Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्लाइओभर त हैन, यति पैदलमार्ग चैँ बन्यो

Posted on September 21, 2013September 21, 2013 by Salokya

photo1
बानेश्वरमा फ्लाइओभर यही वर्षको अन्त्यसम्ममा बन्ने भन्ने खबर पोहोर तपाईँहरुले पढ्नुभएको होला। वर्ष फेरियो, तर सडकको अनुहार फेरिएन। यो वर्षको बजेटमा त फ्लाइओभरका लागि पैसै छुट्याएको देखिएन। ६० करोड लाग्ने भनिएको फ्लाइओभर यो वर्ष पनि यही वर्ष बन्छ भन्न छाडिएको छैन। फ्लाइओभर त हैन, थापाथली-तीनकुने सडक विस्तारको महिनौँपछि यतिको पैदल यात्रु मार्ग चैँ देखिएको छ। यो माथिको फोटो तीनकुनेबाट शान्तिनगर जाने बाटोको हो।

photo
यो बाटोमा साइकल लेन पनि बनाइँदैछ। तीनकुने-माइतिघर सडकको दुवै छेउमा साढे दुई मिटर फराकिलो साइकल लेन बनाउने सडक विभागले जनाएको छ।

flyover
नयाँ बानेश्वरका लागि पास भएको भनिएको फ्लाइओभरको डिजाइन। यसो हेर्दा तपाईँलाई अचम्म लाग्ला, फ्लाइओभरका मोटामोटा खम्बाहरुका कारण झन् बाटो साँघुरो हुँदैन र ?

कुरो यस्तो हो- यो चोक सबैभन्दा जाम हुने ठाउँ मध्ये एकमा पर्छ। फ्लाइओभर बन्यो भने तीनकुनेबाट माइतिघरतिर जाने र माइतिघरबाट तीनकुनेतिर जाने सवारी साधन माथिबाट चार लेनको आकाशे सडकबाट जान्छ। अनि पुरानो बानेश्वर वा शंखमुलतिरबाट कतै जान चाहनेहरु तलकै बाटोबाट जान्छन्।

झन्डै १ लाख १५ हजार सवारी साधन दिनहुँ बानेश्वर चोक हुँदै गुड्ने र औसत ५० हजार पैदलयात्रीले चोक पार गर्ने तथ्याङ्क छ। कार्यालय खुल्ने र बन्द हुने बेलातिर एक घन्टामै ६ हजारभन्दा बढी पैदलयात्रीले बानेश्वर चोक पार गर्दा रहेछन्।

कन्सलटेन्टले ९० मिटर लामो र १७ मिटर फराकिलो फ्लाइओभर बनाउन प्रस्ताव गरे पनि २५ मिटर लामो फ्लाइओभर भए पुग्छ भन्ने कुरा पनि आएका छन्। कत्रो बनाउने निश्चित नहुँदा नै गत वर्ष टेन्डर नै आह्वान भएको थिएन।

फ्लाइओभर नेपालमा अहिलेसम्म नबनेको हुनाले सडक विभागले अमेरिकाबाट एक स्ट्रक्चरल इन्जिनियर र क्यानडाबाट ट्राफिक इन्जिनियर बोलाएको थियो।

foot
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले माइतीघरबाट तीनकुनेसम्मको सडक १० लेनको बनाउँदैछ। त्यसै अन्तर्गत अहिले केही ठाउँमा पैदल यात्रु मार्ग बनेका हुन्।

21 thoughts on “फ्लाइओभर त हैन, यति पैदलमार्ग चैँ बन्यो”

  1. neeraj says:
    September 26, 2013 at 3:59 pm

    जति ठुला गफ हाँके पनि नेपालीको बानी उही हो। अहिले फराकिलो बनाइसकेको सडकमा पनि मान्छे पेटीबाट कोहि हिंड्दैनन्, पेटी छ, सफा पनि छ, तैपनि तल पिच बाटो बाट नै हिंड्छन् करिब ९०% पैदल यात्रु – काठमाडौं तिर हुनेले याद गर्नु त – मैतिदेवी चोक देखि धोबिखोला सम्मको सडक, वा कृष्ण पाउरोटी देखि ज्ञानेश्वर सम्मको सडक – कोहि पेटीबाट हिंडेको देखिंदैन। सब गाडी गुड्ने ठाउँबाट। नेपालीको बुद्धि कहिले फिर्छ कुन्नी।
    अनि माइक्रोबस र भाडाका अरु साधन। टुँडिखेल वरीपरिको सडक त उनिहरुको पार्किङ भएको छ। दुइ लेन उनिहरुलाई यात्रु ओराल्न-चढाउन छुट्ट्याइएको छ, तर मोराहरुले तेस्रो लेन पनि सबै हड्पेका हुन्छन्। प्राइभेट गाडि/मोटरसाइकल चलाउने लाई मा प से चेकिङ गर्दै हैरान गर्ने ट्राफिक ब्रो हरु भाडाका यी भेडाहरुले जत्ति नियम मिचे पनि छुन सक्दैनन्। जति सडक फराकिलो बनाएपनि मनपरी गाडि रोक्ने गरेपछि जाम त भैहाल्छ।
    अनि अहिले सडकमा गरिएका पिचको गुणस्तर पनि खत्तम छ। ढलको म्यानहोल भएको ठाउँमा कि ढिस्को बनेको छ, कि खाल्डो छ – पिच संग एउटै लेभलमा हुन पर्ने मा। र अस्ति दुइ-तीन महिना अघि मात्र पिच भएका बाटाहरु भत्तकिन सुरु गरिसके – कम्तिमा ५ वर्ष टिक्न पर्ने पिच पाँच महिना मै पुरै खाल्डाखुल्डी हुने निश्चित छ। भाटभटेनिमा अख्तियार अगाडिकै सडकको पिच ४-५ महिनामै भत्किन थालिसक्यो – चारै तिर आँखा लगाइराको अख्तियारको आँखा आफ्नै अफिस अगाडिको बाटोमा नपुगेको हो कि के हो।
    जे होस, यो नेपाल हो, यहाँ के के न होला जस्तो गफ र हल्ला टन्न हुन्छ तर लास्टाँ उहि हो।
    अरु केहि नगरेपनि भेडा नेपालीहरुलाई पेटीबाट हिंड्न ट्राफिकहरुले सिकाए हुने नि, र ती जंगली पाराका माइक्रोबस ड्राइभरहरुलाई यसो ट्राफिक नियम पालना गर्न लगाए नि भो नि – मा प से नियन्त्रण गरेर प्रचारमुखी काम गरेको पुलिसले अन्य प्रकारका ट्राफिक नियम मिच्दा चाहीं बाल नदिएको देखिन्छ।

    Reply
  2. k.khatiwada says:
    September 23, 2013 at 12:55 am

    let us come up with a campaign on social media who ever pollutes those wall especially with posters and slogans let us boycott those things either film or that particular party .

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 24, 2013 at 4:20 pm

      अरु त ठिकै हो त्यो बन्ने फ्लाई ओभर को तल चाही माग्ने र थाङ्ग्ने को डेरा चाही पक्कै हुने भो !

      Reply
  3. loknath says:
    September 22, 2013 at 10:12 pm

    माथिको फोटोमा कसैले ख्याल गर्नु भएको छ भने ,यति चौढ़ा तथा सफा पैदलमार्ग बने पनि सडकको बीच बाट ५-६ जना बिद्यार्थीहरु गफको तालमा हिंडेको देखिन्छ l विद्यार्थीजस्तो शिक्षित वर्गले सभ्यसंस्कार सबैलै सिकाउनु पर्नेमा आँफै नियम उल्लङ्घन गरेको देख्दा नराम्रो लाग्यो l

    Reply
  4. Rajan says:
    September 22, 2013 at 9:25 pm

    यति ठुलो पेटी त Birmingham मा पनि छैन… लौजा.

    Reply
  5. योगेश आदी says:
    September 22, 2013 at 7:40 pm

    नेपालको भबिष्य सुन्दर देख्छु…

    Reply
  6. किसन चोपडा says:
    September 22, 2013 at 5:46 pm

    लाजिम्पाट देखि महाराजगंज सम्म ११ मिटर बाटो चौडा गर्ने सरकारी आदेश आएको तर टोल बासि संग सिर्फ मौखिक बार्ता बमोजिम ९ मिटर बाटो चौडा गरियो l बाकी २ मिटर मानवताको नाताले बिस्तारै बढाउने कुरा थियो l तर ९ मिटर बढाएपछि सडकमा घर हुनेको चित्त बिग्रे पापी अधर्मी झुताहरुले पछि ९ मिटरको सत्ता कतिले ८ मिटरको हिसाबले घर भत्काएर बाटोको पेटी १ मिटर भन्दा कम पारेर नै फेरी सरकारी जग्गा अझ मिचेर बनाएको कारणले गर्दा बटुवा पिचवाट हिड्न बाध्य बनाएको कारणले अस्ति मात्र एक बालक मोटर सैकले किच्दा हस्पिटल पुग्नु पर्यो l

    टोल बसेका समेत टोलबासीको समस्या साथ दिनु पर्छ भनेर आन्दोलनमा समेत सहयोग गरेर अस्थाई ९ मिटर बाटोमा समेत सहयोग समर्थन गरेर हिंडा उल्टा ८ मिटर बाटो चौडा गरेर पेटीमा समेत घर बनाएर नया बनाएको घरमा बर्सौ बर्ष बहालमा बसेकालाई १५ हजार सानो कवलमा ३० हजारको बहाल बढाएर बहाल बस्ने माथि आन्तंकित गरेर बिना नक्सा वडा नगरपालिका घुष खुवाएर खुर्सानी रोप्ने करेसा बारीको सानो लुगाको टुक्रा झैँ जग्गा माथि ५ तलाको घरमा बाँस झैँ ८ तलाको घर बनाएर सडक बिस्तार देखि गुमाएको जग्गा ओगटेर भुझालोमा नेपाली जनता डुबाउन आंतकित गरेर हिड्ने यी घर धनिहरु माथि कारबाही गरि नेपाल सरकारले ११ मिटर भत्काउने अहिले अखितियारले समेत आदेश दि सकेको निर्देशन पालन गरि पेटी ठुओलो बनाई तुरुन्त हिड्नु पर्छ l

    हिजो माइक्रो चड्ने वडा नगरपालिका साइकल चलाउने कर्मचारी अहिले मोटर सैकैल मोटर चलाएर हिड्ने खरदार सुबाको सम्पति छानबिन गरि कारबाही होस् l वडा नम्बर २ लाजिम्पाट सबै कर्मचारी भ्र्स्ताचारी हो l काम साम केहि नगरी बहाल राखेर बहाल मात्र बढाएर हिड्ने घर धनि माथि कारबाही गरि बिना नक्सा बाटो बिस्तार गरेको मौका छोपी बनाई हिड्ने माथि कारबाही होस् l

    Reply
  7. Tenzing Gaba says:
    September 22, 2013 at 9:10 am

    काठमाडौँमा पैदल यात्रा
    ***********************
    संसारका धेरै जस्तो ठुला नाम चलेको सहरहरु पैदल यात्राको लागि उपयुक्त मानिदैन त्येसको प्रमुख कारण २ वटा छन् :

    १. हावापानी/ मौषम: कि त् हिउ परेर बाटो हिड्न कठिनाइ हुने कि त् उखरमाउलो गर्मि भएर हिड्ने नसकिने समस्याले गर्दा /

    २. बिशाल क्षेत्रफल : ठुला सहरहरुमा सहरको केन्द्र वाट आवासीय क्षेत्र धेरै बिसौ-पचासौ कि.मि. टाढा हुनु /
    तर
    # काठमाडौँको हावापानी सदैब अत्यन्त पैदल यात्रु मैत्री छ /
    यहा न त् हिउ पर्छ न त् तराई तिर जस्तो गर्मि नै हुन्छ / यदि कसैले चाहन्छ भने १२ महिना नै पैदल यात्राको लागि मौशम कहिले पनि अबरोध बन्दैन /

    # काठमाडौँ सहरको
    Ring Road को परिधि २७ कि.मि. मात्र छ
    अर्थात् Ring Road को radius ४ कि.मि. भन्दा अलिकति मात्र बढी छ
    अर्थात् काठमाडौँको केन्द्र वाट पैदल हिडेर नै Ring Road आसपास पुग्न ४०-५० मिनट मात्र लाग्छ अर्थात् सामान्यतया काठमाडौँको business district बाट आधा घण्टामा आवासीय क्षेत्रमा पुग्न सकिन्छ /

    यसरी हामी पैदल यात्रा गरेर अफिस-घर आवत जावत गर्ने हो भने समयको बचत हुने हुन्छ (निजि-सार्बजनिक सवारी प्रयोग गर्दा र पैदल यात्रा गर्दा लाग्ने समय खासै फरक पर्दैन अझ छिटो हुनु सक्छ) साथै ठुलो फाइदा भनेको दैनिक १ घण्टा राम्रो शारीरिक ब्यायाम पनि हुन्छ जसको लागि हामी मासिक हजारौ तिरेर जिम-योग-hiking आदि गर्छौ /

    तर पनि हामि त्येसो गर्दैनौ …………. किन ???

    त्येसको २ वटा मात्र कारण (प्रमुख) छन्

    १. पैदल मार्ग-सडक पेटीको अभाब
    २. धुलो-हिलो-फोहोर

    १. हाम्रो सहरमा सडक पेटी छदै छैन भन्दा पनि हुन्छ,
    भएको केहि पनि अनधिकृत प्रयोग भएको (पसल को सामान राख्ने-निर्माण सामग्री राख्ने) छ अनि जताततै खाल्डो खनेर नपुरेको महिनौ सम्म निर्माणाधीन नै रही रहने (ढल-खानेपानी-टेलिफोनको संरचनाहरु)

    २. धेरै बाताबरणविद भनाउदाहरु सधै खोक्ने गर्छन काठमाडौँमा पुराना गाडीहरुले बाताबरणमा धेरै असर पार्यो, Global Warming भो आदि-इत्यादि त्यो कुरो गलत होइन तर जति हाम्रो विशिष्ट-धुलोले (मल-मुत्र-थुक-सिगान-खकार-अन्य सडेगलेको अजैविक-जैविक बिकारवाट निर्मित) असर गर्छ त्येसको तुलनामा थोत्रा-मोटरबाट निस्कने धुवा भनेको ५% पनि होइन अर्थात् धुलोको तुलनामा / उदाहरण को लागि यदि तपाई बाटोमा पैदल हिडदै हुनु हुन्छ र एउटा मोटरले तपाइलाई overtake गरेर गयो भने धरोधर्म तपाइले धुवाको गन्ध महसुस नै गर्नु पर्दैन, जबकि त्यो मोटरले मनग्गे धुवा छोडी राखेको नै हुन् सक्छ / अर्थात् धुवा को तुलनामा धुलो यति बिघ्न धेरै छ कि धुवा लाइ त् तपाई feel गर्न पनि सक्नुहन्न / र धुवा (un-burnt carbon particles) कति घातक छ भन्ने सम्म त् हामी अनुमान लगाउन सक्छौ तर त्यो हाम्रो विशिष्ट धुलो कति घातक छ त्येसको लेखाजोझा गर्न पनि सकिन्न /
    ——————————————
    पैदल मार्ग-सडक पेटीको अभाब पुरा गर्न र धुलो-हिलो-फोहोर नियन्त्रण गर्न धेरै ठुलो बजेट वा लगानी पनि पर्दैन त्येसको लागि त् जनचेतना र अत्यन्त साधारण योजना मात्र भए हुन्छ /

    Reply
    1. Tenzing Gaba says:
      September 22, 2013 at 9:39 am

      “अत्यन्त साधारण योजना”

      १. Ring Road भित्र मोटर प्रवेशलाई निरुत्साहित गर्ने — बर्तमान अबस्थामा भएकै सार्बजनिक पार्किंगहरु सबै लाइ नै शशुल्क बनाउने र “अत्यन्त चर्को पार्किंग शुल्क” लगाउने कम्तिमा पनि रू-१००/घण्टा (वर्तमान अबस्थामा) र त्येही पार्किंगवाट उठेको अतिरिक्त रकमले पैदलयात्रु मैत्री पेटी निर्माण-बिस्तार-maintain गर्ने /

      २. सवारी साधन पार्किंग गरेर भित्रि सहर तर्फ हिड्नको लागि बिशाल पार्किंग स्थल निर्माण
      — बर्तमान Ring Road पुरै नै पार्किंग स्थल बनाउने (सस्तो पार्किंग शुल्क भएको) र Ring Road को बिकल्पमा त्येही माथि फ्लाइओभर Road बनाउने / त्येसो गर्दा पैदल यात्रुले गर्दा हुने सडक जाम-दुर्घटना पनि कम हुने / त्येसको लागि निजि क्षेत्र जसले Flyover Road बनाउछ उसैले पार्किंग शुल्क उठाउने (२०-४० बर्ष सम्म ) गरि बनाउदा निर्माण लागतमा सरकार लाइ खासै बोझ नपर्ने वा पर्दै नपर्ने /

      यी २ कुरो गर्नु खै के महँगो वा गार्हो छ र ?
      अनि यति गर्नु
      न सघियता चाहिन्छ,
      न लोकतन्त्र चाहिन्छ,
      न नया-संबिधान नै चाहिन्छ /

      ………………………………………………..जदौ

      Reply
  8. Shailendra Dhakal (म्याउ ) says:
    September 22, 2013 at 6:03 am

    देशमा एस्ता बिकाशका काम हुदा खुसि कसलाई नलाग्ला? बरु बिदेशी कम्पनीलाई ठेक्कामा दिदा छिटो बन्ने तथा अलि भ्रस्टाचार पनि कम हुन्थियो होला. नभय त ‘काम येसो तेसो कर्मचारी र नेता मोटाउने मेसो’

    Reply
  9. ज्ञानेसोर पोखरेल says:
    September 22, 2013 at 2:51 am

    धोबी खोला बाट मिन भवन सम्म को उकालो वोरालो लै प्रयोग गर्नु राम्रो होला .

    बबर महल सकिने बित्तिकै को खोला बाट सुरुङ्ग सुरु गरेर मिनभवन मा निकाले दुइ लेन को एक्ष्प्रेस्स बाटो हुने छ यसले फ्लाई वोवर को आबस्यकता लै हटाउने छ . यो फ्लाई ओवर ल बनेसोर को सोवा लै सुन्य मा पुर्याउने छ . यस्तो फ्लाई वोवर नबनाई अर्को सोलुसन खाज्नु राम्रो होला . हाम्रो सडक भिबग लै त यहि फयेदा छ किन कि घुस धेरै आउछ . सहर मा बस्ने ले फ्लाई वोवर गाडी को लागि बनाउनु हुन्न . त्यसले सोवा दिने छैन . संसार क ठुला ठुला इज्जतदार सहर ले सोभा को कुरा लै गहन महत्वो दिन्छन . छ्यानिक सोलुसन लै हेरेर महत्वो पूर्ण कुरालाई ओझेल मा नापरम. मैले माथि भने जस्तो टनेल ले फ्लाई वोवर को सोलुसन दिन्छा.

    Reply
  10. shree basanta says:
    September 22, 2013 at 2:27 am

    नक्सा देखने बित्तिकै लागेको कुरो लेख्नु भा रैछ बीचबाट ठुलो पिलरमा फ्लाइओभर चार लेनको बनाए पछि सडक कति बाकि होला ? ठिकै छ सुबिधा जनक ढंगले दाया बाँया जाने गाडीहरु तेर्सिएर गएमा बाँकी त्यै फ्लाइओभरबाट जाने छन | यो कुरो उठेको जमाना भयो | सुरुमा भन्दा अहिलेनै भैहाल्छ कि जस्तो गर्छन | तर बशन्तजीले भने जस्तो पेरिस डाडा, बल्खु दरबार , सानेपा दरबारलाई चित्त बुझे पछि मात्र बिकास निर्माणका काम शुरु हुन्छन | अरु कमिसनखोरहरुको ताँती त कति हो कति | यी दर्बार हरु बिकास निर्माण, सामाजिक न्याय, जनहितको तगारो हुन् | यिनीहरुमा जाने कमिसनको एक भागले सबभन्दा पहिले ठुलो एउटा ट्यांक ल्याएर यी दुर्बार र तिनका मालिकलाई उडाउन सक्यो भने विकास निर्माणका काम अलि सुचारु हुन्छन कि ?

    Reply
  11. बशन्त राज says:
    September 22, 2013 at 12:39 am

    नेपालको विकास सबैलाई कमिसन दिदा लागतमा चाहिने भन्दा ३ गुना बडी खर्च हुन्छ / कमिसन खाने को को होला त ? नेता अनि उसका भारे भुरे कार्यकर्ता, ठेकदर अनि ठेक्क्का लिने बेलामा सहयोग गर्ने दलाल, अनि कर्मचारी (जो कमिसन को आधारमा ठेक्क्का दीने गर्छ) यी सबै को पेट भरे पछि मात्र बाकी रहेको रकम बाट विकास हुन्छ / अनि निर्माण सुरु गर्दा कामदार लेयर आउने को कमिसन, विकास निर्माण समानमा हुने कमिसन, निर्माण समानमा हुने कमिसन (कमसल समान को प्रयोग), लाग्ने दिन भन्दा बडी दिन लगायर अरु रकम माग्ने खेल, जानीजानी विकास निर्माण ढीला गर्ने नियत, यी सबै चक्र पुरा भयपछि मरेर हरेक योजना सकिन्छ / तर बनायको एक बर्समानै पुल भत्किन्छ / पिज गरे ७ दिनमा उप्किन्छ / बाटो बनाया एक वर्षाले बिगर्छा / अनि फेरी मर्मत गर्न सुरु गर्दा उहि चक्कर सुरु हुन्छ / यसले नेता, कर्य्रकर्ता, कर्मचरी, सबै को भुडी बडाउछ / नेपाली जनताको कर बिदेसी सहयोग सबै तिनै नेता कार्यकर्ता अनि भ्रस्ट कर्मचारी घर अनि उसको सातपुस्ता सुति सुति खान पुग्छ / यिनै पैसा को सहाराले पेरिस डाडा, बल्घु दरबार , सानेपा दरबारमा, अनि यसका बार्षिक खर्च बिनियोजन हुन्छ / नेपाली समाजमा एक उखान कथा छ / एकजना कामचोर अल्छि आसराम भन्ने रछ / उसको परिवारले सागको खेति गरेको थियो / उसलाई खेती को ओरीपरी बारबेर गर्न भनिएको थियो / किनकि तरकारी बारीमा कुखुरा गयर सबै बिरुवाको बोट खोस्रेर खेती नोक्सानी गर्दो रहेछ / तसर्थ बारबेर गर्न भनेको रछ / आसाराम अल्छि मान्दै मन नलागी नलागी बार बार्न गयछ / तर कामचोर अल्छि आसराम बार बारे जस्तो मात्रै बनायर घर आएछ / तर बार बनाको केही घण्टा मै कुखुरा गएर बार भत्कायर खेति नोक्सान गरेछ / त्यसै दिन देखि नेपाली समाजमा एक उखान छ “आसेले बार बार्यो, कुखुरा ले भत्कायो/” नेपाल को विकास पनि त्यही आसे को काम जस्तो छ / बनायको केही दिनमा नै भत्किने /

    Reply
  12. nish shar says:
    September 22, 2013 at 12:04 am

    यति राम्रो सडक पेटीमा पसल राख्ने काम नभए राम्रो हुन्थ्यो

    Reply
  13. Deep Sharma says:
    September 21, 2013 at 9:43 pm

    जति सुकै लेन को बनाए पनि मान्छे हिड्ने त्यहि मेन सडक बाटै हुन् क्यारे !!!!

    Reply
  14. क्षीर धोज says:
    September 21, 2013 at 8:19 pm

    काठमाडौँमा नया सडक, पेटी, पर्खाल तथा संरचनाहरु निर्माण भैरहेको छ …हाम्रो लागि यो खुसीको कुरा हो ! तर कुकुरले मुते जस्तै पर्खाल, पेटी, खम्बा बन्ने बितिकै पार्टीको नारा, फिल्म को नाम कालो मोबिलले वा इनामेलले लेखेको देखेर मलाई पैताला देखिको रिस उठ्छ साला ….. सहर सफा राख्न नै नजान्ने नसोच्ने राजनैतिक पार्टीहरु र फिलिम निर्माताहरु लै कुनै निकायले कारबाही गरेर सफा गराउन सक्दैन !!! यस्ता नाराहरु तिनकुने देखि बबरमहल सम्म दायाँ बाया जता ततै देख्न सक्छौ ! यस्तो लै बिरोध तथा निरुत्साहित गरौँ साथी हरु ….

    Reply
    1. बसन्त says:
      September 22, 2013 at 7:47 am

      कुकुरले मुते जस्तै पर्खाल, पेटी, खम्बा बन्ने बितिकै पार्टीको नारा, फिल्म को नाम कालो मोबिलले वा इनामेलले लेखिएको कुनै पनि फोहरी कार्य उनि हरुको खाते मानसिकता ले गर्दा हो एसले शहर कुरुप होस् उनीहरुलाई केहि फरक पर्दैन तर सरकारले जो नारा स्लोगन भित्ता मा पोतिएको छ अधिकतम जुर्माना सहित सफा गर्न लगाउने कडा कानुन बनाउने हो भने एस्त काम केहि भएपनि कम हुन्थ्यो कि?

      Reply
    2. Tenzing Gaba says:
      September 22, 2013 at 10:37 am

      क्षीर धोज जी
      “सहर सफा राख्न नै नजान्ने नसोच्ने राजनैतिक पार्टीहरु” ????
      मात्र होइनन यिनीहरु त्, “……भित्ता फोहोर गर्न पाइएन…” भनेर ज्यान नै मार्न र मर्न पनि पछि पर्दैनन् /
      रत्नपार्क-बाग बजार बिचको प्राधिकरणको भित्ता पोत्न एमाले – माओबादी बीच कत्रो युद्द परेको थियो ……………….चेतना भया !!!

      Reply
    3. harihar sharma says:
      September 23, 2013 at 11:06 pm

      सबै भन्दा फोहर गर्ने त त्यो भित्ते रास्ट्रपति चम्चेहरु हुन्

      Reply
  15. c sherpa says:
    September 21, 2013 at 4:25 pm

    यति पनि राम्रै बनाको हो तर हामी नेपालीको पहिचान भनुं या के भनुं पैदल यात्रु हिंड्ने बाटो यति खुला हुदा हुदै पनि तस्बिरमा हेर्दा सडकमै धेरै पैदल यात्रा गरिरहेकाहरु धेर देखिन्छन त्यो पनि स्कुल कलेजका पढे लेखेका जनवारहरु !!

    Reply
  16. Jeevan Thapa says:
    September 21, 2013 at 2:48 pm

    साइकल लेन होइन नेपालमा मोटर साइकल लेन बनाउन जरुरि छ !!! बाबुराम सरकारले बाटो बिगार्यो भन्ने हरु … बिगारे पछि बनाउने बेलासम्म सरकारमा बस्न दिनु पर्यो नि अनि पो राम्रो बन्छ त … काठमाडौँ का सडक छेउ का झुपड पट्टि हरु नहटाइ बाटो कसरि फराकिलो हुन्छ …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme