आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। नौ वर्षअगाडि (२०६१ भदौ १६ मा) आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा पढ्नसक्नुहुनेछ।
[तस्वीरमा जल्दै गरेको ताहाचलको म्यानपावर कार्यालय। यो तस्वीर खिच्दा आगोको रापले मेरो अनुहार र हात नराम्रोसित पोलेको थियो। यो कार्यालय जलेको केही छिनपछि कर्फ्यु लागेको थियो]
इराकमा अमेरिकी आक्रमण हुँदा त्यसको प्रभाव म आफूलाई पनि पर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। तर भयो त्यस्तै नै। त्यतिबेला म कार्यरत स्पेसटाइम दैनिक बन्द हुनुमा प्रत्यक्ष अप्रत्यक्ष कारण इराकमा भएका घटना नै थिए। विश्वका एक भागमा भएको घटनाले अर्को भागमा बस्नेलाई कसरी प्रभाव पार्छ भन्ने कुराको उदाहरण हुनसक्छ यो घटना।
इराकको एक आतंककारी समूहले १२ नेपालीलाई अपहरण गरेको समाचार अगस्त २१ तारिखका दिन आएको थियो। दुई दिनपछि अपहरित नेपालीहरुको नामावली र तस्वीर पनि प्रकाशमा आयो। त्यतिबेला नेटमा निकै सर्च गरेर मैले अन्सार अल सुन्नाको वेबसाइट भेट्टाएर तस्वीर फेला पारेको थिएँ। त्यतिबेला म ब्लग चलाउँदिन थिएँ। नेपालभाषाको इन्टरनेट समाचार पत्रिका नेवाःपोस्टमा दैनिक समाचार अपडेट भने गर्थेँ। सन् २००४ मे ३१ देखि सञ्चालित यही वेबसाइटमा मैले अपहरित नेपालीको तस्वीर प्रकाशन गरेँ। पछि कान्तिपुर दैनिकमा पनि ती फोटो पठाइदिएको थिएँ।
म्यानपावरका सबै सामान जलेर खरानी भए। फोटोः उमेश
अगस्त २३ मा फोटो प्रकाशमा आइसकेपछि सरकारले नेपाली नागरिक अपहरणमा परेको पुष्टि त गर्यो तर उद्धारका लागि भने कुनै हतार गरेन। अगस्त ३१ को दिन अचानक अपहरित नेपाली सबैको हत्या गरिएको समाचार आयो। त्यतिबेला म स्पेसटाइम दैनिकका लागि समाचार लेख्दै थिएँ। समाचार लेख्ने क्रममा नै दिउँसो अल जजिराको वेबसाइटबाट सबैभन्दा पहिले मैले यो खबर पाएको थिएँ। तत्काल त्यहाँ भएका सबै सहकर्मीहरुलाई जानकारी गराएँ। सबै “बिचरा!” भन्दै थिए। तर कसैले पनि भोलिदेखि यो कार्यालयमा काम गर्न आउनु नपर्ने गरी घटनाको विकास हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।
अल जजिराको समाचारमा नेपालीहरुको हत्या गरिएको भिडियो पनि इन्टरनेटमा राखिएको छ भनी लेखिएको थियो। तर त्यसलाई खोज्न निकै गार्हो भयो। साँझतिर पेज ले आउट सकाएर, पास गराएर घर हिँड्ने बेलासम्ममा भने मैले त्यो भिडियो फेला पारेर डाउनलोड गरिसकेको थिएँ। तर विन्डोज ९८ मा त्यो भिडियो खुलिरहेको थिएन। म्याक कम्प्युटरमा सारेर हेर्यौं तर त्यसमा पनि खुलेन।
उता त्यो समाचार डढेलो सरह राजधानी भर फैलिसकेको रहेछ। विद्यार्थी र सर्वसाधारणहरु स्वस्फूर्त सडकमा उत्रिसकेका थिए। राति ११ बज्नुअघि रेडियो सगरमाथाले न्युरोडबाट लाइभ रिपोर्टिङ गरेको थियो। त्यति राति पनि मानिसहरु आक्रोशित मुद्रामा नाराबाजी गर्दै थिए। न्युरोडमा मात्र हैन, पुतलिसडक, रत्नपार्क लगायत राजधानीका विभिन्न ठाउँमा त्यस्तै विरोध प्रदर्शनहरु भइरहेका थिए। उनीहरु सरकार, आतंकवाद र म्यानपावरविरुध्द नाराबाजी गर्दै थिए।
राति बल्ल तल्ल एउटा अरबी फोरम साइटमा नेपालीको विभत्स हत्या गर्दै गरिएको तस्वीर भेट्टाएँ। पछि ओग्रिस डट कमबाट भिडियो पनि डाउनलोड गरेँ। तर त्यसलाई हेरपछि मेरो मनस्थिति कस्तो भयो, त्यो म यहाँ शब्दले वर्णन गर्न असमर्थ छु।
क्याम्पसका विद्यार्थीहरु चक्काजाम गर्दै। फोटोः उमेश
भोलिपल्ट अर्थात् सेप्टेम्बर १ वा भदौ १६ गते बिहान उठ्नेबित्तिकै काठमाडौं तनावग्रस्त रहेको खबर सुन्नुपर्यो। हाम्रै टोलमा कयौं टायर जलाइएका रहेछन्। क्याम्पसका विद्यार्थीहरु विरोधमा अग्रपंक्तिमा थिए। राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिनेहरु पनि कम थिएनन्। बिहान ७-८ बजे नै काठमाडौं खाल्डो जलिसकेको थियो, तनावग्रस्त बनिसकेको थियो। सडकमा कहीँ कतै प्रहरी देखिँदैन थिए। खै, कहाँ गएका हुन् ? चिनेजानेका ठाउँमा फोन गर्दा जहाँ पनि त्यस्तै भइरहेको बताइन्थ्यो।
कालिमाटीको मस्जिदमा आक्रमण गर्न खोजिरहेको आक्रोशित भीड। फोटोः उमेश
११ बजेतिर रत्नपार्कतिर एकदमै तनाव छ भन्ने सुनेकोले त्यता जान लागेको थिएँ तर गइनँ। केही पछि घरछेउ कै मस्जिदमा आक्रमण गर्न आक्रोशित भीड त्यतातिर लागेको थाहा पाएँ। त्यतिबेलासम्म कर्फ्युको घोषणा भइसकेको थियो। यत्तिकैमा ताहाचलमा रहेको म्यानपावर जलाइएको थाहा पाएर त्यता गएँ। आगो दन्किएको थियो, कार्यालयमा केही बाँकी थिएन। आगो छेउछाउका घरतिर सल्किएला भनेर चिन्तित हुनेहरुले दमकल बोलाउन भन्दैथिए। तर सिङ्गो काठमाडौं जलेको बेला कहाँ आउनु भन्ने बित्तिकै दमकल। कालिमाटीको मूल सडकमा देखिएको प्रहरी भ्यानलाई ताहाचलमा ठूलो आगलागी भइरहेको छ भनी आफैले जानकारी दिएँ।
कुरानका पानाहरुको गति। फोटोः उमेश
उता मस्जिदमा आक्रमण गर्न जानेहरुले तोडफोडमात्र गरेनन्, उनीहरुका पवित्र ग्रन्थ कुरानलाई पनि च्यातेर अपमान गरे। प्रहरी सम्झाईबुझाई गर्दै थिए, कर्फ्यु लाग्न लागेको छ, घर गइदिनुस् तर भीड मान्न तयार भइरहेको थिएन।
अहिले आएर सम्झन्छु, त्यो आक्रोशित भीडमा स्थानीय बासिन्दा वा मैले चिनेजानेका छिमेकीहरु कोही थिएनन्। खै कहाँबाट आएको थियो त्यो भीड। स्थानीय बासिन्दा रमिते मात्र थिए र हो, अत्याचारै गरे नेपालीलाई भनी सहानुभूति दिनेहरुमात्र थिए।
यो गाडीको दोष अघोषित चक्काजाम उल्लंघन गर्नु मात्र थियो। साभार फोटो
म्यानपावरमाथिको रिस चाहिँ केही अघि अपहरित नेपालीहरुले अन्तिम भिडियो सन्देशमा आफूलाई जोर्डन भनी इराक पठाइएको, प्रल्हाद गिरी नामका एजेन्टले आफूलाई फँसाएको भनी ज्यान बचाइदिन गरेको करुण पुकारको असर थियो। सडकमा प्रल्हाद गिरीलाई फाँसी दिनुपर्नेसम्म माग उठेका थिए। आज नौ वर्षपछि पनि मलाई थाहा छैन, प्रल्हाद गिरीले सजाय पाए कि पाएनन्। बरु सरकारले अनुमति नदिएका जोखिमयुक्त देशमा कामदार पठाउने एजेन्टहरुले हाकाहाकी काम गरिरहेको र त्यहाँ जान लालायित युवाहरुको भीड देखेको छु।
रत्नपार्कको जामे मस्जिदको स्थिति। साभार फोटो
तर त्यो दिन काठमाडौंका एउटै म्यानपावर पनि बचेनन्, सबैमा तोडफोड भयो। १२-१ बजेतिर कान्तिपुरमा तोडफोड भयो भन्ने समाचार सुनेँ तर आफ्नै कार्यालय स्पेसटाइम र च्यानल नेपालमा भएको तोडफोडको बारेमा भने मलाई केही थाहा थिएन। पछि सहकर्मी बालचन्द्र मिश्रले फोन गर्दा पो थाहा पाएँ। तत्काल हाम्रा त्यतिबेलाका बोस गोविन्द पोखरेललाई फोन गरेर अफिस आउनु पर्छ कि पर्दैन भनेर सोध्दा अफिस भए पो आउनु भनेर भन्नुभयो। सबै तोडफोड भएको जानकारी दिनुभयो। पत्रिका निस्कन्छ कि निस्कँदैन त निस्कने हो भने जसरी पनि आएर काम गरिदिन तयार छु भनेर भन्दा कम्प्युटरदेखि लिएर सबै क्षति भएकोले निस्कने स्थिति नै छैन भनेर भन्नुभयो।
एकछिन पछि अर्थात् २ बजेदेखि राजधानीमा अनिश्चितकालीन कर्फ्यु लाग्यो र मेरो काम नेटबाट समाचार हेर्नुमा सीमित रह्यो। त्यसो त कर्फ्यु लाग्दा प्रहरीको आँखा छलेर शुन्य सडकमा हिँड्नुको मज्जा नै फेरि बेग्लै हुन्छ।
कर्फ्यु लाग्दा मेरो घर अगाडिको शू्न्य सडक।
कर्फ्यु त लाग्यो तर कर्फ्यु लाग्नु अघि नै नहुनुपर्ने नोक्सान भइसकेको थियो। रत्नपार्कका दुई मस्जिदमा तोडफोड भइसकेका थिए। भएभरका म्यानपावर जलिसकेका थिए। खाडी मुलुकको दूतावासमा आक्रमण गर्न खोज्दा प्रहरीको गोलीले दुई प्रदर्शनकारीले ज्यान गुमाइसकेका थिए।
मस्जिदमा आक्रमण गरिरहेकाहरु। साभार फोटो
राति आएर सरकारले भोलि राष्ट्रिय शोक र पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने र शव नेपाल फर्काउन पहल गर्ने घोषणा गर्यो। तर खै, नौ वर्षसम्म पनि ती शव नेपाल फर्किएको समाचार हामीले सुन्न पाएका छैनौं।
मस्जिदमा लागेको आगो नियन्त्रण गर्ने प्रयास। साभार फोटो
मस्जिदमा दन्किएको आगो। साभार फोटो
[तपाईँले पनि त्यतिबेलाको कुरा सम्झनुभएको छ? आखिर त्यो दिन किन सुरक्षा व्यवस्था त्यति साह्रो कमजोर भएको थियो? आफ्नो अनुभव बताउनुस्। ]
मा काठमाडौँ मा बस्ने ११ क्लास पदने मुस्लिम. त्यो दिन मलाई अझै याद छ. आफ्नो झोला लुगा सब पैक गरेको थिए. मा र सब परिवार ले. मेरो बजे को बजे को पल देखि बस्दै आएको, नेपाल को पतन होस्पितल मा जन्मेको मा. त्यो दिन बुझे नेपाल मेरो आफ्नो देश होइन. अझै पनि मेरो मुटु मा त्यो कालो दिन को सम्झना छ. त्यो दिन देखि मैले मत हाल्न छोडे.
मैले पनि आफ्नो जीबन भरि त्यो दिन बिर्सन सक्दिन. काठमाडौँ मा जन्मेर त्यहि हुर्के पनि त्यो दिन मलाई सारै अचम्म को लाग्छ.. शोक भन्दा पनि अबसरबादी हरु ले धेरै नस्ट गरे. आफ्नै नेपाल र नेपाली कै सम्पत्ति माथि खेलबाड हुदै थियो. मा बिहान को tuition class बाट फर्कदै थिए तर जुन बाटो बाट आए पनि आन्दोलन भईरहेको थियो. बल्ल बल्ल घर आइपुग्ने चोक मा देखे धेरै आन्दोलनकारी थिए तर कोहि लोकल मान्छे देखिन र उनीहरु ले झन्डै मेरो bike जलाको थिए. आखिर किन हामी जस्तो नेपाली ले दुख पाउनु पर्यो त त्यो समय मा ? आज पनि अचम्म लाग्छ.
हो त्यो घटना अमेरिकामा काम गर्ने कामदारलाई बन्दि बनाएर आफ्नो दुनो सोझ्याउने तरिका थियो त्यहा कुनै नेपाली वा हिन्दु भनेर होइन कि एउटा आतंकबादले आतंक मचाउने बहाना बनाएको थियो तर नेपाल मा भने बुझा न सुझ के के पो भयो अझ तेती खेर मा एउटा बिद्यार्थी थिए अनि बीरगंजको एक मुस्लिम टोलमा डेरा गरि बस्थिये पढ्न को लागि तर काठमान्डू मा मस्जिदमा भएको हमला को बिरोध त्यहा गर्न लाग्दा झन्डै हिन्दु मुस्लिम दंगा भएको …उफ्फ़ ठुलो त्राश मा बस्नु परेको थियो आफ्नै देशमा भएर पनि…….
बिगत क घटना बाट हामीले पाठ सिक्नु जरुरि छ , ताकि आगामी दिन हरु मा यस्तो mistake कसले पनि गरोस
सुनसरी,इनरुवा.
पोद्दार प्रभु ,
म त्यो खबर आएको बेला साथि हरु संग चोकमा बसेर गुफ्फ़ गर्दै थिए , विडियो इन्टरनेट मा छ भनेर नजिकैको साइबर गएरइन्टरनेट म सर्च गरे ! विडेओ देखे पछि दुइ साथि हरु रोए, अर्को साथि कान्तिपुर कसम्वादाता उजिर मगर लै फोन गर्न लाग्यो ! सबै को सहमति माभोलि माछापोखरी चोक मा सोक सभा गर्नी, आज घर गएर बस्नी सहमति भो,
बिहानै साथी हरु को फोन आयो, घटनाले उग्र रुप लिएको थत भयो, हामीले सोक सभा होइन अब शान्ति र्याली गर्नी निर्णय भयो, तर जब चोक मा पुगियो, चोक मा टायर बलि सकेको थियो, गाडी फुटी सको थियो, हामीलाइ त्यहा को हूलले तान्यो, अगाडी नारा लागौनी मा म मा परे ! एक्कासी नारा उग्र भयो, “मस्जिद भात्कौनी र कुरान जलौनी” नारा मेरो मुख बाट आयो, त्यो भन्दा पहिला कुनै नारा र्याली म भाग नलिएको मान्छे म , आज करिब २०० जति को हुल लै नेतृतव दिदै थिए !
मेरो मोर्चा माछापोखरी बाट बालाजु चोक हुदै नयाबजार पुग्यो ! एक्कासी दुइ ९/१० बर्से बुर्का लगाएका मुस्लिम बालिका हाम्रो भिड को आगाडी आइ पुगे, धन्न मेरो बुद्धि ले काम गर्यो, मैले भिड पति फर्केर यी बच्चा हरुको की दोष छैन यिन लै की गर्न हुदैन भन्न आयो ! त्यो बालिका हरु लै मैले जता बाट आउदै थिए तेती फर्किन भनी, घर नजिकै रहेछ,उनि हरु लै आज घर बाट ननिस्क्योउ भनेर पठाई दिए !
त्यो भएपछि मेरो दिमाग बल्ल खुल्यो, भिडलाइ तेही छोडेर मेरो दुइ साथि संग म घर फर्के !
कुनै धर्मको बिरोधमा बोलेको मेरो त्यो पहिलो र अन्तिम पटक थियो ! आतंकबादको कुनै धर्म, देश र संस्कृति हुदैन भन्नि त्यो पल देखिको मेरो बुझाई हो !
नौ वर्ष पहिला एउटा बिधार्थी नै थिय !!म आज को दिन (२०६१ भदौ १६ मा) ! नयाबजार धारा मा नै थिय साथी हरु थिय म!! नेपालि दाजु भाइ इराक मा बन्धक भयका थिय भनेर त समाचार मा आयको थियो !मलाइ अझ पनि याद छ त्यो दिन!सोह्र खुट्टे देखि नयाबजार इलाका सम्म हामी हरुले नै तोडफोड गरियको हो! हो गल्ति गरियो निर्दोष हरुको पनि कार्यालय धोस्त पारियो ! सायद एक्कासी त्यो अकल्पनीय घटना र पक्कै पनि त्यो कारुणिक घटना सुने पछि एक नेपालि को सरिर मा उम्लने रगत मात्र उमलियको मात्र हो! केहि मानब तस्कर र दलाल हरु को गल्ति मा भयको त्यो हत्यामा सब म्यान पावर कम्पनि धोस्त नै भाको थियो! किन धेरै नोक्सान भयो भने त्यो कसैको पूर्व तयारि थियन! र पुलिस प्रसासन पनि तयार भयर बसोस !सबै को मन मा दाजु भाइ को मन मा स्वतस्फुर्त रुप मा आयको आक्रोश मात्र थियो !कसरि रोक्ने भनेर प्रसासन ले सोच्दा सोच्दै घटना घटिसकेको थियो! जुन आक्रोश मा गलत नियत का मान्छे हरुले फाइदा लिय!कसैको मस्जिद जलाउन नहुने थियो! जस्तो जे भय पनि धर्म को अपमान गर्न नहुने थियो! अनि जमल को सिद्दि भवन मा चोर डाका हरुले फाइदा उठाय! मर्ने दाजु भाइ त मरेर गय तर उल्टो नोक्सान धेरै भयो! तर दुर्भाग्य आज हरेक दिन १२ जना नेपाली दाजु भाइ मर्दै छन् विदेश मा!जसमा ७० प्रतिसत गल्ति त्यहि म्यान पावर वाला हरु कै छ!सरकार ले व्यावसाय त गर्न दियको छ तर मान्छे को तस्करी गर्न दिन भयन! जय नेपाल !!
त्यो दिन मलाइ कलँकी मालपोत कार्यालय जानु थियो । किनभने मेरो घडेरीमा अर्कैले घर बनाउन भनेर ढुँग झारीराको थियो । दलालले मेरो घडेरी देखाएर अर्कै कुनो बेचेको रैछ । अनि कुनो किन्नेले मेरो जग्गामा घर बनाउन ठिक्क परेका रहेछन् । हे भगवना नगरौ भएन । गरौँ अलि अलि हुलमुल भैसकेको थियो लाजिम्पाट तिर । तर कलँकी तिर जाने बाटो राम्रै छ भनेकोले गएँ तर स्वयँभू नेर शसस्त्र क्याम्प आइपुग्दा त जात्रा भएको रैछ । फर्किउँ गोगबुमा जात्रा गरेका थिएँ । कलँकी जान पाउँ भनेर हुल्लबाडहरुलाई भनेको हुन्छ दुइटाले त जाउ भने । तर दुइ पाइला स्कुटर के चलाको थिएँ अरुले चाँही पोल पोल ठोक ठोक भनि गए र स्कूटरले चार लात्ती खाइहाल्यो । धन्न बुद्दि पुगेछ । मनले भन्यो केटी अब ढुकेर नबस बेतोडले तेरो भाँडो कुदा । अनि बेतोडले दौडाएँ र भित्री गल्ली तिर छिरेँ । एउटा घरमा पसेर दिदी मेरो यो स्कूटर राखिदिनुहोस् भने । मेरो झन्बडै बर्बाद भो भनेँ । अब लान पनि सक्तिदिन । छाडौँ अन्त चिनेको छैन भने । ति दिदी कति जाति रहिछिन् भने गेट खोलेर एउटा कुनो देखाइदिइन् अनि मेरोभाँडो त्यहि राखेँर दुइ घन्टा हिँडेर लाजिम्पाट आइपुगेँ । भोलीपल्ट सहि सलामत स्कूटर भेटेँ र ति दिदीलाई मुरी मुरी धन्यवाद दिएर हिँडे । पोल्न त फेरी पनि मेनपावरहरुलाई पोल्न पर्ने भएको छ तर तिनलाई पोल्दा खेरी चाँही मुसलमानहरुलाई कुट्ने लखेट्ने गर्न हुँदैन ।
क्षय ति पूर्ति १०००००० दिएको जस्तो लग्छ है मलाई त . त्यो बेला को प्रधान मन्त्रि थियो शेरे हो कि गिरिजा ?
म त्यो दिन पाल्पामा थिए / म बसेको होटेल को भाईले हत्याको भिडियो हेरेछ / बिचराको सातो नै गएछ / रात भरि ´अल्सर अल सुन्ना´´अल्सर अल सुन्ना´ मात्रै चिच्याई रह्यो / पछि बुझ्दा त तेही मुसलमान आतंककारी समूह ले नेपाली को हत्या गरेको रहेछ /
वास्तवमा यो नेपाली सुरक्छ्या बलको लागि ठुलो तमाचा थियो आफ्नो नाकै मुनि भएको येत्रो बिध्वोंशाको केवल मुकदर्शक भएर बसे भनेपछि हामी कत्तिको असुरक्छित छौ हाम्रो देशमा तेत्तिकै अन्दाज गर्न सक्छौ …जसले पठाएको हो तेस्लाई त कुनै कारवाई हुन सकेन केवल आफ्नो रोष प्रकट गर्ने मध्यम मात्र भयो यो आन्दोलन …..
त्यो दिन झल्-झली याद आयो यो लेखले, हातमा ढुंगा बोकेर कुनै बाठा को पछि-पछि लागेको यो लाटोले दुई-चार ढुंगा हान्न भ्याएको थियो रत्नपार्क को मस्जीदमा l एउटा समुह वाई सी एल को थियो अर्को समुह युथ फोर्स! -सडक मा इन्कै प्रतिनिधितो थियो l हामि कतिपय बास्तवमा के र किन भएको थियो भन्ने सार तत्वो नबुझ्ने हरु पनि तिनकै नारा मा नारा लगाउंदै लागेका थियौं l घटना बास्तबमै दुखद थियो तेस्मा हाम्रा नेताहरुले आगोमा घीऊ थपे l आतंकवाद र धर्म कहिले एउतै बाटो मा हिंड्न सक्दैन, आतंकवाद व्येक्ति र समुह को विक्षिप्त रुप हो यसलाई धर्म संग जोड्नु ठुलो भुल हुन्छ l हामीले के कुरा भुल्नु हुन्न भने हाम्रो देश को जनसंख्या को ठुलो हिस्सा मुस्लिम रास्ट्र हरुमा रोजगार को लागि जान्छन l ति निर्दोष नेपाली हरु बाच्ने मौका हुँदा-हुँदै नेता हरुले बचाउने कदम भन्दा पनि त्यो घटना लाइ राजनीतिक रुप दिए l अब फेरी चुनाब आउन लागेको छ थाहा छैन हामि नेपाली भेंडाहरुले कुन चाही कुकुरलाई जिताउने हो ?????
त्योबेला YCL थियो जस्तो त लागेन हो मलाई …JPT कमेन्ट लेख्नु त भएन है …
Young Communist League, नेपाल Founded 2006
माफ गर्नुहोला मित्र जीवन जी!! वाई.सी.एल २००६ देखि मात्रै reactivate भाका हुन् इनिहरुको चलखेल त्यो भन्दा पैलेदेखी नै भएको हो l मेरो त्यो अनुभव कुनै कृतिम हैन, र मेरो मत कुनै पार्टी वा ब्येक्ति बिरुद्द हैन बल्कि एउटा तिक्त अनुभव को पाटो मात्र हो l मलाइ के लाग्छ भने देशको एउटा झन्डै पुरा जनसंख्या को भाग मावोबादी बिरुद्द मुख्यत: बिरक्तिनु र आक्रोसित हुनु यस्तै क्रियाकलापले गर्दा हो l सपना बाँडिनु ई नेता हरुका लागि ठुलो कुरो हैन र हाम्रा लागि पनि कुनै नौलो कुरो रहेन तर आशा मारिनु ठुलो कुरो हो l गर्छ भन्ने आशा छैन तर ई दुष्ट हरुले गर्न देला भन्ने आशा पनि त रहेन नि हैन र? हिजो दिइएको नरबलिले आखिर कसलाई फाइदा पुग्यो देश लाइ हामीलाई कि तिनलाई? कांग्रेस अनि कमिनियुस्त र अन्य दलले हामीलाई घाउ दिए तेस्मा ई दुष्टहरुले आगो लगाइदिए,देशका लागि मर्ने हरु शालिक बने ई मार्ने हरु हाम्रै मालिक!!!!
त्यो बेलाको मेरो अनुभब… Student visa मा जापान जाने तर्खरमा थिए जापानको स्कुलबाट पेपर आएकोले आफ्नो जिल्ला पर्बतबाट पासपोर्ट बनाई काठमाण्डौ आउनेक्रममा बाटोमै घटनाको बारेमा थाहापाएका थियौ बाटोमा बस बिग्रीएर धेरै ढिला भएको थियो करिब ४बजे आइपुग्नु पर्नेमा गोंगोबु पुग्दा ८ बजिसकेको थियो म इमाडोल बस्थे म संगै आएको साथी सामाखुशी बस्थ्यो त्यतिबेला सम्म चक्काजाम होकी कर्फ़्यू यादभएन सुरु भैसकेको थियो इमाडोल जानको लागी केहि पाइएन अनि साथीको सामाखुशी को कोठामा गैयो । कोठा नजिकको म्यानपावरमा आगोलगाइ दिएको रहेछ कोठामा बिजुली पनि छैन पानी पनि छैन केटा केटा बस्ने कोठामा स्टक सामान हुने कुरै भएन । नजिकको पसलबाट चाइचाउ बिस्रुट र ड्रिंकस ल्याएर खाइयो भोलीपल्ट बिहानै देखी कर्फ़्यू लागेछ साथिहरुले नजिकको साइबर गएर भिडीयो पनि हेरेछन आफु त मन कमजोर भएको मान्छे हेर्न सकिएन त्यो दिन पनि चाउचाउ बिस्कुट र ड्रिंकस मै बित्यो भोलिपल्ट बिहान ९ बजे सम्म कर्फ़्यू खुल्छ भन्ने सुनेर बिहानै लागीयो
दुनियाका छोरा छोरीलाइ बलिको बोको बनाएर आफ्ना सन्तानलाइ भने चेपेर बस्ने यी पाजी नेता नाम गरेका सैतानहरुको कारण आज पनि लाखौ युबाहरु येस्तै जोखिममा बाचिरहेका छन् / यी नालायेकहरुलाई लाखौ जनताको आसुको श्राप लागोस, हजार जुनी नर्कमा जान परोस !
यत्रो क्षतिले म्यानपावर कम्पनीलाई एउटा पाठ चाहि पढायो, नभए त साढे नै थिए नि उनीहरु
त्यो बेला को घटना समझदा त अहिले पनि आसु आउछ आतंकबादी ले १२ जना नेपाली लाई बन्धक बनाउदा पनि कान मा तेल हालेर बस्ने नेपाल सरकार का भातमारा घुसखोरी हरामी र भतुवा नेता हरु को कारण ले बिचरा निर्दोस दाजुभाई ले अनाहक मा कहालीलाग्दो अवस्था मा ज्यान गुमाउनु परो,यी नालायक हरु ले अलिकति पहल गरिदिएका भए उनीहरुको ज्यान सायद बच्न सक्नेथियो तर यी भतुवा हरु लाई के मतलब जनता मरुन कि बाचुन,छुटाई दिए
बापद कमिसन दिने कोइ भए त हानाथाप हुन्थियो होला भडुवा हरुको, यस्ता भ्रस्ट हरु को कारण ले गर्दा हामी ले बिदेस मा अझै कति दुख बेहोर्नु पर्ने हो भन्न सकिन्न/ अन्त मा १२ जना को आत्मा ले सान्ति पाओस उनीहरु प्रति हार्दिक श्रदान्जली
१२ जान एकै चोटी मर्यो र यत्रो भो, अहिले नि सालाखाला हरेक दोश्रो दिन एक जना मर्छ विदेश मा / कसै को लास समयमा आइपुग्छ कसैको त लासको नि ज्यान खतरा मै रहछ /
खोइ के परिबर्त भो र हाम्रो देश मा / सबै उस्तै त छ /
One reason why the security system failed was because King Gyanendra wanted to defame PM Deuba and take control of the governmnet. This was the works of his hindu fanatics. If you dig into the problem, you will end up Gyanendra issuing order to the security forces not to intervene.
आर्यन तिमि यसलाई धर्मको नाममा भयको भन्दै हिन्दु धर्म को अपमान गर्दै छौ / हरेक धर्मको नराम्रो राम्रो दुई पक्छ्य हुन्छ / हिन्दु धर्ममा पनि कमजोरी छ / ईसाई धर्म पनि छ / इस्लाममा पनि छ / धर्म भनेको मानब हित को लागि बनायको हो / हरेक दिन बी बी सी, सी एन एन, अल जजीरा हेर्नु इराकमा अफगानिस्तान, सीरीयामा मस्जिदमा आत्माघाती हमला भयको समाचार आउछ / त्यहा कुन हिन्दुअतिबादी ले एस्तो गरेको हो ? आर्यन भन्न सक्छौ ? बरु इराकमा ति नेपाली गैर मुस्लिम भयकाले अनि अमेरिकीको लागि कामगर्ने भयकाले अपहरण गरेर अमेरीकीसंग आफ्नो माग राखेका हुन् तर उनिहरुको पुरा नहुने भएपछि “अल्लाह हु अकबर” भन्दै मारी दीयाका हुन् / केही महिना अगाडी ब्रिटेनमा ‘अल्लाह हु अकबर’ भन्दै ब्रिटिश आर्मी को खुल्ला सडक मा हत्या गरियको थीयो/ मेरो प्रतिक्रिया अलिकति हिन्दु प्रति साहनुभूति राख्ने मात्रै हो / केहि समय अगाडी अम्रिकामा मार्टिन लुथर किङ्ग को सम्झना गरियको थियो / उनको एक भासन “मेरो एक सपना छ ” मा नागरिक सोतान्तरता भेदभाब रहित समाजको कल्पना गरेका थिए / रंग, जातपात, धर्म, धनि गरिब, आदि को आधार मा हुने कुनै पनि भेदभाब हत्या समाज को क्यान्सर हो / चेतना भया /
True! Every religion has its values and respects! They were meant to make people good when time demanded to certify killing as a glory! Those fanatics still live inside our current society where killing is a crime ! We respect all but live in own religion ! Grow up guys, these are the ppl who has no religion who does such things! Peace !
फेरी धर्मको कुरा निस्कन लागेको जस्तो छ | अस्ति २ पटक जातको कुरामा लास्तई रिशौने पनि म नै हो, अहिले फेरी aryan जी को कुराले नराम्रो लाग्यो | म पहिले aryan को रुपमा कमेन्ट लेख्थे, अर्कै ले तेसो गर्न लागेको भएर AryaN बन्नुपर्यो | म नेपालीमा लेख्छु , अहिले को aryan अंग्रेजी म लेख्नुहुन्छा तेही पनि धर्मको वकालत गर्दै | म बशन्त राजजी को समर्थन गर्छु अनि फेरी भन्छु नेपाल आमालाई कहिले पनि जात, धर्म वा रंगले दुखि नबनाऊ, जय नेपाल |
यो दुखद घटना घटाउन प्रमुख भोमिका खेलेका ” रुद्रॆ ” भौनदा जो नेपाल का most wanted क्रिमिनल भएका थिय, अएइले न्यु योर्कमा काम दिलाउने agency खोलेर चर्को रकम असोलने तर काम चै नदिलाउने गरि सोजा नेपालीलै थकी गरि राको छन् |