बुधबार राति काठमाडौँमा गजबको जुलुस निस्कियो। अघिअघि यो सेतो मुकुन्डो लगाएको मान्छे थियो, जसका दुवै हात अरुले नै पक्रेका थिए। पछिपछि थिए बर्खी बारेकाहरु, अर्थात् सेतो पहिरन लगाएकाहरु। काठमाडौँको मुख्यमुख्य भाग परिक्रमा गर्यो यो जुलुसले। के हो त यो?
यिनी हुन् दागीँ। डंकिनीको अपभ्रंश रुप मानिन्छ दागीँलाई। यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका।
काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।
इन्द्रलाई लिएर बसुन्धरा स्वर्ग जान लाग्दा मृत परिवारका आफन्तजनहरु उनीसँगै पछि लागेर गएछन्। अब परेन फसाद ! कहाँ जिउँदो मान्छेलाई स्वर्ग लैजान मिल्नु। स्वर्ग जानका लागि एउटा डाँडाको टुप्पोमा पुगेपछि उनले चलाखी गरिछिन्। नुहाएर पवित्र नभैकन स्वर्ग पस्न मिल्दैन। त्यसैले यकिँ दह अर्थात् इन्द्रदहमा नुहाएर आऊ। थानकोटमा पर्छ यो दह अहिले।
उनीहरु नुहाउँदै गर्दा बाक्लो कुहिरो लाग्छ। त्यही मौकामा इन्द्र र उनकी आमा भाग्छन्।
श्रुतिकथा यही हो। मिति थाहा नभएको बेलादेखि (लिच्छवी कालदेखि पनि भनिन्छ) चलेको यो परम्परा अहिलेसम्म पनि कायमै छ। यो वर्ष बुधबार राति यसो गरिएको थियो। इन्द्रजात्रामा कुमारीको रथ घुमाएर बसन्तपुर पुर्याइसकेपछि केही बेर पर्खनुपर्यो। त्यसपछि दागीँ निकालियो।
त्यंगःका एक ज्यापु (नेवारमा अरु जस्तो एक जात नभएर त्यसभित्र विभिन्न उपजाति हुन्छ। नेवारभित्रै पनि बाहुनदेखि लिएर कथित दलितसम्म हुन्छन्। नेवारहरुमा कृषि कार्य गर्ने जातिलाई ज्यापु भनिन्छ) ले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।
सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।
बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको रे।
मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यो यात्राको रुटले एउटा खड्गको रुप लिन्छ भनिन्छ। राजा गुणकामदेवले कालीको खड्ग कै आकारमा काठमाडौँ सहरको निर्माण गरेका थिए रे। हाल काठमाडौँ महानगरपालिकाको लोगोमा पनि खड्ग नै राखिएको छ।
यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्। राति साढे ११ बजे इन्द्रदह जाँदै गरेका एक जना बूढाले मलाई सुनाउँदै थिए- पहिले त अँध्यारो हुन्थ्यो, बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सीधै स्वर्ग गइन्थ्यो।
जिन्दगि मा पहिलो पटक मिस्स भैयो परदेश मा बसेर
हिजो यो जात्र हेर्ने मन हुदाहुदै पनि जना नपाएर मिस भयो, अर्को कुनै दिन त अबश्य जान्छु अनि हेर्छु हेर्छु .
अनेकता मा एकता नेपाली को बिषेशता !! I just loved reading this write up and watching these photos. It made me feel more connected with the Nepali culture which we are proud of. Thank you Umesh ji for doing this.
ओहो येअस्तो चलन पनि रहेछ नेपाल मा मलाई त थाहा नै थिएन ,, राम्रो हो परम्परा देखि चलि आएको कुरा लै पछि सम्म
लग्नु भनेको .. .. पछि सम्म पनि चलि रहोस यो …
यस्ता कथामा चलचित्र बनाएर विेदेशमा देखाउन पाए नेपालीलाइ नाम पनि माम पनि हुन्थ्यो । श्रृजनशील साथीहरूले सोच्नु र प्रयास गर्दै हुनुहोला, तपाइलाइ जानकारी छ भने कमेन्ट गरेर त्यस्ता मित्रहरूलाइ हैासला प्रदान गरैा ।
हामी हाम्रो परम्परा, रितिरिवाजमा गर्व गर्छौ ! आसगरौ कि यशलाई राजनीतिले कहिलै नबिगारोस !
डाँगी लाइ राति लानु को कारण अर्को पनि छ. यो बरखी बारेकाले बाहेक अरुले हेर्नु हुन्न भन्ने किम्बदन्ती पनि छ. ससाना केटा केटीहरुलाई यो हेर्न बर्जित जस्तै छ. जुन कुरा किम्बदन्ती अनुसार मिल्छ पनि, स्वोर्ग जाने अधिकार त्येही घरका मान्छेको हुन्छ जसले आफ्नो आफन्त गुमाएका हुन्छन.
पुरातन धर्म र संस्कृतिलाइ जीवन्त राख्ने जात जातिमा काठमाडौँको नेवारहरु अग्र स्थानमा आउछन | सकी नसकी आफ्ना रिथि थिति चलाउछ्न तर रमाइलोका साथ् आझ भन्नु पर्दा राम्रो व्यवस्थाका साथ् | चलेका थितिलाई टुटायो भने राम्रो हुँदैन अनिस्ट पर्न सक्छ भन्ने मान्यताले गर्दानै यी जात्रा पर्बले निरन्तरता पाउन सकेको हो | जमाना फेरी सक्यो चिज बिजको सुलभता छ, यातातातको सुबिधा बढेको छ, समझदार मान्छेको कमि छैन त्यसैले यस्ता जात्रा पर्वलाई जमाना अनुरुप सरलीकरण पनि गर्दै लानु पर्छ ताकि कसैले परम्परा थाम्ने नाममा कसैले दुख भोगेको अनुभूत गर्नु नपरोस | यो जात्राको मर्म र स्रुतिकथा बिस्तारमा लेखि विभिन्न ठाउको महत्व समेत सबैको सामु ल्याइदिनु भएकोमा धन्यबाद |
नेवार जातिमा पनि संस्कृतिको रेखदेख र चलन हालसम्म जिबन्त राख्न ज्यापुहरुको मुख्य भूमिका रही आएको छ | ज्यापूहरु बिना काठमाडौँ खाल्डोमा कुनै पनि जात्रा सम्भव देखेयिको छैन |
सुरज जीले भन्नु भएको १०० % सहि हो ….किन भने काठमाडौँ, ललितपुर, किर्तिपुर तथा भक्तपुर लगायतको नेवार जातको संस्कृति, बाजा, नाच र जात्राहरु संचालन गर्ने , मौलिकता भएको लाला खी भजन, न बाजा आदि को संचालन तथा जगेर्ना गर्ने श्रेय पूर्णत ज्यापूहरुमा जान्छ !
अहिले पनि के बत्ति छ र लोडसेडिंगले गर्दा चिपल्यो खस्यो भने सिधै स्वोर्ग .