Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतलाई तह लगाउन गिरीको ‘जङ्गबहादुर फर्मूला’

Posted on September 23, 2013September 23, 2013 by Salokya

कान्तिपुरका सम्पादक सुधीर शर्माको महँगो (मोटो गाता हजार, पातलो ७ सय) पुस्तक ‘प्रयोगशाला’ आइतबार अन्नपूर्ण होटलमा विमोचन भयो। विमोचन कार्यक्रम बडा रमाइलो भो। गगन थापा मोडरेटर रहेको कार्यक्रममा प्राध्यापक ध्रुवकुमार, प्रचण्ड र प्रदीप गिरी वक्ता थिए। स्रोता चाहिँ भएभरका भिआइपीहरु। वर्तमान प्रधानसेनापतिदेखि पूर्व प्रधानसेनापतिसम्म। नेताहरुदेखि पत्रकारसम्म। कार्यक्रममा भएको बहस पनि रमाइलै थियो। प्रचण्डभन्दा कङ्ग्रेस नेता प्रदीप गिरी जमे। उनका केही भनाई निकै घतलाग्दा थिए। भारतले हेप्यो, भारतले यो गर्‍यो, त्यो गर्‍यो (जुन किताबमा पनि उल्लेख छ) भन्नेहरुलाई भारतलाई तह लगाउन उनले एउटा सामान्य जङ्गबहादुर फर्मूला दिएका छन्। उनकै भाषामा-

स्टिलरको नेपालः ग्रोथ अफ अ नेसन भन्ने पुस्तकमा जङ्गबहादुरको प्रसङ्ग उल्लेख छ। विद्रोह दबाइसकेपछि विद्रोही सिपाही र नेता, रानीहरु नेपालमा थिए। उनीहरुलाई खेदनलाई ब्रिटिसहरुले ताकेता गरेको गर्‍यै। अनि जङ्गबहादुरले विनम्रतापूर्व जङ्गिएर जवाफ दिएछन्- होइन तिमीहरु ठूलो देश छौ, आँटे त हामीलाई सप्लक्कै खान सक्छौ। थाहा छैन र मलाई?


तिमीहरु नै मलाई इन्डेपेन्डेन्ट नेसन, इन्डेपेन्डेन्ट नेसन भन्छौ। कि त इन्डेपेन्डेन्ट नेसन जस्तै मान। म हिन्दु शासक, शरणार्थीलाई पठाउँदिन। माग्ने हो भने खाऊ। तिमीहरुले चाह्यो भने त खाइहाल्छौ, मेरो देशै खान्छौ। खाए भो। हैन भन्देखिन् म इन्डिपेन्डेन्ट नेसनलाई यो रानी बुझा, त्यो रानी बुझा किन भनिराख्या ? तिमीहरुको सेना पनि आउन दिन्न यहाँ, मेरै सेनाले खेद्छ तिनीहरुलाई। यो कुरा हो ५७ को विद्रोहपछि। त्यतिबेला अङ्ग्रेजको पावर हाइटमा थियो। जङ्गबहादुरले त्यतिबेला आँट गर्दा हाम्रो सुशील कोइरालाजी, शेरबहादुरजी, रामचन्द्रजी, झलनाथजी, प्रचण्डजी, बाबुरामजी, को को चाहिन्छ? आँट नपुगे मोहन वैद्यलाई पनि राखौँ, सबले मिलेर इन्डियालाई भन्यौँ भने तह लाग्दैन? अनि केको र आयो र आयो भनिरा?

उनका अरु पनि केही भनाई जस्ताको तस्तै-

  • इन्डियाको मात्रै हैन, अमेरिकाको, चाइनाको, फ्रान्सको आफ्ना इन्ट्रेस्ट छन्। अब यहाँ र किन आयो भन्ने प्रश्न छ। र आयो र देखा पर्‍यो, त्यो यसको बेवकूफी हो। नत्र त चीन पनि छ, आइएसआइ पनि छ, सिआइए पनि छ। र किन देखा परिस् भन्ने मेरो प्रश्न छ। त्यसैले र का कुनै शुभचिन्तक छन् भने उहाँहरुका माध्यमबाट रका स्थानीय हाकिम वा केन्द्रीय तहका हाकिमलाई सुनाइदिनु पर्‍यो- किन देखा परेर काम गर्छस्? सुटुक्क गरोस् न। एउटा विशाल शक्ति राष्ट्रलाई तैँले किन र पठाइस् भनेर भन्न मिल्दैन। रको साधन, सं‍साधन बढा, र यस्ता बेवकूफलाई नपठा – मेरो भारतलाई यही अनुरोध छ।
  • भारतले सिक्किम बनाउन खोजेको हो भने भारतलाई ढुक्कसँग भनिदिए हुन्छ, ए बाबु हो, तिमीहरुले सिक्किमलाई त पचाउन सकेका छैनौ, कुरा उठिराको छ। त्यो पचाऊ, अनि हेरौँला नि। सोधे हुन्छ- सिक्किम हो त ? भुटान हो त ? अलि बेग्लै किसिमले तिब्बत हो त भनेर प्रश्न गरे हुन्छ। सिक्किम पनि हैन, भुटान पनि हैन, तिब्बत पनि हैन भने के हो त ? हो, नेपालले नेपालै हुने हो र नेपाललाई नेपालै बनाउने जिम्मेदारी हाम्रो नेतृत्वमा छ।
  • भारतले डेमोक्रेसीलाई मद्धत गर्छ र चीनले कम्युनिज्मलाई मद्दत गर्छ भनेर सोच्नु भ्रम हो। उहाँहरुको अज्ञानताको परिचायक मात्र हो। हाम्रा नेताहरुले आफ्ना पाठ्यक्रम पनि ठीकसँग पढेनन्। होइन भने इन्टरन्यासनल रिलेसनमा बीए वा एमए पढ्या मान्छेलाई पनि यो भ्रम रहने थिएन। यत्रो जनाधार भएर पनि यत्रो ठूलो वर्गीय सम्बन्ध आफ्नो पक्षमा भएर पनि नेपाली कङ्ग्रेसले विगतका वर्षहरुमा सफलता नपाउनुको कारण के हो भने यसले कूटनीतिको मूल मर्म बुझेको छैन।
  • प्रचण्डलाई बचाउ गर्न मन लाग्यो। उनको राजनीतिक कौशल बढेर गएको छ। सुरुङ युद्धबाट सुरु भएर भारतसँग घरी सिङ्गापुर घरी हङकङ गर्नुहुन्छ। मलाई उहाँको परिपक्वतामाथि विश्वास छ। कुरो के हो भने उहाँले सुरुङ युद्ध गर्न सक्नुहुन्थ्यो। त्यत्रो साहस उहाँमा नभएको हैन। उहाँले सुरुङ युद्ध नलडिदिएर आम नेपालीलाई राम्रो भो कि नराम्रो भो त ? राम्रो भो। कसरी राम्रो भो भने उहाँ त शहीद हुनुहुन्थ्यो, उहाँ शहीद भएर नेपालले के पाउँथ्यो ? झन् लामो गृहयुद्ध , झन् लामो लडाइँ, अन्तर्राष्ट्रिय षड्यन्त्रको अखाडा !

प्रदीप गिरीको विचार पूरै सुन्नुस्-

कार्यक्रममा प्रचण्डको भनाई यस्तो थियो-

45 thoughts on “भारतलाई तह लगाउन गिरीको ‘जङ्गबहादुर फर्मूला’”

  1. सत्य प्रकाश नेपाली says:
    September 24, 2013 at 4:40 pm

    प्रदिप गिरीज्युलाई मेरो बिनम्र सुझाव र प्रश्न:
    १. अहिले जंगबहादुरको युग छैन र ब्रिटिश उपनिवेशवादीहरुको हालीमुहाली पनि छैन| हजुरको घडी नचलेको हो कि के हो?
    २. पहिले सामन्ती र मै मात्र पढेको र जान्दछु भन्ने बिचार त्यागौ| अन्तराष्ट्रिय खबर र विश्लेषण पढेर नेपाललाई ओउल्याएर ठुलो कोठे गफ दिने जमाना गयो|
    ३. प्रचण्ड र बैद्य लाई जनताले पत्याएको नै नेपाली कांग्रेसले नेतृत्व लिन खुट्टा कमाएर्कोले हो| सुजाता र सुशील जस्ता नेता नेत्री हुने नेपाली कांग्रेस पंगु भैसकेको छ|
    प्रचण्ड, बाबुराम र बैद्य पनि उही द्यांगका मुला हुन्| झलनाथ, माधव कुमार र ओली जस्ता सस्ता र खिचडी नेताले यो देश खत्तम र तन्नम पारेका हुन्| थोडै माओवादीले ज्ञाने र राजतन्त्र ढालेका हुन्? यो जनताको विश्वास खुस्केको फुकीढल अवस्थाको राजतन्त्रलाई माओवादीले जोडसंग फुकी दिंदा धराशय भएका हुन्| वस कुरो यति हो|

    ४. जस्क्ले सिक्किमीकरणको कुरा गर्छ उसले पहिले आफ्नो खल्तीमा हेर्नू| भारत लाई देवता सरह पुज्ने र चीनलाई ए टीएम मेशिन सरह ठानेर देशलाई खतरामा राख्ने संग होशियार हुनपर्छ| कमल थापा, समय गुज्रेका र पटक पटक सयौ चोटी मौका पाएर केहि गर्न नसकेका बन संहारी सुर्य बहादुर थापा दुवै भारत भुमि तिर ढल्केका छन् र पल्केका पनि छन्| चीन संग हाम्रो मिल्दो जुल्दो केहि छैन र बिश्वास गर्न सकिंदैन पनि तर भारतका कतिपय नेताले सदाशय पुर्बक नेपालको उन्नति चाहे पनि दिल्लीमा एउटा संस्था छ जसको नाउँ साउथ ब्लक हो, यसको काम नेपालको अथवा साउथ्मा रहेका छिमेकीको प्रगती ब्लग गर्नु हो|
    गिरीज्युले आउँदा समयमा यसबारे पनि प्रकाश पार्नु होला| काम केही छैन गफडा लायो, अमेरिकामा यस्तो भयो भारतमा यस्तो भयो भनेर चाइने ञ्चाइने कुरा गर्यो, कुनै उत्पात्क्द्त्व छैन| जिरो| कुरोले मात्र देश बन्दैन हजुर| नेपालमा राजनीति गर्ने र कोठे गफ गर्नेहरुले देशको बिकाशमा केहि देन दिएको छैन| वरको सिन्को पर नसारी कसरी देश बिकाश हुन्छ हजुर? बाऊ बाजेले खान्कीको लागि पैसा थुपारेको छ भने त्यसलाई गफ गरेर मात्र उडाउन भएन| खोइ productivity?
    हाम्रा नेपालमा केही कामै नगरे गफ़डीय़ा पल्तिक्स गरेर मात्र खानेले यो देश तन्नम पारेको त् मान्नुहुन्छ होला| ६०१ लाई अब तलब भत्ता ख्वाउन पर्ने भयो| किन?
    तलब भत्ता नलीई संबिधान बनाउ भनेर प्रचण्डलाई किन चुनौती दिन सक्नुहुन्न?
    सुशीललाई किन झाप्नु हुन्न?
    ल कुरो बुझ्नु भो होला अरु धेरै नभनौ|

    Reply
  2. himali thaila says:
    September 24, 2013 at 9:52 am

    यी आफै मपाइ हुने नेपाल का नेता हरु, जे पनि जनता को लागि भन्छन, हाम्रो पार्टीले एस्तोगर्छ उस्तोगर्यो भन्न अलिकति पनि लाज भए भन्न छोड्नु पर्यो, यो झुठो आस्वासन सुन्दा सुन्दा वाक्क दिक्क लागिसक्यो, एकले अर्का लाई सुइकार्न नसक्ने, आखिर दोष दिने पनि दोष खाने पनि पालैपालो देश को राज्यसत्ता मा पुगेकै हुन् आफुले गरेको गल्ति नसुइकार्ने र ढाकछोप गर्न कुरा लाई अर्कै तिर बन्गीयायेरा बाहिरी देश का राम्रा राजनीतिक परिपाटीको बखान गर्छन आफु त्यसलाई लागु गर्न चाहदैनन् सक्दैनन्, जस्तातस्त लाइ नेता बनाएर हामी ले पनि गल्तित त गरेनौ ?

    Reply
  3. Sheela says:
    September 24, 2013 at 9:20 am

    माथि प्रदिप गिरि जी को बुदा नं १ पढे पछि मेरो यो तलको कमेन्ट फेरी दोहोर्ह्याउन उचित लाग्यो:
    सुधिर शर्मा लाइ ‘RAW ‘ ले यो पुस्तक लेख्न ल’गाको भन्ने ‘Conspiracy Theory ‘ ले प्रमाणित गर्छ./ RAW ले “नेपालमा भारतले सिधै दादागिरी गर्न सक्छ, चीन र पश्चिमाहरु तिमीहरु ‘मेरो territory’ भित्र आउने कोसिस नगर्दा राम्रो हुन्छ, देखेउ त हाम्रो क्षमता र पहूँच” भन्ने प्रस्ट सन्देस दिनु यो पुस्तक को मूल मक्सद हो/

    के प्रदिप जी ले येत्ति कुरा पनि बुझ्नु भा’छैन होला र….मैले त पत्याइन है !

    सुधिर शर्मालाइ कान्तिपुर मार्फत नेपाली पत्रकारिता जगत र बुद्दिजीबी हरुले राम्ररी चिनेका छन् ….!

    Reply
  4. Gaurab Nepali "Oodaaseen" says:
    September 23, 2013 at 10:17 pm

    सिक्काको एक पातमा गिरि,गगन र प्रचण्ड भए पनि सिक्काको अर्को पातमा विप्लब,रोहित र कमल थापा पनि छन् भन्ने कुरा आयोजकले भुले जस्तो लग्यो ! बक्ताहरुले भुलेछन क्यार, “र” ले राजतन्त्रको बिउ नस्ट गरे पनि एक मधेस एक प्रदेशको बिउ रोपेर गायक छन् भनेर जुन कालान्तरसम्म नेपालीले कलहमा बच्नु पर्ने छ यो मेरो चोन्भिक्सन हो यसको जिम्वेवार को हुने ???

    Reply
  5. rabindra shrestha says:
    September 23, 2013 at 9:56 pm

    गगन थापाको हैसियत के एउटा किताब बिमोचनको उद्गोशन गर्ने हो र? कान्तिपुरका सम्पादकले गगन थापालाई झोले बनाए!

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 24, 2013 at 9:36 am

      गगन थापा ले हैसियत भन्दा धेरै नै पा का छन् !
      हल्लै हल्ला मा नेता भाका छन् –
      मिडिया प्रायोजित नेता को बिल्ला ला का छन् !

      बस्ताब मा गगन थापा संग त्येस्तो केहि छैन – जो सम्रिद्द नेपाल निर्माण को लागि आवस्यक छ ! यो मैले उनको रिस र डाह गरेर भनेको होइन – समय लामो छ ! इतिहास ले व्यक्ति निर्माण र व्यक्ति पतन गराउछ ! आउने समय र गगन थापा ले गर्ने राजनीति लामो छ ! हेर्दै जाउ !

      Reply
    2. bibek dhakal says:
      September 25, 2013 at 9:36 am

      जबर्जस्ति बिमोचन गर्न लाको हो र तिम्रो गगन थापालाई? यदि समारोहमा उद्घोसन गर्दा “झोले” भइने भन्ने थाहा पाई पाई पनि “झोले” बन्न गाको हो भने त त्यस्ताको हैसियतको किन टाउको दुखाउनु?
      तर यदि हैन उद्घोषण कला राम्रो भाको र अहिलेको युवापुस्ता माझ सबै भन्दा पपुलर नेताको नाताले उनलाई सोको आग्रह गरेकोले सहर्ष स्विकारेको हो भने त यसमा हैसियत को कुरा उठाउनुपर्ने केइ देख्दिन म…
      कैलेसम्म हैसियत, सम्मान, प्रतिष्ठा जस्तो कुरामा अल्झेर बसिरहने? माथि आम मित्र!

      Reply
  6. Suraj Shrestha says:
    September 23, 2013 at 8:49 pm

    मेरो बिचारमा हाम्रो राजनैतिक, सामाजिक, धार्मिक, संस्कृतिक, आर्थिक र देश हाक्ने जिम्मा लिएकाहरुले खाली ठूला ठुला कुरा गर्ने गरेको देखेर सर्व साधारण नेपालीहरु वाक्क भै सके

    पचासो अर्ब रुपैया गरिब नेपालीको रगत-पसिनाको करबाट खर्च गरेर शान्ति प्रक्रिया, पहिले संविधान सभाको निर्वाचन, लडाकु व्यस्थापन, पहिले संविधान सभाको बैठकको नाटकमा २०६३/६३ देखि हालसम्म पुग न पुग ८ बर्ष संविधान न बनाई खेर गइ सक्यो
    त्येस माथि एस अवधिमा ६ जना प्रधानमन्त्रीहरु गिरिजा, पुष्प, माधव, झल्, बाबु र खिल (प्रधानमन्त्री सरह) भै सक्यो

    अब यो दोस्रो संविधान सभाकोको खर्च १०० अर्ब रुपैया भन्दा बढी होला जस्तो छ, कति प्रधानमन्त्रीहरु र समय लाग्ने हो ठेगान नै छैन ?????

    “हामी नेपाली मूला, सबै ठुला ठुला” र “काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर” भन्ने पुरानो उखान हाम्रा पूर्वजहरुले राखेको अहिलेपनि समय साक्षेप नै छ

    सुरज श्रेष्ठ

    Reply
  7. Surya Shrestha says:
    September 23, 2013 at 8:38 pm

    गगन थापा जस्तो लोकप्रिय र बुज्रुक नेता भनाउँदो व्यक्तिको प्रस्न प्रदिप गिरीजीले कति सजिलै हाँस्य पत्रका रुपमा सटिक भाषामा ब्यक्त गर्नु भयो / त्यसैले नेपाली कांग्रेसले राजनैतिक रणनीतिक दिशानिर्देश तय गर्ने होभने प्रदिप गिरीको समझ र दृस्टीकोणलाइ केन्द्रबिन्दुमा राखेर राजनीति गर्नु पर्छ / अन्यथा नेपाली कंग्रेस्सको भबिस्य र भाग्य अँध्यारो थियो, छ र हुनेछ /

    Reply
  8. कृष्ण भारद्वाज says:
    September 23, 2013 at 5:28 pm

    नेता भनेको समाज, देशको प्रतिनिधि हो, नेता राम्रो छैन भने त्यहाको जनतामा केहि खोट छ भन्ने बुझ्नु पर्छ ! हाम्रा देशका नेता पनि हामि हरु कै माझ बाट टाठा बाठा भनेर अगाडी बढेका……गाँउ, समाज, जिल्ला, अञ्चल हुदै केन्द्र सम्म पुगेका हुन् !
    बाहिर अन्त कतै बाट आएका होइनन ! नेता राम्रा भएनन् भनेर फलाक्न भन्दा, म कसरि राम्रो बन्न सक्छु, मैले गर्ने कiम कसरि निस्पक्ष्य र देशको हितमा हुन्छ भनेर सोच्ने भने गाउ, समाज देश छिटै प्रगति पथमा लम्कन सक्छ !
    त्यसकारण नेता गतिलो भएन भन्न भन्दा पहिले म कति असल छु त भने सोच राखौ !

    सबै को सद बुद्धि आवोस !!

    Reply
  9. Jeevan Thapa says:
    September 23, 2013 at 1:52 pm

    घरि घरि मलाई यो नेपाली जनताहरु देख्दा सारै अचम्म लाग्छ …. गर्ने केहि होइन खाली कहिले कसलाई दोष लगाको छ कहिले कसलाई … तिमीहरुले नै चुनाब जिताएर पठाएका नेताहरु हुन् … अब चुनाब आउंदै छ छानी छानी राम्रा मान्छे पठाऊ न त … १ बोत्तल ठर्रा र २ टुक्रा मासुको आशमा भोट दिने हरु पनि येही आँखाले देखेकै हो …

    Reply
    1. Veer Kumar Shahi says:
      September 23, 2013 at 6:09 pm

      के गर्ने जिबन जी ? Good वा Bad भनेर छान्न दिए पो सजिलै सित Good मा भोट खसाल्नु हुन्थ्यो ! यहाँ त् Bad अथवा Worst मा भोट हाल्नुपर्छ, फेरी worst भन्दा त् Bad नै राम्रो भनेर bad लाइ पठायो, bad पनि माथि पुगेपछि worst भैदिन्छ !

      Reply
    2. Umesh situala says:
      September 25, 2013 at 3:24 pm

      धेरै जशो नेपाली जनता हरु अल्प सिक्षित तथा देश विदेश का घटना हरु कम बुझेका छन् त्यसकारण सहि प्रतिनिधि छनौट गरेर पठाउन असमर्थ छन् त्यस कारण जब सम्म सम्पूर्ण देश को सिक्षा तथा चेतना को स्तर ब्रिधि हुदैन तब सम्म यस्तै सुन्य उत्पदकत्वो भायेका नेता हरुले राज गरि नै रहन्छन

      Reply
  10. Resham says:
    September 23, 2013 at 1:36 pm

    “प्रयोगशाला” पुस्तक आम नेपालीको क्रयशक्ति भन्दा टाढा हुने देखियो . कतै सित्तैमा मौका परेमा पढ्नु पर्ला . किनकि नपढी नहुने खालको पुस्तक यो होइन. तेही राजनैतिक गफ्नै हो.हाम्रा नेताहरुले भाषण मात्रै जानेका हुन्छन जनतालाई भ्रम मा पार्न . अझ जति धेरै विदेशको उदाहरण दियर भाषण गर्यो त्यो उति धेरै विद्वान मानिने . अझ उनीहरुले सिक्किम को प्रसंग त छुतौनै भयन. सिक्किम का जनता कति खुश छन् , तेहाँ को बिकाश हाम्रो भन्दा कति अगाडी छ , सिक्किम,दार्जीलिंग का ले बरु नेपालको बेथिति देखेर उपहास गर्छन , उनीहरुलाई कुनै चिन्ता छैन तर हाम्रा नेताहरुलाई हरेक भाषण मा सिक्किमीकरण भन्न पर्ने. तेसैले हाम्रा नेता हरुले अरुको उदाहरण दिनु भन्दा पनि सबै मिलेर स्थिर राजनीति दियर देश को बिकाश गरेमा राम्रो हुनेछ.

    Reply
  11. YADU says:
    September 23, 2013 at 1:35 pm

    मेरा साथीहरु ,
    ‘जङ्गबहादुर फर्मूला’ अजि पनि जंग बहादुर को याद किन हुन्छ | उनि सबल र कुसल व्यक्ति हुन्थियो | समय अनुषा कम गर्न सक्नु यक बहादुरी हो उहा सच्छ्यम हुन्थिय | तेही कारण म उहालाई सलाम गर्छु …. I LOVE ‘जङ्गबहादुर ‘ ..

    Reply
    1. Veer Kumar Shahi says:
      September 23, 2013 at 6:11 pm

      देशका जनतालाई पढ्न नदिएर २०० वर्ष पछाडी धकेल्ने लाइ खुब राम्रो देख्नु भयेछ ! राणाशासन जिन्दाबाद, प्रजातन्त्र मुर्दाबाद भन्दै सडक तताउनु न !

      Reply
      1. resham says:
        September 23, 2013 at 7:44 pm

        यदि राणाकालमा शिक्ष्य सबैले पाएको भए नेपाल धेरै अगाडी बडी सकेको हुने थियो .

        Reply
      2. Umesh situala says:
        September 25, 2013 at 3:37 pm

        अरु कुरा मा जे जस्तो वाए पनि देश को सर्ववौम सत्ता बचाई राख्न तथा अन्तरास्ट्रिय स्तर मा देशबासी को आत्मा स्वविमान जोगाउने क्षेत्र मा चाही राणा साशन काल मा ठुलै काम वयेको जस्तो लाग्छ .

        इतिहास बिस्लेसन गर्दा सकारात्मक तथा नकारात्मक दुवै कुरा लै हेर्नु पर्दछ. जति अहिलेका ” बहुदलिय दल हरुले जति देस बिगारेका छन् त्यति त इतिहास का कुनै पनि नेत्रितो ले बिकरेका छैनन् जस्तो लाग्छ.

        Reply
  12. अर्जुन says:
    September 23, 2013 at 1:29 pm

    मेरो गोरु को बार्है टक्का भने जस्तो गरेर प्रचण्ड बा कुर्लंदै छन् त ! तिमीले घोकायेकै घोक्न पर्चा भन्ने छ र बाजे ? मैले मेरो बुद्धि प्रयोग गरेर आफुले बुझ्न नपाउने ? तिमीले मेरो बुझाइ गलत छ भनेर ठोकुआ गर्ने ? तिम्रो सत्य मेरो नि सत्य हुन्छ भन्ने के छ ? तिम्रा दास हैनन् जनता . नेपाल इन ट्रान्जिसन् र प्रयोगशाला ले पुगेन ? राजनीति गर्ने भए बैचारिक गर, रोएर गोहीको आसु झारेर के राजनीति गर्छौ ?

    Reply
  13. Shirish Kumar says:
    September 23, 2013 at 1:28 pm

    नेपाली समाज र नेपाली माटो लाई बुझेर नया कर्न्तिकारी परिबर्तनका सम्भाबकले अबलम्बन गरेको कार्य दिशा नै आज को सुनौलो नेपाल को लागि आपरिहर्य छ जस्तो लाग्छ/ शान्तिपूर्ण आन्दोलन गरेर त्येसको उचित समाधान गरिने शासक नहुदा सम्म शान्ति बिना को क्रान्ति को तुक छैन / देसमा जनताको चाहना अनुसारको परिबर्तन नेता हरुले मात्रै होइन जनताहरुले पनि खोजु र रोज्नु जरुरि छ/ एउटा गुण्डलाई हिरासत मा राखेको भनेर नेपाल बन्द गर्ने ति राजनीतिक पार्टीका पुछार हरुलाई तपाई के भन्नु
    हुञ्छ? के हामी सधै ति हाम्रा दाजु भाइलाई पुछर मात्रै भन्न प्रेरित गर्ने वा स्वोयम आफु पनि भन्ने क्रममा लागि रहने, सबै ले एक पाठक घोत्लिएर सोचम त ?कसलाई के बनाउने भन्ने साँचो हामी संगै छ तर त्यो साँचो हामी स्वादिलो लडू पाउने ढोका को लागि मात्रै प्रयोग गरछौ/ अनि देस र समाज कसरी परिबर्तन हुञ्छ ? येसैले साथीहरु प्रचण्ड, झलनाथ अनि सुसिललाई परिबर्तन गराउने आभियन मा आज बाट नै हामी लागेमा सम्पूर्ण नेपाली को कल्याण हुन्त्यो नत्र जति नै नेताहरुलाई कुनै बादको पगरी गुथेर गाली मात्रै गरेर केहि हुने वाला छैन/ सबै मा चेतना भया !!!!

    Reply
  14. Pushpendra Khadka says:
    September 23, 2013 at 12:01 pm

    जसले जे जे भने पनि जे जे लेखे पनि हामी नेपालीहरु बुज्न सक्ने भएका छौ, भारतलाई दोष दिनुभन्दा हामीले आफैले भोट दिएर पठाएका नेताहरुलाई सोद्ने होकी?

    Reply
  15. krishna phuket says:
    September 23, 2013 at 11:33 am

    आफ्नो घरको ढोका खुला गरेर झगडा गरेपछि त छिमेकी ले किन झगडा गरेछन भनेर हेरूनु त सोभाबिक कै हो नि , घरको झगडा घरकै दाजु भाई मिलेर सल्टाउनु पर्छ छिमेकी लाई थापतो दिनु हुन ,अनि आयोस त हस्तछेप गर्न ,लाठो लाएर खेद्नु पर्छ सबै मिलेर ,
    सबै छाडा तन्त्र चलेको नेपाल मा अब सबै नेता जनता लाई तलौन आर्मी सासन लाएर १० वर्ष आर्थिक क्रान्ति गर्नु पर्छ ………

    Reply
  16. Wagle says:
    September 23, 2013 at 11:30 am

    यार सुन्दा नमिठो पनि लाग्ला, नेपाली कम्न्युस्टहरुको शब्दमा भारतीय बिस्तारबादीहरुको सपोर्टर भन्ने जस्तो पनि लाग्ला, गति छाडा र हिम्मतहारा जस्तो पनि लाग्ला | तर अब त अति भएन र, यो बैदेशिक हस्तक्षेप भन्ने चिज, कतै यो यिनै राजनेता भनाउदाहरुले सिर्जना गरेको हाउगुजी मात्र त होइन ? कसै न कसै लाई दोस नदिए यिनीहरुको अकर्मण्यता प्रति नेपालीले कसरि चित्त बुझाउने? यिनीहरुले चर्का भाषण गर्ने बिषयबस्तु नै कहाँ बाट ल्याउने ? अझ, सोझा नेपाली लाइ बैदेशिक हस्तछेप भयो र हाम्ले काम गर्न पाएनौ भनेर दिमाग भुट्ने र छिमेकी को उग्र बिरोधि जमात तयार गरेर आफ्नो राजनीति रुपी व्यापार चलाउने | मलाई त यो भन्दा बढी केहि लाग्दैन | यि सब यिनका राजनीतिक मसला भन्दा केहि होइनन |

    Reply
    1. देवराज जोशी, कैलाली says:
      September 23, 2013 at 1:27 pm

      दिन दहाडे विदेशी पुलिस आएर घरघरमा छापा मार्दा पनि हाउगुजी जस्तो देख्ने आखा लाइ त मान्नै पर्छ बा !

      Reply
  17. Tenzing Gaba says:
    September 23, 2013 at 9:44 am

    “भारतले डेमोक्रेसीलाई मद्धत गर्छ र चीनले कम्युनिज्मलाई मद्दत गर्छ भनेर सोच्नु भ्रम हो।” —- १००% सत्य बचन !!!
    **************************
    जस्तै:
    # भारतले आफ्नो फाइदाको लागि कम्युनिज्मलाई(माओबादीलाइ) मद्दत गरेकै हो /
    # चीनले पनि कम्युनिष्टको जन्मजात शत्रु “राजतन्त्र” लाई आखा चिम्लेर समर्थन गरेकै हो /
    **************************
    प्रचण्ड र प्रदीप गिरीको बिचारको तुलना गरेर
    “…कताको टन्सिल,… कताको हाइड्रोसील” भन्ने उखानलाई चरितार्थ नगरम….जदौ !!!

    Reply
  18. Madhab Bhattarai says:
    September 23, 2013 at 8:51 am

    जुनसुकै पार्टी (क्रान्तिकारी, महान, गौरबशाली, लामो इतिहास बोकेको, जनताको मुक्तिको लागि लडेको आदि, आदि) को “नेता” भनाउदोलाई हेर्यो तेही “बिदेशी दलाल/भतुवा” जस्तो लाग्छ ! कसलाई “सद्दे नेता” मान्नु कसलाई “बिदेशी जासुस” भन्नु अलमलमै जिन्दगी बित्ने भो !

    Reply
  19. shree basanta says:
    September 23, 2013 at 6:35 am

    प्रचण्डको प्रतिक्रिया सुनेपछि केहि प्रस्न गर्न मन लाग्यो |
    १. माओबादीले बिचारको क्रिन्ति गर्न नसकेर हिंसाको क्रान्ति गरेको हो | शान्ति प्रिय देशमा आतंक र हिंसा शुरु गराउने माओबादी हो | बिचार कै क्रान्ति अझ अहिंसा बाट तेत्रो ब्रिटिश साम्राज्यलाई इंडिया बाट गान्धी ले धपाउन सकेको उदाहरण किन दिएनन् ? फ्रान्स र युरोप अमेरिका को कथा किन चाहियो ? संधै हिंसाबाट मात्र शक्ति लिन सकिन्छ भन्नु ध्रुब सत्य हो ?
    २. दरबार हत्या काण्डले गर्दा माओबादीको तालुमा आलु फलेको हो | भारतलाई उपयोग गरेको होइन | भारतले माओबादीको राम्रो उपयोग गरेको हो किनकि भारतको नेपाल नीतिमा राजिव गान्धीको समय देखि राजतन्त्र भए सम्म दखल दिएर हस्तछेप गर्न गार्हो हुने भएकोले राजतन्त्र शत्रु ठानेको थियो | “र” को मध्यम बाट अप्रत्यछ्य ढंगले माओबादीलाई हात लिएर मौकामा चौका हानेको हो भारतले त्यसका मोहरा हुन् प्रचण्ड र गिरिजा | “र” लाई माओबादीले क्रान्तिका बेला मात्र उपयोग गरेका भए अहिले सम्म नेपालको राजनीतिमा मुख्य निर्णयमा भारतको हात किन हुन्छ ? आफैले प्रधानमन्त्रिबाट राजिनामा दिंदा बिदेशी प्रभुका अघि मैले सकिन भनेका होइनन ? तेती बेला भारत संग टक्कर लिन किन खुट्टा कमाए त ?
    ३. सीमान्तकृत जनताका लागि लोकतन्त्र ल्याएँ भन्छन | दस वर्ष बिति सक्यो | खै जनताको सामाजिक, आर्थिक स्तरमा के परिवर्तन आयो ? दैनिक पन्ध्र सय बलिया पाखुरा ( एक जनाको दुइक हिसाबले अझ तीन हजार ) बिदेशिनु पर्ने बाध्यता किन आयो ? लोकतन्त्र आए पछि निरिह जनताको जीवनस्तरमा सुधार भएको छ ? भ्रस्टाचार कम भयो ? भ्रस्टाचार उल्टो दिन दुइ गुना रात चार गुना बढाउने काम भयो माओबादी बाट, हो कि होइन ?
    ४. “जातीयताको आधारमा संघियेता”ले देश भावनात्मक रुपमा टुक्रिएको छ| एकै गाउमा दाजु भै जसैगरि बसेकाहरु बीच आज काटाकाट भएको छ | वैमनस्यता फैलिएको छ | एसको जिम्मा माओबादीले लिन मिल्छ कि मिल्दैन ?
    माथिका कुराहरुक आधारमा हेर्दा देशमा हिंसा, वैमनस्यता फैलाउने र नेपालीको शान भारतीयलाइ शुम्पने माओबादी र खास प्रचण्ड नेपालको हिरो होइन भिलेन नै हो |

    Reply
  20. madan bajracharya says:
    September 23, 2013 at 6:03 am

    सिधै भन्ने हो भने नेपालमा नेपालको राजनीतिमा हस्तछेप गराउने र देसको सिमाना समेत मन लागेको ठाहुमा मिच्न लगाउने इनै दिल्लीको ढोके हुक्के बैठके र दराव जस्तै बनेका इंनै नेताहरु हुन्/ बास्तवमै भन्ने हो भने इनिहरुलाइ नेता होइन दिल्लीको केटाहरु भने उपयुक्त हुन्छ/ सडकमा छंजेल नेपालीको भारतको मिचाह प्रबितिको बिरोध जस्तै नेपालीको मनको कुरा चर्को बोलीमा व्यक्त गर्छन/ हामि पनि मुर्ख के गर्ने भारतको मिचाह प्रबितिको बिरोध गर्ना साथ् यहि हो हाम्रो नेता बन्न लायक बनि भोट दिन्छौं/ अनि नेपालीको भोट पायर नेपालको प्रधान मन्त्रि बनेको लगतै आफुलाई भोट दिने नेपालीको गाउँ घर होइन दिल्लीको दरवारमा आफ्ना प्रभु सिट अब हजुरको के आज्ञा छ भनेर सोध्न जान्छन र सत्तामा रहुन्जेल तेही गर्छन जुन गर्न तेस्लाई उसको दिल्लीको प्रभुले अर्हायको हुन्छ/ नेपालीले छाक काटेर तिरेको करको रकमले पदमा रहूनेल र पद बात हाते पछि पनि घिच्छन; नवावी भत्ता र सुबिधा लिन्छन सरकारलाइ भदा तिरायर महल जस्तो घरमा आराम पनि फ़र्माउञ्छन/ यस्ता माना चामल नेपालीको घिचने घोप्टे नस्कर र चाकरी दिल्लीकै गरेर दिल्लीकै हुकुम मान्ने दिल्लीको कमाराहरुको प्रजातन्त्र लोकतन्त्र भन्दा भारतले गप्लक्क निली सकेको कैलाली कंचनपुर फेरी नेपालमै फर्काउन सक्ने जंगेको जंगे तन्त्र नै राम्रो; टनकपुरमा जवर्जस्ती बाँध बनाउन आउने भारतलाई अन्तरास्ट्रिय अदालतमा उब्याउने धम्कि दियर भगाउने बिरेन्द्रको बिरे तन्त्र नै राम्रो लौ जा!!!/

    अब केहि कुरा मावोबादीको बारेंमा/ मावोबादिले देखाउनको लागि मात्रै भारतको मिचाह प्रवितिको बिरोध गर्ने जस्तो धुर्त्याइन गरेर जन(हत्या)युद्धमा भय गरेको अपराधमा नेपालीको माफी र सिंहदरवार समर्थन पायको थियो/ तर सिंहदरवार छिर्न सक्ने भयको लगतै मावोबादिले तेही गरे जुन कुरा जंगबहादुर देखि बिरेन्द्रले गर्न मानेको थियन र नेपालको अरु दलहरु सत्तामा पुगे पछि पनि गर्न सकेको थियन/

    यो कुराको प्रमाणको निमित आजको मावोबादीको बोलि र नीति र मावोबादी नेपालको राजनीतिमा हाबी भयको लगतै नेपालको नागरिक बन्न सक्ने कुनै प्रमाण र आधार नभयको बिहार बात नेपालमा आप्रवास गर्दै गरेको आफुलाई मधेसी भन्ने नेपाल भनेको पहाडको पछाडी मात्रै हो तराइको समतल मैदान नेपालको होइन बिहारको भन्ने र नेपालीलाई पहाडी हो भनेर तराइ बात बिस्थापित गराउन खोज्ने तीसौ लाखलाइ नेपालको नागरिकता दिने काम भयकोलाइ लिन सकिन्छ/

    यो बाहेक मावोबादि सत्तामा पुगे पछि उनीहरुले जे गरे तेस्ले हामि नेपालि हौँ भन्नेलाई होइन “हामि मधेसी हौँ तराइ बिहारकै यक भाग हो भन्नेलाई नै ससक्त बनाउंदै आय/ यो कुरा प्रचान्द्र्ले अस्ति मिथिला अर्थात धनुसामा “आफु मधेसी भयको र मधेसिको माग पुरा गराउनको निमित समर्पित रहने” प्रण समेत गरे/

    प्रथम संबिधान सभाको चुनावमा मधेश्बादिले नेपालको कुल मतदाताको ६% मात्रै र तराइको मतदाताको मात्र १५% प्रतिशत मत पाउनु बात नेपालको बहुमत मधेशबाद को बिरुद्ध रहेको स्पस्ट देखाउंछ/ लोकतन्त्रको मूल आधार बहुमतको मागमा नेताहरु समर्थित रहिरहनु नै हो/ तर के मावोबादी हरुले नेपालीको बहुमतको सम्मान गरेको छ? गर्ने प्रण कहिले गरेको छ? छ भनेर उनीहरुले प्रमाण देखाय उनीहरु लोकतान्त्रिक हो/

    यदि यस्तो प्रमाण दिन नसके मधेश बादिकै निमित बहुमत बात संबिधान बनाउन तत्पर भयको दलहरु सिट भै सकेको सम्झौता भंग गरेर मधेशबादी सितै गठबन्धन गरेर सरकार बनायर मधेश्बादिलाई अझै बलियो बनाउन अझै र फेरी पनि नेपाली भयको कुनै प्रमाण नभयका आफुलाई नेपाली हौँ भन्नु भन्दा मधेसी हौँ भन्नेलाई नागरिकता दिन लगाउंदै नागरिकता लिन नसकेका मधेसीलाई पनि बिना नागरिकता मतदातालिस्त्मा नाम राख्न दिनेलाइ मावोबादी होइन मधेशबादी र मावोबादिले जनयुद्ध भन्दै गरेको “.. युद्ध” लाइ “मधेशयुद्ध” भन्नु पर्ने हुन्छ/

    Reply
    1. पुष्प says:
      September 23, 2013 at 4:52 pm

      “हामि मधेसी हौँ तराइ बिहारकै यक भाग हो भन्नेलाई नै ससक्त बनाउंदै आय” । मदन्जीले त कथित मधेशवादीहरू भन्दा बढी सोच्न भ्याउनु भएछ । होइन को हो त्यो मधेशवादी नेता, जसले मधेश भारतको एक भाग हो भन्या छ ?

      Reply
      1. madan bajracharya says:
        September 24, 2013 at 12:06 am

        पुष्पज्यु
        नेपालको सार्वभौमसत्ता र नेपालीको यकता बिरुद्ध लागेको “टुप्पी देखि पैताला सम्मै गन्हायको मधेश्बादि दलहरु (प्रचंद्र्को ठहर!!!) ले नेपालको तराइ भारतको बिहारको यक भाग भयको तर पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जामा लियकोले तराइ नेपालको भूभाग होइन भनेर महेन्द्रले नेपाललाइ संयुक्त रास्ट्र संघको सदस्य बन्ने प्रयास गर्दा आजका मधेशबादी नेताहरुले महान नेता र प्रथम सहिद मानेको रघुनाथ ठाकुरले संयुक्त रास्ट्र संघमा तराइ नेपालको भूभाग हुने गरि नेपाललाई संयुक्त रास्ट्र संघको सदस्य बनाउने कुरामा बिरोध गरेर पत्रनै लेखेको थियो र भारतको दिल्लीको सदन अगाडी रघुनाथ ठाकुरले तराइलाइ नेपाल बात मुक्त गर्न भारतको सहयोग खोज्दै आत्म डाह समेत गर्ने प्रयास समेत गरेको थियो/ बिरेन्द्रको शासनकालमा रघुनाथ ठाकुर मारियाकोले मधेशबादी हरु तेस्लाई महान सहिद मान्छन/ बाबुरामको नेतृत्वको सरकारमा रहेको मधेशबादी नेताहरुले गर्न सत्तामा रहेरै त्यो रघुनाथ ठाकुरको जन्मदिवस मनायको थियो/

        रघुनाथ ठाकुर कै कुरा पुर्व मावूबादी नेता जय कृष्ण गोइतले गर्दै आयको छ/ मैले यिनै कुरालाई कोत्याउन्दा पुष्पज्यु मधेश्बादिको बचाउ गर्न खोज्नु भयो/ तर यहि माइसंसारमा परिबर्तन भन्नेले जंगबहादुरले कैलाली कन्चन पुर् ब्रिटिश बात मुक्त गरेकोले कैलाली कन्चन पुर् भारतको भूभाग बन्न नसकेकोमा आक्रोश व्यक्त गर्दै जंग बहादुरलाई “साला” भनेर गालि गर्दा पुष्प ज्यु चुप बस्नु भयो/ मान्नु पर्छ पुष्पज्युको मधेशबाद प्रतिको आशक्तिलाई/

        Reply
        1. पुष्प says:
          September 24, 2013 at 1:09 am

          मैले बुझेअनुसार रघुनाथले तराईलाई भारतको भूभाग भनेर भनेका छैनन् । तराई नेपालको होइन भन्नु भारतको हो भन्ने बुझाइ हो भने मेरो भन्नु केही छैन ।

          Reply
          1. madan bajracharya says:
            September 24, 2013 at 11:03 am

            पुष्पज्यु/
            हुँदा हुँदा अब रघुनाथ जस्तो देसद्रोहिको पनि बचाउ गर्न थाल्यो तपाइंले त्/ अब जयकृष्ण गोइत पनि पुर्व मावोबादी भयकोले उ पनि रास्ट्र्बादी नै हो र उसले पनि अरु जातिको नेपालीलाइ सम्मान गर्दै आयको र तराइ नेपालकै हो भनेको छ पनि भन्नुस/

            Reply
            1. पुष्प says:
              September 24, 2013 at 2:08 pm

              मदनजी तपाईंको बुझाइ अलि उच्च प्रकारको रेछ । काग रातो हुँदैन भन्नुको अर्थ सेतो हुन्छ भन्ने अर्थ लगाउनुभेन नि ! काग त कालै हुन्छ । अनि कागलाई गिद्ध भन्नु चाहिं दृष्टिदोष बाहेक अरु केही होइन ।

              Reply
              1. madan bajracharya says:
                September 24, 2013 at 11:49 pm

                पुष्पज्यु/
                मधेशबादीहरु तराइलाइ नेपालको भूभाग नै मान्दैन र आफुलाई नेपाली नै मान्दैन/ तपाइंलाई मधेश्बादिको यो कुरा चाहि गिद्धे दृस्टी भयको लागेन/ सायद पुष्पज्यु आफै पनि मधेशबादी ( तपाईं आफैले बारम्बार सकारेको) हुनु भयकोले होला/

                तराइको भूभाग नेपालको रहेको कुरामा अटररास्त्रिय मान्यता दिलाउने प्रमाणहरु नेपाल र ब्रिटिश सिट भय गरेको संधिहरुनै हुन्/ तर भारतले सन् १९५०को सन्धि गराउन लगाउँदा नेपाल र अंग्रेज सिट भय गरेको सन्धिहरु सबै खारेज हुने मात्रै भनेंको छैन; भारतले त् अंग्रेजको तत्कालिन भारतको सरकारले सन् १८५६मा कालापानी लगायत अहिलेको तराइको भूभाग नेपालको हुने गरि सिमाना किटेर तयार गरेको नक्सा समेत मान्न तयार नहुनु र मधेश्बादिले आजको भारतको यहि कुरालाई आधार बनायर नेपालको तराइ नेपालको नहुने पनि भन्नुको बीच कस्तो सम्भंद छ भनेर आफुलाई मधेसी र तराइ मधेशनै हो भन्नु हुने पुस्पज्युको दिब्य द्रिस्तिले कस्तो देख्छ; खुलाउन अनुरोध गर्छु/

                Reply
                1. पुष्प says:
                  September 25, 2013 at 11:29 am

                  मदनजी,

                  ‘मधेशवादी’लाई जातीय रुप दिने र त्यसैको नाउँमा राजनीति गर्नेहरूप्रतिको मेरो दृष्टिकोण बारम्बार भनिरहँदा पनि मैले आफूलाई जन्म अनि नागरिकताका आधारमा आफूलाई मधेशी भन्नुको अर्थ नबुझ्नु वा बुझपचाउनुलाई पूर्वाग्रह बाहेक अरू केही होइन ।

                  Reply
                  1. madan bajracharya says:
                    September 25, 2013 at 8:17 pm

                    पुष्पज्यु/
                    पुष्पज्यु तपाइंलाई मधेसी भनेर कुन देसले नागरिकता दियो?

                    तपाइंले आफुलाई मधेसी भनेको कुरा कोट्याउनु मेरो पूर्वाग्रह होइन; नेपाल चिनाउने नेपालको आदिबासी समुदायको भयर पनि तपाइंले आफुलाई मधेसी भनेको र तराइको भूमिलाई नेपालको इतिहासले दियको नाम “तराइ” बदलेर मधेश भनेकोमा बिरोध गरेको हो/

                    मधेश र मधेसी सब्द हिन्दि सब्द मध्यदेस र मध्यदेसि बात बनेका सब्दहरु हुन्/ हिन्दि भाषा नेपालीको भाषा होइन नेपाली बनेका बा नेपालमा बस्दै आयको हिन्दि भासी बिहारी मधिसेको भाषा हो/ नेपालको इतिहासले तराइ नाम दियको भूमिको नाम बदल्ने अधिकार कुनै मधेसीलाई छैन/

                    मधेशबादीहरुले तपाईं जस्तै तराइमा बसोबास गर्ने अन्य जातिकालाई आतंकित पारेर बिस्थापित गर्न खोज्दै आयकोले तर्सेर आफुलाई मधेसी र तराइलाइ मधेसीले भने जस्तै मधेश भनेको हो भने तपाईंले आफुलाई यौटा तर्सेको व्यक्तिको रुपमा स्थापित गर्दै हुनु हुन्छ/ यो तपाईं जस्तो जुझारु राजनैतिक सुहाउन्दैन/ नेपालको राजनीति विकृत बनेको मूल कारण मध्य नेपालको राजनीति तर्सने दविने राजनीतिग्यहरुको हातमा पर्नु पनि हो/

                    Reply
                    1. पुष्प says:
                      September 25, 2013 at 10:22 pm

                      मेरो राष्ट्रियता नेपाली लेिखनुबाहेक अरू केही उल्लेख छैन । तपाईकोमा पहाडिया, वा नेवार लेखिए मलाई थाहा भएन । जो आफैं त्रसित छन्, उनीहरूबाट किन तर्सिनु ! मेरो पहिचान जन्मिएसँग आएको हो; कसैले अन्यथा भन्दैमा मेटिँने हैन ।

                    2. पुष्प says:
                      September 25, 2013 at 11:43 pm

                      तपाईं नेवार भनेर तपाईंको नागरिकतामा उल्लेख मदनजी ? नेवारमा थुप्रै थरहरू छन् जो भारतीयहरूसँग ठ्याक्कै मिल्छ । अब के नागरकिताको आधारमा कसैको पहिचान खोज्ने ? आफू जो हो, त्यो हुँ भन्न पनि कसैको करकापमा पर्नु आवश्यक छ र ?

              2. द्रोण says:
                September 25, 2013 at 1:26 am

                तापाइको जानकारीको लागि ,सेतो काग पनि हुन्छ है |

                Reply
  21. xyz says:
    September 23, 2013 at 6:01 am

    “सुधीर शर्माको महँगो पुस्तक” I love this comment. My policy will be not to buy this book but manage to read this.

    Reply
  22. परदेशी कृष्ण says:
    September 23, 2013 at 4:03 am

    कार्यक्रम संचालन काँग्रेसका गगनले गर्छन, भासण एमाबादीका प्रचण्डले गर्छन अनि तालि ठोक्नी अरु एमाले, बिमाले ….. भी.आइ. पी.हरु ! नेता तथा यी भी.आइ.पी. भनाउदाहरु व्यक्तिगत स्वार्थमा घाटी जोडछन्, कतै रिबन काटेर भासण दिनु परे लपक्क टासिएर मिल्छन!! हरॆ!!! देश बिकाशमा यसरि जुटेको देख्न पाए!!! जय देश!!!

    Reply
  23. Sanjaya says:
    September 23, 2013 at 3:47 am

    प्रदिप गिरी जी लाई राम्रो सँग थाहा हुनु पर्ने हो की अहिले हाम्रो देशमा जङ बहादुर होईन; शेर बहादुर मार्काका शाशक छन् जो सत्ता को लागि अरु पार्टी त के आफ्नै पार्टी भित्र पनि एकजुट हुन सक्दैनन्। यो सबैले देखि जानि आएको कुरा भारत ले नजान्ने कुरा पनि भयेन। कुर्सी को लागि देश् भड्खालो म गए जावोस भन्ने छुद्र स्वभावका शाशक बर्ग हरू देश् का लागि एकजुट हुन्छन् र हुनुपर्छ भनेर आशा राख्नु पनि एउटा बुद्धी विलास मात्रै हो भनेर प्रदिप गिरी जी लाई कस्ले सिकाउने? होईन भने देश् ले फेरि अर्को एउटा जङ बहादुर मागेको छ भनेर भन्न लाई किन कुरा चपाउने ?

    Reply
  24. द्रोण says:
    September 23, 2013 at 3:46 am

    पद्दु डेट येस्क्पैर बुढा नेताहरु को गफ गजडि को गफ जस्तो मात्र हो |
    भरे एक प्याग लाउन पाए( इन्डियाले सानो निम्ता पठाए ) भने सब बिर्सिन्छन, हाम्रो नांग मासुको , रोटि बेटी को नाता भनेर फलाक्छन |

    Reply
  25. ramzi says:
    September 23, 2013 at 3:39 am

    औता सचिव आयो भने, हाम्रा पुर्व पर्धानमंत्रीको लस्खर हुन्छ. कहिँ मुसाले पनि बिरालाको घातीमा घन्टी झूनदाउन सक्छ र ?

    Reply
  26. Puspa Rbm says:
    September 23, 2013 at 3:19 am

    भित्तामा धेरै पात्राहरु फेरिईसक्य, मौसम पनि धरै नै गए अनि सूर्य लाई पनि पृथ्वीले निकै पटक चक्कर लगाई सक्यो तर प्रचण्डेको भाषण सधै एउटै..,,कती पनि पछुतो छैन मान्छे मारेकोमा यो प्रचण्डेलार्इ अहिले पनि ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme