Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खिलराजले पनि युएनबाहिर कालो झण्डाको सामना गर्नुपर्ने

Posted on September 24, 2013September 24, 2013 by mysansar

देशको विषम परिस्थितिमा संविधान सभाको निर्वाचन गराउने गहन जिम्मेवारी बोकेर कार्यपालिकाको समेत जिम्मेवारी सम्हालेका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जान जरुरी नभएको टिप्पणी गर्नेहरु निकै छन्। बीचमा त अन्तरिम चुनावी परिषद्का अध्यक्ष रेग्मी न्युयोर्क नजाने हल्ला पनि चल्यो। लगत्तै खण्डन पनि भयो- रेग्मी जाने बरु गृहमन्त्री चाहिँ नजाने! जानु पर्ने/नपर्ने विवादका बीच अमेरिका उड्न लागेका रेग्मीले उता पनि विरोधको सामना गर्नुपर्ने भएको छ। युएनबाहिर उनलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक भएको छ।


विरोधको कार्यक्रम सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले सार्वजनिक गरेको हो। समितिका अनुसार पूर्व सहमति भएकै स्थानमा बुद्धमूर्ति प्रतिस्थापना गर्न पाउनु पर्ने माग राख्दै चोथौ चरणको शान्तिपूर्ण आन्दोलन घोषणा गरिएको हो।

कार्यक्रममा असोज ११ र १२ गते मन्त्रिरिषद् अध्यक्ष रेग्मीलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनको प्रवेश द्वारमा बौद्धमार्गी र विभिन्न आदिवासी जनजातिहरूले प्लेकार्ड र कालो झण्डा प्रदर्शन गरिनेछ।

समितिको विज्ञप्ति यस्तो छ-

सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोइली गाविस वडा नं ८ अवस्थित काँक्रेविहार परिसरमा राष्ट्रिय विभूति भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्ने क्रममा स्थानीय प्रहरी प्रशासनले रोक लगाएपछि त्यसको विरोधमा सम्पूर्ण बौद्धमार्गी तथा आदिबासी जनजातिहरू आन्दोलनरत रहेको व्यहोरा सर्वविदितै छ। हामीले विगत विभिन्न मितिमा यथाशीघ्र पूर्वसहमति अनुसार बुद्धमूर्तिलाई सोही स्थानमा प्रतिस्थापना गर्नको लागि शान्तिपूर्ण आन्दोलनद्वारा नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै तेस्रो चरणसम्मको शान्तिपूर्ण आन्दोलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताको साथै न्यायपूर्ण आन्दोलनको कार्यक्रमलाई समाचार संकलन, छायांकन तथा सम्प्रेषण गरी सहयोग गर्नु हुने सञ्चारकर्मीहरूलाई हामी आन्दोलनकारी संघ सस्थाहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।

हामी सरोकारवाला बौद्ध धर्मावलम्बी संघ संस्थाहरू र नेता नेतृत्वको संयुक्त प्रतिनिधस मण्डलले यो घटनाको कडा विरोध गर्दै बुद्धको मूर्तिलाई १५ दिन भित्र प्रतिस्थापना गरियोस् भनेर मितिः २०७० असार ८ गते नेपाल सरकार अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीज्यूलाई ज्ञापन–पत्र बुझाएका थियौं। तर उक्त समयसीमाभित्र बुद्धमूर्ति प्रतिस्थापना गर्ने मागलाई सरकारले पूरा गर्न सकेको छैन् । त्यसकारण हामी सम्पूर्ण बौद्धमार्गीहरूले सरकारको यस्तो रवैया बिरूद्ध खेद प्रकट गर्दै तेस्रो चरणसम्मको शान्तिपूर्ण आन्दोलन सफलतापूर्वक सम्पन्न गरी चोथौं चरणको शान्तिपूर्ण आन्दोलन घोषणा गर्न पत्रकार साथीहरू माझ यो पत्रकार सम्मेलन आयोजना गरेका छौं।

चौथौं चरणको आन्दोलनको कार्यक्रम
१) २०७०।०६।८ पत्रकार सम्मेलन १ बजे फोनिज, अनामनगर
२) २०७०।०६।११ र १२ मन्त्रिपरिषद अध्यक्षलाई संयुक्त राष्ट्रसंघको भवन प्रवेश द्वारमा बौद्धमार्गी र विभिन्न आदिबासी जनजातिहरूले प्लेकाड र कालो झण्डा प्रदर्शन- न्यूयोर्क
३) २०७०।०६।१० आन्दोलनकारी संघसंस्थाहरू बीच बिचार गोष्ठी १२ वजे बौद्ध गडेन भान्साघर, तीनचुली, बौद्ध
४) २०७०।०६।१५ विभिन्न धार्मिक समुदाय, नागरिक समाज बुद्धिजीवीहरूसँग अन्तरक्रिया कार्यक्रम १–३ काठमाडौं
५) २०७० असोज महिना भित्र धर्म निरपेक्ष राज्यको सिद्धान्त विपरीत राज्य सरकारले राष्ट्रिय विभूति गौतम वुद्ध लगायत विभिन्न धार्मिक समुदाय माथि गरेको विभेदको विरुद्धमा धरान सुनसरी,मकवानपुर, चितवन,पोखरा,लुम्बिनी, दाङ्ग र सुर्खेतमा क्षेत्रीय विरोध सभा गर्ने

हाम्रा माग
१) सुर्खेत, काँक्रेबिहार परिसरमा राख्न खोजीएको बुद्धको सो मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्नु पर्ने ।
२) बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी ¥याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने ।
३) आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, बही, बहाल, चैत्य, मूर्ति आदि आस्थाको केन्द्र रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी सुनिश्चितता गर्नु पर्ने ।
सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समिति

9 thoughts on “खिलराजले पनि युएनबाहिर कालो झण्डाको सामना गर्नुपर्ने”

  1. shersingh Nepali says:
    September 26, 2013 at 4:22 pm

    कालो झन्डा मात्र होइन , यो विभेदकारी नितिका पृष्ठपोषक दलाल सरकारका प्रमुख देशलाई बर्बादी तिर लाने रेग्मी लिच्चड भारतीय एजेन्टलाई जहाँकहिँबाट खेद्नु पर्छ ! कार्यपालिका ,न्यायपालिका भएभरको सबै पद चाहिने दरिद्रले देश भताभुंग भएको अवस्थामा पनि आफै संयुक्त राष्ट्रसंघमा जानुले
    उसको नियत केके रहेछन भन्नेकुरा अझ नाङ्गो रुपमा प्रष्टियेकोछ ! यस्ता दरिद्रहरुलाई राष्ट्र चलाउन दिनेहोभने देशको हालत अझ खत्तम पार्दै लानेछन , जनतामा चेतना नभया !

    Reply
  2. Jeevan Thapa says:
    September 26, 2013 at 8:15 am

    लौ KRR लाइ पनि कुर्सि र पावर को मोहो जागी सक्यो … कथम कदाचित चुनाब भईहाल्यो भने पनि अब KRR कुनै राजनीतिक पार्टीमा लाग्ने कन्फर्म छः

    Reply
  3. Suresh says:
    September 26, 2013 at 1:42 am

    मित्र हरु यो कहिले र कहाँ कालो झन्डा देखाउने हो म पनि आउने छु खबर पाउ है

    Reply
  4. Suraj Shrestha says:
    September 25, 2013 at 11:19 pm

    मेरो बिचारमा नेपालमा मौकामा चौका हान्ने नेता, ब्यापारी, कर्मचारी, गैर सरकारी संगठनका पदाधिकारी र समाज सेवकहरु झैँ खिल राज रेग्मीलेपनि अवसरको लाभ लिएकोको हो

    हाम्रो संस्कारबाट रेग्मिज्यु कसरी भिन्न हुनु सक्नु होला?

    बल्ल विदेश भ्रमणमा निस्कन पाएको के को डाहा गर्ने ?

    सुरज श्रेष्ठ

    Reply
  5. samrat~ says:
    September 25, 2013 at 6:43 am

    लोभी पापी बाजे..पावर मा छदा US मा सरकार प्रमुख को हैसियेत को स्वागत सत्कार पाइने..उसका नाति नातिनी लाइ दन्त कथा सुनाउनु पाइने अब धेरै दिन छैन , चुनाब पछि ब्याक टू मंगल मान !! येसो सोच्यो होला बाजे ले पनि . पाएको मौका लौ ठोक्दिनै पर्यो भनेर. आखिर पर्यो बाजे !

    Reply
  6. Nirab says:
    September 25, 2013 at 12:55 am

    सबैलाई visible हुनु परेको छ यहाँ वा त्यहाँ. राम्रो काम गरेर visible हुन नसक्ने looser हरु येस्तै येस्तै गर्छन. यो कुनै ठुलो समस्या हो कहिँ? जसको कारणले देशको कार्यकारी प्रमुखलाइ विदेशमा अपमान गर्नु परोस. shame on you looser guys, stop that drama.

    Reply
  7. Tschring Tamang says:
    September 25, 2013 at 12:43 am

    माइ संसार चलाउनु हुने मित्रज्युलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु. म एउटा नेपाली नागरिक र बौद्धमार्गी भएको नाताले पनि काक्रेबिहर बिसयमा मेन स्ट्रिम मेडियामा खासै न आएपनि तपाइको ब्लगबाट समाचार पढ़ना पाउदा धन्यबाद नदिई रहन सक्दिन. नेपालको शासकहरुले भन्ने बेलामा बहुजातीय बहुभसिय बहुधार्मिक देश भन्ने अझ भासन गर्दा बुद्धको देश भनेर कुर्लिने तर काममा चाही सौतेनी व्यवहार गर्ने धेरै धेरै देखियो . एस्तो विभेदकारी शासकलाई कालो झन्डा देखाउना बुद्धिस्ट हरु बाध्य भएका छौ.

    Reply
  8. द्रोण says:
    September 24, 2013 at 10:41 pm

    नेपालमा स्कुल मा सानो मा टिचर ले डण्डा ख्य्वायेर बलियो बनाएको हुन्छ तेसैले झण्डा ले खासै असर गर्दैन |

    Reply
  9. नरेन्द्र says:
    September 24, 2013 at 10:35 pm

    नेपाल मात्र एक देश होला जहाका जनता संसारका जुन कुना पुगे पनि राजनीति गर्न छाड्दैनन। केहि झुण्ड जनजातिका नाममा खल्तीमा कालो झन्डा बोकेर हिड्ने गर्छन। ससांकजी हरु कालो झन्डा सहित “गेट सेट गो” को अवस्थामा बस्नुहुन्छ जस्तो लाग्छ कहिले नेपाल बाट को आउछ भन्दै। कालो झन्डा देखायो एकछिन रमायो समाचार मा छायो सकियो त्यो भन्दा ठुलो उपलब्धि हुने केहि हैन त्यसैले कालो झन्डा बोकेर विदेशमा १२ हात उफ्रनु भन्दा कुनै अन्तरक्रिया कार्यक्रम गर्न सकेर छलफल गरेको भय सबैको लागि राम्रो हुने थियो। अर्को कुरा हामी नेपालीले जो आउदा नि कालो झन्डा देखायौ समाचार मा आयौ भनेर गर्ब गर्नु बेकार हो, कालो झन्डा बोक्ने र देखाउनेलाइ भन्दा त्यो देख्ने अम्रिकाका जनतालाइ वाक्क जो लागि सके होला।कहिले देखि नेपाली ले बहादुर जस्तै “कालो झन्डावाल” भनेर उपनाम पाउन बेर छैन।
    अरुलाई कस्तो हुन्छ मलाइ त कुरी कुरी लाज लाग्छ, त्यस्तो कालो झन्डा देखाको समचार पढ्नु पर्दा र देख्दा। सबैले यो कालो झंडे प्रवृति त्यागेर छलफल तिर लागे राम्रो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme