‘एनी हाउ पैसा कमाऊ, पैसा कमाउन एनी हाउ, अमेरिका जाऊ’ लाई जीवनको आदर्श वाक्य ठान्नेहरु र त्यसैको शोषण गर्ने मानव तस्करहरुको जालमा जानी जानी फँसेका आठ नेपालीको बारेमा केही जानकारी माइसंसारले पाएको छ। उनीहरु दुई महिनादेखि कोस्टा रिकाको जेलमा छन्। गएको जुलाई २० मा कोस्टा रिकाका दलालहरुले अमेरिका जाने अवैध बाटोमा पर्ने त्यो देशको सीमा कटाउन गाडीमा राखेर लगिरहेका बेला प्रहरीले गोली हानाहान गरी उनीहरुलाई पक्रेको थियो। आठ नेपालीको साथमा दुई कोस्टा रिकाका नागरिक दलाल पक्राउ परेका थिए। ती आठ नेपालीबारे जानकारी खोज्ने झण्डै दुई महिनादेखिको प्रयासले आंशिक सफलता पाएको छ।
कोस्टा रिकामा नेपाली दूतावास छैन। तर Ana Victoria Badilla Villanueva नेपालका अवैतनिक दूत (Honorary Consul) हुन्। आनासँग मैले यसबारे जानकारी दिन अनुरोध गरेको थिएँ। केही अघि उनले दिएको जानकारी यस्तो छ-
ती आठ नेपाली पुरुषलाई मानव तस्करको शिकारका रुपमा प्रहरीले पक्रेको थियो। उनीहरुलाई झण्डै एक हप्तासम्म एउटा होटलमा राखिएको थियो। म आफै त्यहाँ उनीहरुलाई भेट्न गएकी थिएँ र कुरा पनि गरेकी थिएँ। उनीहरु शान्त छन् तर अमेरिका जान नपाएकोमा खुसी छैनन्।
प्रहरीलाई बयान दिइसकेपछि उनीहरुला विशेष अध्यागमन स्थलमा लगियो। त्यसलाई अध्यागमन जेल भनिन्छ, तर वास्तवमा ठ्याक्कै जेल जस्तो भने छैन। किनभने उनीहरु अवैध छन्। उनीहरुसित कागजात छैन र उनीहरुको अध्यागमन स्टायटस कानुनी छैन
त्यहाँ पनि म उनीहरुलाई भेट्न गएकी थिएँ। उनीहरुले मलाई भने- खाना राम्रो छ, ठाउँ राम्रो छ, मान्छेहरु राम्रा छन्। तर हामीहरु नेपाल फर्काइन चाहन्नौँ। अमेरिका जाने भनेर हाम्रो थुप्रो पैसा खर्च भइसक्यो। हामी फर्कन चाहन्नौँ।
उनीहरुले शरणार्थीको दर्जा पाउन निवेदन दिए तर त्यसलाई अस्वीकार गरियो। अहिले उनीहरु अस्वीकृत निवेदनलाई पुनर्विचार गर्ने माग गरिरहेका छन् र यो क्रममा ACNUR र ACAI ले सहयोग गरिरहेको छ। यस्ता अप्ठेरोमा परेकाहरुलाई यी संगठनहरुले सहायता गर्ने गर्छ।
उनीहरुको अवस्था राम्रो छ र निर्णयको प्रतीक्षामा छन्।
नेपालको NINS संस्थाबाट युनिभर्सिटी अफ कोस्टा रिकामा सम्बन्ध गाँस्ने भनी गएका तर त्यहीँबाट बेपत्ता हुने चार नेपालीको बारेमा पनि मैले उनलाई प्रश्न राखेको थिएँ। त्यसबारे उनले भनिन्-
उनीहरु यहाँ झुटो उद्देश्य देखाउँदै आएका थिए। यो देशलाई उपयोग गरी अमेरिका जान। त्यसैले उनीहरु बेपत्ता भए र शायद अमेरिकातिरको यात्रामा छन् होला।
अमेरिका पुग्नलाई दलालहरुले लाने अवैध मार्गमा कोस्टा रिका एउटा ट्रान्जिटमात्र हो। यो मार्ग बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्छ। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ। बोलिभियाका लोकल दलालले पेरुको सीमासम्म पुर्याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टा रिका। कोस्टा रिकाबाट दलाले निकारागुवा लगेर छाडिदिन्छ। निकारागुवाबाट फेरि होन्डुरस अनि ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्याइदिन्छ। मेक्सिको पुगेपछि त अमेरिकाको नाकैमुनि आइपुगिहालियो। सुरक्षाकर्मीले देखे गोली नै हान्ने जोखिम रहेको ठाउँबाट पर्खाल नाघेर, सुरुङ खनेर अनेक उपाय अपनाई अमेरिकी भूमि छिर्ने प्रयास हुन्छ। तर अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिइरहेका हुन्छन्।
यो लामो यात्रा गर्न १५/२० लाखसम्म खर्च हुन्छ। सुरुमा दलालले कम पैसा भने पनि यति धेरै देशको यात्रा गर्दै गर्दा पैसा पनि बढ्दै जान्छ। हरेक देशका दलालहरुलाई छुट्टै पैसा दिनुपर्छ। पैसामा अलि किचकिच गर्यो भने जिम्मा लिन्न तेरो भनिदिन्छ। त्यसपछि भएन घरको न घाटको ! त्यसैले जसरी पनि तिर्नैपर्छ।
शायद ती आठ नेपाली पनि त्यसरी नै घरजग्गा धितोमा राखेर वा चर्को ब्याजमा ऋण लिएर अमेरिका हान्निएका हुनसक्छन्। त्यसैले उनीहरु नेपाल फर्कन चाहँदैनन्। अमेरिका बस्नेहरु भने यति धेरै लगानी गरेर अमेरिकामा आउँदा साउँब्याज मात्र उठाउन पनि वर्षौँ लाग्ने बताउँछन्। त्यो कुरा सम्झाउन/बुझाउन नसकेकैले अझै हाम्रा दर्जनौँ दाजुभाइहरु त्यही अवैध मार्गबाट लाखौँ रुपियाँ दलाललाई बुझाई जोखिमपूर्ण यात्रा गर्दैछन्। यसलाई रोक्न हामीले आफ्नो तर्फबाट के गर्न सक्छौँ होला ? आफ्नो सुझाव/समस्या समाधानको उपाय तल कमेन्टमा लेख्नुस्।
सम्बन्धित ब्लगहरु हेर्नुस्-
अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख
अमेरिका पसिहालियो भनेपनि डलरको खेती शुरु हुँदैन। त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाइनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न। अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने कामदाताहरुले भने घण्टाको ७ डलरभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन्। यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिने पनि हामी नै हौँ। त्यस आम्दानीबाट खाना लगायत बासको लागि खर्च हुँदा बचतको खासै बाटो देखिन्न। किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ। जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ सय डलरसम्म पर्नेहुन्छ। अनि सातैदिन, दिनको १४/१५ घण्टा शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ। कल्पना नगरेको काम गर्नु, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ। विस्तृत पढ्नुस
अमेरिकामा डलर फल्दैन हजुर!
हो मलाई पनि अमृत जी को कुरा सारै मन परो,,गरि खानी ले जहाँ गएपनि राम्रो प्रगति गर्छ,नगर्नी अल्छि गफाडीले जतिसुकै अमेरिका जापान युरोप गएपनि तेस्तै हो,त्यसैले हामी हरु जहाँ जुनसुकै देशमा,जुनसुकै काममा भएपनि हामी सबै एकजुट हुनुपर्छ र आ-आफ्नो ठाउँबाट सक्दो सल्लाह सुजाब दिनुपर्छ ताकी आगामी दिनहरुमा कुनै पनि नेपाली दाजुभाई -दिदीबहिनीहरु बिदेशमा जादा राम्ररी बुजेर जानेर जान सकुन कसैलाई पनि बिदेशी भूमिमा गएर दुख झेल्न नपरोस,,जसरी अमृत जी ले कम लगानी, दलालहरुको पछि नलागेर,अगाडी बढ्नु भयो त्यसरी नै हामीहरु अगाडी बढ्न सिकौ,यसो गर्दा हामी सबैको भलो छ..
नमस्कार ! मेरो नाम नाजु ! मलाई पनि यहाँ मेरो केहि कुरा राख्न मान्न लग्यो अरुको देखेर ! २००८ मा काठमाडौँबाट Bahrain ! आए सपना जस्तो लिएर आको थिए तेही अनुरुप पाएको छु यो मरभुमी देशमा ! आज मेरो ठिक ५ वर्ष भयो मेरो कम्पनी मा र मा sales staff मा आएको मान्छे manager को पोस्ट मा छु अनि काम एउटा UK को प्रतिष्ठित ब्रान्डमा (Early Learning )गर्छु !(GOOGLE मा षेआऋछः गर्नु होला) मैले मात्र +२ गरेको छु ! गर्ने आट भएमा अमेरिका जाने पर्दैन Gulf का देश मै अमेरिका देख्न सकिञ्छ ! जय नेपाल !
केहि सच्यानु पर्ने भयो माफ गर्नु होला – Early Learning मा centre थपेर पद्नु होला ! अनि Google पछि Search हो ल !
आफ्नो देशलाई त्यागेर सधैकोलागी बिदेशिएका थुप्रै NRN हरुकोलागी सुझाव हात मुख जोर्न भनि देशलाई बिर्सिएर गएका हरु कुनै दिन हाम्रो देशको पनि कायापलट हुने नै छ कृपया सम्झेर नआउनुहोला …किनकि पस्केर राखेको मात्र खान जानेका रैछौ कहिले किसानको दुख महसुस गर्नु भाको छ ….
महिनाको एकलाख कमाई येदि राम्रो कमाई संझनु हुन्छ भने साउदी अरब आउनुस,
न्युनतम १२ पढेको हुनु पर्छ
अंग्रेजी औसत रुपमा राम्रो बोल्न सक्ने हुनु पर्छ
कम्प्युटर कोर्स हरुमा पोख्त हुनु पर्छ
फुर्तिलो अनि जगरिलो हुनु पर्छ
अब कसरि कमाउने त लाख ?
सुन्नुस, राम्रो शोप्पिंग मलमा( ekia, city plaza, jarir, panda, extra, centerpoint,..) सेल्सम्यान मात्रै हुनु भो भनेनी ५०,००० जति तलब पाइन्छ, प्राय जसो म्यानेजर ,सुपरभाइजरहरु तेही सेल्स म्यान अनि क्यसियेर जस्ताबाट केहि barshama छानिएर जाने हो.manager बन्नु भो भने कम्तिमा एक लाख तलब हुन्छ. किनकि पढेका भनौदो हरु त साउदीमा आउदै औदैनन , अमेरिका ,युरोप तिर nepalile ङ्ग्लिश बोल्दा फन्नी सुनिन्छ तर यहाँ ङ्ग्लिश बोल्दा पढेको रैछ भनेर सम्मान गर्छन, खाने कुरा सस्तो छ, कुलत र अपराधिक काम गर्नु हुन्न भने तपाई नेपालमा भन्दा सुरक्षित हुनु हुनेछ. पढेका जानेकाहरु प्रयास गर्नुस. संसारको सबै भन्दा सजिलो संग पैसा कमाउने ठाउँ नै साउदी हो. samyan साथ काम गर्नुस टन्न कमौनुस अनि आफ्नै देश फर्कनुस. विदेशमा इज्जत का साथ कमौनुस
यसरि नै हजारौ मान्छेहरु ठगिएर आफ्नो जिबन अन्धकारमा बिताउन बाध्य छन्…..
कृपया naukrugulf , bayt monster भन्ने site मा आफ्नो बायोडाटा पोस्ट गर्नु. शायद म पनि मेरो कम्पनीको लागि लिन सक्छु. एक पैसा पनि लाग्दैन. फ्री rectuit हुञ्छ.
अहिले हाम्रो कम्पनीको लागि १० जना जति टेलिकम अथवा कम्प्युटर नेटवर्कमा काम जानेको टेक्निसियन चाहिएको छ.
इच्छा हुनेले [email protected] मा बायोडाटा पठाउनु होला.
कृषि प्रधान देश मा १८ अरब बराबर को कृषि जन्य पदार्थ आयात हुन्छ रे बार्षिक. हामि नेपाली चाहि गैरी खेत बाझो राखेर विदेश मा तल्लो स्तर को काम गर्न दलाल लाइ पैसा खुवाएर अबैध बाटो अपनाउदै आफ्नो दुख आफै निम्त्याउदै छौ. पोहोर एक जना कर्म बिर को अनुभव पढेको थिए, एती ललितपुर को गाउले एरिआ मा जग्गा भाडा मा लिएअर बंगुर गाइ पालन तरकारी खेति माछा पालन गर्छन रे र पुरा खर्च कटाएर बर्ष को ५१ लाख जोगाउछन रे! त्यहाँ भन्दा राम्रो के हुन्छ? यून को जागिर? अमेरिका जापान मा डाक्टर वा इञ्जिनिएअर?प्राथमिकता को क्षेत्र रोजौ र बगाउ पसिना साथि हो.
तल मनोजजीको कमेन्ट प्रति मधुजीको कमेन्ट संग सहमत छु| मनोजजी संग मधुजीका प्रश्नको सोच हुने हुती हुँदो हो त् त्यस्ता घर न घाटका कुरा राख्ने नै थिएनन होला| एउटा नेपालीका हिसाबले अर्को नेपालीका वा भनौ मानवताका हिसाबले पनि सहानुभूति राख्नु स्वाभाविक हो| तर आफु अमेरिकामा छु भन्दैमा देशलाई दरिद्र भएकोमा गाली गर्ने? हो नेतैले बनाए दरिद्र, तर नेतालाई फलो गर्ने हामी जनता नै हौ| आफुलाई चाहिएको बेलामा खनीखुस्री गोडा दुई एक हजार त् जोगाड गर्न गाह्रो पर्ने स्थिति हुन्छ भने यँहा २० लाखको कुरा आउंदैछ| के बीस लाख भन्या कम रकम हो? मेहनत र बुद्धि लाए सुन फलाउन सकिन्छ देशमै|
नेपालमा मेहनत गर्न लजाउने, हिच्किचाउने तर बिदेशमा जे पनि गर्न अघि सर्ने मानसिकता हुन् भएन|
NINS र अरु त्यस्तै संस्थाहरुले देशको नाउँ बेचेर यस्ता फर्जी काम गरेका होलान, खोजी गरेर कारवाही गरिन पर्छ| NINS का संचालकहरुले जिम्मेवारी वहन गरेर दोषीलाई सजाय दिन पर्छ| हामीले गरेका होइनौ भनेर उम्कन पाइदैन|
साथि हरु मेरो खासै योग्यता छैन, ब्याचलर सकेको हु जेन तेन, पडेको फिल्डमा जागिर हैन, कम्तिमा पनि अंग्रेजी राम्रो हुनुपर्छ, बेसिक कम्पुटर हुने पर्छ, तर योग्यता भन्दा पनि काम मा विश्वास गर्छन, इन्जिनियर साथीहरु हुनुहुन्छा भने त त्यो भन्दा राम्रो केहि पनि छैन कतारमा अझ केमिकल इन्जिनियर, कतार क पेट्रोलिम हाउसमा, अस्ति एकजना नेपाली साथीलै भेटेको थिए , यु के मा पढेको, स्मार्ट इन्जिनीयर ! विश्वास गर्नुहोस नगर्नुहोस उसको खान बस्न कम्पनीले सेराटन होटलमा देको छ , मैले उसको सेलेरी सोधिन, उसले यु के मा नेपाली २ लाख को जागिर छाडेर आको रे… रक्सि खादा बारमा भेटेको ! अर्को अनुरोध आउनु भन्दा पैले make sure you are not coming in contract company.
त्यत्रो रकम नेपालमै लगानी गरेत अमेरिकामा भन्दा नेपालमै पैसा फलिहल्छ्नी . नेपालमा अवशर नदेख्ने खालि डलरको सपना देखेर बिदेशमा गयर बाथरूम सफा गर्न नि तयार हुनेले कुकुरले जस्तो दुख्ख नपाए कसले पाउने? कानुनी र सहि तरिकाले अमेरिका जान नसके चोर बाटो बाट नजान सुझाव छ मेरो.
हरे अझै पनि चेत खुलेको रेनछ ! तोइत् ।
पुष्पजी,
यिनीहरुको चेत त खुल्यो होला नि, तर ढिलो भै सकेको छ | अनि यस्तो समस्यामा नपरेकाहरु सपनामा डुबेका हुन्छन | त्यसैले यै घडिमा कतिले यै बाटो आउन नेपाल छोड्दै होलान | अनि ? गर्ने के ?
त्यसरी अमेरिका छिरिसकेका केहि भाइहरुलाइ मैले भेट्ने मौका पाएको थिंए . उनीहरुको दर्द विदारक घटना सुन्न र याँहा सुनाउना दह्रो मुटु हुनुपर्छ . आखिर देश नै दरिद्र भएपछी त्यस देशका जनताले आफ्नो भविष्य सुनौलो बनाउन कति सम्म जोखिम उठाउन सक्दा रहेछन भन्ने एउटा राम्रो उदाहरण हुनसक्छ यसरि अमेरिका छिर्नेहरुको कहानी सुन्नु भयो भने. यो नेपाल भन्ने देश र त्यस देशमा बस्ने नेपालीहरुको हिर्दय विदारक कथा हो. आखिर २०३६ साल २०४६ साल र २०६३ साल ले नेपालीलाई के दिओ ? मुठी भरका केहि राष्ट्रघातीहरु चै धनि अनि जनता चै सधैं गरिब हुनुपर्ने यो कुन अवस्था हो ? खोइ कहिले चेतना आउने हो ?
अनि के नेपालिहरु राता रात धनिनै हुनुपर्छ भन्ने छैन के छ? कुन देशका जनता सुतेको भरमा धनि भएकाछन? जानकारी पाए आभारी हुने थिएँ……अनि माफ गर्नु होला दलाललाइ २०-३० लाख पैसा खुवाएर अमेरिका जान तम्सने…..मसुर नेपालीलाई गरिब नेपालीको दर्जामा चैं नरखाम होला…..गरिब तिनै हुन् जो रातदिन दश नंग्रा खियौन्दपानी पेट पाल्न धौ धौ हुन्छ………भाको पैसा दलाललाइ खुवाई….दरिद्र हुन मन्जुर हुने हरुलाई…खै के दया देखाउनु……पथ्थर दिलको मान्छे त म होइन….तर नरम हुने ठाउंनै देखिन!!!!!!!!!
सत्य कुरा | १० लाख जम्मा गर्न सके त म नेपाल मै फर्केर केहि ब्यबसाय गर्दो हु जस्तो लाग्छ तर साला त्यो १० लाख कहिल्येइ जम्मा भएन | यी पटमुर्ख हरु भने नेपाल मै २०-३० लाख खर्च गरेर अमेरिका, क्यानाडा र बेलायत पस्न खोज्छन वा पस्छन | येस्ताले दुख नपाए कसले पाउछ त???
मधुजी तपाईले तिनीहरुको कहानी नजर अन्दाज नगरी मुख फर्काउनु भयो त्यसकालागि धन्यवाद तर मलाई विश्वास छ कमेन्ट पढने पाठकले पक्कै मनन गर्ने छन् . कीनकी २०–३० लाख पैसा कसरि जुटाए भन्ने पनि उनीहरु संग बेग्लै कथा छ. अनि यदि उनीहरु सकुशल अमेरिका आउन नसकेको भए त्यस पछि उनिको परिवारमा आउने बिपत्तिको परिकल्पना पनि गर्न सकिदैन . मलाई लाग्छ मन गढ़नते कमेन्ट गर्ने महाशयलाई थाहा हुनेछ हामी कुन धरातलमा छौ.
यतिका पैसा खर्च गरेर अमेरिका जाने गरिब होइनन मनोज जी … यिनी हरु त गाउँको कोदोको रोटी नपचेर पिज्जा खोज्न हिडेका हरु हुन् !
… जानी जानी भीरबाट हाम्फाल्न खोज्दा घटना हरु भएहाल्छ्न!
मनोज जी तपाई को कुरा अलि मिलेन किनकि हामी चाहिने भन्दा बढी ambitious bhayako ho.
अनाज भन्दा ठुलो सम्पति अरु कुनै छैन – चाणक्य
येति आफ्नो धन कृषि तथा उत्पादक मुलक कार्य हरु मा लगाउन सके देश मै अरब, युरोप र अमेरिका भन्दा ज्यादा सम्पन्न अनि सुखी भईनेछ।
के भन्नु र खै? धोखा दिनेलाई के भनु र खै? लोभले लाभ, लाभले बिलाप पार्छ भनेको यहि हो ल । यत्तिको जोखिमको यात्राले उता ज्यानको खतरा अनि अमेरिकै पुगेपनि कमाइ को टेन्सन, बरू त्यो भन्दा त नेपालमै केहि गरेर बस्दा राम्रो हुन्थ्यो । नत्र अरब, कतार वा दुवइतिर जाँदा पनि लाभै हुन्थ्यो होला ।
म एउटा किसन को छोरा हुँ, मैले २ वर्ष कतार मा काम गरेर २ लाख जोगको थे., तै पैसा मैले भैसी बाख्र पालन गरे ,ढुख गरे क हुन्न नेपालमा, खसीको मासु किलो को ७०० छ आइले .मेरो बर्समा १लख राम्रो सगं बच्छ, यदि २०लाख हुने हो भनेत कति हो कति कमाई त
अमृत सर को कुरो ठिकै लग्यो—-त्यत्रो खर्च गरेर गोरा हरु को देश मा जानु भन्दा कतार आउनुस तर तपाई कुनै कम मा दक्ष्य चाही हुने पर्छ नत्र त्यही नै हो —सचि तपाई काममा दक्ष्य हुनुहुन्छ र तपाई संग + Computer , Account and Fluent speeking in English छ भने त्यति जोखिम बेहोर्न पर्दैन महिना को राम्रो कमाई हुन्छ झैँ लाग्छ हे साथी हरु………….
ए साथी हरु बरु कतार आउ, राम्रो रिपुटेड कम्पनि रोज, भिसा फ्री हुन्छ ! फेमली भिसा हुन्छ ! गल्फमा राम्रा कम्पनी भनेको एभिएसन, फ़ाइभ स्टार सेभेन स्टार होटेल, पेट्रोलियम कम्पनि हरु ( कतार पेट्रोलियम, रास ग्यास, मार्क्स ओइल, ओक्सिडेण्टल…) मेनपाओर को भर नपर्नु, सकेसम्म अनलाइन जब अप्प्लाई गर्नु , आफ्नो डकुमेन्ट सब्मिट गर्नु, कम्पनि लाइ चित्त बज्यो भने स्काइप मा बोलौछ, स्काइपमा अन्तरबार्ता दिनु ! मैले पहिले bayt.com मा डकुमेन्ट पेश गरेर, स्काइप अन्तरबार्ता दिएर कतारमा आको छु, मेरो खर्च भनेको मेरो श्रम स्विकिर्ती को लागि र श्रीमतीको प्लेन भाडामात्र खर्च भाको थ्यो, अमेरिका अमेरिका तेत्रो पैसो खर्च, अनि ज्यान को जोखिम ! पछि घुम्न जानु पर्छ साथी हरु !
अमृत जी,
तपाईको शब्द सम्हालेर राखेको छु, कुनै लेखमा तपाईका शब्द प्रयोग गर्ने अनुमति चाहन्छु । मेरो मनको कुरा लेख्नु भएकोमा धन्यबाद् ।
तपाईं को कुरा सारै चित्त बुज्दो छ तपाईं लाई अप्ठयारो लाग्दैन भने कृपया तपाईं को साथै त्यहा काम गर्न चाहिने मिनिमुम योग्यता पनि भन्नु भयको भय धेरै साथी हरु लाई सजिलो हुने थियो कि ?
आफु खाएर अरुलाई दिन सक्ने जति यदि कमाउनु भयेछ भने देश मै फर्कनु होला है, देश लाइ हामीजस्ता सक्षम युवाको खाँचो छ !