Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशमा काम गरिरहेकाहरु छुट्टीमा नेपाल आएर फर्कनु पर्दा के-के गर्नुपर्छ ?

Posted on September 3, 2013September 3, 2013 by Salokya

रातो संस्थागत रुपमा जानेहरुलाई दिइने अनुमति, हरियो व्यक्तिगत।
रातो संस्थागत रुपमा जानेहरुलाई दिइने अनुमति, हरियो व्यक्तिगत।

अख्तियारको कारबाहीपछि विदेश जाने नेपालीहरुले पाइरहेको दुःखबारेको ब्लगमा माइसंसारका पाठक डिल्ली, जीवन थापा र पारस ठकुरीले छुट्टीमा नेपाल आएर विदेश फर्कनेहरु वा नयाँ जान चाहनेहरुका लागि के कस्ता कागजात आवश्यक पर्छन्, त्यसबारे माइसंसारमा नै उल्लेख गरिदिए राम्रो हुन्थ्यो भनेर सुझाव दिएका थिए। दशैँमा नेपाल आउन चाहिरहेका अन्य धेरैको मनमा पनि यस्तै खुल्दुली लागेको हुनसक्छ। त्यसैले यसबारे छोटो चर्चा गर्न लागेको छु।

सबभन्दा पहिला विदेशमा काम गर्नका लागि भनी जान लागेका नेपालीहरुका लागि के के कागजात आवश्यक छ भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गएको भदौ ८ मा टाँसेको सूचना पढौँ-

श्रम स्वीकृति लिई विदेश प्रस्थान हुन आउनु हुने यात्रु महानुभावहरुलाई देहायका कागजपत्र प्रमाण पेश गर्न अनुरोध छ। अन्यथा यस कार्यालयबाट प्रस्थान अनुमति दिन नसकिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१) वैध राहदानी र भिसा
२) सक्कल भिसा भएपनि श्रम स्वीकृती लगायतका कागजपत्रसँग हुबहु विवरण खुलेको हुनुपर्ने
३) सक्कल भिसा नभएको अवस्थामा अनलाइनमा भिसाको सम्पूर्ण (पेशा कम्पनीको नाम आदि) विवरण हुबहु मिलेको हुनुपर्ने
४) अंग्रेजी र नेपाली भाषामा बाहेक अन्य भाषाका भिसा लगायतका कागजपत्र प्रमाणहरु नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट भाषा अनुवाद गरेको सक्कलप्रति
५) बीचमा छुट्टीमा नेपाल आएर फर्किनेको हकमा पनि उपरोक्त कागजपत्र प्रमाणहरु पेश गर्नुपर्ने

अध्यागमन कार्यालय
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभाग

अन्य भिसामा जान लाग्नुभएको भए त माथिका सबै कुरा आवश्यक भएन, तर काम गर्नका लागि जाने हो भने म्याद नसकिएको सक्कली पासपोर्ट र भिसा हुनुपर्‍यो; श्रम स्वीकृति लगायतको कागजपत्रसँग पासपोर्टको विवरण हुबहु मिल्नुपर्‍यो; सक्कल भिसा नभएको अवस्थामा अनलाइनबाट हेर्दा भिसाको सम्पूर्ण विवरण (पेशा, कम्पनीको नाम आदि) एक अक्षर यताउता नगरी मिलेको हुनुपर्‍यो; अरु भाषाका भिसा लगायतका कागजपत्र प्रमाणहरु अङ्ग्रेजीमा अनुवाद गरेको सक्कल प्रति बुझाउनु पर्‍यो।

म्यानपावरबाट जान लागेको भए त सबै काम उनीहरुले नै गरिहाल्छन्। मानौँ तपाईँ व्यक्तिगत रुपमा विदेशमा काम गर्न जाँदै हुनुहुन्छ त्यसो भए तपाईँले के गर्नुपर्छ ?

व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृति लिनुपर्छ। त्यसका लागि तीनकुनेको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्छ। तीनकुने पुग्ने बित्तिकै तपाईँलाई दलालहरुले ‘श्रममा आउनुभएको हो ?’ भन्दै सोध्न आउन सक्छन्। तर दलालको फन्दामा नपर्नु होला। सबै काम तपाईँ आफैले गर्न सक्नुहुन्छ। यसका लागि के के गर्नुपर्छ त ? यी कागजातहरु विभागमा बुझाउनु पर्छ-

•रीतपूर्वकको श्रम स्वीकृति फाराम/निवेदन (फाराम डाउनलोड गर्नुस्)
• राहदानी, भिसा, करार सम्झौता पत्र,
• स्वीकृति प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण प्रमाणपत्र,
• अभिमुखिकरण तालिम प्रमाणपत्र, (यो भनेको नेपालको वैदेशिक रोजगार कानून सम्बन्धी,वैदेशिक रोजगारमा जाने मुलुकको भौगोलिक स्थिति, संस्कृति,रहन सहन, आर्थिक, सामाजिक र राजनैतिक अवस्था, भाषा, श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम,एच.आई.भी./एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्य,व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य,सहज र सुरक्षित यात्रा,कामदारको आचरण, व्यवहार र सुरक्षा,विदेशमा कमाएको आय सरल, सहज र सुरक्षितरुपमा नेपाल पठाउने सम्बन्धी तालिम हो। एकपटक अभिमुखीकरण तालिम लिर्ई वैदेशिक रोजगारमा गएका कामदारले सोही मुलुकमा वैदेशिक रोजगारमा जाँदा पुनः अभिमुखीकरण तालिम लिनु पर्ने छैन। यस्तो तालिम दिने संस्थाको नाम यहाँ क्लिक गरी पढ्नुस‌्। तपाईँलाई यी सब कुरा थाहा भए पनि प्रमाणपत्र त चाहिन्छ)
• करार अवधि समेटने गरी गरेको बिमा,
• कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर (१ हजार रुपियाँ जम्मा गर्नुपर्छ तपाईँले)
• महिला कामदारको हकमा राजदुतावासबाट भेरिफिकेसन/प्रमाणित पत्र,
• खाडी मुलुक (साउदी अरब, कुवेत, कतार र दुवई) मा घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जाने महिलाको हकमा उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने र दूतावासबाट कागजात प्रमाणित भएको हुनुपर्ने,
• दूतावास भएका मुलुकमा जाँदा दूतावासको प्रमाणिकरण,
• दूतावास नभएका मुलुकहरुमा जान सम्बन्धित मुलुकको आधिकारीक निकायको प्रमाणिकरण ।

सब कागजात पुगेको भए तपाईँले निवेदन पेश गरेकै दिन श्रम स्वीकृति दिनु पर्छ। यसका लागि तपाईँको लाग्ने खर्च भनेको फाराममा टाँस्न रु.१० को टिकट र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा रु. १,००० जम्मा गरेको बैँक भौचर हो। यी सब कागजात तपाईँले व्यक्तिगत श्रम स्वीकृति शाखामा शाखा अधिकृत/नायब सुब्बा/खरिदारलाई पेश गर्ने हो। उनीहरुले रायसहित पेश गरेको तपाईँको निवेदनलाई निर्देशकले अन्तिम निर्णय गर्छन्। तपाईँलाई केही कुरामा चित्त बुझेन भने नोडल अधिकृतकोमा गुनासो गर्न सक्नुहुन्छ। काममा ढिलाइ सिलाइ गरे उजुरी तथा अनुसन्धान शाखामा उजुरी गर्न सक्नुहुन्छ। छानबिनमा दोषी ठहरिए तपाईँले क्षतिपूर्ति रकम समेत पाउनु हुनेछ।

त्यसैगरी तपाईँ विदेशबाट नेपाल आउनुभएको छ र फेरि फर्कन चाहनुहुन्छ भने श्रम स्वीकृतिको म्याद सकिएको भए नवीकरण गर्नुपर्नेछ। यसका लागि तपाईँले पेश गर्नुपर्ने मुख्य कागजात यस्तो छ-
• रीतपूर्वकको श्रम स्वीकृति फाराम/निवेदन,
• राहदानी, र सोको फोटोकपी,
• अवधी खुलेको भिसाको फोटोकपि,
• करार अवधि समेटने गरी गरेको बीमाको प्रति
• कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर,
• राहदानीमा अराइभल लेखेको स्टिकरको फोटोकपि।

सब कागजात पुगेको भए तपाईँले निवेदन पेश गरेकै दिन श्रम स्वीकृति दिनु पर्छ। यसका लागि तपाईँको लाग्ने खर्च भनेको फाराममा टाँस्न रु.१० को टिकट र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डमा रु. १,००० जम्मा गरेको बैँक भौचर हो। यी सब कागजात तपाईँले व्यक्तिगत श्रम स्वीकृति शाखामा शाखा अधिकृत/नायब सुब्बा/खरिदारलाई पेश गर्ने हो। उनीहरुले रायसहित पेश गरेको तपाईँको निवेदनलाई निर्देशकले अन्तिम निर्णय गर्छन्। तपाईँलाई केही कुरामा चित्त बुझेन भने नोडल अधिकृतकोमा गुनासो गर्न सक्नुहुन्छ। काममा ढिलाइ सिलाइ गरे उजुरी तथा अनुसन्धान शाखामा उजुरी गर्न सक्नुहुन्छ। छानबिनमा दोषी ठहरिए तपाईँले क्षतिपूर्ति रकम समेत पाउनु हुनेछ।

यसपछि तपाईँको काम श्रम कक्ष (लेबर डेस्क) मा हुनेछ। त्यहाँ तपाईँलाई वैदेशिक रोजगार विभागबाट दिइएको श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ, व्यक्तिगत नवीकरण) को स्टिकरमा निस्सा प्रदान गरिन्छ। त्यसका लागि तपाईँले पेश गर्नुपर्ने कागजातहरु-
• सक्कलै राहदानी तथा भिसा,
• विमा, कल्याणकारी कोषमा रकम जम्मा गरेको भौचर,
• संस्थागत रुपमा जानेको हकमा श्रम स्विकृति पत्र र इजाजत
पत्रवालालाई रकम बुझाएको रसिद/भौचर,
• अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको
प्रमाणपत्र,
• रोजगार सम्झौता पत्र।

यी कागजात तपाईँले श्रम कक्षमा रहेका ना.सु./कम्प्युटर अपरेटर/ खरिदारलाई बुझाउने हो। उनीहरुले रायसहित पेश गर्छन् र अन्तिम निर्णय शाखा अधिकृतले गर्छन्। केही गुनासो भए तपाईँले निर्देशककहाँ गएर गर्नुपर्छ। यी सब काम गर्न तपाईँलाई कुनै शुल्क लाग्ने छैन।

इमेलबाट सम्पर्क गर्न चाहे वैदेशिक रोजगार विभागका विभिन्न इमेल यस्ता छन्-

Director General
[email protected]

Administration
[email protected]

Individual
[email protected]

Orientation
[email protected]

Ujuri (Complaints)
[email protected]

इराकमा काम गरेर फर्केको हो भने चाहिँ तपाईँले श्रम स्वीकृति पाउनु हुन्न। किनभने इराकमा काम गर्नका लागि सरकारले स्वीकृत दिएको छैन। सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका देशहरुको नाम यस्तो छ-
list

सुरुमा अर्कै भिसामा विदेश गएर काम गर्न थाली काम गर्ने भिसा लिएको तर नेपालबाट श्रम स्वीकृति नलिएकाहरु पनि हुन्छन्। त्यस्ताले छुट्टीमा नेपाल आएर फर्कँदा श्रम स्वीकृति लिनु पर्छ। गएको महिना (साउन) मा कुन कुन देशका कति जनाले यस्तो स्वीकृति लिए त ?
repermit

कहाँ छ वैदेशिक रोजगार विभाग ? नक्सा हेर्नुस्-

View Larger Map

आशा छ, यो जानकारीले तपाईँलाई फाइदा गर्‍यो होला। अरु थाहा नहुनेहरुलाई पनि तपाईँले यसबारे जानकारी दिनुहोला है।

58 thoughts on “विदेशमा काम गरिरहेकाहरु छुट्टीमा नेपाल आएर फर्कनु पर्दा के-के गर्नुपर्छ ?”

  1. Ravi(Dubai) says:
    September 16, 2013 at 10:16 pm

    dubai बाट leave मा गएर फर्केको कोहि हुनुहुन्छ भने कृपया necessary document हरु के के चाहिने हो खुलाई दिनु भयो भने हामी जाने हरु सबै लाई सजिलो हुने थियो,
    example – म २००६ मा dubai आएको/every year छुट्टी मा जान्छु.२०११ मा श्रम गरेर आएको last year गर्नु परेन.यो year श्रम गर्नु पर्छ,अनि अरु के के चाहिने त/ म संग भएको document मेरो पासपोर्ट अनि तेसैमा भएको भीसा हो जुन २०१४ june सम्म valid छ.

    Reply
  2. Kamal Khanal says:
    September 6, 2013 at 2:22 pm

    हेलो सर, म यु. ए. इ मा कार्यरत छु. अनि मेरो प्रश्न चाही मेरो विसा दिसेम्बेर १८- २०१३ मा सकिन्छ अनि म छुट्टी अक्टुबर १-२०१३ देखि अक्टुबर ३०-२०१३ सम्म जाँदै छु . अनि फर्कने बेलामा मैले कसरी श्रम स्वीकृति पाउन सक्छु ?? किनकि मेरो नया विसा त म फर्के पछी मात्र रिनिउ हुन्छ … कृपया सल्लाह दिनुहोला कतै म नेपाल बाट फर्कने बेलामा समस्या त पर्दैन???

    Reply
  3. Anup says:
    September 5, 2013 at 11:57 am

    salokya Ji,

    छुट्टी बाट फर्किदापनी अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको
    प्रमाणपत्र, अनि रोजगार सम्झौता पत्र आवश्यक छ ?

    Reply
  4. BaLa Rai says:
    September 4, 2013 at 4:50 pm

    There is time limit in my annual vacation, I have so many things to short out within few days and report back to my job, if I fail to do so my company will not excuse me. I don’t have time to go to immigration office and get those required documents.
    I don’t understand why the Nepal government is giving us unnecessary tension only, instead of giving facilities to the public Nation.

    Reply
  5. Rajesh Nepal says:
    September 4, 2013 at 2:28 pm

    सालोक्य जी तपाइको यो ब्लोग मा लेखेको जानकारी सबैको लागि हितकारी भाहिरहेको छन् तपाईलाई धेरै धेरै धन्यवाद छ / अनि मेरो वोर्क भिसा नभएर डिपेनिंग भिसा हो हाल मा होंग्कोंग मा छु डिपेनिंग भिसाको लागि नेपाल बाट फर्किदा के के कागजाक चाहिन्छा? जानकारी पाएमा आभारी हुने थियो /

    Reply
  6. Rajesh says:
    September 4, 2013 at 2:18 pm

    यो कागजात labour Visa को लागि मात्र हो कि Professional Visa को लागि पनि हो ?

    Reply
  7. chandra says:
    September 4, 2013 at 2:16 am

    जानकारीको लागि धन्यबाद !!!

    सबै कुरा बुजे तर मैले नबुझेको कुरा के हो भने यदि कामदारले दुइ सालको लागि सम्पूर्ण कागजात ,,सरम स्वीकृत गरि विदेश गयो …कारण बश कामदार विदेश बाट अकास्मित दुइ साल पुरा हुन नपाउदै …. घर अर्थात् नेपाल आउन पर्यो ताकि दुइ साल पुग्न ५ महिना बाकी छ …हो तेस्को लागि कामदार पुन …बिना कागजात फेरी विदेश फर्कन पाइञ्छ कि नाइँ ?
    र अर्को कुरा कामदारको राहदानी को समय अबधि कति महिनाको हुदा सम्म प्रवेश अनुमति छ कृपया यसको जानकारी खुलस्त परि दिए म लगाएत सम्पूर्णको हित हुने थियो कि श्लोक जी ……….उत्तरको प्रतिक्षमा !!!!

    Reply
  8. तुल बहादुर says:
    September 4, 2013 at 1:56 am

    लौन हजुर छुट्टी काटेर आउने हरुलाई त किन यप मेडिकल गर्नु पर्यो किन एग्रिमेन्ट चाहियो अख्तियारले छुट्टीमा गएर आएकालाई दुख नदिनु भन्दिनु पर्यो !

    Reply
  9. Vishnu Pyakurel says:
    September 4, 2013 at 1:49 am

    शालोक्य जी, पहिले त हार्दिक धन्यवाद अति नै उपयुक्त जानकारीका लागी ।
    यतिका बिधि कमेन्टहरू पढेँ तर मेरा लागी उपयुक्त भने एउटै फेला पार्न सकिनँ । मैले नी दशैँमा घर जाने सोच बनाइरहँदा तपाइको यो जानकारी हेरे पछि र अख्तियार र यो सरकारी कर्मचारीहरूको जुहारीले दिमाग रन्थनियो ।
    मै बुझ्न नसकेको कुरा के हो भने मेरो भिषा ८ वर्ष पूरानो हो । जुन कम्पनीको लागी म यहाँ सुरूमा आएको थियो सो अहिले ३ वर्ष देखि परिवर्त भइसकेको छ । यही विचमा म ४-५ पटक अहोर दोहोर नी गरिसकेँ । परार श्रम गरेको थिएँ, जुम मैले अब गर्नै पर्छ त्यो त बुझेकै थिएँ कि श्रम हरेक दुइ दुइ वर्षमा गराउनु पर्छ भनेर । जुम अब यो पटक गराउँला । मेन कुरो त के भने यो भिसा अचेल साउदी सरकारले पासपोर्टमा नभइ इलेक्ट्रोनिक दिन्छ जसलाइ हामी Exit-Re-Entry भनेर बुझ्ने गर्छउँ । यो अंग्रेजी र अरबी दुबै भाषामा हुन्छ ।
    पहिलो कुरो – यसलाइ सरकारले मान्यता दिएको छ अथवा छैन ?
    दोस्रो कुरो – के मैले पहिलो पटक आउँदाको ३ महिने म्याद भएको उक्त भिसा (पहिलो पटक साउदी आउँदा यस्तै ३ मिहनाको जम्मा म्याद भएको भिसा दिएको हुन्छ) लाइ अनुवाद गराउनु पर्छ या पर्दैन ? (यो त्यही बेलामा पनि अनुवाद गराएकै थिएँ ।)
    अब अर्को कुरा तपाइले माथी भनेँ झै, रोजगार करार पत्र भन्नाले सुरूमा आउँदाखेरिको रोज्गारदाता जस्तो ३ महिने म्याद सकिएको बर्षउ भयो फेरि उसैसंगको करारपत्र हो अथवा जुन रोजगारदाताले हाल मलाइ छुट्टी दिएको हुन्छ उसैसंग लिनु पर्ने हो ?
    अन्ति कुरो, के मैले फेरि स्वस्थ्य परिक्षण गर्नु पर्छ ?
    यही कुरो म तपाइले दिएको ठेगामा समेत इमेल त गर्ने नै छु, तपाइले पनि वा कुनै साउदी फर्किसक्नु भएको मित्रहरूलाइ कुनै थप जानकारी भए कृपया शेयर गरिदिनुहुन अनुरो पनि गर्छु । तपाइहरूको सानो शेयरले हाम्रो शालोक्यजीले गर्नु भए जस्तै ठूलै कार्यमा मद्दत गर्ने थियो म जस्ताहरूका लागी ।
    फेरि पनि माइसन्सार लाइ हार्दिक धन्यवाद ।
    हालः साउदी अरब ।

    Reply
  10. इश्वर थापा says:
    September 4, 2013 at 12:52 am

    ८/१० वर्ष बिदेस मा बितायको, विसाको म्याद सकिन बाकी रहेको छुट्टी मा घर गइ फर्किदा अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र, किन चाहिय होला, बिदेस मा विसा लगाउदा स्वस्थ्य मा पास भयर नै विसा लगाईन्छ हे भगवान कति दुख दिने भयौ हामि जनतालाई ………..

    Reply
  11. Salil says:
    September 3, 2013 at 10:24 pm

    श्रम स्वीकृति कसले लिनु पर्छ र कसले पर्दैन भन्ने कुनै निर्देशिका भए जानकारी पाउ मित्र वर्ग ?

    Reply
  12. जीवन थापा says:
    September 3, 2013 at 8:44 pm

    सालोक्य जी, जानकारीको लागि धेरै धेरै धन्यबाद. नेपालको बदलिदो नियम कानुनले गर्दा छुट्टीमा गएर कहाँ गएर के गर्ने र कसरी गर्ने भनेर अन्नयोलमा परिएका म जस्ता थुप्रै बिदेशी भूमिमा श्रम गरिरहेका दाजु भाई तथा दिदिबहिनीहरुलाई तपाइको खोजमुलक लेखले धेरै सजिलो बनाइदिएको छ | धन्यबाद.

    Reply
  13. MUKUND PAUDYAL says:
    September 3, 2013 at 7:59 pm

    सालोक्य जी,

    नमस्कार अनि जानकारी को लागि धन्यवाद .

    इटालीमा परीवार सहित बस्ने हरुको हक मा परीवारका सदस्य( सबै जना को PERMANENT CARD इटालियन भाषामा भएको ) नेपाल जाँदा आउँदाको के कस्ता Document हरु आवश्यक पर्छ कृपया यस बारेमा पनि केहि जानाकारी दिनु हन्छ ।

    मुकुन्द पौड्याल
    इटाली

    Reply
  14. moon gurung says:
    September 3, 2013 at 7:20 pm

    बिमानस्थलमा अब खाने भाड़ो दुलो पर्यो नाना थरिको प्रमाण चाहियो /
    धन्नेबाद अख्तियार अनुसन्धान कर्मचारीहरुलाइ ……

    Reply
  15. एकेन्द्र कार्की says:
    September 3, 2013 at 6:45 pm

    मैले गत बर्ष २ बर्ष को लागि श्रम स्विक्रिती लिएर दुबइ आए थिए अनी तेस्को २ महिनामै म दुबइबाट क्यान्सिल गरेर नेपाल गए फेरी पुरानै कम्पनिले भिसा पठाइ दियो तर अझै श्रम स्विक्रिती बाँकीनै थियो श्रम मन्त्रालय मा फोन गरेर सोध्दा खेरी फेरी श्रम गर्नुपर्छ भन्ने कुरा बताइयो फेरी प्रकृया सोध्दा खेरी मेन्पावोर कम्पनी बाट आउनुस् फाइल लिएर भन्यो अनी म म्यानपावर कम्पनी चाहर्दै जादा १ ००० मा म्यानपावर कम्पनी ले काम गरिदियो त्यो पनि चिने को मान्छेले नत्र २५००० लाग्छ भन्दै थे अरु ले । १० दिन लाग्ने कुरा बताए तर काम ३ दिन मा नै भयो । तेस्मा पनि मेरो ओर्गिनल visa अनि trade चेन्ज गरेर कम्पनी को नाम पनि चेन्ज गरेर मेरो श्रम स्विक्रिती निकालियो । मेरो श्रम स्विक्रिती जेनरल लेबर को र तलब पनि कम्ति गरियो अनि मात्रै श्रम स्विक्रिती प्राप्त भयो अब म छुटी मा जादा कतै नक्कली श्रम स्विक्रिती हो भनेर पक्राउ त खाने होइन? visa क्लार्क को छ तर श्रम स्विक्रिती मा लेबर छ .

    Reply
  16. Abhi says:
    September 3, 2013 at 6:22 pm

    नेपाली नागरिक घुम्न जाऒस कि काम गर्न जाऒस, सम्बन्धित देश को भिसा वा ON-ARRIVAL भिसा दिने देश हो भने त्यसको लागि चाहिने कागज र बिमा मात्र भए किन नपुग्ने /
    अरु सब नौटंकी हो, अब को जमानामा कोहि नेपाली पनि लाटो छैन,
    नेपाल गरिब भयर हो धनि देश को नागरिक लै कहिँ पनि भिसा चाहिदैन वा चाहिएमा पनि on ARRIVAL दिन्छन,
    सबै मिलेर नेपाल देश धनि हुने सानो सानो काम पनि गर्दै गरम . विदेश जाने भनेर नेपाल मा हात बाधेर नबसम ,

    Reply
  17. Suman Bhote says:
    September 3, 2013 at 6:20 pm

    यो सब एरपोर्ट मा हेर्ने कि बैदेसिक रोजगार बिभाग ले हेर्ने…??
    किन येति गार्हो गरेको??
    यो सब बैदेशिक रोजगार बिभाग ले हेर्नु पर्ने हो…. र स्टाम्प लगाए पछि… एरपोर्ट मा visa , पस्स्पोर्ट र बैधेसिक रोजगार को स्टाम्प ले पुग्नु पर्ने हो…… यो ऐर पोर्ट को काम हो जस्तो लागेन मलाई…..
    यो सब पैसा खाने दाउ मात्र हो…..
    राम्रो २ बर्से visa पाउन लाई middle -east मा सकली मेडिकल रिपोर्ट पठाउनु पर्छ… राम्रो पोस्ट को job कुरागरेको… एक महिने visa लाई मेडिकल रिपोर्ट फठाउनु पर्दैन…
    र बीच मा छुट्टि मा आउने ले के देखाउने? फेरि नेपाली को पैसा विदेश र सोदेश मा फजुल खर्च गराईदिने?? २००-३०० दिनार/रियल खर्च गरिदिने, यो offical रिपोर्ट बनौन लाई?

    Reply
  18. tikka says:
    September 3, 2013 at 5:27 pm

    जानकारी को लागि मुरी मुरी धन्यवाद सालोक्यजी, पोहिला छुट्टी काटेर फर्किंदा तिनकुने मा धेरै दुख: गरेर बल्ल बल्ल श्रम गराएको थिए येस्पली झन् धेरै दुख: पाईला जस्तो छ नया विशा मा आउने हरुलाई त ठिकै हो तर छुट्टी काटेर फर्किने हरुलाई किन स्वास्थ्य परिच्छनको प्रमाणपत्र खोजेको होला ????

    Reply
  19. Basanta Shrestha says:
    September 3, 2013 at 4:35 pm

    Hi Salokya Ji
    Namaskar from Singapore,

    Hats off to you for this selfless service by bringing all these Important Information among us Nepalese in Abroad all the while,
    I have always enjoyed and benefited reading MySansar news & Articles. I wish you a successful journey ahead and hope to continue see Mysansar grow and reach millions of people around the world;

    The Article above is Truly one of the important/useful information you have shared; I had this in my mind for long time, and was very happy to read in your blog;
    I am currently working in Singapore and just returned from Nepal Last week; Luckily I was not stopped at the Immigration though I did not have the ”Foreign Employment Permit”. the Ticket Office and Immigration office both asked me few questions but they allowed me to Enter once I showed them My ”Employment Card Issued by Singapore”.
    I believe, Next time I need to get the Foreign Employment Permit there before I return

    In couple of months, My Wife and Baby will be coming to Singapore as well, wondering what kind of documents will they require to produce at Immigration? any idea? My wife has a Legal ”Dependent Pass” Issued by Singapore for 3 Years. My baby will also have a dependent Letter from Singapore Government, but not sure the Immigration will ask for any more documents;

    Anyway, my purpose here is mainly to thank you again for this useful article & selfless service to the people you have rendered,

    Keep going Salokya Ji,
    Best wishes

    Basanta Shrestha
    Singapore

    Reply
  20. sojhogurung says:
    September 3, 2013 at 3:48 pm

    EPS बाट कोरिया गएका हरुको visa १ बर्षको मात्र हुन्छ जबकि बसी अवधि ४ वर्ष १० महिना को अनि त्यहाँ कम छाडेर बस्न पाइने ३ महिना मा बिदामा आउने पनि धेरै हुन्छन अब उनीहरु संग न त पासपोर्ट मा visa नै हुन्छ न त सम्झौता पत्र नै खै त्यहाँ को बिदेशी ID कार्ड हुन्छ के होला उमेश जी हामीहरु जस्तालाई चै ?

    Reply
  21. T Dhital says:
    September 3, 2013 at 2:44 pm

    उमेश जी
    Belgiam , Tunetia , albenia , Bolevia , भन्ने नाम भएको देश त मैले एटलस मै भेटिन त हौ , मलाइ राम्ररी थाहा छ यो गल्ति तपाइँ को हैन , हरे नेपाल का सरकारी कर्मचारी ……….. देख्ने लाइ लाज !!!!!

    Reply
  22. kapil bharati says:
    September 3, 2013 at 1:41 pm

    सालोक्य जी,

    नमस्कार अनि जानकारी को लागि धन्यवाद .

    दोहा कतारमा परीवार सहित बस्ने हरुको हक मा परीवारका सदस्य नेपाल जाँदा आउँदाको के कस्ता Document हरु आवश्यक पर्छ कृपया यस बारेमा पनि केहि जानाकारी दिनु हन्छ ।

    कपिल भारती
    दोहा कतार

    Reply
  23. Laxman Ranabhat says:
    September 3, 2013 at 12:28 pm

    तर मैले नबुझेको एउटा कुरा के भने नि, छुट्टीमा बिदा मनाउन आउने हरुले श्रम स्वीकृति लिने कुरा त ठिकै हो तर पुन मेडिकल पनि गर्नु पर्ने ?

    Reply
  24. Om Crestha says:
    September 3, 2013 at 12:10 pm

    Business Visa मा कतार आउन के के गर्नुपर्छ? Salokya जी ले यस बारे केहि प्रकिया छन बताई दिनुभयो भने म आभारी हुन्थिए.

    Reply
  25. Paras Thakuri says:
    September 3, 2013 at 12:03 pm

    सालोक्य जी, तपाई दिनु भएको जानकारी सारै नै चित्त बुझेको छ तै पनि मा २/४ वोटा कुरा clear गर्न चाहन्छु.
    ०१. अनुमति प्राप्त संस्थाबाट लिएको स्वास्थ्य परीक्षणको
    प्रमाणपत्र:- म अहिले Dubai बसेको १० वर्षा भन्दा बढी भयो र मैले कहिले पनि स्वास्थ परिछें को रिपोर्ट पेश गरेको थिन. अब के मैले मेरो श्रम स्वीकृति नबिकरण गर्न यो रिपोर्ट पेश गर्नु पर्ने हो?

    ०२. रोजगार सम्झौता पत्र:- म अहिले जुन कम्पनि मा काम गर्छु त्यो कम्पनि संग मैले २००६ मा contract गरेको हो र सो contract कुनै एउटा निश्चित अबधि को लागि नभई unlimited period को लागि हो. अब मैले श्रम स्वीकृति नबिकरण गर्दा तेही पुरानो सम्झौता पत्र पेस गर्ने हो कि नया सम्झौता पेस गर्नु पर्छ. अनि अर्को कुरा मैले २००६ मा सम्झौता गर्दा मेरो पोस्ट assistant थियो तर अहिले मा Assistant Manager भएको छु जुन मेरो भिषा मा पनि उल्लेख छ र मेरो भिषा को म्याद अहिले सम्म पनि छ. अब मैले श्रम स्वीकृति नबिकरण गर्न किन contrat पत्र पेश गर्नु पर्यो. अनि येदि सम्झौता पत्र पेश गर्नु पर्ने भए सक्कल नै गर्नु पन्रे हो कि नक्कल भए पनि हुन्छा स्पस्ट गरि दिनु भए हुने थियो.

    ०३. करार अवधि समेटने गरी गरेको बीमाको प्रति:- जब मेरो सम्झौता unlimited period को लागि छ भने मैले कसरि करार अबधि समेट्ने गरेर बीमा गर्नु?

    Reply
    1. Pushpa Sharma says:
      September 4, 2013 at 7:26 pm

      सालोक्य जी लाई धन्यवाद जानकारीको लागि .एती धेरै प्रश्न को उत्तर दिने काम सालोक्यजी को होइन भन्ने ठन्छु। उहाले चाहेर पनि केस by केस basis हेर्नु पर्‍यो भने पनि बूदो हुन्छ reply दिदा दिदा। This is absolutely neverending topic कि यो सम्बन्धी छुत्टै ब्लग बनाये पनि कम् हुन्छ। Becoz every individuals have individual problem related to visa category itself and not to mention other dependants related to it. यो चै सम्बन्धित निकाएको कुनै इमान्दार कर्मचारीलेनै जवाफ दिएको राम्रो। कम्तिमा reference पनि खुल्छ र जवाफदेइता पनि होइन र। तेसैले साथी हरु एस्ता कुरा Salokya जि लाई भन्दा आँफै personally deal गरेको राम्रो। उहाले उपलब्ध जानकारी राखिसक्नु भयो, अरु तपाईंहरुकै जिम्मा

      Reply
  26. Nabin Adhikari says:
    September 3, 2013 at 12:02 pm

    सबै पाठकहरु लाई यौटा प्रस्न छ ?जस्तो की कोही व्यक्ति visit visa मा दुबई, कतार आएको छ यहाँ आएर visa change गरो (working visa) अब vacation मा नेपाल गए र आउदा श्रम स्वीकृति लिन लाई आवश्यक document के के चाइनेछ ?

    Reply
  27. Navraj pandey says:
    September 3, 2013 at 11:51 am

    सालोक्य जी

    UAE मा परीवार सहित बस्ने हरुको हक मा परीवारका सदस्य नेपाल जाँदा आउँदाको के कस्ता Document हरु आवश्यक पर्छ कृपया यस बारेमा पनि केहि जानाकारी दिनु हन्छ ।

    नवराज पाण्डे

    Reply
  28. Bikash says:
    September 3, 2013 at 11:42 am

    Visit Visa मा जाने हरु को लागि के कस्तो formality छ ? येस को बारे मा केहि बताई दिनु हुन्छ?

    Reply
  29. Rajesh says:
    September 3, 2013 at 11:39 am

    Very good work – GoN officials should learn from you !

    What about the people working for international organizations , Do they need श्रम स्वीकृति as well ? who needs श्रम स्वीकृति and who doesn’t – is there any guide on this ?

    Reply
  30. देवेन्द्र कार्की says:
    September 3, 2013 at 10:58 am

    उमेशजीलाई धेरै धन्यबाद छ.!
    नालायक सरकारले गर्नु पर्ने काम उमेश्जीले गरेर बिदेशमा आफ्नो श्रम बेच्ने लाखौ जनशक्तिलाई राम्रो गुण लगाउनु भएको छ|
    तर मैले नबुझेको एउटा कुरा के भने नि, छुट्टीमा बिदा मनाउन आउने हरुले श्रम स्वीकृति लिने कुरा त ठिकै हो तर पुन मेडिकल पनि गर्नु पर्ने ?? किनकि जुन देशमा कार्यरत छौ तेही नै भिसा लगाउनु भन्दा पैले मेडिकल परिक्षण गरि ठिक भए लगाइञ्छ र नभए स्वदेश फिर्ता पठाइञ्छ| जहाँ काम गर्ने हो त्यो देशको सरकारले काम गर्न योग्य छ भनेर प्रमाणित गरि सके पछि बिदा मनाएर फर्कदा पुन मेडिकल गर्नु पर्ने नियम तेती ब्यबहारिक देखिदैन| त्यसमा पनि घरैमा बसी बसी मेडिकल रिपोर्ट पाइने हाम्रो देशको मेडिकल रिपोर्टको खासै महत्व होला जस्तो लाग्दैन|
    कृपया, अलि बिस्तार गरि दिनु भए आभारी हुने छु|

    धन्यबाद!

    Reply
  31. Raju Rana - Mahendra says:
    September 3, 2013 at 10:54 am

    नियम कानुन भनेको सबै वर्ग लाई लागु हुन पर्छ … त्यही हो पैसाको नाम मा कागजात तल माथि नभई/नगरिकन सबै ले आफ्नो आफ्नो कर्तब्य र दाईत्व निर्बाह गरे सबै को लागि राम्रो. त्यही हो श्रम स्वीकृति पनि आफ्नो आफ्नो जिल्ला र ठाउँ बाट नै गर्ने व्यवस्था गरे सबै लाई सहुलियत हुने थियो कि …

    Reply
  32. Pankaj says:
    September 3, 2013 at 10:50 am

    INGO मा तर करार अबधि को लागि मा काम गर्न जाने ले पनि यस्तो अनुमति पत्र लिनु पर्छ कि पर्दैन ? के प्राबधान रहेको छ होला कसैलाई थाहा छ भने share गर्नु होला /

    Reply
  33. Sabir says:
    September 3, 2013 at 10:45 am

    Great Job mysansar !!
    The country I work is not listed above and My visa in Portuguese says ” autorizacao de estadia especial ” means “special permit to stay” .
    Do I need present official translation of this visa. ? or all of the above documents ?

    Thank you in advance for help.

    Reply
  34. Sagar Thapa, Dubai says:
    September 3, 2013 at 10:41 am

    श्रम स्वीकृतिको म्याद सकिएको कसरी थाहा पाउने, म दुवै मा काम गर्न लागे को 5 यर्स हुन लागेयो same company मा , अनि मलाई फेरि बिदा मा आउदा श्रम स्वीकृति लिनु पर्ने हो ?? ( पहिले manpower बाट श्रम स्वीकृति गरे कै हो )

    Reply
  35. बिजय says:
    September 3, 2013 at 8:56 am

    अती नै उपयोगी जनाकारी को लागी उमेश सर लाइ धेरै धन्यबाद,
    मेरो प्रस्न हजुर लाई

    – म संग UAE को भिसा छ तर करार अवधि समेटने गरी गरेको बिमा भन्नाले काम गर्न जाने कम्पनी ले उपलब्ध गराउनु पर्ने बिमा हो नी होइन ?

    – कल्याणकारी कोषमा रकम जम्मा गरेको बैंक भौचर, यो रकम कहाँ र कुन बैंक मा बुझाउनु पर्ने हो ?

    – दूतावास भएका मुलुकमा जाँदा दूतावासको प्रमाणिकरण, यो प्रमाणिकरण कसरी प्राप्त गर्न सकिन्छ ? नेपाल मा त सम्भब छेन होला ? जब की मैले job online apply गरेर पायको छु।

    Reply
  36. Jitman Rai 'Sabin' says:
    September 3, 2013 at 8:51 am

    बहुत उपयोगी लाग्यो । लाखौ युवा शक्ति विदेश मै छन् । हजारौको संख्यामा छुटी मनाउन स्वदेश फर्किन्छन । फेरी केहि वर्ष अघि सम्म यो नियम पनि थिएन । नियम परिवर्तन गरे पछि समय-समयमा नेपाल सरकारले सबैको हितको लागि सूचना जारी गर्नु पर्ने हो । तर ठग्न पाइन्न भनेर थाहा पाउलान कि जस्तो पो गर्छ बैदेशिक रोजगार बिभाग पनि । सरकारले गर्ने कम मेरो संसारले गर्यो, यो ठुलो काम हो । धन्यवाद उमेश जी ।

    Reply
  37. Subba vishwakarma says:
    September 3, 2013 at 7:55 am

    यो मेरो तेस्रो पाली हुने छ श्रम स्वीकृति लिने पालो सबै आफै मिलाएको थिए तर यो पाली मेडिकल चाहिन्छ भन्दा नया कुरा लगेओ पहिला दुई पटक चहिएअको थिएन छुट्टि मा आएर श्रम लिदा के होला खुलाई दिनु हुन्छ कि?

    Reply
  38. guru says:
    September 3, 2013 at 7:21 am

    दुवै visit visa मा जादा के के कागज देखाउनु पर्छ होला please प्रस्ट पारिदिनु होला !

    Reply
  39. pramod says:
    September 3, 2013 at 7:12 am

    सब भन्दा पहिले त तिनीहरु लाइ skilled and unskilled labour को लागि फरक फरक प्रोसेस गर्नु पर्ने . skilled लाइ अभिमुखिकरण तालिम प्रमाणपत्र किन चाहिएको होला ? येति धेरै documents किन चाहिएको होला ? valid passport एंड visa भए पुग्दैन र ? धेरै झन्झट नियम बनाएर पैसा खाने उपाय जस्तो लग्यो , त्यहि भएर त्यो office आगाडी त्यति दलाल भएको हुनु पर्छ. बिमा त कम्पनी मा पुगेर job सुरु पछि पनि कम्पनी ले बनाउन सक्छ . श्रम स्वीकृति लियो भने हामीलाई के फाइदा छ ? अरु देश मा working visa मा काम गरेको र श्रम स्वीकृति भएको ले नेपाल फर्कदा dollar लान केहि सहुलियत दिन्छ कि ?

    Reply
  40. Pramesh says:
    September 3, 2013 at 7:05 am

    धेरै गार्हो प्रक्रिया रहेछ| तेही भएर नै एयरपोर्टमा घम्साघम्सी पर्दो रहेछ|

    Reply
  41. विशाल सुबेदी, हेटौंडा says:
    September 3, 2013 at 6:54 am

    “अन्य भिसामा जान लाग्नुभएको भए त माथिका सबै कुरा आवश्यक भएन, तर काम गर्नका लागि जाने हो भने म्याद नसकिएको सक्कली पासपोर्ट र भिसा हुनुपर्‍यो” यो के भन्न खोजेको हो , पासपोर्ट पनि सक्कली र नकाल्ली हुन्छ र हाम्रो नेपालमा ??

    Reply
  42. Jeevan Thapa says:
    September 3, 2013 at 6:54 am

    सालोक्य जी ,

    माई संसारले यस्ता सुचनामुलक कुराहरु समाबेश गरेको मा मुरी मुरी धन्यबाद !!! !!
    मलाइ लाग्छ अहिले धेरै साथीहरु Machine Readable Passport (MRP) बनाउने तरखरमा हुनुहुन्छ होला … साथीहरुलाई यो सम्बन्धि पनि केहि जानकारी माई संसारले दिने हो भने सुन मा सुगन्ध हुने थियो !!!

    Reply
  43. Radheshyam says:
    September 3, 2013 at 6:18 am

    म यो नियम देखेर छक्क छु ! जस्तो तपाईसंग जापानको
    वोर्क परमिट छ ! तपाइले visa नसकिदै काम छोडेर Nepal फर्कनु
    भयो र केहि समय नेपालमा बिताएर फेरि सोही भिसामा Japan फर्कदै हुनुहुन्छ
    तर अब तपाईसंग करार पत्र (contract paper ) छैन तर visa चाही बाकी छ भने
    तपाइले श्रम स्वीकृति पाउने कि न पाउने तपाई जापान फर्कन पाउने कि नपाउने ?

    Reply
    1. Salokya says:
      September 3, 2013 at 10:01 am

      वर्किङ भिसामा जाने हो र तपाईँ नेपाली नागरिक हो भने त श्रम स्वीकृति लिनै पर्‍यो नि। करार पत्र नभई श्रम स्वीकृति दिन मिल्ने त कुरै भएन ।

      Reply
      1. Radheshyam says:
        September 3, 2013 at 11:49 am

        सलोक्याजी इन्फोमेशनको लागि धन्यबाद तर तपाईसंग जापानको visa बाकी हुदाहुदै र तपाइलाई Japan गएर काम खोज्ने अनुमति जापान सरकारले दिएको हुदा हुदै Nepal सरकारले श्रम स्वीकृतिको नाममा तपाइलाई जापान जानबाट रोक्न मिल्छ ? जबकी तपाई संग वोर्किंग visa छ भने तपाई जापान गएर अर्को काम खोज्न सक्नु हुन्छ | यो नियम त ब्यबहारिक भएन नि !

        यसको अर्थ काम छोडेर नेपाल नफर्क , फर्कनु छ भने काम हुदै contract paper लिएर फर्क
        अनि कथित श्रम स्वीकृतिको नाममा सरकारलाई पैसा बुझाऊ भन्ने हुन्न ?

        र मलाई जहाँ सम्म लाग्छ तपाईसंग visa छभने त्यो मुलुक फर्कनलाई त्यहाको अध्यागमनले कुनै रोकतोक गर्दैन तर नेपालमा के को टाउको दुखाई?

        यो त ब्यबहारिक छैन भन्न खोजेको हो !

        Reply
        1. Salokya says:
          September 3, 2013 at 12:16 pm

          अझ स्पष्ट हुनलाई वैदेशिक रोजगार विभागका Director General लाई
          [email protected] मा र तपाईँ व्यक्तिगत रुपमा जाने भएकोले [email protected] मा इमेल गरेर बुझ्ने कि ! इमेलको जवाफ नआए [email protected] मा उजुरी गरिदिनुस्।

          Reply
  44. rakesh says:
    September 3, 2013 at 4:43 am

    हजुर उमेश जी,
    मेरो सानो प्रश्न तपैन्लाई.
    म पोर्तुगल बस्छु र म संग पोर्तुगल को रेसिदेंस कार्ड कार्ड छ ?
    मलाई नेपाल बाट फर्कन नेपाल को श्रम को form भर्नु पर्छ कि पर्दैन ?कृपया बतैदिनु भए आभारी हुने थिएँ
    जे गणेश
    राकेश
    हाल लिस्बोन

    Reply
  45. Binod Bhusal says:
    September 3, 2013 at 3:23 am

    उमेश जी लाइ धेरै धन्यबाद.

    यदि मेरो USA को ग्रीन कार्ड छ भने, मैले श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ? कोहि अनुभवीले बताइदिनु भए आभारी हुने थिएँ.

    Reply
    1. Manoj Thapa says:
      September 3, 2013 at 8:39 am

      Green card means permanent resident. Permanent resident means you can stay indefinitely in that country (that’s what the permanent resident of any country actually means). If you have the authority to stay indefinitely in any country, why you need other work authorization documents? I guess you got your green card through REFUGEE OR ASYLUM, you still don’t have the meaning of green card. Every information regarding green card is given in ‘uscis’. You can go in there and read the rights and privileges of a permanent resident.

      Reply
      1. bibek says:
        September 4, 2013 at 7:55 am

        Hello sir ,

        I am a PR Permanent resident ओफ अस्ट्रेलिया.

        यदि मेरो Australia को ग्रीन कार्ड छ भने, मैले श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ? कोहि अनुभवीले बताइदिनु भए आभारी हुने थिएँ.

        Does the new rule imply to the PR too.

        THANKING YOU IN ANTICIPATION

        Reply
  46. dabal bdr bohara says:
    September 3, 2013 at 2:58 am

    Dubai आउन को लागि अबुधाबी मा रहेको नेपाल एमबिसी बाट विशा प्रमाणीकरण गर्नु पर्ने उल्लेख गरियको छ l तर प्रमाणीकरण गर्न को लागि लाग्ने सुल्क उल्लेख गरियको छैन क्रिपया लाग्ने सुल्क उल्लेख गरि दिनु भय मा लगायत धेरै बिद३एश आउन चाहने नेपालीहरु आभारी हुने थियौ l तर येह स्थित नेपाली एमबिसी मा जादा प्रमाणीकरण को लागि दिराम ५००० (नेपाली १३५०००) माग्ने गरि रहेका छन् भन्ने कुरा सुन्न मा आय को थियो l साचो कुरा के हो क्रिपया बताई दिनु होला l

    Reply
    1. Netra Karki says:
      September 3, 2013 at 9:40 am

      नेपाल embassy अबु धाबीमा भिसा प्रमाणीकरण गरेको AED ३०० लाग्छा. साथै तपाइको आफ्नो नजिक को आफ्नो मान्छेले मात्र प्रमाणीकरण को लागि आवेदन गर्न सक्छ. अथवा तपाई UAE बाट exit भएको ६ महिना भन्दा बढी हुनु हुदैन. प्रमाणीकरण गर्न तर्यो exit भएको स्टाम्प को कापी सहित आवेदन दिनु पर्छ. प्रमिकरण गर्नको लागि कम्पनी को ट्रेड लाइसेन्सको कपि, तपाइको अफर लेटर, अनि सक्कल विस सहित आवेदन दिनु पर्छ. येदि तेसो गर्न सकिने अवस्था छैन भने तपाइको भिसा प्रमाणीकरण कसैगरी पनि हुन सक्दैन. तपैले नेपालमा एउटा manpower कम्पनी संग मिलेर मात्र आउन सक्नु हुन्छा. तपाई manager को job भए पनि माथिको प्रक्रिया पुरा गर्नु पर्छ.

      Reply
  47. Anil ktm says:
    September 3, 2013 at 2:38 am

    सालोक्य जी, यो त एकदम जानकारी मुलक कुरा हो/ यसको लागि धेरै धेरै धन्यवाद/ अनि विदेश बात के के समान ल्याउन पाउने त्यसको पनि केहि जानकारी गरि दिनु भए अझ राम्रो हुन्छ कि..? सुन्न मा आएको अब देखि LCD TV 30″ को भन्सार लाग्दैन रे… LCD TV त 32″ को देखि मात्र हुन्छ/ 30″ को गर्नु को कारण के हो अथवा मैले पाएको जानकारी नै गलत हो…?? यदि मैले पाएको जानकारी सहि हो भने, LCD 32″ ल्याउँदा 2″ को हिसाब ले मात्र भन्सार तिरे पुग्ने हो कि वा 32″ कै हिसाब ले नै तिर्नु पर्ने हो? किन कि 30 ” सम्म त फ्री हो नी…… कृपया हजुरलाई केहि जानकारी छ भने बताई दिनुहोस….. धन्यवाद

    Reply
    1. Salokya says:
      September 3, 2013 at 9:41 am

      माइसंसार नियमित पढ्ने गर्नुभएको भए यो प्रश्न सोध्नु हुन्न थियो होला। यसबारे हामीले गएको जुलाईमा नै जानकारी दिएर छलफल समेत गरिसकेका थियौँ । यहाँ क्लिक गरी हेर्नुस्
      http://www.mysansar.com/2013/07/5602/

      Reply
  48. Deepen says:
    September 3, 2013 at 2:36 am

    ‘करार अवधि समेटने गरी गरेको बिमा’ भन्नाले के बुझिन्छ?

    Reply
    1. Salokya says:
      September 3, 2013 at 9:48 am

      मानौँ तपाईँ ३ वर्षको कन्ट्र्याक्ट (करार) गरी विदेशमा काम गर्न जाँदै हुनुहुन्छ भने ३ वर्षका लागि म्यादी जीवन बीमा गर्नुपर्छ। वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने सबै कामदारले जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशमा काम गर्दाको समयमा शारीरिक चोटपटक लागेमा वा अङ्गभङ्ग भएमा उसको उचित उपचारका लागि बीमाले सहयोग गर्छ। मृत्यु भएमा पनि परिवारलाई राहत दिनका लागि बीमाले सघाउँछ। कुनै पनि देशमा जान प्रतिव्यक्ति न्यूनतम रू. ५ लाखबराबरको जीवन बीमा गर्नुपर्छ । म्यानपावरबाट विदेश जान लागेको हो भने उसैले जीवन बीमा गराइदिन्छ। व्यक्तिगत रुपमा जाने हो भने चाहिँ नौ वटा कम्पनी छन्, रोजेर कुनैमा पनि गर्न सकिन्छ।

      Reply
  49. Bashanta s says:
    September 3, 2013 at 2:05 am

    I commend on your effort on helping thousands of our countrymen working outside Nepal. Great job. Thank you.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme