Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कालजयी गीतमा बाँचिरहनेछन् फत्तेमान

Posted on September 10, 2013September 10, 2013 by Salokya

फत्तेमान राजभण्डारी। फोटोः राजेश केसी
फत्तेमान राजभण्डारी। फोटोः राजेश केसी
गायक फत्तेमान राजभण्डारी साह्रै बिरामी परेको खबर आएको धेरै दिन नबित्दै आज एकाबिहानै उनको मृत्युको खबर आयो।

क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्रै पत्ता लागेका कारण ७७ वर्षको उमेरमै उनको भौतिक देहको अन्त्य भयो।

तर गायक फत्तेमान र उनको सुमधुर स्वर कहिल्यै मर्नेछैन। कालजयी गीतमा अझै सदियौँसम्म बाँचिरहनेछन् फत्तेमान।

उनका धेरै गीतहरु सदाबहार छन्। ती मध्ये एउटा ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ’ हो।

तिर्थराज तुलाधरको शब्दको यो गीत गत वैशाखमा मात्रै उनले यसरी ‘लाइभ’ गाएका थिए-

उनको अर्को कालजयी गीत हो- यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले….

यादव खरेलको शब्दमा उनले गाएको त्यही गीत-
जसलाई आफ्नो सम्झेको थिएँ
उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु
एउटा भूल गरेँ मैले

अर्को एउटा त्यस्तै गीत
वनै खायो डढेलोले
मनै खायो त्यै मोरीको पापी मायाले

विरहमात्र हैन, रोमान्टिक गीत पनि गाएका छन् उनले
सान्नानीको गालैमा कालो कोठी रैछ
नजर नै तिर्मिर गराउने

अर्को त्यस्तै रमाइलो गीत
घिन्ताङमा घिन्ताङ मादलै बज्यो

मातृभाषामा उनले गाएको यो गजल पनि निकै लोकप्रिय छ-
तिमी गजल, म गजल

बुद्धिसागरले लेखेको यो गीत शायद उनले गाएको अन्तिम गीत होला-
म चुपचाप कतै कहानी भएँ
धमिलो धमिलो बिहानी भएँ

सपनाको एउटा तारा
आँखै अघि खस्यो बरी लै

अनि सबै नेपालीको प्रिय राष्ट्रिय गीत ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’। यसका कयौँ रिमिक्स बने। तर पनि अम्बर गुरुङसँग फत्तेमानले गाएको यो गीत अझै उत्तिकै राम्रो र सुनिरहुँ लाग्छ-

35 thoughts on “कालजयी गीतमा बाँचिरहनेछन् फत्तेमान”

  1. बेखालाल नेपाल says:
    September 12, 2013 at 6:52 am

    सान्नानीको गालाईमा कालो कोठी रहेछ
    नजर नै तिरमिर गराउने
    झिम झिम गर्ने पलेरीमा पानी परेछ
    मोती दाना आशु झल्काउने …

    अलबिदा फत्तेमान राजभण्डारी सर

    Reply
  2. Gaurab Nepali "Oodaaseen" says:
    September 11, 2013 at 4:57 pm

    जसलाई आफ्नो सम्झेको थिएँ
    उही बिरानो भयो अहिले
    कसैलाई माया गर्नु
    एउटा भूल गरेँ मैले…
    कालजयी गितहरु पस्केर प्रतेक नेपालीको हृदय चुमेका छन् फत्तेमानले ! नारायण गोपाल को न अगि अगि बह्ढे न पछि पछि हिंडे, उनि हिंडे भने दाँया बाँया नै भएर हिंडे ! नारायण गोपाल ले कहिलै भजन गएनन् तर, फत्तेमानले भजन गयर भगवानको पनि सेवा गरे ! उनका सबै कुरामा उत्कृस्ट छन् ! उनि मरेका होइनन, अमर भएका हुन् !
    रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो!
    कथित महा नायकहरु मर्दा मैले कुनै कमेन्ट गर्ने दुसाहस गरिन ! तर, आज फत्तेमान अमर भएका छन् बह्नेर भन्न पाउदा मा धेरै गौरवान्वित बह्येको छु !

    Reply
  3. ताई काजी तमू says:
    September 11, 2013 at 5:11 am

    एस्तो पनि हुदोरैछ ! नेपाली सुगम संगीतका मूर्धन्य प्रतिभा फत्तेमान राजभण्डारीका कालजयी गीतहरु सधैंको लागि अमर भैसकेका छन् फत्तेमान राजभण्डारी प्रति हार्दिक श्रद्धासुमन उहाँको आत्माको चिरशान्तिको कामना……………………………………

    Reply
  4. Naresh says:
    September 11, 2013 at 3:29 am

    ओहो कस्तो दुखद समाचार, मेरो हार्दिक श्रद्धाञ्जलि !
    फत्तेमान, तिम्रो कहिले नमितिने स्वोरको आत्मा लाई चिर आनन्ददित शान्तिको कामना; स्वोर्गद्वार हाम्रो फत्तेमानका लागि सधै खुल्ला रहोस !

    Reply
  5. Milan says:
    September 11, 2013 at 2:11 am

    मुर्धन्य गायक फत्तेमान को कालजयी आधुनिक गीत का साथै भजन हरु पनि मलाई निकै मन पर्छ/
    उहाँ को निधन प्रति हार्दिक श्रदान्जली! फत्तेमान को स्वर सदा अमर रहनेछ/

    Reply
  6. Arun Mahara says:
    September 11, 2013 at 1:09 am

    नेपाली सुगम संगीतका मूर्धन्य प्रतिभा फत्तेमान राजभण्डारी अब केवल सम्झनाहरुमा !! तर उहाँले स्वरबद्ध गर्नुभएका कालजयी गीतहरु सधैंको लागि अमर भैसकेका छन्…. आदरणीय गायक तथा संगीतकार फत्तेमान राजभण्डारी प्रति हार्दिक श्रद्धासुमन… उहाँको आत्माको चिरशान्तिको कामना…. उहाँले प्रतिनिधित्व गर्नुभएको यो समग्र युगले सदैव सम्झिरहने छ उहाँको कीर्ति…

    Reply
  7. avaya says:
    September 10, 2013 at 10:30 pm

    म त यी गीतहरु सुनेर nostalgic भये ! वास्तबमा प्रत्यक ब्यक्ति Ethnocentric हुन्छ जास्लाई आफ्नु भाषा, गीत, संस्कृति अरुको भन्दा उत्तम लाग्छ. तेसैले होला धेर्रै नेपाली US मा आफ्नु कार मा नेपाली गीत बजाएर हिन्द्छान . मलाई पनि फत्तेमान का यी गीत सुनेर आँसु आए अनि आजभन्दा २५-३० वर्ष अघि आँफु सानु हुँदा को याद आयो . मैले त यी गीतहरु office मा नै बजाए, थाम्नै सकिन. ओरिपरि अरु नेपाली नाबुज्ने साथीहरु थिय!

    Reply
  8. Krishna Rai says:
    September 10, 2013 at 10:20 pm

    आज येहां औपचारिकता जस्तो मात्र लाग्ला, तर फत्तेमान का गीत हरु मलाइ औधि मन पर्छ! चौबिसै घण्टा सुने पनि कदापि झर्को नलाग्ने, सुनिरहूँ जस्तो मात्रै लाग्ने!

    देशले एक बिशाल हस्ती गुमाएको छ!
    उहा का कालजयी सृजनाहरु ले उहाको सम्झना लाइ हामि बीच सदैब जीवित राख्ने छन|

    उहाको आत्मा को चिर शान्ति को कामना अनि उहा को दुखित परिवार प्रति हार्दिक समवेदना|

    Reply
  9. Biraj Subedi, Fougeres, France. says:
    September 10, 2013 at 10:08 pm

    एक नक्षत्र फत्तेमान राजभण्डारीको आत्माको चिर शान्तिको कामना गर्दछु ! परिवारजनमा हार्दिक समवेदना !

    Reply
  10. क्षीर धोज says:
    September 10, 2013 at 9:54 pm

    वनै खायो डढेलोले
    मनै खायो त्यै मोरीको पापी मायाले………….

    यस्तो हृदय स्पर्सी गीतको मर्म जस्तै उहाँलाइ सधै माया गरिरहने छौँ ..!!! उहाँले प्रेमरसको मात्र होइन ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ जस्तो देशप्रेम र बीररसको उत्कृस्ट गीतहरु गाउनु भएको छ | निस्चय नै उहाँ अमर हुनु हुन्छ …..यी गीतहरु संगै …

    Reply
  11. Mkrai says:
    September 10, 2013 at 8:59 pm

    “मर्न बरु गाह्रोहुन्न तिम्रो माया भुल्नैसकिन” भनेर स्व. फत्तेमानले गाउनु भए झैँ वहालाई भुल्न गाह्रो बनाएर जानु भयो ! वहाको चलायमान भौतिक शरीर सुन्यमा बिलिन भएपनि वहाका सुमधुर मार्मिक स्वरहरु “बनै खायो डडेलोले, मनै खायो तेइ मोरीको पापीमायाले” भने झैँ ” माया पापी नै सहि ” मायाहरुलाई कहिल्यै भुल्न सकिने छैन र वहाका कालजयी गितहरुले पापी मायालुहरुलाई मायाहरु भुल्न दिने छैनन् ! चिर शान्तिको प्रार्थना गर्दै हार्दिक श्रदान्जली !

    Reply
  12. Lakshman says:
    September 10, 2013 at 8:09 pm

    हार्दिक श्रधांजलि अर्पित गर्दछु ” स्वोर शिरोमणि” महान गायक फत्ते मान ज्यु प्रति / उहा को भौतिक शरीर हामी बाट टाढा भय पनि उहाका कालजयी अमर गीतहरु युग युग सम्म हामी बीच रहिरहने छन् / क्यान्सर जस्तो बिषालु रोग आफु भित्र पालेर पनि उहा आफ्नो सांगीतिक यात्रामा अविरल लागि रहनु भयो / पुराना गायक हरु मध्ये उहा धेरै सक्रिय हुनु हुन्थ्यो / उहाको निधन नेपाली सांगीतिक क्षेत्रको लागि अपुरनिय क्षति हो , के गर्ने समयमा उपचार नभय पछि “दैवको लिला ” भन्न बाहेक अरु के नै गर्न सकिन्छ र ?

    Reply
  13. Sisir says:
    September 10, 2013 at 6:41 pm

    सुने अनुसार फत्तेमान राजभण्डारीको स्वोरमा जुन जादु थियो तेती नै उदार हृदयका थिए उनि , सके सम्म कसैलाई पनि नाई भन्दैन थिए रे , पछिल्लो समयमा धेरै पुराना सर्जक चुपचाप बसेता पनि यिनले नया पुस्ताका सर्जकको थुप्रै गाना गाएका छन् … एउटा अद्ध्ययाको बिस्राम भएको छ .. भाबपूर्ण हार्दिक श्रद्धाञ्जली ..

    Reply
  14. द्रोण says:
    September 10, 2013 at 5:31 pm

    नारायण , फत्तेमान ,भक्तराज ,दिपक खरेल , दीप श्रेष्ठ , अरुण थापा , ओम बिक्रम विस्ट, गोपाल योञ्जन , उदित झा ,योगेस बैद्द पुराना सुनु सुनु लाग्ने गायक थिए |
    फत्तेमान को” एस्तो पनि हुदो रहेछ ” खुब हिट भा थ्यो |
    हार्दिक श्राद्दांजलि

    Reply
  15. Sanu Maharjan says:
    September 10, 2013 at 4:35 pm

    मर्न बरु गार्हो हुन्न तिम्रो माया मार्न सकिंन …..
    नेपाली जनताले फत्तेमानलाइ सदैब सम्झिरहनेछन

    स्वर्गमा पनि यस्तै नाम चम्काइरहनु होला

    All The Best Phatteman Sir !!!

    Reply
  16. रोदन के.शी. says:
    September 10, 2013 at 4:04 pm

    जसलाई आफ्नो सम्झेको थिएँ
    उही बिरानो भयो अहिले
    कसैलाई माया गर्नु
    एउटा भूल गरेँ मैल

    फत्तेमान जी को यो स्वर हरपल मनसपटलमा गुन्जिरहन्छ।

    Reply
  17. S. R. Shakya says:
    September 10, 2013 at 3:20 pm

    नेपाली संगीत क्षेत्रको लागि अपुरणीय क्षति !!! भावपूर्ण श्रद्धान्जली !!!

    Reply
  18. ram lal shrestha, London says:
    September 10, 2013 at 2:50 pm

    नेपाली संगीतका मुर्धन्य व्यक्ति फत्ते मान दाइको स्वर्गारोहणले स्तब्ध बनायो स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछु ! परिवारजनमा हार्दिक समवेदना !

    Reply
  19. RAJKUMAR says:
    September 10, 2013 at 2:49 pm

    पुराना दिनहरुको सम्झना पुनरावृत्ति भयो | रेडियो नेपालमा आउने उनले गएको सुमधुर गीतहरु सुनेर हुर्केको मान्छे | नरमाइलो लग्यो यो दुखद खबर सुन्दा |
    RIP ….

    Reply
  20. Tenzing Gaba says:
    September 10, 2013 at 2:44 pm

    …….मर्न बरु गाह्रो हुन्न
    तिम्रो माया मार्नै सकिनँ……
    ———————————
    हो
    सारा नेपालीले तिम्लाई कहिले पनि माया मार्ने छैनन्

    Reply
  21. Mohan Sunuwae says:
    September 10, 2013 at 2:26 pm

    उहाको आत्मा लाई शान्ती मिलोस | आज हामी सबैले उहाको गीतलाई हामीहरुले सुन्न नाबीर्सोउ |

    Reply
  22. aashishjii says:
    September 10, 2013 at 2:15 pm

    धन्यवाद फत्तेमान सर…यहाको यस्ता कालजयी अमर गीतलाई सधै नेपालीले सम्झिराखने छन्…मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारमा हार्दिक श्रद्धान्जली…You Will Be Missed But Never Forgotten

    Reply
  23. पुष्प says:
    September 10, 2013 at 2:07 pm

    नेपाली संगीतको एउटा महत्त्वपूर्ण अध्याय सकिएको छ । तर यो अध्याय अझ थुप्रै पुस्तामा स्मरणीय रहने पक्का छ । हार्दिक श्रद्धाञ्जली ।

    Reply
  24. Narayan says:
    September 10, 2013 at 2:02 pm

    मर्न बरु गारो हुन्न …………………साएद त्यस्तैनै हो ……….. तिम्रो माया मार्न सक्दैनौ आदरणीय फत्तेमान ……………. आत्माले अनन्त शान्ति प्राप्त गरोस……………

    Reply
  25. Jeevan Thapa says:
    September 10, 2013 at 2:01 pm

    ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ’ !!
    यो दुखद समयमा मृत आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक समबेदना!!!

    Reply
  26. गौतम "उदय" says:
    September 10, 2013 at 1:59 pm

    कहिलै औपचारिक भेट नभए पनि उहाँ मेरो आदरणीय गुरु हुनु हुन्छ | २२-२४ बर्ष पहिले उहाँको गीत ” यस्तो पनि हुँदो रैछ……………” मैले धेरै स्टेजमा गएको थिएँ, साथीहरुबाट वा.. वा पनि पाएको थिएँ | करिब २ महिना अंगाडी प्रकाशित मेरो गीति-संग्रह “मायासंग आँसु साटें” का केही गीतहरु उहाँलाई गाउन बिनम्र अनुरोध गर्ने योजना थियो, पूरा हुन पाएन | उहाँको असामयिक निधन प्रति अति गहिरो सम्बेदना ब्यक्त गर्दछु |
    असिम स्रधा सहित दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु |

    Reply
  27. डिल्ली says:
    September 10, 2013 at 1:29 pm

    मनपर्ने कालजयी गीतहरूका गायक फत्तेमानको दुःखद अवसान भयो उनी प्रति हार्दिक श्रद्धाञ्जलि !

    Reply
  28. shree basanta says:
    September 10, 2013 at 1:27 pm

    “मर्न बरु गार्हो हुन्न तिम्रो माया मार्नै सकिन”
    हामि पनि तपाइँलाइ बिर्सन सक्दैनौ | ति मीठा कालजयी सदाबहार गीतहरुमा
    तिमि बसिरहनेछौ |

    Reply
  29. yogendra bishwakarma says:
    September 10, 2013 at 1:00 pm

    हादीक् सर्धान्जलि

    मृत्‍यु ले शरीर जित्न सक्छ तर कसैको उप्लब्धी जित्न सक्दैन, फत्तेमान ले जुन उप्लब्धी हसिल गर्नु भयेको छ न त त्यो मृत्‍यु ले नै जित्न सक्छ नत मान्छे ले नै
    मर्नु बरु गार्हो हुन्न तिम्रो माया मार्नै सकिन भनेर मृत्‍यु लाई सम्म चुनौती दिने काल्ज्यी गीत हरु सधैं गुन्जी रहने छ्न हरेक नेपाली को मन मा बर्षौ सम्म।

    Reply
  30. manoj says:
    September 10, 2013 at 12:57 pm

    नेपाली संगीतमा एउटा युग को अन्त्य भएको छ| सदाबहार संगीत सधै मन् मस्तिक मा गुञ्जिरहनेछ| हार्दिक श्रद्धान्जली छ फत्ते मान, देश ले सधै सम्झी रहनेछ तिमि र तिम्र संगीत हरु….

    Reply
  31. SURENDRA hongkong says:
    September 10, 2013 at 12:50 pm

    सदैब सम्झना छ महान स्वोर सम्राट लाई सधै,सधै ………बनै खायो डडेलो ले , मनै खायो त्यहि मोरी पापी माया ले / आधा राती बिउझियेर जाउ,जाउ लाग्छ डाफे सरि बेग हालेर,भोक पनि छैन मलाई तिर्खा पनि छैन, मन बुझाउने के पो गरेर, खोला सुक्यो खडेरी ले यो मन सुक्य बैगुनी को आसै आशा ले /

    Reply
  32. Debu Shanker Ghimire says:
    September 10, 2013 at 12:38 pm

    सारही दु:ख लाग्यो वहा को दुखद निधन ले आज काम नि गर्न मन लाग्य छैन कार्यालयमा …

    आकाशका एक नक्षत्र फत्तेमान राजभण्डारी प्रति हार्दिक श्रध्दान्जली ,शोक सन्तप्त परिवारजनमा समबेदना!

    Reply
  33. अनिल says:
    September 10, 2013 at 12:11 pm

    उनको देहावसानको खबर सुन्ने बित्तिकै “मर्न बरु गाह्रो हुन्न” भन्ने गित मेरो मानसपटलमा आइरहेछ

    Reply
  34. पारंगत राई says:
    September 10, 2013 at 11:43 am

    पोहोर साल पलेँटीमा उहाँको कार्यक्रम हेर्दा त तगडै देखिनुभा’थ्यो।

    Reply
  35. कमल थापा(साउदी अरब) says:
    September 10, 2013 at 11:36 am

    नेपाली संगीतले एउटा अभिभावक गुमाएको छ/ यो दुखद समयमा मृत आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक समबेदना!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme