Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साफ उपाधिलाई भारत र अफगानिस्तान भिड्ने

Posted on September 9, 2013September 9, 2013 by Salokya

आयोजक नेपाल पराजित भइसकेपछि कम दर्शकको उपस्थितिमा भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई १-० ले पछार्दै भारतले उपाधि रक्षाका लागि अफगानिस्तानसँग खेल्ने भएको छ। निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा कर्नरमा पाएको बललाई दायाँ खुट्टाले शक्तिशाली प्रहार गरेर आर्नब मण्डलले गरेको गोल निर्णायक भएको थियो। दुई पहेँलो कार्ड पाएका कारण आज कप्तान सुनील क्षेत्री बिना भारतले खेलेको थियो। खेल सकिएपछि माल्दिभ्सका खेलाडी र पदाधिकारीहरु हातपातमा उत्रेपछि रङ्गशाला तनावपूर्ण बन्यो।


७२ औँ मिनेटमा पेनाल्टी बक्सभित्र लडेका माल्दिभ्सका स्टार स्ट्राइकर अलि अस्फाकलाई पहेँलो कार्ड देखाएका कारण माल्दिभ्स रिसाएको जस्तो देखियो।

यसअघिका प्रत्येक खेलमा अलि अस्फाकलाई लडाउँदा विपक्षी किपरले रेडकार्ड पाउने गरेका थिए। यस पटक भने उनी आफैले पहेँलो कार्ड पाए चिटिङ गरेको भन्दै।

तनाव साम्य पार्न अस्फाक स्वयं सक्रिय थिए। आयोजकका तर्फबाट नेपाली पदाधिकारीहरु पनि साम्य पार्न तल्लीन हुँदै गर्दा केही वर्दीधारी प्रहरी पनि त्यहाँ देखिए।

सन् १९९७ मा पनि यही रंगशालामा भएको पहिलो साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र माल्दिभ्सबीचको खेलमा दुवै देशका खेलाडीले कुटाकुट गरेका थिए। हिजोको सेमिफाइनलमा पनि आफूहरुलाई मोबाइल फोनले हिर्काएको भन्दै अफगानिस्तानको बेञ्चले फोर्थ अफिसियलसमक्ष उजुरी दर्ता गरेको थियो।

खेल सकिएपछि प्रस्तोताले तनावका बारेमा सोध्दा भारतका कप्तानले भने, सबैले देखे हामीले गोल गर्‍यौँ। ९० मिनेट सकियो, हामीले जित्यौँ। त्यसपछि जेसुकै होस् त्यसको अर्थ रहन्न।

भोलि एक दिन रेस्ट गरेपछि बुधबार अफगानिस्तान र भारतबीच फाइनल साँझ साढे ६ बजेदेखि हुनेछ। साफमा तेस्रो स्थानका लागि खेल हुने गर्दैन।

भारत र माल्दिभ्सबीच दोस्रो सेमिफाइनल खेलको भिडियो

प्रमुख अंश

पूरा खेल-

14 thoughts on “साफ उपाधिलाई भारत र अफगानिस्तान भिड्ने”

  1. Bimal says:
    September 10, 2013 at 2:39 pm

    जित भारतकै हुनुपर्छ! योकुरा बिरगोर्खाली र बुद्धिमानी नेपालीहरुले मात्र बुझेको हुन्छ! ~~~जय नेपाल ~~~ जय गोर्खाली !!!

    Reply
  2. aryan says:
    September 10, 2013 at 8:55 am

    देख्नु भो त? दशरथ रंगशाला लग भाग सुन्य थियो नेपाल हार्नु मा टिकट डर बढाउनु ल हो एन्फा ले सुन को फुल पर्ने कुखुरा मरेको छ

    Reply
  3. Ram Jha says:
    September 10, 2013 at 5:36 am

    गो इंडिया!!! सुनिल छेत्री रक्स !!! आखिर उ पनि नेपाली नै हो !

    Reply
  4. Shailendra Dhakal (म्याउ ) says:
    September 10, 2013 at 5:16 am

    इंडियाले जितोस, हामीले हराएको टीमले जित्नु भनेको त हामी झन् त्यो भन्दा माथि पुग्या बराबर भएन र? हामीले इंडियालाइ हरायौ तेसैमा चित्त बुझाम अब.

    Reply
    1. Rajendra Adhikari says:
      September 10, 2013 at 2:28 pm

      अनि हामीलाई हराएको टिम (अफ्गानस्थान) लाई सुद्दा इन्डियाले जित्नु भनेको चाहिँ के नि ?

      Reply
  5. amrit subedi says:
    September 10, 2013 at 3:34 am

    भारत ले जितोस, नेपाल संग हारेको हो नि,जिते पनि सिर ठाडो हुदैन नेपालीको अगाडी !!!

    Reply
  6. prabash says:
    September 10, 2013 at 12:00 am

    नेपालीहरुको कमजोरी भनेको एक अर्को खेलाडीमा कोओर्दिनेसन छैन. बल कन्ट्रोलमा राख्न अझै पनि नेपाली खेलाडीहरुले सकेको छैन…. ज्यान दिएर खेल्छ.. तर goal गर्न सक्दैन..मुडे बलले मात्र खेलेर game जित्दैननि….यो साफ गेम बाट नेपाली राष्ट्रिय टोलिलाइ राम्रो experience भयो होला… अब अरु खेलहरुमा राम्रो खेल्छ होला…

    Reply
  7. द्रोण says:
    September 9, 2013 at 10:49 pm

    अब नेपाल ले विश्व कप जित्ने सपना देख्नु पर्छ , तेसै अनुसार लाग्नु पर्छ तेस्पछि साफ मुला भनेको त् खेलाडी मैदान मा उभिदिये पुग्छ |

    Reply
  8. dhan says:
    September 9, 2013 at 9:39 pm

    अब जसले जिते पनि के भो र नेपालीलाइ !
    नेपालीले साफ च्यम्पिओनशिप जित्ने त उखान जस्तै भै हाल्यो 😀
    साचिकै नेपाललाई सतिले सरापेको हो नै पो जस्तो लाग्न थाल्यो बा ! नेपालको राजनीतिक स्थिरता र विकासको नेपालीको सपना र जम्मा गोडा ८ ओटा देश भएको साफ जित्ने सपना सपनै होला जस्तो पो भो | हुन्छकी हुन्छकी !! आशा जहिले ठुलै हुन्छ | आखिरमा हात्ती आयो फुस्सा भने जस्तो |
    खै के खै के ?
    अब हेर्नुस न अर्को समस्या बिचरा नेपालीको , ल भैहाल्यो भाग्यले नै साथ् दिएन येस्पली भनेर चित्त बुझाए पनि आफ्नै देशमा भाको फाइनलमा सपोर्ट गरम भने पनि गर्ने कसलाई ?
    इंडियाको सुको केहि नपर्ने बानि लागेको नेपालीलाइ निकै भै सक्यो, सपोर्ट गर्ने कुरै भएन भने अर्को तिर भर्खर मात्र आफैलाई हराएको झोक अझै बाकि नै छ अफघानिस्तान प्रति !!
    बिचरा हामि नेपाली केहि गर्दा पनि सुख नपाइने भो !
    रक्षा गर प्रभु रक्षा गर !!

    Reply
  9. Sonam Sherpa says:
    September 9, 2013 at 9:18 pm

    नेपाललाई कमजोर ठान्नु हुदैन रहेछ उसले २ गोल ठोकेको भारतले १ गोल माल्दिभ्सलाई ठोकेर फाईनल पुगे नेपालले कम्तिमा १० बर्षको लागि बिमल घर्ति मगर जस्ता खेलाडी पाए यसैमा खुशी हुनु पर्छ एन्फाले यस्ता खेलाडीलाई निखार्नु, तिखार्नु पर्दछ युरोप र एसियाको टप प्रशिक्षण दिनु पर्दछ . ताकी भोलिका दिनमा केहि जादुमयी खेल पस्कुन

    Reply
  10. dilip gurung says:
    September 9, 2013 at 9:07 pm

    आजको खेल पनि हेरियो तर नेपाल बहिरिसकेपछी खेल हेर्नुमा खासै मजा रहेन| फाइनल सायद हेरिन्न होला| 🙁

    Reply
  11. Chetan Nepali says:
    September 9, 2013 at 9:01 pm

    यो गेमबाट नेपालले पाठ सिक्नै पर्छ! भारतीय टीम कति नहाडबदै खेल्न सक्षम छन् !

    नेपालको भाले रेटेर गॉल गर्ने प्रथा चाइ हटाउनै पर्छ ! बरु केटाहरुलाई येसो बिपस्यना तिर पनि पठैदिये राम्रै होला!

    भारतको(ठुलो दाइको) जीत राम्रै मानु पर्छ ! कमसे कम नेपालले चित्त बुजौने ठाउँ त हुन्छ !

    Reply
  12. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    September 9, 2013 at 8:28 pm

    Nice result. At least for Nepal, we can think of it this way, if India wins final we can brag that we had won them. If Afganistan wins, we can say, oh we lost against the champions. 🙂

    Reply
  13. ashok says:
    September 9, 2013 at 7:36 pm

    जति बिरोध गरे पनि भारत भनेको हाम्रो नजिकको छिमेकी हो, भारतलाइ मेरो समर्थन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme