१६ वर्षीय विमल घर्ती मगर नेपालको हिरो बनेका छन्। उनकै गोलले ९० मिनेटसम्म अग्रता लिएको पाकिस्तानलाई नेपालले बराबरीमा रोक्न सफल भयो। ६६ औँ मिनेटमा टङ्क बस्नेतको ठाउँमा मैदानमा छिरेका विमलले इन्जुरी टाइममा गोल गरी नेपालको नाक जोगाए। रङ्गशालामा उपस्थित हजारौँ दर्शक बराबरीलाई पनि जित नै जस्तो ठानी घर फर्किए। यद्यपि यो खेलले नेपालको वास्तविक स्थिति छरपष्टाइदिँदै उपाधि जित्न सहज नहुने देखाइदिएको छ। आजको खेल तपाईँहरुले पनि मैदानमा वा टिभीममा हेर्नुभयो होला। नभए भित्र युट्युबमा भिडियो छ, हेर्नुहोला। अब तपाईँ पनि विश्वका खतरा कमेन्टेटरभन्दा के कम, यसो लामै विश्लेषण जाओस् न त तलको कमेन्टमा नेपालको खेल बारे।
नेपाल र पाकिस्तानबीच भएको खेलमा कसरी पाकिस्तानले १३ औँ मिनेटमा गोल गरी नेपाललाई निराश बनाएको थियो र कसरी नेपाली नायक विमल घर्ती मगरले अन्तिम समयमा गोल गरी नेपालको शान झुक्न दिएनन्, हेर्नुस् गोल र प्रमुख अंशको भिडियो-
यी हुन् नेपाललाई पराजयबाट जोगाउने विमल
सिनियर राष्ट्रिय टोलीको तर्फबाट पाकिस्तानविरुद्ध पहिलो गोल गर्ने विमल घर्ती मगरले उमेर समूहमा गोलको वर्षा गरिसकेका छन्। दशरथ रंगशालामै भएको यु–१६ च्याम्पियनसीपको समूह चरणका तीन खेलमा उनले ६ गोल गरेका थिए। त्यसमा पाकिस्तानविरुद्ध दुई गोल र भुटानविरुद्ध चार गोल समावेश थियो। त्यस्तै उनले एएफसी यु–१४ फूटबल फेस्टिबलका चार खेलमा ८ र जापानमा भएको यु–१४ फूटबल फेस्टिबलको चार खेलमा ७ गोल गरेका थिए। साफ च्याम्पियनसिपका लागि प्रशिक्षणको बेला कुवेतको अल अरबी एससीसँग भएको दोस्रो रोजाईको नेपाली राष्ट्रिय फुटबल टोलीको खेलमा विमलले ह्याट्रिक गरेका थिए। खेलमा नेपाल ८-२ ले विजयी भएको थियो। थप जानकारीका लागि क्लिक गर्नुस्।
पूरा खेलको भिडियो हेर्नुस्-
आजको समूह ‘ए’ का दुवै खेलहरु झण्डै उस्तै रहे। पहिलो खेलमा बंगलादेशले ९० मिनेटसम्म लिएको अग्रतालाई यसरी नै भारतले इन्जुरी टाइममा कप्तान सुनील क्षेत्रीको गोलले बराबरीमा टुङ्ग्याएको थियो। दोस्रो खेलमा पाकिस्तानका हसन बासिरले १३ औँ मिनेटमा गोल गरेर कायम गरेको अग्रता नेपालले इन्जुरी समयमा नै तोडेको थियो।
अब नेपालको अर्को खेल बिहीबार भारतसँग छ। डिफेन्डिङ च्याम्पियन भारत यो पटक कमजोर देखिएको छ। पाकिस्तानसँगको खेल उसले पाकिस्तानको आत्मघाती गोलको सहयोगले मात्र एक गोलले जितेको थियो भने बंगलादेशले उसलाई झण्डै पराजयको स्वाद चखाइसकेको थियो।
नेपाल कुन अवस्थामा सेमिफाइनल पुग्छ ?
२ खेल पछि अब समूह एमा नेपाल र भारतको एक जित र एक बराबरी गरी ४ अङ्क छ। गोल अन्तरमा नेपाल माथि छ। तर सेमिफाइनल प्रवेश सुनिश्चित भइसकेको छैन।
बंगलादेश र पाकिस्तानको एक बराबरी र एक हारका साथ १ अङ्क छ। बिहीबार बंगलादेश र पाकिस्तानले बराबरी खेले भने नेपाल र भारत सीधै सेमिफाइनलमा जानेछन्। नेपालले भारतलाई जित्यो भने सीधै सेमिफाइनलमा जानेछ। नेपाल र भारतले बराबरी खेले भने दुवै टिम सेमिफाइनलमा जानेछन्।
तर बंगलादेश र पाकिस्तान दुई मध्ये कसैले ठूलो अन्तरले जित्यो र बिहीबारै हुने खेलमा नेपालले भारतसँग ठूलो अन्तरले पराजय भोग्यो भने नेपाल प्रतियोगिताबाट बाहिरिन सक्छ।
यही एकै समयमा हुने महत्वपूर्ण खेल भएकोले बिहीबारको खेल रङ्गशालामा फ्लडलाइटमा खेलाइने छैन। दुवै खेल साढे ३ बजे सुरु हुनेछन्। नेपाल र भारतको खेल दशरथ रङ्गशालामा हुनेछ भने पाकिस्तान र बंगलादेशको खेल हल्चोकमा।
अहिलेसम्मका सबै खेलको भिडियो, खेल समय तालिका, ट्विट हेर्न यहाँ क्लिक गर्नुस्।
*****************
सुरुको ब्लगः साफमा आज पाकिस्तानसँग नेपाल भिड्दै; उपद्रो गर्न केही दर्शक कुख्यात छन्, संयमित बनौँ है ! (अपडेटः Sep 3, 2013 @ 11:08)
साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ। खेलको लाइभ भिडियो, ट्विट र समय तालिकासहित अहिलेसम्म भएका खेलहरुको प्रमुख अंश भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। साढे ६ बजे सुरु हुने खेलका लागि टिकट दर भिआइपी प्यारापिटको सात सय र बाँकी ठाउँको तीन सय तोकिएको छ। खेल हेर्न जाँदा झण्डा राख्ने डण्डा, मिनरल वाटर, डटपेन, पेन ड्राइभ, लाइटर नलैजानु होला। यी सामान ल्याउन नपाइने गरी आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले तोकेको छ। मैदान प्रवेश गर्नुअघि प्रहरीले जाँच्दा यी सामान भेटिए भित्र लान दिने छैनन्। देशको इज्जतको पनि सवाल भएको हुँदा दर्शक दीर्घाबाट कसैले उपद्रो गर्न खोजे दर्शकहरुले नै त्यस्तालाई नियन्त्रण गरी सुरक्षाकर्मीलाई बुझाइदिनु पर्छ। दशरथ रंगशालामा दर्शकको उपद्रोका कारण एन्फाले पटक पटक जरिवानासहितको सजाय पाइसकेको छ।
पछिल्लो पटक एएफसी च्यालेञ्ज कप छनौट अन्तर्गत बंगलादेश र नेपालको खेल हुँदा दर्शकले मोबाइल र लाइटरले हानेका थिए। यसवापत् एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई छ हजार डलर जरिवाना गराएको थियो। त्यसैगरी सन् २००९ मा एएफसी यु-१९ को समूह चरणको खेलमा दर्शकले ढुंगा हानेर लाइन्सम्यानलाई चार टाँका लाउनु पर्ने गरी घाइते बनाउँदा १५ हजार डलर जरिवाना तिर्नुपरेको थियो। सोही वर्ष किर्गिस्तानविरुद्ध दशरथ रंगशालामै भएको एएफसी च्यालेन्जकपकम दर्शकले बोतल, ढुंगा र सिक्का प्रहार गरेकाले नेपालले ७ हजार डलर जरिवाना खेपेको थियो। सन् १९९७ मा पनि यही रंगशालामा भएको पहिलो साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र माल्दिभ्सबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार प्रदर्शन गर्दा श्रीलंकाली खेलाडी र माल्दिभ्सका खेलाडीबीच कुटाकुट हुँदा पनि नेपालले जरिवाना तिर्नुपरेको थियो।
आजका खेल
आज समूह ‘ए’ का दुई खेल हुँदैछन्। यो समूहमा नेपाल र भारतले एक एक खेल जितेर ३ अङ्क पाइसकेको छ भने पाकिस्तान र बंगलादेश खेल हारेर सून्य अङ्कमा छ। आजको पहिलो खेलमा भारतले बंगलादेशलाई हरायो र दोस्रो खेलमा नेपालले पाकिस्तानलाई हरायो भने नेपाल र भारत दुवै एक खेल खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ।
वर्षौँदेखि अन्तर्राष्ट्रिय उपाधिको खडेरी भोगिरहेको नेपालको राष्ट्रिय टिम यस पटक जसरी पनि उपाधि जित्ने दाउमा छ। यसका लागि प्रतियोगिता अघि पञ्चबलि दिनेदेखि बंगलादेशविरुद्धको खेलमा नाग छोप्नेसम्मका काम भएका छन्।
आजका खेलको लाइभ भिडियो, ट्विट र समय तालिकासहित अहिलेसम्म भएका खेलहरुको प्रमुख अंश भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
खेल आखिर खेल नै हो. हार जित जे पनि हुन सक्छ.. .हामी सबैको शुभेच्छ्या छ आजको खेलमा पनि नेपालले नै जितोस …अहिलेसम्मको performance र नेपालीहरुको morale ले पनि जित्नै पर्छ.. तर येदि परिणाम सोचे जस्तो भएन भने पनि हड्बदाउनु हुन्न..संयम गुमाउनु हुन्न . दर्शकको रुपमा नेपालीको अन्तरराष्ट्रिय छबि राम्रो छैन.. आफ्नो र देशको इज्जत राखौं.. जित को अग्रिम शुभ कामना..!!!
यो नेपाली टीम ले देखाएको अत्यनत निरासाजनक खेल लाग्यो. ANFA ले सिर्फ पैसा खन्याको भनेको गणेश थापा को नया घर बनौन मात्र रहेछ कि के हो नत्र येत्रो वर्ष सम्म तेतिका पैसा खनौदा पनि नेपाली हरु को एउटा राम्रो team पनि हुन नसक्नु देश कै लागि ठुलो धोका हो भन्ने मलाई लग्छ. एन्फा मा बसेर जूगा झैँ तासियेका सबै पुराना पदाधिकारी हरु लै हटाएर नया पदाधिकारी हरु ल्याएमा मात्र फूटबल को प्रगति हुञ्छ होला कि??
right. i thing i never understand is why on earth nepali team plays a long ball?? ive been following our team since long back. Many good coaches came in and gone but ive never seen our player playing tiki taka. they always go for a long ball even though they knows their strikers are not tall enough to get that ball. Is it all those coaches strategy?? to go for a long ball?? or its just players who just dont know what their coach is looking from them?? i doubt any of our ex coaches and the current one has asked his players to go for a long ball (beside Graham who is more attack minded and loves to play english style football.) that said, hopefully Jack focuses on holding the ball most rather than going for a cross. if we can hold the ball right, theres a chances of creating spaces and more chances of getting goals. Anyway lets not put too much of pressure of this young lad’s shoulder, Bimal Gharti Magar. Love to see him coming as a super sub instead of starting a game. he is our star on a rise. And about winning the championship, im a kind of a person who goes for a win against our rival, must win against India but the championship will be just an icing of the cake for me.
फुटवल खेलको जानीफकार होइन म , तर खेलमा विछट्टै रुची राख्ने दर्शक मात्रै हुँ म । बंगलादेशलाई दुई सून्यको अन्तरले हराउदा र त्यतिवेलाको खेलअवधीभरको प्रर्दशन हेर्दा गज्जबै सुधार भएछ नेपाली टिम जस्तो लागेको थियो । तर आज फेरी उही पुरानो रोग अर्थात मुखैमै पु¥याएर पाखा फाल्ने अर्थात गोल नगर्ने रोग देखियो । धन्न विमलले नाक राखिदिए । पछिल्लो समय नेपाली टिमको खेल नराम्रै पनि होइन , गोल गर्न नसक्नु मुख्य कमजोरी हो । फुटवलमा जति नै राम्रो खेलेपनि गोल गरेन भने वा खाएको गोल फर्काउन सकेन भने त्यसको कुनै अर्थ छैन । त्यसैले भारतसंगको खेलमा सुरुवातमै गोल गर्ने टिरिक अपनाउनु पर्छ । सुरुमै पेलियो भने पेलेको पेल्यै हुन्छ । अर्को कुरा पछिल्लो दुई खेलमा भारत खासै नजमेको भएपनि सुनिल भान्जा ( खै सबै साथीहरुले भारतीय क्याप्टेन सुनिल क्षेत्रीको घर झापा हो भन्दा रहेछन त्यसैले नाता लगाएको ) को काउन्टर एटयाक गर्ने शैली र सर्ट राम्रो नै देखेको छु । त्यसैले कम आक्न हुन्न जस्तो लाग्छ । शुभकामना नेपाली टिमलाई !!!
फुटबल मा गोल हुनु पर्यो चाही त्यो जस्तो सुकै किन नहोस – राम्रो खेल्नु र गोल हान्नु मा फरक छ . राम्रो खेल्दै मा जितिदैन भने गोल हने मा जित निश्चित हुन्छ. आज को खेल मा हाम्रो नेपाल को गेम राम्रो तर गोल हान्न मा निकै कम्जोर – पोस चार्ज निकै कम – तर अन्तिम मा मगर बौजा ले नेपाल को नाक राखेकै हो है —अब भारत संग को खेल मा भारत लाई हरयारा हाम्रो दाबेदारी दह्रो रुप मा पेस गर्न पर्छ. –युवा हरु लाई अवसर दिन पर्छ …
कालो भालेको घन्टी रेटेको र नागराजाको टाउको रातो कपडाले बेरेको अहिले सम्म काम लाग्दै छ र यो फल निरन्तर रहिरहोस !
नेपाल को खेल राम्रो भए छ आज भोलि राम्रो ग्रास पास खेले को थियो.back पास र फिफ्टी फिफ्टी पास राम्रो संग प्रोग्रेस गर्नु पर्छ.
हुनत भन्न सजिलो छ खेल्नु भन्दा तर मैले के देखे भने , पकस्तनी हरु हामी नेपाली हरु भन्दा धेरै अग्ला छन् तेत्रो कर्नर नेपालले पाउदा एक गोल हान्न सकेन तर पनि कर्नर बाट हान्ने हरु सिधै पोस्ट मा हान्नु भन्दा अरु प्लयेर लाई पास गरेर head मा भन्दा खुट्टा मा पास गर्दा गोल हन्थेओ होला जस्तो लग्यो मलाई ! र आर्को कुरा हामी नेपाली कि पैले नै गोल हान्न खोज्ने, कि लास्ट मा बीच मा त धेरै कोसिस नगरको जस्तो लायो मलाई !!
thankyou
बिमल घर्तिमगर ले अन्तिममा गोल गरेर केहि आशा देखाय, बिमल जस्तै युवालाइ अवसर दिय बरु केहि होला जस्तो देखियो नेपाली फुटबलमा, अर्को गेमको लागि सुभकामना नेपाली टिमलाइ।
नेपाल को खेल धेरै राम्रो होला सोचेको थिए हैन रहेछ / नेपाल ले technically धेरै नराम्रो खेल्यो / slepp blatter ले हावा गफ गरेका रहेछन – नेपाल को खेल barcelona को जस्तै छ भनेर / barcelona short -pass खेल्न माहिर छन् / तर नेपाल ले आज धेरै LONg -Ball खेल्यो / आफु भन्दा अग्ला खेलाडीको बिरुद्द ball hold गरेर short पास खेल्नु पर्ने मा हतारिएर long ball खेल्दा तालमेल मिलेको देखिएन /
hopefully नेपाल’s coach will adopt suitable strategy to overcome mighty Indians
यो खेलको तारिफ नगरौ कृपया/ तारिफले अमुल्ल्या खेलको महत्व घटने शभावाना हुन्छ/
नेपाल ले drop बल लिन सक्नु पर्छ | drop बल को utilize गर्न सकेमा खेल धेरै सुधार हुन्छ | बिसेष गरि D area को drop बल लिन सक्नु पर्यो |
सुरक्षाको जिम्मा लिने नेपाल प्रहरीले पनि यस्ता हुलमुलको नैतिक जिम्मेवारी लिन सक्नु पर्छ होइन भने सुरक्षा दिन सकेनैा भन्नु पर्छ ।
भारत बंगलादेश को विडियो मा (ब्रेक मा) नेपाली ओफ़िसिअल हरु को सोमत नभयको बोलि सुन्दा दुख लाग्यो, पाहुना हरु ले unreasoanble डिमाण्ड नै गरे पनि राम्रो संग बोल्न नसक्ने कस्तो नेपाली पारा हो यो ??
लिंक र टाइम स्ट्याम्प राक्हम न ब्रो|
जय नेपाल…
जय फूटबल….
नेपाल ६-पाकिस्तान ०
गरि हराउनु
सुभ-कामना……..
पाकिस्तान को पूर्व खेल हेर्दा र नेपाल को येस्पाली को बलियो डिफेन्स अनि स्ट्राइकर अनिल गुरुङ , खवास को अग्रसर्ता हेर्दा त पक्कै जित्न पर्ने हो. तेस्माथि २२००० को अनि रंगशाला को रुख माथि र दुरसंचार को छाना बाट हेरी बस्ने हुल को हल्ला र हौसला ले अझै जित पक्का पक्कि छ. येदि येस्पाली स्वर्ण पदक जिती हाल्यो भने ति २१ वोउ सदाब्ती मा बाच्ने पन्च बलि दिने मुर्ख अनि नाग को आखा छोप्ने अन्धबिस्वासे हरु ले क्रेडिट चाइ न लेउन भन्ने आशा गर्दै हाम्रो गोर्खाली टिम लाइ धेरै धेरै सुभ कामना. बिहान उठेर आखा मिच्दै इन्टरनेट अन गर्दा राम्रो खबर सुन्न पाइयोस. सुभ रात्रि .
श्रीलंका र माल्दिभ्स बिचमा १९९७ मा भएको खेलमा चाहिं दर्शको उपद्रो होइन, खेल हारेपछि श्रीलंकाली खेलाडी माल्दिभ्समाथि जाई लागेका थिए – माल्दिभ्सका खेलाडी र अफिसियल घाइते पनि भए – खेलको सम्पूर्ण सुरक्षा आयोजकको जिम्मा हुने हुनाले उक्त घटनामा पनि नेपालले जरिवाना तिर्न परेको हो – दर्शकले त्यो खेलमा केहि अभद्र गरेको याद छैन।
हे नागराजा! रातो कपडा उघारेर खेल मैदनतिर हेर्ने कुदृस्ती नगरेस !
पहिले पो नाग र राजा सगैँ हुन्थे, अनि कुदृस्टि हुन्थ्यो, अब राजा छैनन डराउनु पर्ने स्थिति छैन।
नेपालको लागि बिश्व कप जतिक्कै होयाही सफलताले त्यहा सम्म डोर्याउलान आज नेपाल र पाकिस्तान बीच साफ च्याम्पियनसिप हुदैछ नेपाल बंगलादेशलाई २-० ले पाखा लगायो भने पाकिस्तान चिर प्रतिद्वन्दि भारतलाई आत्मघाती गोलको उपहार दिएर हारबाट खेल सुरु गरेको छ। यसर्थ नेपाल एक किसिमले घाईते बाघसंग खेल्दैछ नेपाल जितेर अर्को चरण सुरक्षित हुन चाहन्छ भने पाकिस्तान अर्को चरणको लागि टिकिरहन चाहन्छ यसर्थ यस्तो अबस्थामा खेल अत्यन्त रोचक हुने अबस्था छ .
जहासम्म बलिको कुरो छ यो अन्धविश्वास हो यदि यसो हुदो हो त खेलाडीलाई तालिम नदिने अनि सय वटा राँगा ढलेर ब्राजिल स्पेनलाई हराउन सकिन्थ्यो होला यो बाईयत कुरा हो सबैभन्दा रणनीतिक रुपमा फोकस भएर खेल्नुहोस हरेक खेललाई फाइनल जतिक्कै महत्व दिएर खेले जितिन्छ
सम्पुर्ण नेपाली टिमलाई सफलताको शुभकामना।।।
कहिल्यै साफ च्याम्पियनसिप उपाधि नचुमेका नेपालले यसपाली उपाधि चुमोस्। यहि हाम्रो कामना ।
अस्तिको खेल हेर्दा नेपालका स्ट्राइकरको खेल सुधारिएको देखियो , डिफेन्डर (रक्षा पंक्ति) को खेल पहिले कै स्तरको देखियो (न बढेको न घटेको अवस्था), तर मिडफिल्ड चाहिं अलि कमजोर देखियो। आजको खेलमा सन्तुलन बढाउने (मतलब मिडफिल्ड पनि मजबुत बनाउने) र स्ट्राइकर र डिफेन्सले अस्तिकै जस्तो खेल पस्कने गरी खेल्नु पर्छ – खेल गाह्रो हुनेछ किनभने पाकिस्तानलाई जित्नै पर्ने बाध्यता छ , अन्यथा ऊ प्रतियोगिताबाट बाहिरिन्छ,त्यसैले उसले डटेर खेल्नेछ, साथै ग्राउन्ड अलि हिलो हुने सम्भावना पनि छ। जे होस्, अग्रिम शुभकामना – मिडफिल्ड डटौं, अरु यथावत राखौं, र सकिन्छ भने केहि समय नयाँ स्ट्राइकर बिमल घर्तिमगरलाई पनि खेलाऔं, गजब स्किल देखाएकाछन् ती भाईले।
तपाइको मुल्यांकन सहि भयो निरज जी. बिमल भाइले नै उद्धार गरे नेपाली टिमलाई | अन्तिम समयमा गरेको गोलले जिते जस्तै भयो हामी सबैलाई | आजको खेल हेर्दा नेपालले खासै निराश नपारे पनि केहि सुनौलो अवसरहरु सधै झैँ गुमाए | हैन भने कम से कम अझै १ गोल बढी चै हुन्थ्यो होला तर मौकामा चौका हान्न सकेनन हाम्रा स्ट्राइकरले | जे होस् अब आगामी खेलमा पुराना र गोल गर्न नसक्ने भन्दा नया जोसका स्ट्राइकारलाई चान्स दिए केहि भै अलि राम्रो हुन्थ्यो | शुभकामना आगामी खेलका लागि नेपाली टोलिलाइ |
खेल आखिर खेल नै हो. हार जित जे पनि हुन सक्छ.. .हामी सबैको शुभेच्छ्या छ आजको खेलमा पनि नेपालले नै जितोस …अहिलेसम्मको performance र नेपालीहरुको morale ले पनि जित्नै पर्छ.. तर येदि परिणाम सोचे जस्तो भएन भने पनि हड्बदाउनु हुन्न..संयम गुमाउनु हुन्न . दर्शकको रुपमा नेपालीको अन्तरराष्ट्रिय छबि राम्रो छैन.. आफ्नो र देशको इज्जत राखौं.. जित को अग्रिम शुभ कामना..!!!