Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरामा २५ वटा क्यासिनो छ रे !

Posted on September 2, 2013September 2, 2013 by Salokya

abpnews
भएको एउटा क्यासिनो पोखरा ग्रान्ड त सरकारले बजेटमा शतप्रतिशत ‘रोयल्टी’ बढाएपछि खर्च धान्न नसक्ने भन्दै गत साउनदेखि बन्द भएको बेला पोखरामा २५ वटा क्यासिनो छ भनेपछि कसलाई हाँसो नउठ्ला। कसैले जोक गरेर भनेको भए त लौ त नि भन्न हुन्थ्यो। ‘आपको रखे आगे’ भन्दै समाचार बजाउने एबिपी न्युज (पहिलेको स्टार न्युज) को वेबसाइटमा राखिएको समाचारमा भनिएको छ- “Liquor flows like water in Pokhara,” a police officer said. “It is surrounded by mountains and has 20 to 25 casinos.” (अर्थात् एक प्रहरी अधिकारीलाई उद्‌धृत गर्दै लेखिएको छ- “पोखरामा मदिरा पानी बगे झैँ बग्छ, पहाडले घेरिएको पोखरामा २० देखि २५ वटा क्यासिनोहरु छन्।” समाचारको सुरुमा नै पोखरालाई क्यासिनोहरुको सहर भनेर चिनाइएको छ। पोखरालाई नेपालको सिङ्गापुर भनिन्छ भनेर पनि उनीहरुकै न्युज पढेपछि बल्ल थाहा भयो।

pokhara

समाचार पढ्नुस्

पोखरामा भएको क्यासिनो भने बन्द छ। फोटो साभारः हिमालखबर
पोखरामा भएको क्यासिनो भने बन्द छ। फोटो साभारः हिमालखबर

आतंकवादी यासिन भट्कल अहिले प्रहरी फन्दामा परेका छन्। उनैको बयान अनुसार अहिले पोखरा आतङ्कवादीहरुको हब बनेको छ। होला, आतंकवादीले यस्तो बयान दिएका पनि होलान्। नेपालको सुरक्षा निकायले भारतमात्र हैन विश्वका अन्य देशका सुरक्षा निकायसँग पनि सहकार्य गरेर यस्ता आतङ्कवादीहरुलाई तह लगाउनै पर्छ। सुपुर्दगी सन्धि गरेर अपराधीलाई जुन देशमा अपराध गरेको हो त्यही देशमा बुझाउनु पर्छ। सुपुर्दगी गर्ने कि नगर्ने भनेर नेपालको अदालतमा मुद्दा चलेर आदेश अनुसार सुपु्र्दगी गरिदिनु पर्छ। हाम्रोमा केही तथाकथित राष्ट्रवादीहरुका कारण सुपुर्दगी सन्धी हुन सकेको छैन।

अहिले सुपुर्दगी सन्धीको अभावमा भारतीय प्रहरीको टिप्समा नेपाल प्रहरीले नै यस्ता अभियुक्तलाई समातेर भारतीय प्रहरीलाई बुझाइदिएको हो भने पनि म त कुनै आपत्ति जनाउनु पर्ने कारण देख्दिनँ। नेपालमा अपराध गरेर भागेकाहरुलाई पनि भारतले समातेर यसरी नै बुझाइदिनु पर्छ।

तर पोखरालाई चिनाउन त्यहाँको मिडियाले जसरी झुटको सहारा लिएको छ, त्यो सरासर गलत हो। हामीलाई त थाहा छ सत्य कुरा, तर पोखरा कहिल्यै नआएका भारतीय र विदेशीहरुमाझ यसले कस्तो गलत सन्देश दिन्छ सोच्नुस् त। हो कि जस्तो भान पर्दैन न्युज च्यानलले यस्तो कुरा बजाएपछि र छापेपछि ?

हैन कहाँ छ पोखरामा २५ वटा क्यासिनो ? टोलटोलमा तास खेल्न जम्ने खाललाई पनि क्यासिनो भनिएको हो ? कहाँ पोखरामा मदिरा पानी बगे झैँ बग्छ ? त्यहाँ पनि त ट्राफिकको मापसे अभियानले गर्दा मदिराको बिक्री घटेको छ।

एउटा नाम नखुलेको प्रहरीलाई उद्‌धृत गर्दै पोखरालाई ‘क्यासिनोको सहर’ जस्तो अतिरञ्जित व्याख्या गरेर एबिपी न्युजले ‘आगे’ हैन ‘पिछे’ राख्ने हो।

पोखरालाई गलत रुपमा प्रस्तुत गरिएको समाचारको विरोध गर्दै समाचार सच्याउन सभ्य भाषामा अनुरोध गर्ने भए लिङ्कहरु

सम्बन्धित न्युजमा कमेन्ट गर्न यहाँ क्लिक गर्नुस्

ट्विटरमा सच्याउन अनुरोध गर्न @abpnewstv मेन्सन गर्नुस्‌

फेसबुकबाट विरोध जनाउन र सच्याउन अनुरोध गर्न यहाँ क्लिक गर्नुस्

पुनश्चः भारतको विरोध गर्ने हैन, भारतबाट प्रसारित एबिपी न्युजले हावा न्युज बनाएको भएर उसलाई तथ्य राम्रोसँग परीक्षण गर्न र सच्चिन नम्र भाषामा अनुरोध गर्ने हो। यस्ता भ्रमपूर्ण समाचारले दुई देशको सम्बन्धमा समेत असर पर्न सक्छ भनी सचेत गराउने हो।

18 thoughts on “पोखरामा २५ वटा क्यासिनो छ रे !”

  1. Roshan Sharma says:
    September 3, 2013 at 1:09 pm

    आज यो प्रतिक्रिया लेख्दा मालाई ‘कता कता अप्ठेरो को अनुभूति भै रहेको छ/

    बिश्व: सभ्यता को सम्भबत ‘पहिलो’ ज्ञान र ज्ञानी हरु को ‘भुमि’ मा आज ‘निर्लज्ज’ रुपमा आफ्नै देशका निरिह जनता र समाज लाइ निर्लज्ज भएर ‘गलत दिशा’ दिने काम मा दिन २ गुणा रात ४ गुणा ले बढी रहेको ‘अनैतिक ‘ संचार माध्यम र मनोरंजन को उत्पादक अरु कोहि नभएर ‘हाम्रो भाषा र संकृति’ मिल्ने छिमेकी देश हुन पुगेको छ/
    र
    त्यहि कुरा लाइ मार्ग दर्सक गुरु मानेर हाम्रा केहि ‘ठुला’ संचार माध्यम र ‘फिल्म छेत्र’ हरु पनि त्यहि ताल मा हिड्न खोजि रहेको भान हुन्छ / ‘सूद’ राजदूत हुदा त बिजोग पो थियो त नेपाली संचार माध्यम को पारा /

    र भन्ने पर्ने भएको छ : मूर्ख ‘मीत्र’ भन्दा बुद्दिमानी ‘शत्रु’ राम्रो
    तर, दुर्भाग्य , नेपालीको लागि यिहरु न त शत्रु न त मित्र !

    तैपनि तथ्यले के बताउछ त :

    भारतीय संचार माध्यम मा बिना प्रमाण – तर होहल्ला को आधार मा ‘संचार’ माध्यम चलाउनु २ न. गरेर पैसा कमाउने हरुको पेसा भएको छ / सत्य कुरा जुन जनता बाट सधै लुकाइदो रहेछ /
    सन्धर्भ सामग्री:
    http://khabar.ibnlive.in.com/news/49199/12/4?fb_action_ids=426088894177198%2C425872247532196&fb_action_types=og.likes&fb_source=other_multiline&action_object_map=%7B%22426088894177198%22%3A640436812654136%2C%22425872247532196%22%3A10150100053418458%7D&action_type_map=%7B%22426088894177198%22%3A%22og.likes%22%2C%22425872247532196%22%3A%22og.likes%22%7D&action_ref_map=%5B%5D

    ‘चेलीबेटी बेचबिखन'(पिम्प्स and borther operators) को धन्दा गर्नेहरु जस्ताको ब्यबस्थापनमा, ‘खालि शिसी र पुराना कागज’ भन्ने हरु (Hawkers) को टि. भी. हरु मा देखाइने हर्कत र ‘भैसी गोठाला’ जंगली प्रवृति का समाचार संकलक (reporters) हरु बाट ‘देश जनता र समाजको’ प्रगति को लागि ‘राम्रो’ कुरा ‘भारतीय’ र छिमेकी देशका जनताहरु ले के नै आसा गर्न ‘ सकिन्छ र ??
    र समयमा नै रोकथाम को बिधि अपनाउन :

    पहिलो =यिनीहरुको’ टि.भी.र संचार माध्यम नै नहेर्ने र

    दोस्रो = ‘फेसबुक’ (FACEBOOK) को ‘सुनामी ले ‘बढारि दिने/

    सत्य तथ्य को आधार मा ‘संचार’ माध्यम चलाउनलाई ‘बिसुद्दा’ सामाजिक र मानबिय भावना ले ऒतप्रेत हुनुपर्छ – जस्तै माइसंसार !

    Reply
  2. Vishnu Pyakurel says:
    September 3, 2013 at 1:58 am

    भारतीय सरकार र भारोपेली मिडिया अनि हाम्रा दोर्जे अंकल नेताहरू जम्मै नेपालको बदनाम गर्न बाहेक अरू केही जान्दैन्न । छिमेकीलाइ कुन दाउ लगाएर एयरपोर्ट देखि देशका प्रमुख शहरहरू जम्मैमा तीनै सैनिक र पुलिस हुल्न पाइएला भनेर खिल गाडेर बसेको चाँही यि मित्रहरू ले कहिले देख्नुहुन्छ होला ??? अचम्मै छ । रितिक कान्ड देखि मैले यिनको न त सिनिमा न त भाषा त गित न त लुगा फाटो नै सकेसम्म प्रयोगमै ल्याउन छोडेको छु । सके बहिस्कार गरोँ नसके नेपाली हरेककुरालाइ प्रयोगमा ल्याउँ । यस्ता भ्रामक समाचारहरूको सदैव खुलेर तर सभ्य भाषामा विरोध गरोँ ।
    बाँकी तपाइको विचार ।।।

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 3, 2013 at 9:21 am

      एक पटक लख्नोउ मा स्थानीय पत्रिका मा नेपाल ले कर्णाली बाधको पानि छाडेर घाघरा नदीमा बाढी आएको र भारत मा तहसनहस गरेको भन्ने समाचार आएको थियो ! हामि २ जना बिद्यार्थी हरु त्यो पत्रिका को अफिस खोज्दै गयोउ ! सम्पादक लाइ जसो तसो भेटेर – हाम्रो कुरा राख्योउ ! ” आप ने जिस बाँध का बात पेपर पे लिखा है वह तो नेपाल में है हि नही – आप का पेपर का क्या भ्यालु रहेगी जो आप इस तरह कि फेक आर्टिकल लिखतेहैं !” त्यो भनेसी उसले अर्को दिन समाचार सच्च्यायो !

      नेपाल को इमेज यति तल खसिसकेको छ ! यति भताभुङ्ग भैसकेको छ ! जो मलाई लाग्छ हाम्रो एस्तो कमेन्ट ले खासै असर गर्दैन ! हामि आफै नै त्येही लायक पनि छोउ ! नेपाल एस्तो गराउनु मा १०० % हाम्रै हात हो ! इन्डिया को होइन ! जब देश का जनताहरु इन्डियन को पाउ पुजेर नेता बन्ने सपना देख्छन ! सुद्द नेता बन्न कुटनैतिक मर्यादा लाइ बिर्सेर एकोहोरो बिरोध मा लाग्छन ! भारत को पाउ ढोगेर प्रधानमन्त्री को उम्मेदवार बन्छन ! प्रधानमन्त्री बनेपक्षि फेरी पाउ ढोगेर आसिर्बाद लिन जान्छन ! जे सुकै कुरा पनि भारत संग सित्तै मा खोज्छन ! जब देश को बाटो घाटो देखि – सेना प्रहरी को गास सम्म सित्तै मा दिन्छ भने – उस बाट इज्जत खोज्नु त उही भिखारी ले भिख मागेर – मलाई आइन्दा लियिबक्सियोस भन्नु – भन्या जस्तै हो ! जो जो नेता हरु चुनाब हुनु पूर्व भारत भक्ति मा गए – ति ति नेता र तिनका पार्टी लाइ भोट नदिनु नै यो समाचार र येस्तै बलमिच्याई को बिरोध गर्नु हो ! होइन भने एस्तो जाबो न्युज च्यानल लाइ कमेन्ट पठाएर आफ्नो समय बर्बाद गर्नु मात्रै हो !

      Reply
  3. sameer says:
    September 2, 2013 at 11:48 pm

    एहाको कुराहरु देक्दा त अचम्म नै लाग्यो
    लौ लौ अब बुद्ध पनि भारतमै जन्मेको हो भनि दियो अनि लुम्बिनी पनि भारतमा छ भन्यो भने भारतको visa लिएर नेपाल घुन्न आउछ पर्येटक पनि बढ्छ भन्ने सोच्दै हुनु हुन्छ जस्तो छ शर्मा जीले
    अनि शर्मा जी हजुर लाई आतंककारी बारे धेरै राम्रो संग थाहा रहेछ त कतै तपाई पनि भारतको समाचार लेखनको काम त गर्नु हुन्न के ?
    हावादारीको भरमा पर्येटक भित्राउनु भन्नु कति को राम्रो विचार हो आफै सोचेर हेर्नुस

    Reply
  4. kedar says:
    September 2, 2013 at 8:56 pm

    मैले तिनीहरुलाई सचेत गराउन पठाएको facebook Messege

    “नेपालके पोखरा शहरको आप लोगोंकि website मे २० से २५ क्यासिनो और लिकोर कि नदियाँ बहने वाले नेपालके सिंगापुर वाला समाचारका अनाम श्रोत वो पुलिश अधिकारि कौन है ? एकबार आप खुद सम्पादक ही वाहाँ जा के किउं सच् जान्ने कि कोसीस नहीं करते हैं ? आपके सभी समाचारको बिस्वसनीय बनानेके लिए ऐसे बकवास समाचार न छपवायें तो बेहतर होगा /”

    Reply
    1. Alikhit says:
      September 3, 2013 at 4:38 am

      यस्तैले गर्दा हो धोतीले नेपाललाई हेप्ने | नजाने पनि अंग्रेजीमा किन नपठाको ?

      Reply
  5. Shiva Narayan goshali says:
    September 2, 2013 at 8:38 pm

    मरेको इन्डियन ले त नेपालीलाई ठग्छ, अब झन् पत्रिका मा लेख्ने त कम्तिमा केहि पढेको जानेको होला,तेस्ताले लेख्न पाए पछि नेपालीलाई छोड्छ ?

    Reply
  6. Gaurav says:
    September 2, 2013 at 7:51 pm

    मदिरा पानि जस्तो नबगेर ढुंगा जस्तो ठस्स परेर कहाँ बसेको छ र ? मदिरा पनि तरल पदार्थ भकोले पानि जस्तो बग्नु कुन नया कुरा भयो?

    Reply
  7. Sudip Adhikari says:
    September 2, 2013 at 7:05 pm

    धोति हरुले नेपाल लाइ कहिले राम्रो सोचेपो समाचार पनि सहि लेख्छ त!! के गर्ने जसले जे लेखे पनि ये हो है भन्दा माथिको हाम्रो प्रतिक्रिया आउदैन!तेही भयर त हेप्छ नि !!

    Reply
  8. कमल says:
    September 2, 2013 at 6:38 pm

    यसलाई खण्डन गर्न कसैले एउटा के गर्नपर्छ भने कतिवटा इन्डियन मेडियाले गलत खबर छापेका वा प्रसारित गरेका छन त्यसको फेहरिस्त र नमुना सहित सबै बटुलेर एउटा लेख लेखेर छाप्नु पर्छ|
    हाम्रा आदिकवि भानुभक्तले भारतको गुणगान गाउँदै यसरी लेखेका छन्
    “बडो दुर्लभ जान्नु भारतभूमिको जन्म जनले”
    ल भविश्य बाणी पनि गरेका रहेछन आदिकविले| दुर्लभै छन्|

    Reply
  9. Nabin Adhikari says:
    September 2, 2013 at 5:42 pm

    मुख्य कुरा त यी भारतका न्युज च्यानलहरु को एकरति पनि विश्वास लाग्दैन.. तिल लाई पाहाड बनौन यीनीहरु जानेका छन् | ठुलो आवाज निकालेर पादो भने बम पडकीयो भनेर हल्ला गर्छन अनि छिन् छिन् मा ब्रेक के बाद.. बाद मुख मा हान्नु जस्तो !

    Reply
  10. Tenzing Gaba says:
    September 2, 2013 at 5:06 pm

    सन् १९९९ मा इन्डियन एअर लाइन्सको प्लेन हाइज्याक काण्डमा प्राय सबै भारू समाचारहरुले एउटा गजब समाचार दिए
    “……….. नेपालको खुंखार माफिया बोस……….मालाकारले काठमाडौँ बाट प्लेन हाइज्याक गरेर अफगानिस्तान पुरायो,………” अनि मालाकारको सम्पूर्ण अपराधिक इतिहास-जीवनी पनि कम्तिमा पनि ३०-३५ पटक प्रशारण गर्यो , समाचार हेर्दा हलिवुड चलचित्रको झझल्को आउने खालको गज्जब अचम्म लाग्दो
    तर
    अन्तमा कुरो सबैले बुझे अपहरण कसले गरेको रहेछ भन्ने र चाखलाग्दो कुरो त्यी ………..मालाकार बन्धु त्यो प्लेन भित्र भएका यात्रुहरु मध्ये अत्यन्त सहृदयी अनि रमाइला प्रवृतिको रहेछन !
    _________________________________
    त्येस्बेला देखि भारू समाचार हेर्न छोडेको १४ बर्ष भएको थियो
    अब अरु १४ बर्ष हेर्दिन लु जा त्………… जदौ !!!!!!

    Reply
    1. Badal Sharma says:
      September 2, 2013 at 10:15 pm

      तेन्जिंग मित्र, तपाई पनि भारतीय टेलिभिजन भन्दा कम हुनुहुदो रैनछ, सबै मनगढ़न्ते कुरा गर्नुभयो! पहिलो त् भारतीय मिडिया र सरकार ले आरोप लगाएको ब्येक्ति “… मालाकार” होइन, स्व. गजेन्द्र मान ताम्राकार हो ! अनि तपाइले भन्नु भएको (मालाकार?) प्लेन भित्र भएका यात्रुहरु मध्ये अत्यन्त सहृदयी अनि रमाइला प्रवृतिका थिए भन्ने चाही कसरि थाहा पाउनु भयो, राम जानुन ! बिमान अपहरण पछी रिहा गरिएका ३ आतंकबादी मध्ये अहमद ओमर सईद सेख लाइ २००२ मा पाकिस्तान मा पक्राउ गर्दा उनले नै सो बिमान अपहरण मा त्यो बेलाका त्रिभुवन विमानस्थलका कर्मचारी देखि काठमाडौँ-दिल्ली बारम्बार यात्रा गरिरहने नेपाली ब्यापारी पनि संलग्न भएको बयान दिएका थिए ! उमाथि पत्रकार डेनियल पर्लको हत्या को आरोप पनि लागेको थियो ! काठमाडौँ-दिल्ली बारम्बार यात्रा गरिरहनेमा त्यो फ्लाईटमा ताम्राकार मात्रै थिए ! १९९९ मा संका मात्र गरिएका ताम्राकार २००२ मा भारतीय खुफिया एजेन्सीको हिट लिस्ट मा परेका थिए ! तर प्रमाण नभेटिए पछि उनलाई भारत ले पक्राउ गर्न सकेन ! त्यो काण्ड पछी ताम्राकार ले कहिले पनि भारत यात्रा नगरेकोले पनि उनलाई पक्राउ गर्न नसकिएको होला ! पश्मिना ब्यापारी ताम्राकार पहिला देखि नै भारत बाट समान ल्याएर नेपालमा भन्सार छलेर भित्राऊथे ! उनले विमानस्थल का भ्रस्ट कर्मचारी देखि प्रहरी सम्म को सहयोग लिएर बिमान भित्र हतियार छिराउने प्रबन्ध मिलाएका थिए ! उनले आफुले डाइरेक्ट हतियार लगेनन ! हतियार ल्याउने जिम्मा अब्दुल लतिफ, युसुफ नेपाली र दिलिप कुमार भुजेल को थियो ! उनीहरु तिनै जनालाई भारतीय प्रहरी ले पक्राउ गर्यो ! हाईज्याकर सबै पाकिस्तानी थिए !
      अन्तमा कुरो सबैले बुझे अपहरण कसले गरेको रहेछ भन्ने भन्नुभयो, म अझै प्रस्टाई दिन्छु ! बिमान अपहरण हर्कत-अल-मुजाहिद्दीन नामक पाकिस्तानी आतंकबादी समूह ले गरेको थियो जसलाई अफगानिस्तान को तत्कालिन तलिबानी सरकारले सम्रकछन् गरेको थियो !

      Reply
      1. Rabindra Basnet says:
        September 2, 2013 at 11:31 pm

        बादल शर्मा भन्ने भारतीय दास भनेर यहाँबाट पनि प्रमाणित भयो । कुन आधारमा तपाईँ गजेन्द्र ताम्राकारले नै विमानभित्र हतियार छिराउने प्रबन्ध मिलाएको भनेर ठोकुवा गर्न सक्नुहुन्छ ? के तपाईँ ‘र’ को एजेन्ट हो ?
        हो भने प्रमाण पेश गर्नुस् । आजसम्म पनि गजेन्द्र ताम्राकारलाई निर्दोष भनिन्छ । उनलाई दोषी प्रमाणित गर्ने एउटा पनि प्रमाण पेश भएको छैन ।
        तपाईँको मालिक ‘र’ ले भन्यो भन्दैमा उनी दोषी हुन्छन् ? अनि जी टिभीले त्यसरी प्रमाणितै नभएको कुरालाई गजेन्द्र ताम्राकार पनि विमान अपहरणकारी भनेर फुक्नु हुन्छ ?
        अनि के आधारमा तपाईँ ताम्राकारलाई दोष लगाइरहनुभएको छ ? प्रमाण राख्नुस् अनि बोल्नुस् । नेपालमा बसेर नेपालीविरुद्ध षड्यन्त्र गर्ने ?
        यहाँ हेर ‘र’को एजेन्ट तिम्रै भारतीय पत्रिकाले के लेखेको छ गजेन्द्र बारे-
        तिम्रै ‘आका’ पूर्व भारतीय राजदुत केभी राजनले पनि भनेका छन्- The TV channel never bothered to retract or to apologise to the actor. They did not realise the implications of what they had done to a man by naming him hijacker, said Indian Ambassador K V Rajan. “And the one wish Tamrakar has now apart from that of suing the channel is to have a meeting with Rajan. I just want to see him and express my gratitude for understanding my trauma. He actually told visitors that he could not imagine what Tamrakar was going through after the defaming reports of the TV channel, Tamrakar recalls.

        पूरा पढ्नुस्
        Termed `hijacker’, hostage goes through more trauma
        SREELATHA MENON
        KATHMANDU, FEB 29: Remember Gajendra Tamrakar? He was the Nepalese passenger of the hijacked IA flight who was reported as being one of the hijackers. While the world may have put the incident behind it, the label `hijacker’ is not something Tamrakar has been able to get rid of. And this Nepalese film actor has also not forgotten those who labelled him a hijacker.

        At an unexpected meeting with him at the shooting of a Nepalese film in Kathmandu last week, Tamrakar said that he was ruined completely after the defamation by the TV channel and he was not going to rest in peace till he sued the channel. “Shouldn’t they pay me compensation for ruining me and humiliating me like this. They have left me dead,” he says.

        Tamrakar, a popular comedian, has not been acting for the last two months after the hijacking and this is his first shoot after the incident. The main source of Tamrakar’s income is not films. In fact that is the case of most Nepalese actors given the size of the industry. “I used to earn my income as a dealer in pashmina shawls,” he says.

        When the plane was hijacked, Tamrakar was on one of his business trips to India. “But after the hijacking, no trader in Kathmandu is willing to let me deal with their goods. Tell me, will Indians refuse to trade with me if they knew that I was Tamrakar,” he asks. “I keep telling the Nepalese that there would not be any problems as my name has been cleared but they are not willing to take any risk,” says Tamrakar who is paying for a crime he never committed.

        “At least they could have publicised the correction when they realised their mistake. I am an ordinary person. They are big,” he says. “I want to go to their office in Delhi. I will sue them, he says referring to the TV channel though he is not sure as to how he must go about it.

        His voice is hoarse, and producer Neer Shah says that he lost his voice during the traumatic period after the hijacking. “He was reeling under the trauma of being a victim of hijacking and at the same time he was facing social isolation as the label of hijacker had stuck on him. We are as sad as India is about the hijacking but it is the false propaganda about Gajendra that has hurt us most,” says Shah.

        The TV channel never bothered to retract or to apologise to the actor. They did not realise the implications of what they had done to a man by naming him hijacker, said Indian Ambassador K V Rajan. “And the one wish Tamrakar has now apart from that of suing the channel is to have a meeting with Rajan. I just want to see him and express my gratitude for understanding my trauma. He actually told visitors that he could not imagine what Tamrakar was going through after the defaming reports of the TV channel, Tamrakar recalls.

        Heavily built like a Sumo wrestler, Tamrakar says that he had made people laugh and now a cruel joke has been played on him. “My two sons ask me why I am called a hijacker while the fathers of their classmates are not given such names. Is it because you are fat, they ask me,” says Tamrakar. He says he has two sisters to marry off and his two brothers who are goldsmiths are being denied work by jewellers.

        His story has many sympathisers in Nepal. Says Om Rana who manages the biggest casino in Kathmandu: Let him appeal to the people and all of us would pay his court bills if he were to sue the TV channel for defamation. “The people of Birat Nagar have already stopped transmission of the channel. If I fail to sue them I will see to it that this channel is boycotted in Nepal. Hurting me is like hurting every Nepalese,” he says.

        “I am grateful to the Indian government for my freedom, but the media has left me dead. Why did they do this to me?,” he remonstrates.

        Copyright © 2000 Indian Express Newspapers (Bombay) Ltd.
        http://expressindia.indianexpress.com/news/ie/daily/20000301/iin01053.html

        Reply
        1. Raj Sharma says:
          September 3, 2013 at 4:11 am

          बादल शर्मा को कुरा मा तेति आस्चार्य मन्नु पर्ने केइ छैन.. आज भोली नेपाल मा एस्ता दुई चरित्रे धेरै भेतिन थाले छन…दुई चार बर्ष भारत् मा बसे र आता है जाता है भन्न सिके र जानी नजनी सित्थि फुकि बिना तुक को गोर्खे भये को धोङ घस्ने हरु ले आफ्नो प्रभु प्रती एती नि भक्ती नदेखाये त बेला बेला मा पछडि बाट दनक अनी अगाडि बाट भनक पाये को के अर्थ…आफ्नो माटो लाई बिर्सें र मलिक को गुन गान मा मस्त हुने जिर्न प्रब्रिती भएका हरु बाट सबधान् हुनु पर्ने बेला आए छ एउटा तेस्ता नमुना हाम्रा बिगत का डाक्टर् भन्ने प्रधान् मन्त्रि नि हुन क्यारे बेला बेला डन्डवत् चाडाउन दुताबास् र पारी जान्छन…

          Reply
      2. Tenzing Gaba says:
        September 3, 2013 at 4:58 am

        बादल जी
        ताम्राकार हुनु पर्ने मा मालाकार भएर गल्ति भएकै हो म बाट माफ पाम प्रभो,
        रह्यो कुरो त्यी सहृदयी र रमाईला प्रवृतिका थिए कि थिएनन् भन्ने कुरो,
        त्येस्पछी प्रसारित एउटा अन्तर्वार्तामा उनै ताम्राकारजीले भन्थे….त्यो प्लेन हाइज्याक भएर स्तब्ध बाताबरणमा सबैलाई नआत्तिन र हौसला बनाइ राख्न पटक पटक प्रोत्साहन गर्ने अनि सबैलाई जोक चुटकिला भनेर त्येस्तो दुखद स्तब्ध बाताबरणमा पनि हसाइ राख्ने उनि नै थिए / मलाई त् भारू टिभी को भन्दा त् ताम्राकारजीको कुरो नै पत्यारिलो लाग्यो
        …………………आगे तपाइकै मर्जी ……….जदौ !!!

        Reply
  11. Badal Sharma says:
    September 2, 2013 at 4:48 pm

    लौ ! झन् बढाई-चढाई गरेर पोखरा को बयान गरिदिएको छ यो news ले ! एसले त् झन् हाम्रो पर्यटन व्यवसाय बढ्छ ! पोखरा मा त् रक्सि पनि छैन, जुवा तास त् झन् अबैध हो भन्यो भने खाकको बिदेशी हरु औछन ? म त् झन् यो प्रहरी लाई बढाई चढाई गरेको मा धन्यबाद दिन चाहन्छु !

    Reply
    1. Rabindra Basnet says:
      September 2, 2013 at 6:32 pm

      भारतीय मिडियाले जे गरे पनि राम्रै देख्ने दास मनोवृत्तिका मित्र,
      पहिला के नियत छ उसको त्यो बुझ्नुपर्‍यो नि । क्यासिनोको सहर भनेर भन्दा पर्यटनलाई राम्रो होला रे ल मानौँ, त्यहाँ आतंकवादीको हब पनि भनिएको छ नि । त्यसले चाहिँ पर्यटन ध्वस्त पार्छ भनेर सोच्ने बुद्धि आएन ?
      पर्यटन बढाउनलाई झुटो कुराको सहारा लिनु पर्छ भन्ने तपाईँको कुबुद्धि हेर्दा पनि दया लाग्यो । अनि २५ वटा क्यासिनो छ भनेर आएपछि नदेख्दा के हुन्छ ? खुब राम्रो असर गर्छ होला हैन यसले ?
      जुवातासमात्र हैन रन्डिबाजी गर्न पनि आउँछन् विदेशी पर्यटकहरु । तपाईँको कुरा अनुसार त त्यसलाई पनि खुला गर्नुपर्‍यो हैन ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि sa[email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme