-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनीया-
पुरुषप्रधान समाजमा नारीलाई सर्वदा भोगको मात्र विषय मानेर सदा आफूमाथि रहने प्रपन्च चलिरहेको छ। यसबाट हाम्रो समाज पनि अछुतो छैन। यसैको उदाहरण हो हरितालिका अर्थात् तीज।
पार्वतीले शिवको आराधना गरेको धार्मिक आडमा हिन्दु नारीहरु असल श्रीमान् पाउन या श्रीमानको सुस्वास्थ्य तथा दिर्घायूको कामना गरि हरितालिका जस्तो कडा व्रत बस्छन्। हुन त समयसंगै यसमा विस्तारै केहि सुधार या परिवर्तन आएको देखिएको छ तर पनि यो व्रत कति कडा छ भन्ने कुरा या त व्रत महिमा गाउने पण्डितलाई थाहा छ या त व्रत गर्ने महिलाहरुलाई थाहा छ। यसरी कडा व्रत बसेर पाएको श्रीमानको महत्व बढ्ने नै भयो। त्यसैले विचरा महिलाहरु उनै श्रीमानको खटनमा परेर दिन काट्न बाध्य हुन्छन्।
प्रचलन बमोजिम व्रतको अन्त्य गर्न श्रीमानको पुजा आराधना गर्नु पर्ने हुन्छ र श्रीमानको पाउ धोएर त्यसको पानी पिउनु पर्ने हुन्छ। श्रीमान नहुने नारीहरुको लागी भिन्दै व्यवस्था गरिएको छ। श्रीमान् भनाउँदा पुरुषहरु भने गमक्क परेर श्रीमतितर्फ आफ्नो पाउ तेर्स्याउँछ मानौँ ऊ साँच्चिकै भगवान हो। तर कसरी ऊ भगवान वा सो सरह भएको छ भन्ने कुरामा ध्यान कहिल्यै दिंदैन। न त भगवानमा हुने सद्गुण नै आफुमा समाहित गर्छ | फलतः पाउको पानी खाएकी श्रीमतिले एक्कैछिन पछि लात्ति खान बेर लाग्दैन। विचरी नारी भगवानको प्रसाद लात्ति नै हो भन्ने ठानेर चुपचाप सहेर बस्छिन् या त मेरो कर्मै यस्तो भनेर सहन्छन्। हुन त अपवादको रुपमा कतिपय शिक्षित व्यक्तिहरुले यस्तो प्रथाको अन्त्य गरिसकेको हुनुपर्छ तर पनि कयौँ शिक्षित व्यक्तिहरु श्रीमतिले तीजको व्रत बसोस् र आफ्नो पाउको पानी खाओस् भन्ने चाहना पालेको पाएको छु।
एकजना मित्रले गतवर्षको तीजमा श्रीमतिले व्रत नबसेकोमा गुनासो गर्दै ‘व्रत त बस्दिन’ भन्दै मेरी श्रीमतिले व्रत बसेर पाउको पानी खाए न खाएको सोधे। मैले मेरी श्रीमतिले व्रत बस्न छोडेको ३२ वर्ष भयो भनेँ। वास्तवमा भएको त्यही थियो। विहे गरेको वर्ष मेरी श्रीमतीले तीजको व्रत बसिन् र मेरो पाउको पानी खान तयार भईन्। मलाई अति ग्लानी र शरम लागेर आयो। मैले अर्धाङ्गिनीको रुपमा अँगालेको श्रीमतिलाई मेरो पाउको पानी खान दिनु जस्तो शरमलाग्दो अरु केहि देखिनँ र भनेँ ‘आजदेखि यो व्रत बस्नु पर्दैन।’ तिनले व्रतको पक्षमा र व्रतको महिमा गाएर जित्न खोजिन् तर मैले भनेँ ‘यो व्रत जब मेरैलागी हो भने मैले भनेपछि छोड। मेरो सुस्वास्थ्यको कामना गर्न व्रत नै बस्नुपर्छ भन्ने छैन, मात्र कामना गरे पुग्छ, रह्यो दिर्घायुको कामना, यो न त व्रतले, न त कामनाले नै कुनै असर गर्छ। समय आएपछि कसैको केहि लाग्दैन’ भनेर तिनको व्रतमा पुर्णविराम लगाई दिएँ।
श्रीमतिलाई आफ्नो अर्धाङ्गिनी मान्ने हामी कतिले गएको तीजमा आफ्नो पाउको पानी ख्वाउन तयार भयौं होला? फेरी श्रीमतिलेमात्र श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना कहिले सम्म गर्ने? श्रीमान र श्रीमति एकै सिक्काको दुईपाटो या एकै रथका चार पांग्रा भएपछि के श्रीमानले श्रीमतिकोपनि सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुपर्दैन? के त्यस्तो भएको कतै उदाहरण छ ? होईन भने ऋषि पंचमी झैँ पुरुषहरुले पनि राम्रो र असल श्रीमति पाउन अथवा श्रीमतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्न कुनै षष्ठि या सप्तमीको साइत जुराउने हो कि ?
आआफ्नो सोचाई हो , बन्धु जी हो l आत्मियता र माया को आधार नै एक अर्का प्रति को समर्पण र विश्वास मा रहेको हून्छ l केवल कुन तरिकाले गर्ने भन्ने मात्र फरक हो l आफ्नो श्रीमती स्वस्थ, खुशी र सदा तनाबमुक्त रहोश भनेर श्रीमानले पनि श्रीमतीको आवस्यकतालाई पुरा गर्न अरुको पाऊको पनि पानी खान पछि पर्दैन l मलाई पनि यो कुरा मा पटक्कै विश्वास लाग्दैन तर कहिले कहिँ कुनै नराम्रो कुराले पनि दुई बिचको संबध प्रगाढ बन्छ भने त्यसलाई अलि फरक ढंगले निरन्तरता दिदा नै उपयुक्त हुन्छ होला l
यो धर्म संस्कृति संग सम्बन्धित यस्ता चलनहरूलाई तार्किक , बैज्ञानिक, समानता, सम्मान आदिको दृष्टिले मुल्यांकन गर्न सजिलो छैन जस्तो लाग्छ मलाई….जस्तो कि म नास्तिक छु रे तर मेरो श्रीमती सारै आस्थावान छिन भने उसले मेरो खुट्टा को पानि खान ढिप्पी गर्दा मैले मोज वा जुत्ता लाएर बसेर <> भनेर मैले मेरो नास्तिक धर्म को राम्रो पालना त गरम्ला तर उसको भावना र आस्थालाई पनि ठेस पुर्याइरको हुन्छु…अब त्यो खुट्टाको पनि खाएर उसलाई पखाला लाग्ने वा जर्म सर्ने कारणले त्यसो गर्न बाट रोक्ने हो भने फेरी अर्कै कुरा हो……
मुक्तिनाथ वा गोसाइकुण्ड गएर फ्रिजिंग जाडो मा नुहाउनु र कैलाश वरिपरि टिबेटन बुद्धिस्ट हरुले कोरा परिक्रमा गर्नु पनि त के एक हिसाब को <>विस्वास हैन र? ठुला धर्म संग सम्बन्धित अधिकांस (8०% भन्दा बढी) चलन (rites) हरु को त्यो धर्म को मूल उधेस्य संग कुनै सरोकार हुँदैन र सराइ असान्धर्विक पनि छन्, तैपनि तिनको फलो गरिन्छ…मुक्तिनाथ मा नुहाएर बुद्धिस्ट हरुलाई गुरू रिम्पोछेले र हिन्दुहरुलाई भगवान विष्णुले( भाग लाएर! ) बरदान दिने हैनन्, तैपनि मुटु कलेजो बेच्ने मासु ब्यापारी देखि हार्ट सर्जरी गर्ने सर्जन सम्मले त्यहाँ नुहाएका छन!! ?>
अल इन अल, कुसंस्कार भनेको बोक्सी, छाउपडी, छुवाछूत प्रथा( हाइयर डिग्री) , बलि प्रथा ( लोवर डिग्री) आदि हून जसमा ” धर्म , चलन वा विस्वास” को नाममा अर्को पक्षलाइ वा आफुलाई पनि सास्ती दियिन्छ…हो, यस्ता चलन रोक्न अग्रसरता देखाउनै पर्छ….तर यदि अरुले मानेको यस्तो चलन आफुलाई “पाखण्ड” लागेपनि तेस्ले कुनै किसिमको हानि कसैलाई गर्दैन भने त्येसको बिरोध गर्नलाई चर्को स्वर खर्चिनु आवस्यक देखिन्न…!!!
माथि पहिलो कोस्ठ लाइ ” ज्यान गए पनि तलाई म खुट्टाको पनि खान दिन्न!” र दोश्रो कोस्ठ लाइ “अन्ध” पढ्नु होला!
लेखक ज्यु तपाइको श्रीमतीले ब्रत बस्न छोडेको ३२ वर्ष भयेछ यानिकी धर्मिक्तालाई बलिदिएको ३२ वर्ष भएछ/मा पनि एउटा शिक्छित नारि हुनुको साथै देश विदेश घुमेर दुनिया देखेको छु तर म हाम्रो धार्मिक परम्परालाई निरन्तरता दिनु पर्छ भन्ने मन्येता राख्दछु/श्रीमान को गोडा धुने शिर्फ तिज को ब्रतमा मात्त्र नभई हरेक दिन बिहान उठेर ढोग्नु र पानि खानु हाम्रो परम्परा यानिकी ऋषि मुनि क पत्नी हरुले गर्ने गरेको हामि ले धार्मिक ग्रन्थ अनुशार नि थाहा भएको कुरो हो/ मेरो हजुर मुवा ८५ वर्ष को हुनुहुन्थ्यो उहाले हरेक दिन हजुर बुवाको गोडाको पानि खानु को साथै ढोग गर्नु हुन्थ्यो/मैले बिहे गर्दा मैले मास्टर डिग्री पड्दै थ्ये/मैले पनि हजुर मुवाको बाटो अपनाए किन कि मेरो हजुर्मुवाले खुट्टाको पानि खानु र ढोग्नु को अर्थ भन्नु भएकोले/खास मा श्रीमान आइमाई को शिर को मान हुन् भने श्रीमती लोग्नेको शिर को मति हुन्/लोग्ने स्वास्नी एक रथका दुइ पांग्रा/एक अर्को बिना अपुरो/लोग्ने को खुट्टाको पानी खादैमा लोग्ने लाइ ढोग दैमा स्वास्नी सानो हेपिने लोग्ने ठुलो देवता हुने हैन येस्मा सबै माया प्रेम का कुरा जोडिएको छ/सम्मान को कुरो जोडिएको छ/जब स्वास्नीले खुट्टा को पानी खान्छे र गोडामा दोग्छे उसको लोग्नेलाई पानी आफ्नी स्वास्नी को लागि मन मा माया पलाउछ पलाउछ/येदि कुनै कुरामा सानो तिनो मन मुटाव भएको छ भने पनि भोलि बिहान स्वास्नीले गोडाको पानि खादा दुबैको मन मा माया पलाउछ र लोग्ने ले गोडामा झुकेको शिर लाइ छातीमा तास्छन/मन मुताब्को कारण दुबैलाई आफ्नो आफ्नो गल्ति महशुस हुन्छ/अनि पलाउछ माया प्रेम मन मा यो मेरो अनुभव हो तेसैले कुरालाई सकारात्मक सोचौ नकारात्मक हैन
मध्ययुगिन दासताको पराकाष्ठ !!!!!
shristi जी,
आफुलाई जस्तो मन लाग्छ त्यस्तै गर्न पाउनु तपाईको अधिकारको कुरा हो, तर तपाईको जस्तो दास मनोवृत्ति अरुमा पनि पुनराबृत गराउन खोज्नु भयो भने त्यो समानताको मुद्दामा ठुलो दुर्भाग्य हुनेछ, सांस्कृतिक ईतिहासको पांग्रालाई उल्टो घुमाउने असफल प्रयास हुनेछ| shristi जी, लोग्नेस्वास्नीको सम्बन्ध माया र दयामा नभएर एक अर्काप्रति माया र सम्मानमा बाँधिएको हुन्छ र हुनु पर्छ| गोडा ढोगाएर र गोडाको पानि पिउन लगाएर कस्तो सम्मान गरेको हो एउटा लोग्नेले आफ्नो आधा आकाशलाई ?????????????
Shristi Shah Ji,
देस बिदेस घुमेर, दुनिया देखेर, बिहे गर्दा नै MS गर्दै गरेको म जस्तो ले पनि आफ्नो संस्कृति र परम्परा (धेरै जसो त कु-संस्कृति र कु-परम्परा छन्) लाई निरन्तरता दिनु पर्ने मान्यता राख्छु भनेर खुब गौरब महसुस गर्नु भा जस्तो देखिन्छ, समाजबाट थुप्रै वाहि वाहि नि पाउनु भा होला, हाम्रो समाज छ नै तेस्तै/ मेरो कमेन्ट को आसय आफ्नो संस्कृति, परम्परा र चालचलनलाई बिर्सनु पर्छ भन्ने हैन, बरु समयसापेक्षित, बैज्ञानिक, बिवेदराहित, आनन्ददायी, सजिला बनाउदै लानु पर्छ र यसमा परिबर्तनका सम्बाहक चाहिं यहाँ र Dr लिला राज जी, जस्ता पढेलेखेका, संसार देखेका हुन सक्नु पर्ने हो भन्ने मेरो ठम्याई हो/ तर तेसका लागि संस्कृति र कु संस्कृति, चलन र कु चलन, परम्परा र कु परम्परा खुटयाउन सक्ने मगज चाहिं चाहिन्छ होला, बिस्वबिद्यालय का डिग्री र संसार देख्दैमा चाहिं नहुने पनि होला / तीज को प्रसङ्ग भा भएर थोरै बिसय बस्तुमा प्रबेस गरौँ, यहाले चोबिसै घण्टा श्रीमान्को खुट्टाको पानि खानुस कि यहाको श्रीमान्ले चोबिसै घण्टा यहाको खुट्टाको पानी खानुहोस, म जस्तालाई तेस्को खासै चासो हैन, कुरा के मात्रै हो भने, श्रीमतीले श्रीमान्को खुट्टाको पानी खानै पर्ने चलनको सुरुवात आफैमा अत्यन्तै बिवेद्कारी सोचबाट सृजित छ र तेस्ता सोच सव्य समाजका लागि अत्यन्तै घृणित र लज्जास्पद छन्र र कुनै पनि हिसाबले एस्ता सोचको बढावा दिने काम गर्नु हुँदैन भन्ने मेरो भनाइ हो/ काश, यहाँ जस्तो म पनि सबै परम्परामा सकारात्मक हुन सक्थियें/ श्रीमान्ले जतिवोटी श्रीमतीहरु ल्याए नि सौता हरु संग मिलेर बस्ने हजुरमाहरुको परम्परामा सकारात्मक हुन सक्थियें म पनि/ श्रीमान भनेका भगवान सरह हुन्, उनीहरुले जतिसुकै गाली गरे पनि, पिटे पनि सहनु नारीहरुको धर्म हो भनेर पनि हजुरमाले यहाँ लाई संस्कार दिनु भा होला र यहाले त पछ्याई राख्नु भा होला/ तर म यहाको घर छेउ बाट पास भएँ र यहाको श्रीमान्ले यहालाई कुनै किसिमको abuse गरेको था पाएँ भने, म त पुलिस बोलाएर यहाको श्रीमान्लाई चौकी पुर्याईदिन्छु भलै यहाँ आफ्नो परम्परा नीभाईराख्नु भा होस् / Happy belated Teej Shristi Ji, आफ्नो आफ्नो सोच अन्यथा नालिदिनु होला /
ambika तपाई जस्ता पढेलेखेका मान्छे बस्ने र बर्सौ देखि चलेको धार्मिकता र मायाको कुरालाई नया युग मा हटाउने भन्ने मान्छे ले नै देख्नु परेको छ हैन स्वास्नी मान्छेलाई बोक्सीको आरोप मा गाउ मा गु खुवाएर डुलाउने गरेको र तल्लो जात भन्दै गाउनै निकाला बास गरेको समाचार पनि मैले सुनेको छु/स्वास्नीले गोडाको पानि खादा न लोग्ने देवता हुन्छ न स्वास्नी तल गिर्छे/येस्मा त केवल माया र धार्मिकता मात्त्र छ/स्वास्नीले स्वास्नीले गोडाको पानी खादा र स्वास्नीले मान र माया गर्दा स्वास्नी कुट्ने त नारा पशु नै हो १००% तपाइको दरसन्तान मा होलान साएद म त पशु पन्छी को पानी बाच्ने अधिकार भएको देश मा बस्ने मान्छे तेस्मा पनी मैले उच्च शिक्षा हासिल गरि बिहे गर्दा मैले मेरो श्रीमान त त्यो भन्दा १,२ तह माथिनै पढेको रोजे होला तेसैले तपाईले जस्तो मैले ओरपका लोग्ने मान्छे ले स्वास्नी कुटेको र स्वास्नीलाई सौता हालेको देखेको छैन तेसैले एस्तो सोच नआएको होला साएद……
बासु जी
संस्कृति परम्परा भन्ने कुरा अत्यन्तै सम्बेदनशिल कुरा हुन र त्यस्ता कुरामा हल्का फुल्का टिप्पणी गर्नुहुँदैन । म बिगत ७ वर्ष देखि टोलेडो ओहायोमा बस्छु र हामीले भब्य रुपमा दर खाएर, नाच गान गरेर तीज मनाउँदै आइरहेका छौं र यसपालि पनि मनायौं । यो बर्ष पहिलोपटक म आँफै पुरोहित भएर तीज ब्रतबिधिको पुस्तकको आधारमा पूजा पनि गराएँ । उक्त पुस्तकमा माता पार्वतीले गर्नु भएको ब्रतको बर्णन छ र भगवान श्री महादेवले बताउनु भएको ब्रतको बिधि छ, तर कतै पनि पाउको पानी खाने भन्ने लेखेको छैन । मलाई कहिले पनि मेरी आमाले बुवाको पाउको पानी खाएको थाहा छैन भने मेरी श्रीमतीले खाने भन्ने त कुरै भएन । तर ब्रत चाहिँ लिनुहुन्छ र मेरी श्रीमती पनि लिन्छिन, टोलेडोका अरु महिलाहरुपनि धेरैले ब्रत लिनुहुन्छ । तर पूजा गरेपछि मिश्री पानी फलफूल आदि खाने चलन छ ।
हुनसक्छ कुनैसमय कडा नियम थिए, तर अहिले धेरै जसो महिलाहरु आँफैंले निर्णय गर्छन्, मन लागे ब्रत लिने नत्र नलिने (मुख्य रुपमा चेतनशिल बर्गमा) । धेरैजसोले जुनसुकै कारणले भएपनि ब्रत लिएको नै देखिन्छ । यस्ता कुरालाई गणितिय नियम लगाएर लोग्नेले चाहिँ ब्रत गरे/गरेनन भन्ने कुराको टिप्पणी गर्नुको कुनै अर्थ हुँदैन, किनकि संस्कार भन्ने कुरा आज १-२ जनाले बनाउने कुरा हैन । तपाईं संस्कार पूर्ण रुपमा छोड्न सक्नुहुन्छ, केहि परिमार्जन गर्न सक्नु हुन्छ तर नयाँ स्थापित गर्न सक्नुहुन्न, किनकि त्यो तपाईं आफ्नो लागि त होला तर सबैले त्यहि मान्ने भन्ने त हुँदैन । म भौतिक शास्त्रमा PhD गरेको मान्छे भएर पनि हाम्रा संस्कार परम्परा (खराब र अफ्ठ्यारा पक्ष बाहेक) कायम राख्नुपर्छ भनेर लागिपरिरहेको छु, र यहाँका प्राय सबैले मन पराउनु भएको छ । तपाईं का कोहि साथि टोलेडोमा हुनुहुन्छ भने बुझ्न सक्नुहुन्छ । त्यहि भएर एउटा सानो नराम्रो पक्षलाई अगाडि देखाएर सतकौँ देखिको हाम्रो बिशिस्ट पहिचान बनाएका चाडपर्वप्रति दुराशयपूर्ण हल्का टिप्पणी नगरि दिनुहोला । यसले अनावस्यक रुपमा अशान्ति, विद्वेष फैलाउँछ । धन्यवाद ।
लिलाजी भनौं कि डा. साहेब भनेर सम्बोधन गरौँ ?
“त्यहि भएर एउटा सानो नराम्रो पक्षलाई अगाडि देखाएर सतकौँ देखिको हाम्रो बिशिस्ट पहिचान बनाएका चाडपर्वप्रति दुराशयपूर्ण हल्का टिप्पणी नगरि दिनुहोला । यसले अनावस्यक रुपमा अशान्ति, विद्वेष फैलाउँछ ।”
तपाईंको माथिको भनाइलाई उद्दृत गर्दै के भन्न चाहन्छु भने दुराशयपूर्ण हल्का टिप्पणी गरेर अशान्ती र विद्वेष फैलाउने मेरो नियत या उदेश्य भएको भए यो भन्दा जल्दो बल्दो विषयहरु छन् | तर मेरो त्यो उदेश्य कदापी होइन | तथापि तपाईं आफैँले स्विकार्नु भएको सानो नराम्रो पक्षलाइ नै उजागर गर्ने मेरो ध्येय थियो र छ |
धर्म र संस्कृतिको बारेमा मपनि तपाईं जस्तै पक्ष पोषक हुँ | तर विशेष गरि संस्कृति अन्धविश्वासमा आधारित होइन, वैज्ञानिक र तार्किक आधारमा हुनुपर्छ भन्छु म | अनि यो समयनुसार शशोधन पनि हुनुपर्छ भन्छु म |
यो लेख मैले कल्पनाको भरमा नलेखी देखे र सुनेको भरमा लेखेको हुँ | मलाई के खुशी लाग्यो भने कम से कम तपाईंले त त्यो खुट्टाको पानी खाने अवस्था देख्नु भएको छैन रहेछ | जसरी तपाईंले नदेखेको आधारमा ‘कसैले गर्दैन’ भन्नु भयो त्यसै गरि मैले देखेको आधारमा भनेको हुँ | यदि हेर्नु नै छ भने गाउँ पहाड पस्नु भयो भने देख्नु हुन्छ कि | हुन त मैले यो काठमाण्डौं शहरभित्रै देखेको हुँ | खुट्टाको पानी खाने चलन यो तीजमात्र होइन घरमा सत्य नारायणको पूजा आदि या सप्ताह आदिको विसर्जनको दिनमा पनि छ |
यो पुरुषले नारीप्रति चलाएको दासत्वको पराकाष्ठा हो |
सानो र नराम्रो पक्ष भनेर तपाईं आफैंले पनि स्विकार्नु भएको छ | तर यो कसरी सानो र नराम्रो पक्ष भयो बुझ्न सकिन |
तर मेरो लेखलेपनि त्यहि पक्षको बारेमा बोलेको छ जसरी तपाईंले भन्नु भएको छ-“हाम्रा संस्कार परम्परा (खराब र अफ्ठ्यारा पक्ष बाहेक) कायम राख्नुपर्छ भनेर लागिपरिरहेको छु”
तीजको शुभकामना सहित |
बासु जी
मेरो कुरा के भने तपाईंको लेखमा तीजमा श्रीमतीले श्रीमानको खुट्टाको पानी खाने करिब प्रचलनमा नभएको (चेतनशील समुदायमा) कुरा लाइ अगाडि ल्याएर त्यसको सकारात्मक पक्षलाई छायाँमा पार्ने कुरा गर्नुभयो भन्न खोजेको हो । सबैलाई थाहा छ कि खुट्टाको पानी खानु/खुवाउनु राम्रो हैन, र त्यहि भएर यो चलन प्राय हटिसक्यो । यसै पनि हाम्रा संस्कार र परम्पराको यति पुरानो इतिहास छ, त्यसलाई समाज बिकाशको अहिलेको रुपमा तुलना गरेर पुरुषप्रधान मान्यता हो यसलाई पुर्णतया अन्त्य गर्नुपर्छ भन्नुको अर्थ हुँदैन । प्राय महिलाबादीहरुले पनि तीजको बेला यस्तै लेख लेखिरहेका हुन्छन, बिरोध मात्र गरिरहेका हुन्छन तर सहि विकल्प दिएका हुँदैनन् । अवस्यपनि धेरै जसो हाम्रा मान्यताहरु पुरुष प्रधान नै छन् किनकि जतिबेलाबाट यी मान्यताहरु सुरुभए, त्यतिबेलाका शासक बर्गहरु पुरुष नै थिए, र महिलाहरु घरभित्रैमात्र सिमित थिए । मेरो बिचारमा अहिले हामीसंग २ वटा विकल्प छन्, कि त यी मान्यताहरुलाई पुर्ण रुपमा छोड्ने वा अफ्ठ्यारा पक्ष हटाएर निरन्तरता दिने । हामी तिनीहरुलाई उल्टाएर महिलाप्रधान अथवा दुबैलाई बराबर हुने (मानौं पुरुषले पनि तीजको ब्रत लिने) खालको त बनाउन सक्दैनौं, सक्छौं र ?
Dr. Lila Raj Ji,
यहाँको कमेन्ट हेर्दा त यहाँले, धर्म संस्कृति र चालचलन का बारे नलेखी भौतिक शास्त्र कै बारे लेखे राम्रो हुने देखियो/ कि भौतिक शास्त्र मा Ph.D. गरेर पनि समाजमा बर्सौं देखि संस्कृति र चालचलन का रुपमा रहेका कुसंस्कार र कुरीतिहरु मान्दै जानु ठुलो काम हो भन्ठान्नु भा हो कुरा बुझिएन/ एक दिन दुइ दिनमा एक जना र दुइ जनाले परिबर्तन गरेर संस्कार फेरिदैन भनेर हामी जस्ता तथाकथित जाने बुझेकाले चुपचाप बसेर त के नै होला र/ अनि अर्को कुरा Dr लिला जी, संस्कार मा जो ‘priviledged’ हुन्छ उसलाई ‘out of box’ सोच्न गारो नि पर्दो हो/
लिलाजी, मेरो लेखको चुरो नै नकारात्मक र कुप्रथालाइ निर्मूल गरेर संस्कृति कायम राख्ने हो |
महिलावादीहरुले या महिलाहरुले उठाएका आवाज नै समाधानको विकल्प भएन र ? जे को विरोध भएको छ त्यसैलाई निर्मूल गर्दा समस्या समाधान भएन र ? यो त सजिलै बुझिने कुरा हो |
अब अर्को कुरा महिलाले पुरुषकोलागि व्रत बसेर त्याग गरेको छ भने पुरुषले गर्न हुन्न भन्ने के छ ? यदि तपाईं नारीप्रति साँच्चिकै सम्मान र समान व्यवहार गर्नु हुन्छ भने त यस सोचप्रति तपाईं सकारात्मक बन्न सक्नु हुन्थ्यो | भलै व्रत नै किन बस्नु पर्यो र ? तपाईं संस्कृतिको नाममा कुसंस्कृतिको पक्ष पोषण गर्दै हुनुहुन्छ जस्तो पो लाग्यो | यो दुखद कुरा हो |
ठिक छ खुट्टाको पानी कसैले खाँदैन रे लौ, तर महिलाले पुरुषप्रति गरेको व्यवहारलाई तपाईंले कसरी रेसिप्रोकेट गर्ने हो त्यो पो मूल कुरा हो त |
व्रत त एउटा उदाहरणमात्र हो | आज एकपटक श्रीमतीको सेवा गर्दा
तिनी कति खुशी हुन्छिन, जांची हेर्नोस त |
व्यक्तिगत कुरा गर्नु हुन्छ भने श्रीमतीलाई सहयोग गर्नु पर्ने कुरा मलाई कसैले सिकाउनु पर्दैन किनकि बाहिर अफिसको काम त आफ्नो मात्र भैहाल्यो, त्यसबाहेक घरको आधा काम त म नै गर्छु । म गर्वका साथ् भन्छु, सधै चुलोमाझ्ने, आधाउधि भाँडा माझ्ने, भ्याएसम्म केटाकेटीको लुगाधुने, र महिनामा ७-८ दिन खाना पकाउने काम म आफु गर्छु । खएर त्यो व्यक्तिगत कुरा भयो र मेरो यसमा सहमति छ कि धेरैजसोले त्यसो गर्दैनन् । मेरो एउटै मात्र जोड अथवा अनुरोध के हो भने कृपया हाम्रा सांस्कृतिक धरोहरहरुलाई हाम्रा बिशेष पहिचानको रुपमा सकारात्मक रुपले हेरौं, जसले गर्दा सानातिना नकारात्मक कुरा छायाँमा पर्दै र समयक्रममा हराउंदै जान्छन, न कि सानातिना नकारात्मक कुरालाई अगाडि ल्याएर नकारात्मक रुपले हेरौं जसले गर्दा समय क्रममा बिलिन भएर जाउन । धान्यबाद ।
“यसै पनि हाम्रा संस्कार र परम्पराको यति पुरानो इतिहास छ, त्यसलाई समाज बिकाशको अहिलेको रुपमा तुलना गरेर पुरुषप्रधान मान्यता हो यसलाई पुर्णतया अन्त्य गर्नुपर्छ भन्नुको अर्थ हुँदैन । प्राय महिलाबादीहरुले पनि तीजको बेला यस्तै लेख लेखिरहेका हुन्छन, बिरोध मात्र गरिरहेका हुन्छन तर सहि विकल्प दिएका हुँदैनन् ।”
डाक्टर साहेब’
यी माथिका पंक्तिमार्फत के भन्न खोज्नु भएको यहाँले ? अघि सर्न खोज्नु भएको हो कि पछि, बुझ्न गार्हो भयो दुनियादारलाई ?
आकार जी
मैले भन्न खोजेको के मात्र भने जुन बेलाबाट तीज सुरु भयो त्यतिबेलाको समाजमा पूर्णतया पुरुषहरुको दबदबा भएको हुनुपर्छ, जसले गर्दा उनीहरुले आफ्ना महिलाहरु सधैं आफ्नो सेवामा मात्र समर्पित होउन भनेर यस्तो नियम बनाएका होलान । त्यो कुरा आजको समाजमा सान्दर्भिक छैन, तर त्यसो भन्दैमा यो पर्व नै मनाउन छोड्ने कि त्यस्ता असान्दर्भिक कुरालाई हटाएर राम्रा पक्षलाइ अगाडि ल्याएर चाड मनाउँदै जाने भन्ने हो । महिलाबादीहरुले पनि तीजको बेला जहिले पनि तीज भनेको पुरुषप्रधान मानसिकतामा आधारित चाड हो भनेर बिरोध मात्र गर्छन तर यसलाई कसरि सुधार गरेर अगाडि लाने अथवा मनाउनै छोड्ने भन्ने चाहिं बिकल्प दिंदैनन भन्न खोजेको हुँ । धन्यबाद ।
के गर्नु बुद्ध जन्मेको देशका जनताले, बुद्धले सिकाएको एकदम सधारण ज्ञान “मनलाइ चोखो राख्नु पर्ने अर्थात रीस-राग, मोह, लोभ, घमण्डबाट मुक्त राख्ने” पनि नाबुजेरा धर्मको नाममा अनेक नौटंकी-कुप्रथाहारुले मिडिया लगायत नेता, पण्डित -पुरेतहरुको प्राथमिकतामा पर्नाले हाम्रो सामाज उभो लाग्न नसकेको हो !
अस्ति भर्खरी साफको उद्घाटनमा दिएको बली पनि अर्को ज्वलन्त उदाहरण हो ! यस्ता बलीले हुने भए त नेपालले अफगानिस्तानलाई हरै हाल्थ्यो नि, फेरी किन चाहियो बिदेशी कोच, हाम्रै टोलको हाकुचले सिकाइ हल्थ्योनि फुटबल !!
सबै चीज क्षेनिक भनेर थाहा हुँदा हुँदै पनि बिर्सिनेहरुलाइ के भन्ने, बिडम्बना !!
आजकल पनि तेस्तो चलन छ र भन्या, बरु लेखक जिउ ले म त खुवौदिन भनेर आफ्नो प्रसंसा आफैले गर्न खोजेको जस्तो लग्यो है किनकि तीज मा त सबै श्रीमती हरु माइत जान्छन अनि कसरि लोग्ने को खुट्टा को पानि खान्छन र
नमरीकन स्वर्ग देखिदैन । भोको बसेर धर्म कमाउछु र डोको बोकेर धन कमाउंछु कसैले भन्छ भने त्यो मुर्खता हो । प्रसंग हो आफ्नी अर्धाङ्गिनीलाई गोडाको पानी खुवाउने । कुनै मीत्रहरुले श्रीमतीलाई गोडाको पानी खान दिन्न भन्दा श्रीमतीको गाली खानु भएको छ कि छैन ? श्रीमतीले रोना धोना गरेर बाहिर अर्कै केटी लिएर बसेको छ कि भनेर गरेको शंकाको फन्दामा पर्नु भएको छ कि छैन ? परेको भए भन्नुहोस है त्यसपछि भनाई र गराईमा कति फरक हुन्छ भनेर म पुन : वादविवाद गर्नेछु ।
डुंग डुंग गनाउने खुट्टा मा bacteria हुन्छा, अनि त्यो पानी खाए स्वास्नी लाई छेरपाती अनि ज्वरो औन बेर छैन !!! येस्ता आडम्बर लाइ सधै क लागि हटाइनु पर्छ !!!
बासुजी, मलाई पनि लागेको कुरो त्यही थियो| सही पस्कनु भएछ| व्रत बस्नु राम्रो हो तर यो पत्नीले मात्र होइन पतिले पनि समान रुपमा बस्न पर्छ| हामी पुरुषले बुझाएर यसो गर्न हुँदैन भनेर सम्झाउन पर्छ र गोडा धुवाउन र पानी खुवाउन छोड्न पर्छ| नाच्न खान र रमाईलो गर्न हुन्छ तर “पोइल जान पाम” “पोइल जान पाम” भन्दै भड्किलो गीत र नाच ठिक भएन| खोइ कता गए यु एन धाउने महिला अधिकारवादीहरु?
अर्को कुरो, त्यो तपाईको ठाममा नेपाल एम्बेसीले समेत तीज मनाउँछ रे| अब संबिधान नै लोकतान्त्रिक भए पछि त्यसो गरेर मिलेन| कि मनाउन पर्यो सबै चाड पर्ब, नत्र भने पहिले देखिको बानी अब सुधार्नु पर्यो| आफ्नो घरमा र परिवारमा जसले जे जति मनाए नि हुन्छ तर नेपाली जनताले तिरेको कर बाट चलेको एम्बेसीमा नेपाल सरकारको ढुकुटीबाट पाएको तलब भत्ता, समय र साधन खर्च गरेर यो मनाउन पाइंदैन|
नेपाल एम्बेसीलाई सचेत गराईदिनु होला|
धन्यवाद वेदजी,
यहाको दूतावासले तीज बाहेक दशैँ लगायत लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्र दिवसपनि मनाउँछ | हुन त मेरोलागि यी कुनै नमनाए पनि हुन्छ | राज्यको पैसा बच्थ्यो |
ब्रत बस्नु भनेको न त केवल श्रीमान को दिर्घ आयु को लागि हुन्छ न उसको खुट्टा को पानी पिएर उ भगवान नै हुन्छ, बरु ब्रत बसे कि नारी को स्वस्थेय को लागि राम्रो हुन्छ भंचन. तर हामी हिन्दु धर्मालम्बी हरु भएको नाताले आफ्नो सन्स्किरिति बचाएर राख्न को लागि परम्परागत सबै फेस्टिवल हरु मनैएञ्च र म पनि यो कुरा मा सहमत छैन कि श्रीमती ले खुट्टा को पानी पिउनु पर्चा भनेर तर ब्रत बसेर कुनै घाटा भने छैन है. हामी जति नै २१स्त सताप्दी को भए पनि आफ्नो संस्कार लै बचाएर राख्न को लागि पनि हाम्रो चलन लै निरन्तरता दिनु नै उचित मान्छु. केहि कुरा हरु जो हामीलाई अप्ठारो लाग्छ भने तेस्लाई चाही पूर्ण रुप ले पुर्णबिराम लगाउनु भन्दा बदलेर समाज मा सुहाउदो तरिका अन्ग्लानु उचित हुन्छ होला,
अहिलेका महिलाहरुले- ब्रत बस्दै नी गर्छन- मासु भात र बीयर रक्सी नी दीदै गर्छन, श्रीमान् प्रदेशमा भए नाठो संग ब्रत पछी ओछ्यान तताउछन- गोडा धुएको पानी जबर्जस्ती पुरुषले खुवाउदैन- महिलाले नै म पती भक्त हुँ भन्ने देखाउन आफै खाएका हुन- अहिलेका पुरुष पढे लेखेका भएकाले चाहेका गर्नु दीनछन्- महिलाले श्रीमान् माथी मज्जाले चढेर सम्भोग गर्छन, जुन पहिला श्रीमान्लाई नाघ्न, माथी चढ्न, खुट्टाले छुन हुन्न श्रीमान्को शीर ढल्छ भनीन्थ्यो- त्यो सबै गर्ने स्वातन्त्र छ अहीले-
विश्वराजजी,
महिलाप्रतिको तपाईंको यो धारणा मलाई मन परेन | तिनलाई ढोंगी देख्नु भएछ | शायद त्यस्ता केहीकोमात्र सङ्गतमा तपाईं पर्नु भएको छ जस्तो लाग्यो | ति महिला जो निस्वार्थ पतिकोलागि भनेर पानी पनि नखाई व्रत बस्ने, पति विदेशमा भएपनि आफ्नो घर परिवार राम्रो र जिम्मेवारीपूर्ण सम्हाल्ने, श्रीमानको गोडाको पानी खाने महिलाहरुप्रति तपाईंले अपमान गर्नु भएको छ |
अलि खुल्ला र न्यायोचित आँखाले हेर्न सोच्नु हुन अनुरोध गर्छु |
बासुजिको भनाइ संग मेरो सोह्रै आना सहमति छ| तिज मनाइनु पर्छ,दर खाइनु पर्छ, छमछम नाचिनु पर्छ,राताम्मे हुनुपर्छ….तर पाउ धोएको पानी खानु र ख्वाउनु भएन !!!!
येसरी त बस्नु हुन्न बर्त भरु उल्ठो हुनुपर्छ… केटा श्रीमान हरु ने बस्नु परेयों राम्रो केटि एंड श्रीमती पवोस भनेर हीही ..khuta को पानी भन्दा त दुइ अन्जुली तिर्खा लाको बेला माया ले पानी पिलाको त झन् बेस्ट ..बेटर ..awesome 🙂
सबै धर्म र संस्कार मा आफ्नो आफ्नो चलन हुन्छ जुन सदियेउ देखि चलिआएको र अलि अपाच्य खाको पनि छ | तैपनि मानिस ले धर्म संस्कार धारण को लागि हो बिबाद को लागि हैन भन्दै मानि आएको छन् |
पोजितिब नजर ले हेर्ने हो भने नारि ले पुरुस लाइ सम्मान दिएर ,देउता मानेर पाउ को जल खाने चलन चलिआएको छ र अब त्यो थ्यो को अबस्था मा छ किनकि हिजो को नारि पुरुस
ले कमाएर पालिनु पर्ने बाध्यतामा थि इ न र तेस्ता चलन ले सायद पारिबारिक सन्तुलन कायम राख्थ्यो अझ सति सावित्री हुने भन्ने पनि थ्यो |
आज जमाना बदलियो श्रीमान , श्री मति दुवै कमाउछन , आफ्नो पुरानो रिति थति भन्दै कोइ कोइ अझै पाउ पानि खादा हुन् तर जोर जबर्जस्ति को कुरा हैन अब श्रीमतीले पनि लात हान्छन |
तेसैले यो देश ,काल परिस्थिति अनुसार को चलन थियो | आज आएर खिसी टिउरी गर्नु ले कुनै अर्थ राख्दैन |
खोइ पाउ धोएको पानी श्रीमती लाई कसैले पिलाउछ भने तेस्लाई कसरि मान्छे भन्नु ? तर कुनै श्रीमतीले पति को अन्धभक्त भएर पाउ धोएको पानी पिएर धन्य हुन्छिन भने तिनलाई हामीले के भन्ने ? यहाँ मेरा छिमेक मा पनि तेस्तै दृश्य देखे ! पतिले पाउ धोएको पानी पिलाउन खोज्ने तर पत्नी पिउन नमान्ने , पति पाउ धोएको पानी नपिउ भन्ने तर पत्नी नपिई नछाड्ने, कति जना पति हरु चाही पप्लु खेल्दै पिउन मन लागे पिउन दिनु पर्छ , मन नगरे पिलाउनु हुदैन मानव अधिकार हो भन्ने ! मैले चाही पाउ धोएको पानी पिउन भनेको छैन र श्रीमती ले पिउने गरेकी पनि छैनन, तर मैले भोक भोकै व्रत नबस भन्दा उनले मानेकी छैनन् , अब उसको विचार, भन्न खोजेको कुरा कतिपय पत्नी हरु भनेको मान्दैनन र पिउन तयार हुन्छन भने तेस्मा पतिहरु लाई दोष दिनु भएन !