Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध जन्मभूमि विवादमा जिटिभी बन्द केबलवालाको सनकमा, नेपालको जवाफ १०० रुपियाँको नोटमा !

Posted on September 8, 2013September 9, 2013 by Salokya

nepali_rupees भारतको जिटिभीमा बुद्ध सम्बन्धी सिरियल आज आइतबारदेखि सुरु भयो। तर कार्यक्रमको प्रचारका क्रममा बुद्ध भारतमा जन्मिएको भन्ने अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि नेपालीहरुले विरोध गरे। त्यसै पनि पत्रकार चिरन्जीवी पौडेलले व्यङ्ग्य हाने जस्तो- ‘एउटा औसत नेपालीको आधा उमेर गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिच्याउँदैमा बित्छ।’ सिरियलका कलाकार कबिर बेदीले हिजै माफी पनि मागे। सिरियलमा के भनिएको छ थाहा पनि भइसकेको छैन, अन्तर्वार्ताकै विरोध भयो। यसै क्रममा काठमाडौँका केही केबल टिभीहरुले बुद्ध सिरियल आउने बेलातिर पारेर जिटिभी बन्द गरिदिए।

हिजै कबिर बेदीले यसरी गल्ती स्वीकारेका थिए-

Deepest apologies. Yes, Buddha was born in Lumbini, Nepal. Was thinking of the Kingdom of Kapilavastu when I spoke. Sorry!

— KABIR BEDI (@iKabirBedi) September 7, 2013

Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt

— KABIR BEDI (@iKabirBedi) September 7, 2013

 

यसैबीच ट्विटरमा यो खबर आयो-

@salokya जिटिभीको प्रसारण रोकिएको सम्बन्धमा आधिकारिक निकाय के भन्छ? यसो बुजेर च्याट्ट सम्चार लेखम् तो ! 😉

— ©बाबाजी™ (@baabajee) September 8, 2013

@salokya CEC केवलमा हो । अहिले आवाज मात्रै छ पुरै निलो पर्दामा । अघि बुद्द सिरियलका बेलामा पुरै कालो पर्दा थियो । आवाज बिहिन ।

— ©बाबाजी™ (@baabajee) September 8, 2013

 

हाम्रोतिर पनि बन्द हो कि भनी हतार हतार टिभी खोलेर हेरेँ। जिटिभी आउने ठाउँ त कालोमात्रै। आवाज पनि छैन। हाम्रो केबल स्काइ केबल टिभी प्राइभेट लिमिटेड हो। त्यहाँ फोन गरेँ। हेडअफिसमा फोन गर्नुस् भन्यो। हेडअफिसमा फोन गरेको त बुद्धको बारेमा आन्दोलन भइरहेको छ रे नि त्यही भएर बन्द गर्नू भनेर पत्र आएकोले गरेको हो।

मैले सोधेँ कसको पत्र ? उनले सञ्चार मन्त्रालयको पत्र आएको जानकारी दिए। ‘हाम्रोमा मात्र हैन सबै केबल टिभीमा बन्द छ। पत्र आएको भएर एसोसिएसनले नै बन्द गर्नु भनेको हो।’, उनले भने।

के रहेछ त कुरा ? सूचना तथा सञ्चार मन्त्रालयमा फोन गरेँ। प्रवक्ता हुनुहुन्न भन्ने जवाफ पाइयो। लौ न त यो कुरा कहाँबाट जानकारी पाउने भन्दा 4211573 श्रव्यदृश्य शाखामा फोन गर्नुस् भने। त्यहाँ फोन गरेको त फोन उठाउनले यसो पो भने- “दुई जना म्याम तीज भएर आउनुभएन, दुई जना सर बाहिर हुनुहुन्छ। भोलिमात्रै थाहा हुन्छ।”

धन्न साथी उज्ज्वल आचार्यले प्रवक्ता नारायण सञ्जेल र सञ्चार मन्त्रीका सल्लाहकार मातृका पौडेलसँग कुरा गरेर मन्त्रालयले त्यस्तो आदेश नदिएको कन्फर्म गरे-

Seems like @ZeeTV is cut off by Nepali cable operators; Ministry officials say they’ve not issued any letter regarding this. @salokya

— Ujjwal Acharya (@UjjwalAcharya) September 8, 2013

एउटा एसोसिएसनले भने पत्र नपाएको बताएछ-

@salokya @UjjwalAcharya also, the federation of nepal cable operators deny receiving any such letter.

— paavan mathema (@paavan11) September 8, 2013

 

तर केबल टिभीका एसोसिएसनहरु धेरै छन्। ती मध्ये कसैले बन्द गरेको, कसैले नगरेको हुनसक्छ। बन्द भएको बताउनेहरु पनि थिए।

बुद्द ठयाक्कै शुरु भेदेखि जिटिभि बन्द भा हो @thebiddhut @baabajee @salokya

— सिकारु (@Shikaruketo) September 8, 2013

@Pan_kaji 11:15 देखि 12:15 मा उपत्यकाका धेरै केवल च्यानलहरुले बन्द गरेका थिए । अैले खुले होला । हिजोको बहसको प्रभाव हो कि? @salokya

— ©बाबाजी™ (@baabajee) September 8, 2013

 

तर केही केबल टिभीवालाले चाहिँ जिटिभी बन्द गर्दैछौँ भनेर मन्त्रालयलाई जानकारी दिएका रहेछन्-

बुद्ध भारतमा जन्मेको भन्ने टेलिफिल्मको व्यापक विरोध भएपछि नेपाली केबुल टिभी अपरेटरहरुले मन्त्रालयमा जानकारी दिएर जी च्यानल प्रसारण रोकेछन ।

— उज्ज्वल आचार्य (@KANepal) September 8, 2013

 

दिउँसो २ बजे यो लेख्दासम्म हाम्रो स्काइ केबलमा भने जिटिभी अझै आएको छैन। अपडेटः साढे २ बजेदेखि भने जिटभी आउन थालेको छ।

अपडेटः नेपाल केबल टेलिभिजन एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले आफूहरुले बुद्ध सिरियलमा प्रतिबन्ध लगाएको प्रतिक्रिया दिए। उनको प्रतिक्रिया नेपाली र भारतीय मिडियामा छापिएको छ।

नोटमा बुद्ध जन्मभूमि

यसैबीच, १०० रुपियाँको नयाँ नोटमा बुद्ध जन्मेको ठाउँको नाम, मायादेवीको मूर्ति र अशोक स्तम्भ देख्न पाइने भएको छ। बुद्ध नेपालमा जन्मिएको चाहिँ लेखिने छैन। नेपाल राष्ट्र बैँकको सूचना पढ्नुस्-
NRB

खासमा बुद्ध जन्मिएको बेला न नेपाल भन्ने देश थियो, न भारत। त्यो ठाउँ चाहिँ अहिलेको नेपालमा पर्छ। त्यसैले नाराहरुमा जस्तो Budhha was born in Nepal लेख्न मिलेन। लेखिने भएछ LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA. भारतले नक्कली लुम्बिनी बनाएर यही हो बुद्ध जन्मिएको ठाउँ भन्यो भने नि ! यही नोट देखाउने ?

नोट १८ गतेदेखि नै प्रचलनमा आइसकेको रहेछ। मैले हेर्न पाएको छैन। कसैले हेरिसकेको भए फोटो पठाउनुस् है यहाँ क्लिक गरी। यस्तो रहेछ नोट (पठाउने अजितलाई धन्यवाद)

nepali_rupees

67 thoughts on “बुद्ध जन्मभूमि विवादमा जिटिभी बन्द केबलवालाको सनकमा, नेपालको जवाफ १०० रुपियाँको नोटमा !”

  1. mohini.thakuri says:
    September 13, 2013 at 2:54 pm

    हा हा हा कति रिस उठ्या नि बुध्द इंडियामा जन्मेको भन्दा ?अनि हामीले चै नेपालकै लुम्बिनीमा जन्मेर पो के ख्यास्या छौ र?उही झगडा गर्यो मारकाट लुटपाट गरेर बुध्दको देशमा बुद्धुको नमुना भाको छौ भएको जति लाई सरक्षण छैन कोइ बोल्ने अनि गर्ने होइन सामाजिक संजालमा हल्ला गरेर के हुने हो र?यो कुरा त हाम्रा कुटनैतिक बिसयमा बोल्ने हरुलाई सम्झाउनु पर्छ अरु ले जसरि नि आफ्नै वालो त गरिहाल्छन नि?बोल्ने त अफ्नोले हो नि खोइ अझ सम्म कुनै सरकारी तह तप्का बाट कोइ बोलेको यो बिषयमा ?

    Reply
  2. B. Thapa says:
    September 10, 2013 at 9:25 pm

    माथिको एक सय को नेपाली नोटमा अंग्रेजीमा “LUMBINI – The Birth Place of Lord Buddha” भनेर लेखेको रहेछ / तर लुम्बिनी नै कहाँ पर्छ भनेर नजान्ने बिदेसीले लुम्बिनी नेपालमा पर्छ भनेर कसरि जान्ने? लुम्बिनी पछि Nepal लेखेको भए राम्रो हुने थियो /

    Reply
  3. Desh Bandhu Sharma says:
    September 10, 2013 at 7:44 pm

    मैले अहिले सम्म निक्लेका कुनै पनि नेपाली नोट मा अग्रेजीमा Nepal लेखेको देखेको छैन | यति धेरै पर्यटक आउने देशमा र अरु छिमेकी देशको पनि मुद्रा रुपया भएको परिप्रेक्षमा Nepal शव्द नहुनु लज्जास्पद छ | राष्ट्र ब्यांक ले अहिले सम्म किन बिचार नपुराएको होला ?

    यदि कसैले नेपालि कुनै नोटमा Nepal देख्नु भएको छ भने Nepal देखिने गरि सो नोटको फोटो माइ संसारमा राखिदिनु भय आभारी हुने थिए |

    धन्यबाद

    Reply
  4. pratik says:
    September 10, 2013 at 1:09 pm

    भाई फुटे गवार लुटे हो, अस्ति भर्खर सुर्खेत को ककरी बिहार मा हिन्दु धर्मालम्बी र बुद्ध धर्मालम्बी मा झगडा भएको जग जाहेर छ नि तेही भएर इंडिया ले मौका मा चौका हानेको हो, अझै लडाई गर, … बताई देउ इंडिया लाई हामी अझ तल गिर्न सक्छम, अनि अझै पेल्छ अनि गर्व गर हे नेपाली हो भनेर , भुत्रो गर

    Reply
  5. Iswor KC says:
    September 10, 2013 at 9:16 am

    आजको facebook र youtube को जमानामा टि. भी. बन्द गरेर सत्य कुरो लुक्दैन र ब्यापारी उद्देश्य ले चलाएका टि. भी. हरु बन्द जनतालाई देखाउन को लागि गरीको थियो जुन अब बन्द रहेन /
    कबिर बेदी ले छ्यामा मागी सकेको हुदा उनलाई भन्ने ठाउ नै रहेन /
    फेरि उनले ‘नेपालका ‘ बुद्दधर्म’ का ठेकेदारहरुले जस्तो ‘जातीय र धार्मिक ‘ युद्द चलाउने फिल्म पनि त बनाएका होइनन बरु बिस्वो शान्तिको लागि ठूलो त्याग गरेका रहेछन/

    जुन कुरा हाम्रा ‘बुद्द धर्मका ठेकेदारहरुले’ खोजे भन्दा उल्टो पो परेछ त !

    भएका ‘बुद्दबिहार’ हरु कतै ‘मुर्ति चोरेर’ त कतै ‘धर्म परिवर्तन’ गरेर ‘खोक्रे बिहार’ बनाइ रहेको चिन्ता छैन तर ‘ काक्रे बिहार’ को !
    जुन,
    कानुन ले नै नदिएको ठाउमा ‘काक्रे बिहार’ को नाउमा ‘जातिय र धार्मिक युद्द’ मचाउने बहाना खोजि रहेको देख्दा ‘बुद्दलाइ’ म किन नेपालमा जन्मिए होला भनि प्रयास्चित भै रहेको होला /

    Reply
  6. Puskar khadka says:
    September 10, 2013 at 1:03 am

    भित्र भित्रै देश खोक्रो भैसक्यो एक दसक मावोबादीको दोन्द अर्को दसक मावोबादीको सरकारी नाटक, political corruption र Economic Corruption ले २० वर्ष बितेको नेपालीलाई थाहा भएन आझै पनि नेपाली Buddha was born in Nepal भनेर भेडा जसरि हावाको भर मा कुदिरहेका छन् Buddha was born in Kavilbastu & Kavilbastu is in Nepal . यो त धुर्बसत्ते कुरा हो उता इंडिया ले सिमा मिचेको चाही नेपालीलाई रत्तिभर मतलब छैन र देश मावोबादीले ३० वर्ष पछाडी धकेलेको कुरा त परै जाओस ,बजार भाउ आकासिएको बर्सौ बितिसक्यो अजै पनि नेपालीको ताल जस्ताको तस्तै छ नया कुरा सोच्नु पर्यो नेपाली दाजुभाइ तथा दिदिभाहिनी हरु !!!!!! जय देश जय नेपाल

    Reply
  7. Sonam Sherpa says:
    September 9, 2013 at 9:39 pm

    मुलाङ्ग खारेहरु बुद्ध जहासुकै जन्मोस किन चाहियो ? बुद्ध जन्मेको देशमा एउटा मुर्ति ठड्याउँन नदिने अतिबादिहरु किन टाउको दुखाउने? किन गोहीको आसु सक्छौ भने नेपालमा बुद्धको ईज्यत गरेर देखाउ अनि सबैले मान्लान होईन भने खोक्रो कुरा गरेर काम छै यी कारिन्दा हरुले भारतीय च्यानललाई फोन गरेर रोक भन्छ भन्नु बादरले बाघलाई धम्कि जस्तो मात्र हो

    Reply
  8. sangesh says:
    September 9, 2013 at 6:54 pm

    http://www.up-tourism.com/photo_gallery.htm go to this site not only buddha they claim bouddha and 5story temple too

    Reply
  9. प्रविण के.सी. says:
    September 9, 2013 at 2:39 pm

    सबै नेपालीलाई थाहा छ कि बुद्ध नेपालमा जन्मेका हुन भनेर तर सबै नेपालीलाई थाहा छैन होला कि नेपाली नोट आई सी जस्तो गरेर सबै देशमा चल्दैन । हाम्रो नेपालको जुनसुकै पसलमा गए पनि आई सी चल्छ तर नेपाली रुपैया हाम्रै देशको पनि कुनै कुनै भु भागमा चल्दैन भने भारतमा चल्ने त कुरै भएन । त्यसैले एकसयको नोटमा बुद्ध नेपालमा जन्मिएका हुन् लेखे पनि मनमोहन सिंहले नेपालमा ट्रक चलाउंथे भनेर लेखे पनि उनिहरुले थाहा पाउंदैनन् जस्तो लाग्छ ।

    Reply
  10. Mohan Sunuwae says:
    September 9, 2013 at 1:39 pm

    एउटा इन्डीयन भारतमा जन्मेरा अमेरीकामा सीक्ष प्राप्त गरेरा बैज्ञानीक बन्छ तर आमेरीकाले बैज्ञानीक बन्दैमा इन्डीयन लाइ अमेरीकामा जन्मेको भनेरा दाबी गर्न सक्दैन|त्यस्तै बुद्द नेपालमा जन्मे तर सीक्ष इन्डीयामा लीए भन्दैमा बुद्द भारतमा जन्मेको हो भन्न मिल्दैन की कसो | भगवान जहापनी जन्मन्छन तर भगवानलाई बीबादमा ल्याउन मिल्दैन खै त सीता नेपालमा जन्मे भारतमा बिबाह गरे कही बिबादमा छैनन् सीता | जेसीस क्राइस्ट जेरुसेलममा जन्मे सीक्ष संसारको कुनै ठाउमा लीनु भयो खै उहा कहीलेपनी बिबाद मा हुनुहुन्न त्येसैले भारतले पनी येस्तोकुरमा ख्याल राख्नु पर्छा |

    Reply
  11. Hari Bdr Rokaya says:
    September 9, 2013 at 12:42 pm

    This is something what India and it’s media try to do. Always trying to steal something that is not theirs from their neighboring nation. Now they are copycatting and building Lumbini in their own land and our so called government is mum. I remember a Bangladeshi citizen wanted to make the TajMahal in Bangladesh for it’s people who couldn’t afford to travel to India to see the beautiful structure. But Indian Government cried foul and stopped from building it in there. Shame on all these so called intellectuals of our country.

    Reply
  12. chamling says:
    September 9, 2013 at 11:56 am

    गोहीको आँसु , सुर्खेतको काकरे बिहारमा १ मिटर जमिनमा बुद्दको मुर्ति प्रतिस्थापन गर्न नदिने अहिले भारतीय कलाकारले यसो भन्यो उसो भन्यो भन्दै नोटमा पनि नाना भाति लेखेर क्रान्तिकारी बन्न खोज्ने हरु,पहिले बुद्दलाइ आफ्नो देशमा सम्मान गर अनि बिदेशी लाई गाली गर्न सजिलो हुन्छ

    Reply
  13. aayush says:
    September 9, 2013 at 10:51 am

    सिद्दार्थ गौतम जन्मिएको ठाउँ लुम्बिनिवन, कपिलवस्तु भनेको याद गरे है मैले चै त्यो जी तव सेरिअल मा ….त्यो बेला मा न त हाल को नेपाल थ्यो, न त हाल को भारत….त्यस बेला को लुम्बिनिवन चै हाल को नेपाल मा पर्छ…..त्यस मा चै कुनै शंका भएन नि. तर बुद्ध ज्ञान कसै को पेवा होइन….बुद्ध को नाम मा फोहोरी राजनीति गरिनु हुदैन.

    Reply
  14. balakji says:
    September 9, 2013 at 10:37 am

    ३ महिना सम्म निदाउनु भन्दा आगाडी ३ चोटी बिस्तारै लामो सास तान्दै “मैले थाहा पाइरहेको छु म निदाउदै छु ” भन्ने होस भाब गर्दै गरेमा उक्त व्यक्ति को सरिर निदाउदा पनि उसलाई होस रही रहनछ कि आफ्नो सरिर निदैरहेको छ मलाई थाहा भैरहेको छ / ( यो साधना गर्नाले सपना हरौदछा र गहिरो निद्र लग्दछा / यसैलाई किर्स्नाले गीतमा अरु सबै निदौदा पनि योगी हरु जागा रहन्छन भनि भन्नु भयको छ / बुद्ध ले सधै होसमा रहनु भन्नु भयको छ ) यस्तै उच्च जागेको / चेतनाको पुरुस लाई पनि आफ्नो जन्म (अवतरण ) र मिर्तु सबै थाहा भै रहेको हुन्छ / त्येसैले उनीहरुको जन्म र मिर्तु हुदैन भनियको हो / यसर्थ बुद्ध को पनि जन्न्म भयको होइन यो बर्माणडको प्र्थिवी नामका ग्रहमा आबत्रन भयको हो /( हुनत हाम्रो पनि त्यहि हो तर हाम्रो चेतनाको र होस को कमीले हामी हरुला जन्मदा र मिर्तु हुदा थाहा नहुने भयकोले हामी जन्म ( नया अविस्कार ) जसरि सोचदछौ) / यसर्थ बुद्ध को जन्मलाई हामी जसरि साधारण जन्म मिर्तुको रुपमा ब्याख गरिरहेका छु यो नै नमिलेको छ /
    जे भयपनी सिद्दार्थ गौतम ले २६ सय वर्ष आगाडी पिर्थिबिमा आबत्रन गरेको ठाउँ लुम्बिनी हो / यानी पिर्थीबी को विचरण गर्दा पहिलो चोटी उत्रियाको ठाउँ लुम्बिनी हो /

    Reply
  15. BIPIN KAPALI says:
    September 9, 2013 at 8:44 am

    हिजो आइतबार देखि जिटिभिबाट बुद्ध सिरियल प्रसारण भयो । हेरें । तर त्यसमा बुद्ध लुम्बिनीमा जन्मेको कुरा देखाएको भने पाइएन । कपिलबस्तुका राज्य भनेर देखाइएको छ । तर कपिलवस्तु कहाँ छ भनेर उल्लेख गरेको देखीएन । सानै बुद्धको जन्म हुँदा हिमाल तिरको दृश्य देखाइएको छ । जुन समयमा बुद्धको जन्म भयो त्यसबेला हिमपात भइरहेको दृश्य देख्दा अचम्म लाग्यो ।

    Reply
  16. Roshan Sharma says:
    September 9, 2013 at 8:35 am

    http://zeenews.india.com/videos/zee-tv-s-new-show-will-narrate-the-life-of-gautam-buddha_22725.html

    ‘पहिलो गाँसमा नै ढुंगा’ – यो माथि को लिंक मा भगवान बुद्द को सिरियल हेर्दा को मेरो अनुभब !
    ‘धर्म र राजनीति’ को बारेमा कुरा गर्नु त्यति राम्रो त हैन तैपनि – हावा चले को उल्टो हिड्नु प्राकृतिक नियम बिपरित हुन जाने भएको ले मा पनि त्यहि दिसा तिर मोडिनु पर्ने भएको छ /
    भगवान बुद्दको जन्म भुमि को ‘विवाद मा नेपाली हरुले विचार गर्नु परे २ कुरा छन्:
    पहिलो ‘राष्ट्रियता र दोस्रो अध्यत्मिकता’!

    बहुदल आए पछि नेपाली समाज ९९ % बढी राजनीतिज्ञ बनेको छ / त्यसैले, कांग्रेस र कोमुनिस्ट पार्टी ले नपुगेर जातिवादी र धार्मिक बादी पार्टी हरुको संख्या ‘भेडी गोठको ‘ भेडा को बथान भन्दा बढी छन्
    त्यति ले नपुगेर समाज उत्थान , जाति उत्थान, अधिकार सम्रछ्यन भन्दै ‘Kitchen मा आउने ‘kokroches’ भन्दा बढी एन. जी. ओ. हरु छ जुन नेपाल सरकार लाई समेत जानकारी छैन -जसको काम ‘एइतिहासिक’ धरोहरको सम्रछ्यन सम्बर्दन हैन कि ‘डलर’ कमाउ’ काठमाडौँ मा ‘बंगला’ ठड्याउ’ धन्दा मा ब्यस्त /
    नत्र, गणतन्त्र आएको ७ वर्ष सम्म ‘धर्म’को नाउम्म ‘राजनीति’ गर्ने हरुले किन एउटा बुद्द सम्बन्धि ‘सिरियल’ नबनाएको ???
    यो प्रस्न, ति Kithen Kockroaches’ एन. जी. ओ. हरु जो धर्मको र जातिएता को नारा लिएर ‘डलर’ झ्वाम पार्ने संग !
    जापान, थैलैंड, श्रीलंका, बर्मा, भुटान, तिबेतियन, लाओस, इन्डोनेसिया आदिले चाहि बुद्द नजन्मिए पनि बुद्द धर्म लाईमान्न लाई बुद्द जन्मिएको मतलबी छैन तर हामी नेपालीलाई चाहि बढी किन ??
    किनभने – हामि राजनीतिज्ञ बढी ‘अध्यात्मिक ‘ कम /

    अब कुरो आयो हामी नेपालीको अध्यत्मिकता !

    यदि हामि मा बुद्द सम्बन्धि वा धर्म सम्बन्धि तन र मन दिएको भए विभन्न ठाउमा अध्यात्मिक ज्ञान सभा, धर्म सभा र भै रहेका ‘एइतिहासिक’ धरोहर हरुको सम्रछ्यन र प्रबर्दन गरिरहेको भए – न त हामीले
    धनकुटा जादा ‘जाड’ बनाउने पूंग को सालिक देख्नु पर्थ्यो, न त काभ्रे, धादिंग, सिन्धुपाल्चोक, रसुवा हरुमा हाम्रा गुम्बाहरु ‘बन्द गरेर घास दाउरा राख्ने भण्डार’ बनाइएको पाइथ्यो !
    न त ति ठाउका अबोध जनताहरु आज ‘प्रभु’ भन्दै ‘नया धर्म का ‘पादरी’ को पदवी लिएर परम्परा देखि बुद्द र हिन्दु धर्म का अनुयायी लाइ – सराप्दै हिडेको भेट्ने थिएऊ/
    न त बौद्द को गुम्बा लाइ ‘बिदेशी राजनीति’ गर्ने हरुको ‘आत्मा दाह’ गर्ने ठाउ मा ‘नमन्ताण’ हुँदै भएको पाउने थिएऊ/
    न त – “काक्रे बिहार” सम्रछ्यन समितिले बनाएको ‘बौद्दत्व र हिन्दुत्त्व’ सम्रछ्यन र प्रबर्दन गर्ने योजना मुताबिकको योजना लागु गर्न ‘सरकार’ लाई ‘दवाब’ नदिएर ‘डलर कमाउन को लागि ‘बुद्दधर्म को नाउमा’ भ्रम सृजना गर्दै नेपाल को सामाजिक सह अस्तित्व खतम पार्न लागि पर्ने ‘जनजाति’ को नाउमा डलरे ‘समुह ‘ को हो हल्लाको पछि लागिन्थ्यो !
    त्यसैले, बुद्द सम्बन्धि ‘सिरियल’ को बिरोध भनेको बिसुद्दा राजनीति हो कुनै आध्यात्मिक हैन/
    तर, यसले, बुद्द धर्म का अध्यात्मिक हरुलाई त झन् प्रेरणा दिन्छ अझ अध्यात्मिक बनेर बुद्द नेपालमानै जन्मिएको हो भन्ने पार्न लाई न कि हिन्दु हरु लाई सरापेर !

    तर, बुद्द को नाउमा ‘डलर’ कमाउने “नया बुद्धिस्ट'” हरुलाई पनि ‘अझै ठुलो’ स्वरमा बिरोध गर्ने अवसर पनि !
    त्यसैले, नेपालमा ‘क’ ख’ गर्ने देखि ‘डा. गर्ने समाज परिवर्तनको ‘खोक्रो’ सपना देख्ने बुद्दिजिवि वर्ग हरुको २०४० साल देखि अहिले २०७० भाद्र सम्मका विभिन्न पत्र पत्रिका हरुका ‘लेख’ हरु र ‘समाजिक कार्य हेर्दा’ प्रमाणित हुन्छा कि – यिनीहरु बिदेशी को निर्देशन अनुसार काम गरिरहेछन ( जानेर वा नजानेर) /
    एक आपसमा मिलेर बसेका नेपालीहरुलाई मतलबै नभएको ”धर्म र जातिएता” को आगो फुकेर ‘जुधाउने बजाउने’ काम बिदेशी ‘ब्वासा’ हरुलाई लुटाउने कम नभर के हो त? नेपालको अलिअलि भएको ‘स्वाभिमान’ लाई खत्तम पार्ने योजना अनुसार काम भै रहेको कुरा को ‘परिणाम’ ले नै ‘बुद्द जन्मभूमिको तथ्य लाई किन ‘ओझेल’ मा पारिएको हो ???
    बिस्व मा के भैरहेको छ भन्ने हरुले ‘त्यहि भारत’ मा बना लागेको बुद्द सम्बन्धि फिल्म को बारेमा थाहा नपाउनु भनेको केहि हैन ‘यी नया बुद्दिस्ट’ हरु बुद्द को नाउमा ‘डलर’ कमाउन मा ब्यस्त छ भन्ने /
    त्यसैले, किरण बेदी ले मात्र हैन – नेपाल का जनजाति को नाउमा बुद्द धर्म को झण्डा बोखि डलर खोक्ने ‘डलर पति ‘ हरुले माफी माग्नु पर्ने हो – नेपाली जनताको अगाडी !

    Reply
  17. arun says:
    September 9, 2013 at 8:12 am

    This is a publicity scandal for the promotion on of that show……and are they successful? ?? Hell ya! !!!

    Reply
  18. Suresh says:
    September 9, 2013 at 6:16 am

    मा टी यस भन्ने मित्र संग शत प्रतिशत सहमत पहिले बुद्द लाइ आफ्नो deshma सम्मान गर अनि विदेशीले के बोलेको हो बिरोध गर

    Reply
  19. अभागी मगर says:
    September 9, 2013 at 2:56 am

    होइन हो यो भारत ले नेपाल लाइ के सोचेर हेपी रहेको छ ? कहिले के कुरा,, कहिले के कुरा कहिले सिमाना मिचेर, कहिले बोडर सिमाना मा नेपालि हरु लाइ कुट्ने अपमान गर्ने आदि कुरा ….अहिले आएर फेरी बुद्ध भारत मा जन्म भएको कुरा लाइ लिएर .. होइ न हो , बुद्ध नेपाल मा जन्मेका हुन् भनेर बिस्व ले स प्रमाण सहित धेरै बर्स अघि नै साबित भैसकेको कुरा हो र बुद्ध का सबै कुरा प्रमाण को लाइ पुरातत्व बिभाग मा छ र अन्तरराष्ट ले समेत मान्यता दिएको कुरा हो भने भारत अहिले आएर किन बहुलाएको हो .. पागल कुकुर ले त् टोकेंको छैन ? यो टेली सिरियल मा बुद्ध को बारेमा गलत भर्म फैलाएर फेरी माफी मागेर सुख पाउदैन . त्यसलाई यस्तो भ्रम फैलाउने लाइ हदै सम्मको कारवाही हुनु परो र त्यो सिरियल लगाएत भारतीय च्यानल हामीले न हेरे के हामि मर्छौ र ? हामि पनि घोर अआपत्ति जनाउदै त्यो टेलीसिरियल क लेखक लाइ अन्तर्र राष्ट्रिय कोठघारमा उभौन्न सक्नु पर्छ . मानहानी उपर मुद्दा चलाउन पर्छ ता कि अर्को पटक भारत ले नेपाल को स्वाभिमान उपर कुनै धावा बोल्न र लेख्न न सकोस …….हामि नै उस्तै छौ ….. (अभागी मगर )

    Reply
  20. srijana says:
    September 9, 2013 at 1:30 am

    यी सबै बुद्ध जन्मेको देशलाई हिन्दु राष्ट्र भन्न गर्व गर्ने हरुको फल हो |जुन देशमा जन्मेर तेही देशमा तिरस्कृत हुनु भन्दा कुनै देश ले सम्मान दिन्छा भने तेही नै ठिक्छा |

    Reply
  21. hari thapa says:
    September 8, 2013 at 10:42 pm

    मेरो बिचारमा पनि बुद्द कपिलबस्तुको लुम्बिनिमा जन्मिएका थिए जुन त्यो बेलामा कुन ठाँउमा पर्छ थाहा नभए नि अहिले चै नेपालमा पर्छ।तसर्थ नेपालमै जन्मिएका हुन।
    तर मलाई के कुरा चै अचम्म लाग्छ भने यहाँ यसमा लाग्ने धेरै बुद्दको १ प्रतिसत पनि अनुसरण नगर्ने,यसको बिस्तार बिकाशको लागि १ प्रतिसत नि काम नगर्ने, आफ्नै देश भित्र बुद्द धर्मालम्बी घट्दै गयो भन्दा शायद खुसी हुने,केहि नगर्ने र बुद्दसँग नाम जोडिन पाए केहि फाईदा पुग्छ कि वा शायक कोहि पैसा आउछ कि भनेर उफ्रने खेल मात्र भएन र भनेको? अझ अस्ति सम्म त हजारौ मान्छे मारेको आरोप लागेको माओबादी नेताहरु पो अगाडि बढेर उफ्रेर हिडेका थिए(सम्मेलन गर्ने भनेर)

    बुद्द नेपालमे जन्मिएका हुन तर खाली जन्मि दिएकोमा नाम लिन खोज्ने आफु ले त्यसको लागि गर्न सक्ने गर्न चै नसोच्ने? तितो लाग्न सक्छ तर यो पनि शायद सत्य हो।
    यो कुरा कतिले महसुस गर्नु भएको छ त यहाँ मुनि को रातो हरियोले पुष्टि गर्नेछ।

    Reply
    1. Sailendra Thapa says:
      September 9, 2013 at 9:49 am

      हरेक सैधान्तिक कुरा व्यवहार मा लागु गर्न सकिदैन. बुद्ध ले भनेजस्तै सबै कुरा व्यवहार मा लागु गरियो भने त अरु २.५ करोड बुद्ध हुनेछन नेपाल मा. अब सैधान्तिक कुरा लागु गर्ने हो भने Sin A x Cosec A = 1 व्यवहार मा लागु गर्न सकिन्छ? अनि क सकिदैन व्यवहार मा उतार्न भनेर हिसाब पढ्न छोड दिने हो त? केहि कुराहरु पो अनुसरण गर्न सकिन्छ सबै को, सबै त सकिदैन नि….कि तपाई सक्नु हुन्छ???

      Reply
  22. Neparoos says:
    September 8, 2013 at 10:28 pm

    was this the first time??? NO
    is this gona stop in future?? NO
    i mean why bother??? u keep shouting for 3days and then someone pops up saying sorry, my bad. Then u starting enjoying the same thing from the very next day. how cool u guys are, smh.. can u guys ever think of not supporting them at all?? i know everything in our country comes from India. Least we could do is avoid their channels, avoid their movies, can you??? Sure i can but not sure about u all. Our country will save hell lotta money if noone goes to see their movies, if noone watches their channels. I feel so proud to say I DONT SUPPORT ANYTHING THAT COMES FROM INDIA. Hardly my hard earn money goes to any indian product. And i dont say i hate indians but i just dont support them in any means whatsoever. And this is my way to protest any influence of india in nepal, simply just by not supporting them in any way i can.

    Reply
    1. Raames says:
      September 9, 2013 at 6:22 am

      म तपाईसंग सहमत छुँ | अरुले गरुन नगरुन तर म चाहिं सकेसम्म इन्डियामा बनेको केहि किन्दिन्न, फिलिम हेर्ने त आफुले बुझ्ने भएपछि हेरेको छैन | म जहिलेनी साथीभाईहरुलाई चिच्याइरहेको हुन्छु धोतीको सामान प्रयोग नगर, फिलिम नहेर, जे जति गर्नुछ आफ्नै देशको लागि गर | हामी नेपालीहरुमा देश प्रेमको भावना धेरै कम देखिन्छ | कसैले विचार गरेको छ कि छैन हिजोआज धेरैले हिन्दि सब्द प्रयोग गर्न थालेको छ | यस्तै पारा हो भने नेपालमा हिन्दि भाषाले जग बसाउने दिन धेरै टाढा छैन | नेपालीको अस्तित्व नेपालीले नै जोगाउनु पर्छ | अरुले त पाएसम्म हसुर्ने मात्र हो | चाहे झुकोस निलो आकाश यो नेपाली झुक्दैन |

      Reply
  23. Ganesh Malla says:
    September 8, 2013 at 10:25 pm

    स्कन्दपुरानमा लेखेको छ, नेपालको नाम :
    सत्ययुगमा – सत्यवती,
    त्रयेतायुगामा- तपोवन,
    दवापरयुगमा – मुक्तिसव्पान, र
    कलियुगमा – नेपाल.

    सिद्दार्थ गौतम जन्मनुभएको दवापरयुगमा अथवा करीब २५०० बर्ख मात्र भयो. तेसैले, “बुद्ध मुक्तिसव्पान (नेपालको दवापरयुगकालिन नाम) भन्ने देशमा मा जन्मनु भएको हो”.

    I think this fact should dismiss some of the arguments people putting forward in this blog.
    Thanks.
    -GM

    Reply
  24. amisha says:
    September 8, 2013 at 9:54 pm

    केहि धर्म भिरु हरुले गर्दा काक्रेबिहार्(सुर्खेत्) मा बुद्ध को मुर्ती राख्न दिदैन अनि बौद्ध मा बुद्ध का अनुयायी ले आत्महत्या गर्न बाध्य हुन्छ तर पनि लाचार हामी किन बुद्ध नेपाल मा …………………गर्व गर्छौ

    Reply
    1. balakji says:
      September 9, 2013 at 11:05 am

      बुद्ध ले सधै होस् मा रहनु भन्नु भयको छ / कोहि यहाँ बेहोसमा मुर्ति राख्न खोज्दै छन् भने को हि या बेहोसमा बिरोध गरिरहेका छन् / यी दुवै अज्ञान हुन् / खासमा बुद्ध ले आफनो मुर्तिनै नराख्नु भन्नु भयको हो र उहाले पुरा करान्ति त्यसबेला को मुर्ति पुजा को बिरुध्हा मा थियो / अहिले आयर उहाको अनुसरण गर्न छोडेर मानिसहरु आफ्नो ( अहम) पहिचानको लागि लडिरहेका छन् / बुद्ध को मुर्ति किन राख्नु पर्यो यदि उहाले देखायको बाटो नहिडने हो भने / म त कुरै बुजदीन / यदि कसैले बुझनु भयको छ भने किर्पया बतैदिनु भय आभारी हुने थिय / यो कुरा पनि जानी राखौ साथी हो सबै भन्दा ठुलो अहंकारी सहिद हो ( यहाले आत्मा हत्या गर्ने भन्नु भाको ) किन भने मैले भनेको नभय मर्दिन्छु भन्नु जस्तो अहंकार के हो ल ? अब यो अहंकार छोड भनेर बुद्ध भन्नु हुन्थ्यो / अब यो आत्मा हत्या गर्नु संग बुद्धको के सम्बन्ध छ / यसरि मर्ने मंछा बुद्धको मुर्ति राख्न नापयारा आत्महत्ता गरेको होइन उसलाई आफनो आहम देखाउने नाममा यो वा to बहानामा जसरि पनि आत्मा हत्या गर्दा छ

      Reply
  25. Suman says:
    September 8, 2013 at 9:42 pm

    according to hindu religion this universe is created by Bramha, Bishnu and Maheswar. So this whole world belongs to India. K chha bichar 🙂

    Reply
    1. samrat~ says:
      September 9, 2013 at 7:14 am

      So tell me something Mr. Suman, according to the bible, world is the God,s creation. Now which christian country this world belongs to ??

      Reply
      1. balakji says:
        September 10, 2013 at 10:55 am

        हिन्दु र क्रिस्चन दुबैले सुरुमा ध्वनि (ओम / word यसु ले at the beginnning there was a word भने जस्तो लग्छ ) थियो

        Reply
  26. Tee yes says:
    September 8, 2013 at 6:47 pm

    अहिले नेपालको सुर्खेतमा बुद्धले दुइ पाउ टेक्ने जमिन पाउन सकी राख्य छैन ,बुद्ध नेपालमा जन्मेको हो भनेर गोहीको आँसु चुहिनेहरुले यो बिषयमा पनि येस्तै खयाल गरे हुन्थियो नि !

    Reply
    1. rajesh says:
      September 8, 2013 at 7:43 pm

      Tee yes जी
      कुरो सत्य हो, बुद्दको देशमा बुद्द्त्तोको अपमानले परकास्थ नाँघेको छ, तर यसमा हामि नेपालीहरुको हैन नेपालका बुद्दिमान भन्न रुचाउने भारतका दलालहरुको हात छ l नत्र कुन चाही नेपालीले बुद्दलाई अपमान गर्न सक्छ? इंडियाले सुस्ता देखि टिस्टा सम्म अनि अरु सिमानामा खम्बा गाड्दा सम्म एंहाका नेताहरु तिनीहरुकै गुनगान गाउन्छ्न, के तेस्मा हामि नेपालीको सहभागिता छ र स्वीकारोक्ति छ? हामि हिन्दु धर्मलाई अंगाल्ने हरु बुद्द धर्मका अनुयायी सरह हौं l देशको कुनै पनि प्रमुख बिचारमा ई बिनाशक नेताहरु राता-रात आ-आफ्नै किसिमले निस्कर्ष निकाल्ने अनि तेस्को भागिदार हामि सम्पूर्ण नेपाली ले लिनुपर्ने?सबैले बुझ्ने पर्ने कुरो को चुरो के हो भने- जति सारो ई भ्रस्ट कुकुरहरु भुंके पनि नेपाल हिन्दु तथा बुद्धिस्ट रास्ट्र थियो,हो र रही रहनेछ l अन्य धर्मका बिचारधारक हरुले हिजो जसरि सुर्खेत काण्ड मच्च्चाउने दुस्प्रयास गरे त्यो हामि सबैले त्येस षड्येंत्र लाइ बेलै मा चिन्न जरुरि छ र तेस्ता आतंक-कारिहरुलाई सबै मिलेर चारपाटा मुडेर देश बात धपाउन जरुरि छ l बाकि रह्यो एंहाका देशका हाम्रा भनौदा भ्रस्ट कुत्ता हरु, तिनीहरुलाई एक दिन जनताले तुन्दिखेल मा भासन सुन्ने प्रलोभनमा खाल्डो खनेर पुर्न पर्छ l

      Reply
  27. Dev says:
    September 8, 2013 at 6:28 pm

    This is no wrong or disrespect to anybody/country telling the truth or claiming what is yours. If you can not tell a fact about your country to the world what else can you?

    This is no Nationalism or Pahadism but is about doing the right thing! And, nobody is spending half the life claiming “Buddha was Born in Nepal” Even if I had spent my whole life telling the ignorant pricks I would still be proud. If you can not get a simple fact straight about your country/people you are not worth Ek Paisa.

    However, I understand about the respect you guys are talking about. If you are not getting no respect don’t show too much of it because it is the act of Slave Mentality, which I despise whole heartedly! You may be Nepali or anything that does not mean a thing for me or should not be to anybody since we are not talking about you but country. Please, don’t preach too much of it, you will start sounding stupid.

    Hope I did not offend nobody. Thanks!

    Reply
  28. Abhinav says:
    September 8, 2013 at 6:11 pm

    साथी हो बुद्ध जन्मिदा न आजका इंडिया थिए न आजका नेपाल
    तेसैले ” बुद्ध को जन्म स्थल नेपाल मा पर्छ”
    न कि बुद्ध नेपाल मा जन्मिएका थिए
    सबै लाइ चेतना भया

    Reply
    1. rajesh says:
      September 8, 2013 at 7:56 pm

      Abhinav
      के घुमाउरो-फिराउँदो कुरो गर्या “म मेरो बाउ को छोरो तर मेरो बाउ मेरो हजुर बाउको छोरो” भने जस्तो l बुद्द जन्मँदा आजको नेपाल कता थियो नि, आकाश माथि उडिरहेको थियो? फेरी बुद्दको जन्मस्थल नेपालमा पर्छ रे-ठ्याकै भारत दलाल हाम्रा नेता हरुको कुरो जस्तो l कुरो को चुरो तिर जाने हो नकि त्यो चुरो को जुरो तानेर परिधि भन्दा बाहिर!!

      Reply
      1. Shrestha says:
        September 9, 2013 at 10:44 am

        rajesh ji,

        What he was trying to say was that when Buddha was born, he was born in the country ruled by his father and I don’t think his father ruled a country called Nepal back then. It neither fell in India or Nepal at that time. It was a sovereign country. So it would be better to say that the birthplace of Buddha is in Nepal rather than saying Buddha was born in Nepal. अब येस्मा नेता हरु को कुरो कहाँ बाट आयो????

        Reply
  29. Rajan Upriti says:
    September 8, 2013 at 5:56 pm

    बुद्द नेपालमा जन्मिएका हुन् भन्ने अहम् बाट पिडीत नेपाली देखेर दया लाग्यो |
    यो बुद्द नेपालमा जन्मिएको हो भनेर किन इन्डियनले अनुमोदन गरिदिनु पर्ने होला हगि ? हाम्रो आत्मविश्वास नभएर कि हामि भारतको दास भएर कि भारत हाम्रो मालिक भएर ? हामीले गान्धी नेपालमा जन्मिएको हो भनेर प्रचार गरेमा भारत पनि यत्तिकै उत्तेजित हुन्थ्यो होला ?
    नेपालीले सान्चैनै बुद्दको आदर गर्छन भने किन उनको अनुसरण गर्दैनन् ? तथ्य कसैले मेटेर मेटिदैन |

    Reply
  30. द्रोण says:
    September 8, 2013 at 5:49 pm

    गौतम बुद्द लुम्बिनी मा जन्मेको र जुन अहिले नेपाल मा पर्छ |
    तर त्यो बेला इन्डिया थिएँन र लुम्बिनी पनि नेपाल को थिएँन ,पछि प्रिथिबिनारायाँन ले नेपाल एकीकरण गरेको हो |
    येसैले ग्लोबल हिसाब ले भारत बर्स मा बुद्द को जन्म भयो भनेर इन्डियन ले गर्ब गर्नु अस्वाभिक हैन , भारत बर्स र भारत खण्ड भनेर हिमालय सम्म र अफगानिस्तान सम्म सायद उनीहरुले भन्ने गर्छ जुन राजा भारत ले राज गरेको भनिन्छ जुन सत्य युग को कुरा हो नेपाल को पहिलो गोपाल बमस भन्दा पनि अगिको कुरा |

    बुद्द र लुम्बिनी नेपाल को लागि र इन्डियाको लागि मागी खाने भाडो भएको छ |
    त्यहा को आम्दानि देखेर प्रचण्ड बुद्द भैदिन्छ , इन्डियाले बुद्द्द हाम्रो भन्छ | यो सब बिजनेस हो , हुदा हुदा इन्डियन क्रिस्तानी हरुले जिजस इन्डियामा जन्मेको भनेर लखेको पनि मैले एदा कदा पढेको छु | उनीहरुले प्रिन्स विलियम सग आफ्नो नाता जोड्न पनि भ्याइसके , टाइम्स अफ इन्डिया ले प्रिन्स विलियम पनि आर्य भएको र इन्डिया तिरै बाट उता गएको अरे पनि लेख्न भ्याइसक्यो |
    तेसैले इन्डियन को सबै राम्रा जति हाम्रा भन्ने बानि छ , बरु उनीहरु बिहारी हरुलाई चै नेपालि मान्छ माने काला काला भ्याकुर जति हामीलाई दि इ पठाएको छ |
    भनेर

    Reply
  31. Roman says:
    September 8, 2013 at 5:47 pm

    यस संसार मा बुद्ध धेरै जन्मिसके,तर बुद्धतो ज्ञान आम मानिस मा पुराउने श्रेय, योगदान गौतम बुद्ध मा जान्छ, तिनै बुद्ध मद्ध्य गौतम बुद्ध यस्ता महा मानब (देवत्वो आत्मा रुपी) हुन् ,उनि जन्मदा नै बुद्ध थिए ,मिर्तुप्रयेत्र पनि बुद्ध नै हुन् ,उनि मा भएको बुद्धतो आकार विकास समय क्रमसंगै भएको हो,केवल भारत रहने क्रममा बुद्धतो ज्ञान उजागर भएको हो र प्रचार ,प्रसार ज्ञान बाड्न थाले को हो ,तेसैले संसार ले गर्व गनुपर्छ नेपाली मातृभुमिले गौतम बुद्ध जस्तो महान ज्ञानी जन्माए!
    जानकारी लिनु भएको मा धन्यवाद !

    Reply
  32. kushal khadka says:
    September 8, 2013 at 5:35 pm

    मलाई त हाम्रो नेपालको प्रगति नभकै यो गर्ब गर्दा गर्दा हो जस्तो लग्छ है,सुन्दा नमिठो लाग्छ तर mt everest गौतम बुद्ध प्रकृतिले दिएको हो हामीले आर्जन गरेको हैन यो त हामीले पहिलाको ब्याज खाएर सधैं बस्न राखेको जस्तो भएन ???

    Reply
  33. dhruba bhandari says:
    September 8, 2013 at 5:21 pm

    बुद्ध जन्मदा नेपाल भन्ने देश थिएन त्यसैले बुद्ध नेपाली होइनन भन्ने हासो उठ्दो तर्क हो. त्यसो भए सगरमाथा उत्पत्ति हुदा नेपाल थियो त? अनि भारत मा जन्मेका राम र कृष्ण अनि जनकपुरकी सिता ,तनहुका बेद ब्यास को पहिचान के त?अरुले भनेका कुरा भन्दा पनि आफ्नो दिमाख लगाएर सोचौ न साच्चै बुद्ध जन्मदा नेपाल नभएरै बुद्धको पहिचान विवाद मा परेको होला कि भारतको ठुल्दाई प्रवृतिले नेपाल लाई हेपेर विवाद मा परेको होला

    Reply
  34. Narayan says:
    September 8, 2013 at 5:19 pm

    jamz जी उशो भए प्रचण्ड रोल्पामा जन्मेको रहेछ हैन तपाइको विचार अनुसार / Indain हरुनै रामको जन्म भुमि अयोध्यामा मुस्लिम हरुले मस्जिद बनाए भनेर आम नर संहार गर्छन भने हामी बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र पनि कि भन्न नसक्ने ? धन्य छ तपाइको बिबेक हिन तर्क लै..

    Reply
  35. anil pun says:
    September 8, 2013 at 5:18 pm

    भारतले नेपाली बाहुल्य रहेका क्षेत्रमा नेपाली भाषाको टेलिभिजनमाथि प्रतिबन्ध लगाए पनि नेपालमा भने सबैखाले भारतीय टेलिभिजनहरु निर्वाधरुपमा प्रसारण भइरहेका छन् ।भारतले त्यहाँका केबुल कम्पनीहरुलाई निर्देशन दिँदै दार्जीलिङबाहेक अन्यत्रसमेत नेपाली टेलिभिजन प्रसारण रोक्न निर्देशन दिइसकेको छ।नेपाली भाषाका टेलिभिजनले भारतविरोधी भावना फैलाएको भारतीयहरुको आरोप छ।

    नेपालका सवारीसाधनहरु सीमादेखि दुईचार किलोमिटर उता सम्म जान पाउछन तर भारतिय सवारीसाधनहरु नेपालभरीनै गुडी रहेका छन।यस्तो असमानता हुदाँहुदै पनि नेपाल सरकार र नेपाली जनताहरु लाटोले केरा हेरेझै ट्वाल्ल परेर हेरीरहनु लज्जास्पद छ।सामाजिक,साँस्कृतिक, राजनैतीक र भौगोलिकरुपमा नेपाललाई आधा निलीसकेको छ र पुरा निल्ने कोशिसमा छ।

    यो प्रकरणमा नेपालीहरुले पनि जिटीभी बन्द गराएर केहीहद सम्म जबाफ फर्काउने आँट गर्नु गौरबको कुरा हो।अब नेपालीहरु सबै एकढिक्का भई ईट्टाको जबाफ ढुंगाले दिने प्रयास गरौ।नेपाली एकता जिन्दाबाद।

    Reply
  36. Suresh says:
    September 8, 2013 at 4:46 pm

    We dont care what budhdhism is .We only wants to give him paper of citizen ship to budhdha and shout loudly budhdha was born in nepal. If u really know budhdhism and time around him ,There was no india or nepal. The land beyond Sindhu river was called hind. So why do we have to act like a monkey and they alreadyhave apologised for it. Politically we are run by the most violent political party in the world and surely most of us are going to vote for them,that time no body care about budhdha . Since we dont have any outsider to show anger we chose india time and again as if it is our main enemy in the world(Maoist and pancha philosophy).
    budhdha is part of our combined civilisation of whole of south asia from afghanistan to tibet.
    we need more creative ways to market it, rather than this extremism.

    Reply
  37. NARAYAN says:
    September 8, 2013 at 4:42 pm

    म Jamz को कुरा मा सहमत छु र म पनि केहि भन्न चाहन्छु |
    १) बुध्ध को बारेमा
    बुध्ध को जन्म को बारेमा धेरै ग्रन्थ मा धेरै थरि कुरा लेखिएको छ | तपैले इन्तेर्नेत्मा खोजेर हेर्न सक्नु हुन्छा | त्यसमध्ये सबैभन्दा भरपर्दो तथ्य वनेको अशोक खम्बा हो | यदि अशोक खम्बा नेपाल मा हुदैन थियो भने सायद बुध्ध जन्मेको ठाउँ भनेर हामीले पनि अर्को ग्रन्थमा लेखिएको ठाउँ (जुन अहिले इंडिया मा छ ) लाई मान्नु पर्ने हुन्थ्यो | ल अब तपाई आफै भन्नुस, सम्राट अशोक कहाँ जन्मिएको ? जब भारत मा जन्मेको मान्छेको कारणले गर्दा हामिले लुम्बिनीको बारेमा बैधानिकता पाएको छौ भने उसलाई (भारतीय सम्राट अशोक लाई ) त हामीले सम्मान दिनु पर्ने होइन र ?
    त्यसैले हामीले भारत र भारतीय हरुको बिरोध गर्ने होइन कि नेपाल र नेपालीलाई हेर्ने हेपाहा भारतीय दृष्टि कोणलै परिबर्तन गराउनु पर्छ | त्यसको लागि केहि मात्रामा हामि आफै पनि सभ्य र बिकसित हुनु जरुरि छ |
    त्यसैले हामि भारतीय हौ अथवा नेपाली हौ सबैले मान्नु पर्छ कि बुध्ध लुम्बिनी मा जन्मेका हुन्, जुन अहिले नेपाल मा पर्छ | र बुध्ध कसैको पेवा होइनन, उनि समग्र विश्व का लागि हुन् | उनि जन्मेको भनेर हल्ला गर्नु भन्दा बरु, उनले प्राप्त गरेको ज्ञान आफुमा पनि भर्ना मा समय खर्च गर्ने हो कि ?
    २) नेपाली को बानी
    मा पनि दसरथ रंगशाला मा भकुन्डे खेल हेर्न गएको थिय | त्यहाको खुला पट्टिको बस्ने ठाउमा मा पनि बसेको थिय | त्यहाँ बसिरहदा नजिकैका मित्रले गरेको व्यवहार पचौना लायकको थियन | मलाई त्यहाँ बस्दै गर्दा दिमाग मा आइरहेको थियो, हामि नेपाली अझै मुर्खै रहेछौ जस्तो लग्यो | बिपक्षी समुहका हरेक खेलाडीलाई त्यहाँ गालि गरिएको थियो | जबकि गालि गरेर हुने त केहि होइन | हाम्रा खेलाडी पनि उनीहरुको देश मा गएर खेल्नु पर्ने हुन्छा त्यति बेला त पक्का पनि नेपाली खेलाडी ले पनि नराम्रो व्यवहार त चाहदैन होला |
    त्यसैले मैले देखेको त के हो भने , हाम्रो खेलाडी ले नेपालका विभिन्न संचार मध्यम मार्फत भन्नु पर्यो कि अर्को देश को खेलाडी लाई पनि होच्याउने खालको व्यवहार नगर्नुहोला भनेर | अरुलाई इज्जत गरेपछि न आफुले नि इज्जत पाइञ्छ | सधै हाम्रा दर्शक भनेर हुदैन दर्शक लै सभ्य बनौन पनि खोज्नु पर्यो हाम्रा खेलाडी र एन्फा ले !!!
    जय होस् !!!

    Reply
  38. Nirab says:
    September 8, 2013 at 4:37 pm

    छोडनोस यार उमेश जी यो बुद्द को जन्मभूमि को बारेको बहस. यो सुन्दा देख्दा नै वाक्क लाग्न थालि सक्यो. येस्ता झ्याउरे कुरामा time पास गर्नको लागि हेटग्रुप जस्ता लाग्ने फेसबुक पेज नै काफी छन्. तपाइको एस्तो राम्रो ब्लग एस्तो अर्थहीन बहस मा नअल्झाउनोस

    Reply
  39. भक्तपुरे says:
    September 8, 2013 at 4:28 pm

    कौवाले कान लग्यो … भन्या जस्तो / के के छ कार्यक्रम मा हेर्दै नहेरी लाइन काट्ने, कस्ता उपबुज्रुक हुन्के हाम्रा केवलहरु ?

    अनी यो नोठले केहि लछारपाटो लगाउला जस्तो चै छैन है / किनकि बिचरो नेपाली नोठले सिमाना काट्नै पाउदैन / हेर्नुस त सिमा क्षेत्र मा भारु को दबदबा कस्तो हुन्छ / तोकिएको भन्दा बढी नेरु तिरेर किन्नु पर्ने हुन्छ / अनी हामी आफैलाइ किन चाहियो यो संदेश ? तैपनि बुद्धको कुरो भएकोले ठिकै मान्न सकिन्छ

    तर नोटको पृष्ठभागको गैंडा चैं हराको हो कि के ? सूचनामा त गैंडा को कुरै छैन त / १०० को नोटबाट गैंडा हरायो भने त यो नोटको अहिले सम्मको शाख नै जान्छ हौ / अनी तिहार आउदै छ, देउशी खेल्दा ‘ए चितवन को गैंडा’, ‘ए यता तिर आइजा’ भनेर भट्ट्याउनै पाइदैन / अनी येसो भनेर भट्ट्याउन पर्ला ‘ए लुम्बिनी को बुद्ध, ए यता आउ लुत्त’ / सय को नोठ त पर्यायवाची नै भैसकेको र महत्वपनि भएकोले , राष्ट्र बैंकले विचार गरे हुन्थ्यो /

    नोट को पृष्ठभागको फोटो पनि हेर्न पाए हुन्थ्यो गैंडा छ कि छैन हेर्न /

    Reply
  40. अनिल says:
    September 8, 2013 at 4:26 pm

    त्यो कबिर बेदी को हो र तेस्ले भन्दै मा बुद्ध को जन्मस्थान परिबर्तन हुनलाई? भन्दै मा हुने भए त facebookमा गान्धीले नेपाल मा चटपटे बेच्थ्ये भनेर लेखेको पनि छ 😀

    Reply
  41. Madhu says:
    September 8, 2013 at 4:13 pm

    गज्जब लाग्यो लेखकको सोच अनि के हि कमेन्ट लेख्ने मित्रहरुको पनि…….नेपाल भन्ने ठाउं भारतमा पर्छ भन्दा आकाश खस्ला? सगरमाथा इंडियामा पर्छ……माछा पुछ्रे भारतमा पर्छ भनिरहँदा कुन चैं आकाश खस्ला? एउटा पुरुषले अर्काकी श्रीमतीलाई मेरो स्वास्नी हो भन्दा……आकाशै खस्ला त? अनि सोच्दै नसोचेको पुरुषले….कुनै तन्नेरीलाई तेरो बाउ म हो भन्दा पनि आकाशैचैं खस्ला जस्तो लाग्दैन है मलाई त! तर सायद माथि उल्लेखित कुनै पनि कुरा सुन्दा कन्सिरी चैं तात्छ है आम मान्छेको! कि त बुध्धनै हुनु पर्यो! पंक्तिकारले अलि अगाडी माछा पुछ्रेको खबर आउँदा दिएको प्रतिक्रिया पनि याद छ है अलि अलि ……त्यति खेर पनि आकाश खस्दैन थियो होला…………अनि कुरा गरम बुध्ध जन्मिँदा नेपाल थियो कि थिएन भन्ने कुरा…….नेपालको तराई नेपालमा पर्छ कि पर्दैन? नेपालको हो कि होइन? कि पहिला इंडियालाइ जितेर लिएको हो फिर्ता गर्दीम भन्ने हो? अनि नेपालमा झैं भारतमा पनि ससाना राज्य रजौटाहरू थिए उ बेलामा…मलाइ लाग्दैन बुध्ध जन्मिँदा अहिले देखिएको सिमांकन सहित को भारत थियो भनेर ….अनि उसले बुध्ध भारतमा जन्मिएका हुन् भन्न मिल्छ? हामीले नेपालमा जन्मेका हुन् भन्न चैं लाज मान्नुपर्छ?……….कुरा गरम बुध्धत्वको……नेपालमा जन्मेर अमेरिकामा PHD गर्ने मान्छे अमेरिकननै हुन्छ? नेपाली रहन्दैन? अहिले नेपालमा भएका धेरै जसो नेताहरु बनारस पढेर (विद्वान बनेर) फर्केका मध्येकै छन्…..ति सबै भारतीय हुन् (व्यवहार हेर्दा त हो कि जस्ता पनि छन् है छनचैन)?

    Reply
  42. Rajendra Adhikari says:
    September 8, 2013 at 3:57 pm

    नेपालमा मात्र Zee TV बन्द गर्नु भनेकोत सुतुरमुर्गले बालुवामा टाउको गाडेर लुक्नु जस्तै भयो नि । सके इन्डिया र विदेशहरूमा बन्द गर्नू , नेपालमा मात्र बन्द गर्नुको को कुनै तुक छैन । बरू फटाहरुले के के सम्म झुटा कुरागरेका रहेछन भन्ने थाहा पाउन हेर्नु पर्यो नि हाम्ले नि, अनि तेसै अनुरूप विरोध गर्नु पर्यो ।

    Reply
  43. Bheshraj Neupane says:
    September 8, 2013 at 3:44 pm

    Buddha was born in Lumbini it is fact and there is various evidence like marker stone , Ashoken piller and also chinese pilgrims dairy . UNESCO excavation also prove it . There is no matter to argue with Indian and Indian also belive that lumbini is the birth place Buddha. Our main mistake is that to popularise Lumbini in the world . we should also have to popularise Kapilbastu as Lumbini were Buddha stay 29 years. Were he make is foundation to be a Buddha.

    Reply
  44. krishna says:
    September 8, 2013 at 3:13 pm

    केवल मात्र किन नि पुरै जिटिभी बन्द गरम त नहेर्दा के हुन्छ मरिन्छ र ?

    Reply
  45. jamz says:
    September 8, 2013 at 3:00 pm

    एक दम सहि कुरा हो यो, बुद्ध न इंडिया मा जन्मेको न नेपालमा, बुद्ध त लुम्बिनी मा जन्म भाको हो तर ………. बस्ताबमा भानु पर्दा, बुद्ध technically इंडियामा जन्मेको हो किन भने सिद्धार्थ गौतम मात्रै लुम्बिनी मा जन्म भएको हो न कि बुद्ध, बुद्ध त इंडियामै जन्म भएको हो, सिद्धार्थ गौतम पछि गएर बुद्ध भयो र त्यो बुद्ध भाको ठाउँ चै इंडियामा छ जुन चै बोध्गाया हो जहाँ बुद्धको जन्म भयो, यहाँ कमेन्टमा अरु साथीहरुलाई मन नपर्ला र dislike गर्ला तर वास्तविक कुरा येही हो र अहिले जुन फूटबल भई राको छ तेस्मा जुन किसिमले इंडिया लै धोति भनि गाली गर्दैछ त्यो एकदम नराम्रो कुरा हो, game हार्यो भन्दैमा नानाथरी गाली गर्दै मा हुन्छ, पहिले आफुले respect दिनु पर्छ अनि respect payincha, यो भन्दैमा इंडिया को तारिफ चै गरेको होइन तर सत्य कुरा येही हो

    Reply
    1. सन्देश says:
      September 8, 2013 at 3:16 pm

      I fully and whole heartedly agree and also believe the same ” To receive respect we should be able to give respect “. Winning and losing is part of a game.We should not disrespect our oppnonents by saying dhoti or tearing down their flags.It hurts their sentiments too.Not all people are bad.

      Reply
    2. satish shahi says:
      September 8, 2013 at 3:50 pm

      सत्य कुरा बुद्ध नेपाल मानै जन्मेका हुन् ,,,, चाहे ज्ञान इंडिया मा नै किन नपाओस….नाम परिबर्तन हुनासाथ जन्म परिबर्तन हुन्छ र? सिद्धार्थ गौतम बाट बुद्ध हूना साथ् इंडिया मा जन्मेको हुन्छ र हाँसो को बिसय भयो यो त .. मनिष कोइराला उदित नारायण झा इ दुवै इंडिया मा जन्मेका हुन् त ? बुद्ध जन्मेको बेला नेपाल र इंडिया थिएन होला त्येसो भए इंडिया ली किन बुद्ध वास बोर्न इन इंडिया भन्यो त ? यो पुरै गलत हो . त्येसेइलेइ हामीले बुद्ध नेपाल को लुम्बिनी मा जन्मेको हो भन्ने पुरै अधिकार छ… हामी नेपाली अलि अलि धोति भन्छौं अलि अलि गाली गर्छौं तर हामी गान्धी नेपाल मा जन्मेको भन्देइनौ हामी सत्य बोल्छौं . त्येसेइले बुद्ध नेपाल मा नै जन्मेको हो . Buddha was born in Nepal not in india.

      Reply
      1. Rajan Upriti says:
        September 8, 2013 at 6:01 pm

        तपाइको घोक्रो सुक्यो, इंडिया लाइ के भयो ?

        Reply
    3. bigur says:
      September 8, 2013 at 3:51 pm

      मित्र ले माथि कबीर बेदी ले तेविटर मार्फत माफ़ी मागे को पद्नु भाको जस्तो लागेना I

      Reply
    4. Sanjay says:
      September 8, 2013 at 4:07 pm

      तपाइको कुरामा म मुख फ़र्काउञ्छु. इन्डियनहरु जस्तो पाखण्डी मान्छेहरु यो दुनियामा अरु छैनन्. म नेपाली भएर येसो भनेको हैन, म अहिले जुन ठाउमा बस्छु त्यहाँ पनि इन्डियन भन्ने बित्तिक्कै खत्तम हो भन्नेर ठान्छन . हो इंडिया ले प्रगति गरेको छ र सबै एउतै छैनन तर maximum Indian हरु एउटै जातका मुला हुन् . अनि तपाई ले भनेको जस्तो इज्यत दिएर इज्यत पाउनलाई तिनीहरु संग लागु हुन्न. मलाई एकजना इन्डियन ले नै भनेको, इन्डियनहरुले नेपाली लाई इज्यत दिदैन त्यहि भएर कुनै पनि नेपालीले इन्डियनलाई मन पराउदैन .

      Reply
    5. suman says:
      September 8, 2013 at 4:27 pm

      ओइ सोल्टी, बुद्ध र साफ्लाई एकाइ सन्दर्भ मा नाजोका…पहिला..तिमि मान्न या नमान..बुद्ध नेपालमा नै जमेको हो…तिमि जस्तोले नमान्दै मा केहि आपति छैन…आर्को कुरा चै…we know how to respect opponent..so jst stop talking like dat…

      Reply
    6. nITesh says:
      September 8, 2013 at 4:31 pm

      Jamz जी,
      तपाईको कुरा अधि मन पर्यो अधि परेन किन भने एक व्यक्तिको जन्मस्थल केवल एक मात्र हुन्छ | मनौ राम भन्ने कोहि नेपाली व्यक्ति आफ्नो अध्यन खोज गर्दै जादा जापान बाट PhD. गर्नु भयो भने डा. राम त जापानमा जन्मेका हुन् भन्नु कतिको सहि र जायज हो आफै पुनर विचार गर्नुहोस् |
      अर्को प्रसङ्ग कसैलाई अपमान गरि धोति भन्नु दुर्व्यहार गर्नु त्यो चै गलत हो| पहिले आफुले respect दिनु पर्छ अनि respect payincha. यो सतप्रतिसत सही हो| Be Optimistic!! Respect others !!
      बुद्धको मार्ग र विचारलाई हामी अनुसरण नगरी लात हानी हिंसामा उत्रिन तम्तयार भैहल्छौ, यसरी हामी बुद्धको मान कत्तिको राख्दै छौ स्मरण गरौ| हामीहरुले सुन्दर नेपाललाई विश्व सामु शान्ति देश भनेर चिनाउन सके तेही नै ठुलो गौरब ठान्छु म त |

      Reply
    7. mesh gurung says:
      September 8, 2013 at 4:53 pm

      माथि को बिषयलाई महिले यसरी खण्डन गरे :
      गौतम बुद्ध नेपाल मा जन्मेर, पराम्भिक सिक्षा नेपाल मै लिएर, उच्च सिक्षा हासिल गर्न भारत गएर डिग्री (बोदत्तो) लिएको कुरा चै साचो नै हो | एउटा नेपाली भारत मा गएर डिग्री लिएर उतै विख्यात नाम कमाको अवस्थामा हामीले तेस्लाई के भन्ने? नेपाली भन्ने कि भारतीय भन्ने ? अझ तेस्लाई उताको सरकार ले एउटा मूल मुद्धा नै बनाएर खटेको अवस्थामा हामीले क गर्ने ? त्यो बिचरा नेपाली लाई बचाउने कि नबचाउने ? कि अहिले को जस्तो NRN भन्ने अनि चुप बस्ने ?

      Reply
    8. milan says:
      September 8, 2013 at 5:09 pm

      तेसो भए त महात्मा गान्धी पनि technically ब्रिटेन मा जन्मेका हुन् , गोरा को थप्पड खाएपछि , but still he is India ‘s Father of Nation .

      Reply
    9. Suman Gurung(UK) says:
      September 8, 2013 at 5:19 pm

      कुतर्क नगरम न साथी.. कुरा घुमाउन हामीलाई पनि आउछ घुमाएर बुझ्न हामीलाई पनि आउछ. तेसो भन्दै मा बुद्ध नेपाल मा जन्मेको होइन नभन. रह्यो फूटबल को कुरा , धोती भन्नु अवस्य राम्रो होइन, तर हामीलाई पाले, साब्जी, बहादुर र कान्छा भन्ने लाइ जवाफ पनि दिने कि? फेरी पनि हारजित सबै को हुन्छ नामात्तिनु नै राम्रो हो. यो कुरा मा सहमत.

      Reply
    10. nimesh, BKK says:
      September 8, 2013 at 5:21 pm

      jamz जी !!!
      बुद्ध कहाँ जन्मेको भन्ने कुराको तर्क वितर्क गर्नु त्यति मनासिब जस्तो लाग्दैन तरपनि कुरा गरिहालौं . कुनै व्यक्ति कुनै देशमा गएर ज्ञान हासिल गर्यो भन्दैमा त्यहाँकै हुन्छ भन्नु बेतुकको तर्क हो . यदि ज्ञान हासिल गरेकै देशको हुने हो त अर्थात बुद्धगया भारतमा भएकैले भन्ने हो भने धेरै नेपालीहरु बिदेशमा गएर पढेर ज्ञान हासिल गरेका छन्, के तिनीहरुलाई पनि ती देशकै हौं भन्ने त ???
      स्मरण रहोस – कुनै व्यक्तिले कुनै दोस्रो देशको नागरिकता लिएर बसेता पनि यदि उसले आफ्नो अद्वितीय शीप देखाएमा वा कुनै ठूलो अपराध नै गरेको भएमा पनि उसको जन्मकुण्डली नै खोतल्ने प्रचलन अध्यावधि छ अर्थात उ जन्मेको देश, ठाउं तथा आमा-बाबु आदिको समेत उल्लेख गरेको देखिन्छ . भन्न खोजेको के भनेको फलाना देशको मान्छे भन्ने गरिन्छ, हैन र ? तब कसरि बुद्धले ज्ञान हासिल गरेकै भरमा technically बुद्ध भारतमा जन्मेको भनेर तर्क राख्नु हुन्छ .
      रह्यो भारतीयहरुलाई “धोति” भन्ने प्रवर्ती तिनीहरुको हेपाहा प्रवृतिले गर्दा नै यसो भन्नु परेको हो . भारतीय हरेक सरकारी निकायले नेपालीलाई हेप्छ त के गरोस नेपालीले पनि . हैन र ?

      Reply
    11. rajesh says:
      September 8, 2013 at 6:18 pm

      jamz भैया;
      गौतम बुद्द र सिदार्थ कसरि र कुन टेक्निकल्ली आधारमा एउतै हुन्छ? मानौ तिमि भारत मा जन्मियौ र काल समय पछि सिक्ष्या प्राप्त गर्न युरोप गयौ भने के तिमि पछि गोरा नै हुन्छौ? के भोलि तिम्रा बच्चा र सन्तति बिना तिनका संसर्ग गोरा हुन्छन ? धोति लाइ धोति नभने अनि के अमेरिकन भन्नु?हुनु पर्यो नि तेस्तै चाल l लाइक वा दिस्लाइक गर्ने त कुरै छैननि l असत्य कुराको लागि प्रमाण जुटाउन टाउको फुटाउन पर्छ,र सत्य को लागि कसैसंग सम्झौता गर्न जरुरि हुन्न l अर्को कुरो गौतम बुद्द चाही हैन आशाराम बापू(बापू हा हा ) चाही पक्कै इन्दिआमै जन्मेकै हुन् जो ७२ साल का भए, जसको सम्पति तिम्रै जी नियुज अनुसार १०हज्जार करोड भन्दा बढी छ र जसलाई हिजो सम्म तिमीहरु भगवान भन्दै पुज्थियौ- आखिर देखि हालियो नि !! आफ्नै घरको इज्जतलाइ हवन गरिहाले l कुरो रह्यो respect – त्यो त अब चाइनिज,बंगाली र पाकिसतानीले बढी गर्छ नि तिमि हरुलाई, उनीहरुले भनेको छिटो बुझ्छौ हामीले भन्दा!! हैन भैया??

      Reply
  46. सन्देश says:
    September 8, 2013 at 2:51 pm

    हामी नेपालीहरु बुध्द कहाँ जन्म्यो कहाँ जन्मेन भन्दैमा आफ्नो बढी समय खर्च गरि राखेका हुन्छन। बुध्द लुम्बिनीमा जनमेका कुरा धु्र्ब सत्य हो । यो सत्यलाइ कुनै पनि देशको Harry,Hari,Hima आदिले मेरो देशमा जन्म्यो भन्दैमा आकाश नै खस्ने होइन नकि झुठ सत्य नै ठहरिन्छ। फेरि हामी नेपाली एकातिर बुध्द अन्तै जन्मेको कुरालाई defend गर्छै तर त्यहि बुध्दको जन्मभुमिमा अपमान हुदाँ चाहि खासै आवाज उठाऊदैनन्न ।

    Reply
    1. Suraj Regmi says:
      September 8, 2013 at 5:22 pm

      आकास नै खस्ने कुरा होइन संदेश जी, अब हेर्नुस त्यो भारत अझ बिस्व भरि नै प्रसारण हुने कार्यक्रम ले जानाजान गलत कुरा सम्प्रेषण गर्नु हुन्छ त् ? त्यो कार्यक्रम हेर्ने जत्ति त बुद्ध को जन्मस्थल भारत मै भएको भन्ने ठान्नेछन् नि, होइन र ? बिष्णु भगवानका अवतार बुद्ध को सहि जानकारी गराउनु हाम्रो responsibility हो कि होइन ? यदी हामी ले नै बाल मतलब भन्यौ भने गर्ने कसले त् ? आज बुद्ध भारत मा जन्मेको भन्छन, बिस्व ले हो भन्ठान्छ ! भोलि बुद्ध भारत मा जन्मेको तेसैले लुम्बिनी पनि हाम्रो हो भन्छन ! पर्सि नेपाल नै हाम्रो हो भन्छ ! हुनत, तपाई विदेश मा हुनुहुन्छ होला, तेसैले तपाइलाई एस्तो कुराले फरक पर्दैन ! जुन देश मा गए पनि धाक लाउन आउने त् तपाई काठमाडौँ मा हो, चाहे काठमाडौँ नेपाल को होस् या भारत को !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme