणमा पहिलोपल्ट खाली सस्तो लोक्प्रियेता को लागि मात्र बोलेको थिई येही फसी, सचाई येहिनै हो कृपया मनन गरौ ,

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme