देशमा रोजगार छैन। त्यसैले धेरै विदेश हान्निएका छन्। उताबाट रेमिट्यान्सको पोको मात्र आउँदैन, अनेक थरि प्रत्यक्ष/अप्रत्यक्ष सामाजिक समस्या पनि निम्त्याउँछ। प्रमाणका रुपमा त्यस्ता समाचारहरु हामीले हेर्दै आएकै हौँ। तर स्याङ्जामा यो महिना भएको एउटा घटनाले भने हदै नाघेको छ। यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक! सभ्य समाजमा सोच्न पनि नसकिने घटना कान्डका रुपमा अघि आएको छ। यस्तो घटना न हामीले पहिले कहिल्यै सुन्यौँ, न पछि कहिले सुन्नु परोस्।
स्याङ्जा खिलुङदेउराली गाविसको गोदार परिवारका छोरा वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका छन्। लोग्ने बाहिर रहेकै बेला बुहारीले पेट बोकिन्। सोधिखोजी हुँदा ६० वर्षका ससुराले जबर्जस्ती गरी पेट बोकाएको बयान बुहारीले दिइन्। ससुराले पनि स्वीकार गरे। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोधपूछ गर्दा बुहारीले अकस्मात् बयान फेरिन्- हैन, आफ्नै १४ वर्षका छोराले गर्भ बोकाएको।
लौ न कस्तो कलियुग लागेको- के के मात्र देख्न सुन्न परेको ! ससुरा-बुहारीको सम्बन्ध बाबुछोरीको जस्तो हुनुपर्ने। यहाँ ससुराले बुहारीलाई बलात्कार गरेको कुरा। अझ त्यो रातारात परिवर्तन भएर आफ्नै नाबालाक छोराले गरेको आरोप !
बयान फेरिएपछि प्रहरीले राति नै ती महिलाका १४ वर्षका छोरालाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लियो र ससुरालाई छाडिदियो।
तर, यो कुरा समाजलाई पचेन। दोषीलाई पक्रन अनुसन्धान नगरी चलखेल गरी निर्दोष नाबालकलाई फँसाउन खोजेको भन्दै वालिङमा रहेको वडा प्रहरी कार्यालय घेरियो। दिनभर नाराबाजी र धर्ना भयो।
आन्दोलनकारीको तारो थिए वडा प्रहरी कार्यालयका प्रमुख हरिकृष्ण केसी। पैसाको चलखेल गरी नाबालक बच्चालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेको आरोप थियो गाँउलेहरुको। बच्चालाई छोड, ससुरालाई पक्र- गाउँलेहरुको माग थियो। तर पीडित महिलाले दिएको बयान कै आधारमा छोरालाई पक्रेको भन्दै प्रहरी छोड्न तयार भएन। अनि आन्दोलनकारीले केही समय सिद्धार्थ हाइवेसमेत चक्काजाम गरे।
आन्दोलनकारीले चौकी नै नियन्त्रणमा लिन खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो। केही महिला र प्रहरी घाइतेसमेत भए। घटनाले उग्र रुप लिन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक आभुषण तिमिल्सिना आए र नाबालकलाई गाउँलेको जिम्मा लगाउने र आरोपीलाई पक्रने सहमति भयो।
भोलिपल्ट महिला अधिकारवादीहरुले बुहारीलाई सोधपूछ गर्दा म र छोराछोरी सुरक्षित हुने ग्यारेन्टी भए मात्र सब कुरा बताउँछु भनिछिन्। सुरक्षाको आश्वासन दिएपछि उनले प्रहरीकै अगाडि भनिछिन्- गर्भ ससुराकै हो। आफू र छोरा सुरक्षित हुने भएकाले छोरालाई आरोप लगाएको उनले बताइन्। छोरालाई त्यस्तो गम्भीर आरोप लगाएको त भन्दा बुहारी बोल्नै सकिनछिन्। रोएर बसिछिन्।
१४ वर्षका नाबालकले पनि कुटपिट गरेपछि डराएर आफूले हो भनेर बयान दिएको बताएछन्।
यो विषयमा टेलिभिजनमा समेत कभरेज भयो। इमेज च्यानलको एउटा कार्यक्रममा यो घटनाको रिपोर्टिङ भएको छ। इमेज च्यानलबाटै अपलोड भएको भिडियो हेर्नुस्-
यो घटनामा को दोषी हो, पूर्ण छानबिन नभएसम्म यसै बताउन सकिने कुरा हैन। तर घटनाक्रम सुन्दा निर्दोष लाग्ने नाबालकलाई समेत मिडियामा किन अनुहार चिनिने गरी अन्तर्वार्ता लिइएको हो, बुझ्नै गाह्रो छ। त्यतिमात्र नभई, मिडियामा उनी पढ्ने गरेको विद्यालय र कक्षासमेत खुल्ने समाचार आएका छन्।
मिडियामा पत्रकारहरुसँग कुरागर्दै बुहारीले यसो भनेको कुरा पनि आएको छ–“मैले श्रीमानको माया कहिल्यै पाइनँ, उहाँले ४ लाख दिन्छु सम्वन्ध विच्छेद गरौँ भन्ने प्रस्ताव आएको थियो अब ४ लाख होइन ४ कौडी पनि पाउने भइनँ।” यसले दुई वर्षदेखि पति विदेश भएका गोदार दम्पतीको वैवाहिक सम्बन्ध पनि राम्रो नभएको संकेत दिएको छ। वयस्कहरुले गरेको गल्तीको दोष बिचरा नाबालकलाई दिइएको छ। कस्तो भयो होला बिचराको मनस्थिति !
पढ्नमा अत्यन्तै लगनशिल बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेको विद्यालयका प्रिन्सिपललाई उद्धृत गर्दै समाचार आएका छन्। अहिले उनी असुरक्षित भएको भन्दै विद्यालयले नै संरक्षणमा लिएर गोप्य ठाउँमा लुकाएर राखेको रहेछ।
अहिले प्रहरीले समेत यो घटनाको अनुसन्धानमा हात झिकेछ। प्रहरी निरीक्षक हरिकृष्ण केसीको भनाईका रुपमा यस्तो उद्धृत गरिएको छ- “फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ। तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानबिन गर्न मिल्दैन।” यस्तो मुद्दा सीधै अदालतमा जान्छ रे।
तर बाल न्याय नियमावली २०६३ मा भएको व्यवस्था विपरीत किन राति गएर प्रहरीले गिरफ्तार गर्यो, त्यसको जवाफ चाहिँ छैन। के प्रहरीलाई पनि कानुन राम्रोसँग थाहा नभएको हो ?
अब प्रहरीले नै यो विषयमा छानबिन गर्न नमिल्ने भएपछि घटनाको सत्यतथ्य कसरी बाहिर आउला त ? अब त ससुरा पनि फरार छन् रे। खासमा दोषी को होला त ? अनि बिचरा बालक कहिलेसम्म त्यसरी असुरक्षित भएर बस्नु पर्ने होला त ? उसको भविष्यबारे सोच्ने चाहिँ को होला त ? घटनाको एक महिना बितिसक्दा पनि यी प्रश्न अनुत्तरित नै छन्।
काम वासनाले यस्तो भएको भन्दा अचम्म लग्छ. म २३ वर्षको भए, यो उमेर सम्म काम वासना कति हुन्छ सबैलाइ थाहा होला. बाटोमा राम्री केटि देखेपछि नहेरेको कहिले छैन होला तर आज सम्म गलत तरिकाले हात लगाउने, छुने प्रयास गरेको छैन र गर्नु पनि हुन्न जस्तो लग्छ. आफ्ना बहिनि हरुलाई अरुले तेस्तो गरे कस्तो लाग्ला भन्ने सोच्छु. सेक्सको अनुभव छैन तर पनि बाचिएकै छ. दिन आए पछि सबै अनुभव हुन्छ जस्तो लाग्छ. त्यसैले सेक्स थाम्नै नसकिने कुरो हो जस्तो मलाइ लाग्दैन. सेक्स थाम्न सकिन्न भन्ने मान्छेको बहाना जस्तो मात्र लाग्छ. नैतिकता राम्रो भए यस्तो घटना हुदैन होला.
मेरो व्यक्तिगत विचार मात्र!
DNA टेस्ट गरे हुन्छ, सबै थाह पाइन्छ, येत्तिकै बयानको आधारमा फैसला लिनु उचित नहोला.
यस्ता घटना नहुन्, सुन्न नपरोस, देख्न नपरोस हामी सबै को, समाजले मान-सम्मान र इज्जतका साथ अघि चलोस् भन्दा भन्दै घट्ने यस्ता घटनाबाट अति नै सतर्क हुनै पर्छ/
कथा कहानी जस्तो लाग्ने फोहोरी चाल-चलन जरै देखि उखेल्नु पर्छ/ कतै काहीं हाम्रै गाऊ-ठाँउमा त यस्तो उम्रन खोदाई छैन, होसियार हुने होकी!!!!!!!!!!!????????????
त्यस्ता पातकी बुढालाई तुरुन्तै समाएर कारबाही गर्न पर्छ नभएदेखि पुलिसले पैसा खायो कि खाएन भन्ने कुरा यही बाट थाहा हुन्छ ।
८-१० बर्ष पहिले लुम्बिनी अञ्चल को एउटा जिल्लामा मा येस्तै एउटा घटना भएको थियो, तेस्मा १५- १६ बर्ष को छोरो ले आमालाई गर्भवती बनाएको थियो | लोग्ने २-३ बर्षमा १०-२० दिनको लागि घर आउथ्यो | आमाछोरा बच्चै देखि संगै सुत्थे रे, एकदिन अछानक छोराको बैंश आयो, आमाले रोकिन रे अनि तेस्तो काम महिनौ सम्म महिलाले आफु गर्वबती भए भन्ने थाहा नपाउञ्जेल चल्यो रे (गाउले लाइ उनीहरुले दिएको बयान अनुसार| घरमा अरु लोग्ने मान्छे थिएनन्, अरु परपुरुष को गर्भ भएको भए शायद उनीहरुले एस्तो बयान दिनु पर्थेन होला). त्यो घटना पुलिस वा अदालत कहिँ पुगेन | सन्तान पनि जन्म्यो | गाउले ले तेती धेरै हस्तक्षेप गरेनन (हस्तक्षेप गरेर पनि के नै गर्न सक्थे र, मुद्दा नै कति अफ्टेरो थियो | गाउलेले अब फैसला लोग्ने को हातमा छोडिदिए |) पछी विदेशिएको बुढो घर फर्क्यो, गाउले संग परामर्श गर्यो तर गाउले बिचराले के सल्लाह दिन सक्थे र? उसले सबैलाई आफूसंगै विदेश लग्यो | अनौठो लाग्छ त्यो घटना सम्झिदा; कसरि बाचेका होलान संगै वा विदेश गएपछि छुटिए कि? जेहोस एउटा नराम्रो काण्ड त भैसकेको थियो, गाउले ले त्यो संग जोडिएर आउन सक्ने अरु नराम्रा घटना देख्नु परेन |
सबै को कमेन्ट पढे, कसैले नि ससुरालाइ दोषी देखेन. मुख्य दोषी त त्यो ससुरा नै हो. जसको सम्ररक्छन मा बसेको छोडेको हो उसैले नै बलात्कार गर्ने कोसिस गरेपछि ती महिला को के लाग्नु र? सामाजिक र आर्थिक सुरक्छा को कारण ले पनि ससुरा को कुकर्म बुहारीले बाहिर ल्याउन नसकेको हुनुपर्छ. ससुराको धम्कि को कारण ले छोरा लाइ दोस लगाएको होला. बिचरा त्यो निर्दोस बालकलाइ ( नातिलाई) फसाउन खोज्ने ससुरा/हजुरबुवा लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ. अरुले पेट बोकाएको भए ती महिलाको दोस हुन्थ्यो तर यहा त ससुराले नै पेट बोकाएकोहुदा ती महिलालाइ निर्दोस नै मान्नुपर्छ यसभन्दा पहिले एस्तो घटना भएको सुनेकिथिए. छोरा पढ्न घर बाहिर गएकोबेला ससुराले बुहारीलाई पेट बोकाएर पछि गर्भ पतन गराएको. पछी छोरा/ श्रीमान् ले थाहा पाएपछि घरै जान छोडे.न उनले बाउ लाइ केहि भने न श्रीमतीलाई. उनका साथीभाई ले श्रीमतीलाई घरबाट निकाल्ने सल्लाहा दिदा श्रीमतीको दोस केहि नभएकोले घरबाट निकाल्न नसक्ने कुरा गरे. उनले भने अरुसंग भएको भए पो श्रीमतीलाइ दोस मान्ने यो त सम्रक्छन दिने मान्छेबाटै पेट बोकाइएकोछ. न उनले श्रीमतीलाई घरबाट निकाले न श्रीमती संग श्रीमान्श्रीमतीको बिचमा हुनेजस्तो ब्यबहार नै गरे. पछी ४,५ बर्ष पछि श्रीमती जोगी बनिन र बाकी जीबन स्वोर्गद्वारीमा गएर बिताईन. सामाजिक र आर्थिक कारणले गर्दा महिलाहरु नचाहादा नचाहादै पनि ससुराको गर्भ बोक्न बाध्य हुन्छन. यस्तै भएको छ यहा पनि.
बिचरो …बिदेशमा लोग्ने चाहिको हालत कस्तो होला यो खबरले ….आफ्नै बाउप्रति कति बित्रिसना…र स्वास्नी …..सोच्दै कति अपराधी बोध हुने….
यो घटना हुनु को मुख्य कारक तत्व के हो त? के समस्या को मूल यी महिला अथवा ससुरा अथवा पुलिस मात्रै हो त? येस्मा महिला को मात्रै दोष देख्ने समाज को केहि दोष छैन त? आफ्नो श्रीमती र छोरा लै छाडेर २/४ वर्ष लाई विदेश जाने पुरुष को छैन त? कुनै पनि महिला अथवा पुरुष को सरिरिक र emotional आवश्यकता हुन्छ? २/४ वर्ष लोग्ने परदेश मा हुदा पैषा मात्रै पठाएर आफ्नो जिम्मेबारी बाट पन्छिन खोज्ने पुरुष पनि त्यतिकै जिम्मेदार छ. यो घटना मा दोष त्यो महिला अथवा उनको ससुरा भन्दा पनि, एस्तो घटना लाई संसनिखेंज बनाएर, अर्काको पिर मा मज्जा लिने मेडिया, हाम्रो समाज र हाम्रो पुरातनबादी सोच को देख्छु.
स्त्री चरित्र दैवले पनि बुझ्न सक्दैनन् भन्थे, हो रैछ | मेरो बिचारमा यो सेक्सको खेलको दुष्परिणाम हो | पेट नबोकेकी भए यो खेल निश्चय पनि अझै चल्दै जाने थियो, किनकि उसको श्रीमान विदेशमा छ र आइमाई सेक्सकी भोकी हो | यो खेलमा खेल्ने पुरुष खिलाडी दुइ जनाको नाम उसैले भनि सकी, अरु पनि थिए कि, भन्न सकिन्न | ६० वर्षको लोग्ने मान्छे आजकलको जमानामा खर्रो हुन्छ नै, त्यो सबैलाई थाहा भएकै कुरा हो | त्यो छोरा भन्ने १४ वर्षकै हो भन्ने के छ र, अलिक ठुलै हुनु पर्छ | DNA गराएमा कसको गर्भ हो, पत्ता लाग्न सक्छ | कसको हो कसको हो, छुट्याउनु नसकेर ससुरा र छोरा दुवैलाइ आरोप लगाएकी हो | हिजो आज ब्लु फिल्म हेर्ने छ्याप छ्याप्ती छन्, बलात्कारका घटनाहरु यहि कारणले पनि घटी रहेका छन् भनेर प्रहरीले नै भनि रहेको छ | त्यो केटोले र ससुरोले पनि हेर्थ्यो कि, के ठेगान ? त्यसैले यसमा धेरै दोष महिलाको छ | राम्रो सित केरकार गरेमा र DNA टेस्ट गरेमा सत्य बाहिर आउन सक्छ | मजा लिने बेलामा लिएर अहिले नासो कता फाल्नु भएकोले यो समाचार बनेको हो, नत्र यो खेल जारी रहने थियो होला | यस्तो घिन-लाग्दो सेक्स गर्ने तिनै जनालाई हदै सम्मको सजाय होस् |
अनि पुरुष को चरित्र चै पुरुष ले बुज्छा? कस्तो कुरो गरेको राम जी?
अपराध के हो ? चोरी, डकैति, हत्या, बलात्कार हुन् / चोरी किन हुन्छा ? समाजमा बेरोजगारी भयपछि अपराध बढ्छ / किन ? “खाली दिमाग, सैतान को घर ” / काम नभएपछि युवाहरु क्यारम खेल्ने, तास खेल्ने, दारु मदिरा सेबन गर्ने, ड्रग्स खाने, गाजा खाने गर्छन / यी सब गर्न पैसा चाहिन्छा / सधै कहाँ बाट ल्याउने ? चोरी डकैति गरेर ल्याउने / चो री गर्दा डकैति गर्दा कोहि अबरोध गर्न आयो भने त्यहाँ हत्या हुन्छा अनि चोरि डकैति पछि हत्या हुन पुग्छ / यो अपराध को श्रीन्खला हो / देश मा रोजगारी छैन / अलकति बुद्धि हुने हरु विदेश मा रोजगारी को लागि जान्छन / कोहि त्यही देखर जान्छन / विदेश जानु कुनै ठुलो कुरा होईन / तर जब नब बिबाहिता जोडी बिदेशीन पुग्छ / तब त्यहा यौन कुड़ाको सिकार दुवै हुन्छा / बलात्कार यौन कुण्डको कारण हुन्छा / यौन उम्लीयाको दुध जस्तो हो कुनबेला तातोले पोखिन्छा थाहै हुदैन / पोखिसके पछि जिब्रो काटने बाहेक अरु के नै गर्न सकिन्छा र / बिगार गर्ने ले बिगार गर्यो तर भोग्ने चाहि जताबाट पनि महिलानै हुन्छा / तर जब यो अपराध परिवार भित्र हुन्छा यो अज खर्तरनाक हुन्छा / यौनको कुरा गर्दा नेपाली समजमा एक उखान छ “भात खाने मुख ले भात खान्छ , भात नखाने मुख ले के खान्छ ?” विदेश जानु बिबाहिताहरु अघि यो कुरा विचार गरेरमात्र विदेश जानु / परदेशमा केटाहरुलाई पैसा भएपछि सबै पाहिन्छ / भोग्ने त देशमा महिला मात्र हो / तसर्थ यौन काम गर्दा परिवार नियोजन को आस्थाई साधन बारे पूर्ण ज्ञान अनि साधनको पहुच हुन पर्यो / परिबारको मर्यादा घरमुली ले राख्ने हो / तर जब “जो घर मुली त्यो नै बाटो ……..” भय पछि कसको के लाग्छ र / माथि को घटनामा त्यो बालक को बिजोक भाको चाही एकदम दुखद कुरा हो / बाकी कुरा कानुन जानुन / यो समाजको अनाबश्य हस्तछेप चाही ठिक होईन / “नेपाल को पुलिश दीउसै भट्टीमा हुली, काम कर्तब्य जीम्मेबारी सबै भुली ” अन्त्यमा के भो के भो भन्दै आउछन /
यदि कोहि पुरुष २-४ वर्ष को लागी विदेश जादैछ भने ध्यान दिनु पर्ने कुरा हरु …..
श्रीमान को तर्फ़ बाट ..
१) सबै भन्दा राम्रो कुरा बिबाह नगर्ने
२) बिबाह गरि हाले पने श्रीमती लाइ गर्भवती नबनाउने
३) घर मा आफु बसुन्जेल लाइ पुग्ने कृतिम sex toys किनेर राखिदिने वा खरिद गर्ने ठाउ र तरिका सिकाइदिने
४) यदि यो सबै गर्न सकिदैन भने स्वास्नी ले जो संग सुते पनि मतलब नगर्ने , जो द्वारा बच्चा जन्माएपनि चुप लागेर स्याहार गर्ने
श्रीमती को तर्फ़ बाट
१) विदेश जान लागेको वा फर्केर आइ फेरी जान लागेको केटा संग बिहे नै नगर्ने
२) यदि गरि हाले पनि गर्व नबोक्ने (पछि अरु संग पोइल जानुपरे सजिलो हुन्छ) र सकेसम्म कृतिम यौन(बजार मा कृतिम योनाङ्ग भनेको जस्तो प्रकार को प्रसस्त किन्न पाइञ्छ ) साधन प्रयोग गर्ने
३) यदि कोहि संग शारीरिक सम्बन्ध राख्नु परे आफन्त भन्दा बाहिर का व्यक्ति संग गोप्य रुपमा अस्थाई साधन प्रयोग गरेर मात्र राख्ने
४) यति हुदा हुदै पनि लोग्ने फर्केर आएपछि दाया बाया कुरा गरि आफै ठूलो कुरा गर्न थाल्छ भने लात हानि अर्को राम्रो केटा खोजेर बिहे गर्ने
यो सब उपाय भन्दा नैतिक शिक्ष्या र धार्मिक आचरण मा जोड दिए कसो होला ?
अफिमै सहि |
ठिकै हो तर यौन प्राकृतिक कुरा हो नैतिक वान र धार्मिक व्यक्ति को लागि पनि उत्तिकै आबस्यक छ जति अरुलाई छ त्यसैले यसलाई मर्यादित बनाऊ भन्न खोजेको बन्द गर्न होइन …………….नत्र झन् बिस्पोट हुन सक्छ |
सबै ले बुझ्न पर्ने कुरो के हो भने यौन भनेको जैविक आवस्यकता हो – खाली प्रेम र सन्तान अभिब्रिधि गर्ने मध्यम मात्र होइन / थोरै व्यक्ति हुन्छ यो अवासक्य्तालाइ बसमा राख्न सक्ने त्यागी नैतिकवान तर हाम्रो समाजमा बैदेसिक रोजगारको कारण बिबाहित महिला पुरुस धेरै लामो समय छुतियेरा बस्दा यो बिकराल समस्याको रुपमा देखा परेको छ /
तसर्थ यस्ता बिकृति को मूल कारण लोग्ने स्वास्नी लामो समय छुटिएर बस्नु हो / त्यो किन भन्दा देश मा रोजगारी नहुनु हो / रोजगारी किन भएन सोध्यो भने देश र जनता लाई सोच्ने राजनीतिज्ञ , नेता प्रशासक नभएर हो / अनि हाम्रा नेता किन यति सार्हो गए गुज्रेका भएका भन्दा नेपाली जनता हरु सार्है सोझा भएर वा धेरै जान्ने भएर कि यो पार्टी को कि त्यो पार्टी को जुठो खान पाइन्छ कि भनेर विभाजित मनैस्थिति लाई नै हो / त्यसै ले यस्ता बिकृति तब सम्म भैरहन छ जब सम्म हामी मुख मा बुचो लाएर भाते नेता लाइ सहि रहन्छौ, जब सम्म हाम्रा दाजु भाई दिदि बहिनि हरु विदेशिने क्रम जारी नै रहन्छ /धन्यबाद
मान्छे यति सम्म गिर्न सक्छ भन्ने नमुना हो यो! कानुनका रक्ष्यक नै यसरि बिक्रि भए पछि न्यायको लागि मान्छेले कति दुख भोग्नु पर्ला सहजै अनुमान गर्न सकिन्छ. पाप धुरी बाट कराउछ भन्छन हेरौ के हुनेछ, उक्त १४ बर्से केटो देखेर नि दया जाग्यो!! चाडै सत्य तथ्य बाहिर आवोस्!!
खोक्रो आडम्बरी संस्कृति को अन्तिम परिणति यो भन्दा पनि बढी भयानक र लाजमर्दो आउन अझै बाँकी छन…रानीपोखरीको चारैतिर बार छ , तर हाम्फाल्ने लाइ छेक्न सक्दैन . त्यस्तै हो ,यी र यस्ता कुकर्म व्यभिचार हो भन्ने धर्म र धारणा छ , तर उल्लंघन गर्ने को कमी छैन…अत: ,’टाउको’ देखि नै शुद्धिकर्ण गर्नु चुनौती खडा भएको छ – नेपाली समाजमा
राम्रो संग सोचेर यो प्रकरण लाइ हेर्ने हो भने हिजो इंडियाको मुम्बई मा भएको सामुहिक बलात्कार भन्दा कुनै कम छैन यो l हाम्रा भ्रस्ट प्रहरी प्रशासन अनि राजनैतिक संजालले भोलि नेपाललाइ पनि तिनीहरुकै बाटोमा नलग्ला भन्न सकिन्न l देशको भ्रस्ट प्रशासन अनि प्रहरी हरुमाझ जति हामि जनतामा बिस्वास को कमि ले गर्दा घृणा उब्जिन्दै जान्छ तेंही हामि राजनैतिक लथालिङ्ग बात उब्रिसकेका जनता हरुले भोलि यस्ता समाजका कसिंगर हरुलाई आफै बढार्न पर्ने अवस्था आउन सक्छ र त्यो वास्तबमै तिनै समाजका किडा हरुको लागि दर्दनाक हुनेछ न कि हुनसक्छ किन भने यो कुरो धुर्ब सत्य हो l
बेकार आज बिहान बिहानै माइसंसार खोलेछु… यस्तो घृणित समाचार सुन्नु पर्यो ! हाडनाता करनी गर्ने बापति ससुरो र पातकी बुहारीलाइ तथा डिएसपीलाइ कानून बमोजिम सजाए भएको सुन्न पाउँ /
हैन महिला अधिकारकर्मी मात्रै हुन्छन, बाल अधिकारकर्मी हुन्नन्. बरु ज्यानै गए पनि कोहि महिलाले आफ्नै कलिलो बालकलाई बलात्कारको आरोप नलगाओस.
“स्यांग्जालिलाई नभन जाली ” भन्ने गित छ अरे ! त्यसै गित बनाएको होइन रहेछ नि ! साह्रै नै जाली झेली काम पो भाको रहेछ त !!!
शशांक जी मानसिकता त तपाइको पनि बापति ससुरो र पातकी बुहारीको भन्दा कमि रहेनछ त २ जनाले गरेको गल्तीमा सबै जिल्लावासिलाइ एउटै देख्ने ?
येसो चाई न भनि हाल्नुस सशांक जी, तपाई कै गृह जिल्ला मा पनि कुनै जिब्रो टोक्नु पर्ने घटना त पक्कै भयकै होला | कुनै बेला पचहत्तर जिल्ला मा स्यांग्जालिनै प्रमुख जिल्ला अधिकारी थिए, यो कुरा पनि ख्याल गरौ |
हेर्नुस मलाई सबै भन्दा बढी माया त्यो बिचरा १४ बर्षीय केटाको लाग्यो ! अनि रिश चै त्यो नक्कचरि आइमाई र के के न गरे भनेर अन्तरबार्ता लिने भयका ति मेडियावाला संग उठ्यो ! हेर्नुस यो देशमा ५०% नेपाल बन्द , हड्ताल , चक्काजाम गराउने दुनिया निर्दोषको बेइजत गर्ने तपाई मेडिया हरुले नै हो ! ये बाबा यो बन्द हड्ताल आयोजना गरको समाचार नदिय हुन्न भन्या ! तापैहरुलाई पनि समाचार बिकाउन पर्या छ !
ससुरो/ बाजे भनाउदो को चै दोस नादेख्नुभा??
Pakisa जी,
दोष ससुरो को पनि छ/होला तर आफ्नो श्रीमान बाहिर भएको बेलामा यौन प्यास मेटाउन जो संग पनि सम्बन्ध बनाउन तयार हुने आइमाई पनि चोखि चाहिँ पक्कै हैन होला | गर्भ बसेको भएर यो घटना बाहिर आको हो नत्र ससुरा बुहारीको यो रसलिला सधै चलि रहन्थ्यो होला र तपाई हामी त के तेस्को श्रीमानले पनि कहिले सुइँको सम्म पाउने थिएन | अझ सोच्नुस त जसले आफ्नो ससुरा संग नै तेस्तो सम्बन्ध बनाएको छ तेस्को बाहिर अरु कति जना संग छ होला |
समाजमा चियो चर्चो आइमाईको चरित्र लाई लिएर हुन्छ तेसैले बढी होसियार पनि आइमाई हरुले नै हुनु पर्दछ | तपाई मान्नुस या नमान्नुस यो हाम्रो समाज को यथार्थ हो |
धन्यवाद !
राज जीले आइमाई लाई मात्र दोष दिदै हुनुहुन्छ . सोच्नुहोस, बुढा छोरामान्छे ६० वर्ष भैसकेपछि पनि कोहि नपाएर आफ्नै छोराको स्वास्नी संग लाग्ने को चरित्र कस्तो होला त ? अनि छोरामान्छे चाही जो संग लागे पनि हुने, जति जना संग सुते पनि हुने, छोरीमान्छे चै लोग्ने भन्दा अरु संग बोले मात्र पनि पातकी हुने? मलाई त् लाग्छ छोरीमान्छे लाई बिगार्ने जति सबै छोरामान्छे मात्र हुन्. यथार्थ के हो भने नेपालमा एक जना पनि छोरामान्छे छैन जसले २-३ वटा छोरी मान्छे संग छोटै समयको लागि भए पनि मोज मस्ती नगरेको होस्. अरुलाई दोस दिएर आफु चोखिने बानी त् नेपालीको हो नै.
थुक्क समाज कस्तो घिन लाग्दो गरि बिग्रेको हो?
कहिले आफ्नै बाबुले छोरीलाई , कहिले ससुराले बुहारीलाई, कहिले दाइले बहिनीलाई
सम्झिदा पनि लाज लाग्छा. गणतन्त्र मा आए पछि एस्तो समस्या बढेको होकी पहिला पहिला बाहिर नआएको हो सलोक्यो जी ? अब एस्त समस्या को समाधान कसरि गर्दा ठिक होला सबैको राय लिएर सरकारलाई सुझाब पो दिने होकी?
यो सेक्स बिकृति फैलुनी मा बेश्या वृत्ति लाइ बैधानिक र ब्यबस्थित न बनाइनु पनि हो |
निद्रा ,भोक जस्तै काम पनि अपरिहार्य बताइन्छ त् क्रेता र बिक्रेता भएपछी बजार न दिनु
सरकार को गल्ति हो |
बैधानिक न भएपनि छयास छयास ति बेश्या वृत्ति भएको कटु सत्य हो , तेसैले नारि हिम्सा, बलात्कार रोक्न संबिधान भन्दा पहिले रेड लाइट एरिया देश काल र समय ले मागे जस्तो छ है |
पहिला पूर्णरूपमा सत्यबाहिर नआएसम्म यसोउसो भन्नु गलत होला कि ? जेसुकै लोग्ने बाहिर भएको बेला स्वास्नी गर्भवती भएबाट यो घटनामा एउटा सामाजिक झल्किन्छ । तर यस्ता अत्यासलाग्दा घटनालाई लिएर समाजलाई झन् बढी पातकी बनाउने काम गलत हो । रेडलाइट एरिया बनाउनेले त्यसलाई आफ्नो चेलीबाट उद्घाटन गर्ने सामर्थ्य राख्नुपर्छ ।
आफ्नो अनुभब को आधार मा भन्नु भएको भए त् के भनौ र ?
नत्र सिधा अर्थ मा सोच्दा भोक लागे रेस्टुरेन्ट छिर्ने , बिरामी भए अस्पताल छिर्ने र ति जो काम बासनालाई लाइ कन्ट्रोल गर्न सक्दैनन् आफ्ना छोरी ,बुहारी माथि खनिने अबस्था मा पुग्छन तेस्तालाई एउटा निकास हो रेडलाइट एरिया !
एसका नेगेतिब र पोजितिब इम्प्याक्ट को बारे चै लामो बहस हुन् सक्छ |
आखा अगाडी र दिन दिने बढेको छोरी बलात्कार , बुहारी बलात्कार र नारि हिम्सा को
सानो समाधान हुन् सक्छ कि भन्ने जिज्ञासा हो |
अरू कसैको चेलीलाई हिम्साको भंगालोमा हालेर आफ्नो घरको हिंसा कम गर्ने सोच राख्नेले अरूले पनि त्यस्तै नसोच्लान् भन्न सकिन्न ।
अरुको चेलीलाई आखा लाउनु हुन्न पुष्प जी , ति पनि आफ्नै नजरले हेर्नु पर्छ |
नजर सुधार्नुस, मन सफा राख्नुस सब ठिक भै हाल्छ नि |
रेडलाइट एरियामा एलिएनलाई ल्याएर राख्ने त द्रोणजी ?
कोइ कोइ स्वेच्छा ले , बेश्या वृत्ति गर्ने हरु , कोइ कोइ घर मा स्वास्नी बा लोग्ने हुदा हुदै ब्यबीचार को आदत भएका हरु बा कोइ कोइ अबिबाहित नै यिनीहरु पनि समाज कै हुन् र यो लाइन बाटै हो आपराधिक गतिविधिको बढी सम्भाबना भएको , हो येसैलाई नियन्त्रण मा राख्न रेड लाइट कन्सेप्ट |
यो विश्व को भारत लगाएत ( मुस्सल्मान देश को चै थाह भएँन ), युरोप ,अमेरिका धेरै देश मा छ|
अब हाम्रो देश मा पनि यौन कर्मी को संख्या लग्बग लाखौको हाराहारीमा रहेको हुदा एस्लाई ब्यबस्थित बनाइनु पर्ने समस्या हो | एस्लाई पनि हतियार जस्तै बुझ्नुस , नियन्त्रण मा रहे ठिक छ , न रहे गोलमाल मचाउछ बा मच्याउन सक्छ |
(नोट : देश र समाज भनेपछि तपाइँ र म मात्र हुदैन धेरै थरिका मानिस र धेरै थरिको कल्चर ,संस्कार बोकेका ,
हुन्छन अल्लि ग्लोबल हिसाब ले सोच्नुस त् |
सबैनेपाली मावोबादी हुन्नन् कोइ कोइ कांग्रेस ,एमाले ,राप्रपा ,फोरम ,त् म लो पा , हरियाली पार्टी , राजाबादी , मुक्ति सेना ,जोगी ,भोगी सब हुन्छन )
यस्ता विषयमा अरुको कुरा नगरौं । नेपालको सन्दर्भमा यौन ‘व्यवसाय’ गर्नेहरूलाई नजीकबाट बुझ्नेहरूलाई सोध्नुस् एकदमै थोरै प्रतिशतमात्र ‘स्वेच्छा’ले त्यतातिर लागेका छन् र उनीहरू पनि विकल्प पाएको खण्डमा यस्ता घृणित काम गर्न चाहँदैनन् । यो एउटा विशुद्ध बाध्यता अनि परिबन्ध हो । हाम्रो सन्दर्भमा भन्ने हो भने यौन व्यवसाय पुरुषप्रधान समाजको एउटा घटिया कर्तूतबाहेक केही होइन ।
यो ‘विकल्प पाएको खण्डमा येस्ता काम गर्दैनन्’ भन्ने कुरा एउटा एकदम धेरै प्रयोग हुने नारा हो \ सबै मान्छेहरु बेश्यब्रिती गरेका छैनन्, गिट्टी फोडेर बाल बच्चा पढाएका छन्, घर घरमा गएर लुगा धोएर/भाडा माझेर पनि आम्दानी गरेका छन् | तेसैले एउटा बयस्क भएको मान्छेले कुनै पेसा गर्छ भने ‘यो नैतिक, त्यो अनैतिक ‘ भनेर छुट्याउने गर्नुको कुनै तुक हुन्न | बरु मैले तल भने जस्तो ‘कसैले लागु पदार्थको कुलतमा पारेर, यौन किन-बेच गर्न बाध्य बनाएको ‘ हो भने कुरा serious हुन्छ नत्र , केहि फरक पर्दैन |
अनि एउटा कुरो , restaurant हरुमा काम गर्ने कतिपय बयस्क युवतीहरु कस्ता रैचन भने (सबै होइन है ): waitress को कामले मात्र धेरै आम्दानी हुन्न तेसैले restaurant बन्द भएपछि ग्राहक संगै जाने रे,| होइन कतिपयले त्यो २/३ हजारको जागिर पनि पाएका छैनन् | बोर्डिंग स्कुलमा पढाउनेले ३ हजारमा काम गरेको पनि देखिएको छ, उनीहरु ग्राहक खोज्दैनन क्यारे | अनि अहिलेको जमानामा सरकारले एक-एक मान्छे लाइ जागिरको ब्यबस्था गर्ने अनि एक-एक मान्छेले के गरि राखेको छ भनेर हिसाब किताब गरेर बस्न सक्दैन |
अनि बेस्यब्रिती पनि लागु पदार्थ जस्तै मान्छेको सरिर को biological सिस्टम मा नै असर गरेर मान्छेलाई लागु औसधि प्रति पुरै addict गर्ने खालको समयस्या भएको भए यसलाई पनि गैर-कानुनी बनाएर सरकारको पुरै सक्ति लगाएर रोक्नु पर्थ्यो , तर कुरा तेस्तो होइन \
विद्यालय होस् वा रेष्टुरेण्ट, क्षमताभन्दा कम पारिश्रमिक – यही त हो परिबन्ध ।
स्वेच्छा ले लागेका हुन् बा कोइ द्व्वारा फ़साइयेर लागेका हुन् ,बा एक चोटी फसेपछि निस्कन न सकेका हुन् एक लाख को हाराहारीमा देश मा यौन ब्यबसायी रहेको कटु यथार्थ हो | भोलि झन् कम हुने भन्दा पनि बढ्दै जाने बास्तबिकता हो | तेसैले ब्यबस्थापन नियम कानुन सम्बत तरिकाले आवस्यक छ |
एक लाखलाई पुनर्स्थापना गर्नु राम्रो कि ‘व्यवस्थापन’ गरेर यौनधन्धामै पिल्स्याउनु राम्रो ?
तिनीहरु मध्ये कोइ यौन ब्यबसाय लाइ छोड्न चाहने हरु स्वतन्त्र छन् , कसैले जबर्जस्ति गर्न मिल्दैन कानुनि राजमा |
फेरी सरकार ले ब्यबस्थापन गरेर ,रोजगार दिएर ,इज्जतको जिन्दगि दिएर राख्छ र तेस्मा उनीहरु सन्तुस्ट हुन्छन भने त् त्यो भन्दा राम्रो कुरा के भो र ?
तर फेरी पनि सत्ययुग देखि कलि युग सम्म , अमेरिका ,युरोप ,चिन ,भारत देखि बेश्या र बेश्यालय सब्द जीवित छ |
उनीहरुले तेस्लाई ब्यबस्तापन गरेर निश्चित ठाउ मा मात्र गर्न पाउने , रेडलाइत् एरिया घोसना गरेर राखेको छ हामीका छैन |
तेसैले मसाज पारल्र को नाउमा , रिसोर्ट को नाउमा ,क्याबिन रेस्टुरेन्ट को नाउमा , रत्नपार्क को गल्लि , टुडिखेल को मैदान , बिर्हस्पिटल को प्रांगण सबै बद्नाम हुन् पुगेको छ |
राजधानीको केटा हरु धेरै खासाको यौन यात्रा गरेको देखेको छु , पारीपट्टी माउसेतुङ्ग को चिन ले खासामा
खुले आम बेश्यालय राखेर यौन धन्दा गर्न दिएको छ |
तेसैले आजको देह काल परिस्थिति अनुसार रेड लाइट एरिया हाम्रो देश मा पनि चाइयेको हो कि भनेको |
चीनको त के कुरा गराई भो र द्रोण जी , अहिले संसारको सबै भन्दा बढी आर्थिक असमानता भएको देश मध्हे मा पर्छ | राजनीति बाहेक अरु केहि कुरामा सरकारको नियन्त्रण छैन चीनमा |
अरु त अरु सामाजिक सुरक्ष्य प्रणाली राम्रो भएका देश भनिने scandenevian countries हरु मा पनि कानुनी-गैरकानुनी बेस्स्यब्रिती छ | तेसैले एस्तो कुरामा ५० हजार , १ लाख मान्छेलाई सरकारले ब्यबस्थापन गरेर समाधान हुने कुरै होइन | अर्क्रो १ लाख निस्किन्चन | लागु पदार्थको किन-बेच बाहेक अरु कुरामा सरकारले जबर्जस्ति गर्ने नै होइन.|
चीन होस्, भारत होस् वा अमेरिका; मैले पहिल्यै भनिसकेँ अरुको किन कुरा गर्नु ! हाम्रो पहिचान भिन्न छ, त्यसैले विशिष्ट छ । शत््प्रतिशत त केही पनि हुन्न, तर धेरै हद्सम्म यस्ता घृणित कृयाकलाप हटाउन गाह्रो पक्कै छैन हाम्रो देशमा । १ लाखबाट झारेर ५० हजारमा पुर्याउने कि थप १ लाखका लागि बाटो खुला गर्ने ?
यौन आकान्क्स्या मा पहिचान ले कुनै कुरा गर्दैन
नेपालि मा यौन चाहना कम हुने , अरुमा बढी हुने भन्ने छैन बरु स्वस्थ पहाडी हावापानी , यार्चा गुम्बा ,सिलाजित ले झन् बढी होला कि ?
इन्डिया ,चाइना ,अमेरिका ले हटाउने गाह्रो भएर रेड लाइट एरिया घोसना गरेको होला ?
कि व्यक्तिगत स्वतन्त्रता को आदर गरेको होला ?
बरु राजनीति परिवेश , ब्यबस्था भिन्न सुहाउदो भन्न मिल्छ , यौन चाहना ,रिस ,भोक को हिसाब ले सब समान छन् |
बिहे गरे भइहाल्यो नि त्यति धेरै आक्रान्त पारेको छ भने होइन भने अरु थुप्रै सरल र सहज उपाय पनि छन् (जानकारी नभए) । किन अरुको चेली ताक्नु !
छतीस को उपाय ले यहा त् शान्त हुनुहोला , धेरै कोसंख्या त् प्राकृतिक समाधान नै खोज्छन | फेरी कुरा तपाइको र मेरो हैन , एक लाखको हाराहारीमा रहेको पेसेवार को ब्यबस्तापन को हो | आजको यान्त्रिक समाज मा हिजो जस्तो तुरुन्त सानै उअमेर मा बिहे गर्ने साइत जुर्दैन | आजकाल समाज जटिल भैसक्यो , बिहे नगर्ने गर्ल फ्रेन्ड ,ब्याई फ्रेन्ड बस्ने चलन आइसक्यो | बिस्तारै डैभोर्स पनि बढ्दै जान्छ |
मान्छे हरु एक चोटी मर्यादा को लक्ष्मण रेखा नाघे पछि फेरी फेरी पनि दोहोरिने र केहि ले पैसाको लागि सेक्स गर्ने क्रम तेसै थपिदै जान्छ पुष्प जी |
फेरी बलिवुड र हलिउड जस्तो समाज पनि थपिन्छ , माने एउटा सुतिंग को क्रम मा एउटा ब्वाई फ्रेन्ड ,आर्को सुतिंग को क्रम मा आर्को ब्वाई फ्रेन्ड ( किनकि यी सुतिंग महिनौ र कुनै त् बर्सौ चल्ने प्रोजेक्ट हुन् )|
क्रमश सेक्स भनेको दिसा पिसाब गर्नु जस्तै हल्का हुदै जान्छ (विदेश मा जस्तो ,मन मिल्यो सुति हाल्यो )
आब हाम्रै देश को कुरा गरौ |
तपाइँ बिरामी कुर्न बिरस्पताल जादा ,”ये दाइ जाने हो ,सुन्नु भो भने कस्तो लाग्ला ?”
भै रहेका र भबिस्यमा तेस्ता पेसा अपनाउने को ब्यबस्तापन को कुरा हो |
फेरी पनि तपाइँ चेली ताक्ने कुरा किन गर्नु हुन्छ ?
रेकर्ड मा रहे ,अनुगमन मा रहे ,हिसाब किताब मा रहे बिकृतिको पनि नियन्त्रण हुन्छ , बेहिसाब बिकृति बोकेर आफु बिसिस्ट को फुइ दिने ?
चोरलाई चोरी गर्न छूट दिने, ठगलाई ठग्न छूट दिने त्यसो भए । अनेकथरी महामारी रोग पस्कने यस्ता कुकृत्यलाई कानूनी मान्यता दिने जस्तोसुकै तर्क गरे पनि गलत हो । दार्चुला(?), जहाँका ९०(?) प्रतिशत जनता एड्स पीडित छन् भनिन्छ । उनीहरूले ल्याउने एड्स मान्यता पाएको भारतबाटै हो ।
चोरी ,ठगि र यौन नितान्त भिन्न बस्तु हो |काहाको कुरा कहा लगेर जोड्नु भो फेरी |
अशुरक्षित सम्बन्द बात महामारी हुने गर्छ , कानुनि दायरा भित्र रहेर ,नियन्त्रण मा रहेको कुक्रित्त्य (तपाइको भासमा ) हानिकारक कि ?
भुस को आगो जस्तो ,अनियन्त्रित कुक्रित्त्य हानिकारक ?
निश्चय पनि बिस(प्वाइजन ) हो ,तर नियन्त्रित गर्नु पर्यो भनेको |
आफ्नो अनुगमन र नियन्त्रण मा रहे बिस ले पनि बोट बिरुवा को किरा मार्छ ,बिस ले बिस पनि मार्छ |
यो कुरा पनि तेस्तै हो |
तपाइले भन्नु भएको एड्स को उपचार छैन तर नियन्त्रण गर्न सकिन्छ | यो मानब सभ्यता देखि रहिआएको बेश्या वृत्तिको पनि अचुक ओखति छैन , सिर्फ निश्चित घेरा भित्र राख्नु पर्यो |
हस्पिटल मा ,मन्दिर मा , स्कुल मा ,पार्क मा जताततै बेश्या वृत्ति तपाइँ देख्न सक्ने ?
एस्लाई निश्चित ठाउमा राखौ भन्दा नानाथरि गलत तर्क गर्नेपुश्प जी ?
नराम्रो कुरा चाहे जेसुकै होस्, नराम्रो नै हो । जुनसुकै सभ्यतादेखि रहँदैआए पनि नराम्रो भनेको नराम्रो हो, यसलाई कुनै पनि हालतमा बढावा दिने काम गरिनुहुन्न ।
होइन ! आफ्नो इच्छाले लागेका महिलाहरूका लागि रेडलाइट बनाउने भए सोच राख्नेहरूले पुरुषहरूका लागि पनि त्यस्तै व्यवस्था गर्ने कुरो किन नगरेका होलान् ? सक्नुहुन्छ पुरुष रेडलाइट एरियाबारे कुरा उठाउन ?
ल ठिक छ अब पुरुस रेडलाइट मा जानु भो ,
ठिकै छ जिज्ञासा राख्नु भएकोमा |
समय ले मागेपछि तपाइँ ,हामि केहि हैनौ पुष्प जी |
राम्रो होस् बा न राम्रो |
दिनै पर्छ |
त्यो बेला न राम्रो भन्न पाइन्न |
ज्ञानेन्द्र ले लुरुक्क परेर छोड्नु पर्यो कि परेन ?
गद्दफिले कुत्तेकी मौत मोर्नु पर्यो कि परेन ?
सद्दाम ले आफै हात ले डोरी भिरेको देख्नु नै भो होला ?
तपाइँ हाम्रो सानो भ्रुण केहि काल पछि
हामि भन्दा नै बलबान भएर आउछ |
अमेरिकी रास्ट्रपति बुस र कन्जरभेटिभ , चर्च सबै पुरुस ,पुरुस बिबाह को खिलाफ छ
तर पनि म्यासाच्युसेट्स लगायत धेरै राज्य मा पुरुस ,पुरुस बीच को बिहे कानुनि भैसक्यो |
क्यानाडा ले मान्यता दिएको त् जुग भैसक्यो |
अब भबिस्य मा हाम्ले न दिम त् ,तेस्रो लिंगी ले जुलुस निकाल्छ (एमाले ले साथ् देला कि ??)|
राम स्वयम् भगवान थे, तेस्मा बाल्मिकी जस्तो बिद्द्वान गुरु थे , सुन को मृग हुदैन भन्ने खुद थाह हुदा हुदै काल( समय आएपछि भनेको ) ले बसिभुत भएर राम मारीच को छल मा परे कि परेन ?
कथा अनुसार अहिलेको परमाणु अस्त्र जस्तो त् अर्जुन ले सानो
छेस्का मा मन्त्र फुकेर सिर्जना गर्न सक्थ्यो , (दिब्यास्त्र भन्छन ) तर समय आएपछि भिल्ल को भाला बात पराजित हुनु पर्यो , माहाभारत को तेत्रो रखवाला आफ्नो दोस्त भनि कि भगवान कृष्ण को श्रीमतीको भिल्ल बाट रक्श्या गर्न सकेन |
तेसैले पुष्प जी यो संसार आर्कै को ग्रयाण्ड डिजाइन ,इञ्जिनियरिङ्ग बाट चलेको छ ,
तापई हामि के अझै के के अनुठो देख्नु छ हेर्दै जानु छ |समय को माग हो , मागेपछि दिनै पर्छ न दिए आफै खडा हुने वाला छ रेड लाइ एरिया स्त्री जातिको |
पुरुस को सन्दर्भ मा यहा लाइ जानकारी दि हालौ
जावलाखेल एरिया मा धेरै लाउरे बस्थे , पति ब्रिटिश गोर्खा मा , केहि साथि हरुले त् कन्ट्रया क्ट नै लियेथे उ बेलाको कुरा |
आफ्नो आफ्नो लाइन हो पुष्प जी ?
समयको माग त के-के छ के-के द्रोणजी ! तर नराम्रा कुनै पनि कुरा पूरा गर्न हुँदैन । मैले पुरुष रेडलाइट कुरा यस अर्थमा गर्या हुँ कि महिलालाई जसरी यौनमेशिनका रूपमा हेर्नेहरूले पुरुषलाई हेर्न सक्छन् कि सक्दैनन् ? आफू वा आफ्ना छोरालाई रेडलाइट एरियामा जान सजिलो बनाउनेहरूले आफ्नी श्रीमती वा छोरी पनि रेडलाइट एरियामा गएको हेर्न सक्छन् कि सक्दैनन् !
रेड लाइट एरिया मा तपाइँ न गइ न चल्ने ,बा म नगई बन्द न हुने हैन | यहाँ तपाइँ र म जस्ता हरुको कुरै छैन , त्याहा जाने बिसाल जनसमुदाय को आफ्नै लाइन हुन्छ , उनीहरुको परिवेश छुट्टै खालको हुन्छ | समाज मा धेरै बर्ग को मानिसहुन्छन | समाज झन् जटिल हुदै गएको छ |
कार्ल्स मार्क्स कै पाला को समाज मा धनि बर्ग र गरिब बर्ग मात्र भएकोले र पछि मध्यम बर्ग को कन्सेप्ट आएकोले उसको थ्योरी अपुरो छ भनेर राजनीति सास्त्र को प्रोफेसर ले भन्नुहुन्थ्यो |
आज को सामाज त् झन् जटिल मोड मा छ |
फेरी नारीलाई सेक्स मेसिन ठान्ने भन्दै मन लाइ सागुरो बनाउदै किन कुरा गर्नुहुन्छ | बृहत सामाज मा धेरै थरिका मानिस छन् , उनीहरुको संस्कार अनुसार कसैले यौन मेसिन को रुप मा हेर्ला त्यो नजर को धोका हो , कोइ ले बाचा पाउने मेसिन को रुप मा हेर्ला , त्यो पनि गलत हो |
सबै को आफ्नो आफ्नो सोचाइ हुन्छा ,ग्यान बिबेक अनुसार को आफ्नो आफ्नो हेराइ हुन्छ |
तेता तिर किन जाने |
तपाइँ र तपाइको परिबार पर सोच्नुस , त्याहा जाने को आफ्नै संसार हुन्च्छ ,
ओहो यहाँ त अझै बहस चलिराखेको रैछ 🙂 | हत्तेरिका द्रोणजी ले सारै मनासिब कुरा गर्नु भो | मध्यम बर्गको गतिसिलाता देखि, आफ्नै आफ्नै लाईन आफ्नै संसार हुने कुरा , अनि जवालाख्लेल तिरको कुरा | तर त्यो जावलाखेलमा मात्र होइन अन्त धेरै ठाउँ तिर हुन्छ है , आजकल त जिल्ला सदारमुकाम तिर पनि हुन्छन तेस्ता कुरा : बुज्नु भो होइन |
समयको माग भयो भने मज्जाले पुरुस बेस्स्यालय पनि चल्छ , बास्तबमा कानुनी हैसियत पाएपछि महिला , पुरुष भनेर छुटयौन नै परेन नि , दुइतै बैधानिक |
अनि एस्त कुराहरुमा मान्छेहरुले आफ्नै दिदि बहिनि , छोरिको बारेमा सोच भंचन \ त्यो बेकार हो | अझ कतिपयले बलात्कार जस्तो केसमा “आफ्नै दिदि बहिनि लाई पनि तेस्तो हुन सक्छ भनेर किन नसोचेको होला पापीले ” भन्छन | जबर्जस्ति गर्नु त महा-पाप भैहाल्यो नि आफैमा , दिदि बहिनि को कुरा गर्नै पर्दैन नि | तेस्को अर्थ त आफ्नो दिदि बहिनि नहुने वा दिदि बहिनिको वास्ता नगर्ने मान्छेले चै जबर्जस्ति गर्यो भने केहि नहुने जस्तो !
अनि बेस्यब्रितीकै कुरामा पनि धेरैले बैधानिक बनाउनु पर्छ भन्ने ले आफ्नो चेली लाइ तेस्तो गराउने हिम्मत गर्न पर्छ भन्दा रैचन | आफुले राम्रो संस्कार दिन प्रयास गर्ने हो , तर समाजमा धेरै थरिका मान्छे हुन्छन , उमेर पुगेका बहिनि छोरि तेस्तो बाटोमा लाग्न थाले भने अनि आफुलाई पनि त्यो त कानुनी भए पनि सारै अनैतिक कुरो गर्न लागि जस्तो लाग्यो भने “तेरो मेरो सम्बन्ध सकियो , तेरो अनुहार कहिले पनि हेर्दिन ” सम्म भनिन्छ | जबर्जस्ति गर्न, उमेर पुगेकालाई पिट्न भएन क्यारे , अनि कतै समाचारमा सुनिने जस्तो : तल्लो जातको संग पोइला गइ, मेरो बेजेत भयो भनेर मार्न पनि भएन |
हो ठीक कुरा गर्नुभो यहाँ तपाईं वा म भन्ने छैन यहाँ; हामी भनेर सोच्नुस् । संसार सानो भइसक्यो । फन्दामा जो पनि पर्न सक्छ ।
तेसैले त् हामि भनेर सोचेको नि | हामि भनिसकेपछि आफुलाई मन न परेपनि अर्को को चाहना , पेसा को कदर गर्नु पर्यो |
अर्को को स्वतन्त्रता को कदर गर्नु पर्यो |
समाज मा इलाइट बर्ग मात्र बस्दैन गरिब , पेसेवार , मध्यम बर्ग सबै बस्छन | आफुलाई
निको लागेन भनेर पेसेवार हरुलाई पेसा गरेर खान न दिए हामि भन्नुको के औचित्य ?
संदेश जी
तेही त् भनेको ,पुष्प जी लाइ समाज मा बस्ने सबै बर्ग र तप्काको पेसालाई कदर गरु गर्न न सके कम से कम खिलाफ चै न गरौ भनेर आग्रह गरेको नि |
होइन ‘धन्दा’ कहिलेदेखि ‘पेशा’ हुन थाल्यो ?
तेही त् बुझ्न नसक्नु तपाइको कमजोरी हो |
तेसै लाख को संख्यामा पेसेवार यौन कर्मी हरु छन भनेर छापा हरुमा लेख्छन ?
समय अनुसार चालु प्रगति सिलता हो | समय लाइ रोक्न खोज्नु पुष्प जी हो भन्ने खोज्नुभएको ?
लाखको संख्या भन्नेहरू त्यही ‘मोडल’ उत्पादन गर्नुहरू कथित सञ्चारमाध्यमहरू हुन्, जसले कुनै अध्ययन गरेका हुँदैनन् । एकाध गतिछाडाहरूसँग अन्तर्वार्ता लिएर देशको दृश्य नै त्यस्तै भएको देखाउनु, मनगढन्ते कथा रच्नु र तपाईंले त्यसलाई विश्वास गरिहाल्नु तपाईंको कमजोरी हो । यस्ता विषयमा अध्ययन अनुसन्धान गर्नेहरूको विचार बुझ्नुस्; अपवादबाहेक कोही पनि ‘पेशेवर’ छैनन् । बिग्रेको आलु फाल्ने कि अरू आलुलाई पनि बिग्रिन दिने ?
गरिबी त् लुकाउन खोज्छेउ बुहारी तर ला को कपडा त् जताततै भ्वांग परेको छ |
मसाज पार्लर को नाउमा ठमेल र अन्यत्र पनि खुलेआम , सानेपामा ठुलो घरैलियेर महंगोमा , रिसोर्ट हरुमा , क्याबिन रेस्टुरेन्ट हरुमा , बस पार्क(पुरै देस को ) ,रत्न पार्क, बिर्हस्पितल वर पर
ओ माइ गड पुष्प जी काहा छैन ?
पत्रिका र मिडिया मा तेसै आएको हैन पुष्प जी ?
हावा न चलि पात हल्लिन्न |
फालेर मिल्ने ,सकिने आलु भएत फाल्ने , फालेरै न सकिने , कुहिएर गनाउला भन्ने डर , अनि निश्चित ठाउमा भण्डारण गर्नु परेन ?
केहीले यी सब देखेको कुरा लेखे, केहीले त मनगढन्ते कुरा पनि लेखे र तपाईंले पत्याउनुभो । तर यिनीहरूलाई नजिकबाट बुझेकाहरूको कुरा बुझ्नुभएको छ कहिल्यै ? कहिल्यै एकचोटि उनीहरूको ठाउँमा बसेर सोच्नुभएको छ ?
अनि कुहिएको आलुलाई ‘नफालेर’ त्यसलाई भण्डार गर्नुले वातावरण झन् बढी दुषित हुन्छ । व्यवस्थापन गर्नुको अर्थ काम नलाग्ने आलुलाई भण्डार गरेर राख्ने होइन कि यसलाई सकिन्छ भने ‘रिसाइकल’ गर्ने हो ।
अब बुझेर बस्ने भन्दा पनि समाधान मा जानु पर्ने बेला हो | समय ले मागेको कुरा दिने |
तेस्तो बुझ्नुपर्ने केहि छैन |
तपाइँ मेरो नजिक आउनु भो |रिसाइकल गर्न पनि त् भण्डारण गर्नु पर्यो नि ?
तपाईंको भण्डारण विधिले रिसाइकल गर्दैन, बरु बाँकी आलुलाई पनि बिगार्छ ।
तपाइँ लेखेको मा र नेताले भनेकोमा बिस्वास गर्ने मान्छे सायद भएकोले सायद देखेको र अरु देश ले अपनाएको विधिमा बिस्वास गरनुहुन्न |
अरुकुरा मा अमेरिका ,भारतको ,युरोप को चाइनाको सिको गर्न हुने यो कुरामा मा चै किन न हुने ?
अमेरिकामै पनि सबै राज्यमा यस्तो ‘व्यवस्था’ छैन । सबै राज्यमा यौन धन्दालाई मान्यतासमेत छैन वा भनुँ प्रतिबन्ध छ । भन्नुको अर्थ त्यत्रो ठूलो राष्ट्र त पूर्णरूपमा यस्ता धन्दामा खुला छैन भने हाम्रो आकार, संस्कार लाई ध्यानमा राख्ने हो भने त यस्ता विषयमा नसोचेकै राम्रो । उनीहरूले बाध्यतामा स्वीकार गरेको कुरालाई हामीले सहर्षजसो लागू गर्नु विद्वता ठहरिँदैन ।
उनीहरुले पनि भुस को आगो जस्तै भित्र भित्र सल्केर खरानी हुनुभन्दा भनेरै रेड लाइट एरिया स्तापना गरेका हुन् , एकाध राज्यामा भएपनि त् छ नि तेस्ले यौन ब्यापार गर्नेको अधिकार सुरक्षित गर्छ |
देश को जता ततै त् हुनुपनि हुन्न, जता ततै न होस् भनेर उनीहरुले निश्चित ठाउमा अखडा राख्न दियेका हुन् | हामो मा न हुदा बानेस्वर देखि जलेश्वर , जता ततै छ | झन् दुर्गन्धित छ |
त्यसै हो भने सीमापारि नै लागे भैगो नि ! किन ठमेल धाउनु !
कुरा सुबिधा दिने ,लिने को हैन |भएको गन्दगिलाई तह लाएर राख्ने को हो |
अब समय ले देश मा रेडलाइट एरिया को माग गरेको कुरा को हो |
दुर्गन्धको मूल कारण र स्रोत पत्ता लगाएर कम गर्ने कि दुर्गन्धलाई तहमात्र लाउने कुरामा ध्यान दिने ? दुर्गन्ध त अवश्यम्भावी हो; तह लाए पनि कम गरे पनि आइहाल्छ, मूल कुरा कुन ठीक कुन बेठीक भन्ने हो ।
अब तपाइकै सब्द पैचो लिदै ”दुर्गन्ध त अवश्यम्भावी हो; तह लाए पनि कम गरे पनि आइहाल्छ, ”
येस्मा दुवै को सहमति |
अब कुरा रह्यो तह लाए पनि ,कम गरे पनि आइहाल्ने , जसको कुनै काट छैन त् तेस्तो लाइ त् सकभर कम गरेर ,नियन्त्रित तरिकाले आफ्नो ठाउमा राख्नु पर्यो , जथाभाबी भाइरस जस्तो फैलिन दिन भएँन , निश्चित एरिया मा गर्न दिने अन्यत्र कडा कानुन लागाएर निषेध गरिदिने |
त्यो के जाति भाइरस त्यस्तै ठाउँबाट फैल्या हो भन्ने कुरा त उल्लेख गरिरहनुनपर्ला क्यार !
तेस्तो ठाउबाट हैन तेस्तो ठाउमा नियत्रित हुन्छ , रुल अनुसार चल्छ , बिना रुल बाट चल्ने हालको नेपाल को अघोसित बेश्या बजार बाट फैलेको हो |
तेस्तो ठाउमा डाक्टर ले नियमित चेक अप हुन्छ , साधन बिना डुबुल्की लगाउन पाइन्न | नियम हुन्छ त्यहा को अझ भनौ कोठी अनुसार को |
अब रत्न पार्क ,बिर्हस्पिटल अगिल्तिर बाट टिपेर सुन्धाराको लज मा लग्यो , एकछिन को मस्ती
पुरै जिन्दगीलाई सास्ती जस्तो हुदैन | ‘मान्छे ,गाडी ,राडी ,खेलाडी सब मा नियन्त्रण चाहिन्छ ”
यस्ता कुरामा नियन्त्रण होइन रोक लाउनुपर्छ । पूर्ण रूपमा रोक लगाउन सकिदैन त्यो आफ्नो ठाउँमा छ । जुन कुराले राम्रो गर्दै गर्दैन त्यो चोरीचकारी भन्दा भिन्न हुन सक्दैन ।
जसरि सुर्य लाइ हत्केला ले छेक्न सकिदैन , यो मानिस को दैनिक दिसा ,पिसाब जस्तै खालको चिज भएकोले कुनै कानुन र सिमा ले पूर्ण रुप मा रोक्न सक्दैन , तेसैले नियन्त्रण आवस्यक छ |
समस्या यहीँनेर छ; कसैले यसलाई भोक ठान्ने, कसैले यसलाई शौच । तर वास्तविकतामा यौन यी दुवै कुरा होइन । प्रेमबिनाको यौन हवस हो र धन्दामा प्रेम हुन्न । समाजमा विकृति ल्याउने यौन होइन त्यही हवस हो । हवसलाई बढावा दिने कुरा जायज हो भन्नु दिनलाई रात भन्नुजस्तै हो ।
आज नेशनल जोग्राफिकमा ‘ट्याबू’ हेर्दै थिएँ, नेवाडा राज्यका ग्रामीण क्षेत्रबाहेक अरू कतै पनि यौनधन्दा वैधानिक छैन रे ! गुगल गर्दा त हो रहेछ । खुला मानिएको त्यत्रो देशले यसलाई लगभग रोक लगाएको छ भने हामीले उसैको उदाहरण दिनुको तुक छैन ।
प्रेम र लब स्टोरी को कुरा या भै रा छैन ?
कुनै श्रीमान ले श्रीमती सग सगै प्रेम ले बसिभुत भएर सम्पर्कक गर्छ ?निश्चित समय आएपछि सरिर ले यौन सम्पर्क माग्छ |
फेरी कुरा यो हो र त्यो हो को हैन ? बिकृतिको सेफ ल्यान्दिंग को हो |
त्यो हबस स्वस्थ सरिर हुने सब मा हुन्छ , तेस्ले मार्ग खोज्छ |कोइ जथाभाबी गर्दै अपराधको बाटो मा पुग्छन |
यी सब अपराध कम गर्न , र बिबिध अबस्थामा रेड लाइत् एरिया बस्छन |
नेबादा को गाउमा बेश्या वृत्ति हुने अन्यत्र लास भेगास मा ,टेस्कास मा , लाखौ को स्ट्रिप कल्ब र बार हरुमा हरिकिर्तन ,र सप्ताह माहा पुराण हुने पक्कै हैन |
तारिफ गर्नुस अमेरिका को केटा र केटि होस् बा , बेश्या ,बेश्यी होस् बा बुढा बुढी होस् जो ,जाहा , जसरि मिले पनि आफ्नो जिउ माथि आफ्नो अधिकार( बेचु बा न बेचु ) को ग्यारेन्टी हुदा हुदै पनि रेड लाइट एरिया दिएको छ |
यो पनि याद राख्नुस रेड लाइट एरिया कुनै विश्व बिद्द्यालय हैन जता ततै खोल्नु पर्ने ?
हबस लाइ बढावा दिने हैन पुष्प जी हवस् लाइ नियन्त्रण गर्न को सब कुरा भैरहेछ |
नेबादा आफै नेपाल भन्दा पनि ठुलो छ, तिनका गाउहरु भन्दा के तुलना गराई भो र ?
“हबस स्वस्थ सरिर हुने सब मा हुन्छ , तेस्ले मार्ग खोज्छ” भन्नुलाई आफै एकचोटि व्याख्या गर्नुस् शंकरजी । लोग्ने-स्वास्नीबीचको सम्पर्क सामाजिक, कानूनीरूपमै सामान्य हो र यसमा प्रेम हुन्छ वा हुन्न भन्नु भन्दा पनि यसमा बाध्यता हुन्छ कि हुन्न भन्ने हो । लोग्ने-स्वास्नीबीच बिनाप्रेम वा बिनासहमति वा बाध्यतामा हुने सम्पर्कलाई त बलात्कार मानिन्छ ।
द्रोणजी, मेरो भन्नु पनि त्यही हो एउटा विशाल देशको एउटा राज्यको एउटा अमूक क्षेत्रमा मात्र दिइएको वैधानिकतालाई लिएर हामीजस्तो संस्कार अनि संस्कृतिले भरिएको देशमा यस्ता कुरा गर्नुक तुक छैन । यस्ता कुरालाई नियन्त्रण भन्दा रोक लगाउनु नै सहज र सबैका लागि राम्रो हो । स्वयम् ती सबै भोगीहरूका लागिसमेत ।
रोक्न असम्भब भएर नै नियन्त्रण को कुरा आएको हो नि सम्झनुस त् | इतिहास ,पुराण देखि समाज ले रोक्ने ,बेश्यावृत्ति लाइ दण्डित गर्ने गरेकै हो झन् भुस को आगो जस्तो समाज लाइ ग्रसित बनाउदै हस्पिटल ,चोटा, कोठा सबै तिर बाट निस्किन थालेको ले निश्चित ठाउमा राखेर ,निश्चित ब्यबहार गर्नु आवस्यक परेको हो|
चीन जस्तो कडा कानुन भएको मुलुक ले त् रोक्न सकेन ?
फेरी विश्व का अधिकांस देश मा हुने हाम्रो चै बिसेस भन्न पनि मिल्दैन |
शतप्रतिशत सुधार त केहीमा पनि हुँदैन द्रोणजी । मूल कुरा फेरि उही हो – जहाँ राम्रो गर्न सकिने प्रबल सम्भावना रहन्छ, त्यहाँ नराम्रो किन छान्ने ?
२ वोटा कुरा को चोइस छ या त् यथा स्थिति मा फैलिन दिनु पर्यो , न भए नियन्त्रण मात्र भए पनि गरेर राख्नु पर्यो त्यो बाहेक निमिट्यान्न हुन्न भन्ने कुरा मा सहमति को अहिलेको अबस्था हो |
माने अब आएर उहिरुप्मा यथास्थिति बादी कुरा गर्दा त् देस र समाज लाइ नै घाटा छ , अग्रगामी
कदम भन्नाले हाललाई नियन्त्रण नै हो भन्ने हामीलाई लागि रा छ |
विकृतिलाई नियन्त्रण गर्ने भन्ने कुरै आउँदैन । सरकारी संयन्त्रलाई प्रभावकारी बनाउनेमात्र हो भने यस्ता विकृति छुमन्तर हुन धेरै बेर लाग्दैन ।
संसार को कुन चै संयन्त्रको जिकिर गर्नुभएको कुन्नि ?
नेपाल मा सरकारी संयन्त्र ले काठमान्डू को सामान्य भन्दा सामन्य फोहोर ब्यबस्तापन गर्न न सकेको हाल को अबस्थामा रहन सहन र जिबन सग गाजिएको बिकृति लाइ छुमन्तर भनेर भन्न त् सकिएला , भन्दैमा जाने जिरो प्रतिसत पनि सम्भावना छैन |
नियम-कानून, राज्य-सरकार आदि कसैमाथि पनि विश्वास छैन भने किन चाहियो रेडलाइट !
नियम ,कानुन को परिधि भित्र राखेर नियन्त्रण पुर्बक चलाउन लाइ नै चाहिएको हो रेडलाइट |
तपाइँ एस्तो कुरा गर्ने ,तापाइको कुन चै बलियो सरकार ले अहिले सम्म यो बिकृति रोक्न सक्यो र बिस्वास गर्ने ?
न हिजो को तपाइको जनमुखी सरकार ले सक्यो र पहल गर्यो न आजको खिलराज को सरकार ले ध्यान दिएको छ बा दिन्छ नै , हाल बानेस्वार मा बिहार देखि १२- २० बर्स को केटि हरु ल्याएर गरेको बृहत कोटीको बेश्यावृत्ति पत्रकार ले हाल मात्र फेला पार्यो ,हाला कि ४-५ बर्स देखि यो चर्चा मा थ्यो ?
गंदगी लाइ हटाउने त् परे जावोस तह लाएर राख्न पनि न सक्ने अनि अनि एस्तो हुनु पर्छ ,उस्तो हुनु पर्छ भनेर ठुला ठुला कुरा गर्ने ?
तपाइले हटाउन न सक्ने भएरै रेड लाइट एरिया दिनोस भनेको |
नियम कानून नमान्नेले रेडलाइट एरिया नै धाउँलान् ? अनि नाबालकहरूलाई समेत धन्दामा लगाउन पछि नपर्नेहरू रेडलाइटमै सीमित होलान् ? राजनीतिमात्र स्थिर रहने हो भने नेपालमा यस्ता विकृति दशमलवमा सीमित हुनेछ ।
नया लुगा कहिले सिउने ?
राजनीति स्तिर भएपछी |
बिकास कहिले हुन्छ ?
राजनीति स्तिर भएपछी |
२० रुपिया सापट लेउन , ल लाउ ,
कहिले फ़र्काउछौ ?
घोडेजात्रा को भोलि |
यो काल्पनिक कुरा भयो |
कुराले हलुवा पाक्दैन |
द्रोण
नाङ्गिने नै इच्छा हो भने त के भन्नु र खै ! नाङ्गिनलाई आइतबार कुरिरखना पर्दैन ।
समाजलाई नाङ्गिन बाट जोगाउन नै यो सब कुरा भैरहेछ |
हस्पिटल , पार्क ,रिसोर्ट ,होटल हरु ,लाज हरु ,क्याबिन रेस्टुरेन्ट , मसाज पार्लर , पशुपति बनकाली एरिया ,स्वयम्भु एरिया ,हुदा हुदा ठुलो घर भाडा मा लिएर ग्राहक बाट धेरै रकम असुलेर टोल टोल मा अब के बाकि रह्यो ?
खै तपाइको लाज ?
रहर ले नाङ्गिनु भएको छ कि थाहै न पाई ?
भित्र त सबै नांगै हो । बाहिरबाटै नांगिन चाहनेहरूको कुरा गर्या ।
भित्र ,बाहिर दुवै तिर बाट नांगी इ सक्यो , अब बरु
यथार्थ धरातल मा आएर लाज जोगाउने हो कि ?
जताततै नांगोमात्र देख्नेले पो आफ्नो लाज जोगाउने कि !
नागियेर पनि खोक्रो इजत को दुहाइ दिने हरु
आफ्नो यथार्थ परिस्थिति भुल्नु भएँन |
मुख अनुसार को बोलि ,आफ्नो यथार्थ अनुसार को ब्यबहार हुनुपर्यो ?
हामि चीन,भारत भन्दा बिसिस्ट छौ भनिसके पछि कसरि पनि देखाउन पर्यो ?
उनीहरु ले युज गरका राज्य संसाधन , सामाजिक प्रणाली हामि का चै बेठिक भन्ने आधार के ?
तापाइले कसरि सोच्नु भएको छ कुन्नि ?
मानौ तपाइँ आफ्नी श्रीमती बा ,आमा बा बहिनि सग हिडिरहेको बेला रत्नपार्क तिर कुनै नगर बधु ले दाइ जाने हो भने अब सोच्नुस तापाई को आमा ,श्रीमती बा बहिनि ले के सोच्नुहुन्छ ?
अनि सम्बन्ध मा कस्तो असर पर्ला ?
अनि बेश्या वृत्ति रोक्न सकिन्न गाह्रो छ त् कमसेकम तह लाएर राख्नु पर्यो कि परेन ?
,
रत्नपार्कमा डुल्नेहरूमा यथार्थ देख्ने आँखालाई उपचारको खाँचो छ । अनि उनीहरूको बोली मात्र सुन्ने तर पीडा नबुझ्नेलाई त के भन्नु र खै !
बुझेर पनि बुज पचाउने दिमाग लाइ उपचार को खाचो छ | के मावोबादिले चन्दा माग्दा जस्तो ज्यानको धम्कि दिएर उनीहरु बेश्या वृत्ति त् पक्कै गरेका हैनन् | यहा खुला पार्क को कुरा हुदैछ न कि कुनै कोठी को ?
पेसेवार को पिडा बुझ्दै हिड्ने ले उसको पेसा नै रोक्न खोज्दिने ? यहि हो यहा को बुझाइ ?
त्यही त कानुन लाग्ने तर नपुग्ने खुला पार्कमा त यस्ता विकृतिले हाम्रा चेलीहरू त्राहिमाम छन् । झन् कानूनले छूट दिएपछि त भूसतिघ्रे अनि भोगीलाई के चाहिएला र ! तपाईंले भनेजस्तो पेशेवर कोही छ भने लौ न एकाधजनाको नाउँ पाउँ न – सुटुक्क ।
मानिस को बिभिन्न अबस्था हुन्छन मानिस नै देब हुन्छ , दानब हुन्छ ,पेसेवार हुन्छ , अपराधी हुन्छ |
अपराधी हरु जन्मदैनन तर आफुमा भएको रिस ,राग द्वेस ,लोभ ,पाप मा नियन्त्रण गर्न न सक्दा हुन्छ | तेसैले जेल बनाइन्छ , तपाइको अनुसार अपराध नै रोक्नु पर्ने हो नि हैन र ? तेसो हुन्न|
तेसैले जे जस्तो कारण ले पनि ,राम्रा भनिएका मानिस पनि जो पनि समाज ले गलत करार दिएका कार्य मा लागिसकेपछि त्यो मानिस आफैले जब सम्म दृढ अठोट गर्दैन निसकन सक्दैन |
तेसैले गाउको सुन्तली र झ्याउकिरि को नाउ मैले भने त्यो अपुरो हुन्छ बिनिता , रिता हरु पनि भित्र भित्रै त्यो पेसा अपनाएको हुन् सक्छ | उनीहरुले मजा पनि आउने ,पैसा पनि पाइने रुप मा लिएको हुन् सक्छ |
समाज जब ठुलो हुन्छ , जनसंख्या बढ्छ बिकृतिको आकार पनि तेसै अनुसार बढ्छ , यो ध्रुब सत्य हो | असल सरकार ले त्यो कम गर्न सक्ला अन्त गर्न सक्दैन |तेसैले ब्यबस्थित गर्नु आवस्यक छ |
तेसैले रेडलाइट एरिया समय ले मागेको हुन् सक्छ |
मज्जा त काम नगरी चोरेर खान पाए झन् बढी पो आउला नि ! अनि जेल बनाउनु भनेको त अपराध नियन्त्रण गर्न पो हो । रेडलाइट बनाउनु भनेको गलत कार्यलाई मान्यता दिनु हो । सत्ययूगमा समेत वेश्यागमन (तपाईंको मान्यतानुसार) गर्थे भन्नेहरूले धर्मग्रन्धहरूमा वेश्यागमन, परस्त्रगमन निकृष्ट कार्य हो भन्ने उल्लेख छ भनेर पनि मनन गर्नु जरुरी होला कि !
आजकाल त् धेरै तेस्तै देखिन्छ त् पुष्प जी | सरकारी पदाधि कारी ,नेता , कार्यकर्ता सबैमा त्यो रोग छ |सिद्दान्तत चोर्नु महापाप हो |
जसरि जेल बनाउनु अपराध नियन्त्रण हो , तेस्तै रेडलाइट एरिया दिनु फुटबल मा विश्वकप जित्न हैन , बेश्यावृत्ति नियन्त्रण को लागि हो |
सत्ययुग मा थ्यो भन्नुको मतलब टाइम लाइ रेफरेन्स लिएको मात्र थ्यो , माने त्यति पहिले देखि थ्यो , धर्म ग्रन्थ सबै ठिक भन्ने थिएँन |
एकातिर धर्म ग्रन्थ बेश्यागमन निक्रिस्ट भन्छ आर्को तिर
१) देउताकै राजा इन्द्र गौतम हृसी घर मा न भएको बेला उनको श्रीमती अहिल्या सग भेस बदलेर गएर सम्भोग गर्छ |
२) बिष्णु भगवान ले जालन्धर को श्रीमती को सतित्त्व नास गरे
३) महाभारत मई बिचित्र विर्य नपुंसक भएकोले
ब्यास लाइ बोलाएर बुहारी सग सम्भोग गराएर
ध्रित्रास्त्र ,पाण्डु आदि जन्माइए
तेसैले धर्मग्रन्थ बात राम्रा र ब्यबहारिक कुरा मात्र टिप्ने त्यो भन्दा पनि आजका लोभी पापी प्रचण्ड हरुले भनेको सबै मान्ने हैन सहि र राम्रो कुरा ठिक भन्ने गलत लाइ गलत भन्ने |
चोर्नु महापाप हो, वेश्यागमन निकृष्ट कार्य हो भन्ने जान्दा जान्दै मान्छेले आफूलाई देउतासँग दाँज्नु नै सबैभन्दा निकृष्टता होइन र ? अनि रेडलाइक कुन अर्थमा उचित भयो जहाँ कसैको छोरी, बहिनी वा श्रीमतीसमेत जाकिन सक्छ ?
“बैधानिक न भएपनि छयास छयास ति बेश्या वृत्ति भएको कटु सत्य हो”
र कामवासना लागे बेश्या कहाँ जानेहरु छदै छन्… तै पनि बेश्या कहाँ नलागी आफ्नै बुहारीलाई किन तक्यो त… अहिले नै छयास छयासति बेश्यावृत्ति छ अनि बेश्यावृत्ति खुला गरे आफ्ना बुहारी माथि हुने यौन शोषण रोकिन्छ भन्ने हो ? यो लजीक अलि हजम भएन नि
ससुरो ले किन ताक्यो त् ससुरोलाई नै था होला , पेशा कर्मी हरु ले कानुनि बन्देज बिना सेबा दिन पाए र यी कामुक हरुले आफु हल्का हुन् पाए
आफ्नो बास्नाको सिकार गलत मान्छेलाई बनाउदैननकि भन्ने अभिप्राय हो |
एकदम ठिक भन्नु भो | लुकी छिपी भन्दा भन्दै खुल्लेआम नै भैसक्यो बेस्यब्रिती | ढिलो चाडो बैधानिक त गरनै पर्छ | बरु नाबालकलाइ जबर्जस्ति लगाएको छ कि, लागु औषधिको अम्मली बनाएर जबरजस्ती यौन किनबेच गर्न लगाएको छ कि (बिकसित देशमा यो खालको समस्या देखिएको छ ) , वा अन्य कुनै हिसाबले बाध्य बनाएको छ कि भनेर, अनि नियमित स्वास्थ्य परिक्ष्याँ गरेको छ कि छैन भनेर चै सरकारी निकायले कडा निगरानी राख्नु पर्छ |