Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यात्रुसहितको बसमा आगो लगाउने वैद्य माओवादी किन एक शब्द बोल्दैन? अरु पार्टी पनि किन रमितामात्रै हेर्दै ?

Posted on September 15, 2013September 15, 2013 by Salokya

bus
धुलिखेलमा वैद्य माओवादीका कार्यकर्ताले देखाएको बर्बर व्यवहारको आलोचना आइतबार दिनभर भयो। गर्न पनि अति नै गरेका हुन्। चुनावको विरोधमा यो माओवादीले अस्ति काठमाडौँ बन्द गर्‍यो, अब किस्ताबन्दीमा क्षेत्रक्षेत्र बन्द गर्दै हिँड्दैछ। यसै क्रममा आज त्यो ठाउँमा बन्द रहेछ। यसै क्रममा काठमाडौँबाट मेलम्ची जाँदै गरेको एउटा यात्रुवाहक बसलाई रोकेर भित्र छिरी यात्रु हुँदाहुँदै पेट्रोल छर्केर जलाइदिएछन्। आम्मै आगो! बसभित्र २५ जना जति थिए। ढोकातिरै दनदनी आगो। कहाँबाट निस्कने? झ्यालै फुटाएर हतार हतार निस्केर भाग्न भ्याए। सानो चोटपटकबाहेक कसैले भित्रै जल्नु र मर्नु परेन। यदि जलेर मरेकै भए पनि ती अपराधी झुण्ड र तिनका नाइकेहरुले ‘बिचरा’सम्म पनि भन्ने थिएनन् होला। बरु बल्ल तर्साइयो, अब हुन लागेको दुई दिनको बन्दमा निस्केको हेरौँ न भन्दै मुसुमुसु हाँस्थे होलान्।

त्यसैले त यस्तो अमानवीय घटना हुँदासमेत वैद्य माओवादीले औपचारिक रुपमा एक शब्द बोलेको छैन। अरु बेला भए नानाभाँतीका विज्ञप्तिहरु पठाइरहने वैद्य माओवादी यत्रो ठूलो घटनामा बिल्कुल चुप छ।

लौ उनीहरु त चुप रहे रे ल। अरु पार्टीहरु बोल्नु पर्दैन ? खै त कुनै पार्टीले पनि सर्वसाधारण जनतालाई यसरी अन्यायमा पार्ने गरी भएको घटनाबारे दुई शब्द बोल्ने औपचारिकता पूरा गर्न सकेका छैनन्। कि हाम्रा पार्टीका कार्यकर्ताहरुले पनि कुनै दिन यस्तै गर्छन्, त्यतिबेला कुन मुखले बोल्ने भनेर लजाएर हो ? कि कुन निहुँले चुनाव सारौँ भनेर बसिरहेको तर मान्छे नै नमरेको भएर के गरौँ गरौँ भइरहेको हो?

स्थानीय एक नेताले भने प्रहरीले हाम्रा कार्यकर्तालाई पक्रेर ज्यादति गरेको भएर आगजनीको जिम्मा पनि प्रहरीले नै लिनुपर्ने जस्तो वाहियात तर्क गरेछन्।

आखिर ती यात्रु र बस चालकको दोष के थियो हेर्नुस् त। त्यस्तो अन्याय पनि गर्ने हो! वैद्य माओवादीका माग सरकार र अरु दलहरुसँग छ। त्यो पूरा भएन भनेर निर्दोष जनता जल्नु पर्ने, निर्दोष जनता मर्नुपर्ने !

जुनसुकै आवरण र जुनसुकै निहुँमा गरिएको भए पनि यस्ता घटना राजनीतिक हुँदै हैनन्, यो विशुद्ध आपराधिक घटना हो। अपराधलाई कानुन अनुसार सजाय गर्नुपर्छ। तर यस्ता घटनामा कारबाही होला भनेर आशा गर्नु आकाशको फल आँखा तरी मर बाहेक केही हुन्न। द्वन्द्वकालमा भएका यस्ता घटनाको घाउ अझै छ। युद्धमै पनि युद्धका केही नियम हुन्छन्, द्वन्द्वकालमा पनि द्वन्द्वरत पक्षबाहेक अरुलाई ज्यादतिपूर्वक मारेका कयौँ घटना छन्। माओवादीले गरेका घटना कहिलेकाहीँ छुसुक्क छुसुक्क उठिरहन्छन्। राज्यपक्षले गरेका ज्यादति त पीडितले मनभित्र राखेका छन्, आफूहरुको पीडामाथि कुल्चेर आफन्तको लाशको भर्‍याङ चढेर माओवादी नेताहरु कसरी सत्तामा चढे, प्रष्टै देखेका छन्। सत्तामा नपुगुन्जेल उचाल्ने अनि सत्तामा पुगेपछि ती ज्यादति र बेपत्ता पारिएकाहरुबारे यताको सिन्को उतासम्म किन गरेनन् तिनै नेताहरुले भनेर पीडितहरुले राम्ररी बुझेका छन्। सत्य यो हो- त्यस्ता कुरामा खोजबिन र कारबाही थालियो भने तरबार घुमेर तिनै नेताहरुको घाँटीमा आइपुग्छ, उनीहरुसमेत दोषी ठहर हुनेछन्।

अहिले हुने पनि त्यस्तै हो। ती आगजनी गर्नेहरु केही गरी पक्राउ परी हाले भने पनि वार्तामा बस्न वैद्य माओवादीको शर्त नै उनीहरुलाई रिहा गर्नुपर्ने भन्ने हुन्छ। उनीहरु छुट्छन् र अझ योभन्दा आपराधिक काम गर्न अग्रसर हुन्छन्। सोझासाझा जनतालाई मूर्ख बनाउने बाहेक केही हैन यिनीहरुको काम। हामीदेखि डराउनु पर्छ भन्ने उनीहरुको उद्देश्य हो, त्यो डर देखाउन उनीहरु सफल भइसकेका छन्। तर बनेपा र चरिकोटमा जस्तो बन्दकर्ताहरुलाई नै स्थानीयले कुटेर लखेटे भने चाहिँ देख्नेछन् बाउको बिहे।

प्रचण्डको क्यास माओवादीमा सबै लोभीपापी, स्वार्थीहरु मात्रै छन्, अलि इमान्दार कार्यकर्ताहरु त वैद्यको ड्यास माओवादीमै छन्। जे गर्नुछ यिनीहरुले गर्छन् भनेर बचेखुचेको सहानुभूति दिनेहरुलाई समेत निर्दोष सर्वसाधारण चढेको बसभित्र आगो लगाउने घटनाले पाठ सिकाउनेछ। यो आगजनीको घटनाले सर्वसाधारणमा उनीहरुले सोचे जस्तो डरमात्र हैन आक्रोश पनि बढाएको छ भन्ने ड्यास माओवादीले बुझेन भने यो उनीहरुकै लागि घातक हुनेछ।

यसरी जलेको थियो बस-

60 thoughts on “यात्रुसहितको बसमा आगो लगाउने वैद्य माओवादी किन एक शब्द बोल्दैन? अरु पार्टी पनि किन रमितामात्रै हेर्दै ?”

  1. ami says:
    October 1, 2013 at 8:53 am

    १,नेपाल को कानुन भगवानले जानुन.२,मेरो घोडाको १२ टाँका,३,मै खहौँ मैं लौं ४,अरुको अंगमा जुम्रा हिंडेको देख्ने आफ्नो अंगमा भैशी हिढेको नधेख्ने ५,मुखले राम.राम बगलीमा छुरा ६.आफुले आफुलाई माला लगाउने बानी इत्यादी कुराहरु ………..हामी नेपाली हरुको बानी……..अखेरिमा सबै पाटी हरु उस्तै,उस्तै छन्.नेपालमा कुन पाटी राम्रो छ रा ?????? सबै बाँदरको बानी जस्तो.एउटाले बनाउने.अर्कोले भत्काउने ….

    अखेरिमा जुन गोरु आए पनि तिखॆ…….जता जता बाहुन बाजे,उतै उतै सोवा …जुनै मान्छे जुनै पार्टीमा जहिले पनि गएरा मिले पनि हुन्छा.सो ले गर्दा हाम्रो नेपालमा विकास हुनाको लागि माथिको बानीहरु छोड्नु पर्छा.मता कुनै पाटी लाई पनि सपोर्ट गर्दिन

    Reply
  2. himali thaila says:
    September 18, 2013 at 11:18 am

    यहाँ जसले जे गरे पनि हुन्छ भन्ने कुरा को पुस्टि भए को छ, आफ्नो सुवार्थ पूर्ति गर्न को लागि, देश र समाज को नाम मा खोक्रो नारा लगाई, अन्तत हामी र हाम्रो समाज लाई नई निरिह बनाएर हामी माथि नई प्रहार गर्छन, एउटा पार्टी ले गलत काम गर्यो भने त्येसको बिरोध नगरी रमिते हुनु ले पनि मौन समर्थन हुन्छ वन्ने कुरा को ज्ञान सम्म नहुने यी अहिले सम्मका छमतहिन नेपली राजनीतिज्ञ बाट आस गर्नु बेकार छ.
    आब हाम्रो देश मा एस्तो राजनेता को जन्म हुनुपर्दछ कि ?जसले नेपाली जनता लाई साधन हैन साधक सम्ज्योस, नेपाल र नेपालि गौरब जोगिने गरि सबै जातजाति लाइ मिलाएर लान सकोस, झुठो आस्वासन नाबाड़ोस, थोरै भए पनि नया भिजन राम्रो सिस्टम का साथ नयाकाम को सुरुवात र प्रोत्साहन गरोस, भ्रस्ट र कुसासन को बिरोधि होस्, निसुवार्थ रुपमा डटेर देस र जनता को सेवा गर्न सकोस. अनिमात्र हामी र हाम्रो नेपाली समाज ले काचुली फेर्छ कि?

    Reply
  3. Dibya says:
    September 17, 2013 at 1:43 pm

    जब सम्म जनताबाट बन्द विरुद्ध प्रतिकार गरिदैन, येस्ता समूहहरुको हिम्मत बढ्दै जानेछ. तिजको बेला महिलाहरुले गरेको कडा प्रतिकारबाट पुरुषहरुले केहि सिक्नु जरुरि छ. हामी नेपाली दास मानसिकता बाट निस्किनु जरुरि छ. नेताहरु बिदेशीको दास, हामी जनता नेताहरुको दास…..जे गरे पनि हुने…. अब हुने कुनै पनि बन्दको बिरोध र प्रतिकार गरौ. जनताको अगाडी कसैको केहि लाग्दैन.
    बन्द गर्नेहरुलाई सडक बाट लखेतौ. जनता भन्दा ठुलो कुनै राजनैतिक पार्टी हुन सक्दैन. बन्द को बिरोध गर्ने चरिकोट को जनता लाई सलाम.

    Reply
  4. Pradhumna says:
    September 16, 2013 at 9:51 pm

    यदि हामी नेपालीलाई लाज लाग्छ भने अब देखि “Buddha was born in Nepal” र साहसी वीर गोर्खालीको कुरा नगरेकै राम्रो | एक समूहले राजनीतिको खोल ओडेर येति सम्मको मानवता बिरोधि आपराध गर्दा (फेरि) पनि यिनीहरुलाई केहि गर्न नसक्कने र उल्टै येस्तै जाली फटाह ज्यानमारा आपराधिहरुको पछि लाग्ने हामी नेपालीहरुलाई शान्ति, न्याय, विरता र सम्मानको कुरा सुहाउनै छाडी सक्यो | जो जहाँ जन्मे नि के भो र खोइ ? प्रचण्ड, बाबुराम, मोहन वैध अवेम गुण्डा माओबादी कार्यकर्ताहरु जन्मेको देश हो यो | बलिको बोका बनेर १४ हजार नेपालीले ति महान वेक्तिहरु यहाँ जन्मनुको फल पाउनु पर्यो | थुक्क | सारै रिस उठ्छ ताल देखेर |

    Reply
  5. Subash says:
    September 16, 2013 at 8:51 pm

    यो कुरा चै निश्चित छ, यिनीहरुको मर्ने बेलामा सास चै सजिलै जादैन यी नेपाली जनता को आँसु लागेर..

    Reply
  6. kumar Gotame says:
    September 16, 2013 at 7:54 pm

    Comrade Baidhya,
    Its been a long time when maoist won the election and the people thought that there is going to be a big change in the country. Maoist filled common people with a dream of building a new nepal. But its all been collapsed. You formed a new party becoz, u have not given suitable post that you expected, and you separated from the party and again started new maoist party. If Each individual party worker starts the new party who is going to rule the country. You people have not realized the power of common people yet. Don’t ever try make such mistake otherwise along with you all your fellow comrades will be washed up in the human typhoon.

    Reply
  7. Roshan says:
    September 16, 2013 at 7:37 pm

    साथी हरु हो सहि मान्छे र पार्टी लै भोट हालेर एसको जवाफ फर्काउ.

    Reply
    1. Pankaj Panjiyar says:
      September 16, 2013 at 10:13 pm

      कुन पार्टी र कुन मान्छे राम्रो छ ? २०४६ साल देखि सबै पार्टी र नेता हरु ले नेपाल र नेपाली लाइ लुट्न बाहेक के गर्यो र साथि. बरु भोट नै न हाल्ने…

      Reply
  8. ekraj says:
    September 16, 2013 at 4:42 pm

    एस्ता अपराधी नेता र नेताका भरौटेहरुलाई , इनिहरुले सर्ब साधारण लै दुख दिनु अगाडिनै जना सदरणले इनिहरुलाई जिउदै जलैदिनेहो हो भने अर्को पटक एस्तो हर्कत गर्ने आँट गर्ने छैनन्|
    अपराधी को अपराध सहेर बस्ने बानि गर्नु हुदैन|

    Reply
  9. Sunil, London says:
    September 16, 2013 at 3:34 pm

    कुर्नुहोस अलिबेर उनीहरु बोल्छन, र भन्छन “ति हाम्रा कार्यकर्ता हैनन् अरु पार्टीले पठाएका भिजिलान्ते हरु हुन्” हामीले त “शान्तिपूर्ण” बन्द गरेका थियौ तर अरु पार्टी ले हाम्रो बन्दको बदनाम गराउन यो “षडयन्त्र” रचे !!!!!!!! येति सजिलो बयान निकाल्न पनि बैद्य बुढालाई कति बेर लाग्या होला !!!!!!!

    Reply
    1. mani says:
      September 16, 2013 at 7:45 pm

      यी राजनीतिको खोल ओडेका दानव हरुलाई कारवाई हुने पर्छ. चुनाब मा गए भने औकात था हुने डर ले चुनाब मा पनि न जाने र यस्तै जनता तर्साएर खान पल्केकाका लाइ जनताले नंग्याउनु पर्छ.

      Reply
  10. सार्थक says:
    September 16, 2013 at 3:34 pm

    निक्रिष्ट र क्रुर माओवादी त्यसमा पनि बैधको आफ्नै बिनास काले बिपरित बुद्धिबाट निस्केको अमानविय कर्तुत हो यो । यिनिहरु समाजमा हैन या त जङलमा बस्न लायक छन या त सुगुरको खोरमा सुगुरको चारो खाँदै बस्न लायक छन । यिनिहरु कुनै कुनै हालतमा पनि मान्छे बस्ने समाजमा बस्न योग्य छैनन । यिनिहरुले आफ्न गुरु बैधबाट पाएको शिक्षा दिक्षा नै यही हो ।

    Reply
    1. Abhi says:
      September 16, 2013 at 6:05 pm

      यसरि हामी जस्तो सुँगुर पालेर बस्ने लाई नहोचौनस , सुँगुर पाल्दैमा हामी त्यो बैध्य भन्दा तल कसरि भयेम; अर्का को सम्पति मा आगो लगायर त बसेका छैन नि हामीले ;

      Reply
      1. सार्थक says:
        September 18, 2013 at 2:14 pm

        अभि जी मैले कसरि सुँगुर पालेर बस्नेलाई होच्याएको छु ? मैले त बैध्य र उसका हनुमानहरु जस्ताको पो बस्ने ठाउ सुँगुर बस्ने र सुँगुरले खाने चारो जस्तो हो भनेको छु त | मा स्वयं सुगुर खान्छु र पाल्छु पनि अनि हरेक पेशा, जात, धर्मका मान्छेहरुलाई बराबर सम्मान गर्छु | मेरो लेखाईको गलत अर्थ लाग्छ बुझिन्छ भने क्षमा पाउँ | तर मेरो आशय त्यस्तो पट्टकै हैन |

        Reply
  11. uttam nepal says:
    September 16, 2013 at 12:15 pm

    के बोल्नु र आफ्नै गल्ति भय पछि नैतिक आधार हुनु पारो नि बोल्न को लागि त

    Reply
    1. सार्थक says:
      September 16, 2013 at 4:11 pm

      माओबादि, बैध्य, प्रचण्ड अनि नैतिकता ?!?
      के सारो हँसाको हौ उत्तम जी तपाइले ?

      Reply
  12. रामेश says:
    September 16, 2013 at 10:47 am

    हैन हिजो चितवन को माडी मा भएको घटना भन्दा त यो सामान्य हैन र ??
    माडी मा तेती गर्दा आज सत्ता पाउन हुने | अनि आज अति गर्दा पर्सि सत्ता पाउन नहुने के कारण छ ??

    हिजो २०४७ साल मा कांग्रेस र एक भाग कम्युनिष्ट (एमाले) राज्य को मूल प्रबाह मा अर्थात चुनाब मा आयो तर माओबादि (मशाल हो क्यार तेती बेला ) एमाले लाइ संशोधन बादी भन्दै हिंशात्मक राजनीति खेति गर्न थाल्यो | र तेस मा अधायाधिक तबर ले सफल भयो | अब तेही बाटो मार्ग अनुसार एक भाग माओबादि चुनाब मा आयो अर्को ले हिंशात्मक राजनीति खेति जारि राख्यो | नेपाल मा हिंशात्मक राजनीति को खेत बाँझो राख्न भएन नि

    Reply
  13. Sisir says:
    September 16, 2013 at 10:41 am

    जस्ता गुरु तेस्तै चेला
    नरपिचासहरुबाट धेरै आशा नगरौ होला

    यो जघन्य अपराध हो र एस्तो अपराध क्षम्य हुन सक्दैन .. जब मानिस तर्क बिहिन र बिबेक सुन्य हुन्छ तेस्ताले गर्ने भनेकै येस्तै कायरतापूर्ण बर्बरता हो .. यो सरासर आतंक हो ..

    Reply
  14. achut says:
    September 16, 2013 at 10:36 am

    बोल्न र कमेन्ट गर्न नै के पो बाकी रह्यो र…. चुनाब हुन नदिने… जिउदै मान्छे जलाउने… बच्चा समेत को लाई ट्याक्सी फुटाउने…बन्दुक बोकाउने.. लड्ने -लडाउने…काटमार देखि अरु दिमाग मै नआउने हरु को झुण्ड लाई पनि ‘राजनैतिक पार्टी’ मान्नु पर्ने नियति हो या बाद्यता???दुषित मगज का बिमार हरु….

    Reply
  15. Uddav Bhandari says:
    September 16, 2013 at 10:09 am

    अब चुपलागेर बस्न हुदैन । सबै जनता हातमा डन्डा लियर प्रतिकारमा निस्कनू पर्दछ । सान्ति सुरक्षा दिने काम सरकारको हो

    Reply
  16. SNEHA says:
    September 16, 2013 at 9:57 am

    बिपक्छी पार्टी ले तेही काम गरेको भए नाना भाँती को कुरा गर्ने तर आफुले ज गरे पनि हुने अरु कोइ ले येही काम गरेको भए बैद्य पार्टी ले अहिले सम्म कति बिरोध गरेको नाटक देखाई सक्थे सब एकै द्यांग क मुला हुन्

    Reply
  17. Ashes Timsina says:
    September 16, 2013 at 9:39 am

    यो देश मा आम नागरिक कुनै पार्टी को लागि महत्व राख्दैनन् त्यहि भएर यस्ता घटना मा एउटा पनि पार्टी ले एक शब्द खर्च गरेन .. धिक्कार छ . सक्ने भए यो नेपाल लाइ यसरी नै

    Reply
  18. लोर्के says:
    September 16, 2013 at 9:33 am

    ड्यास माओबादि को सोचाइ एस्तो छ जो केहि शब्द मा :
    यी जो बस मा थिए ति सबै हाम्रा वर्ग शत्रु हुन्/ जो हाम्रो कुरा खादैनन् मान्दैनन , हामी लाइ चन्दा दिदैनन ति सबै वर्ग शत्रु हुन् / हामि साम्यबाद को लक्ष्य लिएर हिडेको हरु संग यी मनुवा हरु ले जोरी खोज्ने? आउदैन बिहान २-४ तारा झरेर नगए आउदैन हाम्रो सरकार २-४ हजार मारेर नहिडे / जाबो येत्ति कुरो नबुझ्ने हरु ले बाचेको के सार ? जो जो हामीले भनेको मान्दैनन चन्दा दिदैनन ति हाम्रो लिस्ट मा आउछन र मौका परेको बेला मा येस्तै कारबाही मा पर्छन /
    पहिला क्यास संग मिलेर येस्तै गरेको हो उनीहरु को पुर्पुरो बलियो भो क्यास भए हामि ड्यास मात्र हुन पायेउ / हामि लाइ नि क्यास हुने रहर छ महल मा बस्ने रहर छ, गाडी मा हुइकिने रहर छ/ तिमि जैरे हरु को सातो नलिए हामि कसरि सत्ता मा पुग्ने कसरि क्यास मा परिवर्तन हुने?
    एस्तो महान गौरवशाली कार्य हामि निरन्तर गरि रहने छौ / तिमि हरु ले सकेको गर /

    लोर्के

    Reply
  19. Shivaji says:
    September 16, 2013 at 9:03 am

    हैन यो देशमा नियम कानुन नामको कुनै चिज छ कि छैन ??
    राजनीतिको नाम मा जे जस्ता अपराध गरेपनि हुने ??
    अनि नियम कानुन भनेको साना अपराधीलाई मात्र हो ??
    धिक्कार छ न्यामुर्तिको सरकारलाई !!!!
    छि छि छि

    Reply
  20. Rajesh says:
    September 16, 2013 at 6:29 am

    पहिला पहिला अफगानिस्तान , इराक , पाकिस्तान मा यस्ता घटना घट्य को टेलिभिजन मा आउथ्यो , ल हेर अब नया नेपाल को नाम मा हाम्रो देश को हालत !
    जसले ज गरे नि हुने ..जनता को नाम मा –
    तर ,
    जनता ले खै त बोले को – जनता ले खै त सोध्यe को – तिमि को हौ हाम्रो नाम मा मान परि गर्ने ?
    हुन त हामी जनता……….न हो – के भानु म
    लौ न कोई मेरो देश बचाउ !

    Reply
    1. dev says:
      September 16, 2013 at 12:54 pm

      अब जुन पार्टी ले बन्द आयोजना गर्दा तोडफोड हुन्छ तेस्को जिम्मा त्यो पार्टी को नेता ले लिनु पर्दछ र तेस्को पैसा त्यो नेता ले तिर्नु पर्दछ. तिर्न सके करोडौ तिर्न तयार भएर बन्द आयोजना गर्दछ नसके त्यो हर्जाना बराबर को जेल बस्दछ. अब अति नै भयो, सहनु को पनि हद हुन्छ.

      Reply
    2. mani says:
      September 16, 2013 at 7:48 pm

      नेपाल मा यस्ता हत्या हिँसा क कारक यहि उदण्ड, क्रुर दानव नै हुन् भन्ने जनताले कहिले बुज्ने हुन् यी माओ का भुत हरुलाई?

      Reply
  21. डिल्ली says:
    September 16, 2013 at 5:08 am

    त्यसरी यात्रु सहितको वसमा आगो लगाउनेलाई फाँसी, उक्साउने पार्टी र त्यसका जिम्मेवार नेतालाई आजिवन कारावास तथा पार्टीलाई अवैध घोषणा गरि अपराधीलाई जस्तै कार्यवाही गर्नु आवस्यक छ । हैन भने त्यस घटनाबाट पिडितहरूको विवेकमा छोडिदिनु पर्छ के-कस्तो कार्यवाही गर्ने भनेर । मानवता विहीन अपराधीहरूलाई त्यही जल्दै गरेको गाडिमा हाल्न सके झन राम्रो ।

    Reply
  22. Gaurab Nepali "Oodaaseen" says:
    September 16, 2013 at 4:36 am

    यसको सहि समाधान भनेको जुन पार्टीको कार्यकर्ताले हिंसा गर्छ त्येही पार्टीको नेतालाई लगेर जेल कोच्नु पर्छ ! जस्तै पंचायत कालमा भक्तपुरको रापस कर्ण ह्येजुलाई नेमकिपाको कार्य कर्ताले मरेका थिय र त्येसका नाइके बिजुक्छे लै जेल हलिय्को थियो ! उपाय त्येही हो, नाइकेलाई जेल कोच्ने ! नत्र यो खेल “र” द्वारा निर्देशित (नेपठेबात) नक्कली मोबाद्को उपद्रोले ले देशलाई कहिँ पुरौदैन ! न गिरिजाले गर्यो यो देश को बिकाश न प्रचन्डले ! सबै निर्देशित भयर सोनाम धोंगीहरुले नेपालय देश छिया छिया हुने भो !

    Reply
  23. Kranti says:
    September 16, 2013 at 3:09 am

    कसम ! ति भेडाहरुको त अब के कुरा गर्नु र खै! समाउने फेरी छोड्ने नाटक हुन्छ! नभए फेरी अर्को बन्द हुन्छ! बिगत ७ वर्ष देखिको अनुभव हो! तेसैले होला आम जनतालाई रति भर आशा छैन कानुन ले केहि गर्छ भनेर! गर्नु पनि कसरि घुमीफिरी सब पार्टीको Last option तेही हो! आज बैद्यको लागि आवाज उठाउदा भोलि आफ्ना कर्येकर्ताले गर्दिंचा! चुपचाप बस्यो एक दुइ दिनमा सब सेलौछ! मादीको बस काण्ड त बिलायो यो त के हो र! फरक येति हो मादी काण्डमा ५-६ वोटा पत्रिका अनि ३-४ वोटा tv ले समाचार फिजयो अहिले facebook र त्वित्तेर ले! यी त केवल गन्थन भए कैले सकिन!

    तर हामी पनि

    Reply
  24. chiran says:
    September 16, 2013 at 3:01 am

    भैशी लाई घाश र कुँदो दिएमात्र दुध दिन्छ , नकि लौराले छुटेर , मुर्ख बुझाउन नशाकने बाबुआमा , टिचर ले बच्चा पिट्छ, तेसै गरि राजनीति को र , र नियमको न नजानेको नेता ले जहिले पनि पुरानो मुर्ख बुद्धि लागौछा

    Reply
  25. shree basanta says:
    September 16, 2013 at 12:46 am

    जनताले पार्टीहरु आबस्यक छ कि छैन गम्भीर भएर सोच्नु पर्ने भएको छ | कसैले बस भित्र त कसैले देश भित्र जनतालाई राखेर आगो लाका छन | अब त्यो बसमा आगो लाउनेलाई थुनेर जनताले आगो लाउन बल शक्ति ल्याउन के गर्नु पर्छ खुला मंचमा बहस हुनु जरुरि छ |

    Reply
  26. K.S. says:
    September 16, 2013 at 12:30 am

    यी माओबादीको कलंकित अनुहारहरुलाई फासी दिनु पर्छ. यो कानून को उपहास हो. यी हत्याराहरुलाइ कसले दियो अधिकार यात्रुहरुलाइ बसमा नै राखेर जलाउने. सक्ने भए यी बैध्य, प्रचंडेको घरमा र तिनीहरु चढेको कारमा आगो लागायो. ए कमुनिस्ट्का भाडाका लठयैतहरु . कम्तिमा तिमीहरुको आम, बाबु, दिदि बहिनि, छोरा, छोरी, दाजु भाइ पनि त्यो बसमा यात्रा गरिरहेका छन् भनेर सझिने कोशिस गर, हुनत तिमिहरुसंग मानबता भएको भए त कमुनिस्ट्नै हुदैन थियो,
    अब सारा जनताले यी बिदेशका दलाल, प्रचंडे, बैधे जस्ता कलंकित अनुहार र तिनीहरुको भ्रस्ट नेत्रितो लाइ समाजबाट बहिस्कार गरौ, सर्ब साधारण लाइ बच्न पाउने अधिकार बाट बन्चित नगरौ .

    यी हत्यारा र हत्यारा को नेता हरुलाई फासी दिने व्यवस्था गरु . अनि मात्री यो नेपाल बन्द, र मानिसलाइ जिउदै जलाउने प्रयास रोकिन्छ,

    Reply
  27. Ram says:
    September 16, 2013 at 12:04 am

    हिजो भारत मा यात्रु बाहक बस मा आगो लगाउने लाई फासी को सजाए देको पढेको थिए यिनीहरु लाइ पनि यसै गर्नु पर्ने

    Reply
  28. safal says:
    September 15, 2013 at 11:31 pm

    सबै कमेन्टहरु मा दिस्लईक गर्ने पकै पनि यो काण्ड मा संलग्न हुने ब्यक्ति हो ……..

    Reply
  29. Narayan Gurung says:
    September 15, 2013 at 11:29 pm

    राजनीति नै गर्ने विचार छ भने स्वछ विचार ले जनताको मन जित निस्चय नै तिम्रो सफल हुनेछ यो पाराले हामी कति पुस्त पछाडी परि सक्यो अन्दाजा लगाऊ नत्र भने राजनीति बाट सन्यास लिएको मा देस र जनता लै भलो होला भन्न ब्यर्थ नहोला डर र धम्कि बाट अब देस चलाउने सपना नदेखे हुन्छ अरुको धन सम्पति र ज्यान को खेलबाड गर्ने अधिकार कुनै पार्टी लै छैन अब चरम सिमा नाघी सक्यो यो सुल्फे राजनीति ले नेपाली राजनेता भन्दा पनि मनमा घिर्ना पैदा भैसक्यो हरेक नेपाली नागरिकको मनमा

    Reply
  30. गगने says:
    September 15, 2013 at 11:27 pm

    यो अक्षम्य हिम्सा र अपराधकोलागी यी बैध्य लगायत यसका हिंशाक पुच्छर हरुलाई माफी दियर उन्मुक्ति दिनु हुदैन!

    Reply
    1. रामेश says:
      September 16, 2013 at 10:52 am

      अनि चितवन को माडी घटना का नाइके हरु लाइ नि ??
      भेडा जनता लाइ त्रास फैलाउन यो जरुरि थियो | जनता मा त्रास भएन भने माओबादि राजनीति चल्दैन नेपाल मा |
      या त क्यास
      या त त्रास

      Reply
  31. Shyam Shrestha says:
    September 15, 2013 at 11:06 pm

    हाम्रो देशको दलहरुमा जनता को सेवा गरेर होइन जनतालाई तर्साएर, धम्क्याएर आफ्नो स्वार्थ पुरा हुन्छ भन्ने मानसिकता छ! येनिहरु राष्ट्र सेवक होइनान , येनिहरु त ठग्न र लुट्न को लागि राजनीति गरिरहेका छन् !So , I will never vote for this people

    Reply
  32. raeebi says:
    September 15, 2013 at 10:59 pm

    This in New Nepal.
    Think it, heart it, feel it, ……..

    Reply
  33. द्रोण says:
    September 15, 2013 at 10:54 pm

    पार्टी त् पार्टी गुण्डा को पनि पार्टी ,अपराधीको पनि पार्टी , देश विखण्ड मा लाग्ने को पनि पार्टी , टाप टिपेको पनि पार्टी , नेपाल मा ग्रिह युद्द को मिसन राखेर काम गरिरहेका पनि पार्टी |
    फ्री समाज र प्रजातन्त्र भन्दै येस्ता पार्टी हरुलाई छुट दिन मिल्छ ????

    अब उमेश जी ले हामीहरुलाई दह्रो प्रश्न राख्नु भएको छ |

    नेपाल ,इन्डिया ,पाकिस्तान कै कुरा गरौ यहा पार्टी भनेको के र के गरिरहेछ ?
    भुट्टो परिबार अरुबेला बेलायत मा मोज गरेर निर्वासित भन्दै बस्छ देश मा चुनाब को बेला राज गर्न पाकिस्तान छिर्छ ,चुनाब हारे फेरी सुरक्ष्या भन्दै दुवै बा बेलायत पुग्छ |

    हाम्रो देश को सुश्री सुजाता लग बाग तेस्तै गर्थिन , राजकुमार प्रकाशअहिले बादर कमरेड हरुलाई नेतृत्त्व दिन राजधानी मै हुनुहुन्छ , उडुस बा ( बैद्द्य बा ) ले सह कर्मी कमरेड हरुले देश लुट्दा कति थुक निस्केर बसुन त् , उनले चुस्नु परेन ?
    धन युद्द उनले पनि त् सगै लडेकै हो |

    तेसै ले सबै नेपालि ले सोच्नु पर्यो
    १) नेपाल मा पार्टी भनेको के ?
    २) नेपाल मा पार्टी हरुको गति बिधि के भैरहेछ ?
    ३) पार्टको को कार्यकर्ता भेन्को कस्ता हुन्छन र के चाहन्छन यिनले ?

    Reply
  34. shreesh thapa says:
    September 15, 2013 at 10:25 pm

    आन्दोलनकारीहरुलाई जनताले नै ठिक पार्नु पर्छ पर्छ अरुको मुख ताकेर हुदैन जति नै घृणित काम गरेपनि पार्टीहरु आफै आफै मिलिहाल्छन त्यसैले सबैले सोच्ने बेला आएको छ …यस्ता नर्कबासिहरुलाई छोड्नु हुदैन सबैलाई चेतना गराया….

    Reply
  35. raj says:
    September 15, 2013 at 10:20 pm

    हाम्रो देश मा कानुनी राज्य को स्थापना त आकास को फल आँखा तरी मर हुने भो यी गुण्डा र इनका इनका नाइके नमरुञ्जेल |

    Reply
  36. nil kaji godar says:
    September 15, 2013 at 10:19 pm

    अस्ति मात्र इंडिया मा बश मा आग्यो लागौनी ४ जना लै फासी को सजाय सुनाही एको थियो अब नेपाल मा पनि तेसाही गर्नु पर्छ ..

    Reply
  37. प्रकाश सापकोटा says:
    September 15, 2013 at 10:19 pm

    सहमतिमा भाँजो हालेर देश बन्दैन वैद्य बा
    यात्रु बसमा आगो बालेर देश बन्दैन वैद्य बा

    भाषण र बक्तब्यबाजीमा जनताका निम्ति भनेपनि
    जनताकै सामू सोमत् फालेर देश बन्दैन वैद्य बा

    उस्ले पाल्यो भन्दैमा आफूले पनि पाल्नै पर्छ र ?
    पार्टी-पार्टी भित्र गुण्डा पालेर देश बन्दैन वैद्य बा

    भत्केका छन जनताका मन-मझेरीहरू भत्केका छन
    बन्दको राजनितिले टालेर देश बन्दैन वैद्य बा

    शान्तिपूर्ण मार्ग छोड्नु उचित होइन ‘भनेर भन्नुस’
    फेरि द्वन्द्व र मुठभेड थालेर देश बन्दैन वैद्य बा

    (© प्रकाश सापकोटा)

    Reply
    1. Abhi says:
      September 16, 2013 at 12:35 pm

      बा बा भनेर यो पातकी लाइ नफुर्क्यौनु न हो साथी | गजल चाही राम्रो छ |

      Reply
  38. amar says:
    September 15, 2013 at 10:18 pm

    उनीहरु गर्दै जान्छन तपाईहरु समाचार बनाउदै जानुहुन्छ हामीहरु हेर्दै जान्छौ कसैले केही गर्नेवाला छैन । कोही त निस्क यार साला कुकुरहरु विरुद्ध अब त अति भो । क्ता निस्कन पर्छ म निस्कन्छु माओवादी हैन अब सबै दल विरुद्ध आन्दोलनको ज्वारभाटा दन्काउन जरुरी भैसक्यो यार उमेरले म २६ लागे केही हुन्छ की भन्दा भन्दा अब फेरी २६ कटाउनु पर्ने भयो भने त्यो जस्तो विडम्वना केही हुदैन यार । अब गरौ केही कमेन्ट मात्र गरेर बस्ने होइन साथिहरु अत्यचारको खिलाप गर्नुपर्दछ परिवर्तन यही जन्ममा देख्नुपर्छ ………

    Reply
    1. Aryan says:
      September 16, 2013 at 4:28 pm

      होइन अब सचैनै हामी सबै जाग्नु पर्ने बेला भए जस्तै छ. अति गर्नु अत्याचार नगर्नु भन्छन तर एहा त अत्याचारले पनि सिमा नै नाघी सक्यो. सहनुको पनि एउटा सिमा हुन्छा. हामी जनताकै नाम लिएर हमिलैनै मर्नु न बच्नुको अबस्थामा पुर्याउने हरुलाई हामीलेनै सखाफ नपरी नहुने अवस्था आएको छ. तेसैले अब संगठित भएर एस्ता राजनीतिको रंग दलेका अपराधी बिरुद प्रतिकारको लडाईं गर्ने पर्छ. तेसैले अब ढिलो नगरी संगठनको तयारी गर्न पर्छ . तपाईं हामी जस्ता व्यक्तिहरु सम्पर्क गरेर अन्याय को विरुद्ध संगठित हुनु पर्यो.

      Reply
  39. जीवन थापा says:
    September 15, 2013 at 10:10 pm

    नेपालमा जब सम्म अपराधीलाई कडा कानुन बन्दैन तब सम्म हामी निर्दोष जनताहरु यसरीनै राजनीतिकदलका गुन्डाहरुबाट सास्ती सहिरहनु पर्ने छ | जसले यो बसमा यात्रुहरुलाई पनि राम्रो संग झर्न नदिकन पेट्रोल छर्केर आगो लगायो तिनीहरुलाई समातेर येस्तै अर्को बस भित्र बन्द गरेर तेसै गरि बाहिर बाट पेट्रोल छर्केर जीउदै जलाई दिनु पर्ने अनि बल्ल थाहा हुन्थ्यो आगोको ताप कस्तो हुन्छ भनेर……..

    Reply
  40. chandra poudel says:
    September 15, 2013 at 10:10 pm

    बैद्य माओवादीले बिगतको बादरमुढे नरसंहारको अर्को सँस्करण दोहर्याउने जमर्को गर्‍यो । कति लाचार छौ हामि, हाम्रै भोटको आशामा चुनाबमा आउने दलहरू निशब्द छन्, कुनै पनि ब्यक्ति या समूह यो किसिमको अमानबिय काम गरि भोलि रिपोटर्स क्लबमा देखिने छ, ठुला ठुला कुरा गर्ने छ, अनि नेपाली मिडियाले तिनै कुराहरू यसरी हाईलाईट गर्ने छन् की बैद्यको समूहले युद्ध जितेको छ । यो किसीमको अमानबिय कार्यको जिम्मेवारलाई तुरुन्तै गिरफ्तार गरि फासी दिने कडा कानुन नेपालमा हुनु पर्छ। नेपाली राजनितिमा अब तेश्रो शक्तिको रुपमा स्पष्ट सैदन्तिक बिचार बोकेको अली कन्जरभेटिभ समूह निस्कनु पर्छ, जसले प्रजातन्त्रिक मुल्य र मन्यताको आदर गर्छ, व्याक्तिगत स्वातन्त्राताको कदर गर्छ, तर कुन हद सम्मको स्वातन्त्रता भन्ने एउटा मापदन्ड पनि निर्धारण गर्छ

    Reply
  41. lama says:
    September 15, 2013 at 9:55 pm

    यिनीहरुलाई त अब ज्यान मार्ने उद्ध्योग अन्तर्गत मुद्दा हालेर कडा भन्दा कडा सजाए दिनुपर्छ l मिल्छ भने यिनीहरुलाइ पनि त्यसरी नै गाडी भित्र हालेर जलाउनु पर्छ l अब कति हद सम्मको अन्याय र अत्याचार सहने हामी सोझा नेपालीहरुले ?

    Reply
  42. chandra poudel says:
    September 15, 2013 at 9:48 pm

    देशका सबै ठुला पार्टीहरुलाई यसपालिको चुनाबमा लोप्पा खुवाउदै जनताले नया बिचार र सिद्धान्त बोकेको नया शक्तिलाइ ल्याउनु पर्छ . कम्युनिज्म र इस्लाम दुवै आतंकको अर्को रुप मात्र हुन्, नेपालीहरुले विश्वको इतिहास र त्यसले पारेको क्षतिको अध्यान न गरि साम्यवादको लोलिपपको मिठा आश्वासनलाइ मात्र हेर्नु नै समस्याको जड हो . हामी अरुको देशमा केहि हुदा गृहयुद्ध भन्छौ, तर माओवादीले मच्चाएको नरसंहार जनयुद्ध हुन्छ, यसैमा पनि हाम्रो लाचारी देखिएको छ, सरकारको बिरुद्ध कुनैपनि हतियारधारी समुहले मच्चाएको आतंकले गलत आवरण पाउनु हुदैन, हामी गृहयुद्धलाइ केवल आतंक र गृहयुद्धकै रुपमा हेर्ने दृष्ट्रिकोणको विकास गरौ, हिजोको कुनै पनि आतंक आज राम्रो नाम र आवरण दिदैमा दुधले धोइदैन . हामीले हिजो भोगेको आतंकबाट पाठ सिक्न सक्दैनौ भने पनि कमसेकम अब आतंकलाइ बढावा त न दिउ .

    Reply
  43. binodthapaliya says:
    September 15, 2013 at 9:45 pm

    Sirs,

    Sorry can type in Nepali only one question to all human right activist/ nagarik manch/ comissoner of police/home ministry. what about the human rights of the owner of the bus the people working on the bus. It is our human rights to work and earn for living who are baidhyas/makunes/andes/guptes and there opportunist herd of un educated/filthy and ill hearted youths who tell their league of gentle man only have human rights and they can voilate others human rights to make police understand the human rights of the hooligans

    Where are we heading towards

    Reply
  44. शरद-क्षितिज पारीबाट says:
    September 15, 2013 at 9:39 pm

    हाम्रो देशका शिर्ष नेताको पगरी गुथेका केहि चण्डालहरु छन् जो गरिब, निमुखा अर्थात समग्रमा तल्लो र मध्यम बर्गीय माथि शासन गर्न केहि मिठा शब्दजाल र सुन्दर नाराको अनेक चतुराइ,अकर्मन्यताको बाटोबाट ब्यापार गर्छन अनि पुँजीपति, बिदेशी डलरदाता अनि भारु माताको सधै धोतीको पानि पिएर आफु बैतर्नी तर्ने बिश्वाश राख्छन त्यहि ‘देशलुट’ को दौडमा कहिलेकाहीं भागबण्डा नमिल्दा केहि आफ्ना सामान्य मानवीयता सम्म नभएका केहि मानव रुपी दानव मार्फत यसरी बिभिन्न तरिकाले निरिह जनताको बलि चढाएर आफ्नो मानसिक अनि सैदान्तिक नपुंसकताको पुष्टि गर्छन ! यो सम्पूर्ण नेतृत्व नै मानसिक नपुंसकताले ग्रस्त छ त्यसमा बैद्य बा अझ दुष्ट शिरोमणि रहेछन ! अब एउटा यस्तो भलै तानाशाह चाहियो जसले पहिले यी शिर्षनेता भनौंदालाइ (जो यो स्थितिका प्रमुख जिम्मेवार हुन्) सर्वस्व सहित कारावास ठोकोस र यस्ता अपराधीलाई ३ पटक झुन्ड्याउने (मरेपछि पनि ) फाँसी सुनाओस !

    Reply
  45. Subas C. Dhungana says:
    September 15, 2013 at 9:36 pm

    के शान्ति प्रक्रिया मा आउनु भनेको अब लुकेर होइन खुल्लम खुल्ला आतंक गर्ने अधिकार दिएको होर ? जनताले तिमि हरु जस्ता लाइ विश्वास गर्नु नै ठुलो भुल भयो | बाहिरि आवरण आस्वासन ले ढाकेपनि भित्र हृदयमा आतंकबाद नै छ | तिमि हरुको स्वार्थको लागि नेपाली जनतालाई कति बलिको बोका बनाउछौ ? धिक्कार छ तिमिहरुलाई इतिहासले यो घटना त्यति सजिलै बिर्सने छैन | एस्तो सिद्दान्त बोकेको र एस्तो अराजकता को प्रकास्थ नै नाघ्ने
    पार्टीलाइ मा कहिले समर्थन हुने छैन सधै सजग भैरहने छु |

    Reply
  46. Prajwal says:
    September 15, 2013 at 9:30 pm

    Seeing all these incidents, I feel like shooting moaist leaders with my 99 bullets. I have a dream, one day moaist leaders will have no space to put their feet in the land of Nepal. All of them are corrupted and they have voileted human rights. At this situation, they can neglect country’s law and order. But I have a dream there will be a day those corrupted and criminal moaist leaders will be brought forward in the court of Zeneva. And all the Nepalese citizen will be laughing.

    Reply
  47. Sonnam Tamang says:
    September 15, 2013 at 9:30 pm

    The world is a dangerous place to live; not because of the people who are evil, but because of the people who don’t do anything about it.

    Albert Einstein

    Reply
  48. Raj says:
    September 15, 2013 at 9:30 pm

    यो पनि नेताहरुले नेपाली जनताको लागि नै गरेको होला 🙁 हामी कति अभागी रैछौ .. अरु कहाँ पुगी सके हामी सदै बन्द हड्ताल मै … अब सबै जना उठौ सबै खाले बन्द को बिरोदमा….

    Reply
  49. भोला कोइराला says:
    September 15, 2013 at 9:23 pm

    यात्रुबसलाई यात्रीसहित जलाउने जस्तो क्रान्त्रीका महान आत्माहरुको कार्यप्रति स्वघोषित मानवअधिकारबादीहरुको मौनता अचम्मलाग्दो छ। कि,ति यात्रुहरु यि कथित मानवअधिकारबादिको नजरमा “मानब” थिएनन कि त यसबाट कहि कतै बाट सुको झर्ने होईन, किन बर्बबाराईरहनु भन्ने आशय हुन सक्ला…………..फेरी यि यात्रुहरुको बारेमा बोल्दा कस्ले डलर दिन्छ र ?

    Reply
    1. raeebi says:
      September 15, 2013 at 11:05 pm

      मानब अधिकार ठुला को लागि हो , जनता को लागि होईन ………..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme