Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नास्टले पायो १० हजारको नारा

Posted on September 16, 2013September 16, 2013 by Salokya

NAST गएको अगस्तमा माइसंसारले राखेको एउटा ब्लग तपाईँहरु धेरैलाई याद हुनुपर्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट)ले विज्ञान दिवस मनाउनलाई सर्वसाधारणबाट नारा आह्वान गरेको थियो। यसका लागि सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेको थियो नास्टले। सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने भनिएको थियो। गैँडा हैन हात्ती, १० वटा हात्ती ! पूरै दस हजार ! माइसंसारमै पनि पाठकहरुले नारा पठाएका थिए। भ्वांग परेको हाम्रो भित्तो, भत्किएको भुईं… टेस्ट्ट्युब किन्ने पैसो छैन, परमाणुको फुइँ ! यो नाराले सबैभन्दा बढी हरियो पाएको थियो। यहाँ क्लिक गरी हेर्नुस्।

विज्ञान दिवस असोज १ अर्थात् भोलि हो। पुरस्कार दिन योग्य नारा पनि नास्टले भेटाइसक्यो। के हो त नारा ?


नारा सरल छ-

‘विज्ञान र प्रविधि, देशको सम्वृद्धि’

ल यो नारा कसले बनाएर पठाएको हो, पुरस्कार लिन जानुस् है !

अपडेटः ३ सय वटा नारामा यो नारा बनाउने बाग्लुङका घनश्याम सापकोटा रहेछन्।
nara

विज्ञान दिवस भने २० वर्षपछि भोलि मनाउन लागिएको रहेछ। यसअघि विसं २०५० सालमा नास्टले विज्ञान सप्ताह सुरु गरेको रहेछ। तर त्यो अर्को वर्षदेखि हुन सकेन।

यस पटक विज्ञान दिवसका अवसरमा नेपाल प्रज्ञा भवन कमलादीमा असोज १ र २ गते विभिन्न वैज्ञानिक प्रदर्शनी आयोजना गर्न लागिएको रहेछ। अनि नेपालमा पाइने वनस्पति बारे विस्तृत जानकारी दिने नेपालपिडिया किताब पनि सार्वजनिक गरिने रहेछ।

दिवस बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नास्टका कुलपति प्राध्यापक डा सुरेन्द्रराज काफ्लेले यसै वर्षभित्र विराटनगर र पोखरामा नास्टको शाखा कार्यालय विस्तार गरी सेवालाई विविधीकरण गरिने बताएका छन्। विपी कोइराला मेमोरियल प्लानेटोरियम साइन्स एन्ड अब्जरभेसन विकास समितिका कार्यकारी निर्देशक शोभाकान्त लामिछानेले नेपाली वैज्ञानिक प्रतिभालाई प्रोत्साहन दिन सरकारी तबरबाटै पहिलोपटक दिवसको थालनी गर्न लागिएको बताए।

लौ सबैलाई नेपालको विज्ञान दिवसको हार्दिक शुभकामना छ है!

10 thoughts on “नास्टले पायो १० हजारको नारा”

  1. Dolraj Paudyal says:
    September 17, 2013 at 5:20 pm

    यो कुरालाई सकारात्मक रुपमै लिदा राम्रो हो । पहिलो पटक विज्ञान दिवस आयोजना गरिएको छ । प्रतिस्पर्धावाट नारा छान्ने अभ्यास गरिएको छ । अव वांकी अरु कुराका कमी कमजोरीमा प्रश्न उठाउन वांकी नराखौं । यति सम्म गरेको राम्रै लाग्यो । अव विज्ञान केही प्राथमिकतामा पर्दैछ भन्ने लाग्यो ।

    Reply
  2. Prakash says:
    September 17, 2013 at 1:36 am

    यस्तो प्रयोग नेपाल मा मात्रै हैन, अमेरिकामा पनि Mars मा पठाइएका Rovers का नाम सर्बसाधारणबाट प्रतियोगिताबाट नै गरिएको थियो | सर्वसाधारणलाई विज्ञान तिर आकर्षित गर्न पनि येसो गरिएको हो, यसलाई म चाहिं अन्येथा सोच्दिन|

    Reply
  3. KK says:
    September 16, 2013 at 3:58 pm

    हैन विज्ञान दिवसमा विज्ञान, खोज र आविष्कारसम्बन्धी प्रतियोगिता गर्ने कि नारा प्रतियोगिता गर्ने हँ? यो नारै नाराको देश हुने भयो ।

    Reply
  4. देवराज जोशी, कैलाली says:
    September 16, 2013 at 1:52 pm

    नारा किनेको होस वा जेसुकै होस विज्ञानको प्रसार र विकास चै गर्नु पर्यो | विज्ञानको लोकप्रियता सर्वसाधारण सम्म कसरी पुर्याउने यस्मा रुचि कसरी बढाउने यस्मा चै पुरुस्कार राख्नु पर्ने बरु |

    Reply
  5. Pankaj says:
    September 16, 2013 at 1:12 pm

    नारा साधारण रहेछ । राम्रै छ तर विज्ञान र प्रविधिले मात्रै देशको समृद्धि होला जस्तो लाग्दैन स्थानिय परम्परगत ज्ञान र प्रविधि पनि विकासमा महत्वपुर्ण छन ।

    Reply
  6. suzee says:
    September 16, 2013 at 12:27 pm

    आफ्नै दिमाग बाट नारा आविस्कार गर्न /निकाल्न नसक्ने नास्ट का बैज्ञानिक भनौदा हरुले , नारा किन्न १० हात्ती तिर्न तयार, लौ सोचौ अनि बुद्धि लगाम साथी हो अब कुनै गतिलाग्दो अविस्कार किन्न अनि हात्ती तिर्न तयार हुने होलान

    Reply
  7. Shekhar says:
    September 16, 2013 at 11:29 am

    उही नाष्ट का नाता गोता को पोल्टामा परो होला नि. घ्यू काहाँ पोखियो भागमा.! 😀

    Reply
  8. Bal Limbu says:
    September 16, 2013 at 10:21 am

    यति जाबो सरल नारा तयार पार्न पनि बिज्ञान क्षेत्रका कुनै बैज्ञानिकहरुले सकेनछन्। १० हजार रुपैया कोहि आफन्तको गोजीमा पार्ने मेलो मात्रै।

    Reply
  9. kishor says:
    September 16, 2013 at 9:30 am

    आयोजोककै छोराले बनाय जस्तो लाग्यो मलाई त| कस्तो जोक, जे गरेनी हुने भए पछि

    Reply
  10. harihar sharma says:
    September 16, 2013 at 9:28 am

    अब हुने भो बिज्ञानको विकास /
    दिबसका नाममा कतिले पेटको चाही विकास गर्ने भो / भोलि lunch फ्री रे /
    अनि तयारीका नाममा कति ले अस्ति देखि भुडी भर्दै थिय होला /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme