Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोस्टा रिकामा भगुवा पठाउने स‍ंस्थाले ‘चोरको खुट्टा काट’ भन्दा खुट्टै पो उचाल्यो

Posted on September 1, 2013September 2, 2013 by Salokya

logo आपसी सम्बन्ध विस्तार गर्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकामा National Institute of Natural Sciences का आधिकारिक व्यक्तिका रुपमा गएका चार जना बेपत्ता भएर कोस्टा रिकामा ठूलो हङ्गामा भइरहँदा सो संस्थाले भने ‘एकतर्फी, हचुवा, नियोजित र संस्थाको बदनाम गर्ने मनस्थितिबाट’ ब्लग लेखिएको आरोप लगाएको छ। फेसबुक स्टायटसमार्फत् गरिएको ‘औपचारिक खण्डन’ यति काइते छ कि त्यसमा न ती चार जनालाई आफ्नै संस्थाले पठाएको भन्न सकेको छ, न पठाएकै होइन भन्न सकेको छ। कोस्टा रिकामा आफ्नो संस्थाबाट प्रतिनिधि गएका हुन् कि हैनन्, त्यो समेत खुलाउन कार्यालय सचिव सुरेश ठकुरीका नाममा निकालिएको वक्तव्य असफल छ। चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्ने उखानमा जस्तो वक्तव्यमा’संस्थाले लाखौ रुपैया लिएर पठाएको भनिएकोमा सो समाचार सराशर झुठ र संस्थाको चरित्र हत्या गर्ने उदेश्यले प्रकाशित भएको’ भनिएको छ। जबकि माइसंसारमा प्रकाशित दुवै ब्लगमा NINS ले लाखौँ पैसा उठायो भनिएकै छैन। माइस‍ंसारले त कोस्टा रिकाका पत्रिकाले आधिकारिक रुपमा प्रकाशित गरेको NINS मार्फत् ती चार जना नेपाली त्यहाँ गई बेपत्ता भएको कुरा मात्रै उल्लेख गरेको छ। कोस्टा रिकाको इमिग्रेसन, युनिभर्सिटीले यसको पुष्टि गरेको छ।

हेर्नुस् यस्तो छ NINS को खण्डन-

Post by National Institute of Natural Sciences NINS.

यस्ता काइते वक्तव्य जारी गरेर सबैका आँखामा छारो हाल्नुभन्दा यी प्रश्नको बुँदागत जवाफ दिन आवश्यक छ-


• कोस्टा रिकाका मिडियामा NINS कै नामबाट यी चार जना नेपाली एकेडेमिक उद्देश्यले भिसा पाएर गएको भनिएको छ। त्यहाँको इमिग्रेसनले पनि त्यही पुष्टि गरेको छ। ती चार जनालाई NINS ले पठाएको हो कि हैन ? NINS ले पठाएको होइन भने हाम्रो संस्थाको नाम प्रयोग गरी गलत काम भयो र कोस्टा रिकालगायत विश्वभर हामीलाई बदनाम गरियो भनी उसले कोस्टा रिकाको युनिभर्सिटी, दूतावास र प्रहरीमा खबर गरेको छ कि छैन ?

• ब्लग प्रकाशित भएपछि किन संस्थाको वेबसाइट nins.edu.np किन हतार हतार डराएर बन्द गरियो ? अनि अहिले सुचारु हुँदा त्यसमा किन सम्पर्क फोन नम्बर छैन ?
nins3
संस्थाको वेबसाइटमा फोन नम्बर हटाउन अघि दुई वटा फोन नम्बर राखिएको थियो। (हेर्नुस् आर्काइभले जुलाई महिनामा क्रल गरेर राखेको आर्काइभ)

• कोस्टा रिकाको मिडियाले एकेडेमिक उद्देश्यको नाममा NINS ले अमेरिका वा क्यानाडा भाग्नका लागि फेक मान्छे पठाएको पर्दाफाश गरेपछि र त्यसै आधारमा माइसंसारमा ब्लग लेखिएपछि संस्थाले आफ्नो वेबसाइटबाट सदस्यहरुको नाम किन हटायो ? आफ्ना सदस्यहरुको नामसमेत लुकाउनु पर्ने यो कस्तो संस्था हो ? यो संस्था भूमिगत स‌ंस्था होइन भने किन यसका सदस्य, अध्यक्ष र पदाधिकारीहरुको नाम र परिचय राखिँदैन ?
nins4
स‍ंस्थाको वेबसाइटमा यसअघि संस्थाका सदस्यको रुपमा Prof. Dr. R.B Chhetri, Prof. Dr. Amrit Sapkota र Prof. Dr. Mohan Devkota को नाम राखिएको थियो। (हेर्नुस् आर्काइभले जुलाई महिनामा क्रल गरेर राखेको आर्काइभ)

• त्यत्रो रिसर्च इन्स्टिच्युट रे अनि त्यत्रा विद्वानहरु भएको स‍ंस्था भए आफ्नो वेबसाइटको एउटा सामान्य वेलकम नोट पनि किन Plagiarise गर्नुपर्‍यो ? हेर्नुस् स‌ंस्थाको वेलकम नोट
NINS5
संस्थाको वेलकम नोट यहाँ क्लिक गरी हेर्नुस्। यो Working Policy on Wild Animal Farming, Breeding and Research, 2003 बाट कपिपेस्ट गरिएको छ। तल हेर्नुस्। मूल कपिका लागि यहाँ क्लिक गर्नुस्।
copied text

त्यसैगरी संस्थाको Flora of Nepal शीर्षकमा राखिएको सामाग्रीको टेक्स्ट पनि रोयल बोटानिकल गार्डेनबाट हुबहु चोरी गरेर हालिएको छ। हेर्नुस्-
NINS6

NINS7

सम्बन्धित ब्लग
कोस्टा रिका हल्लाइदिने चार नेपाली
वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा

सम्बन्धित समाचार-
UCR feared missing Nepalese have used the institution as a “screen” to enter the country
ला नेसियोँमा छापिएको समाचार

35 thoughts on “कोस्टा रिकामा भगुवा पठाउने स‍ंस्थाले ‘चोरको खुट्टा काट’ भन्दा खुट्टै पो उचाल्यो”

  1. Kamal says:
    September 2, 2013 at 4:36 am

    यस्तै कीर्ते, बेइमानी र सेटिंग मिलाएर देशको बद्नाम अरु कतिपय शिक्षण र रिसर्च नाउँका संस्थाहरुले गरेका हुनसक्छ, खोजी गरेर जन समक्ष ल्याउन पर्यो जसले गर्दा यस्ता कर्तुतहरु फेरी नदोहोरिन पाऊँन| माई संसारको यो कामको सराहना गर्दछु|
    अहिले कुनै पनि दलको प्रत्यक्ष रुपमा सरकार नभएको बेला खोजी गरेर कारवाही अघि बढ़ाईनु पर्छ|
    पहिले राजाले र राजदरवारका आसेपासेहरुले जे मा पनि कमिसन लिएर देश लाई दिन रात लुटेका थिए तर उबेला संचार माध्यममा पटक्क आउदैन थियो| अहिले गत केही बर्षहरुमा राजनैतिक सरक्षण पाएकाहरुले वा त्यस्ता राजनैतिक पावरलाई पैसाले किन्ने गरेर देशमा भ्रष्टचारको कोहोलो मचाएका छन्| राजनैतिक नेताहरुले भ्रष्ट चारमा ब्युरोक्रेसी ले पनि तन मन दिएर साथ् दिएका छन्| अध्यागमन र NEC को हालको कारवाहीमा देखा परेका देश ब्यापी सम्पूर्ण भ्रष्ट चारको एउटा सानो भाग मात्र हो|
    माल, कर र परराष्ट्र अनि गृह प्रशासनका अन्य भागहरु अहिले पनि भ्रष्ट नै छन्|
    कुन दुलोमा छन अहिले ती भ्रस्टचारीलाई कीरा परोस छापाको टी शर्ट लाउनेहरु??

    Reply
  2. raaz says:
    September 1, 2013 at 11:25 pm

    आफु गल्ति गर्ने , नचाहिने काम गर्ने अनि वक्तव्य निकाल्ने चलन नेपाल मा बसिसकेछ जसको कुनै महत्व छैन, किन भने चोरले कहिले नि मैले चोरी गरे भन्दैन | “जो चोर उसको ठुलो स्वर” भने उखान तेसै बनेन होला . के गर्नु हाम्रो देशको दुर्भ्ग्य भन्नुपर्छ हाम्रो समाजमा, राजनीतिमा, कर्मचारीतन्त्रमा , जताततै येस्तै नैतिकता पतन भएका का मान्छे को बोलबाला छ , निहित स्वार्थ र पैसा भने पछि मान्छे ले जुन सुकै सिमानि नाघी सकेछ | २ – ४ राम्रा मान्छे हरु ले यस्ता को भण्डाफोर गर्दा उ नै गलत साबित हुन्छ नेपाल मा | नैतिकता सम्बन्धि जनचेतना जगाउने अभिनेता को खाचो छ हाम्रो नेपाल मा | बुद्ध जन्मेको हाम्रो देश मा कुनी कहिले होला महानायक जन्मने….
    तपाई लाई धेरै – धेरै बधाई छ सालोक्य जी अनुसन्धान पूर्ण खोज हरुको लागि , येस्तै मान्छे को खाचो छ हाम्रो नेपाल लाई ….

    Reply
    1. rajesh says:
      September 2, 2013 at 1:46 am

      अब चोर को खुट्टा त हैन, गरि-खाम भन्ने हरुका चाई खुट्टा बाकि रहला जस्तो छैन मलाई!! यस्ता चोर हरुले गर्दा केहि गर्छु भन्ने हरुको मात्र हैन हजुर बाहिर पढ्न जानेलाई समेत बात लाग्ने भो!! अहिले को हाम्रो देश का नेता अनि यस्ता डाँका हरुको बारे सुन्दा अब हाम्रो बर्तमान बिचार लाइ भन्न करै लाग्यो- ‘मै खाउँ मै लाउँ तथा सुख-सयल तथा मोज मै गरम,बाकि सब जाय भाद मे’

      Reply
  3. Rajan Upriti says:
    September 1, 2013 at 9:13 pm

    Salokya जी ले निक्कै रिसर्च गरेर अकाट्य प्रमाणसहित निकालेको यो लेख खुब मन पर्यो | अब के जवाफ रहेछ ती नालायकहरु संग ?

    Reply
  4. bikas says:
    September 1, 2013 at 9:13 pm

    I was just curious to know more about NINS but found almost nothing in their key page except the two “very cheap” lines pasted below (sorry NINS)! Where do they stand? I am thinking what you are thinking, Salokya!

    ABOUT US
    The NINS, established by late “Oohi” Govinda Bahadur Gurung, the pioneer taxidermist and naturalist in Nepal, is dedicated to the research of floral, faunal, archaeological, geological and natural resources within county since 1956 AD. With the aim of conservation of different zoological, botanical species as well as natural resources, we are running our organization.

    Reply
  5. krish says:
    September 1, 2013 at 8:51 pm

    दोषीलाई कार्यबाही गर्ने काम त सरकारले नै हो, तर सरकार संग अनुमति नलिकन भारत हुदै चोर बाटोबाट पठाउने ले पो खोज्नु पर्ने होइन र, आफ्ना खुशीले दलाललाई पैसा ख्वाएर भाग्ने जतिलाई खोजेर ल्याउने काम सरकारको,? देश भित्रै हराएकालाई त खोज्न सकेको छैन , अब दुनियामा हरौनेलाई खोजेर साध्य होला के? होइन कुन देशमा त्यस्तो सरकारछ जे पनि गर्न सक्ने र गरिदिने , कमेन्ट लेख्ने मित्रले भन्दिए यहाँको झिटी झामति बेचेर त्यतै जाने कोशिस गर्थें /

    Reply
  6. द्रोण says:
    September 1, 2013 at 8:20 pm

    संस्था मा नाउ भंएको डाक्टर , प्रोफेसर येस्बारे के भन्छन माइसंसार ले उनीहरुको टुप्पी समाउने बारे सोचेको छ कि ?

    डाक्टर डाका , प्रोफेसर येसरी पाडे हुने हो भने सर्ब साधारण ठग्न तेती गाह्रो हुदैन |

    Reply
    1. Milan Rana says:
      September 1, 2013 at 10:42 pm

      यो R B Chhetri भन्ने मान्छे कहिँ Rajendra Bahadur Chhetri त होइन ? Nepal Health Research Council (NHRC) मा काम गर्ने अनि TU को microbiology बिभाग मा Biochemistry पढाउने | डा. मोहन सापकोटा भन्ने साएद Botany हो कि Biotechnology बिभाग को हो जस्तो लग्यो | येदि साछी हो भने राम्रो भएन |

      Reply
      1. harihar sharma says:
        September 2, 2013 at 9:53 am

        मोहन सापकोटा botany को हो जस्तो छ है

        Reply
  7. K.S. says:
    September 1, 2013 at 6:52 pm

    सालोक्य जी,

    नेपाल बिगत केहि वर्षदेखि मानब तस्करी, लागु औसधि कारोबार, अबैध धन्दा र मनि लनडरिङ्ग, नक्कली मुद्र, सुन तस्करको ट्रान्जिट बन्दै आएको कुरा हरेक दिन जस्तै मोफसलका मुख्य पत्रिकाहरुको हेडलाइन बाट स्पस्ट हुन्छ, त्यस माथि पनि नेपालमा बिगत ४/५ वर्षदेखि जब ४ पार्टी सिन्डिकेट लागु भयो त्यसपछि, दिन दुइ गुना रात चार गुना अबैध धन्धा हरु विभिन्न दस्ता, दल (वाई सी याल, दस्ता र दल) ले झन् नेपाललाइ आक्रान्त बनाइँ रहेको छ, यस्ता कार्य पार्टीको झण्डाको आडमा निक्कै प्रगति गरेको देखिछ,

    यो मानब तस्करीमा त झन् एडुकेसन मन्त्रालयका कर्मचारीहरुको पनि मिलेमतो देखिन्छ, नत्र कर्सै NGO ले .edu लिन पाउछ .

    यस्ता किसिमका मानब तस्करी, लागु औसधि कारोबार, अबैध धन्दा र मनि लनडरिङ्ग, नक्कली मुद्र, सुन तस्कर को ट्रान्जिट ले गर्दा नेपालको पररास्ट्र नीतिनै धरापमा पर्ने दिन धरै टाढा देखिदैन.

    कृपया, एक पटक मुख्य सचिब लिला मनि पौडेल, र / वा सचिब कृष्ण हरि बास्कोटासंग यो निक्कली धन्दा को बारेमा ध्यानाकर्सन गराएर उहाहरु को प्रतिक्रिया माइ संसार मार्फत हामी लाइ जानकारी गराउनु भए निक्कै आभारी हुनेथियौ .

    Reply
  8. Madhu says:
    September 1, 2013 at 5:58 pm

    ओहो मलाई त डर पो लग्यो….के हि महिना अगाडी….. RESEARCH & CONSERVATION OF NATURE NEPAL ……… भनिने संस्थाका कुनै एक सदस्यले मैले phd गरिरहेको संस्थालाई मेल गरेछन…..हामि नेपाल बाट आउन्दैछौ उचित सहयोग गरिदिनुहोला भनेर……जुलाईको महिना सबै कर्मचारीहरु बिदामा…..अनि मेरो गुरुआमाले मेरो नाम दि छन्…..अनि मैले खुसीका साथ् नेपालीहरु भने पछि चासो दिएर e -mail लेखें…..मेरो बुझाइमा वहाँहरुको सबैकुरा मिलिसकेकोहोला र मैले काम गर्ने संस्थामा visit मात्रहोला भन्ने बुझेको थिएँ……अनि लगभग तोकिएको मिति भन्दा २-३ दिन अगाडी….म UK मा छु…….त्यहाँ आउन कसरि visa apply गर्ने भनेर पो mail आउछ…..म तिरिमिरी परें….त्यसपछि तपाईंहरुको visit अहिलेलाइ सम्भव छैन भनेर लेखि दिएँ….अनि त त्यहाँ आउन के गर्नु पर्छ? भनेर पो mail आउञ्छ…..धन्न मैले धेरै चासो राखिन…..होइन भने त म पनि फस्ने पो रैछु जस्तो पो लाग्यो त!!!!! ओहो कस्तो दिन आयो…..नेपाली भनेर माया सम्म गर्न नपाईने भो….कसले कति खेर कहाँ फसाउने हो भन्ने कै पिर!!!!

    Reply
  9. Bala Ram Thapa says:
    September 1, 2013 at 4:04 pm

    नेपालमा खोलियको प्राय एन .जी .ओ ,आइ .एन जी ओ हरु .बिदेशी डलर भित्र्याउन र यसरी नै मनिष हरुसंग रकम लीइ बिदेस पठाउन नै उत्सुक देखिएका छन | र ति संस्था हरु प्राय यूताना एउटा राजनैतिक संगठन संग आबध भएका ले उनीहरुको विरुद्ध जान सरकार अग्रसर भएको देखिदैन | तेस्त संस्था ले प्राय जनतको नाम मा बिदेश बाट रकम भित्र्याउने तर जनता हरुमा कनिका छरे जस्तो गरी सबै रकम झ्वाम पार्ने गरेका छन | यस्ता संस्थाले देशमा के कति रकम भित्र्याए सो को लेखेजोखा न सरकार संग छ न अर्थ मन्त्रालय संग | अत:यस सम्बन्ध मा सरकारले पूर्ण रुपमा ध्यान दिनु जरुरि छ |

    Reply
  10. Niraj Chandra Poudel says:
    September 1, 2013 at 2:31 pm

    केहि दिन अगाडी देखि को ब्लग हरु हेर्दा त लाग्छ नेपाली हरु विदेश (US And CANADA) जान जे पनि गर्न सक्छन | आब हुदा हुदा कम्पनी रजिस्टर गरेर पनि गर्न थाले , नेपालीको बेइज्जत नै गरे नी |

    Reply
  11. Bimal says:
    September 1, 2013 at 2:23 pm

    यी देशद्रोहीहरु लाइ कडा भन्दा कडा सजाय हुनुपर्छ ! जय नेपाल !!!

    Reply
  12. sandhya says:
    September 1, 2013 at 1:08 pm

    हाम्रो गाउँको एकजना भाई एस.एल. सी. फेल भएपछि काठमाडौँ हानियो अनि एजुकेसन कन्सल्टेन्सी खोलेर बिद्यार्थीहरु विदेश पठाउन थाल्यो, केहि वर्ष भित्रै काठमाडौँमा घर अनि कार चढेर हिड्न थाल्यो,( बुद्दि भुटेर खान सक्ने २ जना साथी प्रयोग गरेको थियो ) चेअरम्यान रे उ त, यता आफु युरोप बसेको १० वर्ष हुँदा पनि गाडी चढ्न सक्ने हैसियेत बनौन सकेको छैन, सोझो हिसाब को कमाई बाँच्नको लागि मात्र ठिक हुने रहेछ

    Reply
  13. Deepak says:
    September 1, 2013 at 1:02 pm

    I am a regular follower of this blog and I usually don’t comment on public blogs but this time I m doing it. I should say this is what I call research based journalism. Well done Mysansar. #Respect#

    Reply
  14. hari thapa says:
    September 1, 2013 at 11:36 am

    Deleted member person from NINS website (Prof. Dr. Amrit Sapkota) is still as a Board of Director (Advisory) at RECON Website. (Seems like they are two Brothers Company)
    NINS previous website link
    http://web.archive.org/web/20130727003143/http://www.nins.edu.np/member

    RECON website link
    http://web.archive.org/web/20130727092023/http://recon.org.np/boardmember/index.html

    Reply
    1. SUJAN says:
      September 1, 2013 at 10:51 pm

      अनि recon को vice प्रेसिडेन्ट दर. दरमा सापकोटा , उसैको नाता को कोहि होला !!!

      Reply
  15. Kiran says:
    September 1, 2013 at 10:46 am

    NINS लाई अनुसन्धान गरेर कडा कारवाही गर्नुपर्छ भन्ने मेरो पनि आवाज हो|
    किन NINS ले deny गरेर तुरन्त बक्तब्य दिनपर्यो| नत्र भने धर पकड शुरु गरे हुन्छ| यस्तो ठगी काम कैले देखि गर्दै आएको हो त्यो पनि खुल्छ| अरु पनि यस्तै नामधारी संस्था हरु होलान जसले यस्तो छली काम गर्दै आएको होला|
    I don’t know where the big shots of NINS are now. Anyone whose name is associated with NINS and they are clean, they should make it known to public and condemn the NINS’s name being used. Otherwise, we there will be plenty of room to suspect.

    Reply
  16. Bhuwan sharma says:
    September 1, 2013 at 9:57 am

    दोषी लाई कडा भन्दा कडा कारबाही गर्ने र कोस्टारिका मा पक्राउ परेका ८ नेपाली र बेपत्ता भएका ४ जना को बारेमा खोजि तलासी गर्ने नेपाल सरकार को दायित्व हो

    Reply
  17. Sam Sharma says:
    September 1, 2013 at 9:28 am

    This is a fraud/crime from those four persons using the letterhead of NINS (given that the authorized officers of NINS realize that these four people who are absconding in Costa Rica have cheated the Institution by using their duplicate letterhead). So, the managers of NINS should act seriously and inform either the govt. of Nepal or the said university in Costa Rica for clarification. If NINS stays passive and just blames mysansar.com, then there would be none legitimate action for this crime. If NINS has sent these four people in Costa Rica, then the officers handling the office should realize this mistake. Let us grow up and be honest. We do not want to defame our country using such kind of scams. The manpower agencies these day have also defamed the country and its citizens just for playing games for money. The hunger of money is unlimited. So, every person acting this kind of immoral act should think in advance the negative impact of such scams and frauds that is defaming our country and her citizens. This very serious.

    Reply
    1. Dr. Sam Sharma says:
      September 1, 2013 at 10:18 am

      In addition:
      If NINS does not take any appropriate action, the government of Nepal should suspend such institution and bring the managers to justice. The govt. should take the legal action to them as this is a fraud (if NINS cannot verify the case as a fraud).

      Reply
  18. पुष्प says:
    September 1, 2013 at 9:23 am

    RESEARCH & CONSERVATION OF NATURE NEPAL (RECON) भनिने अर्को संस्था पनि रहेछ जहाँ फिरोज चौहानको नाउँ हटाइएको रहेछ ।

    अहिले
    http://recon.org.np/boardmember/index.html
    पहिले
    http://web.archive.org/web/20130727092023/http://recon.org.np/boardmember/index.html

    NINS कै वेबसाइटबाट समेत संस्थाका सदस्यहरूको नाउँ लुकाइनुले मानवतस्करीको ‘गतिलो’ सञ्जाल रहेको अनुमान गर्न गाह्रो छैन ।

    Reply
  19. sundip says:
    September 1, 2013 at 7:50 am

    जो चॊर उसैको ठुलो स्वोर भनेको येही हो…तेत्रो बदमासी गरेर पनि अझ त्यो संस्था लाई लाज नै छैन है…यो सरकार किन चुप छ कुन्नि ? समातेर छान-बिन गर्नु नि अनि च्याप च्याप समातेर जेल चलान नगरेर

    Reply
  20. Dinkar sigdel says:
    September 1, 2013 at 7:48 am

    म ninsnepal को facebook page हेर्दै थिए तेस्मा एक जना मित्र ले comment गर्नु भएको रहेछ
    Shree Krish “उसो भए कोष्टारिका जाने चार जनालाई समातेर याहाँ ल्याउनु पर्यो नि! आफैले पठाएपछि।”
    NINS को जवाफ यस्तो छ,
    National Institute of Natural Sciences NINS, “sir proof pani hunu parcha costarica send gareko…… sir yestai case last time pani vayeko thiyo…… sabai dublicate documents haru banayera send gareko thiyo 1 jana manchay lay last ma hamilay teslai catch pani garum with all proof……. so if you have any doubt you can contact our office and visit us”

    proof को कुरा आएकोले मलाई पनि कमेन्ट गर्न मन लग्यो,

    Dinkar Sigdel “फिरोज चौहान, (जो कोस्टारिकामा गायब भएका व्यक्ति ) लाई कि General Research Staff (Mr. Feroz Chauhan, Curator ) भनि रखिएको थियो तपाई हरु को website मा ? र अहिले एक्कासी किन त्यो नाम website बाट गायब छ ? यो बिषयमा के भन्नु हुन्छ ?”
    तेस्को proof यो website link मा छ
    अहिले
    http://recon.org.np/boardmember/index.html
    पहिले
    http://web.archive.org/…/boardmember/index.html

    निस्कर्ष :- नेपाल सरकारले यस बिषयमा कडा investigation गर्नु पर्छ | ८ जना नेपाली त्यहाँ पक्राउ परेका छन् भने ४ जना लापत्ता भएका छन् | उनीहरुलाई सिघ्र देश फर्कने बातावरण बनाउनु पर्यो र दोषी लाई कारवाही गर्नु पर्यो | धन्यवाद

    Reply
  21. yukta says:
    September 1, 2013 at 5:05 am

    ” जो चोर उसैको ठुलो स्वर ” , ” उल्टा चोर कोतवाल को डाटे ” र ढाटेको कुरा र फाटेको कुरा कहीं लुकाएर लुकिन्छ र ?

    Reply
  22. aasish swiss says:
    September 1, 2013 at 4:53 am

    हाहा लौ खुट्टा चै उचालेकै हो है,बिचारा हरु को पत्ता साफ हुने भयो अब भने,के के न पानि माथि को ओभानो बन्न बिज्ञप्ति निकालेका थिय,बिचारा हरु लाइ के थाहा माइ संसार कुन चरी को नाम हो भनेर,अब माथि का प्रस्न को कसरि खण्डन र उत्तर दिदा रहेछन हेरौ न….
    माइ संसार लाइ फेरी पनि धन्यबाद

    Reply
  23. shankar rai says:
    September 1, 2013 at 4:37 am

    एस्तो बकम्फुसे institute लाई त Plagiarism को मुद्दा लगाई कारबाही गर्नु पर्छ

    Reply
  24. Milan says:
    September 1, 2013 at 4:04 am

    ब्लग लेख्न पनि त्यति सजिले चाहि रहेन छ / सालोक्य जी लाइ पनि scientific reseach मा journal search गरे जस्तै गर्नु पर्यो/ मान्नु पर्छ / तब न त mysansar लोकप्रिय छ/ यस्ता अमानबिय कार्यको भत्सर्ना गर्नै पर्छ/ सलग्न व्यक्ति हरुलाई सजाय हुने पर्छ /
    यौटा कुरा केहि member हरुको नाम नेपालको प्रतिष्ठित scientics हरु नै जस्तो लाग्छ / सायद वहाँ हरुको नाम दुरुपयोग गरेको हुन् सक्छ/

    Reply
    1. Sam Sharma says:
      September 1, 2013 at 9:33 am

      if those four guys have abused the name of NINS and use duplicate letterhead, they (NINS’ officers) should send the press release about this. Just complaining the blog news of mysansar is not going to help them. The organization should follow the protocol to to clarify this news: True or False.

      Reply
    2. ritika says:
      September 1, 2013 at 9:34 am

      ती प्रतिष्ठित scientist हुन् कि, ती पनि तेस्तै अरु को रिसर्च आर्टिकल आफुले अनुसन्धान गरेको भनि प्रतिष्ठित भएका हुन् था भयेन / तेस्को पनि छानबिन भए राम्रो /

      Reply
  25. krishan kc says:
    September 1, 2013 at 4:03 am

    जो चोर उसैको ठुलो शोर पनि भन्न मिल्छ कि ?

    Reply
  26. Rabindra Basnet says:
    September 1, 2013 at 3:50 am

    यो धन्दा त वर्षौँदेखि चलेको थियो । mysansar ले बल्ल थाहा पाएछ ।
    हेर्नुस् ३ वर्षअघि एउटा ब्लगमा के लेखिएको थियो
    http://nins-fakeinstitute.blogspot.com/

    Reply
    1. Rajan Upriti says:
      September 1, 2013 at 5:54 pm

      Prof. Dr. ” Mr. Birendra Malla ” ले त आफ्नो नाम वेबसाइटमा राखेको रहेनछ |

      Reply
  27. Punj says:
    September 1, 2013 at 3:18 am

    खुट्टा उचाल्ने मात्र हैन, अब त धोती नै फुस्कियो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme