Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’

Posted on September 7, 2013September 7, 2013 by Salokya

kalanki
सवा ११ बजेतिर कलंकी चोक पुग्दा त्यहाँको स्थिति अचम्मको थियो। कलंकीको भ्रष्टाचारी पुल (चीनले बाटो फराकिलो पारिदिन्छ भनेर थाहा हुँदाहुँदै बनाएको भएर) मुनि निन्याउरो अनुहारमा क्यास माओवादीका एक लोकल नेता भाषण गर्दै थिए। ‘परिआए रगतको बलिदान गर्न पनि पछि हट्नु हुन्न’ भन्ने शब्दमात्र जोशिलो भएर के गर्नु, त्यो शब्द उच्चारणको शैलि हारेको सिपाहीको जस्तो थियो। १२ बजेसम्म बन्द गर्ने उनीहरुकै ‘उर्दी’लाई बेवास्ता गरेर ‘विद्रोह’ गर्दै चारै कुनाबाट गाडीहरु हुँइकिरहेका थिए। सँगै झण्डा बोकिरहेकाहरु पनि निराश थिए। जोशिलो शब्दको भाषणमा न कुनै ताली बजाउने नै थिए। बरु उनीहरुको भाषणको आवाजलाई ‘रत्नपार्क, रत्नपार्क’ भन्ने खलासीहरुको चर्को आवाजले छायाँमा पारिरहेको थियो। जंगलमा लुकेर एउटा सानो वक्तव्य फालेकै भरमा पूरै देश ठप्प पार्नेहरु शनिबारको दिन घोषणा गरिएको बन्द पनि ‘शहरी विद्रोह’का कारण मध्य दिनमा नै फिर्ताको घोषणा गर्न बाध्य भए।

नेताको कुरा मान्ने भए १२ बजेसम्म यिनीहरुले बन्द गर्नुपर्थ्यो। तर सकेनन्। हेर्नुस् फोटोमा सवा ११ बजे नै गाडीहरु चारैतिरबाट चलिरहेका। अनि लाचार भएर बन्द समापन भाषण गर्न लागेका स्थानीय नेता पुलमुनि। साथमा केही झण्डा बोकेका कार्यकर्ता र तमासे।
नेताको कुरा मान्ने भए १२ बजेसम्म यिनीहरुले बन्द गर्नुपर्थ्यो। तर सकेनन्। हेर्नुस् फोटोमा सवा ११ बजे नै गाडीहरु चारैतिरबाट चलिरहेका। अनि लाचार भएर बन्द समापन भाषण गर्न लागेका स्थानीय नेता पुलमुनि। साथमा केही झण्डा बोकेका कार्यकर्ता र तमासे।

बन्दको घोषणा हिजो राति अबेर माओवादीले यसरी गरेको थियो

Post by कृष्णसेन अनलाइन.

हिजैदेखि यसको विरोध सुरु भइसकेको थियो। कान्तिपुरका सम्पादक पहिलो थिए-

सत्तारूढ शक्तिका रूपमा रहेको एमाओवादी स्वयंले चुनावी चहलपहल सुरु हुन थालेका बेला फेरि बन्द-संस्कृति भित्र्याएर गैरजिम्मेवारपूर्ण काम गरेको छ

— Sudheer Sharma (@sudheerktm) September 6, 2013

बन्दको खबर दिएर प्रचार नगरौँ भन्ने कुरा पनि आए

@bhaskargyawali Lets not spread Banda news ke!! It's nothing to break n be smart!! It will be hard to banda without our effort! @GangaBc

— JawKnockRaazaa (@Jaw_Knock) September 6, 2013

शुक्रबार राति अधिकारी दम्पति अनसन कान्डसँग सम्बन्धित माओवादीका एक कार्यकर्ता पक्राउ परेलगत्तै धनगढीमा रहेका प्रचण्ड र बाबुरामको निर्देशनमा आइतबार तिज परेकोले भोलिपल्टै बन्द गर्ने कार्यक्रम बनेको समाचार आएका थिए। नत्र शनिबार सामान्यतया यसै पसलहरु बन्द हुन्छ। गाडी पनि धेरै चल्दैनन्‌। शनिबार बन्दको कार्यक्रम अक्सर बन्दैन।

सबै शक्ति लगाए माओवादीले बन्द सफल पार्न। पुतलिसडक र भोटाहिटीमा त तोडफोडमा समेत उत्रेको खबर आयो।

तर राति अबेरको त्यो कुरा धेरैलाई थाहा हुने कुरै भएन। फेरि महिलाको चाड तीज अघि दर खान माइत जाने दिन पो त। माइत जान हिँडेकाहरुलाई जबर्जस्ती रोकेपछि कसलाई रिस उठ्दैन। ठाउँठाउँमा अवज्ञा भयो। यस्तोसम्म भएको कुरा आयो

कलंकीमा दर खान हिडेका महिलाले झन्डाको लाठी खोसेर माउबादीलाई कुटेछन्। खुच्चिङ। माओवादीले मारेजस्तै चै नकुट्नु है तर्साउनुमात्र 🙂

— Rishikesh (@rishikeshdahal) September 7, 2013

र, वक्तव्य यसरी आयो फिर्ताको

लौ आधिकारिक बन्द फिर्ताको विज्ञप्ति आयो। धन्यवाद एमाओवादीलाई। अब गल्ती गरेर नि बन्द चै नगर्नू ल। pic.twitter.com/D6snbHE26w

— Rishikesh (@rishikeshdahal) September 7, 2013

तर वास्तवमा यो फिर्ताको वक्तव्य आउनुअघि नै बन्दको चारैतिर अवज्ञा भइसकेको थियो। १२ बज्न झण्डै एक घण्टाअगाडि कलंकी चोकमा जाँदा यस्तो दृश्य देखिएको थियो, हेर्नुस् भिडियो कसरी बन्द फिर्ता हुने समयअघि नै गाडीहरु चलिरहेका थिए, अनि माओवादीहरु दुई चार जनालाई भेला पारेर बन्द फिर्ताको भाषण दिँदै थिए-

99 thoughts on “क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’”

  1. कबि राम "दुखि" says:
    September 8, 2013 at 1:59 pm

    यी हत्यारा को कुन सब्द ले निन्दा गरूँ ? माधव नेपाल को सरकारको पालामा नै नेपालीहरुले बन्द को बिरुद्दमा राम्रो झापड हाने ! अनि बन्द संस्कृति अल्लि घट्यो ! येस्ता धुन्धुकारी ले त बरु आत्महत्या गरेपनि बच्नेलाई अल्लि सान्ति मिल्थ्यो कि ??

    Reply
  2. कमल थापा says:
    September 8, 2013 at 1:31 pm

    नेपाल आमाका तीन करोड (सन्तान थरिथरिका) जनताले अब नेपाल बन्द गर्नेलाई बिस्तारै के गर्न पर्छ भनेर जाँदै र बुझ्दै गएछन्/

    Reply
  3. krishan kc says:
    September 8, 2013 at 1:16 pm

    प्रचण्ड प्रतापि भित्ते राष्ट्रपतिले नेपालमा अधिकारीको हत्यारा आरोपीलाइ पक्राउ गरिएको बिरोध मा जनता लाइ २४ घण्टाको नी सूचना नदिई बन्दको आवान गरिबक्सेको थियो! नेपाली महिलाहरुको महान चाडको दिनमा क्रान्तीकारी भित्ते राष्ट्रपतिज्यु ले गरिबक्सेको बन्दको घोषणा फिर्ता लिईबक्सेको छ! यस्ता महान नेतालाइ अब आउने चुनाब मा जनता ले सहि मुल्याकन गरेर सम्मान गरेको सुन्न पाइयोस !!!

    Reply
  4. Aakash says:
    September 8, 2013 at 11:51 am

    फूटबल जस्तै युद्दका पनि आफ्नै नियम हुन्छन | माओबादीले राक्षसी पिपासु बनेर जसरी निहत्था सर्बसाधारण जनताको हत्या गरे, त्यसको मूल्य तिनीहरुले तिर्नुपर्छ | जबसम्म माओबादीका नाइकेहरुलाई अन्तराष्ट्रिय न्याय अदालतको कठघरामा उभ्याउन सकिन्न (राष्ट्रिय त ऐले तिनीहरुकै कब्जामा गैहल्यो) तबसम्म नेपालमा विकास र उन्नति सम्भव छैन |

    Reply
  5. Aakash says:
    September 8, 2013 at 11:28 am

    पशुपतिनाथले हामी सबै नेपालीलाई बन्द बिरुद्द लड्ने शक्ति दियून | जय नेपाल !!!

    Reply
  6. naresh says:
    September 8, 2013 at 11:24 am

    मा पनि माओबादी लै भोट हाल्छु | तर नेपाल बन्द गर्न कुनै माओबादी कार्यकर्ता मेरो पसल या रोजीरोटी बन्द गर्न आएमा टाउको फुतालिदिन्चु | यो कुरा सबै पार्टी ले गर्ने नेपाल बन्द मा लागु हुन्छ | हाम्रो टोल मा जुनसुकै नेपाल बन्द आयोजन भएपनि तिनका कार्यकर्ता को टाउको फुट्ने छ |
    तर हामीलाई जबर्जस्ति नगरेमा केहि भन्नु छैन |

    Reply
    1. Hari Prasad Lamichhane-Saudi says:
      September 8, 2013 at 11:25 pm

      येति हुदा हुदै पनि अझ माओबादी लाइ भोट ?

      Reply
  7. Tek Basnet says:
    September 8, 2013 at 11:22 am

    हैन ए माओबादी हरु हो तिमि हरु लाई मान्छे मर्ने भन्दा अरु कुरा गर्न औदैना ? हैन तिमीहरु लाई बार हजार को रगत ले ajhai पुगेन अनि ति बिचार अधिकारी दम्पति लाई सान्त्वना दिनु त कता हो कता सार्बजनिक सभामा गएर प्रधानमत्री भाको मान्छे ले सक्छौ भने मलाई थुना भन्ने तिमीहरु को हाल त मोहमर गदफी को जस्तो हुनुपर्ने हो अब त्यो दिन पनि चाडै देखिन्छा कि !!!!!

    Reply
  8. Nik says:
    September 8, 2013 at 10:47 am

    कम्युनिष्टहरु जुनबेला देखि लेनिन भन्ने मान्छेले कार्ल मार्क्स को “थेसिस” लाई आफ्नो भाषण कुसग्रता लाई प्रयोग गरेर तोड फोड र हत्या र आतंकको आडमा अक्टोबर बोल्शेविक आन्दोलन सफल पर्यो त्यो दिन देखिनै यीनिहरु छाडा गोरु भएका हुन्|त्यसमा मलजल र बैचारिक स्खलन थपेका स्टालिन र माओ ले त्यो नितान्त एउटा बिद्याविराधि को लागि उपयुक्त लेखलाई सैधान्तिक आवरण दिएर झनै विकराल काल रुपी बिचार धारा मा परिणत गरे, जसले गर्दा संसारमा यस्ता नरभक्षिहरु बेलाबेला मा ठाउं ठाउं मा उम्रिने गरेको कुरा लाइ नकार्न सकिन्न|यिनीहरुका लागि अन्य विचारधारा बोकेकाहरु भनेको एउटा बलि योग्य पशु भन्दा केहि फरक मयेना राख्दैन भन्ने कुरा को लागि धेरै टाढा जानु पर्ने देखिन्न| स्टालिनको, माओ को र यिनै नेपाली “माओ” कम्युनिष्टहरुको लेबर क्याम्प बारे अध्यन गरे काफी हुन्छ| यिनको समाजमा स्थान भनेकै आतंक, हत्या, लुटपाट र “दहशत” फैलाउन सक्नु हो|यी चिज भएन भने यिनको कम्युन डिक्टेटरशिप चल्दैन|योकुरा यिनला घाम पूर्व बाट उदाउँछ भने जस्तै छर्लंग छ|त्यै आफ्नो बर्चस्व राख्नका लागि चीनका माओ यिनका देव ले राष्ट्रबादी शक्ति मा रहेको त्यसबेलाको कोमिन्ताङ्ग पार्टी लाइ धोखा दिएको, उन्नाइस सयसाठी दशकमा सांस्कृतिक क्रान्तिको नाम मा आम चिनियाहरुको कत्ले आम गरेको कुरा जाने देखि, यी कहाँका हुन्, के बिचार राख्छन, यिनको दिमाग “ड़ा” भन्दैमा फल ले लटरम्म परेको रुख झोल्लिए झैँ विद्या को बोझले झुकेका हुञ्छनकि खुराफाती र हत्या योजनाले भरिपूर्ण हुन्छन भन्ने कुरा था हुन्छ|यिनकै गुरु “माओ” क चेला हुन् भारतको त्यो बेलाको “नक्सालवादी”, कम्बोडिया को पोलपोट, पेरुको साइनिङ्ग पाथका हत्त्याराहरु|हामी नेपालीहरु निमुखा भएकै कारण यस्ता हत्या,आतंक प्रेमीहरुले हामि माथि राज गर्न पाएका, अन्यत्र भए यिनलाई उहिले नै पाताकसेर नेल तोकी सक्ने थिए जनताहरुले|देश र हाम्रो बिडम्बना हो यो कि आज हाम्रो देश मा “माओ” को नाम मा एउटा खुंखार माफिया संगठनको जन्म र बिकाश भएको छ|इटाली ले ऐले सम्म उसको माफिया संगठन खतम गर्न सकेको छैन भने हाम्रो त्यो जत्तिको ल्याकत र तागत नभएको कारण ले गर्दा यो यत्तिकै खत्तम होला भन्ने मा चाहिं शंकै छ|आगे पशुपति नाथ को भर हो|

    Reply
    1. Tek Basnet says:
      September 9, 2013 at 12:32 pm

      हो साथी तपाई को कुरा संग म एकदम सहमत छु, इनिहरु को जरा नै खराब छ अनि के फल राम्रो लाग्थ्यो यो गाली त इनिहरु लाई अझै कम भयो

      Reply
  9. Krishna says:
    September 8, 2013 at 10:11 am

    अतीउत्तम! होइन त्यो वरीपरिका फाट्टफुट्ट देख्या कार्यकर्ता भनौदाको श्रीमती छैनन् क्या हो ? अब जनता जागौं! आआफ्नो परिवारबाट सुरु गरौं!

    Reply
  10. shree basanta says:
    September 8, 2013 at 8:59 am

    जनतालाई धम्काएर संधै बन्द गर्न सकिंदैन मन जित्ने काम गर्नु पर्छ भन्ने राम्रो उदाहरण हो यो | सबै ठाउका जनता एस्ता कुरामा एक हुनु पर्छ | अब तिनका कार्य कर्तालाइ जनताले चिनेर एस्ता अप्रत्यक्छ्य र परे प्रतछ्य थप्पड दिंदै जानु पर्छ चाहे जुनसुकै पार्टीका बन्द हड्ताल किन नहोस | बन्द हड्तालले जनता कति मारमा
    पर्छन भन्ने जान्दा जान्दै जनताको भलो नहेर्ने पार्टीले के गर्न सक्छ ?

    Reply
  11. बासु says:
    September 8, 2013 at 7:20 am

    अर्थ न बर्थ अनि जे पायो त्यो निहुँमा बन्द गर्ने प्रवृत्तिमा भएको यो अवज्ञाले निरन्तरता पाओस् | जनतामा आएको यस्तो स्फूर्ति निभ्ने होइन बरु अरु प्रज्ज्वलित होस् | ति बन्दकर्ताले के बुझुन भने अब तिनीहरुले जे भनेपनि, जे गरे पनि चुपचाप सहने दिन गए | यस्तो अवज्ञाकोलागी अब सबै गाउँ गाउँ बाट उठ, वस्ती वस्तीबाट उठ; बन्दकर्ताहरुको उठिवास गर्न उठ |
    अवज्ञाको झिल्को बाल्ने रातो पहिरनमा सजिएका ति महिलाहरुलाई लाल सलाम |

    Reply
  12. Pramod says:
    September 8, 2013 at 5:02 am

    माओबादि त अब सक्किय, अब पालो ज्ञानेन्द्र र त्यसका कम्पनिले गरेको ज्यादतिको हिसाब किताब निकाल्न सुरु गर्नु पर्छ . माओबादिको नाममा माओबादिले भन्दा यो ज्ञानेन्द्रको कम्पनीले मान्छे मारेको रहेछ . अनि संविधानले नदिय्को अधिकार प्रयोग गरेर टाउकाको मूल्य तोक्नेहरुको पनि अब हिसाब किताब गर्नु पर्छ . सबैले आआफ्नो स्वार्थको लागि जनतै मारे. अब थुन्ने हो भने राम प्रसादलाई मात्र थुनेर पुग्दैन, प्रचंडे बाबुराम शेरे ज्ञाने कटुवाल सबैलाई थुनेमात्र सच्चा संविधानको चुनाब हुञ्छ नभय फेरी बिचार अधिकारि बुढाले न पाउनु पर्ने न्याय पाउछन न समग्र पीडितले न्याय पाउछन. यो अन्तरिम संबिधान त् जे चाह्यो त्यहि गरेर संसोधन गर्दा रहेछन यी चोर नेता हरुले . पहिला सबै कुरो बिर्सेर सबिधान बनाउ अनि सबैको हिसाब किताब संबिधानमै लेखेर गर्नु पर्छ . यी बुढा खादा म्याद गुज्रेका नेतालाई पाखा लाउ अनि नया जोस युवा लाइ अघि लाउ . नेपालको जय होस् .

    Reply
  13. chandra poudel says:
    September 8, 2013 at 3:52 am

    माओबादी देशमा दशकभन्दा लामो गृहयुद्ध मच्चाएर आएको शक्ति भएको ले परिवर्तन को आशा राख्नु स्वाभाविक नै थियो, तर उसमाथि को जनताको आशा पनि टुटिसकेको छ . अझ बाबुराम प्रधानमन्त्रि भन्दा जुनतारा नै झर्नेछ भन्ने भ्रम पनि मरिसकेको छ . यो अवस्थामा यो किसिमको भिजिलान्तेपनले माओबादि बिस्तारै नेकपा (संयुक्त) रुपमा रुपान्तरण हुने सम्भावना बढ्दैछ .

    Reply
  14. Anil ktm says:
    September 8, 2013 at 2:48 am

    तिज को पर्ब र नेपाली खेलाडी हरु को जित को खुसियाली मा जनता लाई दुख दिने माओबादीको यो बन्द कार्यक्रम एकदम गलत निर्णय हो/ यस्तो निर्णय ले माओबादीले आफ्नै खुट्टामा आफैले बन्चरो हानेको छ/ अब चुनावमा माओबादीले हेर्नेछ…कमसे कम म र मेरो परिवार बाट कुनै पनि भोट माओबादीलाई जाने छैन/

    Reply
  15. Harke says:
    September 8, 2013 at 12:45 am

    देश बन्द गर्नेले, देश-बनाउन सक्दैन…….चेतना भया !

    Reply
  16. madan bajracharya says:
    September 7, 2013 at 11:26 pm

    लडाकुले सेना मारेको र सेनाले लडाकु मारेको मुद्दामा मात्रै मेल मिलाप आयोग ले निर्णय गर्न सक्छ/ तर आम निर्दोस नागरिक मार्ने माथि कार्यवाही अदालत बाटै हुनु पर्छ/आम निर्दोस नागरिकलाई मार्ने लुट्ने बिस्थापित गर्ने मात्र अपराधि हुन्/ अपराधीलाई कार्यवाही बात बचाउन खोज्ने पनि अपराधि नै हुन्/

    Reply
  17. dpack says:
    September 7, 2013 at 11:11 pm

    कलंकीमा यदि महिलाहरुले बन्दकर्ताहरुलाई लखेटेकै हो भने यो स्वागतयोग्य छ।
    कांग्रेस, एमाले, माओवादी वा जुनसुकै वादीहरुले बन्द गरे पनि यसरी नै सबै मिलेर लखेट्ने अभियान थाल्नु पर्यो

    Reply
  18. sanu maya says:
    September 7, 2013 at 10:25 pm

    देश बन्द गर्नेलाई होइन, खोल्ने लाई पो भोट दिनु पर्छ।
    क्याश होस् वा ड्यास, दुवै माओलाई चोट दिनु पर्छ ।।
    प्रचंडे होस् या बाबुराम – छैनन् तिम्रा दिदिबहिनि आमा ?
    गर्छन बदमासी, पहिराउ यिनलाई गोबरले लिपेको जामा ।।

    Reply
  19. rohan vicram singh says:
    September 7, 2013 at 10:17 pm

    चाडपर्व बेलामा काम गरि कमाएर परिवारलाई पनि खुसि पार्नु पर्ने आम नेपालीहरुको आवश्कता छ! यस्तो बेलामा बन्द गरेर जनतालाई दुख दिन माओबादीले बन्द गर्छ भने सबै नेपाली जनताहरुले कडा प्रतिकार गर्नु पर्छ!
    नेताहरुको दादागिरी र अत्याचार अति भैसक्यो!
    सरकारले अधिकारीको हत्यारालाई पक्रेर राम्रै काम गरेको छ!
    माओबादी आफुलाई अझै बाघ सम्झन्छ! तर उसलाई आफु बाघ बाट स्याल, स्याल बाट पनि बिरालो भैसकेको थाहा छैन!

    Reply
  20. योगेश आदी says:
    September 7, 2013 at 9:53 pm

    ल अब हेरौं त कुन माइकालाल पार्टीले बन्द गर्ने हिम्मत गर्दा रहेछन !! समाज परिवर्तन यसरि नै हुने हो…. जंगलिहरुले बिस्तारै सिक्दै थिए, जानी नसक्दै निमिट्यान्नै हुने भो !!

    Reply
  21. Devendra Basnet says:
    September 7, 2013 at 9:38 pm

    banda माओबादीले गरेको भएपनि अरु कुनै पार्टी ले गरेको भए पनि बिरोध गर्ने संस्कृति को बिकाश bhayeko मा khusi nai mannu parchha. jasle banda garchha aba tesko खैरात जनताले राख्ने वाला छैनन्. अबत यी क्यास ड्यास जुन सुकै माओबादीको पनि दिमागमा घुस्नु पर्ने हो.

    तर यो अधिकारी दम्पतिको मुद्दा मा भने जुन रुपले मिडिया ले माओबादी बिरुद्द प्रचार गरेको छ त्यो सहि छैन. एक एक गरेर मुद्दा लड्ने र समाउने हो भने अहिलेका माओबादी , कांग्रेस एमालेका नेता सबैलाई थुन्नु पर्चा. के यो सम्भव छर?

    येही बिषय लिएर C .K . लाल ले नागरिक मा लेखेको कुरा मलाई सहि लागेको छ.
    http://nagariknews.com/opinion/story/6919

    Reply
  22. द्रोण says:
    September 7, 2013 at 9:00 pm

    यो बन्द गर्ने नेता हरुलाई

    १ ) समातेर २ दिन सम्म भात खान नदिने भाते कानुन लगाउनु पर्छ |

    दाल र तरकारी दिने ,अचार पनि दिने ,भात चै न दिने |

    २) श्रीमती लाइ भेट्न दिने , आबाज सुन्न दिने महिना दिन सम्म सगै सुत्न चै न दिने |

    ३) अमिलो खान दिने , नुन खान दिने ३ दिन सम्म पानि चै न दिने

    Reply
  23. Aayush says:
    September 7, 2013 at 8:23 pm

    अब नन्द प्रसाद अधिकारी दम्पति जस्ता धेरै अधिकारी हरु को विभिन्न रुप प्रकट हुदै जाने छ माओबादि जसले १२ वर्ष सम्म जंगली राज चलाएर धेरै निर्दोष कृष्ण प्रसाद अधिकारी हरुलाई मरेका छन् र अब तिनै कृष्ण प्रसाद अधिकारी हरुको आत्र ले सम्पूर्ण हत्यारा माओबादि हरु का अहिले का नेता मात्र होइन इनका सन्तान दरसन्ता हरु लाइ पनि सधै तर्साउने छ ……….

    Reply
  24. K.S. says:
    September 7, 2013 at 8:14 pm

    जंगली जनावरहरुलाई मानब बस्तिमा ल्याएर तैपनि केहि सुध्रिन्छ्की भनेर नेपाली जनताले मौका दिएक थिए, त्यो नै ठुलो गल्ति भयो. १०+६ =१६ बर्समा जंगली जनावर स्यालहरुले देखाएको आर्थिक मोह, सत्तामोह, पत्निमोह, पुत्रमोह, पुत्रीमोह, परस्त्रिमोहले जनतालाइ रात दिन सताई अझै पनि दुखदिने यी नरसंहार गर्ने जंगली मानबका कलंकित अनुहारहरुलाई अब सबैले एक जुट भएर फलामको खोर, गोठ, कटेरा हुदै, आबस्याक परे जंगल नै पठाई दिनु पर्छ तर पनि मानब वस्तीमा स्याललाई रजाइ गर्नु दिनु हुदैन. नत्र फेरी पनि जंगली जनावरहरुको तमासे भएर कयौ वर्ष बित्न सक्छ, त्यसैले सबै जना एक जुट हौ र वस्ती वस्तीबाट एक एक गर्दै बिबेकसिल तरिकाबाट यी नर भक्छी जनावर हरुलाउ नाग्ये झार बनाउ. नत्र कुनै दिन मानब वस्ती मानब वस्ती नभएर उजाड वस्ती र स्यालहरु बाहेक केहि रहने छैन .

    फेरी पनि नेपाली जनतालाई एक पटक सालुट गर्दै आउने दिनहरुमा पनि यसरि नै बन्द र हड्ताल बिरुद्ध सडक मा जाउ .

    Reply
  25. aryan shrestha says:
    September 7, 2013 at 7:19 pm

    अपराधीहरुलाई राज्यले सजाय दिनु त पर्यो नि ..नत्र माओबादी नेताहरुलाई मार्नेलाइ पनि सजाए दिनु भएन नि …. माओबादी गुन्डाराज गर्दैछ…तर सधै समय माओबादी हरुको हुन सक्दैन …. समय आउंछ जनताले पनि बिद्रोह गर्छ अनि माओबादीको हबिगत के हुने हो …….माओबादीहरु खबरदार …..

    Reply
  26. बिपिन says:
    September 7, 2013 at 7:15 pm

    बन्द हड्ताल गर्ने कसैलाई पनि आगामी चुनावमा भोट नदिउँ । नेपाली जनताहरुले अब नेताको भाषण होइन, उनीहरुको व्यवहार र काम हेरेर भोट दिनुपर्छ ।

    Reply
    1. mani says:
      September 7, 2013 at 8:17 pm

      जघन्य अपराध पनि गर्ने अनि सजाय पनि न दिने यस्तै जंगली सैलिले देश को यो गति भएको छ. अब कुनै पार्टीको ठाडो आदेशलाइ जनताले सहने छैनन्.

      Reply
  27. Prabesh says:
    September 7, 2013 at 6:58 pm

    मा(खा)ओबादी , कांग्रेश… सबैको बन्द एक पछि अर्को असफल … बल्ल नेपाली जनताको सोचाई बढे जस्तो लग्यो / हो जनताले गरे जे नि हुन्छ / यो कुरा बैधे बा ले नि बुझुन /

    Reply
  28. saru says:
    September 7, 2013 at 6:48 pm

    सब भन्दा त यो बन्द रोक्न मेडिया ले नै मुख्य भूमिका निभाउनु पर्छ जस्तो लगाचा. यस्ता नाजायज बन्द हरु को प्रचार नै नगरेर र अर्को कुरो यो पुलिश को काम बन्द मा साधारण जनता को सुरक्च्या प्रदान गर्ने हो कि बन्द सफल पर्ने हो. बन्द कर्ता हरु लै धर पकड नगरी मार लात नहानेरा साधारण जनता लै पो यो बाटो नजानुस बाँध छ पो भनेर बन्द लाई सहयोग गर्दा रहेछन बा !! यो मानव अधिहर बादी भनौदा हरु पनि यस्तो बेला कंह लुकेर बस्दा रहेछन. केहि बोल्दैन जब कि करौड़ो मान्छे हरु को मानव अधिकार हनन भाही रकेका छन् केहि कुकुर हरु को कारणले. यस्ता वाहियात बन्द को सबै ले प्रतिकार गर्नु पर्छ र हत्यारा डाँका हरु लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ

    Reply
  29. dinesh gautam, terathum says:
    September 7, 2013 at 6:42 pm

    लहरो तान्दा पहरो थर्किन्छा भनेको यहि हो प्रचंडे र भट्टराई को पनि जेल को बास हुने संकाले यसो गरेका हुन अदालत को मान हानी मुद्दा मा प्रचंडे न एक न दस वर्ष जेल जाने हो त्यो दिन नजिक छ बिदेस डुल्न त प्रचंडे लाई सारै डर मर्दो छ कुमार लामा जस्तो कुन देसमा समतिंछा हेर्न मात्र बाँकि छ

    Reply
  30. kedar says:
    September 7, 2013 at 6:37 pm

    माओबादी समर्थित महान कमरेडहरुलाई खुला पत्र:

    बल र धम्कि देखाउंदै, शान्ती सम्झौतालाइ धोति लगाएर महान कामरेडहरु हिजो सम्म सक्छौ भने हामीलाइ थुन भन्ने अनि जनताले तथाकथित हड्ताल बिरुद्ध बिद्रोह गर्दा कता बाट शान्ति सम्झौतामा उल्लेखित बिषयहरुको याद आयो ?
    जनयुद्ध भनेको ब्यक्ती हत्या पनी हो ? होइन भने ति नाबालक अधिकारीको के बिराएका थिए भन न त ? होइन भने सक्छौ भने देखाऊ होइन भने हामी देखाई दिन्छौं पावर भान्ने खालका प्रवृतीले कस्तो संबिधान निर्माणको नेत्रित्वदाई अपेक्षा गर्ने ?
    सरकार र शक्तिमा साढे २ पल्ट त पुगी सकेउ त्, किन अन्तरास्ट्रिय मान्यतामा आधारित निस्पक्ष सत्य निवारण आयोग बनाउन खोज्दैनौ ? येसरिनै हेपेर र पेलेर चलाइन्छ भनेर कि अझै पनि अरुले बनाउनै दिएनन् भन्ने ?
    याद गरि राख्ने: खहरे खोला र अप्रत्यासित आर्जित शक्ती र अरुको टेको अस्थाई हुन्छन /

    न चाहांदा न चाहांदै पनी कतै जेल नै ज्यान सुरक्षाकोलागि एक मात्र उत्तम स्थल भन्ने दिन चैं न आओस, बेलैमा सोच /

    Reply
  31. Pasang says:
    September 7, 2013 at 6:32 pm

    चुनाबको मुखमा दादागिरी देखाउनु काम आकाश्तिरा हेरेर थुक्नु बराबर हो जंगली पारा अब मानब बस्तीमा चल्दैन ल कमरेड |

    Reply
  32. Himal says:
    September 7, 2013 at 6:29 pm

    अब माओबादी को दिन गयो जस्तो लग्न थाल्यो
    पहिला माओबादी लाई जनता ले जंगल नजोस भनेर ठुलो पार्टी बनको हो
    उसले दिमाग मा यो कुरा पसेन
    प्रचंडे चोर पैसा कमौना लग्यो !!
    त्यो चोर को कुपुत लाई मार हानेर मरेको भय ..चोर चुप लगेर बस्थ्यो !!!
    अधिकारी दम्पति लाई सलाम …. कठि बिचार हरु को छोरा लाई काटेर मारे
    नरपिचास हरु ले
    यिनी हरु(प्रचंडे ) लाई रत्नपार्क मा लगेर ढुंगा ले हानेर सजाय दिनु पर्चा
    ………………………………………………………………………………..
    अब आउने चुनाब मा माओबादी पतासफ हुन्छ !!
    …………………………………………………..
    तेस्को सुरुवात मात्र हो आज !! पुरा फिलिम त चुनाब पछि देक्चा माओबादी ले
    ————————————————-
    चेतना भय प्रचंडे
    माफी माग अधिकारी संग अनि सहयोग गर नरपिचास हरु लाई खोर मा हाल्न
    ……………………………………………….

    Reply
  33. anil pun says:
    September 7, 2013 at 6:16 pm

    बन्द गर्न कुर्लिएका स्यालहरुलाई सर्बसाधारण जनताले प्रतिरोध गरी उनिहरुलाईनै बन्द गरिदिएछन,बल्ल मजा आयो।

    यी छबिलाल दाहाल र बच्चुराम भट्टराई हुन मुख्य दोषी।१७००० नेपालीका हत्यारा।यीनीहरुलाई कुटीकुटी मार्नु पर्छ।परिवर्तन गर्छु भनेर सोझासाझा नेपालीलाई युद्धमा जबर्जस्ति होमी दिए।हजारौ मरे हजारौ घाईते भए।तर राज्यसत्ता हातमा लिएर पनि जनताको लागि केही गर्न सकेनन।अन्य दलका नेताहरु जस्तै यी सर्बहारा बर्गका नेताहरु करौडौको महल र लाखौका गाडी चडेर मस्ति गर्दैछन।भ्रष्टचार,गुण्डागर्दीमा यीनै अघि छन।निजी बिद्धालयहरुको बिरोध गर्नेहरु अहिले त्यसैमा भरपुर लगानी गर्दैछन र आफ्ना छोराछोरीलाई त्यसैमा पढाउदै छन।थुक्क साला चोरहरु…तिमीहरुलाई एकदिन खोजीखोजी जनताले मारेको हेर्न पाईयोस।

    Reply
    1. Suraj Regmi says:
      September 7, 2013 at 7:47 pm

      जनताका लागि केहि गर्न सकेनन भन्दा पनि केहि गरेनन भन्दा ठिक हुन्छ !

      Reply
  34. शशांक लामा says:
    September 7, 2013 at 6:13 pm

    चाडबाडको मुखमा बन्द गर्नेलाइ ‘थुक्क’ भन्नु बाहेक अब केहि भन्न बाँकि रहेन!

    Reply
    1. योगेश आदी says:
      September 7, 2013 at 9:47 pm

      ठिक भन्नु भो दाजु, म पनि थुक्छु : थुक्क !!! बन्दगर्ने एमाओबादीहरु…

      Reply
  35. nil kaji godar says:
    September 7, 2013 at 5:53 pm

    नेपाली महिलाहरु बिषेस त हिन्दुमहिलाहरुको महान पर्ब हरितालिका तीज को पूर्व सन्ध्या आज दर खाने दिन एमाओवादीले बन्द आब्व्हन गरेर नेपाली हिन्दुहरुको सांस्कृतिक अधिकार माथि कडा बन्देज लगाउने प्रयास भयको छ, हामी सम्पूर्ण नेपाली हरुले आफ्नो संस्कृति , परम्परा जोगाउन जरुरी छ

    Reply
  36. chatur rai says:
    September 7, 2013 at 5:38 pm

    आब जनताले को – कस्तो प्रबितिका मान्छे हुन् भन्ने कुरा सबै बुझिसकेकाछन , धाक, धम्कि र अन्यको लागि यहाँ बरु मर्न तयार छन् कोही डराउदैनन् |

    Reply
  37. प्रमोद says:
    September 7, 2013 at 5:27 pm

    कठैबरा……….गएछन माओवादीका दिन । हेर त विजोग…..अरुबेला फाट्टफूट्ट गाडि चलेपनि कोणसभा हुने बेलामा त जस्को बन्दमा पनि गाडि रोकिन्थे हाम्ले देखेको …….. यहाँ त निर्वाध चलेका ।

    Reply
  38. Sunil Shrestha(Belgium, Ghent ) says:
    September 7, 2013 at 5:23 pm

    माओबादी साथै सबै दलका भ्रस्टचारी र गुन्डागर्दी नेता र तेसका भुसिया कुकुर हरुलाई भाटा लगाएर जेल हाल्नु पर्छ, हामीसबै जातपात मा नलडी फूटबल मा जस्तै एक नेपाली भइ मात्र हामी र हाम्रो प्यारो देश नेपाल अगाडी बढ्छ नत्र आउने युग सम्म हामीले कहिले पनि सुख शान्ति र भाइचारा देख्न पाउदैनौ, बिन्तीछ हामी जातपात नलदौ/ चाये आफ्नै बाउ होश या छोरा होश , देश द्रोहीको बिरोध गरौ अनि मात्र हाम्रो सपना साकार हुन्छ/

    Reply
  39. pradip nepali says:
    September 7, 2013 at 5:22 pm

    डाका हरु, सिंगो देश लाइ आफ्नो बाउको सम्पति ठान्छ, जति बेला जे गरे पनि हुने.

    Reply
  40. शरद-क्षितिज पारीबाट says:
    September 7, 2013 at 4:59 pm

    वास्तवमा यो घटनाले माओवादी लाइ आगामी निर्वाचन कै कुरामा पनि अथाहा क्षति पुर्याउँछ ! आजको यो बन्द माओवादीको लागि ठुलो अभिशाप सिद्द भयो अझ हुनेछ ! आखिर यो दलको नेतृत्व कति सम्म समवेदना हिन रहेछ ? आ-आफ्ना बिभिन्न विवशताले आज मात्र दिनभरिको बाटो यात्रा गरेर माइती पुग्ने थुप्रै चेलीको निराशाको आँसुले यो दलको नेतृवलाइ सराप्ने छ ! समग्रमा अब प्रहरी आफैमा अलि आत्मविश्वासी बनेर हेड क्वाटरले नेताको दवाबमा सरुवा,बढुवा अनि भर्ना नगर्ने मात्र हुनु पर्छ र यी बन्द गर्नेहरु लाइ प्रहरीले केहि समय आँखा र कान बन्द गरेर भाटे कारवाही गर्नै पर्छ अब त अति भैसकेको छ !

    Reply
  41. Rajendra giri says:
    September 7, 2013 at 4:58 pm

    यो बन्द गर्ने पार्टी लाई त चुनाब को बेला थाहा हुन्छ .. जनता ले कसरि उनीहरु को भोट बन्द गर्छ भनेर …

    Reply
  42. Badri says:
    September 7, 2013 at 4:53 pm

    यो जमाना बिना जनमत शासन गर्न पाइने जमाना होइन नत यो तत्कालिन रस्सा मा लेनिन ले र चिन मा माओ ले बन्दुक को नाल बाट सत्ता हत्तायेको जस्तो समय हो /यो २१औ शताब्दी जनता को मत बाट शक्ति हाँशिल गरि शासन गर्ने युग हो / यदि यो युग मा सत्ता वा राज्यब्यबस्था परिवर्तन हुन्छा भने या त चुनाबी प्रक्रिया बाट हुन्छा या त शान्ति पूर्ण जनान्दोलन बाट हुन्छा हतियार बाट परिबर्तन सम्भव रहेन छ भन्ने कुरा ३५ बर्ष लडेका श्रीलंका क तामिल हरु लाई त महशुस हुदै छ तर हाम्रा वैध र उनका चेला चपेटा हरु मा कस्तो ह्याङ्ग त ?बन्दुक बाट सत्ता स्थापना या परिवर्तन यो युग होइन भन्ने कुरा इजिप्ट र सिरिया का भर्खर का आन्दोलन को तुलना गरे हुन्छ /इजिप्ट मा जनता निसस्त्र सडक मा ओर्ले ३२ बर्षे हुस्नी सत्ता सजिलै परिवर्तन भयो तेस्को ठिक उल्टो सिरिया मा शसस्त्र आन्दोलन ले आज ३ लाख जनता मारिसक्दा पनि अझै हरेक दिन सयौ को संख्यामा मान्छे मर्ने क्रम जारी नै छ तर पनि परिवर्तन टाढा भन्दा टाढा देखिदैछ /जिम्मेवार बनौ समय को पदचाप बुझौ जनता को मत लिउ ५ बर्ष होइन ५० बर्ष शासन गरौ/ धेरै भ्रम न छरौ सस्ता भ्रम को पछि जनता न परौं समृद्दी हाम्रै पालो मा देख्न सकिन्छ /

    Reply
  43. Krishna says:
    September 7, 2013 at 4:50 pm

    माओवादी ले चुनाब चाहेको छैन भन्ने कुरो प्रस्ट भो अब / चुनाब भाड्ने रणनीति सुरु गरि हाल्यो नी / जंगल को सिंह भनेर खुल्ला राजनीति मा भित्र्याएको सिंह को रंग दल्या स्याल पो परेछ / थुक्क ///////

    Reply
  44. Ameer says:
    September 7, 2013 at 4:46 pm

    खुच्चिङ्ग माओबादी ! एउटा कुरा माओबादी ले के बिर्सन हुन्न भने उनहरुको पनि चेलीबेटी होलान माइत घर गर्न पर्ला ! अब जनता ले सहदैन | यो पाली को चुनाब पनि हार्ने भयो माओबादी ले हुर्रे | जता ततै अत्याचार खास मा माओबादी को आफ्नो कार्यकर्ता भन्दा अरु ले माओबादी पार्टी लाइ राम्रो मान्नै छोडिसके भन्दा फरक नपर्ला | हैसियेत खस्कदो छ माओबादी को आफ्नै अमर्यादित व्यहोरा ले !

    Reply
  45. Tenzing Gaba says:
    September 7, 2013 at 4:30 pm

    “बन्द” को उर्दी अब पनि अझै जारि गर्न नछोड्ने हो भने
    जनताले पनि एक दिन गर्नेछन ……….पार्टी कार्यालयहरु बन्द………..चेतना भया!!!!

    Reply
  46. Rakesh says:
    September 7, 2013 at 4:21 pm

    जे सुकै भएपनि जनतालाई दुखः हुने बन्द र हड्ताल नगरौं . Let s fight back

    Reply
  47. kushal khadka says:
    September 7, 2013 at 4:00 pm

    अझै एक दुइ ताल लगातार बन्द हुनुपर्छ,तेस्को लगतै प्रतिकार अनि यो पार्टी कम्पनी private लिमिटेडहरु को कहिले बन्द गर्ने आंट आउँदैन …

    Reply
  48. शिव थापा says:
    September 7, 2013 at 3:44 pm

    प्रचन्द र बाबुरम लगाएत एमाओवदीका मतियारहरुलाई जनातले सोधिरहेकाछन्, के अब बैध्य बा माओवदी ले क्रन्ती को नाम मा तिम्र सन्तान लाई दलाल भान्दै हत्या गरे भने तिमीहरुलाई न्याय चहिन्छ कि चाहिन्दैन ? तिमीहरु जस्ता भ्रस्तचारी र अपाराधिका नाइके हरु अब आउदो चुनव म के को नाक लिएर सुसासन्, बिकास र कनूनी राज्य को लागि हामीलाई भोट देउ भन्छौ के जनता लाई बेद बाख्रा नै सम्झेका छौ तिम्र दुइ चार हजर मतियर हरु भेद बाख्रा होलाई तर जनता अब अघिल्लो चुनव म गरेको गल्ती सच्च्यौन अतुर भएका छन । तिमीहरु जस्त जनता को रगत मा होली खेल्ल्ने अपराधिलाई सजय दिलौन आतुर भए क छन ।

    Reply
  49. shiva raj says:
    September 7, 2013 at 3:40 pm

    ठिक गरे जनता ले जनता एकजुट भए देश बिगारी बैंक भर्ने हरुलाई ठुलो झापड साबित हुन्छ !! कथित बन्द को नाम मा देशमा अराजकता फैलाउने हरु होसियार बस , अबत अतिभायो !!!

    Reply
  50. Shailendra Dhakal (म्याउ ) says:
    September 7, 2013 at 3:37 pm

    यो पनि हेर्ने कि ? पुलिस ले डांडाले ठोक्दा क्या मजा लाग्यो
    http://www.youtube.com/watch?v=WofeC9YSkXk

    Reply
  51. jirel 'G' says:
    September 7, 2013 at 3:30 pm

    हामीले विद्रोह गरेरनै राजतन्त्र हटेको हो, हामीले आन्दोलन गरेरनै लोकतन्त्र सफल भएको हो भनेझैं आज (शनिवार मौका पारेर आफैं बन्द हुने बजार, सटर, पसल देखाउंदै) हाम्रै कारणले बन्द भएको हो, हाम्रो बन्द सफल रह्यो भन्ने भ्रम छर्न खोजेका होलान, अघि पछि त् झन् कसले टेर्छन र भन्या !

    Reply
  52. Raames says:
    September 7, 2013 at 3:29 pm

    लहरो तान्दा पहरो आउछ भनेर हत्यारालाई गिरफ्तारी गर्दा पनि बिरोध गरेकाहुन यी क्यास खावोबादिहरुले | अब नेपाली जनताले यिनीहरुलाई ल्वाप्पा खुवौन्छ हेर्दै जानु |

    Reply
  53. abhi says:
    September 7, 2013 at 2:57 pm

    माओवादीलाइ यसरी नै एक्ल्याउन पर्छ. युद्ध अपराध भनेको सुनेको छैनन् यिनीहरुले? युद्धमा पनि नियम त पालन गर्नु पर्यो नि ! अब प्रचण्ड-बाबुरामलाइ पनि यसरी नै समात्न पर्छ.

    Reply
  54. पुष्प says:
    September 7, 2013 at 2:56 pm

    भोली तीज भनेर सम्झेकाहरूले आज दरखाने दिन भनेर कस्तो बिर्स्या ! जे होस्, अबका दिनमा सर्वसाधारणलाई सास्ती हुने कुनै पनि किसिमको बन्द, हड्तालको ‘संस्कृति’ बन्द गरिनुपर्छ ।

    Reply
    1. Deepak luintel says:
      September 7, 2013 at 4:34 pm

      जंगली राज कति दिन टिक्ने हो हेरौला ~

      Reply
      1. पुष्प says:
        September 8, 2013 at 8:18 am

        शहरियाहरू ‘जंगली’ हुँदै गएपछि ‘जंगली’ ‘राजा’ हुनु त स्वभाविक हो । फलामलाई काट्ने फलाम नै त हो ।

        Reply
        1. rajesh says:
          September 8, 2013 at 11:44 am

          जंगल बात आएका पागल ब्वाँसाहरुले बिगारे हजुर पुष्प कामरेड!!,नत्र त कमसेकम यो सहर त थियो जंगली हरु प्रवेश गर्नु अघि l मान्छे मारेर ठुला-ठुला महल ठड्याउने सपनालाई माओ को नाम दिएर लुटे हजुर लुटे l “फलामले फलामै लाइ काट्ने त हो” क्या तर्क कमरेड को सहि हो हामि जनता हरुपनि तयार छौं तेस्को लागि बस फरक यतिमात्र हो तपाईं हरुको तालिम जंगलका धुर्त ब्वाँसाहरुले फेरी देशलाई एक चोटी हैटी र सोमालिया बनाउनको लागि गर्ने छ, हामि बाँकी करोडौं जनता हरु भ्रस्ट नेताहरुको पछि-पछि हैन र तुन्दिखेल वा रत्न पार्क बात पनि हैन बल्कि घर-घरबाट त्यो युद्द बिरुद्द नेपालीको युद्द सुरु गर्ने छौं- हामि मर्छौं तर देश लाइ तिमीहरुको हातमा फेरी औनादिनेछैनौं किनकी त्यो युद्द नेता हरुको आफ्नो स्वार्थको लागि हैन मेरो,हाम्रो देशको लागि हुनेछ-मेरो हाम्रो भोलिको लागि हुनेछ l

          Reply
          1. पुष्प says:
            September 9, 2013 at 6:42 am

            फेसबुके केही हजार शहरियाहरूले गालीगलौज गर्दैमा त्यसले गाउँको एउटा सामान्य नागरिकको प्रतिनिधत्व गर्दैन राजेशजी । अरूलाई ब्वाँसो देख्नेहरूले
            आफूलाई उनीहरूले कसरी हेर्दा हुन् त्यो पनि विचार्ने कि !

            Reply
            1. Suraj Regmi says:
              September 9, 2013 at 3:10 pm

              लाखौ को खाटमा सुत्ने, राति-राति स्कोच नभई नहुने ले चाही गाउको सामान्य नागरिक को प्रतिनिधित्व गर्छ ? तपाईका माओबादी ले मारेका डेकेन्द्र थापा, अधिकारी पनि गरिब नै थिए ! गरिब लाइ मारेर प्रचण्ड आफु धनि बन्न लाइ युद्द गरेको रहेछ भन्ने घाम जत्तिकै छर्लंग भएको छ !

              Reply
        2. madan bajracharya says:
          September 9, 2013 at 4:07 am

          पुष्पज्यु;
          निर्दोषको हत्या गर्ने माथि कार्यवाही भयकोमा गरेको बन्दको प्रतिकार गर्ने सहरिया कसरि जंगली भयो?

          Reply
          1. पुष्प says:
            September 9, 2013 at 11:55 am

            मदनजीले अलि बढी बुझ्नु हुँदो रहेछ ।

            Reply
    2. Manoj Bohara says:
      September 7, 2013 at 5:54 pm

      बल्ल पुष्प जीको कमेन्ट मन प¥यो । :द

      Reply
      1. योगेश आदी says:
        September 7, 2013 at 9:50 pm

        मनोजजी, बिस्तारै पुश्पजी जस्तै अरूको पनि माओबादि प्रतिको मोह भंग हुदै जान्छ !!

        Reply
        1. पुष्प says:
          September 8, 2013 at 8:15 am

          मेरा कुरामा मोह वा मोहभंग देख्ने दिमागलाई मान्नैपर्छ ।

          Reply
          1. rajesh says:
            September 8, 2013 at 12:00 pm

            पुष्प जी
            तपाईंहरुको मोहित कुराहरुले त तपाईं हरुलाई जंगल बात एकचोटी आलिशान महल अनि पजेरो मा चढायो नि l तपैले अहिले जुन किसिमको दोहरो ठिमाहा कुरा गर्नु भो,पहिले हो बन्द गर्नु हुन्नथियो र अहिले कुरामा मोहको, सायद हामि जनताले तपाइन्हरुको त्यो कथित साम्यवाद बिरुद्द को लडाई, बाबुरामको देशलाई स्वित्जर्ल्यांड बनाइदिने कुरो पहिलेनै बुझेको भए नेपाल आज यो अवस्था मा आउन्न थियो कि? खैर नेपालीहरुलाइ यति धेरै दल र भ्रस्ट नेताहरुले ठगे,डुबाए अर्को एउटा सहि! तर अब अत्ति भो, मावोवादी अब बाबुराम र प्रचंडे लाइ अघि-अघि लगाएर जंगलतिर आजिबन बनबास गए हुन्छ-त्यो त अलि गाह्रै होला मोज मज्जाले बानि बिग्रिसक्यो कि भारततिर गएनी कुनै आपत्ति छैन आखिर माओको नक्कली नाममा भारतकै गुलाम त हो l

            Reply
          2. rajesh says:
            September 8, 2013 at 12:23 pm

            पुष कामरेड!
            तपाईंको कुरा बात जसरि अहिले हाम्रो मोह-भंग भो सायद तेसै गरि पहिले नै करोडौं नेपालीहरुको त्यो मावो को नेपाल स्वित्जर्ल्यांड नसके खैर चाइना जस्तै बन्ने मोह को तन्द्रा भंग भाको भए, देश हिजोका कुलान्गार हरुले नबनाएको भए पनि यत्ति सारो बिग्रनेपनि थिएन कि? आज देश र नेपाली भ्रस्ट कांग्रेस,ठिमाहा एमाले र अरु भारे-भुरे डाँका दल र नेता हरुलाई छोडेर तपाईंहरुको घांटी समाउन किन दौडेको छ? प्रचंडेले जंगलको दुखः बात धेरै सिकेर आको छ उसले हाम्रो दुख कसो नबुझला भनेर अनि बाबुराम भनेको dr . हुन् इनि दुई मिले देश कसो नबन्ला भनेको त………………..l सानोमा पढेको — दुई ओटा बाँदर एउटा गुदपाकको लागि झगडा गरेछन l कुरो हाना-हान बात मारा-मारमा पुग्न लागेछ तेतिबेलामै तिनीहरुको जुक्ति अनुसार संगै को अर्को बाँदरलाइ आफ्नो झगडा मिलाउन लगाउने निर्णय भएछ, त्यो स्याल पर्यो बाठो झगडा मिलाउने चाहि हैन मिलाउने नाउँमा सबै मासु क्वाप्प ….टाप!! अनि दुई बाँदर एकअर्काको गेडा ताना तान गर्दै मरेछन l हो!! यही हो तिमि कामरेड हरुको हामि अनि हाम्रो देश प्रतिको मोह, हाम्रो लागि हैन मेरो लागि अनि हाम्रो देशको लागि हैन मेरो खल्ती को लागि!!!! राता-रात देशलाई सुचना बेगरनै बार्ता मा बसेर देश बेच्न खोज्ने हरु…………तिमीहरुलाई थाहा छ माओ को हो,उनको सिद्दान्त के हो???

            Reply
            1. पुष्प says:
              September 9, 2013 at 6:42 am

              एउटा घर बनाउन त कति गाह्रो हुन्छ ! देश बनाउने भन्ने कुरा त्यो पनि तपाईंकै शब्दमा कुलंगारहरूले भरिएको राजनीतिक माहोलमा सहजै हुने आँकलन गर्नुभएको भए एकचोटि निद्राबाट ब्यूँझनुस् ।

              Reply
              1. rajesh says:
                September 9, 2013 at 11:01 pm

                जनताले राजनीति गर्दैन कमरेड!! राजनीति गर्ने भनेकै तपाई हरुले हो l जब हामि जनता हरु तपाईं हरुसमु केहि भन्न खोज्छौं, तपाईंहरु कान थुन्न हुन्छ कुर्सिको खुट्टाले कानमा बुजो लगाईदिन्छ अनि जब तपाईं हरु ब्येवहारिक गतिछाडा भएर बोलिदिनु हुन्छ हामि जनता हरु तपाईं हरुसंग बोल्नलाई केहि सब्द बाकि हुन्न l एउटा सच्चा राजनीतिग्य ले जनताको आलोचना सुन्छ मौन रहन्छ र ठण्डा दिमागले तिनै जनताका लागि सहि निस्कर्ष निकाल्छ अनि कार्यान्वोयेन गर्छ l समृद्द देश मा देश धनि हुन्छ अनि जनतालाई धनि बनाउँछ न कि हाम्रो जस्तो देश गरिब केहि सोशक धनवान l महोदय तपाईं को भावी देश को आधार भनेको अझ हाम्रा आउने पिंढीले आफ्ना छोरो लाइ भन्ने छन ‘बाबु अब ४० बर्स भयौ यही हो काम गर्ने समय’ अनि छोरो ले जवाफ दिनेछ ‘काम भए पो’! समृद्द देशमा ४० बर्सको उमेरमा अवकाश लिने समय हुन्छ तेंही तपाई जस्ता राजनीतिग्यहरुले चलाएको देशमा मान्छे मर्ने बेलासम्म रोजगारी खोज्दै हिन्दु पर्नेछ l तर तेंही तपाई हरु हामि जस्तो गरिब किसान को छोरोलाइ पछि सम्म भासन को भरमा पजेरो चढ्ने अनि बंगला मा बस्ने बनाइरहनु हुने छ -यही हो तपाई को घर बनाउने अनि देश बनाउने कोरा कुरा र कल्पना हरु

                Reply
              2. rajesh says:
                September 9, 2013 at 11:13 pm

                पुष्प जी केहि गार्हो छैन गर्नेलाई, गार्हो अल्छी र कामचोर अनि लुटेर खान पल्केका हरुलाई हुन्छ l भो गारो छ भनेर उतरदाइत्तो बात भाग्ने भन्दा पनि गर्न सक्ने हरुको हुल मा ‘मा गरि हाल्छुनी सब-भन्दा राम्रो’ भनेर चिल्ला कुरा हरुबाट काम बिगार्ने लाइ सराप्छन देशले,जनताले l भासन कसलाई गर्न आउन्न र मलाई मौका दिनोस न तपाईं हरुभन्दा राम्रो र बिक्ने भासन मै गरिदिन्छु तर भनेजस्तो गर्ननि सक्न पर्यो नि हैन र ? यदी मान्छे बचाउने हुति छैन भने कुनै डाक्टरले बचौन्छु भनेर छुरा लिएर बिरामीको पछि दौडेर हुन्छ अनि बाँकी अरुले त्यो डाक्टर लै के भन्ने? मै पनि मावोवादी लाइ एक चोटी भोट हाँली सके खै त न हिजो बिगारेका बनाए न बनाउछु भन्ने लाइ बनाउन दिए l

                Reply
                1. पुष्प says:
                  September 10, 2013 at 2:11 pm

                  चुट्कीमा कसैले पनि केही गर्न सक्दिन राजेशजी । खाना खान जति मेहनत गर्नुपर्छ, त्यो भन्दा खानाको जोहो गर्न गाह्रो छ । कतै तपाईं सत्ययूगबाट प्रतिक्रिया त जनाउँदै हुनुहुन्न ? होइन भने नेपालको राजनीतिको बारेमा जानकार मान्छेले यति सहज कुरा गर्न पक्कै सक्दैन ।

                  Reply
    3. पारंगत राई says:
      September 7, 2013 at 8:56 pm

      मलाई पनि बल्ल पुष्पजीको कुरा मन पर्यो।

      Reply
  55. रामेश says:
    September 7, 2013 at 2:48 pm

    बिना त्रास को माओबादी धेरै लामो समय सम्म रहन सक्दैन … दुबई को डोन को भन्दा पावोर फुल माओबादि आज कसरि यस्तो भो ?/

    Reply
  56. Nab says:
    September 7, 2013 at 2:40 pm

    यो देशमा जे जे पायो त्यहीनै भैराखेको छ अहीले, न्याय र देशको systems failed भैसक्यो त र पनी अझै यी जनताहरू त्यही पापीहरूलाई भोट दीन तैयार नै छन । यो लाटो देशमा गांडो तन्नेरी भने जस्तो हो यो देश । यी ४/५ दलका नेताहरूलाई समातेर १००० वर्ष सम्म कठोर कारावास संजाय नदीय सम्म देश उंघो लाग्दैन ।

    Reply
  57. बिनोद तिमिल्सिना says:
    September 7, 2013 at 2:36 pm

    जंगली स्यालहरु गाँउ र शहरमा मान्छेका अघि पुच्छर हल्लाएर कुकुर बन्न चाहान्छन् भने ठिकै छ माया गर्नुपर्छ,हैन स्यालको रुप र व्यवहार छोड्दैन र कुखुरा चोरेर,रातभरी कराएर मान्छेलाई दु:ख दिईरहन्छन् भने भोटे कुकुर लगाएर खेद्ने बेला आयो अब।

    Reply
  58. lama says:
    September 7, 2013 at 2:24 pm

    द्वन्द कालको मुद्धा बिउँताएर नेपाल फेरी द्वन्द म पुर्याउने भए …हत्यारा लाइ कारबाही हुन पर्छ त्यो कारबाही गर्नको लागि सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गरि कारबाही गर्ने भन्ने कुरा बृहद सान्ती सम्झौतामा प्रस्ट छ … तर द्वन्द कालको मारिएका र हत्या भएका घटना उल्ट्याउनु भनेको बृहत सान्ती सम्झौता को उलंघन हो …सान्ती सम्झौताको उलंघन हुनु भनेको देश फेरी द्वन्दमा फस्नु हो ,,, || येदि द्वन्द कालको मुद्दा ब्युताउने नै हो भने .पटक पटक नेपालमा भएको आन्दोलनमा मारिएको हरु को पनि छानबिन हुनु पर्छ | मैले इतिहास बाट थाहा पाए अनुसार .नेपाली कांग्रेसको आन्दोलनमा पनि धेरै नेपाली ले ज्यान घुमाएको छन् | मेरो आफ्नै गाउ घर मा पनि .सोझो सिधा हरु लाई पनि माओबादीको आरोप लगाई ,.आफ्नै जन्म दिने आमा .बुवाको अघाडी गोलि हानी नेपाली सेनाले हत्या गरेको छन् | अब तेस्को पनि छन् बिन हुन्छा त् ??????????? चुनाब नजिकिदै गर्दा सिंगो माओबादी पार्टी लाई नै .बत्नाम गराउने कार्य हो .| दुइ माओबादी मिलेर चुनाबमा गए चुनाब जित्ने संभवाना लाई मध्यनजर गर्दै .संघियेता बिरोधि एमाले र कांग्रेसको काम हो यो ||

    तर देशमा भैरहेको saff फूट बल र तिज चाड परेकोले .नेपाल बन्द .हड्दल .र तोडफोड जस्तो .कार्य हरु नगरुन ..र नगर्न पनि अनुरोध छ ||

    Reply
    1. Suraj Regmi says:
      September 7, 2013 at 3:06 pm

      तपाईका आफ्ना परेको भए पो थाहा हुन्थ्यो !

      Reply
    2. sundip says:
      September 7, 2013 at 3:25 pm

      तपाईहरु सरकारमा हुदा खै त बेपत्ता पारिएकाहरुको खोजि गरेको? अहिले सत्तामा नभाको बेला फेरी तेही पुरानो नारा लायो बस्यो! तपाई को निर्दोष आफन्त मारिएको भए के गर्नु हुन्थ्यो?

      Reply
    3. rajesh says:
      September 7, 2013 at 3:54 pm

      भो लामा जी छोद्नोस संघियेता अनि बृहत शान्ति सम्झौताका कोरा काल्पनिक कुराहरु,त्यो मावादिहरुको दैनिक बोल्ने सुगा रटाइ हो हामि एक छाके नेपालीहरु यस्ता कुरा बुझ्दैनौं l कल्पनाको बुई चढेर नेपालीहरुलाई सफाया को नाममा नर्बली दिनुत तपाईं जस्ता बुजुर्ग हरुको धन्दा नै हो l कुरा नेपाली कांग्रेस, कम्न्युस्त वा माले,एमाले ले के गर्यो को हैन बल्कि मान्छेको जीवन संग सम्बन्धित छ l ज्यान्माराहरुलाई छुटाउन देश,सहर बन्द गरिएको कुनै मुलुक छ तपैले सुने अनुसार?जसरि अधिकारि दम्पतिले आफ्नो छोरो मारिएको मा अनसन बसेर सबैको ध्यान आकर्षित गर्न खोजे, सक्छ मावोवादिका कुनै पनि कर्येकर्ता हरुले तेसरी कानुन संगत चल्न? देश र जनताको लागि यहा धेरै आए भासन दिने प्रचंडे मात्र नौलो चाही हैन तर एस्तो घामद र सरम-बिहिन संग चाही नेपालीको साएद पहिलो चोटी पाला पर्दै छ l हिजो हिन्दु धर्म खोक्रो आदमबरिताको नमुना हो भन्दै मुर्ति माथि पिसाब गर्ने र गाइ मारी हिंड्ने ले बोल बम-बोल बम भन्दै ‘हिन्दु धर्म हमारा देशका एक मात्र धर्म हे’ भन्दै नेपालमा हिन्दीमै सम्बोधन गर्न लाज लागेन? आफ्नो गालामा चड्कन मात्र खाँदा आइआ कस्तो दुख्यो भनेर गाला सुम्सुम्याउने र आफ्नो छोरोले अर्काको श्रीमती समेत उदाउँदा “मर्दको दश वोटी’ भन्दै जुँगा मुठारने? मावोबादिलाई चुनाबमा भोट चाही हैन अब सबै नेपालीले बरु येंहाका भ्रस्ट प्रशासन भन्दा पनि सं.रा.संघ लाइ गुहारेर मृत्यु दण्ड को लागि पहल गर्नु जरुरि छ l

      Reply
    4. Deepak luintel says:
      September 7, 2013 at 4:36 pm

      कमरेड सत्य निरोपण कसले बनाएन ? सत्तामा को छ ? सत्य निरोपण भनेको आममाफी होइन कमरेड !

      Reply
    5. nimesh, BKK says:
      September 7, 2013 at 5:15 pm

      lama जी !!!
      कसले भन्यो नि सत्य निरुपण तथा मेल मिलाप आयोग गठन नगर भनेर ? २-२ चोटी सरकारमा गएर के हेरेर बस्यौ त आयोग गठन नगरेर ?
      अब त सान्ती सम्झौता उल्लंघन भएपनि देश फेरी द्वन्दमा फस्दैन किन कि प्रचण्डले राजदरवार त्यागेर पहिला जस्तो जंगल (भारत) मा बस्न सक्दैन . दोस्रो माओवादी नेताहरुको पाजेरो जंगल छिर्दैन . तेस्रो सरकारले वा अरु कुनै पार्टीहरुले पनि माओवादीले जस्तै मान्छे मारेको छ भने मुद्दाहाल्नु नि त्यसको लागि माओवादीहरुलाई कसले पो रोकेको छ ? साथै सरकारले पनि माओवादी कार्यकर्ता मारेको छ भने तिनीहरुलाई मुद्दाहाल्न किन विलम्ब गर्छौं ? तर भएछ अर्कै आफ्ना कार्यकर्ता मारेकाहरुलाई त विद्वान नेता बाबुरामले धमाधम बढुवा गरेर त देखाई हाल्यो, अब कार्यकर्ता उफ्रेर के गर्नु ?

      Reply
    6. pradip nepali says:
      September 7, 2013 at 5:18 pm

      लामा जी, अपराध भनेको अपराध हो, चाहे त्यो आज गरेको होस् या सय वर्ष अघि. अपराधी लाइ सजाय हुनै पर्छ (अपराधी जीउदै छ भने).

      Reply
    7. anil sharma, Lalitpur says:
      September 7, 2013 at 8:04 pm

      लामा जी, द्वन्दकालमा घटेका घटनाहरुमा सत्यनिरुपण कायम गर्नुपर्ने भएकै कारण त पुराना मुद्दाहरु बिउताउनु पर्ने हो नि, राज्य र बिद्रोही पक्ष बिच भा’को झडपमा मात्र लागु नहुने हो, त्यो पनि युद्दनीति पालना भएको छैन भने त्यहाँ पनि पुराना मुद्दाहरु बिउताउनु पर्छ / यहाँ राज्यले विद्रोहीका नाममा सोझा जनतालाई मारे कि, बिद्रोही पक्षले मावोबादिका नाममा आफ्नो व्यक्तिगत रिसिईबि साटे त्यसको लेखाजोखा हुनु आवश्यक छ / शुद्द मनले राष्ट्र अनि नेपालीका लागि द्वन्द भएको हो भने किन डराउनु हुन्छ ????? गल्ति गरेको छैन भने सजाय हुन्न नि, गल्ति भा’को छ भने सजाय हुन्छ / हो तेही गल्ति भा’को छ छैन हेर्न त पर्यो नि /

      Reply
    8. samrat~ says:
      September 8, 2013 at 3:19 am

      लामा जी,

      अमानाबिये war crime गरे वापत कम्बोडिया को पट पोल र हर्ज़गोविना को मिलोसोविच जस्ता त बच्न सकेन तपाइँ को प्रचण्ड र बाबुराम यिनीहरु को अगाडी चान चुने भाराभुरी त झन् बिगत भबिस्य मा बच्ला भन्ने मलाइ लाग्दैन. तेस्माथी पनि भारतीय दलाल भनेर साबित भै सक्यो यिनीहरु. येस्ता दलाल हरु को पछाडी लागेर तपाइँ पनि आफ्नो जिबन बर्बाद नगर्नुस बरु.

      अजै भन्ने हो भने अधिकारि एउटा निहत्या १९ बर्स को केटो न कुनै पार्टी संग संलग्न नै थियो..अब तेस्तो सिधा साधा आम नागरिक लाइ हत्या गर्ने हत्यारा लाइ पक्राउ गर्दा तपाइँ लाइ दुख लागेको देख्दा पौने तिन करोड नेपालि जनता ले तपाइँ लाइ सराप्ने छ अनि त्यो दुखि बुढा आमा बाबु को आशु ले तपाइँ लाइ सराप्ने छ.

      अन्त मा के भन्न चाहान्छु भने, आज को काठमान्डू को जनता ले देखाएको काम धेरै सर्हानिये छ . येस्ता ४० – ५० जना को हुड्लम हरु लाइ साधाहरन जनता हरु ले घर घर बाट जागेर टोल टोल बाट जागेर सहर सहर बाट जागेर कुचल्नु पर्छ त कि त्यो एउटा उधाहरण होस् अनि आइन्दा कुनै पनि पार्टी को हुड्लम हरु ले येस्ता जनता लाइ सास्ती दिने निच काम गर्न हिच्किचाउने छन् भबिस्य मा. काठमान्डू बाट सुरु भएको यो उधाहरण १४ अञ्चल पचहतरै लिल्ला मा सल्कियोस. जाग जनता हरु जाग !!!! अब आइन्दा कसैले पनि बन्द गर्ने हिम्मत नगरोस !!

      Reply
    9. कबि राम "दुखि" says:
      September 8, 2013 at 1:46 pm

      लामा जी , माओबादी त आफै नांगे झार भै सक्यो नि , एस्ता हत्यारा को जति निन्दा गरेपनि कम हुञ्छ!

      Reply
  59. SURENDRA hongkong says:
    September 7, 2013 at 2:23 pm

    हरे दशा देश को? मुख मा राम,राम बगली मा छुरा भनेको यही हो/हुन् त् यी क्याश मावोबादी को चरित्र नै यस्तै नै त् हो नि के धेरै कमेन्ट गर्नु यी लाथैठ हरु को लागि/

    Reply
  60. nish shar says:
    September 7, 2013 at 2:15 pm

    दशरथ रंगशालामा आएका १८००० दर्शकहरू कृपया अब कसैले बन्दको सोच मात्र गरे भने पनि त्यसको बिरोधमा सडकमा उत्रेर आफ्नो दैनिक जीवनलाई सुचारु गरौ, अब यस्ता नेता र ईनिहरुका कुरा सुनेर आफ्नो महत्वपूर्ण समय खेर नफालौ.

    जय नेपाल!

    Reply
    1. samrat~ says:
      September 8, 2013 at 3:26 am

      ठिक हो. १८००० जना जनता जम्मा भएमा एस्त ४० -५० जना मुसे हरु लाइ फुकेर उदाउन सकिन्छ. यो कुरा फुटबल भन्दा पनि महत्वपूर्ण छ किनकि एसले सर्ब साधारण को दैनिक जिबन मा असर पारि रहेको छ. तेही भएर जसरि तपाइँ हरु ले फुटबल मा प्रेम देखाउनु भयो यसै गरि घर घर ले पाई रहेको सास्ती मा पनि प्रेम देखाएर ओर्लानुस तपाइँ हरु. लाखात्नुस यिनी हरु लाइ ता कि आइन्दा कुनै पार्टी ले एस्तो निच काम गर्नु भन्दा पहिला खुट्टा लग्लगाओस.

      Reply
  61. maheshwar says:
    September 7, 2013 at 2:02 pm

    अभिबादन छ रत्नपार्क…… रत्नपार्क भन्ने भाइ हरुलाई, क्यासे खाओबादी हरुको भरौटे हरुलाई माखा सरि सम्झी टि इइइ टि ई ई हर्न बजाउने गुरुजीहरु लाइ, खाओबादीहरुको घमण्ड चकनाचुर बनाउन सडकमा आइ बिद्रोह गर्ने सर्बसाधारणहरु

    Reply
  62. Niraj Wagle says:
    September 7, 2013 at 1:44 pm

    आफ्नो बन्द सफल नहुने देखेर तीज को बहाना मा फिर्ता लिएछन, यदि साच्चिकै बन्द सफल हुदो हो त यी भातमारा हरुलाई के तीज के चाडपर्ब केहि मतलब छैन/ ढिलै भएपनि जनतामा बुद्धि अनि साहस आएछ/ अब पालो भोट दिने जनता हरूको, प्रचण्ड लगायत सबैलाई पराजय को स्वाद चखाइदिनु पर्यो अनि तेही लुटेको cash निकाल्दै खान्छन…….

    Reply
  63. भोला कोइराला says:
    September 7, 2013 at 1:44 pm

    हो अब यसरी नै बैद्द भन्ने मान्छेले गर्ने भनेको बन्दलाई मुखतोड जबाफ दिनु पर्छ जनताले…..अनि चेत पलाउला कि नेपाली जनता अब बन्द बिरोधी भैसके भनेर……

    Reply
  64. Binod says:
    September 7, 2013 at 1:42 pm

    सबै नेपाली जनताले यिनलाई चिनेकै छन् , आउदो निर्बाचनमा लोप्पा खाएपछि मात्र झसङ्ग हुनेछन, लौ है सथिहरुहो !

    Reply
  65. suzee says:
    September 7, 2013 at 1:19 pm

    good job from nepali जनता !!!!!!!! hats off!!!

    धेरै खुसि को समाचार, जनता लै दु:ख दिने येस्ता बन्द का मतियार हरुलाई ठुलो झाप्पु हो यो !!!!!!!
    यो कदम को हृदय देखि सराहना गरौ साथी हो !!!

    Reply
  66. Sudip Adhikari says:
    September 7, 2013 at 1:18 pm

    सायद मुख मा चुनाब नभयको भय यो बन्द फिर्ता लिने थियन!! नाचिने को माओबादि हैन!! नौटंकी नै बढी के! हत्यारा लाइ गिरफ्तार गर्दा के टाउको दुख्यो तिमीहरुलाई हँ?
    कानुन भाडुवा माओबादि हो! तिमि हरु को जंगली बेबहार ले तिमि हरु लाइ पतन नै गर्छः

    Reply
  67. प्रकाश नेपाली says:
    September 7, 2013 at 1:16 pm

    प्रत्येक बन्दको प्रतिकार गरौ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme