आज इन्द्रजात्राको मुख्य दिन। साताव्यापी मनाइने इन्द्रजात्राका क्रममा काठमाडौँको एउटा व्यस्त चोक मरुमा हरेक वर्ष देखिने यो एउटा दृश्य- एउटा मूर्तिलाई अग्लो ठाउँमा सबैले देखिने गरी यसरी बाँधेर राखेको !
यसलाई कसरी व्याख्या गर्ने त ? हेरौँ केही व्याख्या-
मोर्डन व्याख्याः अन्त ब्रो, त्यो स्टायच्यु चैँ खासमा इन्द्र ब्रो को हो के। इन्द्र के- किङ अफ हेभन। मुला एक दिन पृथिवीमा आ’को रैच। एउटा फूल राम्रो देखेछ। अनि चोर्देछ। बिलिभ इट अर नट- किङ अफ हेभन एन्ड थिफ! चोरी पत्ता लागिहाल्यो। अनि त काठमान्ड्युटिजले पक्रिहाले। अनि यसरी बाँधेर बेइज्जत गरेको रे।
दार्शनिक व्याख्याः इन्द्रलाई यसरी बाँधेको देखाउनु एउटा सांकेतिक कुरा हो। यसको अर्थ बेग्लै छ। इन्द्र स्वर्गको राजा भने जस्तै हाम्रो शरीरको राजा मन हो। इन्द्रलाई बाँध्नुको अर्थ मनलाई बाँध्नु हो। इन्द्रीयलाई बाँध्नु हो। सामान्य घरायासी जीवनमा बसेर पनि निर्वाण प्राप्त गर्न सकिन्छ यदि हामीले आफ्नो मनलाई बाँध्न सक्यौँ भने। मनलाई बाँध्ने, ध्यान एकत्रित गर्ने अनि ध्यान गर्ने, आफ्ना इच्छा, रिसराग, वैमनस्य, लोभलाई नियन्त्रणमा राख्ने। वास्तवमा आठ दिनसम्म इन्द्रको मूर्तिलाई बाँधेर यसरी राख्नुको भित्री अर्थ त्यही हो।
राजनीतिक व्याख्याःदण्डहीनता व्यापक भएको यो देशमा पीडकहरुलाई गतिलो सबक हो यो मूर्ति। स्वर्गका राजा इन्द्रसमेत दोषी भएपछि दण्डित हुन्छन् भनी देखाउन खोजेको हो यसले। यस्तो भए पो कानुनी राज चल्छ।
अम्मामा, क्या मीठो पाराले ब्याख्या गर्दिनु भोन्त यो सालोक्य ब्रोले के. क्या निको लग्यो रेन्त के.
राजनीतिक ब्याख्या चै अलिक फिक्का लग्यो के ब्रो. तेस्मा नेता हरु ले बोल्ने त्यो के रेन्त अलिक कठिन वोर्ड्स हरु युज गर्नु पर्थ्यो के, जुन हाम्ले साधारण बोलीचाली मा युज गर्दैनम के, जस्तो कि: परिमार्जन, परिवेश, परिलक्षित, परिप्रेक्ष्य, परित्याग, रुपान्तरण, विवेचना, एकाकार, रणनीति, अबलम्वन, निक्र्यौल, तर्जुमा, दूरदराज, खातिर, उत्कृष्ट, पलायन, राज्यसत्ता, दुष्चक्र, समाजवाद, पूंजिवाद, मौजुदा, उत्पीडित, उत्प्रेरक, दुरदृष्टि, तर्जुमा, निर्वाहमुखी, न्यूनीकरण, मेरुदन्ड, नवप्रवर्तन, पहल, समष्टिगत, कल्पनाशील, स्वप्नदर्शी, अभिवृद्धि, स्वायत्त, निर्यातजन्य, आदि आदि. (नोट: यी शब्द हरु मैले बाउ राम—उही डाक्साप क्या त—को हालैको विज्ञान दिवसको अवसर मा देको बक्तब्य बाट चोर्या के).
जमरकट्टेल भाउजु
भेन्कुवर, क्यानाडा
धर्म सस्क्रीती चाड पर्ब जातीय बिबिधता हाम्रो पहिचान हो / नेपाली हुनुको गर्ब हो / बिदेसमा बसेर नेपाललाई गाली गर्ने, धर्म परिबर्तन गरेर नेपाली सस्क्रीती को अपमान गर्ने हरुलाई यो राम्रो चड्कन हो / हरेक सस्क्रीतिक चाड पर्बको आफ्नै कथा अनि मर्म छ / कुतर्क गरेर कुमार्ग जाने हो कि सकरात्मक तर्क गरेर सुमार्ग जाने हो यो त मानिस को मस्तिस्कमा भर पर्ने कुरा हो / एक मान्छे को हात मा रगत भयको छुरी छ ? त्यो हत्यारा अपराधी हुन सक्छ या त मासु पसलमा कम गर्ने कसाही पनि हुन सक्छ / त्यो समय परिस्थिति, स्थानमा भर पर्ने कुरा हो / बिदेसमा बाईबलमा भयको अनेक कथामा फिल्म बनायार कति ओस्कार जित्ने गर्छन / उनीहरु कुनै पनि लोक वा त दन्त कथा को फिल्म बनाउछन् / हामी तिनै फिल्म हरेर नेपाली कला र सस्क्रीती को अपमान गाली गर्ने गर्छन/ अंग्रज या थोतीले यो कथा पायो भने दामी को फिल्म बनाउछ / अनि हामी तिनै फिल्म हरेर नेपाललाई नेपाली फिल्म कला सस्क्रीती लाई गाली गर्ने गर्छो / अरुलाई गाली गर्ने भन्दा हाम्रो अनि हाम्रोको समाज कसरि विकास गर्ने भन्ने सोच आए नेपाल को मुहार परिबर्तन हुने थियो कि /
जाबो एउटा फुल टिप्दा पनि डोरीले बाँधेर चारदोबाटोमा राख्ने कस्तो नेपाली को जात सारै छुच्चा
उहिले दण्ड अपराधीको स्तर हेरेर दिन्थ्यो भनेर हाम्रा बाजेले भन्नु भयको थियो , स्वोर्गको राजालाई अपराधको जानकारी राम्ररी नै जानकारीको र आफु राजा भय पनि चोरेको हुनाले कडा सजाय दियको भन्नु भयको थियो.
इन्द्रलाई बाँधेको वा इन्द्रियलाई बाँधेको जे भने पनि खुराफाती गर्ने बा जनताको सामान्य जीवनमा खलल पर्याउनेलाई बाँध्नु पर्छ र संजाय दिनु पर्छ भन्ने आसय हो चाहे स्वर्गका राजा इन्द्रनै किन नहुन | हामि कहा अपराधिहरु छाडा घुमीराख्या छन तीनलाइ सम्रछ्यन भैराख्या छ पार्टी नेता भनौदा नव राजाहरु बाट | यसबाट हामीले पनि सिक्नु पर्यो अपराधि र तेस्ता नव राजाहरु लाई पाता कस्ने जसले जनताको हालतलाइ रसातलमा पुर्याए र नेपालको नाम नामेट गर्न लागि परेका छन |
लौ सुन्नुहोस मानसिक ब्याख्या : इन्द्र भगवान पृथ्वीमा आएपछि अझ विलासी भहेछन. स्त्री देख्नै नहुने, खुट्टामा चप्पल नभएका पजेरो चढने भएछन, करोड़ोको महलमा बस्न थालेछन, यति हुँदा हुँदा मानसिक सन्तुलन बिचलित भयेछ र त्यो जमानामा फलामको सिक्री त रहेनछ अनि दाम्लोले बादेछन .
तेशो भय त इन्द्र अहिले प्रचण्ड को रुप मा आछन जस्तो लाई रा च मलाई त..
आफ्नी आमालाईवसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कुरा सुने को हो सानै मा
उ बेला देखी नै चोर को बिगबिगी रछ नि त, कहिले मछिन्द्र नाथ को भोटो चोरी दिने अनि कस्को भनेए जनतालाई भेला गर्ने, त कोहिले फुल चोर्ने अनि लिङ्गो मा बाधेर सजाय दिने, खै के भा को के ? चोर नै चोर को भो नि त्, मन्दिरै मन्दिर को देश भन्या त हैन रछन नि त ।
ह ह के ठट्टा गरेको फेरी रिसाउलान र सराप देलान