Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरता बिर्साउने व्यवहार

Posted on September 6, 2013September 6, 2013 by Salokya
कान्तिपुर र अन्नपूर्णमा प्रकाशित समाचार
कान्तिपुर र अन्नपूर्णमा प्रकाशित समाचार

मोरङको बेलबारीको जुन ठाउँमा एउटी दलित महिलामाथि समाजै खनिएर दुर्व्यवहार गरिएको थियो, ठीक त्यही ठाउँमा छ हप्तापछि हिजो फूलमाला र अबिर दलेर स्वागत गरियो। गएको जुलाई २३ मा बलात्कार प्रयासको गलत आरोप लगाएको भन्दै माया सार्की र उनलाई सहयोग गर्ने मनोज विश्वकर्मालाई कुटपिट गर्दै जुत्ताको माला लगाएर मोसो दलिएको थियो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वको टोलीले हिजो मायालाई फूलमालासहित स्वागत र सम्मानसहित पुनःस्थापना गरेको हो। अब के यो कान्ड सकियो त? कार्यक्रममा जिल्ला प्रशासन, मानवअधिकार आयोग, दलित आयोग, मानवअधिकारसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि उपस्थित थिए। दुर्व्यवहार गर्नेहरु भने कोही पनि उपस्थित थिएनन्।

एक किसिमको तिक्तता पीडक र पीडितबीच कायमै छ। यही कार्यक्रमका लागि बेलबारी बजारबाट आउन लागेका दुई सय बढी महिलालाई पीडकहरुले आउन रोकेको आरोप पनि लगाइएको छ।

उनीहरुलाई दुर्व्यवहार गरेको अभियोगमा १७ जनालाई दुई किसिमको मुद्दा चलाइएको थियो। सार्वजनिक अपराधसम्बन्धी मुद्दा र जातीय विभेद तथा छुवाछुतविरुद्धको मुद्दा।

सार्वजनिक अपराधसम्बन्धी मुद्दामा अभियुक्तहरु २८ हजार धरौटीमा तारेखमा छुटेका छन् भने छुवाछुतको मुद्दामा ७ हजार धरौटीमा छुटेका छन्।

जुन जबर्जस्तीको प्रयासका कारण यो घटना भएको थियो, त्यो गर्ने भनी प्रहरीले प्रमाणसहित पक्रेको भनिएका कृष्ण सुन्दास पनि २० हजार धरौटीमा अदालतबाट तारेखमा छुटिसकेका छन्।

मुद्दा जारी छ र अदालतले त्यसको अन्तिम फैसला गर्न बाँकी छ।

यो अवस्थामा पीडक र पीडित फेरि एकै गाउँमा बस्न गएका छन्। सुरक्षा निकायले पीडितको सुरक्षाको प्रत्याभूति गराउन निर्देशन दिएको बताएको छ। प्रशासनले फेरि रिसराग राखे र जातीय विभेद हुने काम दोहोर्‍याए दण्डनीय हुने चेतावनी दिएका छन्।

आशा गरौँ, अब ‘अल इज वेल’ हुनेछ !

सम्बन्धित ब्लगहरु

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो

  • बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा …

    Jul 24, 2013 – मोरङको बेलबारीका स्थानीय बासिन्दाले बर्बर यातना दिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्रेको छ। सात जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरिसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको …
  • बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ? « Mysansar

    Jul 24, 2013 मोरङको बेलबारीमा भएको बर्बर घटनाबारे दोस्रो दिन महत्त्वपूर्ण रह्यो। बिहानै कान्तिपुर राष्ट्रिय दैनिकले यसलाई फोटोहरुसहित प्रमुख समाचार बनायो भने राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति प्रकाशित गर्‍यो।
  • ‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता …

    Jul 24, 2013 – सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछिबेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब …
  • बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध « Mysansar
             Jul 28, 2013 – बेलबारी घटनाका पीडकहरुलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ। आज राजधानीको              रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष सुशीला सिरपानी ठकुरीले घटनालाई अर्कै ढ‌ंगले मोड्ने र …
  • माइसंसारमा मुख्य सचिवको कमेन्ट « Mysansar

Jul 26, 2013 – बेलबारी बर्बरता जस्तै माईसंसारमा आउने नागरिक सरोकारका अन्य विषयमा पनि मुख्य सचिवज्यूले यसरी नै ध्यान दिनुहोला               भन्ने अपेक्षा छ । उहाँको सक्रियताले यो घटनाका दोषीहरूको पहिचान र तिनीहरूलाई कानुनी कार्वाहीमा सहयोग ..

  • बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना …

    Jul 23, 2013 – ज्ञान बाँड्ने ठाउँ विद्यालयमा बेलबारी ३ का स्थानीय बासिन्दाले सोमबार एक अबला नारीमाथि गरेको अमानवीय, बर्बर व्यवहारलाई देशका कुनै पनि ठूला मिडियाले कभर गरेनन्। राति ७ बजेर २४ मिनेट जाँदा मुख्य सचिव लिलामणि पौडेलले …
  • बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै …

    Jul 27, 2013 – बेलबारी बर्बरताबारे स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरुमा भइरहेको फलोअप यस्तो छ-. -गोकुल पराजुली/ब्लास्ट टाइम्स (धरान)-. ‘मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा …
  • बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी …

    Aug 1, 2013 –  बेलबारी बर्बरताबारे छानबिन गर्न गएका टोलीहरुले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने क्रम जारी छ। यसअघि प्रहरी र दलित आयोगको प्रतिवेदन आइसकेको छ। आज भने महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। महिला …
  • बेलबारी बर्बरताः छानबिन आयोगले के देख्यो …

    Jul 31, 2013 – बेलबारी घटनाबारे छानबिन गर्न घटनास्थल पुगेको राष्ट्रिय दलित आयोगको छानबिन टोलीले प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बलात्कारको प्रयास हुँदा पीडित महिला जोडले चिच्याउँदा कराउँदा पनि कसैले …
  • बेलबारी बर्बरताः त्यसो गरेको ठीकै भन्नेहरु नि छन् …

    Jul 29, 2013 – गएको सोमबार एक्ली युवतीलाई जंगलीहरुले दुर्व्यवहार गरिरहँदा सारा गाउँले रमिता हेरेर रमाए। ठिक्क पर्‍यो भन्दै ताली पिटे। भएका उनका सहयोगीहरुले पनि उनलाइ छेक्न र बचाउन सकेनन्। अलिकति अधिकारका कुरा, कुनै कार्य गरेमा सुवेदी, …
  • चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता …

    Jul 25, 2013 – सोमबार मोरङको बेलबारी जस्तो सुगम ठाउँमा भएको घटना देशका सबैजसो प्रमुख मिडियाले चार दिनपछि बिहीबार बल्ल देखेको छ। कथित साना जातिका दलितहरुमाथि भएको यो अत्याचारलाई अझै पनि नेपाली समाजका प्रभावशाली भनिने …
  • बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के …

    Jul 24, 2013 – मोरङको बेलबारीमा भएको बर्बर घटनामा संलग्न भएको भन्दै छ जना अहिले प्रहरी हिरासतमा छन्- जीवन भेट्वाल, अमित भेट्वाल, चन्द्रकला भेट्वाल, सेबिका भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाल। उनीहरुलाई सार्वजनिक अपराध ऐन र जातीय …
  • बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि …

    Jul 25, 2013 – मोरङको बेलबारी जस्तो सुगम ठाउँमा सोमबार भएको घटनालाई देशका सबैजसो प्रमुख मिडियाले तीन दिनपछि आज बिहीबार बल्ल सुसूचित गर्न भ्याएका छन्। सबैजसो राष्ट्रिय पत्रिकाले यसबारे समाचार बनाएका छन्। तर जनताका लागि राजनीति …
  • बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न …

    Jul 25, 2013 – अपडेटः ती दुई पत्रकारविरुद्ध मोसो दलिएका पीडित मनोज विकले किटानी जाहेरी दिएका छन्। उनले ती पत्रकारविरूद्धअनुमतिविना भिडियो अपलोड गरी बेइज्जत गरेको भन्दै जाहेरी दिएका हुन्। यससम्बन्धमा जागरण मिडिया सेन्टरले गरेको …
  • बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ …

    Jul 30, 2013 – बेलबारी बर्बरताको मुख्य कारण थियो महिलामाथि बलात्कार प्रयास। त्यसो गरेको शंका ती महिलाले अर्कै पुरुषलाई गरिन्। शंका गलत ठहरियो। किनभने उनले दावी गरे अनुसार ती पुरुषको हातमा रगत आउने गरी टोकेको चिह्न केही थिएन।

28 thoughts on “बेलबारी बर्बरता बिर्साउने व्यवहार”

  1. nimesh, BKK says:
    September 7, 2013 at 7:31 am

    माईसंसारको सत्प्रयासले एउटा पीडितले न्याय पाएछ त्यहि नै अहिलेको लागि ठूलो खुशी ठान्छु र भविष्यमा पनि यस्तै सत्कार्यमा लागि रहोस माईसंसारको उत्तरोतर प्रगतिको कामना .

    Reply
  2. रबिन लामा says:
    September 7, 2013 at 2:42 am

    जबसम्म पीडकहरू स्वयंले भित्री मनले पीडितहरूलार्इ सोही गाउँमा स्वागत गर्दैनन् तबसम्म पीडकहरूमा बदलाको भावना नरहेको मान्न सकिंदैन । एक त पीडकहरू कार्यक्रममा उपस्थित भएनन् । अर्को उनीहरू धरैाटीमा छुटिसकेकाले घटना ताजै भएको हुनाले चुप लागेका हुन । हुन सक्छ केही पैसाको प्रलोभन र ललाइ फकार्इ गाउँमै मिलापत्र गरी सबै मुद्दाहरू फिर्तालिन लगाउने योजना बुन्नदै होलान । तर कालान्तरमा उनीहरूमा बदलाको भावना सदैव रहन्छ र जब यो घट्ना सेलाउँछ र उनीहरूको नजिकको मान्छे शक्तिमा भएको बेला फेरी घट्ना नदोहोरियाला भन्न सकिन्न । कामना गरैां त्यस्तो नहोस् ।

    Reply
  3. तुल बहादुर says:
    September 7, 2013 at 12:21 am

    यो फूलमालाले हुने वाला केहि छैन जसले उनलाई समाजको जुत्ताको माला लगाई कालो मोसो दले तिनीहरुलाई कडा भन्दा कडा कारवाही गरेको भए अनि मात्र पीडितले न्याय पाउने थिन !

    Reply
  4. Mahesh says:
    September 6, 2013 at 9:26 pm

    संका को भर मा केहि सोच बिचार नगरी बलात्कार जस्तो जघंन्ये आरोप लगाउदा के कस्तो हुन्छ भन्ने कुरा माया सार्की ले नि राम्ररी बुझे होलान, अरु ले नि राम्ररी बुझ्नु. हुन त यो घटना लाई जातियेता को रुप दिएर माया सार्की लाइ नायिका बनाइयो, तर कसै ले सोचेको छ माया सार्की ले जुन निर्दोष लाइ बलात्कार को आरोप लगायो तेस व्यक्ति लाइ लागेको मानसिक आघात को क्षतिपुर्ती चाहि कसले दिने ?

    बलात्कार गर्न खोज्ने लाई कडा सजाए दिनु पर्छ तर दुक्ख को कुरा , कालो मोसो दल्ने परिवार को बिरोध गर्ने क्रम मा वास्तविक बलात्कार प्रयास गर्ने दोषी उम्केको चाही कसैले हेक्का नै गरेन जस्तो छ. कि आफु जस्तै दलित भएको ले उसले चाही उन्मुक्ति पाएको?

    Reply
    1. Suraj Regmi says:
      September 6, 2013 at 10:48 pm

      एकहिसाबले तपाईले भन्नु भएको पनि ठिकै हो ! २ दिन अगाडी भर्खर जिल्ला आएको ब्येक्ति लाइ बलात्कार को आरोप लाग्नाले पारो तात्नु स्वाभाविक हो ! तर पनि मानहानी को आरोपमा मुद्दा लाउनु को साटो कानुन हात मा लिनाले उनले पनि गल्ति गरेको देखिन्छ ! तर जातिवादी/बाहुनबिरोधि अनि डलर बादी संस्था हरुले मुद्दा लाइ नागरिक द्वारा नागरिक लाइ गरेको अन्याय लाइ जातिकारण बनाएर बाहुन द्वारा दलित लाइ गरिएको दमन को संज्ञा दिए ! पहिचान चाही बाहुन हरुले हटाए भन्ने अनि सार्की जात को मान्छे लाइ सार्की भन्दा बाहुन ले हेपे भन्ने हरुले यो मुद्दा लाइ अर्कै तिर बंगाई दिए !

      Reply
    2. Rajan Upriti, Baltimore says:
      September 6, 2013 at 11:30 pm

      कस्तो बिबेक हीन मान्छे रहेछ | शंकाको आधारमा उजुरी दिनु कहीले देखि अपराध भयो ? यदी माया तिम्रो बहीनी भएको भए तिमि यसो भन्न सक्थ्यौ ? कस्तो बहुला जस्तो कुरा गर्दो रहेछ यो पाजी |
      त्यस माथि यो घटना मायाले गल्ति स्वीकार गरेर आरोप फिर्ता लिए पछि भएको को हो भन्ने तिमीलाई थाहा छैन, टपरे बाहुन |
      यदि त्यो मान्छे लाइ जातियताको घमण्ड नभएको भए तेत्रो रिस किन ? शंका गर्यो भनेर मार पिट गरे समाजमा अपराधको उजुरी अब कसरि गर्ने ? तिमि आफै भन, एउटा अर्को टपरे बाहुनीले आरोप लगाएको भए ति अरु बाहुन ले कालो मोसो दलेर कुट्थे कि सम्झाई बुझाइ गर्थे ? यो पुरा पुर जातिय घमण्डको प्रतिफल हो | हुन त म पनि बाहुन हो, तर म तिमीहरु जस्तो पुरातन बादी छैन |

      Reply
      1. Mahesh says:
        September 7, 2013 at 7:54 am

        राजन जि,

        म बाहुन हैन। तपाईंले आफ्नो पुरा नाम दिनु जरुरी नै छैन । तपाईंको अहमता बादी बोली ले तपाईं के कस्तो मान्छे हो भन्ने कुरा प्रस्त नै हुन्छ।

        मैले कालो मोसो दल्ने लाई छुट हुनु पर्छ भनेको छैन। बरु यो कालो मोसो को कुरा मात्र अघी आएर बलत्कार प्रयास गर्ने मान्छे छुट्ला कि भनी दुख् ब्यक्त गरेकै छु। घटनालाई जातीयताको रुप चाही कसले दिएको भन्ने कुरा मा त त्यो बेला देखी प्रकाशित पत्रीका देखी लिएर ब्लग सम्म हेर्नु थाहा भई हाल्छ।

        तपाईंले मेरो बैनी को कुरा गर्नु भएको रहेछ, तेती सम्म नजाउ। बरु तपाईं को भाई लाई कोइ केटी ले बलत्कार को आरोप लगायो भने चाँही तपाईं ले खुरक्क बुहारी मानि भित्रयाउनु होला।

        Reply
    3. Bikash Sharma says:
      September 6, 2013 at 11:35 pm

      घटनालाई जातीयताको रुप चाही कसले दिएको हो नि महेश जी ?
      कोबाट आफु कथित ठुलो जातको हो भनेर अमानबिय ब्यबहार प्रदर्शन गरियो त ?

      Reply
    4. sunil shrestha says:
      September 7, 2013 at 12:01 am

      I think your also culprit that’s why you was unhappy for welcoming her.

      Reply
    5. rajesh says:
      September 7, 2013 at 12:45 am

      महेशजी,
      निस्कर्ष बिनाको तर्क हड्डी बिनाको शरीर जस्तै हो,तेसैले एस्तो कुतर्क मेरो बिचारमा येंहा युक्ति-संगत छैन र तंपाई यो मुद्दाको कुनै न्यायाधिश पनि हैन l यो बिषय बन्द कोठामा बसेर कुनै धाराबाहिक हेरे जस्तो हैन जँहा तपाइको एकलौटी निसाफ चल्छ- यो गलत त्यो सहि भन्ने l धर्म र जातियेता को बिरुद्द मा यदी माया सार्की हो तसर्थ उसले किन उपल्लो जाति माथि औंलो ठदियाउने दुस्साहस गरिन भन्ने तपाइको निच तर्क हो भने तंपैको यो तर्क कुनै अहिले को नेपाली समाज वा समुहमा गर्नोस तेस्को बिधुतिय जवाफ कथित तल्लो वा माथिलो जातिले दिनेछ l बाँकी रह्यो बलात्कार को कुरा! त्यो माया र उनको आफ्नो कुरो हो तब न उनको केहि प्रतिक्रिया आएन यस बारेमा l टाइप गर्न सजिलो छ मित्र तर याद राख्नुपर्यो तपाइको गलत र फजुल को प्रतिक्रिया ले न तपाइलाई मनोरंजन दिन्छ न हामीलाई रमाइलो लाग्छ l

      Reply
  5. Milan says:
    September 6, 2013 at 8:33 pm

    यो घटन लाइ साम्य पार्ने खेल हो / केहि दिन पछि पीडक ले मुद्दा फिर्ता लियो भनेर खबर आउन बेर छैन /

    Reply
  6. Chetan Nepali says:
    September 6, 2013 at 6:54 pm

    यसलाई सकारात्मक रुपमै लिनु पर्छ ! सायाद पीडकहरुले आफ्नो गल्ति महशुस गर्लान र भविस्यमा यस्ता घृणित कार्य नदोहरिएलान कम से कम बेलबारीमा !!

    Reply
  7. बशन्त राज says:
    September 6, 2013 at 3:51 pm

    जातियता र हिन्दु धर्म बारे केही लेख्न चाहन्छु / मान्छे हरु भन्छन हिन्दु धर्ममा जातिप्रथा छ / म यो कुरा मान्दिन / म केहि धर्मग्रन्थको प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु / देवराज इन्द्र को पत्नी सचि असुर कन्या हुन् / देवराज इन्द्र को पुत्रीको प्रेम बिबाह असुरकागुरु सुक्राचर्यासंग भयको थियो / यो दुवै अन्तर जातीय बिबाह थियो / महाभारतमा पाण्डुका ५ पुत्र मदधे भिमले पहिला आसुरजतिको केटी हिदिम्बा संग बिबाह गरेका थिए / तेस्तै अर्जुनले नाग कन्या संग बिबाह गरेको प्रसङ्ग महाभारत मा आऊछ / दुर्योधनले कर्णलाई जातको आधारमा धनुर बीधा प्रतिभा प्रदर्सन गरेने क्रममा कर्णको जातको कुरा आउछ अनि दुर्योधनले जातको आधारमा हुने बिभेदको बिरोध गर्दै आफ्नो एक राज्य अगं दीयको ले उनलाई अंगराज भनिन्छ / रामायणम़ा रामले सबरीले टोकेको बयर खानु भएको थियो / त्यो समयमा कामको आधारमा मान्छे हरु को बर्गिकरण गरियको थियो / आजको डाक्टर, ईञ्जिनियर , डाईवर् जस्तो / राबण बाहुन थियो तर असुरमतिको थियो / किनभने मातापिताले (बाहुन ऋषि अनि असुर जति को) अन्तर जातीय बिबाह गरेका थिए / जसबाट ३ पुत्र राबण, कुम्भकर्ण, बिबिसण पैदा भयका थिए / अन्तरजातीय बिबाह बाट गलत सन्तान जन्मन सक्ने भयकाले आन्तरजातीय बिबाहलाइ अलिकति बन्देज लागको मात्र हो / तर यो लिखित थियन / म यो कुरा गर्नु को कारण हरेक पटक जातीय विभेद हुन्छा / हिन्दु धर्म लाई गाली गरिछा / अपमान गरिन्छा / कतिलाई यीनै कुरा गरेर धर्म परिपर्तन गराईनछा / मलाई यो कुरा मनपर्दैन / यो हामी हरुको गलत मानसिकता हो / तसर्थ यो प्रतिक्रिया दियको हो / धर्म पानि जस्तो हो / पनि गिलासमा हालेर पीउने गरिन्छा / यदि गिलास फोहोर छ भने सफा पानि भएपनी फोहोर गिलासको कारण पानि पिउने मान्छे बिरामी हुन्छा / धर्मको मुहान सफा छ तर गिलास (कथित बाहुन या उचजातका समाजका मान्छेहरु ) फोहोर भएर समाजमा बिबेध फस्टायाको हो / जुन कालान्तरमा जति कुप्रथा परिबर्तित भयो / गौतम बुद्ध बस्ताब मा बाहुनबादको बिरोधमा नया धर्मको प्रवर्तक बने / दोस्रो बिस्व युद्धमा जर्मनीमा यहुदीहरुलाई यहुदी भयकै कारण आमनरसंहार गरियो / यो पनि जति को आधार मा भयको एक मानब ईतिहासको कालो धब्बा थियो / अमेरीकामा कलागोरा रंगको आधारमा बिभेद हुन्थ्यो अझै पनि छ / कतिलाई थाह छैन हो कृष्ण काले थिए/ काले होस् या गोरो हिन्दु धर्ममा विभेद छैन / यो धर्मको अन्धो समर्थन होईन / तार्किक समर्थन हो / बेद ले भान्छा ‘बहस बाट निचोड निस्कछ ‘/ जातको आधारमा हुने कुनैपनि अन्याया , अपमान , अपराध को बिरोध गर्नु पर्छ / जातपात धर्म को आधारमा हुने बीभेद को बिरोध गरौ /

    Reply
    1. Sonam says:
      September 6, 2013 at 5:53 pm

      “गौतम बुद्ध बस्ताब मा बाहुनबादको बिरोधमा नया धर्मको प्रवर्तक बने” कुन आधारमा तपाई यो कुरा भन्दै हुनुहुन्छ कृपया प्रस्ट पारिदिनुहुन्छ कि

      Reply
    2. Binayak Sharma says:
      September 6, 2013 at 6:14 pm

      बसन्त जी धन्यवाद तपाईको तार्किक कमेन्टको लागि. हो म बाहुन भए पनि यो जातिबाद ले नेपाली समाजलाई धेरै पछाडी धकेलेको महसुस गर्छु. हो अब नया पिडी हरु यो अन्धबिस्वास बाट बिस्तारै मुक्त हुदै जानु पर्छ.

      Reply
      1. Chetan Nepali says:
        September 6, 2013 at 9:57 pm

        सहि कुरा उठाउनु भयो नेपालका सबै जातिलाई बराबरी व्यवहार राज्यले गर्ने व्यवस्था आउनु पर्यो !

        Reply
    3. Chetan Nepali says:
      September 6, 2013 at 6:50 pm

      बशन्त जी,
      तपाइले बेलबारीको कुरो संग हिन्दु धर्म को कुरो उठाउनु भयो, मलाइ पनि आफुले जाने बुजेको सम्म कुरो राख्न मन लाग्यो ! मलाइ ग्यान भए सम्म न रामायणको पालामा न कृष्ण जिको पालामा हिन्दु धर्म भन्ने थियो ! न त बेद वा भागवत गीत लगायतका ग्रन्थ हरुमा हिन्दु धर्मको बारेमा उल्लेख नै छन् ! केवल छन् त सनातन धर्मको बारेमा !

      हिन्दु धर्म त केवल त्यस बेलाका सिन्धु नदि (हाल पाकिस्तानमा पर्छ) वर पर बसोबास गर्ने ब्रहामन्हारुले बिकाश गरेको सिन्धु सभ्यताको मात्रै रुप हो जस्तो लाग्छ ! यसमा सनातन धर्म र ग्रन्थलाई तोडमोड गरि आफ्नो स्वार्थ बमोजिम लागु गर्दै हिन्दु धर्मको रुपमा बिकाश गरे र त्यस सभ्यतालाई आफुहरु मुसलमान र अन्यको आक्रमंबाता बच्ने क्रममा नेपाल सम्म आइपुगे वा ल्याई पुर्याए !

      हिन्दु धर्मलाई सनातन धर्मको नै पूर्ण रुपमा बिकाश गरेको वा भएको भए हामीले आज देखेका कमि कमजोरीहरु सायदै देखिन्थ्यो होला हिन्दु धर्ममा, अफसोच ह त्यो भएन बिगतमा र यो हुन सकिरहेको छैन हालमा पनि केवल हाम्रा अन्ध हिन्दुवादी ब्राह्मण पुरेत लगाएतका अति हिन्धुबादिहरुले गर्दा !!!

      Reply
      1. Suraj Regmi says:
        September 6, 2013 at 10:56 pm

        एदी तपाइँ लाइ हिन्दु धर्म मन पर्दैन भने धर्म परिबर्तन गर्नुस तर हाम्रो आस्था मा चोट पुराउने खाल को कुरा नगर्नुस ! हामी हिन्दु हरु लाइ हाम्रो धर्म प्रति पुरा विश्वास छ ! अनि तपाई मंगोल हरु चाही के कु तर्क गरेर भुमि पुत्र भएको नौटंकी गर्नु हुन्छ ? तपाइको पुर्खा जेंगिस खान पनि चीन मा तेसबेला बस्ने गैर-मंगोल हरुलाई मारेर, उनीहरु को स्वास्नी छोरा छोरी हरु लाइ बलात्कार गरेर मंगोल को जनसंख्या बढाएको होइन ?

        Reply
        1. Aakar Bhushan Nepali says:
          September 7, 2013 at 11:32 am

          सुरज जी,
          तपाईले धेरै कुरा सिक्नु पर्ने देखियो | हिन्दु धर्मको राम्रा पक्ष प्रति तपाई हामीलाई पुरा बिश्वास भएको कुरामा दुईमत छैन | तर त्यतिकै टड्कारो यथार्थ के हो भने यसको पाखण्डी पक्ष झनै अन्यायी र अमानबिय छ भनेर स्वीकार गर्ने साहस पनि हुनु पर्छ हामीमा| यहाँले अगाडी सर्नु भएको अर्को तर्क अनुसार अनुहारको गोलाई र आँखाको चिम्साई मिल्यो भन्दैमा नेपालका खास कुनै एक समुदायका मानिसहरुलाई जेंगिज खानको सन्तान भनी पुर्खौली जोडी दिने हो भने नाकको चुच्याई र शरीर भरि को भुत्ला (रौं) मिल्यो भनेर तपाईलाई Osama Bin Laden को सन्तान भने के फरक पर्ला र, होइन त ?

          Reply
    4. madan bajracharya says:
      September 6, 2013 at 11:37 pm

      बसन्त ज्यु
      तपाईं आफैले फलानाले ढिस्का फरक जातिका सिट बिबाह गरे भन्दै हिन्दु धर्ममा जाति प्रथा भयको कुरा प्रमाणित गर्दै हुनु हुन्छ/ हिन्दु धर्मको शिरोमनिहरुले नेपालमा ठुला जात र साना जात मानेको थियो छुवाछुतलाइ लाडेको थियो/ कानुनले निषेध गर्दा पनि यस्तो कुप्रथा आज सम्म निर्मुल गर्न सकेको छैन/ यहि तितो सत्य हो/ आज पनि नेपालको कयौं मन्दिरमा तल्ला जातकालाई प्रवेस गर्न दिंदैन/

      Reply
      1. बशन्त राज says:
        September 7, 2013 at 1:50 pm

        मैले जातियता थियो तर विभेद थियन भनेको हो / जातियता काम को आधार मा थियो भनेको हो / त्यो समयमा बाहुन अध्यन गर्ने ज्ञान दिने जति थिए / क्षात्रिया हरु राजा अनि सैनिक हुने समाज राज्य रक्षा को काम गर्ने / बैस व्यपार गर्ने अनि शुद्र हरु चाही निर्माण का काम गर्ने जस्तो घर महल बनाउने देखी किसानी आदि पर्छ / पछि समयले यसलाई जातीय कुप्रथा मा परिबर्तन गरायो / एक तर्क ताजमहल बनाउदा कामदारले बनाए तर नाम मुगल राजा को आयो किन भन्दा सक्ति राजा संग हुन्थो / मुगल राजाले बेला बेला गएर काम पुरा भयो भएन हेर्थे मात्र तर कामको ठेकका लीनेले चाहियको समानमुगल राजा लाई भनेर मगाउथ्यो / त्यो महल बनाउने कुनै पनि कामदारको उल्लेख काही पनि छैन / अझ सुने अनुसार ताजमहल बनाए पछि उनिहरु को हात काटीएको थियो किनभने उनीहरु एस्तो अर्को दरबार नबनाउन भनेर / आज पनि ठुलो घर बनाउदा ईनजीनियरको अर्कीटेकचहर प्रसंसा हुन्छा तर त्यो बनाउने मजदुर को कुनै कुरा हुदैन / मेरो तर्क हर्ताकर्ता ले कमजोर लै ओछेलमा पर्छ कतिपय अबस्था मा हेप्ने पेल्ने गर्छ / त्यो समय भयो त्यहि / बाहुन हरु क्षात्रिहरु हर्ताकर्ता थिए / उनीहरु ले यसलाई गलत तरिकाले समाज मा कुप्रथा बनाए /
        एक परिवार मा सधै श्रद्ध गरिथ्यो / श्रद्धा गर्दा पुजाओ समान बिरालोले सधै बिगार गरथ्यो / तसर्थ श्राद गर्ने दिन बिरालो बाधने गरिथ्यो / त्यो घरको नातीले यो देखेछ धेरैसमय पछि त्यो नाती को पालामा बिरालो छैन रहेछ तर सानोमा हजुरबाको पालामा बिरालो बाधेर श्राद गरेको उसलाई थाहा थियो / पछि उसको पालामा बिरालो सात गाउमा खोजर श्राद गर्यो / यसको मतलब के भने त्यो समयको परिबेश अनि आज को परिबेश बुझेर मात्र काम गर्नु पर्यो / आन्धो हिसाबमा धर्म को जात को पछि लाग्नु भएन / जातीय भेदभब समाजको क्यान्सर हो /

        Reply
        1. madan bajracharya says:
          September 7, 2013 at 11:48 pm

          बसन्त ज्यु/
          जात भन्ने सब्दनै मानव मानव बिचमा विभेद जनाउने सब्द हो/ हिन्दु संस्कार र परम्परामा जातीय विभेद थियो; छुवाछुतको प्रथा थियो र तेस्तो कुसंस्कार आज पनि हट्न सकेको छैन यहि सत्य हो/ यसलाई हटाउन आम हिन्दु तयार भय पनि धर्मको ठेकेदारहरु तयार भयको देखिंदैन/

          तपाइंले ब्राम्हण पुरोहित हुने छेत्री शासक हुने बैस्य ब्यापारी हुने र सुद्र सेवक हुने भन्नु पनि जातीय विभेदकारी मानसिकताको प्रमाण हो/ भन्नु पर्ने त् पुरोहित्याई गर्ने ब्राम्हण हुने; शासन ब्यबस्ता गर्ने छेत्री हुने; ब्यापार गर्ने बैस्य हुने र सेवक बन्ने सुद्र हुने भन्नु पर्ने थियो/ यस्तो भनियको भय आज जो पुरोहित्याई गर्ने योग्यता राख्थ्यो त्यो जुन सुकै जातको भय पनि मन्दिरमा पुरोहित बन्न सक्ने हुन्थ्यो/ तर यसो त् भनियन हिन्दु धर्म शास्त्रमा; प्रमाण खोज्नु हुन्छ भने बिस्वामित्र कै लिनुस/ उ छेत्री भयको कारण उ सिट ब्रम्ह्श्री बन्ने सबै योग्यता भयको भय पनि उस्लाइ ब्रम्ह्श्री बन्न नदिन सबै ईश्वर लागेको बर्णन पुरानमै छ/ /

          Reply
    5. Aakar Bhushan Nepali says:
      September 7, 2013 at 2:46 am

      बशन्त जी,
      कुरा अलि हजम भएन नि | यहाँले जिकर गर्नु भए जस्तो त्यो समयमा जातिप्रथा थिएन भने ति “देवता” अथवा ति “मनुष्य”हरुको बीच “अन्तरजातीय विबहा भएको” भन्ने मुद्दा कसरी आयो ? अनि यहाँलाई त्यो समयमा जातिप्रथा नभएको प्रमाणको रुपमा अन्तरजातीय बिबाहलाई अगाडी सारिरहनु पर्ने कष्टकर प्रयास किन पर्यो ? ल म मान्छु जातिबाद थिएन होला, तर जातिप्रथा नै थिएन भने कुनै बिबाह “सामान्य बिबाह” मात्र नभएर कसरि “अन्तरजातीय बिबाह” हुन पुग्यो ?

      Reply
    6. Aakar Bhushan Nepali says:
      September 7, 2013 at 12:52 pm

      “अन्तरजातीय बिबाह बाट गलत सन्तान जन्मन सक्ने भयकाले आन्तरजातीय बिबाहलाइ अलिकति बन्देज लागको मात्र हो”
      वा ! क्या सुन्दर विचार र सटिक विश्लेषण !!!!! अनि Nepal नेताले बिगार्यो भनेर के भन्नु !! पढेगुनेका बिध्द्वानहरुको त यो गति छ |

      Reply
      1. बशन्त राज says:
        September 8, 2013 at 3:30 am

        मेरो तर्क १ सामान्यतया आलु ३ प्रकारको हुन्छा / (यो बिज्ञान को अधार मा होईननि/ ) सेतो रातो अनि निलो आलु खेति गर्दा सके सम्म एक मात्र आलु लगाई छ किन ? बीउ पुगेन भने मिसाएर रोपिन्छा / त्यो अलग कुरा हो / आलु बेचन लादा किन सेतो मात्र एक बोरा मा हालेर जोखेर बेचिंछा ? आलु सबै आलु हो मिसायर बेचे हुन्छानी ? किन ३ जातको आलुलाई अलग अलग राखेर बेचेको ? किन अलग अलग भाउ हुन्छा आलुको रंग अनुसार ? तपाई हामि ले खाने चमल सामान्यतया २ प्रकार को हुन्छा / मोटो (ताईचिन) अनि लाम्चो (मन्सुली ) किन मिसायर किन बेच नगरेको ? आखिर दुवै चमल नै हो ? धान पनि ताईचीन मन्सुली अलग अलग खेती गरिन्छा किन ? मिसयारा गरे भो नि ? आखिर धान नै हो ? यदि यति कुरा पनि बुज्नुहुन्ना भने मले केही भानु छैन ? तपाई धेरै जान्ने बुज्ने म पटमुर्ख / अर्को कुरा मैले अगाडी पनि भनेको छु यो तार्किक कुरा हो जसरि अर्थ लगाए पनि हुन्छा / तर तर्क समाजको हित को लागि हुनुपर्छ / म विद्यान होईन मैले बुझेको कुरालाई मेरो भाषा मा बतायाको मात्र हो /
        म जातको आधारमा हुने बीभेदा को बिरोध गर्छु / म अन्तरजातीया बिबाह समरधन गर्छु / माथि को तर्क समजमा पुरातन समयमा किन जातियता फैलीयो तेस्को कारण बारे तर्क मात्र गरियको हो / आजको परिबेश अनुसार त्यो परिबर्तन हुनु जरुरी छ / सबै मानब एक हुन् मानबले मानब संग मनबता को ब्यबहार गर्नु पर्छ / माथि तर्क को यो अर्थ होईन कि मा जातको अधर बीभेद गर्दै हिंड्ने मान्छे हो? फेरी पनि भन्छु मा जत्तियता को आधारमा हुने बिभेद को बिरोद गर्छु / जसरि रातो आलु को एक गुण हुन्छा / सेतो को आफ्नै गुण हुन्छ / तर तरकारी सबै आलुको मिठो हुन्छा / यो पकाउन जान्नेमा भर पर्ने कुरा हो / नेपालमा जातीय बिबिधता सासक्रीतिक हिसाबमा हेर्दा राम्रो हो / तर त्यस भित्रको कुप्रथा को बिरोद कुसस्कर को बिरोद मात्र हो/ आधुनिकता संगै आफ्नो कला सस्क्रीती को परिमार्जन गर्नु पर्छ भन्ने मेरो मान्यता मात्र हो / अब यसलाई तर्क गरेर कुतर्क तर्फलानु हुन्छा भने मलाई केही भन्नु छैन/

        Reply
        1. Aakar Bhushan Nepali says:
          September 8, 2013 at 5:05 am

          बसन्त जी,
          मन नदुखाउनु होला | तपाईको दोस्रो परिच्छेदप्रति म पूर्ण सहमत | तर पहिलो परिच्छेद सम्मत तर्कानुसार जातियतालाई आलुसंग दाज्न पुगियो भने सामान्य ज्ञान नै आलु होला कि भन्ने डर मात्र हो |

          Reply
  8. Sunil, London says:
    September 6, 2013 at 2:46 pm

    एस्तो अबिर र फूलमाला को काम के भो त ? जसले कालोमोसो दलेको हो उनीहरुलाई नै फूलमाला र अबिर लगाउन लगाएको भए पो त केहि सन्तोष हुन्थ्यो ! पीडक हरुलाई कमसेकम कार्यक्रम मा उपस्थित गराउन त सक्नु पर्थ्यो ! उनलाई फूलमाला त के हिराको हार लगाइदियेर स्वागत गरेपनि केहि मतलब भएन !

    Reply
  9. Man says:
    September 6, 2013 at 1:50 pm

    यस्तो अपराधी घटनालाई पनि तेटी धरौटीमा छुटकारा पाउदा समाजमा यो घटनालाई प्रोत्साहन दिएको जस्तो लग्यो , मुद्दा चलेपनि यो घटना १७ जलाई जम्मा ४७ हजारमा सकियो कस्तो कानुन ? हे , भगवान नेपालका ……………हरु ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme