Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शैक्षिक दलालले फँसाएका पीडित विद्यार्थीहरुको मौरिससबाट करुण पुकार- सुनिदिने कोही छ कि छैन ?

Posted on September 10, 2013September 10, 2013 by Salokya

uddar

नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन

तपाईँहरुले पत्रपत्रिकामा मौरिससमा पढ्ने, काम पाइने भन्दै लोभ्याउने खालका विज्ञापन प्रशस्तै देख्नुभएको होला। यस्तै विज्ञापनबाट आकर्षित हुनेहरुलाई शैक्षिक दलालहरुले भएका नभएका आश्वासन दिएर मोटो रकम कुम्ल्याएर मौरिसस पठाउँछन्। तर त्यहाँ पुगेपछि विद्यार्थीहरुको हालत कस्तो हुन्छ? सोच्नै नसकिने कहालिलाग्दो ! अहिले थुप्रै नेपालीहरु त्यहाँको एउटा सार्वजनिक पाटीमा र त्यहाँ नअटाएर बाहिर खुला ठाउँमा बसिरहेका छन्। उनीहरुले युट्युबबाट एउटा भिडियो सन्देश दिँदै आफूहरुलाई उद्धार गरिदिन सम्बन्धित सबैलाई करुण पुकार गरेका छन्।

मौरिसस अफ्रिका महादेशभन्दा दुई हजार किलोमिटर दक्षिणपूर्वमा पर्ने सानो गणतन्त्रात्मक टापु देश हो। देशको क्षेत्रफल २०४० वर्ग किमि मात्रै छ।
मौरिसस अफ्रिका महादेशभन्दा दुई हजार किलोमिटर दक्षिणपूर्वमा पर्ने सानो गणतन्त्रात्मक टापु देश हो। देशको क्षेत्रफल २०४० वर्ग किमि मात्रै छ।
७ सेप्टेम्बरमा रेकर्ड गरिएको भिडियोमा दुई युवकले बोलेका छन्। काठमाडौँका दिवस न्यौपानेले अङ्ग्रेजीमा बोल्दै आफूलाई पुतलिसडकको ब्रिटेन इन्टरन्यासनल एडुकेसनल ग्रुपका धीरज राईले पठाएको बताएका छन्। २९ जुनमा मौरिसस पुगेपछि आफ्ना सपना चकनाचुर भएको महसूस भएको बताउँदै आफूहरुलाई नेपालीहरुले नै ठगेको पीडा उनले पोखेका छन्। उनी भन्छन्- म इमिग्रेसनलाई अनुरोध गर्न चाहन्छु, कसैलाई पनि पढ्न भनी मौरिसस नपठाइदिनु होला। मिडिया र दूतावासलाई पनि आफूहरुको समस्या बुझिदिन उनले आग्रह गरेका छन्।

त्यसैगरी काठमाडौँकै अमित विष्टले नेपालीमा बोल्दै आफू पनि ब्रिटेन कन्सलट्यान्सीबाटै धेरै सपना बोकी पढ्न आएको तर त्यहाँ पुगेपछि सबै सपना चकनाचुर भएको बताए। ‘हामीलाई कलेज र कन्सलट्यान्सीले यस्तो चेपुवामा पारे कि हामी न घरको न घाटको भयौँ’, उनले भिडियोमा भनेका छन्,’हामीले धेरै दुःख पाएका छौँ। सबै साथीहरु सार्वजनिक पाटीमा बसिरहेका छौँ। यहाँ नअटेर बाहिर पनि बसिरहनुभएको छ। हामीलाई खान बस्न साह्रै समस्या छ। यहाँका स्थानीय बासिन्दाले हामीलाई धेरै सहयोग गरेका छन्। मौरिससमा नेपाली दूतावास नभएकोले कसैगरी यो सन्देश कतै पुर्‍याएर जसरी भए पनि हामीलाई यहाँबाट फिर्ता गरी उद्धार गरिदिनु होला।’

कोही कोही त त्यहाँ चार महिनादेखि अलपत्र परेका रहेछन्। हेर्नुस् उनीहरुको सन्देश-

नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन

hunger4
नेपाली विद्यार्थीहरुले पाएको दुःख र पीडा देख्न नसकेर उनीहरुलाई न्याय दिलाउन त्यहाँका बासिन्दा मुकेश झुमुनले भोक हड्ताल गरेका छन्। भिडियो रेकर्ड गर्दा उनी १० औँ दिनमा अनसन बस्दै थिए।
hunger3

hunger2

hunger1

hunger

अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।
अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।
अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।
अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।

अनसन बस्नेको समर्थन त्यहाँका बासिन्दाले गरेका छन्। नितिश झुमुनले भिडियोमा कमेन्ट गरेका छन्- मौरिसस सरकारले फेक युनिभर्सिटीहरुलाई प्रवर्ध्दन गरिरहेको छ। हामी मौरिससबासीहरु जाग्नु पर्छ र यस्ता कामलाई रोक्नु पर्छ। हाम्रो मातृभूमिमा भएका फोहोरहरुलाई हटाउन सहयोग आवश्यक छ, जाग्नुस्। हाम्रो मातृभूमिको छविलाई विश्वभर राम्रो बनाउन सहयोग गर्नुस्।

अनसन बस्नेको अन्तर्वार्तासहितको भिडियो हेर्नुस् (भाषा भने बुझिन्न)

54 thoughts on “शैक्षिक दलालले फँसाएका पीडित विद्यार्थीहरुको मौरिससबाट करुण पुकार- सुनिदिने कोही छ कि छैन ?”

  1. Ram Bahadur Gurung,Belgium. says:
    September 12, 2013 at 11:58 pm

    धेरै दिन पछि माइसन्सार ल्वग आज हेरें कोस्टारिका र मौरिससमा दलालहरुवाट फसाइएका नेपालीहरुको इतिवृतान्त पढदा सारै नमिठो अनुभुती भयो साथै हाम्रो देशको सरकार र राजनितीक दलहरुको यस विषयमा चासो नभएको र अर्कमण्यता फेरी पहिले जसरीनै दोहरी रहेकोमा घृणा पनि लाग्यो । वरु यो समस्यालाइ समाधान गर्न एनआरएनए को अन्तरराष्टिृय संजाल सक्रियताका साथ लागेमा तुरुन्त समाधान होला भन्ने लाग्छ । यो पुण्य कार्य गरे एनआरएनको हाल विग्रिदै गएको छविलाइ सुधारन राम्रो अवशर प्राप्त होला भन्ने लाग्छ ।

    Reply
  2. Asshish Rana says:
    September 12, 2013 at 12:42 pm

    It is really sad to know the pathetic situation of Nepalese students in Mauritius. Its good to puload Video but the video itself is not enough to clear what is the real problem and how is was generated. They are blaming Britain Educational Consultancy as well as to the college too. So first please explain what is the exact problem so that some initation can be taken regarding this concern. I have business in Mauritius and I make several up n down to Mauritius and Nepal. I am sure something can be done. But it is essential to make all clear actually wat is happened. If the consultancy is totally fraud and wrong from his side all the amount of tuition fees as well as additional cost should be returned to the students. If the college is fraud the same responsibility should be bear by the college.

    Reply
  3. lok says:
    September 12, 2013 at 8:58 am

    मैले मौरिससमा हस्पितालिती को लागि २ years भोकेसनल त्रेनिङ्ग्को लागि LMBS – law &management business school लाई USD 2000 बुझाई सकेको छु अब के गर्ने होला के त्यो पैसा फिर्ता हुन्छ होला?

    Reply
  4. bibek dhakal says:
    September 12, 2013 at 8:51 am

    युट्युब र यहीं माइसंसारका कमेन्ट हरु देख्दा ओहो नेपालि हरु को “बुझाइ”को डिग्रि धेरै माथि पुगेछ जस्तो लाग्यो!…..धेरैले यी बिद्यार्थी भाइ बहिनीहरुलाई नै मुख्य अभियुक्त मान्नु भएको छ अनि तेस्पछि बल्ल त्यो ठगि गर्ने कन्सल्टेन्सिलाइ.! कसै कसैको त तर्क छ “प्लस टू समेत पास गरिसकेका बिध्यार्थीहरुले यस्तो सामान्य कुरा नबुझी कन्सल्ट्यान्सी को भर पर्ने? “….सायद ति महासयालाई थाहा छैन याहाँ इन्जिनियर भएर १० वर्ष काम गरिसकेकाले पी आर अपलाई गर्दा वेब्साइट्को सामान्य बेहोरा बुझ्न नसकेर कन्सल्ट्यान्सिको भर पर्छन….”स्किल भेरिफिकेशन”को लागि जाबो तिन चार घन्टामा सकिने “सी डी आर” फर्म आफुले नसकी अरुलाई भर्न लाउछन! डि भी परेपछि फुरुङ्ग परेकाहरु तेस्पछि को फ़र्म्यलिटि को तातो भूत्लो बुझ्न नसकी कन्सल्ट्यान्सी धाउछन र के भैराछ तेस्को हेक्का नराखी उनीहरुकै भर परेर बस्छन…यस्तो गर्ने ति बिचार बिधार्थी हरु मात्र हैन विदेश जाने मौका जुरेक प्राध्यापक, इन्जिनियर, डाक्टर, नर्स सबै छन् ! अब धुरन्धुर विद्वान भनौदा हरु त ५-१० पेजको अनलाइन फर्म भर्न अनि दकुमेंट्स भेरिफाइ गरि पठाउन आफैले नसकी कन्सल्त्यान्सिको भर पर्छन भने इ बालकहरुलाई के दोष दिनु???

    Reply
    1. Alina says:
      September 12, 2013 at 11:30 pm

      तपाई ले भन्नु भएको कुरा सहि हो. तर यति भन्दैमा यी भाईबहिनिहरु को दोष छैन भन्न मिल्दैन. तपाई ले भन्नु भयो कति पढेका मान्छे हरु त form भर्न नसकेर consultancy मा जान्छन। मेरो विचार मा तिनी हरु नजानेर भन्दा पनि आफुमा confidence नभएर वा सजिलो को लागि consultancy को भर पर्छन। अर्को कुरा नेपालमा consultancy जाने ट्रेन्ड नै भैसक्यो, चाहे त्यो DV को लागि होस् या क्यानाडा को PR या बाहिर पढ्न जान। consultancy ले काम सजिलो त बनाउछ, तर आफु पनि सचेत हुनै पर्छ।

      Reply
  5. shyam pandey (sydney) says:
    September 12, 2013 at 3:12 am

    तुल बहादुर ज्यु नमस्कार तपाई ले सोध्नु भएका प्रश्न का मैले जाने अनुशार उत्तर लेख्दै छु .यदि ३ लाख लिएर जर्मनी तपाई को भाईपढ्न जानु को लागि जो झुठा नाटक एजेन्ट ले गरेको छ मात्र पैसा खाने कुरा हो .तपाई ले खाडी मा दिन रात पसिना बगाएर कमाएको रकम को सदुपयोग गर्न को लागि जर्मन नै जानु पर्छ भन्ने छैन .भाई लै अझै राम्रो गरि पढ्न भन्नु र जे जस्तो हुन्छा तेही नेपाल मा नै पढाई अनुशार कम गर्न भन्नु .भोलि को राम्रो सपना लिएर आज लै बर्बाद नगर्नु हामी गरिब छौ तेसैले बाहिर गई जीवन बिताउन पर्छ . तर तेही गरिबी मा दिन रात बिताई नेपाल को सेवा गर्ने हाम्रा दाजु भाई पनि खुशी संग आम बुवा दिदि बैनी समक्ष आफ्नो दिन सुखी संग बिताई रहेका छन्.साग र सिस्नु खाई रहनु घर आनन्दी मन ले .तपाई को भाई भर्खरै युवा अवस्था मा कदम राखेका होलान यदि राम्रो गरि निर्देशन भएँ भने बिग्रने सम्भावना छ.आजकल इसाई हरु झुठा कहानी सुनाएर चमत्कार गर्ने सैतानी छल चलेर गलत बाटो मा लगि रहेका छन् र नर्क को भागी बने रहेका छन् तेस्ता धोखा बाट होसियार रहन भन्नु ..इसाई बनिस भने यशु ले यो गर्दिन्छ त्यो गर्दिन्छ यो देश पठाई दिन्छु त्यो देश पठाई दिन्छु भन्छन.तपाई ले आफ्नो भाई प्रति जो माया गर्नु भएको छ अति नै सराहनीय छ म तेस को सम्मान गर्छु .आँट मा तपाई को दाजु भाई को माया राम र लक्ष्मन जस्तो बनि बनि रहोस सुभ कामना .

    Reply
  6. Suresh says:
    September 11, 2013 at 10:59 pm

    Consultancies are like medicine shop. If you ask medicine for a cough they will recommend you a medicine that have more profit. But before buying that medicine you need to consult a doctor(In my opinion doctor is a internet). So consultancies and students are equally faulty. Any way our brothers should be rescued soon. May God bless them.

    Reply
  7. prashant magar (hal afganisthan bat) says:
    September 11, 2013 at 9:46 am

    मलाई अचम त यो कुरा लग्क्ष कि ये देश का पढेको मन्क्षे को देमाग देखे र हर मन्क्षे अरु सोर्थी हुन्क्ष पहिले जाने बेला कसैलाई पनि सोदेन न ,आज तहह गएर पेश कमाए को भय उनि नेपाल अनि तेही दलाल हरु लै सम्जेने थियन आज दुख पाए अनि सरकार लै फेरी मुश्किल मा हाले येसरी हर मन्क्षे कह्हा गएर किन दुख पौक्ष तेस्को जिमेबर सरकार हो वने मेरो हजुर हरू हो ,परे का बुडी बैयेक हरु हो जानु वन्द पहिले सोच बिदेश मा डलर को खेति छैनन अनि कह्हा बाट जाने तो पनि सोच एक अरब कडी मुलुक मा जाने त अब गरिबी असिछेत बदेता ले हो ऑल पत्र पर्क्ष तर ये दरल का भुत छरे कालै तेही कुयौनु पर्छ सारका पनि कति कस कसलाई हेर्ने हो देश का बारे मा सोच छैनन अब बिक्रेन्चा अनि सरकालाई बोलौछ ये परे का युवा हरू विदेशिने नेपाल मा पर्राई राम्रो छैनन भने र बिदेश जाने लै कुनै उपकर गर्नु हुदींना उस का परि बारले तेही दले लै समौचा नि निकाल छ ,परेका मान्छे का देमाग हेरौ खान जाने ले हग्न नि जानेको हुन्छ जाने जान्ने ले फर्किन नि जाने को हुन्छ उनि हरू कुनै अन्पर्ध होईन गरिब पनि छैन किन सरकाले गोर्नु पारो परने ले नेपाल मै पर्छन सक्छ भने सरकाले तेही नेपाल मा परने बिदेर्थि लै कसरी हुन्छ राम्रो सिचे देउश ये बिदेसिने बूत छरे का लै केहि गर्नु हुदैन् येही हुन् न आफ्नो घर बनु छ न अरु लै बनौन देंचा ……………..

    Reply
  8. Rabindra Gautam says:
    September 11, 2013 at 9:44 am

    यो ब्रिटेन भन्ने त माहाको चोर consultancy हो नि । यसले हाम्रा साथी सुशिलजीसँग पनि डेनमार्क लाने भन्दै ठूलो रकम कुम्ल्याएर पछि हिस्स बनायो । भिसा मिलेन के के भनेर टार्यो । यस्ता ठगलाई सरकारले कडा कारवाही गर्नुपर्छ ।

    Reply
  9. shantdil says:
    September 11, 2013 at 9:27 am

    पैसा छ भन्दैमा हावा तालमा जो सुकै लाइ पैसा दिएर ठगियो भनेर बिलौना गर्नु पहिले आफुले विश्वास गर्न लाएक को अनुभबी जो कोहि संग पनि सल्लाह गरे मात्र देश छोड्ने काम गरेको भए राम्रो हुने थियो.

    तपाईं हरुको यो अनुभवले अरु साथीहरुलाई सहयोग गर्छ. अन्तमा

    अब छिट्टै तपाईं हरु सकुशल नेपाल फर्कन भगवानले सहयोग गरुन भनि प्रार्थना गर्दछु.

    Reply
  10. Dipak Poudel, Sydney says:
    September 11, 2013 at 7:29 am

    भिडियो हेरे पछि सारै दुख लागेर आयो- जहाँ भए पनि एउटा नेपालीले दुख पाउदा ! धेरै कमेन्टहरु पढे सबै जना सहयोग को याचना गर्नु भन्दा अर्ति उपदेश दिएको देख्दा वाक्क लाग्यो! उनीहरुको अवस्था देख्दा हामी अब कसरि देश फर्काउने भन्ने कुरा गर्नु उचित हुन्छ! उपदेश सबै नेपाल गयेसी दिनु! हाम्रा च्याउ जस्ता खुलेका म्यान पाओर जस्ता कन्सल्टेनसिहरु लै स्पस्ट निदेशन र कारबाही गर्नु पर्यो अनि जुन पायो तेही देश मा पढ्न जाने भनेर अनुमति दिन भएन! यी भाइ बहिनि हरुको छिट्टो उद्धार होस्!

    Reply
  11. Namrata says:
    September 11, 2013 at 3:11 am

    Consultancy ले गर्ने ठगिको कुरा भई रहेको बेला मलाई यो बुक/manual share गर्न उचित लाग्यो. It is called ” A handbook on how to search courses or Universities abroad” by a PhD student Deepak Kaduwal, studying in Germany currently. It can be downloaded for free or read online.

    https://docs.google.com/file/d/0Bzp-zJS97VWWMjhlNzExYTctM2M2ZC00Y2Y1LWExNDctMmVhMmU1YWRlMTdh/edit?hl=en_US

    Reply
  12. K.S says:
    September 11, 2013 at 2:30 am

    विदेश जानु भन्दा अगाडी कम्तिमा पनि १० पटक सोच्नु पर्छ, २४/७ फेस बुक चलाएर बस्न फुर्सद हुने, ३ जी, ४ जि भन्न कहलाउने, तर कम्तिमा पनि जाने देश, पदने बिषय, ठाउ, र खर्च को बारेमा १२, १२ पास गरेका हरु को दिमागमा केहि त छिर्नु पर्ने हो नि, पहिला पहिला १० पास गरेका हेड सर हरु अहेले का पी यच डी सरह दिमाग चलाउछ, यस्ता गैर कानून क्रियाकलाप ले प्रोत्साहन पाउनु को पछाडी, खाली मानिस हरु सत्य तथ्य नबुझी हावा हावा मा लागेर, यी पुतली सडक हरुका सैछिक मानब दलाली हरुले लुट्न पाई रहेका छन्,
    त्यसलाई पढे लेखेका हरु ले त कम्तिमा २, ४ पटक गुगल गर, फेस बुक लाइ साइड लगारेर आफ्नो र जाने ठाउको बारेमा बुझ्ने काम गर्नु नै सबै भन्दा उत्तम उपाय हुन्छ,

    Reply
  13. shyam pandey (sydney) says:
    September 11, 2013 at 2:18 am

    म माई संसार क लेखक र सम्पादक ज्यु हरु लै धेरै धन्यबाद भन्न चाहन्छु .विदेश हो या देश सर नेपाली दाजु भै दिदि बैनी हरु को पिडा समस्या आफ्नो पत्रकारिता मार्फत नेपाली जन् समुदाय समक्ष ल्याउनु हुन्छ .साथै हामी सबै यस बेला यस को को गल्ति उसको गल्ति बिद्यार्थी को यो यो भुल त्यो भुल न भनि एक जुट भएर ति सबै हाम्रा दाजु भै यथ सिघ्र सुरक्षित नेपाल ल्याउने प्रयास गर्नु पर्छ . र उनि हरु को धन र समय बर्बाद गरिदिएको मा दलाल लाई कठोर कारवाई हुनु पर्छ .उनि हरु हामी जस्तै सपना लिएर विदेश जान चाहेका थिए होलान विदेश गई आम बुवा को सहयोग गर्ने इच्छा थियो होला उच सिक्षा प्राप्त गरि जीवन मा देश को केहि भला गर्ने चाहना थियो होला तर बदमास दलाल ले उनि हरु को जीवन बर्बाद गरि धेरै पाप कमाएको छ उसलाई दण्ड दिनु नै पर्छ .यदि प्रहरी ले कारवाई न गरे हामी मिलेर उसलाई क्षति पूर्ति दिन लाउन पर्छ.आफ्नो भन्ने आफ्नो नै हुन्छ सन्जोग हेर्नुस हामी नेपाली को सहयोग को लागि मुकेश नाम क एक भगवान प्रिय मेरो लागि अति मन नीय हिन्दु मित्र नै अनसन मा बसेका छन् धन्य छौ तिमि मुकेश भगवान ले तिम्रो सदा रक्षा गरुन र हाम्रा दाजु भाई सकुशल आफ्ना घर आइ पुगुन

    Reply
  14. तुल बहादुर says:
    September 11, 2013 at 2:08 am

    नमस्ते साथि हरु म १३ वर्ष देखि कतारको खाडीमा काम गर्छु दुख सुख गरेर भाइलाई पदएको छु अहिले पी एन क्याम्पसमा मेजर इंग्लिस लिएर ब्याचलर पहिलो बर्षमा अध्यरत छ उसलाई पनि कुनै कन्सल्टेन्सीले ३ लाख लेउ म जर्मन पठाइदिन्छु भनेछ ! अहिले मलाई जहिले ३ लाख ले भनेर कराउँछ तर म तेस्तै फसिने र अलपत्र पर्ने दरले उसलाई पठाउने पक्ष्येमा छैन साथी हरु कसैलाइ जानकारी छ कि ? के ३ लाखमा जर्मन जान सकिएला अनि त्येहा पढाई र काम संग संगै हुन् सक्ला !

    Reply
    1. hari dai says:
      September 11, 2013 at 3:52 am

      तुल जी जर्मनी जान ३ लाख मा सकिन्छ तर राम्रोसंग बुझ्नु पर्यो भै ले, कुन उनिवेर्सिटी मा जाने हो? के पढ्न जाने हो त्यहाँ कति खर्च लाग्छ? अरू कोइ नेपाली छन् भने सिधै सम्पर्क गर्ने अनि बुझ्ने के छ त्यहाँ को अवस्था? यो सबै आफैले सोचेर अनि बुझेर कम गर्नु पारो. ३ लाख के को लागि मागेको हो त्यो पनि स्पस्ट हूना पारो. यो सबै सोध्नुस भाइ लै अनि तपाई नि निर्णय लिन सक्नु हुन्छ. बैधानिक बाटो हो भन्ने आधार स्पस्ट भयो भने विचार गरेर जना नहुने छैन.

      Reply
      1. तुल बहादुर says:
        September 12, 2013 at 1:24 am

        धन्यबाद हरि सर जानकारीको लागि म आफै पनि तिहार मान्न घर आउंदै छु आफै गएर बुझ्नु पर्ला बैधानिक बाटो हो कि के हो भनेर !

        Reply
    2. suzee says:
      September 11, 2013 at 1:42 pm

      गूगल मा सर्च गर्दा निम्न वेब लिंक भेटे , बिस्तृत जानकारी हेरे भो ,

      http://www.nssocg.org/nssg/index.php
      https://de-de.facebook.com/nssocg‎
      http://www.kathmandu.diplo.de/Vertretung/kathmandu/en/06/Studieren__in__Deutschland/Studieren__in__Deutschland.html
      http://www.nepalirose.com/

      Reply
  15. सुजन says:
    September 11, 2013 at 12:58 am

    भाेक हड्ताल वस्ने बूढा मान्छेले चै फ्रेन्च बोल्दा रहेछन उनको तिनटा माग रहेछन
    १ पैसाको लागि यस्ता छोराछोरीको आयात निर्यात बन्द गर्नु पर्ने
    २ उनीहरुको सम्मानजनक देश फिर्ता गरिनु पर्ने
    ३ यदि उनीहरुको क्षमताले खर्च गरेर पढ्न चाहेमा पढ्न दिनु पर्ने र सर्टिफिकेट दिनु पर्ने

    मौरिससमा बिदा मनाएर आउनिहरुले भनेको सुन्दा सस्तो र गरिब देश हो जुन समुन्द्री क्रियाकलाप र सुन्दरी हरुको लागि चिनिएको छ थाईल्याण्ड जस्तै …..पढ्ननै जानी भयपछी त्यो देश को बारेमा कम्तिमा विकिपिदिया मा सम्म हेरेको भा हुनी

    Reply
  16. Rashmi says:
    September 11, 2013 at 12:33 am

    It is responsibility of Nepal Government to cross check such consultancies before issuing their licence. The education system is not so proper in Nepal. Those who are willing to study abroad are being cheated. What are the students going to do??? Disgrace on politicians for current situation of Nepal.

    Reply
    1. rajesh says:
      September 11, 2013 at 1:45 am

      कस्तो उदेकलाग्दो कुरो!!एकातिर सरकारी कर्मचारी-प्रशाशनिक दलालहरुले भित्र-भित्र देश खोक्रो बनाइसके,भाको जमीन भत्ता भत नेताहरुले इंडियालाइ पोके पारेर बेचिसके एता हाम्रा, पढेर केहि गर्छु भन्ने युवा हरुलाई सपनाको यानमा उडाएर पैसा लिएर बेपत्ता! साँच्चै हामीमा अब पैसा प्रति यत्रो मोह भैसक्यो र,इमान भुल्नलाइ? तेंही मरिसस जस्तो अपरिचित देशमा नेपालीप्रति कत्रो माया–नेपाली बिद्यार्थी को लागि तिनकै तर्फ बात भोक हड्ताल अरे l सोच्दा उनीहरुप्रति गर्ब गर्न मनलाग्छ र गहिरिएर बिचार गर्दा आफैं लाइ लाज लागेर आयो l

      Reply
    2. pradip nepali says:
      September 11, 2013 at 2:27 am

      रश्मि जी,
      नेपाली जनता ले राम्रो क्रस-चेक गर्ने हो भने नेपाल सरकार नै काम लाग्दैन. आफ्नो आंगको भैसी नदेख्नेले अरु को टाउको को जुम्रा के नै देख्ला र?

      Reply
  17. dhan says:
    September 11, 2013 at 12:20 am

    धेरै गल्ति त म बिद्धार्थिहरुकै भन्छु,
    काठमाडौँ जस्तो ठाउमा हुर्केका केटा केटि दिनको १० चोटी फेसबुक चलाउनेहरु कमसे कम अलि रिसर्च त गर्नु पर्छ नि हौ | सबैले जाने बुझेको अस्ट्रेलिया अमेरिका भए केहि थिएन, नया ठाउँ भनेसी तेसै दलालको आँखा चिम्लेर विश्वास गर्नु ठुलो भुल हो बिद्धार्थी साथै अभिभावकको पनि | एस्ता ठगीका घटना फेरी आइरखेकै हुन्छन त समाचारमा | तेती हुदा पनि विदेश भनेसी आँखा चिम्लेर हाम फाल्नेहरुलाइ मा मुर्ख नै भन्छु | अब रह्यो पठाउने दलालहरुको कुरा | आशा त कमै छ तर आफ्नै देशका कलिला भाई बहिनीहरुलाई पैसाको लागि फ़साउनेहरुलाइ कारबाही भएको येही माइ संसारमा चाडै सुन्न पाइयोस |

    Reply
    1. hari dai says:
      September 11, 2013 at 3:59 am

      धन ब्रो बिध्य्यार्थी को कुनै दोस छैन. तपाई हेर्नुस एक पटक कस्तो भूत लागेको छ हाम्रो नेपाली बिद्यार्थी लै भन्ने कुरा मा एक उदाहरण दिन्छु, मेरो भतिज +२ पास गरेछ अब उसलाई बिदेस आउने ठुलो भूत लागो अनि अम्रिका जाने येसो कुरो बुझेर होला जस्तो नलागेपछि बु आमालाई प्रेस्सुरे हालेर साथि भै को लह लहैमा इंडिया गएछ. नराम्रो त केहि गरेन तर इंडिया नै जानु पर्ने आवस्यकता थिएन नि. यो त्यहाँ चलेको हावा को प्रतिबिम्ब हो त्यहाँ सबै तेस्तै सोच्चन समाज तेस्तै भै रा छ, त्यहाँ बस्यो त डुब्यो, एस्तो सोचाई विकास भै रा छ. यो सबै हटेर जना चेतना को विकास भयो भने बल्ल केहि होला नत्र एस्तो समस्या हरू आइ रहन्छ. रहरै रहर मा काम गर्यो अनि पचूतायो येस्तै त हो हम्रोप बानि.

      Reply
  18. Deepak K.C. says:
    September 10, 2013 at 11:46 pm

    The video does not clearly mention what exactly happened when they reached their college. Anyways, this is a warning message to all of us who run after cheap advertisement without any investigations on college and country. I hope they get assistance as soon as possible and return back home safely. Most of us come through a stage, where we see going abroad the only possible solution however our enthusiasm and frustration leads us to a wrong decision. Accept it or not, miracle does not happen once you get a visa either it be Australia, UK or the States. Lucky are those who are able to survive and establish themselves. Several people try their level best, work hard but at the end of the day the result is not as what we expect. Life abroad is not as easy as what people in Nepal think specially for students. A picture taken in the down town after 12 hours of continuous work will make many in Nepal feel the better and enjoyable life abroad but those living abroad better know the situation and the pain……..

    Reply
  19. ram kumar sharma says:
    September 10, 2013 at 11:44 pm

    ति भाई हरु ले नेपाल को एरपोर्ट इम्मिग्रेशन मा बोलेको कुरा याद गरुन / सबै कागज पत्र बनाएको भए पनि कलेज कस्तो हो राम्रो बुझेको हो भन्दा तपाई लाई के मतलब भन्या होइन ? जे होस् … अरु ले फस्नु नपरोस….

    Reply
    1. harihar sharma says:
      September 11, 2013 at 1:05 am

      ए बाबा तेत्रो ठुलो कुरा गरेका?
      म अम्रिका आउने मान्छे ले त सोझो जवाफ दियर आएँ /
      कमसे कम ठाउं मा रहेको जिमेवार मान्छे ले सोध त सिधा जवाफ दिनु पर्छ नि /
      दुख पायौ भाई हो / अरु ले सिक्ने मौका हो यो / उदार गर्दिनु पर्यो जसले गरेनी /

      Reply
  20. Harke says:
    September 10, 2013 at 11:43 pm

    दलालले त फसाउछ नै, तर फस्न जानेको पनि सानो गल्ति चै होइन है !
    १. हात-हात मा स्मार्ट फोन लिएर हिड्ने र गल्ली-गल्लीका साइबर-क्याफेमा घन्टौ-घण्टा बिताउने +२ पास गरेका बिध्यार्थी नै, आफु जाने कलेजको वेब-साइट सम्म चेक नगरी दलाललाइ लाखौ तिरेर “मौरिसस” पढ्न जाने भन्दै बिचल्लीमा पर्छ भने…..भोलि “पेरु” जाने भनेर “पर्सा”, लुजियाना जाने भनेर “लामीडाँडा” पुग्ने छन…..चेतना भया !

    साँच्चै दलालले फसाएको उदाहरण त एस्तो पो छ त !
    २. एकपेट राम्रो खान र एकसरो आङ्ग ढाक्ने लुगा नभएका दुर-दराजका, चेलीहरुलाइ दलालले फसाएर भारतमा बेचीनु र बिचल्लीमा पर्नु …! जसमा राज्यको पहिलो ध्यान अबिलम्ब जान जरुरि छ !

    Reply
  21. बड्का चौधरी says:
    September 10, 2013 at 11:15 pm

    दु:ख लाग्यो युवा नेपाली भाई बहिनिहरुले परदेशमा पिडा भोग्नु परेको मा.. आशा गरौ, उनीहरुको चाडै उद्दार हुने छ ..

    अन्य अर्थ नलागोस – अहिलेको इन्टरनेटको जमाना पनि येदि कोहि +२ (वा ब्याचलर) गरेको बिद्यार्थी कन्सल्टेन्सीको शरण लिएर बिदेशी कलेज खोज्छ भने उसले कसरि बाहिर बस्न / पढ्न manage गर्न सक्छ ??
    माथि केहि साथी हरुले भनेको जस्तै – कुनै पनि University/college ले भर्नालिदा consultancy को माध्यमबाट आएको लाइ प्राथमिकता दिदैन .. यो त बिद्यार्थीको बिगतको educational performance मा भर पर्छ ..
    सबै इन्फोर्मेशन इन्टरनेट मा हुन्छ , इमेल बाट एक क्लिक्क मा सूचना आदान प्रदान हुन्छ .. अझै किन दलालको फन्दामा हो ? अचम्म छ बा ..

    -बड्का

    Reply
  22. binit says:
    September 10, 2013 at 10:25 pm

    मैले बुज्न नसकेको कुरा – यो कन्सल्ट्यान्सी को आबस्यक्ता किन पर्यो? बिध्यार्थिहरु किन आफै आफुले चाहेको बिस्वबिध्यालयमा भर्ना हुने कोशिस गर्दैन? अहिले को जमानामा इन्टरनेट, इमेल मार्फत धेरै काम गर्न सक्छन | मैले मेरो पालामा कागत चिठ्ठी टाईप गरेर सबै सूचना लिने गर्थे | अहिलेका यी बिद्यार्थी कति अल्छि भएका हुन् | आफ्नो काम आफै नगर्ने ले यस्तै दुख पाउछ |

    Reply
    1. Milan says:
      September 11, 2013 at 2:59 am

      बाउले कमाएको पैसा खर्च गर्ने, अनि विदेश जाने , यत्ति हो जानेको /
      अर्को कुरा consultancy को contact मा यस्तै lower tier को अनि private college हरु हुन्छ जसको उदेश्य पैसा कमाउने/ यस्तो कुरा नबुझी जाने US गरे पनि दुख पाउँछ/

      Reply
  23. Prakash says:
    September 10, 2013 at 9:58 pm

    विद्यार्थीहरुले सपना चकनाचुर भयो, ठगियो त भन्नु भयो, तर कसरि ठगिएको प्रस्ट भएन|
    जुन बिश्वबिध्यालयमा पढ्ने भनेको त्यो बिश्वबिध्यालय नै नभएको हो कि ? वा
    विद्यालय चाँही भएको तर भर्ना नै नगरी, येत्तिकै भिसा लगाएर पठाएको हो कि ?
    विद्यालयमा भर्ना चाही भएको तर TUITION फी कम तिर्नु पर्ने भनेर झुक्क्यायेका रहेछन कि वा TUITION फी नेपाल मा नि लिएर तिरेको चाही रहेनछ कि ?
    विद्यालय पनि रहेछ, भर्ना पनि भएको रहेछ, पढाई पनि हुने रहेछ, तर सबै कुरा भनेको जस्तो रहेनछ कि? विद्यालय बाहिर काम नपाईने रहेछ कि ? आवाश को ब्यबस्ता छ भनेर गएको नभएर अलपत्र हो कि?
    मद्दत चाही माग्ने, अनि के भएको प्रस्ट पनि भन्न नसक्ने? १२ क्लास पढेका को खुबी येही हो ?

    Reply
  24. Nabin Adhikari says:
    September 10, 2013 at 8:16 pm

    एस्तो हरिबिजोग हुनु मा हामी आफै पनि जिम्बेबार छौ? दलालहरु को पछि कुदेर पनि कही उबो लागिन्छ? जानु भन्दा आगाडी पनि सोच्नु पर्ने हो कहा जाने- कसरि जाने- पदने ठाउँ कस्तो छ आदि.. आदि | हामी नेपाली हरु को बानी देखेर छक्क पर्छु म विदेश जाने भनि पछि आखा चिम्लेर केही नबुजि दौडछौ | सोचे सम्जे र काम गरे देखी दुख कम पाईनथीयो की?

    Reply
  25. Radheshyam says:
    September 10, 2013 at 8:10 pm

    विदेश जाने भने पछि धेरै सोचेर बुझेर जानु पर्छ | जस्तो कुन देश जाने ? त्यो देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था कस्तो छ ? विदेशको परिवेश नबुझी जहाँ पायो त्यही सोच्दै नसोची र बुझ्दै नबुझी झ्याम्म हाम फाल्न हुदैन | मोरिसस सक्नेले घुम्न, रमाइलो गर्न जाने ठाउँ हो |
    पढ्न मन भए नेपाल र इंडिया मा नेपालीहरुले अफोर्ड गर्न सक्ने धेरै कलेज र विश्व बिद्यालयहरु छन् त्यता तिर लागे हुन्छ | अमेरिका, जापान, अस्ट्रेलिया, क्यानाडा, यु.के आदि अति बिकसित देश मा गएर काम र पढाई दुवै गर्न सकिन्छ तर त्यहाको कानुन् मिचेर, गर्न पाउने भन्दा धेरै काम गरेर मात्र | त्यसो गर्दा अबस्यनै पढाइलाई समय दिन सकिदैन र राम्रो संग पढ्न सकिदैन | त्यसैले मध्यम बर्गीय नेपालीहरुले पढ्नको लागि नेपाल र इंडिया जस्तो राम्रो देश अरु हुन्न सक्दैन | आफ्नै देशमा राम्रोसंग पढेर डिग्री हासिल गरी सके पछि सके देशमा नै केहि काम सुरु गर्दा राम्रो हुन्छ |

    विदेश गएर पढ्न मन भए राम्रो संग पढेर छात्र वृतिमा जानु उचित हुन्छ | त्यसरी मिहिनेत गरेको मान्छे मात्र सफल हुन सक्छ |

    केहिपनि नबुझी दालालको फन्दामा पर्दा दु:ख पाईन्छ |

    सबै भन्दा पहिला त नेपालमा च्याउसरी उम्रिएका EDUCATIONAL CONSULTANCY
    का नाम मा आफ्नै देशको सोझा साझा दाजु भाई दिदि बहिनीहरुलाई ठग्ने दलालहरुलाई तह लगाउनु जरुरि छ जसको लागि राम्रो कानुन र नीति नियम को जरुरि छ |

    Reply
  26. Yadav Bhattarai says:
    September 10, 2013 at 7:21 pm

    A Must Read Article For Nepalese Students Planning to Study Abroad! विदेशमा बिजोग : http://ekantipur.com/nepal/article/?id=4564

    Reply
  27. मदनमणि says:
    September 10, 2013 at 7:17 pm

    शैक्षिक क्षेत्रमा भएका यस्ता अराजकता अन्त्य गर्नका लागि सरकारले केही कदम चाल्नु अत्यावश्यक छ।

    Reply
  28. nabin k says:
    September 10, 2013 at 7:09 pm

    पुतली सडकमा तेस्तै एउटा दलाल छ -l जसले युक्रेनमा नेपाली बिद्धार्थी पठाउने गर्दछ l उसको युनिभर्सिटी संग कुनै पनि सम्पर्क छैन, छ त केवल युक्रेनमा रहने इन्डियन दलाल संग l ६ बर्षे MBBS गर्न कुल खर्च १५ लाख लाग्छ भनि नेपालका बिद्यार्थी र अविभावकलाइ फसाउने र उता गैसके पछि भने ३०-३५ लाख भन्दा कममा कोर्ष सकिने देखिदैन l उल्ले भने अनुसारका कुनै सिमा र सर्त लागु हुदैन l सुरुमा ७-८ लाख खर्च गरिसकेपछि निल्नु न ओकल्नु भन्या जस्तै हुन्छा ल l अनि सुरुमा आफ्नो service fee नेपाली २०,००० भन्ने अनि India मा interview को लागि जाँदा ४० हजार उठाउने र बिर्द्यार्थी एअरपोर्टबाट उड्ने समयमा मेरो कमिसन येही देउ, नत्र पासपोर्ट पाउन्दैनौ भनि अड्को थपेर fee तिर्न भनि लागेको ७०० डलर माग्ने (जुन नेपालमा डलरको कारोबार अबैध मानिन्छ l अति धुर्त मान्छे रहेछ ल यसलाई पनि समाएर कारबारही गर्ने बिचारमा छन् युक्रेन पुगेका विद्यार्थी l
    त्यसैले यस्ता दलालदेखि बेलैमा सावधान हुन र पत्रिकामा निस्किने गुलिला बिज्ञापनमा बिस्वास नगर्न म सबैलाई अनुरोध गर्दछु l

    Reply
  29. Tek Raj Timalsina says:
    September 10, 2013 at 7:00 pm

    It is a very sad news. Government should immediately investigate about the situation of these Nepalese students. In the video it is not very clear how they were created by the consultancy and the University. Is the University fake? Or Not providing what the students paid for? What false information did the consultancies gave them? If these things are clearly explained by the students through another video or even through mysansar then the government can take necessary actions. Even if the government does not do any thing through mysansar we can name and shame those consultancies.

    Reply
  30. shreesh thapa says:
    September 10, 2013 at 6:11 pm

    म त अचम्म पो मानिराछु +२ पास गरिसकेका बिद्यार्थीहरुले पनि कुन कलेज कस्तो कलेजमा पढ्न जादैछु भन्ने कुराको जानकारी नलिईकन कसरि भुंग्रोमा हाम फाल्न सकेका कतिबेला आहारा औला र खाउला भन्दै कन्सलट्यान्सीहरु आँ गर्दै बसेका छन यस्तो अवस्थामा पनि राम्ररी नबुझी जादा दुख पाउनुपर्यो हुन त कतिपय बुझेर पनि गएका होलान पढ्न नपायपनि लुकेर काम गरौला भागौला भन्ने हेतुले ……दुख पाएपछि मात्र भगवान र आफ्नो देशको सम्झना गर्ने चलन पनि जे भएनी नेपाली हो दुख पाएपछि सरकारले पहल गर्नु पर्यो …

    Reply
  31. narayan sydney says:
    September 10, 2013 at 6:08 pm

    These consultancies suggest the courses and universities from where they get more commission. There are thousands of nepalese students in australia ended up with cookery and hair dressing course because consultancies suggested them to study those courses in sake of getting PR. Same number of students ended up doing masters degree in management and IT and ended up not getting jobs in related field. Just to remain in australia, there are students changing college and courses, extend visa and stay here.
    only because these dalals suggest to do so. They lure students showing the dream of getting PR.
    any one interested to go for overseas study must not rely on these dalals. They can directly contact international student office of universitites, and embassy in nepal.
    any one interesed for australia, please visit http://www.immi.gov.au
    http://australia.gov.au/people/students/international-students
    some good universities in australia
    http://www.uts.edu.au/future-students/international
    http://www.uws.edu.au/international
    please google, you will find much more information than these dalals provide you.

    Reply
  32. Sameep says:
    September 10, 2013 at 5:48 pm

    राम्रो समाचार त हैन यो। यस्तो बेला नेपाली भएर त सहयोग गर्नै पर्छ।
    तर, गरेको/भएको भुलबाट केहि पाठ भने अवस्य सिक्न सकिन्छ :

    १. विदेशमा रहेका विश्व-बिद्यालयहरुमा आवेदन दिदा आफै पनि गर्न मिल्छ, सजिलोको लागि भनेर विभिन्न भाषामा वेब-पेज हुन्छन।

    २. कति वटा वैदेशिक शैक्षिक संस्थाहरु मा नि:शुल्क अध्ययन गर्न पाइए पनि कन्सलट्यान्सीहरुले “scholarship” को नाम दिएर मोटो रकम असुल्छन (जुन सरासर गलत हो)।

    ३. application प्रोसेसमा लाग्ने खर्च सामान्यता २ -३ हजार भन्दा धेरै (DHL/FEDEX/UPS प्रयोग गर्दा) हुदैन, university application fee सामान्यता नि:शुल्क अथवा थोरै रकम लिन्छन, त्यो हिसाबले एउटा university apply गर्दा १०,००० भन्दा धेरै खर्च हुन पर्दैन। कन्सलट्यान्सीहरुले आफ्नो शुल्क (आदि इत्यादी ) जोडेर २०-२५ हजार ननाघ्न पर्ने हो, तर लिन्छन झन्डै १-२ लाख।

    ४. कन्सलट्यान्सीबाट apply गर्दा १००% पाइन्छ भन्नु वाहियात हो, admission पाउने र नपाउने आफ्नै शैक्षिक योग्यतामा भर पर्छ।

    ५. admission पाए पछि त्यो शैक्षिक संस्थाहरुका वेब-पेजमा scholarship बिवरण पनि हुन्छ। त्यो राम्रोसंग बुझेर apply गरेमा आफ्नो योग्यता अनुसार scholarship पनि सजिलै पाइन्छ।

    ६. कन्सलट्यान्सीहरुबाट apply गरे पनि, त्यो universityको क्वालिटी, faculty, खाने-बस्ने खर्च, मेडिकल insurance आदि इत्यादीको बारेमा Internet मै प्रसस्त information पाइन्छ। smartphoneमा internet चलाउने जेनेरेसनलाई यो कुरा खोज्न गार्हो हुन नपर्ने हो।

    ७. सबै काम सक्के पछि पनि आफुलाई सतर्क राख्न, embassy बाट पनि information हरु लिन मिल्छ जुन गर्न आवस्यक पनि छ, भविष्यमा दु:ख नपाउनको लागि।

    Reply
  33. पारंगत राई says:
    September 10, 2013 at 4:59 pm

    धेरै सपना बोकी आएको तर सबै चकनाचुर भएको, अनि सार्वजनिक पाटीमा बस्नु भएको भन्नुभा’छ। तर यहाँहरुले कारण केही खुलाउनुभा’छैन। के भयो, तपाईँहरू के भएर सार्वजनिक पाटीमा बस्नु पर्यो? तपाईँहरूको खर्च कसैले लुटे कि? खुलस्त रुपमा कुराहरू आएन।

    Reply
  34. ramesh says:
    September 10, 2013 at 4:52 pm

    मित्रहरु यो इन्टरनेटको जमाना हो. किन सबै कुरा नबुझी बिदेसको नाममा हाम फाल्ने? तपाई हरुले सायद त्यो देशको अनि तपाईहरु जाने कलेजको बारेमा गूगलबाट राम्रो संग अनुसन्धान गर्नु भाको भए सायद आज यो दिन आउदैन थियो. तपाईहरु प्रति पूर्ण सहानुभूति छ तर तपाईहरु को अन्धोपन देखेर रिस पनि उट्छ.

    Reply
  35. कृष्ण,पर्देशी says:
    September 10, 2013 at 4:47 pm

    एक नेपालीले अर्को नेपालीलाइ अनेक बहानामा ठगि राखेको छ, बेची राखेको छ, यो भन्दा दुर्दशा के हुन सक्छ? अगाडीको ठुलो भाग नहेरिकन पहिले त हरेक व्यक्ति आफै सचेत होउ अनि अनेक बहानामा मौलाएका यस्ता दलालहरु देखि साबधान होउ! अब जे हुनु भै हाल्यो,जसरी हुन्छ यसरि अलपत्र परेका नेपालीहरुलाइ सरकारी तबर बाटै उद्दारको पहल भए हुन्थ्यो!

    Reply
  36. Pratik says:
    September 10, 2013 at 4:46 pm

    नेपाली लाइ विदेश जानपाए पुग्यो… कस्तो देश जाने हो , के पढ्ने हो बुझ्नु पर्दैन ,,,, ४४% हिन्दु र आधाभन्दा धेरै जनता भारतीय मुलका भएको सानो टापू हो मरिसस… देश को अर्थतन्त्र खासै गतिलो छैन… गतिलो युनिभर्सिटी छैन… बुझ्नु सुझ्नु छैन त्यसै दौड्या छ…खाली अरुलाई मात्र के दोष दिनु र ?

    Reply
    1. Suraj Regmi says:
      September 10, 2013 at 5:23 pm

      प्रतिक जी, सबैजना तपाईजस्तो त्रिकालदर्शी हुदैनन् ! कन्सल्टेन्सीका मान्छेहरुले उनीहरुलाइ पढाई पनि हुन्छ, कमाई पनि हुन्छ भनेर लोभिए होलान ! फेरी तपाइँले इकोनोमि राम्रो छैन भन्नु भयो, $१५००० को पर क्यापिटा इन्कम छ त्यो देश को ! आज उनीहरुलाई भएको पिडा भोलि तपाइ – हामीलाई नहोला भन्न सकिन्न !

      Reply
      1. Alina says:
        September 10, 2013 at 10:03 pm

        विदेश मा रहेको शैछिक संस्थाको बारेमा बुझ्न को त्रिकालदर्शी हुनु पर्दैन सुरज जी. गूगल र embassy मार्फत प्रशस्त जानकारी लिन सकिन्छ.

        Reply
      2. Pratik says:
        September 11, 2013 at 7:42 am

        दुख लग्यो सुरज तपाइको विचार पढेर, आफु कुन मुलुक जादै छु, कुन य़ुनिवर्सिटि या कलेज पढ्न जादैछु , उक्त विषय पढेर के फाइदा हुन्छ भनेर बुझ्न पनि त्रिकालदर्शी हुनुपर्छ र ? यी भनेका त न्युनतम जानकारी हुनुपर्ने विषय होइनन र ?
        दलाल त येसैपानी ठग तेसैपानी ठग भाहिहाले .. आफ्नो विचार त आफुले गर्नुपर्यो नि.. विदेश जाने भनेपछि अलि अलि कमाउदै पढौला भन्ने विचार होला, त्यसो हो भने आफु जान लागेको मुलुक मा काम पाउन या काम पाए पनि कमाउन कति सजिलो छ बुझ्नु पर्यो नि… रह्यो कुरा अर्थतन्त्रको, GDP per capita (ppp) $१५००० हो GDP per capita (nominal) $८८५० मात्र हो, अर्थतन्त्र मापन गर्नलाई त्यहाको सामाजिक सुरक्षा, स्वास्थ्य सुबिधा, Living standard र अरु यावत कुराहरु पनि विचार गर्नु पर्ला नि हैन र ?

        ** मरिसस पुगेर अलपत्र परेका बिद्यार्थी साथीहरु प्रति मेरो सहानुभूति छ, उनीहरु लाई सहयोग गर्नु पर्छ भन्ने मेरो पनि मन्यत्ता हो तर दोष केवल दलाल लाइ मात्र दिएर आफ्नो गल्ति छैन जस्तो कुरा गर्न हुदैन भन्न खोज्य मात्र हो मैले…. मा गलत पनि हुन सक्छु..

        Reply
  37. Shashi says:
    September 10, 2013 at 4:44 pm

    ठग्ने भने कै नेपाली लै नै हो नेपाली लाइ नेपाली ले नै हो के गर्ने देसै ठगि सके ति त सोझा साझा नेपाली विद्यार्थी नै हुन् जो भबिष्य बनाउन जान्छन तिनी हरु कै हाल बिग्रदो छ कसले हेर्ने तिनी हरु लै

    Reply
  38. Dipak says:
    September 10, 2013 at 4:44 pm

    अपराधि हरु लाइ यसै गरि सरकार ले प्रबर्धन तथा सम्रक्षण गरिरहने हो भने हामि नेपाली ले अझै धेरै दुख कस्ट हरु भोगिरहनु पर्छ !! यसले बिश्वो सामु हामीलाई नालायक नेपालि भनेर चिनाउदै गैरहेको छ !! देसका दलाली तथा भ्रस्टचारी हरु लाइ हामि ले नै निरुत्शाहित पर्न सके सबै को भलो हुने थियो !!!

    Reply
  39. Roman says:
    September 10, 2013 at 4:31 pm

    How were they cheated, hasn’t been mentioned , may be I can help them..I have many frens in Mauritius……..if in need…

    Reply
    1. Samratrana says:
      September 11, 2013 at 2:04 am

      We think They are in definite need Roman ji , as per clips . So help them if you can , every human being will bless you . We will do what we can . Never wait to help somebody in need , good-things always comes back , believe me .

      Reply
  40. suzee says:
    September 10, 2013 at 4:20 pm

    मिनिमम बिद्यार्थी हरु १२ पास गरेका हरु विदेश जान्छन , जे भएपनि बिद्यार्थी हरु मुर्ख चाही होइनन , एस्तो बकम्फुसे दलाल हरु को झूटो जालो मा फसेको देखेर अच्चाम्मै लाग्छ हो .
    हैन यो त आकाश को तर टिप्ने कुरा मा बिश्वास गर्नु जति हो ,
    विदेश भन्नासाथ हामफाल्नु ठुलो गल्ति हो , के कसो सत्य तथ्य नबुझिकन , मौरिसिअस भनेर किन दौडेका हुन् हो ,
    काठमाडौँ को ९९% consultancy झूट को खेति गरेर खाने दलाल हरु हुन्,
    बिद्यार्थी हरु जो कोहि विदेश जाने हो भने सिधै सम्बन्धित दुताबास तिर सम्पर्क गरे हुन्छ ,

    दलाल हरु लै सुको कौडी नदीम हो , आफै जानकारी लेयेरा सिधै university मा प्रयास गर्नु, मिहिनेत गर्नु पर्यो , आफु सक्षम हुनुपर्यो , तेसै हावा को ताल मा बकम्फुसे बिज्ञापन को पछि नकुदनु /अथवा बकम्फुसे बिज्ञापन को भरमा कतै नउड्नु नै बेश हुन्छ .

    Reply
  41. udaslelmi says:
    September 10, 2013 at 4:03 pm

    It’s really shameful how student completely trust to consultant and never try to google about university and place where they gonna carve future. So, never dream to have wonderful life just getting visa to some abroad country.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme