Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो जित कसको ?………..नेपालको !

Posted on August 31, 2013September 1, 2013 by Salokya

flag साफ च्याम्पियनसिप अन्तर्गत आजको उद्‌घाटन खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको छ। दुवै गोल मध्यान्तरअघि भएका हुन्। अनिल गुरुङले पहिलो गोल १८ मिनटेमा र भरत खवासले दोस्रो गोल ३१ औँ मिनेटमा गरेका थिए। खेल तपाईँले पनि मैदानमा वा टिभीमा वा इन्टरनेटमा लाइभ हेरिहाल्नुभयो होला। नभए भित्र क्लिक गरी पूरा खेल हेर्नुस्। त्यसपछि अब तपाईँ पनि के कम, लौ तपाईँको विश्लेषण जाओस् यो खेलबारे। र, अब मंगलबार पाकिस्तान र बिहीबार भारतसँग हुने खेलबारे। आफ्नो विश्लेषण तल कमेन्टमा गर्नुहोला।

खेलका प्रमुख अंश र गोल हेर्नुस्-

पूरा खेल हेर्नुस्-

टिकट पनि कहाँ सस्तो छ र !

Post by SAFF Championship.

Post by SAFF Championship.

Post by SAFF Championship.

Post by SAFF Championship.

Post by SAFF Championship.

Post by SAFF Championship.

Post by SAFF Championship.

आजदेखि साफ च्याम्पियनसिप
आजदेखि काठमाडौँको दशरथ रङ्गशालामा दक्षिण एसियाली स्तरको फुटबल प्रतियोगिता सुरु हुँदैछ। उद्घाटन खेलमा हाम्रो राष्ट्रिय टोली बङ्गलादेशसँग भिड्दैछ। खेलको लाइभ भिडियो, ट्विट र समय तालिका हेर्न यहाँ क्लिक गर्नुस‌्।
nepal-saff

31 thoughts on “यो जित कसको ?………..नेपालको !”

  1. Bishnu Bhusal says:
    September 1, 2013 at 9:10 am

    नेपाली टिम ले सबै टिम लाइ क्लिन स्विप दिनेछ भन्ने हाम्रो विश्वास छ किनकि नया रणनीति ले टिम ले खेलेको छ मुख्य कुरा इंडिया लाइ हराउनु पर्छ यसो गर्दा नेपाल र नेपाली को शिर उचा हुनेछ भारत को दम्भ तोड्नु पर्छ कामना गरौ यहि हुनेछ

    Reply
  2. योगेश आदी says:
    September 1, 2013 at 6:04 am

    दर्शकको क्रेज र सहभागिता अनि त्यहि माथि जीतको नतिजा देख्दा रौँ नै जुर्मुराएर आयो !!
    रंगशालाको सजावट, स्कोर बोर्ड, प्यारापिडको रंग रोकन, फ्लड लाइट आदि हेर्दा, कुनै नाम चलेको अन्तर्राष्ट्रिय स्टेडियम भन्दा कम लागेन !!
    हर्षले गद्गद् भए…

    Reply
  3. sam sundar says:
    August 31, 2013 at 11:57 pm

    आज को खेल हेर्दा नेपाल को अग्र पंक्ति र रक्षा पक्ति ठिक छ तर मिड फिल्ड लै अझ ससक्त बनाउनु जरुरि छ , शोर्ट पास र पोजेसोन अझ ज्यादा बढाए भारत बिरुद्ध राम्रो नतिजा ल्याउन सकिन्छ | अब दोस्रो खेल पाकिस्तान लै पनि जिते पछि भारत विरुद्ध नेपाल ले कोन्फिदेंस सहित प्रदर्सन गर्छ र बिजय हात पर्छ भेन्ने आशा गर्दछु |

    Reply
    1. prabash says:
      September 2, 2013 at 1:30 pm

      सहि कुरा.अझै तालमेल मिलेको छैन नेपाली टोलि मा ….. बललाइ कन्ट्रोलमा राख्न सकेको छैन. तर पनि जे होस् इंडिया लै जित्नु पर्छ…

      Reply
  4. shreesh thapa says:
    August 31, 2013 at 11:41 pm

    नेपालीले आज जित हासिल गरेको मा शुभकामना छ ..तर नेपाली खेलाडीमा अगाडिबाट खेलेकाहरु हडबडाए जस्तो देखिन्छ ढुक्क संग खेलेको जस्तो देखिदैन त्यसैले गर्दा फिनिसिंग गर्नलाई त्यति सकेका छैनन् यस्तो हडबड पहिलेइ देखिनै नेपाली खेलाडी हरुमा देखिदै आएको छ आशा गरौ आगामी खेलमा यस्तो हडबड हुनेछैन ..अर्को खेलमा जितको लागि अग्रिम शुभकामना …

    Reply
  5. Devendra Basnet says:
    August 31, 2013 at 11:27 pm

    नेपाल ले राम्रो खेलेको हो या बंगलादेश ले नराम्रो खेलेको हो.तर आजको खेल धेरैनै नेपालको कन्ट्रोल मा थियो. मिद्फ़िएल्द र डिफेन्सले बिपक्षी लै कुनै मौका दिएन . तर नेपालले अझैपनि फिनिशिंग मा सुधार गर्नु जरुरि छ. नेपालका स्ट्राइकर हरुले पाएको मौका सदुपयोग गरेको भए आज ४-० सजिलै हुने थियो. आशा गरोउ अर्को खेलमा सुधार हुनेछ.

    र आज नेपाली खेलाडी हरुले साचिकै उर्जा ले खेलेका थिए. एस पाली चै रंगशालामा बलि दिएको मासु बेस्सरी खाए जस्ता छन् है.

    Reply
  6. chatur rai says:
    August 31, 2013 at 10:51 pm

    खेल्नुको अर्थ जित्नलाई हो, जे- जस्तो खेले पनि नेपालले आज जित्यो यही नै गर्वको कुरा हो , खेलको स्तर हेर्ने हो भने बंगलादेश संग खासै अन्तर थिएन | मुख्य कुरा सामुहिक खेलमा तालमेल मिल्न जरुरि छ ,अर्को कुरा फिनिसिंग राम्रो भईदिए, यसपाली नेपाल च्याम्पियन हुन् गार्हो छैन अग्रिम बधाई छ जय नेपाल |

    Reply
  7. द्रोण says:
    August 31, 2013 at 10:21 pm

    नेपाल ले सार्क रास्त्र्हरुलाई फुटबल मा पहिले पनि हराएको हो , अझ सरदचन्द्र ( मान्छेको टिका टिप्पणी लाइ भुलौ )को पालामा त् एसियाको राम्रो टिम लाइ पनि हराएको थे नेपालि हरुले |
    यो चै एस्तो अस्त व्यस्त ताको बाबजुद पनि राम्रो परिणाम आएको छ | बधाई छ नेपालि खेलाडीलाई |

    Reply
  8. शरद-क्षितिज पारीबाट says:
    August 31, 2013 at 9:56 pm

    छातीमा टि-सर्ट बेस्सरी कस्सियो हो मेरो त…… बधाई छ हामि लाइ अनि शुभ-कामना हाम्रा गौरवशाली खेलाडीलाई….. म त भारतलाई हाम्रो टिमले जिते मात्रै पनि साफ जितेको मानेर पार्टी गर्नेछु……..

    Reply
  9. प्रमोद says:
    August 31, 2013 at 9:41 pm

    आजको खेल हेर्दा नेपालको खेल राम्रै लाग्यो तर विपक्षीको गोलपोष्ट नजिकै बल पुर्याए पछि नेपाली खेलाडि अलि आत्तिए जस्तो लाग्यो । आगामी खेलहरुमा धैर्य एवँ सँयम भएर खेल्नु पर्ला । गृह मैदान हो………….भित्र तिमीहरु (११ जनाले सम्हाल) बाहिर सम्हाल्ने हामी छौ‌ । पाकिस्तान विरुद्धको खेलमा पनि यस्तै नतिजाको अपेक्षा………….. शुभकामना छ । १२ वर्षमा खोला त फर्कन्छ रे २० वर्ष भो उपाधि हात नपरेको २० वर्षमा उपाधि फर्कन्छ कि ??

    Reply
  10. Niranjan says:
    August 31, 2013 at 9:27 pm

    चिरन्जीवी पौडेलको फेसबुक स्टायटसबाट
    जितपछि के भन्छन् नेताहरु 🙂
    प्रचण्ड
    मने, आज नेपाली खेलाडीहरुले निश्चितैरुपमा क्रान्तिकारी स्पिरिटका साथ खेलेका छन् र जून ब्रेकथु् गरेका छन्, त्यसमा हाम्रो महान गौरवशाली पार्टीको पनि ठूलो योगदान रहेको स्थितिलाई नकार्न मिल्दैन भन्ने नै हो । मैले मेरो छोरो प्रकाशलाई रंगशालामा गएर नेपाली खेलाडी कमरेडहरुलाई निर्देशन दिन अह्राएकाले पनि यो जित हात परेको हो भन्नेमा कसैलाई भ्रम नरहोस ।

    झलनाथ
    आजको जितमा नेकपा एमालेको भूमिकालाई अवमूल्यन गर्न खोजीयो भने, हामीलाई सैह्य हुने छैन । कमरेड अनिल गुरुङ र कमरेड भरत खवासलाई मैले आजै बिहान फोन गरेर गोल हान्न सिकाएको कुरा यतिबेला म स्मरण गर्न चाहन्छु ।

    शुशील कोइराला
    यो हामी समस्त देशवासीका लागि उ हो । हारजित भन्दा पनि अत्यन्तै डेमोक्रेटिक तवरले आज यो भएको छ, त्यसमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उ दिन चाहन्छु ।

    Reply
    1. Sanjay says:
      September 1, 2013 at 5:05 pm

      तपाईले भन्नु भएको सुशील कोइराला को उ ….. चाही सारै नै उ * छ

      *रमाइलो

      Reply
  11. Raju Rana - Mahendra says:
    August 31, 2013 at 9:13 pm

    फुटबल मा रिजल्ट यानकी गोल चाहिन्छ – आज को खेल नराम्रो होइन तर अझ पनि फिनिसिंग मा सुधार्न जरुरि छ …आज नेपाल ३ हुनु पर्ने थियो

    Reply
  12. Den nep says:
    August 31, 2013 at 9:05 pm

    राम्रो खेल ,सानो सुजाब
    We should try more for long range shots in goal post. And also passing accuracy in opponents area should be increased.
    अर्को खेलको सुभकामना

    Reply
  13. Pramesh says:
    August 31, 2013 at 8:55 pm

    ल बधाई छ नेपाली टिम र सबै समर्थकहरुलाई| मैले पुरै हेरिन त्यसैले खासै केहि कमेन्ट छैन| तर मेरो एउटा सुझाब सबैलाई| खेलको बारेमा राम्रो पक्ष्य के थ्यो, नराम्रो पक्ष्य के थ्यो, सुधार्नुपर्ने ठाउँहरु के के थ्यो त्यो बारेमा कमेन्ट गरे राम्रो हुन्थ्यो| कमेन्ट पढेर नै आजको खेलको बारेमा थाहा होस् न| खै नेपालीमा खेल विश्लेषण पनि सुनौन|

    Reply
  14. Dil says:
    August 31, 2013 at 8:49 pm

    बधाई छ नेपाली टोलीलाई २ – ० को जित, बंगलादेश संग, खेल राम्रो तर तालमेलको कमि !!!

    Reply
  15. rajbhanu says:
    August 31, 2013 at 8:41 pm

    नेपाली खेलाडीहरु स्वार्थी गेम खेल्छन ! टिम एफर्ट अझै छैन – भैदेको भए कम्तिमा पनि अर्को दुइ गोल हुन्थ्यो !
    धन्न हारेन पहिलो गेम, त्यसैमा चित्त बुझाउँ !
    नेपाली टिमलाइ बधाई र सुधार को आशा…

    Reply
  16. ashok says:
    August 31, 2013 at 7:25 pm

    भाले भोग दिएको काम गर्ला जस्तो छ 🙂

    Reply
  17. chatur rai says:
    August 31, 2013 at 6:19 pm

    जहिले पनि भुटानलाई मात्र हराउने पुरानो इतिहास मेट्नु पर्छ , आशा गरौ यसपाली नेपाल च्याम्पियन हुदैछ | यो खुसी मनाउन म आतुर छु बधाई छ हाम्रो नेपाली टिमलाई |

    Reply
  18. dharmendra says:
    August 31, 2013 at 5:50 pm

    पदक नभए अनुभब बटुल /
    स्वर्ण को कुरा त छाडौ
    काश्य नभए हास्य पदक बटुल /

    Reply
  19. vim limbu says:
    August 31, 2013 at 5:15 pm

    साफ फुट्बल जिते भने ठुलो धन रासिको उपहार राख्या छ क्यारे, तर पनि खेलाडिहरुले बिस्वास गर्या छैन,पहिले पहिले नि खेलाडिहरुलाई प्लास्टिकको फुल सुगाइदिएर धोका दियकै हो ।यस्पाली पन्च बली दिएर नि नेपालको जित को लागी यो प्रायस गरेको पनि छ,तर खेल खेल नै हो,यस्मा पन्च बली अनि धन रासी को कुनै तार्ताम्य देखिदैन ।खेलाडिहरुले मेहनत अनि आफ्नोमा आएको मौकालाई चौका नहानी सफल हुँदै हुँदैन ।हाम्रो खेलाडिहरुको अर्को कुरो के पनि छ भने वाहहरुले केबल आफ्नो राष्ट्रमा भएको राष्ट्रिय किर्तिमान मात्र तोड्ने गर्ने गर्छ ।

    Reply
  20. Subhash says:
    August 31, 2013 at 5:04 pm

    बंगलादेश २,
    नेपाल ०
    नतिजा यो भन्दा फरक नहोला
    गफ त धेरै भो Tara नेपाल को खेल खत्तम छ ,
    रिसानी माफ

    Reply
    1. Subhash says:
      August 31, 2013 at 8:42 pm

      Please dislike my earlier post.

      Congrats nepali team

      Reply
  21. दिलिप, भक्तपुर says:
    August 31, 2013 at 5:00 pm

    हे पशुपतिनाथ,
    नेपालीहरुलाई सितलु हुने खबर दिलाईने खेल होस आजको ।

    Reply
  22. Jeevan Thapa says:
    August 31, 2013 at 4:58 pm

    नेपाली टिमलाई अग्रिम बधाई छ !

    Reply
  23. सार्थक says:
    August 31, 2013 at 4:07 pm

    नेपाली टोलीलाई शुभकामना ।

    Reply
  24. man limbu says:
    August 31, 2013 at 2:22 pm

    नेपाली ले टिम ले जित्छ भन्ने आशा धेरै काम गरेको छु ..
    कहिले जिते पो आश पनि गर्नु

    Reply
  25. s-raj says:
    August 31, 2013 at 2:03 pm

    झिनो आशा, तर यसपाली हामीले जित्नै पर्छ. १९८४ यता नेपाल – बंगलादेश अहिले सम्म १५ मैत्रीपुर्ण खेल खेलिसके त्यसमा हामीले १० पटक हारेउ, १ बराबरी र ४ मा बिजय हाशिल गरेउ. यसपाली पनि हारियो भने चै मेरो नेपालि फूटबल प्रति को सरोकार अवश्य मर्छ.

    Reply
  26. samrat says:
    August 31, 2013 at 1:26 pm

    सुभकामना गोर्खाली हरु लाइ. हामि मुटु थामेर रातो र निलो चन्द्र सुर्य फरफराएको हेर्ने आशा मा रहने छम. नेता हरु ले दुख दिनु दियो अब रस्त्रिये खेलाडी हरु ले सुख को समाचार देलान भन्ने आशा मा . बिजयी भब.

    Reply
    1. samrat says:
      August 31, 2013 at 8:02 pm

      जित्यो जित्यो .धन्येबाद धन्येबाद.येस्पाली चाइ बंगाली मछली खाबा हरु लाइ २ गोल खाबा गरेको मा. राम्रो सुरुवातं. अब धोत्ति र पाकी बाकि भो.

      Reply
  27. Bimal says:
    August 31, 2013 at 1:17 pm

    बधाईछ …..!!! हाम्रो राष्ट्रिय च्याम्पियन टोलीहरु लाई! हामी सफलताको कामना गर्दछौ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme